नाङ्गिएर मात्र फिल्म हिट हुदैन: नायिका सपना चन्द ठकुरी

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ, नेपाल टेलिभिजनबाट प्रसारण भएको नृत्य प्रतियोगिता ‘छमछमी’ बाट आफ्नो कला अभिनय सुरु गरेकी नेपाली चलचित्र क्षेत्रमा उदयमान नायिका सपना चन्द ठकुरी बिगत चार बर्षदेखि नेपाली सिनेमा जगतमा छिन्।

नेपालगंज घर भएकी सुन्दरी नायिका सपना चार बर्षअघि सिने क्षेत्रमा आफ्नो भाग्य चम्काउन राजधानी प्रवेश गरेकी हुन्। पुरानो बानेश्वरको एम आर थिएटरबाट भरत नाट्यम, अभिनय र आधुनिक नृत्य सिकेकी नायिका सपना चन्द ठकुरी अभिनय र नृत्य मा पोख्त छिन्।

लगभग तीन बर्षअगाडी अहिलेका चर्चित म्युजिक भिडियो नायक/कलाकार शंकर बिसीसंग म्युजिक भिडियो मार्फत मोडलिङ/अभिनय सुरु गरेकी नायिका सपना चन्द ठकुरीले अहिलेसम्म डेढ दर्जनभन्दा धेरै म्युजिक भिडियोमा आफ्नो कुशल अभिनय प्रस्तुत गरिसकेकी छिन्। त्यस्तैगरी सत्र वटा थिएटर सोमा अभिनय गर्नुको साथै दुईवटा एड समेत गरिसकेकी छिन्।

नेपाली कथानक चलचित्र “सारङ्क” बाट सिनेमा क्षेत्रमा डेब्यु गरेकी नायकी सपनाले अहिलेसम्म तीनवटा चलचित्रमा काम गरिसकेकी छिन् भने उनको आउदै गरेको नयाँ चलचित्र “मनको उजुरी” को पनि छायांकन सुरु भईसकेको छ। अभिनय र नृत्यमा पोख्त नायिका सपना हेर्दा पनि त्यतिकै आकर्षण र सुन्दरी छिन्। सधै हासी रहने मिठो मुस्कानकी धनि नायिका सपना सबैसंग चाडै घुलमिल हुन पनि सक्छिन्।

लेखक तथा कलाकार बाबा श्यामानन्द सिंह ठकुरी “वर्तमान” र माता लक्ष्मीदेबी सिंह ठकुरीको प्रेरणा, हौसला र सहयोगले गर्दा कलाकारिता क्षेत्रमा प्रवेश गरेकी नायिका सपना चन्द ठकुरी आफूलाई अभिनय र कला प्रस्तुत गरेर आफूभित्र भएको क्षमतालाई प्रदर्शन गरेर सिने क्षेत्रमा स्थापित हुन चाहिन्छिन्।

कहिलेकाही सिनेमा क्षेत्रका मानिसहरुबाट म्युजिक भिडियो, चलचित्रमा खेलाउछु तर मसंग नाता गास्नु पर्छ भनेर नचाहिदो प्रस्ताब पनि आउने गरेको र आफूले त्यस्तो प्रस्ताबहरुलाई ठाडै अस्वीकार गरेको र आफू कामको लागि शरीर नबेच्ने र आफ्नो आत्मा सम्मान बेचेर सम्झौता नगर्ने कुरा पनि बताउछिन र चर्चाको शिखरमा पुग्न आफ्नो मेहनत लगनशीलता, अभिनय क्षमता हुनु पर्नेमा बिश्वास राख्ने सपना क्षणिक चर्चाको लागि आफू ननाङ्गिने र ग्ल्यामरसको नाममा जे पायो त्यहि पनि नगर्ने उनी बताउछिन्।

भबिष्यमा आफूलाई आफ्नो अभिनय, नृत्यको माध्यममार्फत एक कुशल अभिनेत्रीको रुपमा स्थापित गराउन लागिपरेकी नायिका सपना चन्द ठकुरी आफ्नो सुन्दरताप्रति पनि त्यतिकै ध्यान दिन्छिन् र नेपाली दर्शकहरुको मागलाई ध्यान दिदै समय सापेक्ष आफूलाई परिबर्तन गर्दै लैजाने र राम्रो कथा बस्तु नेपाली समाजलाई पच्ने खालको चलचित्रमा आफू सधै अभिनय गर्न तत्पर रहेको उनी बताउछिन्। हाम्रो तर्फबाट पनि उनको उज्जवल भबिष्यको लागि शुभकामाना।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9656