युकेमा मृत्यु भएका फोटोपत्रकार हरिमान गुरुङको पोखरामा श्रद्धाञ्जलि

रोशनी गुरुङ/ एचकेनेपाल डट कम –
पोखरा, २१ कार्तिक। गुरुङ फिल्म एशोसियशन नेपाल जिफानका आजीवन सदस्य तथा फोटोपत्रकार हरिमानको असामयिक दुःखद निधन भएको १३औ दिनको पुण्य तिथिका अवसमा जिफानले एक कार्यक्रमका बीच शोभसभा सम्पन्न गरेको छ।

गुरुङ फिल्म एशोसियशन नेपाल जिफानको केन्द्रिय कार्यालय माटेपानी पोखरामा भएको श्रद्धाञ्जलि कार्यक्रममा जिफानका आजीवन सदस्य, मानार्थ, कित्र्तिमानी सदस्य, कार्य समिति, सल्लाहकार तथा साधारण सदस्यहरुको व्यापक उपस्थिति रहेको थियो।

कार्यक्रममा जिफानका प्रथम उपाध्यक्ष राजेश गुरुङले स्व. गुरुङको जीवनीका बारेमा चर्चा गर्नुभएको थियो। कार्यक्रममा सहभागीहरुले स्व.गुरुङको तस्वीरमा माल्यर्पण गरि श्रद्धाञ्जलल अर्पण गरेका थिए।

शोकसभाको सञ्चालन जिफानका सचिव गमन घलले गर्नु भएको थियो भने जिफानका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम)को अध्यक्षतामा सभा सम्पन्न भएको थियो। कास्कीको धम्पुस ८ पोखरी स्थायी घर भई अल्डरसट यु.के. निवासी गुरुङको हालै दुःखद निधन भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9440