कतारमा युम्पो देउराली चलचित्र प्रदर्शन गरियो

बिल गुरुङ / एचकेनेपाल डट कम –
दोहा, कतार । यस वर्षको उत्कृष्ट आदिवासी चलचित्र युम्पो देउराली कतारमा प्रदर्शन भएको छ। तमू (गुरुङ) समाज कतारको आयोजनामा गत सेप्टेम्बर २६ तारिख शनिवारका दिन उक्त चलचित्र प्रदर्शन गरिएको हो।

चलचित्रका लेखक निर्देशक बेदबहादुर गुरुङ (श्याम) को समुपस्थितिमा दर्शकहरुको बाक्लो उपस्थितिका साथ उक्त चलचित्र प्रदर्शन गरिएको थियो। तमू (गुरुङ) समाज कतारका संरक्षक बिलबहादुर गुरुङ, अध्यक्ष कृष्ण गुरुङ, सल्लाहकार बुधबल गुरुङलगायत तमू प्ये ल्हु संघ कतारका अध्यक्ष युद्धजङग (दुर्गा) गुरुङ र कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष आशबहादुर गुरुङ आदि ब्यक्तित्वहरु पनि चलचित्र प्रदर्शनमा उपस्थित थिए।

यस वर्षको नेफटा फिल्म अवार्डको आठौं संस्करणमा तमू भाषाको चलचित्र युम्पो देउरालीले उत्कृष्ट आदिवासी चलचित्र पुरस्कार पाउन सफल भएको छ। गत २४ तारिख बिहिवारका दिन कतारमा लगभग १० हजार दर्शक माझ यस वर्षको नेफटा अवार्ड बितरण गरिएको थियो। कतारमा सम्पन्न नेफटा फिल्म अवार्ड कार्यक्रममा भाग लिन चलचित्रका लेखक निर्देशक बेदबहादुर गुरुङ (श्याम) गत २२ सेप्टेम्बर मंगलबार कतार आएका थिए।

स्व.लोकबहादुर गुरुङको कथा, बेदबहादुर गुरुङ (श्याम) को लेखन तथा निर्देशन रहेको युम्पो देउराली चलचित्रका निर्माताहरुमा एकेन्द्र गुरुङ (यूके), सिता गुरुङ, दिलिप गुरुङ (हङकङ), बेदबहादुर गुरुङ, मुछेत्र गुरुङ (यूके), त्रिलोक गुरुङ (मकाउ), मिलन गुरुङ (यूके), प्रेमकाजी गुरुङ (अष्ट्रेलिया), दिनेश गुरुङ (अष्ट्रेलिया) र कमला गुरुङ (यूके) छन।

तमू गाउँ बस्तीमा बिद्यमान अलौकिक बिश्वास र चलन चल्तिहरुलाई आकर्षक ढंगले चलचित्रका उतारिएको छ । नयाँ र पुराना कलाकारहरुको जीवन्त अभिनयले सजिएको चलचित्रलाई कतारवासी दर्शकहरुले मन पराएका छन्। चलचित्र हेरिसकेपछि गैर तमू दर्शक बिनोद खडकाले आफनो फेसबुक वालमा राखेको टिप्पणी यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ।

बिनोद खडका लेख्छन आफनै मौलिक संस्कृति र परिवेसमा बनेको गुरुङ भाषाको चलचित्र युम्पो देउराली धेरै अरु नेपाली दर्शकहरुका साथमा बसेर हेरियो। आठौं नेफटा अवार्ड समेत हात पारेको यो फिल्म कतारमा बसेर हेर्न पाउनु एउटा सौभाग्य नै रह्यो। कथा, पटकथा, सम्वाद, सम्पादन, छायाङकन, निर्देशन, गीत, संगीत, गायन, पाश्र्व संगीत सबै उत्कृष्ट लाग्यो।

धेरै अन्तरालपछि आफनै देशको मौलिक संस्कृतिमा बनेको चलचित्र हेर्ने मौका मिल्यो। निर्देशक बेदबहादुर गुरुङ (श्याम) जि तथा उहाँको सम्पूर्ण टिमलाई हार्दिक बधाई, धन्यवाद तथा शुभकामना । भविश्यमा पनि यस्तै यस्तै मौलिक चलचित्रहरु बनाईरहने प्रेरणा र सफलता मिलि रहोस भनि शुभकामना ब्यक्त गर्दछु।

खडकाले अगाडी लेखेका छन यो चलचित्र हेर्ने अमूल्य अवसर मिलाई दिने बिल गुरुङ जि र तमू (गुरुङ) समाजलाई हार्दिक धन्यवाद। तम तम मा (हुन्छ हुन्छ आमा) सायद सबैभन्दा बढी प्रयोग भएका शब्दहरु थिए यि, साह्रै मन पर्यो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8866