मलेसियामा दुई नेपालीको मृत्यु

काठमाडौं सम्वाददाता / एचकेनेपाल डट कम -
बैदेशिक रोजगारका लागि मलेसिया गएका दुई नेपालीको मंगलबार राति रहस्यमयी ढंगले मृत्यु भएको छ। मृत्यु हुनेमा रंगेली - ८ का दिपक घिमिरे र बेदनिधि दाहाल रहेका छन्। दुबै जनाको राति सुतेको अवस्थामा मृत्यु भएको मृतकका परिवारले जनाएको छ। मृतक दुबैको मुखबाट फिज निस्केकाले खानामा फुड पोइजन हुन सक्ने अनुमान गरिएको छ। उनीहरुसंगै बसेका अर्का भियतनामी युवकको समेत मृत्यु भएको छ। (more…)

Popularity: 1%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 4th, 2008

सुशिल कोईराला क्यालिफोर्निया आउंदै

क्यालिफोर्निया सम्वाददाता / एचकेनेपाल डट कम -
नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशिल कोईराला जुलाई १२ तारिखका दिन सान फ्रान्सिस्कोमा आयोजना गरिन लागेको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा सरीक हुन क्यालिफोर्निया आउने भएका छन्। नेपालको परिवर्तित समसामायीक राजनैतिक परिस्थिति, गणतन्त्रको कार्यान्वयन र दिगो प्रजातान्त्रिक भविष्य विषयमाथि नेपाली कांग्रेसको भूमिकाको बारेमा खुल्ला अन्तर्क्रिया हुने भएको हुंदा सो कार्यक्रममा भाग लिन क्यालिफोर्निया र छिमेकी राज्यमा बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई हार्दिक आमन्त्रण गरिएको छ। (more…)

Popularity: 1%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 4th, 2008

तितो सत्यले गरायो तितै अनुभव

निर्मल श्रेष्ठ, हङकङ / एचकेनेपाल डट कम -
‘एक काज, दुई पन्त’ को शैलीलाई पछ्याउदै फेब्रुवरी महिनामा कार्यक्रम प्रस्तुत गर्न हङकङ आइपुगेका चर्चित जोडी दिपकराज गिरी र दिपाश्री निरौलाले केही स्थानीय कलाकारहरुको सहभागितामा जोर्डन, युन लोङ, स्टार फेरीलगायतका स्थानहरुमा धारावाहिक ‘तितो सत्य’ का लागि भनी दृष्यहरु समेत छांयाकन गरेका थिए। (more…)

Popularity: 2%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 4th, 2008

१७ वर्षपछि स्वदेश फिर्ता

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम, जुलाई ३ -
नेकपा माओबादीको भातृ संगठन नेपाली जनअधिकार मञ्च दक्षिण कोरियाका अध्यक्ष बाबुराम तामाङ आज बिहान स्वदेश फिर्ता भएका छन्। (more…)

Popularity: 3%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 3rd, 2008

इपीएस बारे श्रम सहचारीको आग्रह

रघु त्रिपाठी, दक्षिण कोरिया / एचकेनेपाल डट कम, जुलाई ३ -
नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच भएको कामदार आपूर्ति सम्बन्धी सम्झौता अनुसार भाषा र मेडिकलमा उत्तीर्ण भएकाहरुलाई काठमाडौंस्थित इपीएस कार्यालयले सम्पर्कको लागि सूचना प्रकाशन गरेको छ। जब सिकर रोस्टरमा समाबेश नामहरुबाट कोरिया सरकारले ३५८ जनालाई छनौट गरेको छ। (more…)

Popularity: 3%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 3rd, 2008

थारुहरु आन्दोलनमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
थारु कल्याणकारिणी सभालगायतका थारुसँग सम्बन्धित १३ संस्थाले केही राजनीतिक दलको कोठे बैठकबाट संविधानसभालाई लाचार छाया बनाउँदै मधेस आविष्कार गर्ने प्रयास भइरहेको भनी भर्त्सना गरेको छ । (more…)

Popularity: 4%

3 प्रतिक्रियाहरू / comments July 3rd, 2008

जिफन्टको राष्ट्रिय महाधिवेशन फागुनमा

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को यही असार १६ र १७ गते सम्पन्न राष्ट्रिय परिषद्को नवौँ बैठकले पाँचौ राष्ट्रिय महाधिवेशन आगामी फागुनमा काठमाडौँमा गर्ने निर्णय गरेको छ । (more…)

Popularity: 4%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 3rd, 2008

काँग्रेसद्वारा युथ फोर्सको कुटपिटको विरोध

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपाली काङ्ग्रेसले श्रम तथा रोजगार प्रबर्द्धन विभागको कार्यालय परिसरभित्र एमालेको युथ फोर्सको समूहद्वारा विभागका कर्मचारी र वैदेशिक रोजगार व्यवसायीलाई कुटपिट गरी कब्जामा समेत लिएर गएको घटनाप्रति दुःख व्यक्त गरेको छ । (more…)

Popularity: 4%

2 प्रतिक्रियाहरू / comments July 3rd, 2008

विमलको उच्च शिक्षाको सपना

जिल्लाका प्रथम विद्यार्थीद्वारा उच्च शिक्षा लागि सहयोग माग
राजधन राई सङ्खुवासभा / एचकेनेपाल डट कम -
यस वर्षको नियमित प्रवेशिका परीक्षामा सङ्खुवासभाबाट जिल्ला प्रथम भएका विमल अधिकारीले उच्चशिक्षाका लागि आर्थिक सहयोग गर्न सबैलाई अनुरोध गरेका छन्। जिल्लाबाट विशिष्ट श्रेणीमा प्रवेशिका उत्तीर्ण गर्ने दुईमध्ये एक विमलले आर्थिक अभावका कारण उच्चशिक्षामा समस्या पर्ने देखिएपछि यस्तो अनुरोध गनुपरेको बताएका छन्। (more…)

Popularity: 4%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 3rd, 2008

ब्रिटीस गोर्खा सैनिकहरुले मुद्दा हारे

ब्रिटीस गोर्खा सैनिकहरुले मुद्दा हारे
एचकेनेपाल डट कम -
बेलायती सैनिक सरह पेन्सन र सुविधा पाउनु पर्ने माग राख्दै लडेको पछिल्लो कानुनी लडाईमा ब्रिटीस गोर्खा सैनिकहरु हारेका छन्। बेलायतको उच्च अदालतले बुधबार भएको बहसमा उनीहरुको बिपक्षमा निर्णय गरेको हो। (more…)

Popularity: 5%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 3rd, 2008

सार्क सम्मेलनमा सहभागी हुन प्रमलाई निम्तोपत्र दिइने

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
नेपालमा सरकार परिवर्तन हुन लागेको बेला आगामी सार्क सम्मेलनका लागि निम्तो दिन श्रीलङ्काका विदेशमन्त्री रोहिथा बोगाल्ला गामा नेपाल आइपुगेका छन्। (more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 2nd, 2008

जार-जार मिलेर छिमेकीको हत्या

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
गत बिहीबार मध्यपुर थिमी-१६ लोकन्थलीको मनोहरा खोलामा मृत अवस्थामा फेला परेका मोरङ बयरवन गाविस-९ रमाइलो झोडाका ३६ वर्षीय राजेन्द्र अधिकारीको खोलाले बगाएर नभई जार-जार मिलेर हत्या गरेको पुष्टि भएको छ। (more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 2nd, 2008

सिन्धुली १ को निर्वाचनको अन्तिम फैसला

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
संविधानसभा अदालतले सिन्धुली जिल्ला निर्वाचन क्षेत्र नं.१ मा भएको निर्वाचनको मतगणनामा मतपत्र हराएको भनी गरेको उजुरीमा नेकपा (एमालेका) विषमलाल अधिकारीको विजयलाई नै सुनिश्चित गराएको छ। (more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 2nd, 2008

विवादित ढुङ्गाखानीको छानबिन

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
दक्षिण ललितपुरमा सञ्चालनमा रहेका एवम् विवादित ढुङ्गाखानीका विषयमा सरकारले छानविन सुरु गरेको छ। वन विभागद्वारा जिल्ला वन कार्यालयमार्फत् प्राविधिक टोली खटाई दक्षिण भेगमा रहेका नल्लु, देवीचौर, चापागाउँ लगायतका गाविसमा सञ्चालित ढुङ्गाखानीको छानबिन गर्न थालिएको हो। (more…)

Popularity: 6%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 2nd, 2008

अन्ततः पारसले देश छोडे (News update)

अन्ततः पारसले देश छोडे (News update)
काठमाडौं सम्वाददाता/ एचकेनेपाल डट कम, जुलाई २ -
धेरैको हल्ला र अनुमानहरुलाई साम्य पार्दै अन्ततः पूर्व युवराज पारस शाह जुलाई १ तारिख मंगलबारका दिन देश छोडेर सिंगापुर तर्फ लागेका छन्। सामान्य नागरिक भैसकेका ३६ वर्षीय पारस सिल्क एयरको फ्लाइटबाट सिंगापुर उडेका हुन्। पूर्वराजा ज्ञानेन्द्रका एक्लो छोरा पारस नेपाल छोडेर सिंगापुर बसाईं सर्नसक्ने अनुमान गरिएको छ। अहिले उनी त्यहाँ गएर आफ्ना छोराछोरीको विद्यालय र आफ्नो बासस्थानको व्यवस्था गरेपछि मात्र पत्नी हिमानी, छोरा हृदयेन्द्र र छोरी पूर्णिका र कृतिकालाई बोलाउने भएका छन्। सिंगापुर उड्नुअघि दुई सुरक्षाकर्मीका साथ अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा देखा परेका पारस सञ्चारकर्मीहरुको नेपाल कहिले फर्कने भन्ने प्रश्नको जवाफमा कुनै प्रत्युत्तर नदिई केवल मुस्कुराएका थिए। उनका साथ बहिनी ज्वाई पनि संगै रहेका थिए। छोराछोरीको उचित शिक्षादिक्षाका लागि सिंगापुर रोजेको बताएपनि कुनै पनि बेला गायक प्रविण गुरुङको हत्याको मुद्दा पर्न सक्ने र जेल जान सक्ने डरले सशंकित भएका पारस बढी सतर्क हुन खोजेका हुन कि भन्ने अनुमान गरिएको छ। (more…)

Popularity: 11%

15 प्रतिक्रियाहरू / comments July 2nd, 2008

नेपाली टिभी युकेमा केही हेरफेर

सम्वाददाता, युके / एचकेनेपाल डट कम-
बेलायत मूख्यालय रहेको नेपाली टिभी जुलाई १ तारिखबाट हर्टवर्डको सट्टा युरो वर्ड सेटेलाइटको ९ डिग्रीमा प्रसारण हुने भएको छ। ग्राहकको आग्रह र नेपाली टिभीको स्तरवृद्धि गर्ने मनसायले यो परिवर्तन गर्ने निर्णय गरिएको हो। (more…)

Popularity: 7%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 2nd, 2008

हत्याको जिम्मा ज्वाला सिंहले लियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
आइतबार राति ११३० बजे हत्या गरिएका गुलरिया नगरपालिकाका पूर्व मेयर एवम् नागरिक समाज सञ्जालका संयोजक गोविन्दप्रसाद पाण्डेको हत्याको जिम्मा तराई जनतान्त्रिक मोर्चा (ज्वालासिंह)ले लिएको छ। (more…)

Popularity: 9%

2 प्रतिक्रियाहरू / comments July 1st, 2008

मधेस होइन तराई

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हजारौं वर्षदेखि तराईमा बसोबास गर्दै आएका आदिवासी जनजातिका भाषा, संस्कृति र स्वाभिमानलाई कुल्चेर सिङ्गो तराईलाई मधेसीकरण गर्ने विषय स्वाभिमानी थारु जातिका लागि कुनै हालतमा स्वीकार्य र सह्य हुननसक्ने थारु राष्ट्रिय मुक्तिमोर्चा नेपालले जनाएको छ। (more…)

Popularity: 9%

2 प्रतिक्रियाहरू / comments July 1st, 2008

बर्डफ्लुको आशङ्कामा २२५ चल्ला मारियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
बर्डफ्लु रोगको रोकथाम र नियन्त्रण गर्नका लागि जिल्ला पशुसेवा कार्यालय धनकुटाले २२५ वटा कुखुराको चल्लालाई मारेर नष्ट गरेको छ। (more…)

Popularity: 9%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment July 1st, 2008

एक मधेस, एक प्रदेशको माग गलत-लिम्बुवान

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
अरुण पूर्वका नौ जिल्लालाई लिम्बुवान स्वायत्त राज्य घोषणा गर्नुपर्ने माग गर्दै रहेको सङ्घीय लिम्बुवान राज्य परिषद्ले मधेसी जनअधिकार फोरमलगायत मधेसवादी दलहरूले अगाडि सारेको ‘एक मधेस एक प्रदेश’को मागप्रति आपत्ति जनाएको छ। (more…)

Popularity: 9%

7 प्रतिक्रियाहरू / comments July 1st, 2008

पाण्डेलाई राष्ट्रियस्तरका नागरिक सहिद घोषणा गर्न माग

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
हत्या गरिएका बर्दिया नागरिक समाज सञ्जालका संयोजक गोविन्दप्रसाद पाण्डेलाई राष्ट्रियस्तरका नागरिक सहिद घोषणा गर्न सरकारसँग माग गरिएको छ। (more…)

Popularity: 9%

1 प्रतिक्रिया / comment July 1st, 2008

वाईसीएलले भारतीय डाँका पक्रियो

एचकेनेपाल डट कम काठमाडौँ प्रतिनिधि-
काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना२ख ३६४९ नं. को रात्रिबसलाई जामुने गाविसको माथिल्लो गुणादीमा नियन्त्रणमा लिई लुटपाट गरेर फरार तीन भारतीय डाकालाई वाइसिएल तनहुँले पक्राउ गरेको छ। (more…)

Popularity: 9%

4 प्रतिक्रियाहरू / comments July 1st, 2008

दमकमा बम विस्फोटन

युवराज विवश, दमक / एचकेनेपाल डट कम-
आप्रवास सम्बन्धी अन्तर्राष्ट्रिय संगठन (आइओएम)को दमकस्थित कार्यालयमा सोमवार बम बिष्फोट भएको छ। (more…)

Popularity: 9%

1 प्रतिक्रिया / comment July 1st, 2008

एमाले नेता पाण्डेको हत्यापछि गुलरिया बन्द (News update)

सम्वाददाता काठमाडौं/ एचकेनेपाल डट कम -
एमाले नेता गोविन्दप्रसाद पाण्डेको गएराति अज्ञात समूहले गोली हानी हत्या गरेको विरोधमा स्थानीय बासिन्दाले आज बर्दियाको गुलरिया बन्द गराएका छन्। पाण्डेको आजै दाह संस्कार गरिएको छ। पाण्डेको शव बिहान नगर परिक्रमा गरेर भादा नदीमा दिउंसो अन्तिम संस्कार गरिएको थियो। (more…)

Popularity: 11%

प्रतिक्रिया दिने पहिलो पाठक बन्नुहोस / Add comment June 30th, 2008

हत्यामा खटिएका कमाण्डरहरु पक्राउ

सम्वाददाता काठमाडौं/ एचकेनेपाल डट कम -
माओवादी नेताको हत्या गर्न खटिएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका दुई कमाण्डरहरुलाई बाँके प्रहरीले सार्वजनिक गरेको छ। हतियारसहित पक्राउ परेका कमाण्डरहरुमा मोर्चाका बाँके - बर्दिया इन्चार्ज महेश खटिश उर्फ विक्रान्त र सैन्य सदस्य अनिल कलवार (विजय) रहेका छन्। बाँके प्रहरीले उनीहरुलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको थियो। (more…)

Popularity: 11%

2 प्रतिक्रियाहरू / comments June 30th, 2008

Previous Posts


नेपाली समयः -

D-PAL-Your Photo Gallery!!





Categories

Links

Feeds

Most Popular in June, 2008

Most Popular Posts