अस्वस्थ प्रतिस्पर्धाले गीत संगीतको बजार खस्किदै…

सुर्य चन्द / एचकेनेपाल डट कम –
काठमाडौँ: गीत संगीतको क्षेत्रमा बिक्रम सम्बत् २०६० मा स्थापित भएर बिगत बाह्र बर्षदेखि निरन्तर काम गर्दै आएको त्रिबेणी नेपाल फिल्मस प्रालिले हालसम्म दश हजार भन्दा बढी म्युजिक भिडियो निर्माण गरि सकेको छ।

बिगतका दिनहरुमा महिनाको २०/२५ वटा भिडियो निर्माण गर्दै आएको त्रिबेणी नेपाल फिल्मस प्रालिले अहिले यो क्षेत्रमा बढ्दै गएको अस्वस्थ प्रतिस्पर्धाको कारणले गर्दा आफ्नो व्यापार ब्यबसायमा केही कमी आएको स्वीकार गरेको छ।

विदेश भएका नेपाली गायक गायिकाहरुको लगानीले गर्दा मात्र धानी रहेको यो क्षेत्र पछिल्लो समय साँघुरिदै गएको कारण जसले गर्दा चर्चित गायक गायिकाहरुको यस क्षेत्रमा लागेर जीविकोपार्जन गर्न समेत गार्हो परेको कुरा त्रिबेणी नेपाल फिल्मस प्रालिका प्रबन्ध निर्देशक गौरब पोखरेल बताउछन्। CRBT/PRBT मा बाँचिरहेका गायक गायिका अझ भनौ म्युजिक ब्यबसायी, कम्पनीहरु अहिले भईरहेको पाइरेसीका कारणले गर्दा मुलुकका प्रतिष्ठित कम्पनीहरु धरापमा परेको र अहिले आएर युट्युबमा आश्रित हुनु परेको कुरा पनि उनी बताउछन्।

त्रिबेणी नेपाल फिल्मस प्रालि जहिले पनि नेपाली गीत संगीतको क्षेत्रलाई राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा अगाडी बढाउन लागि परेको र स्रस्टाहरुको सम्मान गर्दै र गीतसंगीत बजारमा स्वस्थ प्रतिस्पर्धामा लाग्दै संख्यात्मक भन्दा पनि गुणात्मक काममा जोड दिदै आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको छ।

बिगतका दिनहरुमा गीत संगीत सिकेर मेहनत गरेर यो क्षेत्रमा लागेका गायक गायिकाहरु अहिले आएर सौखको भरमा गीत गाउने र लोकप्रियता कमाउन गुणस्तरहिन तथा कहानीबिहिन म्युजिक भिडियो बनाइ बजारमा लिएर आउने कारणले गर्दा नि प्रतिष्ठित कम्पनीहरु तथा चर्चित गायक गायिकाहरु ओझेलमा पर्दै गएको कुरा त्रिबेणी नेपाल फिल्मस प्रालिका प्रबन्ध निर्देशक पोखरेल बताउछन्।

त्रिबेणी नेपाल फिल्मस प्रालिले जहिले पनि नेपाली गीत संगीतलाई माथि उठाउन लागि परेको र गीत संगीतका पारखीहरुबीच एक छुट्टै पहिचान बनाउन सफल भएको कुरा पनि पोखरेल बताउंछन्।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9846