दुबईमा यसरी मनाइयो तिहार

कैलाश अर्याल, दुबई। हिन्दू धर्मावलम्बीहरुको दोस्रो महान चाड तिहार यूएईमा क्रियाशील डिएक्सएन कम्पनीमा कार्यरत नेपालीहरुले भब्यताका साथ मनाएका छन्।

स्वास्थ्य, धन र प्रशन्नता भन्ने मुख्य नाराका साथ विश्वमै सफल एलएमएल कम्पनीमध्ये अग्रपंक्तिमा रहेको यस कम्पनीमा कार्यरत नेपालीहरुले सामूहिक रुपमा तिहार मनाएका हुन् । भाइटीका ग्रहण, उपहार आदानप्रदान, नाचगान तथा सामूहिक खानपिन गरी हर्षोल्लाषपूर्वक तिहार मनाएका हुन्।

औपचारिक रुपमा मनाइएको तिहार कार्यक्रमको प्रमुख अतिथिमा गोपाल पन्त थिए भने विशिष्ट अतिथिमा भानुभक्त धमला रहेका थिए । त्यसैगरी पत्रकार महासंघ युएईबाट गीतामणि पाण्डे र पाल्पाली समाज युएईबात खुमबहादुर आले र डिएक्सनका सफल ब्यक्ति यमबहादुर मगर, शिव मगर, बेदप्रसाद अर्याल, शोभाखर पौडेल अतिथिका रुपमा कार्यक्रममा सहभागी भएर रमाइलो गरी तिहार मनाए । औपचारिक कार्यक्रम अमित र राजेश पनेरुले सञ्चालन गरेका थिए भने अतिथिहरुलाई शुभकामना साथै स्वागत मन्तब्य बेदप्रसाद अर्यालले प्रकट गरेका थिए।

डीएकसन दुबईले एकपछि अर्को रचनात्मक कार्यक्रम गर्दै विदेशमा भएता पनि नेपालमै भएको अनुभब गराउँदै आएको सहभागीहरुले बताए । आपूmसंग बचेको समयलाई डीएकसनमा लगानी गर्दा नेपाल फर्किदा स्वस्थ्य जीबनसँगै पेन्सनका रुपमा आर्थिक फाइदा पनि प्राप्त गर्न सकिने जानकारी उक्त कार्यक्रममा सहभागी वक्तहरुले अनुभव सुनाए।

अनुसाशित ढंगले कार्यक्रमलाई भव्य र सब्य पार्न सहयोग गर्ने रामप्रसाद ढकाल, शोभाकान्त पौडेल, नेहाल अहमद, दयानिधि कँडेल, रोशन पनेरु, राजु बस्याल र सम्पूर्ण टिम र टिकेट म्यानेजमेन्टबाट शोभाखर पौडेल, लोमु शेर्पा र मिना लगायतले सहयोग गरेका थिए।

युएईमा सञ्चालित थुप्रै कम्पनीमध्ये डीएक्सन अग्रणी छ । हर्बल र त्यस्मा आधारित दैनिक उपभोग्य सामग्रीहरुको कारोबार गर्ने मलेसियन कम्पनीको संसारभरि प्रभुत्व जमाएको छ । खानपिन, वातावरण र आआफ्नो कामको प्रकार अनुसार विभिन्न किसिमका स्वास्थ्य सम्बन्धि समस्याहरु आउनबाट जोगिन यसका प्रोडक्टहरु सफल सिद्ध भएका छन् । बजारीकरण गर्न मिल्ने सुबिधा भएकाले सयौं नेपालीहरुले आफ्नो कम्पनीमा काम गरेर बचेको समय यसमा लगानी गरी आर्थिक लाभ उठाइरहेका छन्।

विगत १३ वर्षदेखि यसमा आबद्ध नेपालीहरुका अगुवा मानिने भानुभक्त धमला नेपालीहरुको लागि मात्र नभई यस कम्पनीका लागि संसारकै लिडरहरु मध्येमा गनिन्छन् । आफुले गरेको अनुभव संसारभरिकै शीर्ष लिडरहरुबाट ज्ञान मात्र नभई अक्सफोर्ड, हार्भर्ड युनिभर्सिटीका प्रोफेसर लगायत विभिन्न व्यावसायिक प्रशिक्षकहरुबाट पाएको शिक्षा नेपालीहरुलाई सर्वसुलभ रुपबाट उपलब्ध गराउँदै आएका छन्।

यस कम्पनीले लाइफ चेन्ज प्रशिक्षण प्याकेज सञ्चालन गर्दै आएको छ । यही नोभेम्बर महिनादेखि सारजाबाट सुरु भएको ३२ जनाको पहिलो तालिम दुबई मा ३६ जनाको , अबुधाबीमा ३५ जनालाई तालिम प्रलान गरिएको छ । दोस्रो पटक दुबईमा ६५ जनालाई जुलाई २७ बाट सुरु भएको प्याकेज तालिमले अगस्त ९ मा समापन गरेको छ। उक्त तालिमको तयारी र सफलतापुर्बक सम्पन्न गर्न कैलाश अर्याल, रमेश घिमिरे एबं श्री डम्मर थापाले तालिम अबधिभरि प्राविधिक सहयोग गरेका थिए । यस तालिममा संलग्न मानिसहरुलाई व्यावसायिक रुपमा निर्भर भई काम गर्न सक्ने हुनाले १२ दिनको यो तालिम शान्त वातावरणमा उच्च प्रविधि, उपकरण, प्रसस्त तालिम सामाग्रीका उपलब्ध गराइएको थियो ।
उक्त कार्यक्रमका संयोजक दुबईबाट कैलाश अर्याल र सारजाबाट जीवन न्यौपाने रहेका थिए।





Comments

comments

Leave a Reply

9581