हस्तलिखित पासपोर्ट आजदेखि नचल्ने

काठमाडौं, हस्तलिखित पासपोर्ट आज सोमबारदेखि विश्वभर नचल्ने भएको छ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को बाध्यकारी नियमअनुसार अब विश्वभर नै बारकोड नभएको अर्थात हातले नलेखेको पासपोर्ट उपयोगमा ल्याउन पाइँदैन।

सरकारले सोमबारदेखि नै पासपोर्टमा प्रत्यक्षदर्ता प्रणाली लागू गर्ने भएको छ। ६ महिनाअघि देखि नै कतिपय मुलुकलले हस्तलिखित पासपोर्टमा भिसा नदिइ एमआरपी माग गर्दै आएका छन्। म्याद र भिसा दुवै भएको हस्तलिखित पासपोर्टलाई पनि तत्काल एमआरपी बनाउन विभागले आग्रह गरेको खबर आजको कान्तिपुर दैनिकमा छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9719