प्रधानमन्त्रीको स्वकीय सचिव बनेर युवतीहरुलाई ठगी गरेपछि…

काठमाडौं – गत साता महानगरीय प्रहरी परिसर प्रमुख एसएसपी पीताम्बर अधिकारीलाई ९८५१०९६९६८ नम्बरको मोबाइल फोनबाट कल आयो। एसएसपी साप म प्रधानमन्त्रीज्यूको स्वकीय सचिव वसन्त गौतम बोलेको । त्यो देव थापा भन्ने मान्छेलाई पक्राउ नगरे हुँदैन?’

एसएसपी अधिकारी एक सातादेखि तिनै थापाको खोजीमा थिए । दुनियाँलाई ठगी गरेको व्यक्तिलाई पक्राउ नगर्न भन्दै प्रधानमन्त्रीका पिएको फोन आएपछि एसएसपी अधिकारी रिसाएनन्, बरु हाँसे । किनकी, जुन नम्बरबाट उनलाई फोन आएको थियो, त्यो नम्बर पहिले नै प्रहरीले अनुसन्धानको दायरामा ल्याइसेको थियो।

ललितपुर प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका तिनै थापाले आफूलाई प्रधानमन्त्रीको पिए भन्दै फोन गरेको कुरा एसएसपी अधिकारीले पत्ता पाइसकेका थिए । उनले आफूलाई प्रधानमन्त्रीको पिए भएको दाबी गर्दै फोन गरेपछि झन् अधिकारीलाई पक्रन दबाब पर्यो । करिब दुई साता लामो अप्रेसनपछि आखिर प्रधानमन्त्रीका नक्कली पिए प्रहरी फन्दामा परेरै छाडे । बिहीबार बेलुका ललितपुर प्रहरीले उनलाई बालाजुबाट पक्राउ गर्यो।

‘उनको वास्तविक नाम राजकुमार चापागाईं भएको खुलेको छ,’ एसएसपी अधिकारीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा भने,‘सरकारी जागिर लगाइदिने भन्दै उनले आठजनाबाट ४२ लाख रुपैयाँ ठगी गरेको खुलिसकेको छ । अरु निवेदन आउने क्रम जारी छ ।

अचम्म त के छ भने उनले आफ्नो ठगी धन्दामा पूर्वसामान्य प्रशासनमन्त्री लालबाबु पण्डित समेत प्रयोग गरेको पाइएको छ । चापागाईंले साउनको दोस्रो साता रीना र दीपा महर्जनलाई उनले पुल्चोकस्थित मन्त्री क्वार्टरमा लिएर गए । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई भेटाए जागिर लगाइदिन आग्रह गरे। उनीहरुलाई फरकफरक दिन भेटाइएको थियो । चापागाईंसँग सामान्य चिनजान भएकाले पूर्वमन्त्री पण्डितले रीना र दीपालाई के गर्छौ भनेर सोधे । तर, जागिर लगाउन लोकसेवा आयोगको परीक्षा पास गर्नुपर्ने बताए । भेटघाटपछि उनी तल झरे । बाहिर निस्कन लाग्दा मन्त्रीले फोन गरेर बोलाउनुभयो भन्दै फोन उठाएजस्तो गरेर फेरि भित्र गए । केहीबेरमा फर्केपछि मन्त्रीज्यूले तिम्रो जागिर पक्का भन्न बोलाउनुभएको रहेछ भनेर युवतीलाई गुमराहमा पारे । यसरी पैसा असुल्न उनले सोझा मन्त्रीलाई समेत प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा खुलेको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9124