सगरमाथा आरोही प्रथम किराती इन्द्रबहादुर राईसंग पनि त्यही कार्यक्रममा मेरो भेट भएको थियो। जुन दिन इन्द्रबहादुर राईसहित, कवि श्रवण मुकारुङ र राष्ट्रगान रचयिता व्याकुल माइलालाई संयुक्तरुपमा सम्मान गरिन लागेको थियो। त्यही क्रममा इन्द्रबहादुर राईसंग केही संक्षिप्त कुराकनी भएका थिए। ती कुराकानीलाई च्याट विथ पशन को रुपमा यहाँ प्रस्तुत गरिएको छ। यो अन्तर्वार्ता नभएर सामान्यतयः हामी दुईजनाबीच भएको संक्षिप्त सम्वाद हो – (more…)
Popularity: 51%
May 29th, 2007
नेपालका चर्चित युवा साहित्यकार श्रवण मुकारुङसंग लगभग १५/१६ वर्षपछि हङकङको युनलोङ थियटर हलमा पहिलो पटक भेट भएको थियो। किरात राई यायोक्खा हङकङद्वारा आयोजित यलम्बर नाइट तथा सम्मान कार्यक्रम आयोजना हुन लागेको थियो त्यसबेला। श्रवणलगायत नयाँ राष्ट्रगानका रचयिता व्याकुल माइला र सगरमाथा आरोही प्रथम किरात इन्द्रबहादुर राईलाई संयुक्त रुपमा सम्मान गरिंदै थियो। बाहिर दर्शकदिर्घमा दर्शक जुटिसकेका थिए। पर्दा पछाडि कवि श्रवणलगायत कलाकारहरु तयारीमा जुटिरहेका थिए। हतारको छोटो समयमा हामीबीच केही सम्वाद भएका थिए। ती सम्वादलाई च्याट विथ पशन को रुपमा यहाँ प्रस्तुत गरिएका छन्। यो अन्तर्वार्ता नभएर सामान्यतयः हामी दुईजनाबीच भएको संक्षिप्त सम्वाद हो – (more…)
Popularity: 40%
May 28th, 2007
देशमा लोकतन्त्र स्थापनापछि नयाँ राष्ट्रगानको चयनसंगै एकाएक चर्चामा आएका प्रदीपकुमार राई ‘व्याकुल माइला’, आफूलगायत कवि श्रवण मुकारुङ र सगरमाथा आरोही प्रथम किरात इन्द्रबहादुर राईको सम्मान कार्यक्रममा सरीक हुन हङकङ आएका थिए। किरात राई यायोक्खा हङकङद्वारा २० मे २००७ मा आयोजित यलम्बर नाइट तथा सम्मान कार्यक्रमको थालनी हुन केही समयअघि व्याकुल माइला र मेरोबीच सामान्य कुराकानी भएका थिए। हतारको छोटो समयमा भएका संक्षिप्त सम्वादलाई यहाँ च्याट विथ पशन को रुपमा समावेश गरिएको छ। यो अन्तर्वार्ता नभएर सामान्यतयः हामी दुईजनाबीच भएको संक्षिप्त सम्वाद हो – (more…)
Popularity: 60%
May 28th, 2007
यलम्बर नाइटका लागि हङकङ आई पुगेका राजेश पाईल राईसंग मेरो जोर्डनस्थित नाँच घरमा मे २६ मा भेट भएको थियो। आकस्मिक भेटको बेला हामीबीच उनका क्यारियारसंग सम्बन्धित केही सम्वादहरु भएका थिए। ती सम्वादलाई च्याट विथ पशन को रुपमा यहाँ प्रस्तुत गरिएको छ। यो अन्तर्वार्ता नभएर सामान्यतयः हामी दुईजनाबीच भएको संक्षिप्त सम्वाद हो – (more…)
Popularity: 100%
May 27th, 2007
एचकेनेपाल डट कमको विधिवत समुद्घाटन गरी इन्टरनेटको सञ्जालमा प्रवाहित गरि दिनु हुने त्यही व्यक्तित्वलाई लिएर फेरि मैले नयाँ स्तम्भ च्याट विथ पशन शुरु गरेको छु। उहाँ हुनुहुन्छ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री माधवप्रसाद घिमिरे। हङकङमा महावाणिज्यदूतको रुपमा कार्यरत रहंदा सन् २००४ अप्रिल १० तारिख उहाँले एचकेनेपाल डट कमको औपचारिक उद्घाटन गर्नुभएको थियो। एचकेनेपाल डट कमको प्रगतिका लागि सही निर्देश र अभिभावकको भूमिका निर्वाह गर्नु हुने श्री घिमिरेको कार्य क्षमता, निपूणता र योग्यताका कारण देशको महत्वपूर्ण मन्त्रालयको सचिव जस्तो गरिमामय पदमा बढुवा हुनु भै थप जिम्मेवारीसहित नेपाल फर्कनु भएको थियो। (more…)
Popularity: 29%
May 27th, 2007
Chat With Pashan:
Chat With Pashan (च्याट विथ पशन): एचकेनेपाल डट कमका प्रधानसम्पादक पशन तमू र सर्वसाधारणदेखि वरिष्ठ महानुभावबीच भेटका क्रममा बोलिएका संक्षिप्त सम्वादलाई यहाँ समट्ने प्रयाश गरिएको छ। त्यसैले यस स्तम्भलाई 'च्याट विथ पशन' नामाकरण गरिएको छ। यस अनलाइन संस्करणमा सर्वसाधारणदेखि वरिष्ठत्तम व्यक्तित्वहरुका सम्वाद रहने छन्। पशन तमू र यस स्तम्भका अतिथिबीच साक्षात्कार भेट, फोन र ई-मेल, फ्यास वा चिठ्ठी पत्रका माध्यमद्वारा पनि सम्वाद स्थापित हुन सक्नेछन्। यस स्तम्भमा गम्भीर विषय बस्तुहरु भन्दा पनि सहजढंगले जानकारीमूलक प्रसंगहरुलाई उल्लेख गरिने प्रयाश गरिएको छ।
Chat With Pashan (च्याट विथ पशन) स्तम्भका लागि तपाईहरु पशन तमूलाई pashan8hknepal.com मा भेट्न सक्नुहुनेछ।
Categories
Links
Feeds
Most Popular in May, 2007
Most Popular Posts