पोखरामा ट्रिनिटी मेगा मोडलको तयारी तिव्र

नबिन सिग्देल / एचकेनेपाल डट कम –
पोखरा, १३ असोज। आर ईभेन्टस ट्रेनर नेपालले गर्न लागेको ट्रिनिटी मेगा मोडल पोखराको तयारी तिव्र पारिएको छ।

मेगा मोडल पोखराको दोस्रो सस्करण असोज ३० गते पोखरा नयाँबजारस्थित दरबारथोक बैक्युटमा हुदैछ। फाइनलमा २० जनाले प्रतिस्पर्धा गर्ने कार्यक्रम संयोजक रवीन गुरुङले जानकारी दिए। यसपटक ट्रिनिटी एजुकेशन फाउण्डेशनले टाइटर प्रायोजन गर्ने सहमति भैसकेको गुरुङले बताए।
पोखरा रङ्गशालास्थित फोर्ड शो रुममा फोटो शेसनपछि अहिले सहभागिहरुले तालिम लिइरहेका छन्।

तालिममा व्यत्तित्व विकास, नेतृत्व विकास, वाककला र र्याम्प लगायतका विषयमा प्रशिक्षण दिइएको छ। फाइनल अघि असोज २८ गतेसम्म उनीहरु तालिममा सहभागि हुने छन्।

विशेष गरि टेलिभिजन विज्ञापन तथा म्युजिक भिडियोमा अभिनय गर्न रुचाउने र फेसन सो मा र्याम्प मोडलिङ गर्न इच्छुक युवायुवतीका लागि कार्यक्रम लाभदायक भएको बताइएको छ।

अन्य सौन्दर्य प्रतियोगिताहरु भन्दा फरक हुने बताइएको यो मोडलिङ प्रतियोगितामा १६ देखि २५ बर्ष उमेरसम्मका युवायुवतीलाई मात्र सहभागि गराइएको छ।

यसमा प्रतिस्पर्धीले प्रस्तुती राखिसकेपछि स्टेजमा नै निर्णायकले प्रस्तुतीमाथि टिप्पणी गर्ने छन्। प्रतिस्पर्धीले कुनै सामाग्रीको प्रवद्र्वनात्मक विज्ञापनमा देखाइए जस्तै गरी आफ्नो प्रस्तुती राख्नुपर्ने हुन्छ।

उपाधि विजेताले १ लाख रुपैया बराबरको टेलिभिजन विज्ञापन, म्यागजीन तथा होर्डिङ बोर्ड एवं र्याप मोडलि·का अवसरहरु प्राप्त गर्ने छन्। फाइनलमा विभिन्न कलाकारको लाइभ प्रस्तुती, विट बक्सिङ र सालशा नृत्य समेत प्रस्तुत गरिने छ।

यसअघि आर् ईभेन्टस्, ट्रेनर नेपालले मिस पोखरा क्विन, मिस थकाली नेपाल, मःम मेला, मिस लेखनाथ, पतञ्जली योग शिविर तथा योगी विकाशानन्दका कार्यक्रमहरु सफलताका साथ आयोजना गरिसकेको छ।

त्यसैगरी, ट्रेनर नेपालको व्यवस्थापन तथा समन्वयमा पिपल प्रबर्द्वन, साइकल चढौ, आँखा दान जस्ता कार्यक्रमहरु भै सकेका छन्।

फोटोः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8881