रेडियो कार्यलयमा पेट्रोल बम प्रहार, मोटरसाइकल आगजनी

नवलपरासी—सामुदायिक रेडियो परासीको कार्यालय परासीमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको छ।

बुधबार राति दश बजेको समयमा अज्ञात समुहले रेडियो स्टेशनमा पेट्रोल बम प्रहार गरेको खबर नागरिक दैनिकमा छ। रेडियोको परिसरमा रहेको लु १८ प ४००१ नम्बरको मोटरसाईकलमा आगजनी समेत गरिएको छ। आगलागिबाट मोटरसाईकल पूर्णरुपमा ध्वस्त भएको छ। पेट्रोल बम प्रहार गर्नु अघि ९८५७०४५८९४ नम्बरको मोवाईलबाट रेडियोमा फोन गरि धम्की पनि दिईएको थियो।

रेडियोको कार्यालय रहेको भवनमा दुईवटा पेट्रोल बम प्रहार भएको प्रहरीले जनाएको छ।

यसअघि मधेसी मोर्चाका कार्यकर्ताले आफ्ना समाचार प्रयाप्त प्रसारण नगरेको भन्दै पटक पटक धम्की दिदै आएका थिए। मोर्चा कार्यकर्ताले नै बम प्रहार गरेको हुनसक्ने एफएम सञ्चालक र स्थानीय प्रशासनको शंका छ। तर घटनाको कसैले जिम्मा लिएको छैन।

पटक पटक धम्की आउने क्रम जारी रहेकाले रेडियो सञ्चालन गर्न सक्ने स्थिती नआएपछि अनिश्चितकालका लागि रेडियोको प्रशारण बन्द गरिएको छ।





Comments

comments

Leave a Reply

9766