कोरिया फेन्थेक माईग्रेन्ट सेन्टरको अध्यक्षमा थापा

मिनप्रसाद उप्रेती / एचकेनेपाल डट कम-
सउल । कोरियामा फेन्तेक प्रवासी मजदुर सहयोग केन्द्र (माईग्रेन्ट सेन्टर)को अध्यक्षमा ब्रिजु बिक्रम थापा चयन भएका छन्।

आइतबार सम्पन्न सेन्टरको तेस्रो अधिवेशनले थापालाई निर्विरोध चयन गरेको हो। सुनसरी निवासी थापा विगत तीन वर्षदेखि उक्त सेन्टरको कार्य समितिमा रहेरकाम गर्दै आइरहेकाथिए । जुझारु र सक्रिय २६ वर्षीय थापा उक्त सेन्टरका हाल सम्मका अध्यक्षको पद समाल्नेहरु मध्ये कम उमेरका रहेका छन्।

अध्यक्ष पदमा निर्वाचित भइसकेपछि थापाले भने-,’म अग्रजहरुले देखाएको बाटोलाई आत्मासात गर्दै अझसशक्त तरिकाले अगाडि बढ्ने छु।‘ कोरियामा सहयोग केन्द्रले लिएकोउचाइलाई कहिल्यै घट्न नदिने उनले प्रतिबद्धता जनाए।

१५ सदस्य कार्यसमितिका अन्य पदाधिकारीहरुबर्गीयताका आधारमा उपाध्यक्षद्वय भक्त थापा मगर, विनोद सुबेदी र पदमसुब्बा रहेका छन् । सचिव नारायण पाठक, सह-सचिव प्रबिण गिरी रहेका छन् भनेकोषाध्यक्षमा नगेन्द्र पाण्डे रहेका छन् । यसैगरी अन्य सदस्यहरूमा क्रमशपेशल आचार्य, नवराज तिम्सिना, लक्ष्मण नेपाल, भीम नेपाल, सजिन नेपाल, कृष्ण पुरी, दीपक खत्रि, जीवन बोहरा, श्यामप्रसाद भट्टराई रहेका छन्।

उता सोसेन्टरको समिति संरक्षकमा पूर्व अध्यक्ष यादव खनाललाई हलले सर्बसम्मत चयनगरेको छ। कार्यक्रमका प्रमुख अतिथि कोरिया सन्देश क्लबका अध्यक्ष मीनप्रकाश उप्रेतीले नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिएका थिए। उक्त अबसरमा निवर्तमान सचिव लक्ष्मण तिम्सिनालाई प्रशंसापत्र प्रधानगरिएको थियो।

सेन्टरबाट पहिरो पीडितलाई आर्थिक सहयोग
अधिबेशनकै दिन सो सेन्टरले सुनकोशी पहिरो पीडितका लागि आठ लाख ४१ हजार कोरियन वान सङ्कलन गरेको छ । उक्त रकम एनआरएन कोरियामार्फत बाढी पीडितलाईहस्तान्तरण गरिने निवर्तमान अध्यक्ष सुवर्ण चैालागाईले बताए।





Comments

comments

978