भारतीय बजारको एकाधिकारको अन्त्यः चीनसंग २ बन्दरगाह र ७ नयाँ नाका खुल्ने सम्झौता (भिडियोसहित)

काठमाडौं, नेपाल र चीनबीच विहीवार दुई बन्दरगाह र सात नयाँ नाका खुल्ने सम्झौता भएको छ।

नेपाल भन्सारका उपमहानिर्देशक दामोदर रेग्मी र ल्हासा भन्सार उपमहानिर्देशक लुन चेन वाईले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्।

नयाँ स्थापना गरिने नाकाहरुमा संखुवासभाको किमाथाङ्का, मुस्ताङको करोला, ताप्लेजुङको ओलाङचुङगोला, गोरखाको लार्के, हुम्लाको यारी, दोलखाको लामाबगर र मुगु रहेका छन्। त्यसैगरी, सिन्धुपाल्चोकको लार्चा र रसुवाको टिमुरेमा सुक्खा बन्दरगाहसमेत स्थापना गरिने सम्झौता भएको छ।

यसअघि, चीनसंग व्यापारको लागि तातोपानी नाका मात्र प्रचलित थियो। २ बन्दरगाहसहित र ७ नयाँ नाका खुल्ने भएपछि नेपाल र चीनबीच व्यापार व्यवसाय र आवतजावतमात्र सहज नभएर नेपाली बजारमा भारतको एकाधिकारको अन्त्य र नयाँ सम्भावनाको ढोका खुल्ने अनुमान गरिएको छ।

हेर्नुहोस् भिडियोःhttps://www.facebook.com/our.hknepal/videos/vb.97806220413/10156163802810414





Comments

comments

Leave a Reply

8980