प्रधानमन्त्रीद्वारा मन्त्रीपरिषद विस्तार, उपप्रधानसहित ९ मन्त्री थपिए

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार मन्त्रीपरिषद विस्तार गरेका छन्। मन्त्रीपरिषदमा एमाओवादीका ७, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक र बहुजन शक्ति पार्टीबाट एक–एक थपिएका छन्।

एमाओवादीबाट मन्त्री बन्नेहरुमा टोपबहादुर रायमाझी उपप्रधानसहित ऊर्जामन्त्री, शक्ति बस्नेत गृहमन्त्री, गिरिराजमणि पोखरेल शिक्षा मन्त्री, अग्नि सापकोटा बन मन्त्री, उमेश यादव सिँचाइ मन्त्री, रेखा शर्मा सामान्य प्रशासन मन्त्री र गणेशमान पुन वाणिज्य तथा आपूर्ति मन्त्री रहेका छन्।।

त्यसै गरी बहुजन समाजवादी पार्टीका विश्वेन्द्र पासवान र फोरम लोकतान्त्रिकका रामजनम चौधरी विना विभागीय मन्त्री बनेका छन्। राष्ट्रपति डा. रामबरण यादवले शितल निवासमा प्रधानमन्त्री अोलीको उपस्थितिमा नवनियुक्त ९ मन्त्रीहरुलाई शपथ खुवाएका थिए।

संसदमा गुण्डागर्दी गर्ने अोली सरकारका मन्त्री

उमेश यादव सिँचाइ मन्त्री

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8911