बाढी र पहिरोले २६ को मृत्यु, सयौं वेपत्ता

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३० साउन । अविरल वर्षाका कारण बाढी र पहिरोमा परेर देशभर शुक्रवारमात्र २६ भन्दा बढिको मृत्यु भएको छ। त्यसैगरी, सयौं वेपत्ता भएका छन्। बाढी पहिरोमा परेर सयौं संख्यामा विस्थापित भएका छन्।

बबई नदीमा आएको बाढीमा परेर १५ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। वस्तीसमेत डुबानमा परेको छ। मृत्यु हुनेहरूमा उरहरि गाविस–६ मोतिपुरका ६० वर्षीय खुसिराम चौधरी र उनकी श्रीमती छन् भने अन्यको सनाखत हुन सकेको छैन। सुर्खेतमा ११ जनाको मृत्यु भएको छ भने १८ जना बेपत्ता भएका छन्।

त्यसबाहेक पहिरोमा परेर गोरखामा ३ जनाको मृत्यु भएको छ। रोल्पाको राँक गाउँ २ मा कृष्ण वलीको घर भत्किदा २ जनाको मृत्यु भएको छ। अत्यधिक वर्षाका कारण बाढी र पहिरोमा परेर मृत्यु हुने र वेपत्ता हुनेहरूको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

976