डोल्मा शेर्पालाई आर्थिक सहयोग

सुरज गुरुङ / एचकेनेपाल डट कम –
दोलखा जिल्ला खोपा चागु वडा न ९ का दावा ग्याल्बु शेर्पाकी छोरी डोल्मा शेर्पा बिगत लामो समयदेखि बोनम्यारो रोगले ग्रस्त थिईन्। उनको दक्षिण कोरियाको सुवनस्थित अजुदे हस्पिटलमा चरणबद्व रुपमा उपचार गराई रहेको थियो।

उपचारको क्रममा आर्थिक अभाव भएपछि अस्पतालको सैंयाबाट नै बिरामी डोल्माले आर्थिक सहयोग गरी दिन हुन अपिल गरेकी थिइन्। कोरियामा बिगत लामो समयदेखि सामाजिक हितमा काम गर्दै आएको संस्था दोलखा शेर्पा बी.सी सम्पर्क मञ्च द. कोरियाका अध्यक्ष सेर साङबो शेर्पाको संयोजकत्वमा डोल्मा शेर्पा बचाउ अभियान संचालन गरेको थियो।

कोरियामा क्रियासिल संघ संस्थाहरुसंग समन्वय गरी पहिलो चरणको सहयोग रकम हस्तान्तरण गर्दै उक्त आर्थिक सहयोग संकलनलाई निरन्तरता दिएको थियो। अहिले दोस्रो चरणको उपचारको लागि कोरिया लगायत अन्ने देशमा रहेका संघ संस्था र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुसंग सहकार्य गर्दै आर्थिक सहयोग संकलन गरी दोलखा शेर्पा बी.सी सम्पर्क मञ्च द.कोरिया र दोलखाली समाजको अध्यक्षलगायत दुई संस्थाका कार्यसमितिले प्रत्यक्ष भेटेर बोन म्यारो क्यान्सरबाट पीडित डोल्मा शेर्पालाई एक मुष्ट नगद रकम जम्मा 58,27,000 वन हस्तान्तरण गरिएको छ। अबको चरणमा उनको बोन म्यारो ट्रान्स्प्लान्ट गर्ने भएको छ।

सहयोगी संघ संस्थाको नामावली निम्न रहेको छः
(1) दोलखा शेर्पा बी.सी सम्पर्क मञ्च द. कोरियाले 27,25,000 वोन
(2) दोलखाली समाजबाट 3,40,000 वोन
(3) इजरायल शेर्पा संघ श्री अङ छिरी शेर्पाको संयोजकत्वमा 19,50,000 वोन (4) जापानबाट नीम दावा शेर्पा को संयोजकत्वमा 7,77,000 वोन

संकलित रकम जम्मा 58,27,000 वोन नगद एक मुष्ट रकम हस्तान्तरण गरिएको छ।

अन्तमा पीडित शेर्पाले स्वास्थ्यमा क्रमशः सुधार हुदै गैरहेको बताएकी छन्। डोल्मा शेर्पाले आर्थिक सहयोग गर्नु हुने सबै संघ संस्था ब्यक्तिहरुलाई हार्दिक धन्यवाद दिदै दोलखा शेर्पा बी.सी सम्पर्क मञ्च द. कोरियाले अझ थप आर्थिक सहयोगको अपील गरेकी छन्।





Comments

comments

Leave a Reply

8949