प्रेस विज्ञप्तिः
हंगकंगमा महाकवि देवकोटा जयन्ती
विषयः हंगकंगमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ९६औं जन्मजयन्ती तथा कविता
गोष्ठी
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हंगकंग च्याप्टर र हंगकंग साहित्य परिषदको
संयुक्त आयोजनामा गत ७ तारिख नोभेम्बरका दिन हंगकंगमा महाकवि लक्ष्मीप्रसाद
देवकोटाको ९६औं जन्मजयन्ती तथा कविता गोष्ठी कार्यक्रम सम्पन्न भयो ।
यहांका नेपाली कवि, साहित्यकार तथा उपस्थित महानुभावहरुद्धारा महाकविको तस्वीरमा
माल्यार्पन र फूलका गुच्छाहरु चढाएका थिए । नेपाली साहित्यका शिखर पुरुष महाकविको
जन्मजयन्तीले हंगकंगमा एउटा नयां अध्याय थपिएको छ । जसले विदेशमा रहेर पनि नेपाली
साहित्य, कला, भाषा र संस्कृत्रिप्रति एकजुट हुने प्रेरणा र हौसला प्रदान गरेको छ ।
विगतमा केही साहित्यप्रमीहरुले कोठामा ४, ५ जना भेला भएर महाकवि र अन्य साहित्यका
शिखर पुरुषहरुको जन्मजयन्ती मनाउंदै आएकोमा अनेसास हंगकंग च्याप्टरको विशेष
अग्रसरतामा यसले खुला र व्यापक सहभागिता जुटाएको छ ।
कार्यक्रममा यहांका नेपाली कवि तथा साहित्यकारहरुले कविता वाचन गरेका थिए यसरी
कविता वाचन गर्नेहरुमा राम कुमार राई, शरण सुब्बा, अशोक
कुमार गहतराज सुनार, टंक सम्वाहाम्फे, शिव प्रधान, पशन तमू हुनुहुन्थ्यो । सो
कार्यक्रमा एचकेनेपाल डट् कम्मा प्रकाशित केही प्रतिनिधि कविताहरु पनि वाचन
गरिएको थियो भने देश विदेशबाट प्राप्त कविताहरुलाई पनि वाचन गरिएको थियो ।
कार्यक्रममा नेपालबाट साहित्यकार बिक्रम सुब्बाको कविता गणतन्त्रको खेति, सउदी
अरबबाट निलम कुमार थेच्वमिको कविता प्वांख काटेको पंक्षी, ब्रुनाइबाट विश्वासदीप
तिगेलाको कविता छाडौं हत्या हिंसाको खेति, दुबईबाट प्रकाश थाम्सुहांगको कविता थोत्रो साइकल र मस्कोबाट प्रशिद्ध
साहित्यकार डा.मधु
माधुर्यको कविता रित्तताका जंगली दृश्यहरु जस्ता कविताहरु
हंगकंगका साहित्यकारहरुबाट वाचन भएको थियो ।
यहां हंगकगमा अध्ययनरत सा-साना भाई बहिनीहरुलाई नेपाली भाषा र साहित्यप्रति
आकषिर्त गर्न र साहित्य सिर्जनामा प्रेरित गर्न उनीहरुलाई पनि कविता वाचनमा सहभागि
गराइएको थियो । यसरी कविता वाचन गर्ने नेपाली नवप्रतिभाहरुमा पि.के. कलेजमा
माध्यमिक तहकी छात्रा गंगा
राई, जमूना
राई र केन्द्रीय प्राथमिक विद्यालयका
प्राथमिक तहका छात्र छात्राहरु सहिल प्रधान, चुन्नु लिम्बु र सृजना गुरुंग रहेका
थिए । स्थानीय विद्यार्थीहरुले कार्यक्रमको बीचतिर छोटो नेपाली नृत्यहरु पनि
प्रस्तुत गरेका थिए ।
कार्यक्रम सञ्चालन च्याप्टरका सचिव चुरा थापाले गर्नुभएको थियो भने उपाध्यक्ष
अशोक गहतराजले स्वागत तथा महाकवि देवकोटाको संक्षिप्त जीवनीको चर्चा गर्नु भएको
थियो । सो कार्यक्रममा परिषदका अध्यक्ष एकराज
राईले पनि महाकवि देवकोटाको
जीवनीबारे बोल्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा हंगकंगस्थित शाही
नेपाली वाणिज्यदूत हेमलाल
भट्टराईको विशेष उपस्थिति रहेको थियो ।
धन्यवाद
- पशन तमू
- अध्यक्ष
- अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज हंगकंग च्याप्टर
- ७ नोभेम्बर २००४
अनेसास हंगकंगद्वारा हत्याको भर्त्सना
झण्डै
दुई हप्ता जति बन्धक बनाएर कुनै माग र र्सत बिना अचानक अत्यन्तै अमानवीय
तवरले १२ जना निर्दोष नेपालीहरुको निर्ममता
पूर्वक हत्या गरिएको समाचारले हामी
ज्यादै मर्माहत भएका छौं । यस अप्रत्याशित दुःखद घटनाले सबै शान्तिप्रेमी नेपालीहरु
शोक विव्हृल भएका छौं । आतंकवादी संगठन द अर्मी अफ अन्सार अल सुन्नाहका सैन्यद्वारा
निर्दोष नेपाली कामदारहरुको भएको अमानवीय हत्याको अनेसास हंगकंग र
www.HKNepal.com