थरुहटको सभामा सहभागी हुन बाबुरामलाई ‘प्रतिबन्ध’

थरुहट/थारुवान संयुक्त संघर्ष समितिको असोज २० गते धनगढीमा हुने बिरोधसभामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई सहभागी हुन नदिने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ।

समितिको आइतबार बसेको बैठकले विरोधसभामा भट्टराई सहभागी भए भयाभह अवस्था सृजना हुनसक्ने र अर्को हिसांत्मक घटना घट्न सक्ने सुरक्षा आकलन गर्दै कैलाली जिल्ला सुरक्षा समितिको बैठकले भट्टराईलाई उक्त कार्यक्रममा नआउन दिने निर्णय गरेको हो।

भट्टराईलाई असोज २० गतेको थरुहटको विरोधसभामा सहभागी नहुन र नआउन गृहमन्त्रालय मार्फत आग्रह गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले जानकारी दिए।

नागरिक दैनिकका अनुसार जिल्ला तहबाट प्रमुख जिल्ला अधिकारीले भट्टराईलाई जिल्लाको अवस्था चुनौतिपूर्ण र असहज रहेको जनाउँदै कार्यक्रममा नआउन आग्रह गरिसकेका छन्। गृहमन्त्रालयमार्फत पनि आग्रह गर्न लिखित निर्णय गरिएको प्रजिअ चापागाईले जनाए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

8942