माधब पनेरु / एचकेनेपाल डट कम –
पोखरा, १ असार। पोखरा उपमहानगरपालिका कार्यालय भित्रको भ्रष्टाचार, ढिला सुस्ती र अनियमितता बारे समाचार प्रसारण गरेको भन्दै पोखराको रेडियो सराङकोटका समाचार प्रमुख कमल पौडेल अथक ६ महिनाको लागि निलम्वनमा परेका छन्।

नगरपालिकाका कार्यकारी अधिकृत झलकराम अधिकारीको निर्देशनमा रेडियोमा पुगेको ट्रेड युनियनसंग संम्वद्ध एक समूहले रेडियो व्यवस्थापनलाई आर्थिक प्रभावमा पारी समाचार प्रमुख अथकलाई निलम्वन गरेको हो।

उनलाई जेष्ठ ३१ गते रातको वैठकले असार १ गतेदेखि लागू हुने गरी मंसिर मसान्तसम्म निलम्वन गरेको वुझिएको छ। यस अघि रेडियोे व्यवस्थापन समितिको २९ गते वसेको वैठकले उनलाई विहानको समाचार कटौति गरेको पत्र थमाएको थियो। समाचार प्रमुखलाई नै जानकारी नदिई व्यवस्थापन समितिले कटौति गरेको समाचारको स्थानमा अर्कै एक व्यक्तिलाई रातारात पदस्थापन गरेको श्रोतले वताएको छ।

विगत डेढ दशकदेखि पोखराका छापा तथा विद्युतीय संञ्चार माध्यममा कार्यरत अथक विभिन्न मिडिया हुँदै पछिल्लो समयमा रेडियो सराङ्कोटमा समाचार प्रमुखको जिम्मेवारी समाल्दै आएका थिए। निडर र जुझारु युवा पत्रकार अथकले नगरपालिका भित्रका विभिन्न अनियमितता वारे पछिल्लो समयमा रेडियो, पत्रिका र सामाजिक संञ्जाल फेसवुक मार्फत उजागर गर्दै आएका थिए।

रेडियोको विहानी खवरमा नगरपालिकाको खवर वाचन गरेपछि उनलाई रेडियोवाट हटाउन भन्दै नगरपालिकाको एक टोली सक्रिय रहेको थियो। अथकले समाचार प्रमुख जस्तो व्यक्तिलाई वैठकमा उपस्थित नगराई व्यवस्थापन समितिले नगरपालिकाको दवावमा परेर निलम्वन पत्र थमाएकोे भन्दै त्यसको भ्रत्सर्ना समेत गरेका छन्।

यसै वीच आफू समाचार प्रमुखवाट निलम्वित भएपछि प्रतिक्रिया दिदै पत्रकार अथकले यो सतिले सरापेको देशमा आफूलाई आफ्नै रेडियोले संरक्षण गर्नुपर्नेमा उल्टै दण्ड दिएकोमा दुःख व्यक्त गरेका छन्।



.















Comments

comments