नाकाबन्दीको ६५ दिनपछि सरकारको श्वेतपत्र, नाकाबन्दीले सबै क्षेत्र अस्तव्यस्त

तराई–मधेस बन्द र भारतीय नाकाबन्दीबाट प्रभावित देशको वर्तमान आर्थिक अवस्था र सरकारको कार्यदिशासम्बन्धी श्वेतपत्र सार्वजनिक भएको छ।

अर्थमन्त्री विष्णु पौडेलले मंगलबार पत्रकार सम्मेलनमार्फत सरकारको श्वेतपत्र सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषद्को बैठकले सरकारको श्वेतपत्रलाई पारित गरेको थियो।

भारतीय नाकाबन्दीका कारण मुलुकले इन्धनको संकट व्यहोरेको अवस्थामा चीनबाट पेट्रोलियम पदार्थ ल्याउन व्यापारिक सम्झौता प्रक्रिया अगाडि बढाएको सरकारले यसबारेमा श्वेतपत्रमा भने कुनै तत्कालीन कार्यदिशा लिएको छैन। तर, पेट्रोलियम पदार्थ आयातको वैकल्पिक व्यवस्था मिलाउन विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय कम्पनीसँग व्यापार सम्झौता गरिने उल्लेख गरिएको छ।

‘निजी क्षेत्रका व्यवसायीले इन्धन आयात गरी आपूर्ति गर्न चाहेमा सहजीकरण गरिनेछ। आपूर्ति व्यवस्था सहज बनाउन विभिन्न भौगोलिक क्षेत्रबाट पेट्रोलियम पदार्थ भण्डारणका लागि पूर्वाधार निर्माण गर्ने कार्य प्रारम्भ गरिनेछ,’ अर्थमन्त्री पौडेलले भने।

उनले आयातका वैकल्पिक भन्सार नाका र ढुवानीका प्रमुख मार्गको तत्काल मर्मतसम्भार र स्तरोन्नति गरिने बताए। ‘इन्धनलगायत उपभोग्य सामग्रीको सहज आपूर्तिका लािग नेपालको अन्तर्राष्ट्रिय व्यापार विविधीकरण गर्दै सञ्चालनमा रहेका र सम्भाव्य व्यापारिक नाका जोड्ने सडक तीव्रताका साथ निर्माण, मर्मत र विस्तार गरिनेछ,’ उनले भने।

श्वेतपत्रमा स्वास्थ्य सेवासँग सम्बन्धित औषधि, अक्सिजन, उपकरण, कच्चा पदार्थ, प्याकिङ सामग्री तथा लेबल, रगत संकलन गर्ने प्लास्टिक ब्याग आपूर्ति सहज बनाउने घोषणा गरिएको छ। अत्यावश्यक औषधि हवाईमार्गबाट समेत ढुवानीको व्यवस्था मिलाइने सरकारी तयारी रहेको खबर नयाँपत्रिका दैनिकले छापेको छ।





Comments

comments

Leave a Reply

9747