यस्तो छ विप्लवले घोषणा गरेको जनसरकार!

नेत्रविक्रम चनद विप्लव नेतृत्वको नेकपा माओवादीले समानान्तर सरकारको रुपमा केन्द्रीय जनपरिषद् र व्यवस्थापिका संसद्को रुपमा जनप्रतिनिधिसभाको घोषणा गरेको छ।

जनपरिषद् प्रमुखमा सन्तोष बुढामगर र जनप्रतिनिधिसभाको अध्यक्षमा उमा भुजेल चुनिएका छन्। भारतीय नाकाबन्दीविरुद्ध मंगलबार राजधानीमा प्रदर्शनपछि शान्तिबाटिकामा आयोजित सभामा बुढामगरले आफू जनपरिषद्को प्रमुख र भुजेल जनप्रतिनिधिसभा अध्यक्षमा चुनिएको सार्वजनिक गरे। जनपरिषदको उपप्रमुमा पदम राई छन्। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।





Comments

comments

Leave a Reply

9751