हङकङ, युके र नेपालको मिलाएर चारभञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, पर्वत जिल्लाको मध्य दक्षिण भेक भँगरा, फलामखानी, ठानामौला र कुर्घा गाविसबाट पोखरा, काठमाडौं, हङकङ र युकेमा स्थायी अस्थायी बसोवास गर्ने तमुहरुको साझा संस्था चारभञ्ज्याङ तमु समाजहरुलाई समन्वय गरी चारभञ्ज्याङ क्षेत्रको बृहत्तर विकासका लागि चारभञ्ज्याङ तमु समाज अन्तर्राष्ट्रिय समन्वय समिति गठन भएको छ।

चारभञ्ज्याङ तमु समाज पोखराको सभाहलमा सम्पन्न चारभञ्ज्याङ तमु समाजहरुको भेलाले पोखराका क्याप्टेन चन्द्रप्रसाद गुरुङको अध्यक्षतामा अन्र्तराष्ट्रिय समन्वय समिति गठन गरेको हो।

समितिको उपाध्यक्षहरुमा चारभञ्ज्याङ तमु समाज युकेका अध्यक्ष लेप्टेनेण्ट चन्द्रबहादुर गुरुङ, पोखराका अध्यक्ष सुवेदार मेजर नारायणसिंह गुरुङ, काठमाडौंका अध्यक्ष क्याप्टेन नारायण गुरुङ र हङकङका अध्यक्ष नारायण गुरुङ, महासचिवमा पोखराका हुमबहादुर गुरुङ, सचिवमा पोखराका कृष्णकुमार गुरुङ, कोषाध्यक्षमा काठमाडौंका क्याप्टेन गणेश गुरुङ, सहकोषाध्यक्षमा काठमाडौंकै सुवेदार मेजर लालकाजी गुरुङ चयन हुनुभएको छ।

यसरी नै सदस्यहरुमा युकेकी आमा समुह अध्यक्ष शान्ति गुरुङ, पोखराकी डम्बरकुमारी गुरुङ, काठमाडौंका सन्तुमाया घले र हङकङका अध्यक्ष समुह अध्यक्ष, यसरी नै युकेका हरी गुरुङ, पोखराका माओत्सेतुंग गुरुङ, काठमाडौंका विजय गुरुङ र हङकङका राजु गुरुङ चयन हुनुभएको छ।

समितिका गाँउ प्रतिनीधिहरुमा भँगराबाट टेकबहादुर गुरुङ, फलामखानी दाद्राबाट समिर गुरुङ, ठानामौला खाल्टेका रोशन गुरुङ, कुर्घा लामेबाट सुर्य गुरुङ चयन हुनुभएको छ भने समितिको प्रवक्तामा पोखराका एनबी गुरुङ(युवन) चयन हुनुभएको छ।

पोखरामै कार्यालय रहने अन्र्तराष्ट्रिय समितिको संरक्षक समितिको संयोजकमा पोखराका पूर्व क्याम्पस प्रमुख गणेशमान गुरुङ र सदस्यहरुमा बुटवलका शेरबहादुर गुरुङ, युकेका नारायण कोने, पोखराका पुरनध्वज गुरुङ, पोखरा कै क्याप्टेन धर्मलाल गुरुङ, युकेका लेप्टेनेण्ट नारायणप्रसाद गुरुङ र काठमाडौंका लालप्रसाद गुरुङ चयन हुनुभएको छ।

समितिले पोखरा, काठमाडौं, युके र हङकङमा गठन भईसकेको चारभञ्ज्याङ समाजहरुको समन्वय र गठन हुने संभावना रहेको रुपन्देही, नवलपरासी, चितवन, पर्वत कुश्मा, चारभञ्ज्याङ गाँउ मै र विदेशमा जापान, कोरिया, अमेरिका, अष्ट्रेलिया, खाडी मुलुक, युरोप लगायतका मुलुकहरुमा समेत चारभञ्ज्याङ तमु समाज गठन गर्दै आफ्नो जन्मगाँउलाई समृद्ध बनाउन शिक्षा, स्वास्थ्य, संचार, यातयात, कृषि, पर्यटन विकासका लागि आर्थिक, सामाजिक, साँस्कृतिक, राजनीतिक सहयोगको अभियान संचालन, पहल गर्ने नवनिर्वाचित महासचिव हुमबहादुर गुरुङले जानकारी दिनुभयो।

हामी आफ्नो जन्म गाउ, पैत्रिक थलोको विकास गर्दै खण्डहर बन्दै गइरहेको गाँउहरुलाई सिगार्दै, गाँउको विकासका साथै गाँउफर्क अभियानलाई पनि अघि सार्ने छौं भन्नुहुदै मिडिया कोअर्डिनेटरको जिम्मेवारी समेत सम्हाल्नु भएका महासचिव गुरुङले राज्यले समेत विकास योजनाहरुमा पछाडि पारिएको चारभञ्ज्याङ क्षेत्रमा पर्यटन, कृषि, साँस्कृतिक लगायतको संभावनालाई विकासमा परिणत गर्न समितिले भुमिका खेल्ने बताउनुभयो।

चारभञ्ज्याङ तमु समाज पोखराको अध्यक्ष सुवेदार मेजर नारायणसिंह गुरुङको अध्यक्षता र पुर्व क्याम्पस प्रमुख गणेशबहादुर गुरुङको प्रमुख आतिथ्यतामा अन्र्तराष्ट्रिय समन्वय समिति गठनका लागि शनिवार बृहत अन्र्तक्रिया गरिएको थियो भने आइतवार समिति गठन गर्दै अन्तर्राष्ट्रिय भेला सम्पन्न भएको हो।





Comments

comments

Leave a Reply

9834