Posts filed under 'देश/ विदेश'
- महेश्वर श्रेष्ठ
‘कहिं नभएको जात्रा हांडीगाउंमा’ भन्ने लोकप्रिय उखानलाई सुरक्षाको नाउंमा देशका शासकहरुले ‘कहिं नभएको जात्रा नेपालमा’ भन्ने उखानमा परिणत गरेका छन् । देशमा संकटकाल लागु भए लगत्तै सुरक्षा निकायहरुले गाउंवस्ती र शहरबजारका मुख्य मुख्य चौबाटाहरु र राजमार्गका ‘संवेदनशील’ ठाउंहरुमा स्थायी प्रकारको चेकपोष्ट खडा गरी त्यहांबाट आवत-जावत गर्ने सवारी साधन तथा तिनमा सवार यात्रुहरुको सुरक्षा जांच गर्दै आएका छन्। उनीहरुको सुरक्षा जांच गर्ने यो तरिका र अवधारणा देखेर अचम्म लाग्छ, हांसो पनि उठ्छ । यस्तो पनि कतै सुरक्षा जाच हुन्छ - विद्रोहीहरु त्यही बाटो र नाका भएर आउंछन् अनि सुरक्षाकर्मीहरुले थापेको स्थायी दोबाटे चेकपोष्टमा आफ्ना झोला तुम्बा जांचपास गराएर जान्छन् भन्ने ठानिएको छ भने यो भन्दा हास्याष्पद सुरक्षा जांच अरु के हुन सक्छ ? त्यसैले त यस्ता सुरक्षा जांचमा अहिलेसम्म एउटा माखो पनि परेको छैन । तर यसबाट र्सवसाधारण यात्रुहरुले जुन असुविधा र तनाव भोग्न परिरहेको छ, सुरक्षाकर्मीहरुको जुन अस्लील दुर्वाच्य सुन्न र अभद्र एवं अपमानजनक व्यवहार खप्न परिरहेको छ, त्यो भुक्तभोगी नेपालीहरुले भोगिरहेकै व्यथाकथा हो, यहां दोहर्याइरहनै पर्दैन।
हाम्रा सुरक्षा विशेषज्ञ तथा अधिकारीहरु उरन्ठेउला र सन्की छन् भने उनीहरु कहिले मोटरसाइलमा चढ्नेको हेलमेटमा भाइजर लाउन नपाइने उर्दी जारी गर्छन् । कहिले फूल हेलमेट लाउन पाईंदैन, हाफ हेलमेट मात्र लगाउन पाइने आदेश दिन्छन् । कहिले यस्तो उस्तो हेलमेट होइन, पूरा कान छोप्ने हेलमेट लगाउन पर्ने निर्देशन दिन्छन् । कहिले मोटरसाइकलमा दर्ुइजना मान्छे चढ्न नपाइने फरमान जारी गर्छन् र जनताको आमअवज्ञा र ट्राफिक प्रहरीको समेत असहयोग भएपछि लुसुक्क फरमान फिर्ता लिन्छन् । हुंदा हुंदा उनीहरुले अहिले पनि शहरबजार बाहिरका सुरक्षा जांच क्षेत्रभित्र आवत जावत गर्ने मोटरसाइकल सवारहरुले हेलमेट लाउन नपाउने, मोटरसाइकल पनि चढ्न नपाउने, हेलमेट फुकालेर मोटरसाइकल घिच्याउंदै लानु पर्ने नियम कडाइका साथ लागु गर्दै आइरहेका छन् । होइन, विद्रोहीहरुले बम र गोली गठ्ठा पनि टाउका माथि राखी हेल्मेटले छोपेर ल्याउँछन् भनी ठान्या छन् कि क्या हो शासक र तिनका सुरक्षाकर्मीहरुले ? अन्यथा पैतालादेखि टाउकोसम्म छामेर ‘सुरक्षा जाँच’ गरिसकेपछि पनि मोटरसाइकल सवारहरुले हेलमेट लाउन नहुनुको कारण के ? त्यस माथि सुरक्षा जाँच क्षेत्रभित्र मोटरसाइकल चढ्न नपाइने ‘नियम’ले उकालो लाग्नु पर्ने मोटरसाइकल सवारले आफ्नो मोटरसाइकल घिच्याउँदा आफू झुन्डिनका लागि आफै क्रस बोक्न वाध्य पारिएका जिसस क्राइष्टको पीडा महसुस गर्नु पर्छ।
सुरक्षाको कारण दर्शाई गत वर्षमाघ १९ गतेदेखि र्सवसाधारण जनताले उपभोग गर्ने संचार सेवाहरु पटक पटक अवरुद्ध गर्ने गरिएको छ । दूरसंचार कम्पनीहरुले अग्रिम रकम लिएर वितरण गरेको प्रिपेड मोबाइल फोनधनीहरुलाई केही महिना अघि जिल्ला प्रहरी कार्यालय हनुमानढोकाको केरकार शाखामा पटकेचोर तथा डा“काहरुलाई बयान दिन लगाए भन्दा चर्को लिखित बयान दिन र त्यसलाई सरकारका उच्च अधिकारीहरुबाट प्रमाणित समेत गराउन वाध्य पारिएको थियो । हैन, मोबाइल फोनले नेपालको सुरक्षा व्यवस्थामा के असर गर्छ हं ? टाढाको के कुरा गर्ने π छिमेकी भारतमा पनि सशस्त्र विद्रोह गरिरहेका माओवादीहरु सशक्त रुपमा क्रियाशील छन् । सशस्त्र विद्रोह गरिरहेका अनेक पृथकतावादी समुहहरु छन् । हातहतियारबाट लैस थरिथरिका डांका समूहहरु छन् । हतियारधारी गुण्डाहरु पालेर बसेका अनेक तस्कर समूहहरु छन् । अन्तराष्ट्रिय संजाल भएका थरिथरिका आतंकवादी संगठनहरु छन् । तर पनि त्यहा“का रिक्सा चालकदेखि सुदूर गाउंका किसानहरुले समेत मोबाइल फोन निर्धक्क प्रयोग गर्न पाइरहेका छन् । तर मोबाइल फोनले भारतको सुरक्षा व्यवस्थामा असर नगर्ने रहेछ त । यसबाट मोबाइल फोनले नेपालको सुरक्षा व्यवस्थालाई कमजोर पार्छ भन्नु बकवास मात्र हो, यसको मूल उद्देश्य जनतालाई अनावश्यक दुःख दिएर उनीहरुलाई जे गरे पनि हुने नीरिह भेडाबाख्रा ठान्नु मात्र हो भन्ने प्रमाणित हुन्न र ?
सुरक्षाकर्मीहरुबाट हुने बेला न कुबेलाको घर खानतलासीबाट पीडित काठमाडौं उपत्यका शहरी क्षेत्रका घरधनीहरु ‘सुरक्षा व्यवस्था चूस्त पार्ने’ नाममा केही महिना अघि फोटो र पा“च रुपियाको टिकट सहित आफ्नो र बहालमा बस्नेको विस्तृत विवरण सहितको ‘निवेदन’ प्रहरीलाई बुझाउनु पर्ने गृह मन्त्रालयको फरमानले आतंकित बनेका थिए । यति मात्र होइन छोटो समयका लागि घरधनी वा बहालमा बस्नेको नातेदार तथा इष्टमित्रहरु आएको भए त्यसको विवरण समेत समयमै पेश गर्नु पर्ने, नगरेको खण्डमा कडा कार्वाही भोग्नु पर्ने धम्की समेत दिइएको थियो । आफ्नै नागरिकहरुलाई तर्साएर, धम्क्याएर, आतंकित पारेर गरिने यो कस्तो सुरक्षा व्यवस्था हो ? कस्को नातेदार वा इष्टमित्र कतिबेला आउंछ जान्छ, त्यसको विवरण राख्न र भनेको समय भित्र प्रहरीलाई बुझाउन अब घरघरमा चौबीसै घण्टा डिउटी गर्ने रिसेप्सनिष्टको व्यवस्था गर्नु पर्ने भयो । के यो सम्भव छ ? कसले व्यहोर्छ त्यसको लागि खर्च ? विवरणमा टा“स्नका लागि फोटो खिचाउन लाग्ने खर्च कसले व्यहोर्छ । विवरण सरकारलाई चाहिएको हो, घरधनी र घरमा बस्नेहरुलाई होइन, त्यस विवरणलाई पनि निवेदनको संज्ञा दिएर रु. ५।- को टिकट टांस्न लगाउनुको अर्थ के हो?
माथिका सबै व्यथाकथाहरु जनताको मानमर्दन गर्ने, उनीहरुको मनोबल गिराउने, उनीहरुलाई निरीह भेडाबाख्रा ठान्ने, उनीहरुलाई जे गरे पनि हुन्छ भन्ने सत्ताधारीहरुको अपराधिक दृष्टिकोण र व्यवहार हो, राज्य आतंक हो । के सत्ताधारीहरुको शत्रु भनेको जनता नै हुन् त ? सत्ताधारीहरुको यस्तो अपराधिक दृष्टिकोण र व्यवहारको सबै स्वाभिमान जनताबाट सशक्त विरोध हुनु पर्छ, अन्यथा भेडाबाख्रा हुन तयार हुनु पर्छ ।
Popularity: 16%
January 30th, 2006
- शिव शर्मा चञ्चल
चुनाव भएरै छाड्छ, रोकतोक गर्नेलाई कडा कारवाही गरिने छ , गृहमन्त्री कमल थापा यसरी नै चुनाव प्रचारमा कुर्लिदै हिडेका छन् । यता राजनितिक दलहरु कुनै पनि हालतमा चुनाव सफल हुन नदिने आक्रमक अभियानमा छन् । अहिले राज्य पक्ष वाहेक कुनै पनि पक्ष चुनावको पक्षमा देखिएका छैनन् । सत्ताधारीहरुलाई नै विश्वास छैन चुनाव हुन्छ भन्नेमा।
गृहमन्त्री कमल थापा कहिले चुनाव स्थगीत गर्नु पर्नै अवस्था आयो भन्छन् कहिले चुनाव भएर छाड्छ भन्छन् । पछिल्लो राजनैतिक घटनाक्रमले मुलुकको प्रतिकुल परिस्थितिमा चुनाव हुनेमा एकरति पनि विश्वास आम जनतामा छैन।
यो अवस्था स्वंय सत्ताधारीले नै गरिरहेका छन् । एक पछि अर्को गदै अत्तालिएको सत्तासिनहरु दलहरु माथि धरपक्कड गदै प्रतिवन्ध लगाइरहेको छ । दलहरुको व्यापक जनलहर सृजना हुने देखेर नै थरथर भएको सत्ताले एकाएक दलहरुलाई वन्दी वनाएर दिउसै कर्फ्यु लगायो र तानशाहको छर्लङ्ग नमुना देखाएरै छाड्यो । यो राज्य पक्षको पराजित मानसिकताको उदाहरण हो भन्नेमा कहि कत्तै दुविधा छैन । माओवादी संग सहकार्य गरी मुलुकको अग्रगामी निकासको वाटो खोजीरहेका संसदीय शक्तिहरुलाई आंतकारीका मतियार भनेर आरोप लगाउन समेत सत्ताका केही किराहरु लागिपरे र लागिरहेका छन् । भएन भनेर सञ्चार सम्पर्कका साधानहरु वन्द गरेको छ । जनताको मुख र आंखा थुनेर वेतुकको निर्वाचनको ढंवाङ फसेको छ।
निर्वाचन वहिष्कार गर्न चौतर्फी दवाव आइरहेको अवस्थामा पनि धर्मराउदै नगर निर्वाचनको नौटंकी प्रचारमा सत्तासिनहरु लागिरहेका छन् । एकातिर राज्यले चुनावको घोषणा गरेको छ अर्कोतिर उमेदवारहरुको कुनै औपचारिक घोषणा भएको छैन । जवकी तोकिएको धरापरुपी आसन्न निर्वाचन आउन १५ दिन भन्दा वढी छैन । जनकपुरमा नगर निर्वाचनमा उम्मेदवारी दिए लगत्तै उनको माओवादीले हत्या गरे । उम्मेदवारको सुरक्षा दिन नसक्नेले चुनाव प्रचारप्रसार गर्नुको अर्थ के छ । यसको जवाफ चुनाव दौडाहमा निस्केका गृहमन्त्रीसंग पनि छैन।
यसरी खस्कदै गएको मुलुकको शान्ति सुरक्षा प्रति नाजवाफ सत्तासिनहरु व्यर्थैको व्यय भार खेपेर चुनावको अभियानमा छन् । अहिले देशव्यापी चुनाव को चर्को विरोध भइरहेको छ । चुनावमा उठने उम्मेदवारलाई व्यङ्गय गरेर आन्दोलनकारी दलहरुले कुकुर गधा मुसालाई उम्मेदावरको प्रतिक मानेर अभिनन्दन समेत गरिसकेका छन् । पोखरमा भएको कुकुर अभिनन्दनले त विदेशी पत्रकारलाई पनि प्रभावित पार्यो । न्युयोर्क टाइमस का पत्रकार र फोटो पत्रकार पोखरा नै आए । त्यो वारेमा यर्थाथ जान्नका लागि । हुन त अहिले मुलुकको दुर्घटित अवस्थाका कारण विदेशी पत्रकारहरु नेपाल आउने क्रम सामान्य नै भइसकेको छ । अहिले देशभरी नै निरंकुशताको विभिन्न प्रतिक वनाएर विरोधको यस्तो चरम अभियान शुरु भएको छ । विशेस गरी यो विरोधको शैली अव हुने भनिएको निरंकुश शैलीको निर्वाचनका लागि केन्द्रित गरिएको हो।
दिनदिनै मुलुकमा तनाव आकाशिदै गएको छ । मन्त्रिहरु वेअर्थ देशदौडाहमा छन् । आफनो सत्ता धान्न उनिहरु जनता माझ अर्नगल प्रचार गदै चुनावमा सहभागी हुन घोक हाल्दैछन् । तर आमजनता अहिले चुनावको पक्षमा छैनन् । अर्कोतिर अहिले चुनाव हुने स्थिति पनि छैन । यदि चुनाव भइहाले पनि हिंसात्मक द्धन्द्ध हुने निश्चित प्राय छ । आफनो जीवन नै जोखिममा हालेर कोही पनि चुनावमा भोट हाल्न अघि सदैन । किनकी राज्य पक्षले चुनावमा कुनै सुरक्षा दिन सक्दैन । उसले दिएको सुरक्षाको ऐना अहिले नै हामी माझ घाम झै छर्लङ्ग भइसकेको छ।
यति हुदा हुदै पनि औचित्यहीन निर्वाचनको प्रचार प्रसारमा हिडने मकरतन्त्रहरुको केटौली वानी निख्रिएको छैन । जसरी हुन्छ निरंकुश शैलीको निर्वाचन गरेर अरु तानशाह लाद्ने दाउमा प्रतिगामीका हिमायतिहरु अहोरात्र लागेका छन् । कर्फु के का लागि रहेछ भन्ने कुरा पनि पुष्टि भइसकेकोछ । यो त सत्ताधारीहरुको हार मनस्थितिको उपज रहेछ । यदि नभएको भए अञ्चल प्रशासक नै किन कर्फ्युको समय पारेर राती राती निर्वाचनको प्रचार प्रसार गदै हिडनु पर्थेथ्यो त । आफै माइक वोकेर निर्वाचनमा भाग लिन अपिल गदै द्योलागिरी अञ्चलका प्रशासक रामजी विष्ट किन दौडनु पथ्र्यो र । उनलाई थप राजावादी हुन यो उत्कण्ठा जागेको हुन सक्छ।
हुन त अव राजा आउ देश वचाउ भन्नेहरु पनि थन्किसकेका छन् । उनिहरुले पनि राजाको एक वर्षो यो प्रत्यक्ष शासनमा कति देश वच्यो त भन्ने कुरा स्पष्ट रुपमा देखिसकेका छन् र वुझिसकेका छन् । वरु यो अवधिमा मुलुकमा अस्थिरता अरु जटिल भयो भन्ने कुराको भन्ने उनिहरुले हेक्का राखेका छन् की छैनन राखेका छैनन भने अव राख्नुपर्छ । लामो समय सम्म राजनितिक सक्रियता वाट केही टाढा रहेका पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईले समेत राजालाई प्रत्यक्ष शासन त्याग्न आग्रह गर्नु भएको छ । साथै ससदीय शक्तिहरु संग सम्वाद थाल्न पनि आग्रह गर्नु भएको छ । राजालाई यस्तो आग्रह अन्तर्राष्ट्रिय क्षेत्रवाट पनि आएको छ । तर त्यो आग्रहलाई राजावाट सुनवाई अहिले सम्म भएको छैन । मुलुक अरु जटिल अवस्थामा पुगेको छ।
यस्तो गंभिरतालाई अलिकति पनि मन्न नगरी नगर निर्वाचनको तयारीमा जुटकोछ सत्ताका हिमायतिहरु । अशान्ति र अस्थिरताले दिनानुदिन गांज्दै लगेको मुलुकमा सहमतिको वातावरण वनाउनु पर्नैमा उल्टै अस्थिरता वढाउने असंवैधानिक निर्वाचनको तयारीमा जुटेको छ राज्य । यो हठ्ले मुलुकमा अराजकता वाहेक केही निक्लदैन । चुनाव स्थगन गरी समस्याको सही निकास तर्फराज्य लाग्नुपर्छ । अन्यथा यो शाही चुनाव केवल चुनावका लागि मात्र हुनेछ । यसैले वेलैमा चेतेर यसलाई मन्न गर्नु वुद्दिमतापूर्ण निर्णय हुनेछ । यो वास्तविकता वेलैमा चेतना भया
Popularity: 16%
January 26th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, जनवरी १९-
सात राजनीतिक दलले राजधानीमा निरंकुश राजतन्त्रविरुद्ध शुक्रबार गर्ने प्रदर्शनमा सशस्त्र विद्रोही माओवादीको बल प्रयोग , घुसपैठ वा उत्तेजना फैलने क्रियाकलाप नहुने माअोवादी अध्यक्ष प्रचण्डले स्पष्ट पारेका छन्।
सरकारले शुक्रबारको प्रदर्शनमा माओवादीको घुसपैठ हुने दावी गरिरहेको बेला माओवादी अध्यक्ष प्रचण्डले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ - सात राजनीतिक दलको माघ ७ गतेको शान्तिपूर्ण विरोध प्रदर्शनमा हाम्रो तर्फबाट बल प्रयोग , घुसपैठ वा उत्तेजना फैलिने जस्ता कुनै पनि क्रियाकलाप गरिने छैन। ‘
१२ बूँदे समझदारीमार्फत् आफ्नो पार्टी सात दलको शान्तिपूर्ण विरोधका कार्यक्रमहरुमा पूर्ण समर्थन रहने प्रतिवद्धता जाहेर गरी त्यही अनुरुप सहयोगात्मक आचरण गरिरहेको पृष्ठभूमिमा ‘ माओवादी घुसपैठ’ लाई बहाना बनाई गरिएको कथित निषेधाज्ञाले सामन्ती तत्वहरुको कायरता, पाखण्ड र पराजित मानसिकतालाईमात्र व्यक्त गरेको दावी प्रचण्डले गरेका छन्।
Popularity: 16%
January 19th, 2006
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर २६-
नगरकोट हत्याकान्डको विरोधमा आठ विद्यार्थी संगठनहरुले आइतबार काठमाडौंमा जुलुस प्रदर्शन गरे। मिनभवनबाट निस्केको जुलुसपछि सभामा परिणत भएको थियो।
सभालाई सम्बोधन गर्दै विद्यार्थी नेताहरुले मुलुकले गणतन्त्रको दिशा समातिसकेको हुनाले अब यसलाई कसैले रोकेर रोक्न नसक्ने दावी गरे।
अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष खिमलाल भट्टराईले अब विद्यार्थीले गणतन्त्रबाहेक कुनै तन्त्र स्वीकार नगर्ने भन्दै नेताहरुलाई पनि प्रधानमन्त्री बन्ने लोभ त्यागी राष्ट्रपति बन्नेतर्फ अग्रसर हुन आग्रह गर्नुभएको थियो।
त्यसैगरी नेपाल विद्यार्थी संघका अध्यक्ष महेन्द्र शर्माले राजा र राजनीतिक दलको मिलनबिन्दु नै नरहेको भन्दै शाही नेपाली सेनालाई विघटन गरी राष्ट्रिय सेनामा बदल्नु पर्ने माग गर्नुभयो।
यसअघि, बिहान राजदरबारनजिकै रहेको त्रिचन्द्र क्याम्पसबाहिर आज पनि विद्यार्थीहरुले टायर बाली केही क्षण सडकमा अवरोध खडा गरेका थिए।
Popularity: 16%
December 26th, 2005
नयां बर्ष को हार्दिक शुभकामना !
नयां बर्षको हार्दिक शुभकामना ! कार्ड सौजन्यः 123greetings.com
माथिको कार्ड आफ्ना प्रियजनहरुलाई पठाउंन यहां क्लिक गर्नुहोस्।
थप कार्डहरुको लागि यहां र यहां क्लिक क्लिक गर्नुहा्स्।
Popularity: 16%
December 23rd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, डिसेम्बर १७-
सन्काहा सैनिकको उन्मादमा निर्दोष जनता मरेको घटनाको विरोधमा सात राजनीतिक दलहरुले गरेको आन्दोलनका कारण शुक्रबार दिनभर उपत्यका लगायत देशका प्रमुख सहरहरु तनावग्रस्त बने।
काठमाडौंका ठाउँ-ठाउँमा प्रहरी- प्रदर्शनकारी अनि प्रदर्शनकारी-मण्डले भिडन्त भएको थियो। काठमाडौंमा मात्रै प्रहरीले एक सयभन्दा बढीलाई गिरफ्तार गरेको बताएको छ। काठमाडौंको गोंगबुमा प्रहरीलाई पटक-पटक प्रदर्शनकारीहरुले खेदेका थिए। त्यहाँ प्रहरीले प्लास्टिकको गोलीसमेत चलाएको अपुष्ट खबर आएको छ।
विराटनगरमा भने प्रहरीले हवाई फायर गर्नुपर्यो। नेपालगञ्ज, पोखरा, बुटवल धादिङ सबै ठाउँमा प्रहरी-प्रदर्शनकारी भिडन्त भएको थियो।
Popularity: 15%
December 17th, 2005
राजा पनि माअोवादीसित वार्ताको तयारीमा
वार्ता गर्नसक्नेलाई मन्त्री बनाइने
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ८ -
दलहरु र माअोवादी मिली राजालाई एक्लै बनाउने रणनीतिमा लागेपछि अमेरिकाले त्यसविरुध्द गरेको खबरदारीबाट उत्साहित भई राजाले पनि माअोवादीसित वार्ताको तयारी थालेको सूत्रहरुले बताएका छन्।
राजाले मन्त्रिपरिषद् पुनर्गठनमा पनि माअोवादीसित वार्ता गर्नसक्ने क्षमता भएकाहरुलाई ल्याउने तयारी गरिरहेका छन्। तिहार अगाडि नै पुनर्गठन हुने भनिए पनि संभावित मन्त्रीहरुसित कुराकानी भइरहेकाले तिहारपछि मात्र पुनर्गठन गर्न लागिएको हो। संभवतः राजा तीन साता लामो विदेश भ्रमणमा जानुअगाडि नै मन्त्रिपरिषद पुनर्गठन हुनेछ।
हालको पुनर्गठनमा राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीका नेताहरुलाई समावेश गरिने सूत्रले बताएको छ। यसमा पहिलेको थापा सरकारको पालामा माअोवादीसित वार्ता गरेका मन्त्रीहरु प्रकाशचन्द्र लोहनी र कमल थापा पनि समावेश गर्ने प्रयास भइरहेको छ।
पुनर्गठनका क्रममा वर्तमान मन्त्रीहरुको कार्यभार पनि हेरफेर गरिनेछ। सञ्चार अध्यादेशका कारण आलोचित भइरहेका सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री टंक ढकाललाई स्थानीय विकास मन्त्रीको जिम्मा दिएर सञ्चारमन्त्रीमा नयाँलाई ल्याउने तयारी भइरहेको छ। यसबाहेक हाल बदनाम भएका केही मन्त्रीहरु हट्ने छन्।
सूत्रहरुका अनुसार विशेष गरी गृहमन्त्री दानबहादुर शाही, स्थानीय विकास मन्त्री खड्गबहादुर जीसी, परराष्ट्र मन्त्री रमेशनाथ पाण्डे, महिला मन्त्री दुर्गा श्रेष्ठ र सहायक मन्त्रीहरु सिनेट श्रेष्ठ, जगत गौचन र निक्ष शमशेर राणा हटाइने प्रवल संभावना रहेको छ।
Popularity: 15%
November 8th, 2005
काठमाडौं, (महानगर)।
सञ्चार अध्यादेशविरुद्ध सात दलले आहवान गरेको उपत्यका बन्दको दिन आज बिहान सवारी तोडफोड र गिरफ्तारीका घटना प्रशस्तै भए। राजधानीका तीनै शहरका मूलसडक र बजार क्षेत्रमा सात दलका नेता कार्यकर्ता बन्दको प्रभाव व्यापक पार्न नारा, जुलुस र तोडफोडमा उत्रिएका हुन्। बन्दले मूलसडक र चोकको यातायात र बजार निकै पातलो पारे पनि प्रायः भित्री चोक, सहायक बाटा र गल्लीको अवस्था सामान्य देखिन्थ्यो।
बन्दकारीले ग्वार्कोमा निजी भ्यान, कुमारीपाटीका भाडाको ट्याक्सी, पाटनको च्यासलमा बा.१झ ५३६५ नं.को प्रहरी भ्यान एवम् शान्तिनगर, चावहिल, बानेश्वर र चक्रपथ क्षेत्रमा नगरबस तोडफोड गरेका छन्।
चावहिल, बानेश्वर र चक्रपथ क्षेत्रमा भएको तोडफोडमा नेपाल यातायातका मात्रै चारवटा गाडी परेको थाहा भएको छ। बन्दकारीले बजारलाई भन्दा सवारीसाधनलाई बढी निशाना बनाउन खोजेको पाइयो। मूलचोकमा जम्मा भएर बन्दकारीले सवारीको सांचो लुट्ने र हुलहुज्जत गरेको प्रशस्तै देखियो। बिहान छिप्पिंदै जांदा बन्दकारीले चहलपहल बढाउंदा ड्ढाट्टड्ढुट्ट चलेका हलुका सवारी पनि रोकिएका थिए। तर, भित्री भागमा भने हलुका सवारी आवतजावतमा खासै समस्या देखिएन।
सुरक्षा निकायले पनि बन्दकारीमाथि हस्तक्षेप र गिरफ्तारीलाई बिहानैदेखि तीव्र पारेको छ। चोक-चोकमा नेतृत्व दिएर बसेका नेतासहित सयौं कार्यकर्तालाई सुरक्षाकर्मीले पक्राउ गरेको छ। कांग्रेस नेता दिलेन्द्रप्रसाद वडु, भीमसेनदास प्रधान, एमाले नेता योगेश भट्टर्राई, सिद्धिलाल सिंलगायत पक्राउ परेको जानकारी थाहा भएको छ।
सुरक्षाकर्मीले बिहान ठूलै जुलुस निस्केको मङ्गलबजार, चावहिल, बानेश्वर, न्युरोड, कलङ्की, कालीमाटी, क्षेत्रपाटीमा दिउ“सो व्यापक उपस्थिति बढाउनेभएको छ। यो समाचार तयार पार्दाको समय ११ बजे कालीमाटीमा पर््रदर्शनकारीले टायर दहन समेत गरे।
प्राप्त अर्को जानकारीअनुसार, क्षेत्रपाटीबाट असनतर्ड्ढ आउंदैगरेको जुलुसमा समाचार सङ्कलनका लागि गएका टाइम्स एड्ढएमका पत्रकारद्वय चन्द्र पन्त र राजेन्द्र बानिया“ पनि पक्राउ परेका छन्।
सुरक्षा निकायले बिहान बन्दकारीलाई नियन्त्रणमा लिन नसकेकाले तोडफोड भएको र सवारी पातलो भएको स्वीकार्दै दिउ“सो सशस्त्र सुरक्षाकर्मी नै उपस्थित गराएर सवारी चलाउने योजना भएको जनाएको छ।
यता, सात दलले प्रहरी हस्तक्षेप भए भिडन्तका लागि तयार भएको प्रतिक्रिया दिएका छन्।
बन्दको प्रचारका लागि हिजो बेलुकी सात दलले सिठ्ठी जुलुस निकालेका थिए। क्षेत्रपाटीमा हिजो बेलुकी नै निस्केको विद्यार्थी जुलुसबाट समातिएका आठ जिल्लास्तरीय नेता रातभर चिसो छि“डीमा सुत्नुपरेको अमिलो अनुभव बिहान महानगरलाई सुनाउ“दै थिए।
Popularity: 15%
October 28th, 2005
नेपाल समाचारपत्र,
काठमाडौं, समलिड्डी र प्रहरीबीच आइतबार बिहान संचयकोष भवनअगाडि कुटाकुट भएको छ। केटीको भेषमा बसिरहेका केटाहरूलाई डिउटीमा खटिएका प्रहरीले यौनशोषण गर्न र पैसा लुट्न खोजेपछि दुवै पक्ष हिंसात्मक रूपमा प्रस्तुत भएका थिए।
वडा प्रहरी कार्यालय सिंहदरबारबाट गएको प्रहरी टोलीले समलिङ्गी माथि यौनदुर्व्यवहार गर्न खोजेपछि समलिङ्गीको समूहले प्रतिकार गर्दा केही प्रहरी र समलिङ्गी घाइते भएको ब्लु डाइमण्ड सोसाइटीका अध्यक्ष सुनीलबाबु पन्तले जानकारी दिनुभयो। प्रहरीले सोही ठाउंबाट समलिङ्गी कला राईलाई पक्राउ गरी वडा प्रहरी कार्यालय दरबारमार्गमा राखी चरम यातना दिएको सो सोसाइटीले जनाएको छ।
यता वडा प्रहरी कार्यालय दरबारमार्गले शान्ति सुरक्षामा खलल पुर्याउने गरी होहल्ला गर्दै हिंडेको र त्यस्तो अश्लील व्यवहार नगर्न पटक-पटक आग्रह गर्दा पनि समलिङ्गी समूह प्रहरीमाथि आइलागेकाले उनीहरूलाई नियन्त्रणमा लिन खोजेको दाबी गरेको छ।
Popularity: 14%
September 26th, 2005
श्यामसुन्दर शशि, कान्तिपुर, असोज ९ -
जनकपुर, एमाले महासचिव माधवकुमार नेपालले राजाले संविधान उल्टाएमा दलहरूले अपनाउने रणनीतिबारे सात दलबीच छलफल भएको बताउनुभएको छ ।
‘राजा संविधान उल्टाउने तयारीमा छन्, त्यसो गरे आन्दोलनरत दलहरूले के गर्ने भन्ने विषयमा छलफल भएको छ,’ सद्भावना पार्टी (आनन्दीदेवी) को केन्द्रीय बैठक समापनमा आइतबार उहाँले भन्नुभयो- ‘जनकपुर बैठकको समझदारीलाई आगामी बैठकमा औपचारिक रूप दिनेछौं ।’
विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न सात दलको अनौपचारिक बैठक बस्ने पूर्वनिर्धारित कार्यक्रमअनुसार समापनको अघिल्लै दिन नेताहरू यहाँ आएका थिए । उहाँले जनता नै शासक बन्ने आन्दोलनमा सहभागी हुन सबैलाई आह्वान गर्नुभयो । ‘जनताको समर्थन दलहरूसँग छ,’ उहाँले भन्नुभयो- ‘जनता राजतन्त्र चाहन्छ कि गणतन्त्र, त्यो फैसला चाँडै हुनेछ ।'’नेपालमा चाँडै नै लोकतन्त्र सुरु हुनेछ,’ कांग्रेस नेता सुशील कोइरालाले भन्नुभयो- ‘मानव अधिकार, प्रेस स्वतन्त्रता र प्रजातन्त्र समाप्त गर्न प्रयास गर्नेहरू आफंै समाप्त हुने अवस्थामा छन् ।’ कांग्रेस प्रजातान्त्रिक कार्यवाहक सभापति गोपालमान श्रेष्ठले मनोनीतहरूलाई निर्देशन दिँदै हिँड्ने राजाको हैसियत स्थानीय विकासमन्त्रीको तहमा सीमित भएको बताउनुभयो ।
नेमकिपा अध्यक्ष नारायणमान बिजुच्छेले राजतन्त्रले दुई सय ३६ वर्षको इतिहासमा हिमाल र तराईका बासिन्दाबीच फाटो ल्याउने काम गरेको आरोप लगाउनुभयो । पार्टी अध्यक्ष आनन्दीदेवी सिंहको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रलाई वाममोर्चाका अध्यक्ष सीपी मैनाली, संयुक्त जनमोर्चाका अध्यक्ष अमिक शेरचन, सद्भावनाका उपाध्यक्ष भरतविमल यादव र महामन्त्री हृदयेश त्रिपाठीले सम्बोधन गरेका थिए । पार्टीको बैठकमा मधेस र मधेसी समस्यासँगै जारी आन्दोलनबारे छलफल भएको महामन्त्री त्रिपाठीले बताउनुभयो । सम्मेलनमा मलकाण्डमा संलग्न मन्त्री बद्रीप्रसाद मण्डललाई बर्खास्त गर्न र अञ्चल तथा क्षेत्रीय सदरमुकाम सार्ने निर्णय रोक्न आन्दोलन अघि बढाउने विषयमा छलफल भएको थियो ।
Popularity: 14%
September 26th, 2005
कास,असोज ९ -
काठमाडौं, ऐतिहासिक चलचित्र ‘बलिदान’ प्रदर्शनमा सरकारले प्रतिबन्ध लगाएको छ । निर्माण पक्षलाई जानकारी नदिई प्रतिबन्ध लगाइएकामा चलचित्रकर्मीले ‘वाक स्वतन्त्रतामाथि हस्तक्षेप’ भन्दै विरोध जनाएका छन् ।
पञ्चायती पृष्ठभूमि र ०४६ को जनआन्दोलनको कथामा आधारित चलचित्र निर्माणको एक दशकपछि प्रतिबन्धित भएको हो । गत जेठ ६ मा सूचना तथा सञ्चार मन्त्रालयले ‘बलिदान’ प्रदर्शन नगर्नू भन्दै चलचित्र संघलाई पत्र काटेको थियो । चलचित्र विकास बोर्डलाई पत्रको बोधार्थ पठाइएको छ । निर्माण पक्षलाई भने अहिलेसम्म औपचारिक जानकारी दिइएको छैन ।
चलचित्र सेन्सर वा प्रतिबन्ध गर्न सेन्सरबोर्डले निर्मातालाई जानकारी गराउनुपर्ने प्रावधान छ । तर प्रतिबन्ध भएको हालैमात्र निर्माता श्याम सापकोटाले अनौपचारिक जानकारी पाए । इन्जिनियरिङ विद्यार्थीले विशेष प्रदर्शनी तयारी गरिरहेका बेला प्रतिबन्धको खुलासा भएको हो ।
‘प्रजातान्त्रिक आन्दोलनबारेको चलचित्र किन प्रतिबन्ध गरियो ?’ सापकोटाको प्रश्न छ ।
सिनेमा नेपालको ब्यानरमा निर्मित ‘बलिदान’ ले चलचित्रमा पहिलो पटक जनअभिनन्दन पाएको थियो । ‘राजधानीमा लगातार १ सय ३३ दिन प्रदर्शित चलचित्र प्रतिबन्धित हुनु सरकारी दरिद्रता हो,’ निर्देशक समाजका अध्यक्ष नारायण पुरीले भने- ‘निर्माण इजाजतको १० वर्षपछि लगाइएको प्रतिबन्ध विचार कुण्ठित पार्ने षड्यन्त्र मात्रै हो ।’
Popularity: 14%
September 26th, 2005
युध्दविरामका बीच भिडन्तको खबर
सेनाले आठ माअोवादी मारे
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २५ -
माअोवादीले एक पक्षीय युध्दविराम घोषणा गरेपछि आइतबार पहिलो पटक ठूलो भिडन्तको खबर आएको छ। सुरक्षाफौज र माओवादीबीच शनिबार र आइतबार भएका दुई घटनामा ८ माअोवादीको मृत्यु भएको सेनाले आज जारी गरेको वक्तव्यमा जनाइएको छ।
वक्तव्यका अनुसार हिजो पाल्पाको बहादुरपुर इलाकामा भएको भिडन्तमा ६ जना माओवादीको मृत्यु भएको छ ।
गस्तीमा रहेको सुरक्षाफौज र माओबादीबीच शनिबार दिउँसो भिडन्त भएको र भिडन्तमा परी ६ जना माओवादीको मृत्यु भएको बताइएको छ। भिडन्तका क्रममा दुइ बालिका पनि घाइते भएका छन । घाइते बालिकाहरुको काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार भैरहेको छ ।
घटनास्थलबाट सुरक्षाफौजले केही माओवादी कार्यकर्ताहरुलाई पक्राउ पनि गरेको छ ।
यसैबीच, आइतबार दिउँसो तेहृथुम जिल्लाको औसिडाडा इलाकामा भएको सुरक्षा कारबाहीमा दुई माओबादीको मृत्यु भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । घटनाका सम्बन्धमा माअोवादीको प्रतिक्रिया आइसकेको छैन।
Popularity: 14%
September 25th, 2005
राजालाई आर्थिक नाकाबन्दीको तयारी
कर नतिर्न आह्वान गरिने
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २५ -
नेकपा एमालेको भ्रातृ संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संघले राजालाई आर्थिक नाकाबन्दी लगाउने तयारी गरेको छ। यसका लागि सम्पूर्ण उद्योगपति, व्यापारी र जनतालाई कर नतिर्न आह्वान गरिँदैछ।
संघको शनिबार पोखरामा सम्पन्न राष्ट्रिय भेलाले यस्तो निर्णय गरेको हो। यो निर्णयलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न मातृ पार्टीलाई दबाब दिने निर्णय पनि भेलाले गरेको छ।
भेलाले राजासँगको संवाद, सहमतिको संभावना समाप्त भएको ठहर गर्दै मातृपार्टीलाई कुनै किसिमको सहमति र संवादमा नअल्झी आन्दोलनलाई नयाँ उचाईमा पुर्याउन दबाब पनि दिने भएको छ। राजतन्त्र नहटाएसम्म आन्दोलन जारी राख्ने निर्णय पनि संघको भेलाले गरेको छ।
निरंकुश राजतन्त्रको समाप्तिका लागि आन्दोलनलाई अघि बढाउन अवलम्बन गर्नुपर्ने उपायसहितका एघार बुँदे प्रस्ताव भेलाले पारित गरेको छ।
Popularity: 14%
September 25th, 2005
राजा देशमा सैनिक शासन लगाउने तयारीमा
रहेको एमाले महासचिवको आरोप
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २५ -
नेकपा एमालेका महासचिव माधवकुमार नेपालले राजाले सारा देशमा फौजी शासन लगाई पार्टीहरुलाई निमिट्यान्न पार्न “क्र्याकडाउन” गर्न लागेको चेतावनी दिँदै सबै कार्यकर्तालाई आउन लागेको कठिन दिनका लागि संघर्ष गर्न तयार भएर बस्न निर्देशन दिनुभएको छ।
महासचिव नेपालले हालै उपाध्यक्ष तुलसी गिरीले व्यक्त गरेको विचार कस्तो खालको प्रतिक्रिया आउला भनी प्रयोग गरेको दावी गर्नुभयो। राजाको चाहना पूरा गर्न संविधान बाधक भएको कुरा आइसक्यो, अब पार्टीहरु बाधक भएको कुरा मात्र आउन बाँकी छ भन्नुहुँदै नयाँ निरंकुश संविधान लाद्ने तयारी भइरहेको जानकारी पनि आफूहरुले पाएको बताउनु भयो।
“तर हामीले खुट्टा कमाउने हैन। संघर्ष व्यापक बनाउनु पर्छ, तत्काल विरोधको आँधीबेरी सृष्टि गर्नुपर्छ। त्यसका लागि अहिलेदेखि नै तयार भएर बस्नुस्,” उहाँले राजधानीमा एमाले काठमाडौं जिल्ला कमिटीद्वारा शनिबार आयोजित कार्यक्रममा कार्यकर्ताहरुलाई निर्देशन दिँदै भन्नुभयो।
विराटनगरमा उपाध्यक्ष तुलसी गिरीले कडा विचार व्यक्त गर्नुको कारण कस्तो प्रतिक्रिया आउला भनी बुझ्ने परीक्षण रहेको उहाँले बताउनु भयो। नयाँ राजनीतिक कदम चाल्न दरबारियाहरुले उपयुक्त मौका हेरिरहेको तर जनविद्रोह हुने डरले पछि हच्कीएको जिकिर पनि नेपालले गर्नुभयो ।
शनिबार नै आयोजित अर्को कार्यक्रममा स्थायी समिति सदस्य वामदेव गौतमले दरबारबाट पटक-पटक धोका पाएकाले अब दलहरु सम्झौतामा नफँस्ने बताउनुभयो।
Popularity: 14%
September 25th, 2005
राजाका मन्त्रीको मलकाण्डले भारत हल्लायो
भारतद्वारा छानबिन सुरु
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २५ -
शाही सरकारका तीन मन्त्री संलग्न रहेको भनिएको मल काण्डले भारतमा पनि ठूलै प्रभाव पारेको छ। मन्त्रीहरुले जसले पनि मल आयात गर्न सक्ने भन्दै काण्डको खण्डन गरेका भए पनि शनिबार प्रकाशित इन्डियन एक्सप्रेसका अनुसार भारतले यसलाई गम्भीर रुपमा लिएको छ।
पत्रिकाका अनुसार भारतीय विदेश मन्त्रालयले गृह, अर्थ र अरु सम्बन्धित मन्त्रालयहरुसित समन्वय गरी यसबारे अनुसन्धान अगाडि बढाउने भएको छ। अर्को हप्तासम्ममा त्यसको नतिजा आउने र यदि प्रचारमा आएसरह भ्रष्टाचार भएको प्रमाणित भए नयाँदिल्लीले नेपाली अधिकारीहरुसित यसबारेमा जानकारी दिई आवश्यक कारबाहीका लागि अनुरोध गर्नेछ।
२ साताअघि वर्तमान सरकारका तीन वरिष्ठ मन्त्रीहरु गृहमन्त्री दानबहादुर शाही, कृषि मन्त्री बद्रीप्रसाद मण्डल र अर्थमन्त्री मधुकरशम्शेर राणाले मल व्यापारी गजेन्द्र श्रेष्ठसँग मिलेर बिहारसँग सीमा जोडिएको नाकाबाट अबैध रुपमा २० हजार मेट्रिक टन मल नेपाल भित्र्याउन आफ्नो मातहतका कर्मचारीहरुलाई निर्देशन दिएको समाचार प्रकाशमा आएको थियो।
नेपाली बजारमा युरिया मलको मूल्य १६ रुपैयाँ रहेको छ भने भारतीय सरकारले दिने अनुदानका कारण त्यहाँ यसको मूल्य ८ रुपैयाँ मात्र पर्दछ।
तर राजस्व अनुसन्धान विभागले मलको पहिलो खेपलाई नै पक्राउ गरेपछि यो कान्डको पोल खुलेको थियो।
Popularity: 15%
September 25th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २५ -
काठमाडौंको निषेधित क्षेत्रमा प्राध्यापकहरुले विरोध प्रदर्शन गरेको तीन दिनपछि शनिबार देशका विभिन्न शहरमा प्राध्यापकहरुले सडकमा आएर विरोध प्रदर्शन गरेका छन्। शनिबार विरोध प्रदर्शन भएका स्थानमा पोखरा, इलामलगायतका शहर रहेका छन्।
पोखरामा आयोजित विरोध प्रदर्शन नेपाल प्राध्यापक संघ, पोखरा उपत्यका समन्वय समितिको आयोजनामा भएको थियो। दमनको विरोध गर्दै प्रजातन्त्रको पक्षमा नारा लगाउँदै जुलुस निस्केको थियो। जुलुस पृथ्वीनारायण क्याम्पसबाट सुरु भई नालामुख, बागबजार हुँदै महेन्द्रपुलमा कोणसभामा परिणत भएको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेपाल प्राध्यापक संघका केन्द्रीय अध्यक्ष भुपति ढकालले राजाले सक्रिय राजतन्त्रको महत्वाकांक्षा त्याग्न अनुरोध गर्दै शाही सेनाको घेरामा पैदल हिँड्दैमा राजाको पक्षमा समर्थन नजुटने बताउनु भयो।
Popularity: 15%
September 25th, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २४ -
राष्ट्रिय मानवअधिकार आयोगको टोलीले एकतर्फी युद्धविरामलाई स्थायी शान्तिमा परिणत गर्ने प्रयासलाई तीव्र पारेको छ। यसै क्रममा आयोगले प्रमुख राजनीतिक दलहरूसँग परामर्श लिने कार्य सुरु गरेको छ। यसै सिलसिलामा शुक्रबार नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणासँग भेट गर्यो।
माओवादीद्वारा युद्धविराम घोषणा भएको सन्दर्भमा युद्धविरामलाई स्थायी शान्तिमा परिणत गराई मानवअधिकारको निर्वाध उपभोग हुने वातावरण सिर्जना गर्न सरोकारवालाहरूको महत्वपूर्ण भूमिकालाई ध्यानमा राखी आयोगले भेटघाट र छलफलको क्रमलाई अगाडि बढाएको आयोगले जनाएको छ।
आयोगले श्री ५ को सरकारसँगसमेत चाँडै छलफल गर्नेछ।
आयोगले अन्य राजनीति दलका नेताहरूसँगसमेत चाँडै भेट गरी मानवअधिकार र शान्ति प्रक्रियाको विषयमा छलफल गर्ने बताइएको छ।
आयोगका अध्यक्ष नयनबहादुर खत्रीले नेतृत्व गर्नुभएको सो टोलीमा सदस्यहरू सुशीला सिंह सिलु, सुदीप पाठक, गोकुल पोखरेल र डा. रामदयाल राकेश तथा का.मु.सचिव केदारप्रसाद पौड्याल हुनुहुन्थ्यो।
भेटका क्रममा, सरकार, राजनीतिक दल र माओवादीले स्थायी शान्तिका लागि गर्न सक्ने प्रयासहरु र आयोगले तयार पारेको आचार संहिताका बारेमा छलफल भएको बताइएको छ।
छलफलका क्रममा राजनैतिक दलका नेताहरुले माओवादीका तर्फबाट गरिएको युद्धविरामलाई सरकारले सकारात्मक रुपमा लिनु पर्नेमा सरकार नै शान्तिका लागि बाधक बनेको बताएका थिए।
यसैबीच विभिन्न राजनीतिक दलका नेता तथा नागरिक समाजका प्रतिनिधिहरुले माओवादीले गरेको युद्धविरामलाई राज्यपक्षले इन्कार गरेपनि प्रमुख राजनीतिक दलहरुले शान्ति स्थापनाका लागि माओवादीहरुसँग राजनीतिक तथा सामाजिक मुद्दाहरुमा सहमति गर्नुपर्ने बताएका छन्।
दक्षिण एसियाली स्वतन्त्र पत्रकार समाज साफ्माद्वारा शुक्रबार काठमाडौंमा आयोजित छलफल कार्यक्रममा एमालेका झलनाथ खनाल, नेपाली काँग्रेसका अर्जुन नरसिंह केसी, नेपाली काँग्रेस प्रजातान्त्रिकका डा नारायण खड्का र जनमोर्चा नेपालका परी थापाले माओवादीले गरेको युद्धविराम, दल र माओवादी बीच सहमति खोज्ने राम्रो अवसर भएको बताउनुभयो।
कार्यक्रममा, सर्वोच्च अदालतका पूर्वन्यायाधीश लक्ष्मणप्रसाद अर्याल, नागरिक समाजका प्रतिनिधिहरु सुन्दरमणि दीक्षित र बिष्णु पुकार श्रेष्ठ तथा नेपाल बार एशोसियसनका उपाध्यक्ष शेरबहादुर केसीले र्सवदलीय सरकार गठन गरेर माओवादीलाई वार्ताका लागि आहृवान गर्नु पर्ने बताउनुभयो।
द्वन्द्वविद इन्द्रजित राईले माओवादीले गरेको युद्धविराम, युद्धविराम नभै एकपक्षीय आक्रमण मात्र रोकिएको बताउनु भयो। उहाँको भनाइमा “युद्धविरामका लागि त राज्य र विद्रोही दुबै सहमतिमा आउनुपर्छ।”
Popularity: 15%
September 23rd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २४ -
माअोवादीले गरेको एकपक्षीय युध्दविरामप्रति सरकारले बेवास्ता गरिरहेकै बेला राजधानीमा तीन दिनको अन्तरालमा शुक्रबार दोस्रो पटक विशाल शान्ति र्याली प्रदर्शन भएको छ।
निजी क्षेत्रसँग सम्बद्ध एक दर्जन व्यवसायिक संगठनहरु संलग्न रहेको राष्ट्रिय व्यवसायिक पहल एनबीआईको आव्हानमा निकालिएको र्यालीले स्वयम्भुनाथको परिक्रमा गरेको थियो ।

शान्ति र्यालीमा सहभागी उद्योगी व्यवसायीहरु। तस्वीरः काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम
शान्ति स्थापना र आर्थिक तथा सामाजिक स्थायित्वका लागि निजी क्षेत्रको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले उद्यमी व्यवसायीहरुले “जागौं, शान्तिका लागि जुटौं’ भन्ने नाराका साथ आज शान्ति र्याली निकालेका हुन् ।
र्यालीमा उद्योग, वाणिज्य, निर्माण, यातायात, चलचित्र, स्वास्थ्य लगायतका क्षेत्रका व्यवसायीहरुको सहभागीता थियो । र्याली शुरु हुनु अघि आयोजित कार्यक्रममा व्यवसायीहरुले रोजगार सिर्जना, समाज एवं उद्यमशीलताको विकासका लागि निजी क्षेत्र सँधैं सक्रिय रहने वचनवद्धता व्यक्त गरेका थिए ।
त्यस अवसरमा शान्तिका लागि बौद्ध प्रार्थना तथा सांगीतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो। पोखराका लोकप्रिय गायक कर्णदासले शान्ति तिमी फर्कि आउ गीत प्रस्तुत गर्दा सबै भावुक बनेका थिए।
आर्थिक तथा सामाजिक स्थायित्वका लागि निजी क्षेत्रलाई सक्रिय गराउने उद्देश्यका साथ दुई वर्षअघि एनबीआईको स्थापना गरिएको हो ।
यसैबीच एनबीआईका संयोजक पदम ज्योतीले शान्ति स्थापना एवं आर्थिक विकासका लागि एनबीआई निरन्तर प्रयासरत रहने एचकेनेपाल डट कम प्रतिनिधिलाई बताउनुभएको छ ।
Popularity: 15%
September 23rd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २४ -
राजा र राजाको सरकारका मन्त्रीहरुले विदेशीहरुको चलखेल बढिरहेको भनी आरोप त्यसै लगाएका हैनन्। विदेशीहरु यहाँ साँच्चिकै सक्रिय भइरहेका छन्। विशेष गरी यहाँ भारत, अमेरिका र बेलायतका कूटनीतिज्ञहरु सक्रिय भइरहेका छन्। यसै क्रममा माअोवादी र दलहरुको गठबन्धन बन्न नदिन पछिल्ला दिनमा अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टी विशेष सक्रिय बनेका छन्।
उहाँले बिहीबार नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासित भेटवार्ता गर्नुभएको थियो भने आज एमाले महासचिव माधव नेपालसित भेटवार्ता गर्नुभएको छ। त्यस अवसरमा माओवादीको एकतर्फी युद्धविराम, मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीको हालैको अभिव्यक्ति लगायतका विषयमा छलफल भएको एमालेले जनाएको छ।
स्रोतका अनुसार कोइराला र नेपालसँगको वार्तामा मोरिआर्टीले शाही आयोग विघटन गरिए कसो होला भनी परामर्श गरेका थिए। अमेरिका शाही आयोगको विघटन भएमा राजा र दलहरुको दूरी घट्ने र संवादको ढोका खुल्ने आशामा रहेको बताइएको छ।
अमेरिका राजा र दलहरुलाई मिलाई माअोवादीहरुलाई एक्ल्याउने रणनीतिमा लागेको भए पनि पछिल्ला घटनाक्रमहरुले दल र माअोवादीलाई नजिक्याई उल्टो राजा एक्लिने काम भएकोमा अमेरिका चिन्तित रहेको बताइएको छ। यसै कारण पनि माअोवादीको एकपक्षीय युध्दविरामप्रतिको अमेरिकी प्रतिक्रिया हिजो बल्ल आएको थियो।
अमेरिकाले शाही आयोग विघटन र प्रतिनिधि सभाको पुनर्स्थापना भए राजा र दलहरुबीचको असमझदारी कम हुने आशा राखेको बताइएको छ। अमेरिकाले राजालाई दबाब दिन राजपरिवारको अवैध धन्दाको बारेमा कारबाही अघि बढाउने धम्कीसमेत दिइएको सूत्रहरुले बताएका छन्।
Popularity: 14%
September 23rd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २४ -
खाडी मुलुकहरू खासगरी कतारबाट नेपाली कामदार माग गरी प्राप्त हुने कामदारको प्रवेशाज्ञा (भिसा) अरवी भाषामा हुने भएकाले त्यसलाई अनुवाद गराएर मात्र श्रम तथा रोजगार प्रवर्द्धन विभागले कामदार पठाउन अन्तिम स्वीकृति दिने गरेकोमा अबदेखि प्रवेशाज्ञाको जिम्मेवारी सम्बन्धित कम्पनीहरूले नै लिने गरी सो कार्यमा सरलीकरण गरिएको छ।
सो व्यवस्थाबाट प्रवेशाज्ञा अनुवादवापत भनी कुनै पनि कम्पनीले शुल्क लिन नपाउने भएकाले वैदेशिक रोजगारीमा जानका लागि थप राहत पुग्ने विश्वास श्रम तथा यातायात व्यवस्था मन्त्रालयले लिएको छ।
यसअघि उक्त प्रवेशाज्ञा अनुवादको कार्य नेपाल वैदेशिक रोजगार व्यवसायी स+घको जिम्मेवारीमा गराइँदै आएको थियो।
Popularity: 15%
September 23rd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २३ -
ललितपुरको छ घण्टे पैदल भ्रमणपछि बाग्मती अञ्चलका मनोनीत जिविस सभापति, उपसभापति तथा अञ्चल प्रशासकलाई निर्देशन दिने क्रममा राजाले विदेशीले पैसाको खोलो बगाएर राजधानीमा नचाहिने गतिविधि गराइरहेको आरोप लगाएका छन्।
राजाले कुन विदेशीले के-कस्ता गतिविधि गराएका हुन् भनेर चाहिँ प्रष्ट पारेनन्।
राजा थापाथली पुल पार गरिसकेपछि अर्थात् ललितपुरको सीमानामा पुग्नेबित्तिकैदेखि अञ्चल प्रशासकको कार्यालयसम्म झन्डै छ घण्टा पैदल सवारी भएका थिए। बागमती पुलबाट हिमालय होटल, पाटनढोका, पाटन दरबार क्षेत्र, मङ्गलबजार, ललितपुर उपमहानगरपालिका हुँदै जाउलाखेल नजिकस्थित बागमती अञ्चल प्रशासन कार्यालयमा पैदल सवारी हुँदा बाटोको दायाँबायाँ हजारौंको संख्यामा सर्वसाधारणको उपस्थिति थियो।

फोटोः काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम
राजाले राजधानीको वातावरणमात्र हैन, राजनीति पनि प्रदूषित भएको भन्दै प्रदूषणमुक्त बनाउन कदम चाल्नुपर्नेमा जोड दिए। राजनीतिक दलले राजधानी केन्द्रित आन्दोलन चलाइरहेका बेला राजाले उपत्यकामा नै यस्तो पैदल यात्रा गरी राजनीतिक दलप्रति लक्षित गरी कडा रुपमा बोल्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

फोटोः काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम
कार्यक्रममा सर्वसाधारणको भीड देखेर राजा मख्ख पनि परेका थिए। आजको उपस्थिति बढी प्रभावशाली छ, जनतालाई धन्यवाद दिनू भनी राजाले निर्देशन दिएका थिए।
यता राजाको भ्रमण भइरहेका बेला उता काठमाडौंका अधिकांश क्याम्पस अगाडि भने प्रहरी र प्रदर्शनकारीबीच भिडन्त भइरहेको थियो। प्रदर्शनी मार्गको आरआर क्याम्पस अगाडि त प्रहरीले कयौं सेल अश्रुग्यास प्रहार गरे। विद्यार्थीहरुले पनि ढुंगामुढा र टायर बाले। दुवै पक्षका केही घाइते भएका छन्।
मोबाइल बन्द
राजारानीको भ्रमणका क्रममा विशेष सुरक्षा व्यवस्था अपनाउँदै बिहीबार बिहान उपत्यकामा मोबाइल सेवा आंशिक रुपमा बन्द गरिएको थियो। बिहानैदेखि उपत्यकाका विभिन्न स्थानका मोबाइल र ल्यान्डलाइन टेलिफोन बन्द भएको कारण मानिसहरु पीडित भएका थिए।
बिहीबार दिउँसोसम्म पनि काठमाडौं भक्तपुर र ललितपुरका अधिकांश क्षेत्रका टेलिफोनमा डायल टोनसमेत नआउने गरिएको थियो भने मोबाइलमा वन वे अर्थात् कल रिसिभ हुने गर्न नहुने बनाइएको थियो।
Popularity: 14%
September 23rd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २३ -
विदेशीको इशारामा चलेको भन्ने वाक्य सरकारको सबैभन्दा प्रिय शब्द बनेको छ। मन्त्रिपरिषद्का अध्यक्षदेखि लिएर उपाध्यक्ष, मन्त्री र सहायक मन्त्रीहरुसम्म यही शब्द रटिरहेका छन्। मानौं यो उनीहरुको गायत्री मन्त्र हो।
राजाले ललितपुरमा दलहरु विदेशीको पैसामा लागेर नचाहिँदो गतिविधिमा लागेको आरोप लगाउँदै थिए भने यता सरकारका प्रवक्ता टंक ढकाल भने काठमाडौंमा केही नेपाली सञ्चार विदेशीको स्वार्थपूर्ति गर्न लागिपरेकोले त्यस्ताको पछाडि नलाग्न अनुरोध गरेका छन्।
उहाँले विदेशीको आर्थिक प्रलोभन आउने गरेको प्रमाणसमेत आफूसित भएको दाबी गर्नुभयो र सञ्चारमाध्यमलाई राष्ट्र र राजमुकुटप्रति प्रतिवध्द रहन उपदेश दिनुभयो।
पत्रकारहरुप्रति तीव्र आक्रोश पोख्ने क्रममा उहाँले पत्रकारहरुले सडकमा उत्रेर ढुंगा हान्ने गरेको आरोप लगाउँदै राज्यले पनि उनीरुलाई त्यस्तै व्यवहार गर्ने चेतावनी दिनुभयो। उहाँले सङ्कटकालपछि प्रेसमाथि कारबाही गरिएको, सेन्सरसिप र अङ्कुश लगाइएको भनी प्रायोजित तर असत्य खबर प्रकाशित गरिएकामा दुःख व्यक्त गर्दै त्यस्तो समाचारमा सत्यता नभएको र त्यो कसैको हितमा नभएको पनि बताउनुभयो ।
प्रेस काउन्सिल नेपालको ३६औँ वाषिर्कोत्सवका उपलक्ष्यमा आज काठमाडौंमा आयोजित समारोहमा मन्त्रिपरिषद्का उपाध्यक्ष कीर्तिनिधि बिष्टले बहुदलीय प्रजातन्त्र र संवैधानिक राजतन्त्रको बीचमा खाडल खनी राष्ट्रलाई हानि पुर्याउन तम्सिएका तत्वलाई पराजित गर्न तथा राजसंस्था र प्रजातान्त्रिक संस्थाहरूलाई नजिक ल्याई देशलाई विनाश हुनबाट बचाउन पत्रकारिताले अहम् भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ । उपाध्यक्ष बिष्टले देशको प्रतिष्ठा र राष्ट्रिय हितविपरीत गरिने पत्रकारिताले राष्ट्रिय एकता र अखण्डतालाई कमजोर तुल्याउने हुँदा त्यस्तो पत्रकारितामा संलग्न नहुन पत्रकारहरूलाई अनुरोध गर्नुभयो ।
उहाँले पत्रकारिता क्षेत्र विदेशी प्रभावबाट मुक्त रहनुपर्नेमा जोड दिँदै संविधान र प्रचलित ऐन-कानुन तथा राष्ट्रियहित एवं सामाजिक मर्यादाको बर्खिलाप नहुने गरी पत्रकारिता पेसा अगाडि बढाउन आग्रह गर्नुभयो ।
Popularity: 14%
September 22nd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २३ -
अखिल क्रान्तिकारीका नेता कृष्ण केसीलाई हिरासतमा राख्ने वस्तुनिष्ठ कारण र प्रमाण नभएको भन्दै सर्वोच्च अदालतले बिहीबार हिरासतमुक्त गर्ने आदेश दिएको छ। तर उनलाई अदालतपरिसरबाट मुक्त हुनेबित्तिकै गिरफ्तार गर्न सर्वोच्च परिसर र त्यस वरपर प्रहरीले घेरा हालेर बसेको थियो।
एक पटक प्रहरी सर्वोच्च परिसरसम्म पुगेपछि त्यहाँका अधिकारीहरुले बिना अनुमति अदालत परिसरमा आउन नपाइने भन्दै बाहिर पठाएका थिए। पुनः पक्राउ गर्न सकिने भएर नै उनलाई सर्वोच्चका रजिस्ट्रारको रोहवरमा रिहा गरिएको थियो। उनलाई पुनः गिरफ्तार गर्न सकिने खबर पाएपछि राष्ट्रिय मानवाधिकार आयोगको एक टोली पनि त्यहाँ आइपुगेको थियो।
अपडेटः
माओवादी समर्थित विद्यार्थी नेता कृष्ण के.सी. अदालत परिसरबाटै बिहीबार राति पुन: पक्राउ पर्नुभएको छ। के.सी.लाई सकुशल रिहा गराउन राष्ट्रिय मानव अधिकार आयोग, संयुक्त राष्ट्रसंघका प्रतिनिधि र पत्रकारहरू पनि कृयाशील भएका भए पनि उनी पुनः गिरफ्तार भएका हुन्।
अदालत हाताभित्र र बाहिर रहेको प्रहरीको बाक्लो उपस्थितिको विषयलाई लिएर प्रधान न्यायाधीश दिलीपकुमार पौडेलले सरकारका उपाध्यक्ष्य डा. तुलसी गिरीलाई फोनमा आपत्ति जनाउनु भएको बताइएको छ।
कृष्ण के.सी.लाई यसअघि दुईवर्ष पहिले काठमाण्डौंको कोटेश्वरबाट सादा पोशाकका सुरक्षाकर्मीहरूले गिरफ्तार गरेका थिए।
उहाँले थुनामा रहँदा आफूले चरम यातना भोग्न परेको बताउनु भएको छ।
त्यसैगरी बिहीबार सर्वोच्चमा भ्रष्टाचार नियन्त्रण शाही आयोगको वैधानिकतासम्बन्धी मुद्दामा पनि संयुक्त इजलासमा वृहत् बहस भयो। सर्वोच्च अदालतका न्यायाधीश केदारप्रसाद गिरी, मीनबहादुर रायमाझी, रामनगिना सिंह, अनुपराज शर्मा र रामप्रसाद श्रेष्ठको इजलासमा जारी रहेको सो विवादको सुनुवाईमा बहस नसकिएकाले पुनः आगामी बुधबार सुनुवाई हुने जनाइएको छ। निवेदकका तर्फबाट बिहीबार अधिवक्ताहरू हरिहर दाहाल, कुमार रेग्मी र माधव बस्नेतले बहस गर्नुभएको थियो।
मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरीले अदालतको मानहानी गरेको सम्बन्धमा परेको रिटमा भने बिहीबार सुनुवाई भएन।
Popularity: 14%
September 22nd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २३ -
माअोवादीले गरेको एकपक्षीय युध्दविरामको हप्तौं बितिसकेपछि बल्ल अमेरिकी प्रतिक्रिया सार्वजनिक भएको छ।
बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै अमेरिकी राजदूत जेम्स मोरिआर्टीले युध्दविरामको सतर्कतापूर्वक स्वागत गरेको छ। भारत, युरोपेली युनियनले यसको पहिले नै स्वागत गरिसकेको छ।
राजदूत मोरिआर्टीले हिंसा कम गर्ने कुनै पनि कदमको आफ्नो देशले स्वागत गर्ने बताउनु भयो तर माअोवादीहरुले आफ्नो प्रतिवध्दता पूरा गर्नेमा भने उहाँले शंका व्यक्त गर्नुभयो। राष्ट्रिय सहमति कायम गरी प्रजातन्त्र पुनर्बहालीका लागि तत्काल कदम नचालिए स्थिति भयावह हुनसक्ने उहाँले चेतावनी दिनुभयो।
राजालाई तुरुन्त प्रजातन्त्र फर्काउन आह्वान गर्दै उहाँले पूर्व अमेरिकी राष्ट्रपति अब्राहम लिंकनको एक भनाई उद्धृत गर्नुभयो, सबै मानिसलाई सँधैभरी मूर्ख बनाउन सकिँदैन।
Popularity: 14%
September 22nd, 2005
काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, सेप्टेम्बर २२ -
राजनीतिक दलहरुले राजधानी केन्द्रित आन्दोलन गरिरहेका बेला त्यसलाई सांकेतिक काउन्टर दिन आज बिहीबार राजा र रानी ललितपुरका विभिन्न सडकमा पैदल सवारी भई विभिन्न स्थानमा भेला भएका सर्वसाधारणलाई सामूहिक दर्शनभेट बक्सनाका साथै उनीहरूसँग प्रत्यक्ष संवाद गरिबक्सँदैछ ।
माघ १९ पछि मात्र हैन, राजा गद्दीमा बसिसकेपछि उपत्यकामा हुन लागेको यस्तो किसिमको यो पहिलो कार्यक्रम हो।
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मीदेवी शाहबाट मध्यमाञ्चल विकास क्षेत्रको वस्तुस्थिति बुझिबक्सने सिलसिलामा आज ललितपुरको अनौपचारिक भ्रमण गरिबक्सन लागेको हो।
श्री ५ महाराजाधिराज तथा श्री ५ बडामहारानीबाट बागमती अञ्चल प्रशासन कार्यालयमा बागमती अञ्चलअन्तर्गतका आठै जिल्लाका सभापति एवं उपसभापतिहरूलाई दर्शनभेट बक्स हुनाका साथै राष्ट्र र जनताको सेवामा समर्पित रहन निर्देशन बक्सने सरकारी समाचार एजेन्सी राससले जनाएको छ। मौसुफहरूको स्वागतार्थ सवारीमार्गमा स्वागतद्वार निर्माण गरिनाका साथै नगरको सरसफाइ पूरा गरिएको छ ।
मौसुफहरूको स्वागतका लागि जिल्ला विकास समिति ललितपुरका सभापति बद्रीबहादुर केसीको संयोजकत्वमा एक हजार ५१५ सदस्यीय समिति गठन गरिएको छ ।
Popularity: 14%
September 22nd, 2005
Previous Posts