हास्य टेली सिरियल हाक्का हाक्कीले सफलताका साथ सिल्भर जुब्ली मनायो

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ, नेपाल टेलीभिजनबाट हरेक शनिबार बेलुकी ८:५० मा प्रसारण हुने चर्चित हास्यब्यङ्ग टेली चलचित्र हाक्का हाक्कीले सफलताको साथ सिल्भर जुब्ली मनाएको छ।

दमन रुपाखेतीद्वारा निर्देशित तथा राम थापाद्वारा निर्मित हास्य टेली चलचित्र हाक्का हाक्कीले समसामयिक बिषयबस्तुलाई समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ।

छोटो समयमा नै दर्शकको मन मुटुमा बस्न सफल हास्य टेली चलचित्र हाक्का हाक्कीले पच्चीसौं भागसम्म आइपुग्दा समय सापेक्ष परिबर्तन गर्दै दर्शकलाई नयाँ नया स्वाद दिन पनि सफल भएको छ।

मिडिया हबद्वारा प्रस्तुत नेपाल टेलिभिजनबाट प्रसारित हास्य ब्यङ्ग टेलि सिरियल हाक्का हाक्कीमा नेपालका चर्चित कलाकारहरुको समाबेसी रहेका छ जसमा दमन रुपाखेती, राजु भुजु, कबिता शर्मा, सुजित थापा (डेभिड), राम थापा, उमेश कुमार केसी, राधा श्रेष्ठ, मणिराज काफ्ले, सरस्वति खड्का थापा, कुसलभ केसी,गोबिन्द खतिवडा लगायत अन्य चर्चित कलाकारहरुको भूमिका रहेको छ।

समाजमा घटिरहेका घटनाक्रमहरूलाई हाक्काहाक्की रूपमा प्रस्तुत गर्ने कार्यलाई निरन्तरता दिँदै केहि पात्रलाई भने यस सिरियलमा दोहोरो भूमिकामा समेत देख्न सकिन्छ जसको कारणले अझ हास्य टेली सिरियल हाक्की हाक्कीले थप उचाई लिएको र दर्शकहरुको रोजाइमा पर्न सफल भएको छ।

हाक्काहाक्की बिशुद्ध मनोरन्जनात्मक टेली सिरियल भएको कारणले गर्दा दर्शकहरुले पूर्ण मनोरंजन प्राप्त गर्न सकिने कुरा निर्माता तथा चर्चित हास्य कलाकार राम थापा बताउनु हुन्छ र सम्पूर्ण दर्शकहरुलाई प्रत्येक सनिबार बेलुका ८:५० मा हाक्का हाक्की हेरेर सल्लाह सुझाब दिनको लागि यस हास्य ब्यङ्ग टेली सिरियलको सम्पूर्ण ब्यबस्थापन जिम्मेवारी लिनु भएका ब्यबस्थापन प्रमुख उमेश कुमार केसी अनुरोध गर्नु हुन्छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9770