भारतीय भूमिबाट प्रहरीमाथि पेट्रोल बम प्रहार

नेपालगन्ज : नेपालगन्ज–जमुनाहा नाकामा धर्ना बसेका मधेसी मोर्चाका कार्यकर्ताहरुले नेपाली प्रहरीमाथि भारतीय भूमिबाट पेट्रोल बम प्रहार गरेका छन्।

बुधबार दिउँसो भएको झडपका क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) को आडमा एक दर्जन बढी पेट्रोल बम प्रहरीमाथि हानेका हुन्।

मोर्चाका कार्यकर्ताहरुले एउटा मोटरसाइकलमा आगजनी गर्न खोजेपछि सुरक्षाकर्मीले रोक्ने क्रममा झडप भएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।

नाकाको अवरोध हटाउन गएका सुरक्षाकर्मीलाई मोर्चाका कार्यकर्ताले दसगजाबाट भारतीय भूमिमा पसेर पेट्रोल बम, ढुंगा र इँटा हानेपछि नेपालगन्ज–जमुनाहा नाका तनावग्रस्त भएको हो।

नाकामा मधेसी मोर्चाका कार्यकर्ता धर्ना बसेपछि यो नाकाबाट पेट्रोलियम ट्यांकरसहितका मालवाहक गाडी नेपाल छिर्न सकेका छैनन्।





Comments

comments

Leave a Reply

9873