केरुङबाट धमाधम सामान आउँदै

रसुवा, चीनको केरुङ नाकाबाट नेपालका लागि व्यापारिक सामान आयात हुन थालेको छ। प्रमुख भन्सार अधिकृत केदार पनेरु र चिनियाँ अधिकारीबीच छलफलपछि केरुङमा थन्केको सामान ल्याउन खुला गरिएको हो।

रेसुओ पोर्ट हुँदै केरुङबाट सामान निकासी गर्न गएका कन्टेनरहरु धमाधम नेपाल भित्रन थालेका छन्। चीनका विभिन्न सहरबाट केरुङमा सामान ल्याउन थालिएको छ । नाकाबाट स्याउ, ऊन, प्याज र तयारी पोसाक भित्रिने क्रम बढेको हो।

व्यापारीलाई भने चीनले केरुङ प्रवेश गर्न दिएको छैन। तातोपानी नाकामा वर्षौंदेखि अध्यागमनले दिने एकदिने प्रवेश पास लिई खासा जाने गरिएको थियो। केरुङ भने यो व्यवस्था नभएपछि व्यापारीहरु सीमाबाटै फर्कने गरेका छन्। आजको कान्तिपुर दैनिकमा खबर छन् ।





Comments

comments

Leave a Reply

9724