एमाले नेताहरुलाई करोडौं बाँड्ने राज्यलक्ष्मी गोल्छा को हुन्?

मोरङका चर्चित र कुशल उद्यमी महेन्द्र गोल्छाकी श्रीमती हुन् राज्यलक्ष्मी गोल्छा। उनका पति महेन्द्र एमालेसँग आबद्ध थिए। महेन्द्र गोल्छाको मृत्यु भएपछि राज्यलक्ष्मीले गोल्छा अर्गनाइजेसनको नेतृत्व आफैँ गर्दै आइरहेकी छिन्। नेपालको औद्योगिक विकासमा गोल्छा परिवारको महत्त्वपूर्ण भूमिका छ।

नयाँ पत्रिका दैनिकमा गणेश लम्साल लेख्छन् भारतबाट चामल आयात गर्नु परिरहेको अवस्था र नेपालका अन्य उद्योग संकटग्रस्त भइरहेको अवस्थामा गोल्छा परिवारले सञ्चालन गरेको चामल उद्योगले नेपाल र नेपालीलाई निकै राहत दिने गरेको छ।

त्यस्तै, गोल्छाको हुलास जस्तापाताले भूकम्पपीडितलाई समेत सघाउ पुर्‍याइरहेको छ। राज्यलक्ष्मीका बाबु सुन्दरलाल नहाटा चर्चित फिल्म निर्माता हुन्। उनले करिब दुई सयजति फिल्म निर्माण गरेका थिए। नहाटा चेन्नईका पूर्वमेयरसमेत हुन्। नहाटाका तीनवटी छोरी नेपालको औद्योगिक घराना गोल्छा अर्गनाइजेसनमै भित्रिएका छन्।

महेन्द्रका दाजुहरू लोकमान्य गोल्छा र दिवाकर गोल्छाले पनि राज्यलक्ष्मीकै दिदीहरू विवाह गरेका हुन्। महेन्द्र गोल्छाले नहाटाकी कान्छी छोरी राज्यलक्ष्मीसँग सन् १९८६ मा विवाह गरेका हुन्।

महेन्द्र–राज्यलक्ष्मीका एक मात्र छोरा पारस गोल्छा र बाँकी तीन छोरी छन्। राज्यलक्ष्मी अंग्रेजीकी गोल्ड मेडलिस्ट स्नातकोत्तर हुन् महेन्द्र गोल्छासँग विवाह भएपछि पनि उनी सामाजिक सेवामा सक्रिय भइरहिन्। पतिको निधन भएपछि राज्यलक्ष्मीले स्व. महेन्द्र गोल्छा स्मृति प्रतिष्ठान गठन गरेकी छिन्। उनी त्यसको अध्यक्ष हुन्।





Comments

comments

Leave a Reply

9332