बाबुले खेलाएको पेस्तोल पड्किँदा छोरीको मृत्यु

दोलखा, १२ मङ्सिर। कटेरामा अवैध रुपमा राखिएको कटुवा पेस्तोल बाबुले खेलाउँदा खेलाउँदै पड्किँदा आफ्नै छोरीको मृत्यु भएको छ।

मृत्यु हुनेमा भीनपा–७ स्थित सार्की स्वाराटोलकी दशमहिने रेश्मा चौलागाईं रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । घटना शुक्रबार दिउँसो करिब चार बजेर ४५ मिनेट जाँदा भए पनि हेरिरहेको टेलिभिजन पड्किएको भन्दै प्रहरीलाई बाबु रामकृष्ण चौँलागाईँले ढाँटेका थिए।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक पाण्डेले स्थलगत अनुसन्धानका क्रममा घटनास्थलमा कटुवा पेस्तोल भेटिएको र पेस्तोल पड्किँदा बालिकाको ज्यान गएको मृतकका आफन्तले समेत स्विकारिसकेको बताउनुभयो।

पेस्तोल पड्किँदा मृतकका चौलागाईंसमेत घाइते भएका थिए । घटना हुँदा मृतकका काका राजकुमार्र ं समेतसँगै रहेको र सो पेस्तोल पनि सिंगटीमा भेटेर उनैले ल्याएको स्वीकार गरेका छन््।

यता प्रहरीले भने घटनास्थलमा गोलीको खोका नभेटिएको र हतियार अरु पनि प्रयोग हुन सक्ने भन्दै थप अनुसन्धानका लागि मृतकका बु्बा र काकालाई नियन्त्रणमा राखेको छ । मृतकका आफन्तले भने टिभी पड्किएर बालिकाको ज्यान गएको भन्दै शुक्रबार घटनाको ढाकछोप गर्ने प्रयास गरेका थिए । रासस





Comments

comments

Leave a Reply

9788