मोदी–क्यामरुनको वक्तव्यले किन गोर्खा भिसीको मन दुख्यो?

दमक, आफ्नो ज्यान जोखिममा पारी बेलायतको शान र इज्जत बचाउन महत्वपूर्ण योगदान पुर्‍याएबापत भी.सी. (भिक्टोरिया क्रस) बाट सम्मानित रामबहादुर बेघा जीवनको उत्तराद्र्धमा बेलायती सरकारसँग त्यति खुशी छैनन्।

हालै बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रूपमा नेपालको नयाँ संविधानबारे प्रतिकूल टिप्पणी गरेपछि बेघाको मन कुँडिएको हो । त्यस्तै, नेपालमा भारतद्वारा जारी नाकाबन्दीबारे बेलायत मौन रहेकोमा चित्त दुखेको उनले बताए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले नेपालका बारेमा जारी गरेको संयुक्त विज्ञप्तिप्रति बेघाले असन्तुष्टि जनाए । उनले भारतले बेलायतलाई नेपालका बारेमा गलत व्याख्या गरेर आफ्नो प्रभावमा पार्न खोजेको पनि बताए । उनले भने, ‘बेलायतले पनि नेपालको वास्तविक अवस्था के हो भनेर बुझ्नुपर्थ्यो।’

भारतीय र बेलायती प्रधानमन्त्रीको संयुक्त विज्ञप्तिले आफूजस्ता धेरै बहादुर गोर्खा सिपाहीले बेलायत र भारतका लागि बगाएको रगतपसिनाको सम्मान गर्न नसकेको उनको बुझाइ छ । भारतीयले लगाएको नाकाबन्दीबारे बेलायती मौनताप्रति पनि उनले आपत्ति जनाए ।

दमक नगरपालिका–१३ मा बस्ने रामबहादुर बेघा भी.सी. उपाधि प्राप्त एकमात्र जीवित बेलायती सेनाका ‘लाहुरे’ हुन् । उनले ब्रिटिस गोर्खाको क्याप्टेनबाट अवकाश पाएका थिए। अहिले उनी घरमै बसेर नातिनातिनालाई अराईखटाई गर्छन् र दमक भृकुटी चोकमा रहेको किराँत मन्दिर हेरचार गर्छन्। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9713