सुपरहिट गायक गायिकाहरुको स्वरमा ‘प्रेमगीत’

सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम –
अहिलेका चल्तीका सुपरहिट सबै विधाका गायक गायिकाहरुको स्वर समेटिएको चलचित्र “प्रेमगीत”को जुकबक्स सार्वजनिक गरिएको छ।

युट्युबमार्फत सो जुकबक्स सार्वजनिक गरिएको हो। संगीतकार अर्जुन पोख्रेलको संगीत रहेको प्रेमगीतका गीतहरुमा अहिलेका सुपरहिट लोक तथा दोहोरी गायक पशुपति शर्माको साथमा गायिका पूर्णकला बिसी, त्यसैगरी आधुनिकका चर्चित गायक स्वरुपराज आचार्य तथा गायिका अञ्जु पन्त, पपगीतका चर्चित गायक सुगम पोखरेलको साथमा सन्तोष लामा र सुभानी मोक्तानका साथै नेपाली ताराबाट उदियमान गायिका स्वेच्छा ठकुरीको स्वर समेटिएको छ।

पूजा शर्मा र प्रदिप खड्काको मुख्य भूमिका रहेको यो चलचित्रका गीतले चलचित्रको प्रवदनमा सहयोग पुग्ने विश्वास गरिएको छ।  आगामी प्रणय दिवसको अवसर पारेर १२ फरवरीमा प्रदर्शनको तयारी रहेको चलचित्रको निर्माण अशुसेन फिल्म्सको ब्यानरमा सन्तोष सेनले गरेका हुन् भने निर्देशन सुदर्शन थापाको रहेको छ।





Comments

comments

Leave a Reply

9731