आयल निगमबाटै कालोबजारी

काठमाडौं, नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले निजी कम्पनी विराट पेट्रोलियमबाट महँगोमा तेल बेच्ने नियतले भारतबाट जेनतेन आइरहेको तेल बिक्रीवितरण पनि रोकिदिएका छन्। यसबाट निगम आफैं संस्थागत कालोबजारीमा उत्रिएको देखिएको छ।

कार्यकारी निर्देशक खड्काले सोमबार पत्रकार सम्मेलन गरी पेट्रोलियम मौज्दात सकिएकाले उपभोक्तालाई लाइन नबस्न आग्रह गर्दै तेल बिक्री वितरण रोकेका हुन्।

सरकारी स्वामित्वको निगमले निजी कम्पनी विराटबाट तेल ल्याएर चर्को मूूल्यमा बेच्नकै लागि आफ्नो कारोबार ठप्प पारेको उच्च स्रोतको दाबी छ।

भारतले दुई महिनादेखि सीमामा नाकाबन्दी लगाउँदा पेट्रोलियम पदार्थको आयात ८२ प्रतिशत कटौती भएको छ। तर यो तथ्यांक निगमले अहिलेसम्म सार्वजनिक नगरी तेल बाँडिरहेको थियो। निगमको पछिल्लो भनाइअनुसार वर्तमान मागको १८ प्रतिशत तेल नेपाल भित्रिएर वितरणसमेत भइरहेको खबर आजको नागरिक दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

9496