भारतीय नाकाबन्दीले इन्धनको चरम अभाव भएपछि सरकारले उपत्यकाभित्रै प्राकृतिक ग्यासको सम्भावना खोजी गर्न थालेको छ।

१८ वर्ष अघिको अध्ययनबाट उपत्यकाभित्र २० हजार परिवारलाई ६ वर्षसम्म पुग्ने प्राकृतिक ग्यास भएको तथ्य पत्ता लागेको थियो।

उद्योग मन्त्रालयले यसलाई प्रयोगमा ल्याउनेबारे छलफल सुरु गरेको हो। मन्त्रालयको प्रविधि महाशाखाका प्रमुख तथा सहसचिव ऋषिराज कोइरालाका अनुसार जापानी सहयोग नियोग (जाइका) ले सन् १९९७ मा उपत्यकामा ग्यासको सम्भावना देखाएको थियो।

उक्त अध्ययनले ४ करोड ५० लाख क्युबिक घनमिटर प्रमाणित र ३० करोड क्युबिक घनमिटर अर्ध प्रमाणित प्राकृतिक ग्यास रहेको देखाएको थियो।

‘लागत बढी पर्ने भएकाले हालसम्म सरकारले यससम्बन्धी प्रक्रिया अघि बढाएको थिएन,’ कोइरालाले भने, ‘अब प्रयोगमा ल्याउन सकिन्छ कि भनेर छलफल सुरु भएको छ । उद्योगमन्त्री सोमनाथ पाण्डेले पनि ग्यास खानीहरूको अवलोकन गरिसक्नुभएको छ ।’ प्रमाणित ४ करोड ५० लाख क्युबिक घनमिटरले ६ वर्षसम्म २० हजार परिवारले प्रयोग गर्न सक्ने छन्।

अर्ध प्रमाणित ग्यासको विषयमा भने थप अध्ययन गर्नुपर्ने छ। प्रमाणित हुन सके २० हजार परिवारलाई नै २० वर्षभन्दा बढी समय पुग्न सक्ने अनुमान छ। कान्तिपुर दैनिकमा खबर छ।



.



















Comments

comments