पुन:निर्माणबारे एनआरएन अध्यक्षद्वारा सिन्धुपाल्चोकका सरकारी अधिकारीसंग छलफल

काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी सहितका सरकारी अधिकारीलाई भेट गरी पुन:निर्माण योजनाबारे छलफल गर्नुभएको छ।

भूकम्प प्रभावितहरुलाई एक हजार घर निर्माण गर्ने तयारी गरिरहेको गैरआवासीय नेपाली संघले सिन्धुपाल्चोकमा घर निर्माणस्थल छनौट गर्ने योजनासहित गत आइतबार सरकारी अधिकारीलाई भेट गरेको हो।

सिन्धुपाल्चोकका निमित्त प्रमुख जिल्ला अधिकारी, स्थानीय विकाश अधिकारी र शहरी विकाश बिभागका प्रतिनिधिहरुसाग एनआरएन टोलीले सामूहिक छलफल गरेको थियो।

सो अबसरमा संघका अध्यक्ष घलेले दुई बर्षभित्र एक हजार आवास निर्माण सम्पन्न गर्ने लक्ष्यसहित शहरी विकाश तथा भवन निर्माण बिभागसाग सम्झौता भइसकेको जानकारी दिादै सिन्धुपाल्चोकमा कहाा र कसरी एनआरएनले सहयोग गर्न सक्छ भनी सरकारी अधिकारीहरुलाई सोध्नुभएको थियो।

सरकारले सिफारिस गरेको ठाउामा मात्र गैरआवासीय नेपाली संघले पुन:निर्माण अभियान थाल्ने भएकाले अति बिपन्न र एकै ठाउामा धेरै घरधुरी भएको गाउा एनआरएनलाई जिम्मा दिन आग्रह गर्नुभएको थियो। सो अबसरमा निमित्त प्रमुख जिल्ला अधिकारी भरतप्रसाद आचार्यले सिन्धुपाल्चोकमा पुन:निर्माण गर्ने संघको योजनाप्रति आभार प्रकट गर्दै सकेसम्म दुर्गम ठाउंमा जान आग्रह गर्नुभयो।

‘धेरै संघसंस्थाहरु सजिलो र सुगम ठाउामै काम गर्न खोज्छन, तर गैरआवासीय नेपाली संघले अति बिपन्न परिवार रहेका दुर्गम गाउामा पुगेर पुन:निर्माणको काम गरोस् भन्ने हाम्रो चाहना छ’ निमित्त प्रजिअ आचार्यले भन्नुभयो– सकेसम्म सिंगो गाविस वा वडालाई नै लिएर नमुना वस्ती बनाइदिनुभयो भने अरुलाई पनि मोडल बन्ने छ।’सो अबसरमा स्थानीय विकाश अधिकारी कृष्णबहादुर शाहीले संघले थालेको पुन:निर्माण अभियानमा आफुले सक्दो सहयोग गर्ने बताउनुभयो । छलफल कार्यक्रममा शहरी विकाश तथा भवन निर्माण बिभागका कार्यालय प्रमुख टंक गौतमको पनि उपस्थीति थियो।

संघका प्रवक्ता रञ्जु थापा वाग्लेका अनुसार संघले ३५ करोड रुपैयााको लागतमा भूकम्प प्रभावित जिल्लाहरुमा १ हजार घर निर्माण गर्ने योजना बनाएको छ। सोही बमोजिम संघ र शहरी विकाश विभागवीच गत अक्टुवर ११ तारिखमा सम्झौता भएको थियो।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

Leave a Reply

9961