कोरियामा सबिता उप्रेती सम्मानित, अक्षयकोषलाई २३ लाख सहयोग

मीनप्रसाद उप्रेती- सउल। अटिजम बालबालिकाहरुको हितमा काम गरेकी सबिता उप्रेती कोरियामा सम्मानित भएकी छिन्। विशेष स्कुल तथा पुनःस्थापना केन्द्र सञ्चालन गरी अटिजम बालबालिकाहरुलाई पुनः जीवन दिएका कारण सबिता कोरियामा सम्मानित भएकी हुन्। अटिजम बालबालिका सहयोग अभियान कोरियाले आयोजना गरेको कार्यक्रममा कोरियाका नेपाली सङ्घ सस्थाहरुले संयुक्तरुपमा सबितालाई सम्मान गरेका हुन्।

‘अटिजम बालबालिका सहयोग अभियान – दक्षिण कोरियाले सबिता उप्रेतीलाई कोरियामा आमन्त्रण गरी एक समारोह आयोजना गरी सम्मान गरेको हो।

नेपाली समाजको प्रतिकूल अवस्थालाई चिर्दै अटिजम जस्तो बुझ्न र बुझाउन अत्यन्त जटिल र महत्वपूर्ण समस्याप्रति सबिता उप्रेतीले विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र(SSDRC) स्थापना गरी नेपाली समाजलाई पुर्याएको योगदानको उच्च मुल्यानकन गरी उक्त्त सम्मान गरिएको अभियानका संयोजक विक्रम सिंह ठकुरीले बताए।

सबिताले उक्त सम्मान कार्यक्रममा बोल्दै कोरियाबासी नेपालीहरूले गरेको सम्मान र सहयोगको बयान गर्न आफूसँग शब्दै नभएको बताईन्। सहयोग रकमलाई सही ठाउंमा ईमान्दारपूर्वक स्रोत र साधनले भ्याएसम्म धेरै सङ्ख्यामा अटिजम भएका बालबालिकाहरुलाई सेवा प्रदान गर्ने लक्ष्य रहेको सबिताले बताइन्। संस्थाको नियमित आर्थिक सहयोगी र स्रोत नभएको कारण उल्लेखनीय सेवा पु-याउन नसकिरहेको सबिताको भनाई रहेको थियो।

समारोहमा सहयोग रकमसहित नेपाली बिद्यार्थी समाज दक्षिण कोरियाले पनि सम्मान गरेको थियो। यसैगरि कोरिया पुगेकी सबितालाई अक्षयकोष स्थापानामा आर्थिक सहयोग गर्दै एनआरएन कोरियाका नवनिर्वाचित पदाधिकारीहरुले सम्मान तथा सहयोग हस्तान्तरणको छुट्टै कार्यक्रमको आयोजाना गरिएको थियो। सबिता उप्रेतीको सम्मानमा आयोजित उक्त कार्यक्रममा एनआरएन कोरिया . नेपाली संपर्क समिति , वुमन फर वोमन लगायत विभिन्न सङ्घ संस्था र सर्वसाधारण नेपालीहरूले सम्मान व्यक्त गरेका थिए।

दुवै सम्मान कार्यक्रममा नेपाली राजदूतावासको श्रम सहचारी अनिल गुरुङ, नवनिर्वाचित एनआरएनमोरिया आइसिसी केपि सिटौला र विनोद कुवर, एनआरएनए कोरिया अध्यक्ष राजु क्षेत्री, सोन्सिकको अध्यक्ष इन्दिरा तिवारी ,वुमन फर वुमनको अध्यक्ष मल्लिका थकाली ,एनसिसि कि अन्जु केसी ,मिडियाकर्मीहरुलगायत विभिन्न सङ्घ संस्थाको प्रतिनिधिहरूले सबिता उप्रेतीको सामाजिक जीवनको चर्चा गर्दै सबिता नेपालीहरुकै शिर उठाउने नाम भएको बताएका थिए।

कार्यक्रममा कोरियाबासी नेपालीहरुबाट संकलित २३६२९३३ (तेइस लाख बैसठ्ठी हजार नौ सय सैतीस) रुपैयाँ विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र(SSDRC)को अक्ष्यकोषका लागि संचालिका सबिता उप्रेतीलाई हस्तान्तरण गरएको थियो।

सबिता उप्रेतीले आफ्नो व्यक्तिगत जीवनलाई टाढा राखेर विगत पाँच वर्षदेखि काठमान्डौको पुरानो सिनमंगल (पेप्सिकोला)स्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र(SSDRC)को स्थापना गरी ४० जना अटिजम भएका बालबालिकाहरुको सेवामा काम गर्दै आएकी छन्।





Comments

comments

Leave a Reply

9067