अोली सरकारमा ६ जना उपप्रधानमन्त्रीसहित नयाँ रेकर्ड

प्रधानमन्त्री केपी शर्मा ओलीले विहीवार मन्त्रिपरिषद विस्तार गरेका छन्। उनले तीन जना उपप्रधानमन्त्रीसहित ७ जना मन्त्री नियुक्त गरेका छन्।

नवनियुक्त उपप्रधानमन्त्रीहरुमा एमालेका उपाअध्यक्ष भीम रावल, मालेका महासचिव सिपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी रहेका छन्।

त्यस्तै उपप्रधानसहित रावलले रक्षा, मैनालीले महिला बालबालिका तथा समाज कल्याण र केसीले गरिवी निवारण मन्त्रालयको जिम्मा पाएका छन्।

अर्थमन्त्रीमा विष्णु पौडल, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रीमा आनन्दप्रसाद पोखरेल, सूचना तथा प्रविधि मन्त्रीमा शेरधन राई र शहरी विकास मन्त्रीमा शान्ता मानवी नियुक्त भएका छन्।

नवनियुक्त उपप्रधान र मन्त्रीहरुले शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

मन्त्रीपरिषदमा ३ नवनियुक्त गरी ६ जना उपप्रधानमन्त्री भएका छन्। नेपालको इतिहास यति धेरै उपप्रधानमन्त्री नियुक्त भएको यो पहिलो पटक हो। अोली सरकारमा यसअघि राप्रपा नेपालका अध्यक्ष कमल थापा, एमाओवादीका टोपबहादुर रायमाझी र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार उपप्रधानमन्त्री भइसकेका छन्।

ओली नेतृत्वको मन्त्रिपरिषदमा मन्त्री तथा राज्यमन्त्रीहरु गरी २८ सदस्य पुगेको छ।





Comments

comments

Leave a Reply

9348