सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, लिवर्टी आवाशिय माध्यामिक विद्यालयको छैठौं अभिभावक दिवसका लागि विद्यालयको प्रांगण शुक्रबारदेखि सिंगारिएको थियो।
अन्य अभिवाक दिवसभन्दा निकै राम्रोसंगै सिंगारिएको थियो साथै स्टेज तथा साउन स्सिटमसमेत हाइ भोल्डेजको थियो कारण नेपालका सर्वोत्कृष्ट गायक राजेश पायल आउने भएका थिए। तस्वीरः सन्तोष काफ्ले / एचकेनेपाल डट कम
राईलाई प्राय टेलिभिजनमा मात्र देखेका अनि रेडियोमा सुनेका विद्यार्थीले पहिलो पटक प्रत्यक्ष देख्न पाउने भएपछि निकै उत्साही भएका थिए।
शनिबारको कार्यक्रमको सुरुवातसंगै विद्यार्थी अभिभावकहरु सबैको प्रतिक्षाको घडि त्यतिवेला समाप्त भयो जव राजेश पायल राई स्टेजमा देखा परे।
जव राजेश पायल दर्शन नमस्ते भन्दै स्टेजमा देखा परे तब अभिभावक दिवसमा उपस्थित अभिभावक विद्यार्थी तथा शिक्षक शिक्षिकाहरु उनको स्वागतको लागि तछाड मछाड गर्न थालेका थिए। धरानमा पहिलो पटक तथा उनको करियरमै दास्रो पटक विद्यालयको कार्यक्रममा देखा परेका राई पनि निकै उत्साही थिए।
तिम्रो मुस्कान बोलको गीतबाट गाउन सुरु गरेका नेपालका सर्वोत्कृट गायक राईले सागर सरी चोखो माया, विचार चोंगे, बल्ल भेट भो आदाङवे, मोहनी लाग्ला है लगायतका एक दजैन बढी गीत प्रस्तुत गरेर बिट मार्न आटेका राईले पुन ५० बसन्त पार गरेका सुनसरीका जिशिअ हरिप्रसाद बस्तीको आग्रहमा वैगुनी रैछौ मायालु प्रस्तुत गरे भने विद्यालयका प्रिन्सिपल तेनमान लिम्बुको आग्रहमा सागर सरी पुनः गाएका थिए। वैगुनी रै छौ मायालु गाइरहदा जिशिअ वस्तीले पनि उनलाई गाएर र नाचेर साथ दिएका थिए।
कार्यक्रममा सहभागी साना साना बालबालिकाको निश्चल तथा निश्वार्थ माया र निर्दोषपनका काराण चर्को घाम र थकानको महशुस नभएको र अन्य कार्यक्रममा भन्दा साना बाल बालिकाहरुसंगै अझै वढि आनन्दित हुने राई प्रतिक्रिया थियो।
साना बालबालिकासंगै किशोर किशोरीसंगै वृद्ध अवस्थाका अभिभावक मात्र होइन जिल्ला भरको शिक्षाक्षेत्रको नेतृत्व गर्ने जिल्ला शिक्षा अधिकारीले समेत नाचेर र गाएर राईलाई साथ दिए।
दिनको चर्को घाममा पनि राईलाई दिद्यार्थी तथा अभिभवाकहरुले लगातार २ घण्टा साथ दिएका थिए। प्राय उज्वल भविष्यको खोजीमा रहने विद्यार्थीहरु शनिबार भने राईसंगै गाउन र नाच्नमा व्यस्त थिए। प्राय विद्यालयहरुले अभिभावक दिवसमा औपचारिक कार्यक्रम र सामान्य साँगीतिक कार्यक्रम हुने भए पनि राष्ट्रिय कलाकार ल्याएर लिवर्टीले पहिलो कार्यक्रम गरेका हो। अभिभावक तथा विद्यार्थीको राजेशपायल राईलाई ल्याउने २ वर्ष अगाडिको चाहना शनिबार पुरा भएको प्रिन्सिपल लिम्बुले बताए।
रेम बिक / एचकेनेपाल डट कम-
पोखरा, ३ फागुन । कमेडीलाई मुख्य विषय बनाएर निर्माण हुने गुरुङ चलचित्र आगे ठागु (ठुल्दाई) को बुधबार पोखरामा शुभमूर्हत गरिएको छ।
अनुशिलन फिल्मस् एण्ड म्युजिक प्रोडक्सनको प्रस्तुतीमा निर्माण थालिएको चलचित्र आगे ठागुका लागि चलचित्रका मुख्य कलाकार मगन गुरुङ र झरना गुरुङले मूर्हत शत दिएका थिए। अन्य चलचित्रको शुभमूर्हतभन्दा केही भिन्न तरिकाले भएको शुभमूर्हतमा कलाकारहरुले संबाद नबोलि नृत्य गरेका थिए। तस्वीरः सुदर्शन रन्जित /एचकेनेपाल डट कम
त्यस्तै, गुरुङ पुरोहितहरुले मन्त्रोच्चारण गरेका थिए भने अग्रज गुरुङ चलचित्रकर्मी लोकबहादुर गुरुङले पूजापाठ गरेका थिए।
चलचित्रलाई लामो समयदेखि गुरुङ चलचित्रहरुमा नृत्य निर्देशन गरेका गोरे गुरुङले निर्देशन गर्दैछन्। गुरुङ सँस्कृति, रहनसहन र भेषभुषालाई आधार मानेर चलचित्रका लागि निर्देशक गोरे गुरुङले लेखेको कथालाई मनोजबाबु पन्तले संवादमा ढालेका छन्। चलचित्रमा पटकथा पनि उनै पन्तले लेखेको निर्माण पक्षले जनाएको छ।
‘गुरुङ जातिलाई लाहुरे पृष्ठभूमि र बन्दुकसंग रमाउने जाति भनेर चिन्ने परिपाटी रहेको अवस्थामा चलचित्रले गुरुङहरु बहादुरसंगै शिक्षित र विद्वान पनि छन् भनेर देखाउन खोजिएको छ।’ चलचित्रबारे प्रकाश पार्दै निर्देशक गोरे गुरुङले भने-’यो चलचित्रले गुरुङ समुदायका मानिसहरुलाई समेत एकपटक सोँच्न बाध्य बनाउनेछ।’
रोजगारीका लागि बिदेश जाने र बिदेशबाट आएको पैसा मोजमज्जामा उडाउने प्रचलन बढिरहेको बेला चलचित्रले युवापुस्तालाई रोजगारीका लागि स्वदेशमै केही गर्ने सन्देश दिने निर्माणपक्षको विश्वास छ। १५ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको चलचित्र पोखरासंगै लमजुङ, काठमाण्डौ, दार्जिलिङ र सिक्किममा पनि छायाँकन गरिने अनुशिलन फिल्मस् एण्ड म्युजिक प्रोडक्सनले जनाएको छ।
चलचित्रमा निर्देशक गोरे गुरुङलाई निर्देशनमा राजेश गुरुङ र गोरा गुरुङले सघाउनेछन्। ३ वटा गीत रहेको चलचित्रमा धोज गुरुङ, गोरे गुरुङ र जयकुमारले संगीत दिएका छन्। रामकुमार श्रेष्ठको छायाँकन रहेको चलचित्र श्याम शुक्ला फिल्म प्रोडक्सनका संचालक घनश्याम लामिछानेले सम्पादन गर्ने भएका छन्।
चलचित्रमा गमन गुरुङ, झरना गुरुङ, खिलबहादुर गुरुङ, युनिका गुरुङ र बालकलाकार बिशाल गुरुङको मुख्य अभिनय रहनेछ। चलचित्र फागुन ६ गतेदेखि सुटिङमा जाने बताईएको छ।
धरानमा मिस पूर्वाञ्चलको अडिसन
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम -
धरान, पूर्वको चर्चित सौर्न्दर्य प्रतियोगीता मिस पूर्वाञ्चल २०१२ को धरान अडिसन सम्पन्न भएको छ।
निसुङ्मा ब्युटीपार्लरमा भएको धरान अडिसनमा ९ युवती सहभागी थिए। अडिसनमा पत्रकार राजेश विद्रोही, कोरियोग्राफर प्रियारानी लामा, निर्देशक विनोद तखाँछे र प्रतियोगीताका क्रियटिभ डाइरेक्टर राजेन्द्र रिमाल निर्णायक रहेका थिए।
बुढासुब्बा ट्रेनिङ सेन्टरको आयोजनामा हुंदै आईरहेको मिस पूर्वाञ्चलको झापा अडिसनमा इलाम तथा झापाका २३ जना युवतीहरुले सहभागिता जनाएको आयोजकले जनाएको छ।
अब मोरङ र धनकुटामा अडिसन भएपछि अन्तिम प्रतिष्पर्धाका लागि २० जनाको छनौट गरिने छ।
विगतमा जस्तै मिस पूर्वाञ्चललाई मिस नेपालमा सहभागी गराईने छ। त्यसबाहेक विभिन्न १० वटा टाईटलहरुको समेत घोषणा गरिने छ।
मिस पूर्वाञ्चलको अडिसन शुरु
एचकेनेपाल डट कम संवाददाता-
धरान, झापाको विर्तामोडबाट मिस पूर्वाञ्चल २०१२ को अडिसन शुरु भएको छ। बुढासुब्बा ट्रेनिङ सेन्टरको आयोजनामा हुंदै आईरहेको मिस पूर्वाञ्चलको झापा अडिसनमा इलाम तथा झापाका २३ जना युवतीहरुले सहभागिता जनाएको अध्यक्ष वीरेन्द्र लिम्बूले बताएका छन्।
यसपछि मोरङ, धनकुटा, काठमाण्डौ तथा धरानमा पनि अडिसन गरिने र अन्तिम प्रतिष्पर्धाका लागि २० जनाको छनौट गरिने आयोजकले जानकारी गराएका छन्।
छोटो र सीमित प्रचारप्रसारका बावजुद पनि यतिका सहभागिता जनाएकोमा लिम्बूले सन्तोष जनाएका छन्। भन्छन्, ‘झापाबाट राजवंशी युवतीहरुको सहभागिता उत्साहजनक छ।’
तेश्रो संस्करणको मिस पूर्वाञ्चल विजेतालाई स्कुटी प्रदान गरिने इभेन्ट म्यानेजर सौरभ श्रेष्ठले बताए। त्यसैगरी फर्स्ट रनर अप र सेकेन्ड रनर अपलाई ल्यापटप प्रदान गरिने र तीनै जनालाई काठमाण्डौको कलेजमा स्कोलरसिप प्रदान गरिने पनि उनले जनाए।
विगतमा जस्तै मिस पूर्वाञ्चललाई मिस नेपालमा सहभागी गराईनेछ । त्यसबाहेक विभिन्न १० वटा टाईटलहरुको समेत घोषणा गरिने छ।
मिस पूर्वाञ्चलका विजेता तथा सहभागीहरुलाई विभिन्न म्युजिक भिडियो, विज्ञापन तथा मोडलिङसंग सम्बन्धित अन्य कार्यमा समेत अवसर प्रदान गरिने क्रियेटिभ डाईरेक्टर राजेन्द्र रिमालले बताए।
झापा अडिसनमा राजेन्द्र रिमाल, मिस पूर्वाञ्चल २०१२ फर्स्ट रनरअप लक्ष्मी सुब्बा, मोडल असिम श्रेष्ठ तथा मोनालिसा श्रेष्ठ निर्णायकको रुपमा रहेका थिए।
एचकेनेपाल डट कम संवाददाता-
बेलायत, नेपाली चलचित्र संघ युकेले यहाँका नेपाली कलाकारहरूलाई सम्मान गरेको छ।
कला र कलाकार राष्ट्रका गहना हुन् यिनको सम्मान गरौ भन्ने उद्धेश्यका साथ स्थापना भएको नेपाली चलचित्र संघ युकेको पहिलो वार्षिक उत्सब कार्यक्रममा नायक धुर्ब दत्त, नायिका सब्रिन श्रेष्ठ, निर्देशक तथा निर्माता गोरे गुरुङ, एलबि सुब्बा र प्रेम लामालाई सम्मान गरेको हो।
कार्यक्रममा सम्मानित तथा अन्य स्थानीय कलाकारले आ-आफ्नो प्रस्तुती दिएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए।
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
शहिद दिवसको अवसर पारेर आगामी माघ १३ गते दा पिस युनियनको आयोजनामा “तेस्रो वि बोइङ्ग २०१२” आयोजना हुँदैछ।
धरानस्थित ब्रिटिस सामुदायिक भवनमा आयोजना हुने कार्यक्रममा धरानका उर्गे क्रिउ, इन्भर्स क्रिउ, अनस्किल्ड क्रिउ, विलिन्कस क्रिउ, डार्क नाइट, डापिस क्रिउ र जुनियर क्रिउसँगै तरहराको सुपर नोभा र काठमाडौंको एभरेष्ट क्रिउ लगायतको ९ वटा वि बोइङ्ग समूहबीच प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ।
कार्यक्रममा पहिलो हुनेले ट्रफी सहित रु. ५,००० नगदको साथै होम थियटर र दोस्रो हुनेले ट्रफी सहित रु. ३,००० नगदसँगै वुफर पुरस्कार स्वरुप दिइने आयोजक सदस्य सौरव श्रेष्ठले बताए। प्रायोजक थपिए पुरस्कार राशि अझ बढाइने समेत उनले बताए।
कार्यक्रममा दा पिस युनियनसँगै छमछमीमा तेस्रो हुने सुरेस राईको समेत विशेष प्रस्तुती रहनेछ।
भाष्कर अर्याल/ एचकेनेपाल डट कम-
एबरडिन (स्कटल्याण्ड), १२ जनवरी । स्कटल्याण्डका नेपाली समुदायले चर्चित गायकद्वय दीप श्रेष्ठ र नवीन के. भट्टराईलाई सम्मान गरेको छ।
अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लु) स्कटल्याण्डले आयोजना गरेको “फ्युजन २०१२” सांगीतिक कार्यक्रममा गायकद्वय श्रेष्ठ र भट्टराईलाई स्कटिश टाटन गलबन्दी पहिराइदिएर सम्मान गरिएको थियो।
सो कार्यक्रममा गायक दीप श्रेष्ठले “कति कमजोर रहेछ भाग्य”, “हर रात सपनीमा”, “बितेका कुराले”, “साईली बरै चियाबारीमा”, “मेरो आँखामा भरदिन”, “म त दूरदेखि आएँ” लगायत सन् १९६९ देखि २००० सम्मका आफ्ना चर्चित गीतहरु गाएका थिए।
त्यस्तै, अर्का गायक नवीन के. भट्टराईले “साँझ पख”, “रात बित्यो हेर”, “आँखामा तिमीलाई”, “सम्झना तिम्रो मीठो छ”, “शायद तिमी नै हौ”, “तिमीलाई मन पराउँछु” जस्ता चर्चित गीतहरुले दर्शकलाई मन्त्रमुग्ध पारेका थिए।
दुवै गायकहरुलाई वाद्यवाद्यकहरु सुनील राई र अजय राईले साथ दिएका थिए। गायक श्रेष्ठले स्कटल्याण्डका नेपाली दर्शकहरुको सम्मानले प्रभावित भएको बताउँदै भविष्यमा एकल सांगीतिक कार्यक्रम गर्न चाहेको बताए।
कार्यक्रममा सहभागी हुन दुई तीन घण्टा टाढाको यात्रा दूरी रहेका ठाउँहरु इन्भरनेस, डण्डीबाट समेत नेपालीहरु समूह बनाएर आएका थिए। कार्यक्रमस्थल स्थानीय तीनतारे होटल समरहिलको हल खचाखच भरिएको थियो।
गायक नवीन के भट्टराईका बुढानीलकण्ठ स्कूलका सहपाठी डा. चन्द्र पौडेलले कार्यक्रम ऐतिहासिक रहेको प्रतिक्रिया दिए। करीब १०३ किलोमिटर टाढा डण्डीबाट कार्यक्रम हेर्न आएकी सिर्जना देवकोटाले आफ्ना प्रिय गायकको गीत प्रत्यक्ष सुन्न पाउँदा निकै खुशी लागेको बताइन्। यस्तै नेपाल स्कटल्याण्ड फ्रेण्डशीप सोसाइटीका अध्यक्ष ब्रुस एण्डरसनले नेपालका चर्चित गायकहरुको सांगीतिक कार्यक्रम निकै उत्कृष्ट रहेको प्रतिक्रिया दिए।
बेलायतको लण्डन लगायतका शहरहरुमा नेपाली गीत संगीतका कार्यक्रमहरु प्रशस्त हुने गरेपनि स्कटल्याण्डमा भने कमै मात्रामा हुने गरेको छ। गत वर्ष स्थापना भएको अर्गनाइजेशन फर नेप्लिज कल्चर एण्ड वेलफेयर (ओएनसीडब्लु) यस अवधिमा नेपाली कलाकारहरु सम्मिलित चारवटा सांगीतिक कार्यक्रमहरु गरिसकेको छ भने स्थानीय स्कटिश समुदायसँग मिलेर नेपाली गीत संगीत र संस्कृतिको उन्नयनमा क्रियाशीलरुपमा लागिरहेको छ।
दिननाथ बराल/ एचकेनेपाल डट कम-
पोखरा, २३ पौष । २१ जना नेवा सुन्दरीहरुलाई पछि पार्दै नेवाःखल कास्कीको आयोजनामा शनिवार पोखरा सम्पन्न मिस नेवाः ११३२ को उपाधि रस्मिता नकर्मिले जितेकी छन्। उपाधिसंगै रस्मिताले ३० हजार नगर पुरस्कार प्राप्त गरिन्।
उपाधि विजेता नकर्मिलाई पूर्व मिस नेवा निकिता श्रेष्ठले ताज पहिर्र्याई दिएकी थिइन्। उनले ताज पहिरिंदा पोखरा सभागृहमा उपस्थित दर्शकदिर्घाबाट तालीको आवाज गुञ्जिएको थियो। तस्बीरः उमेश पुन / एचकेनेपाल डट कम
प्रतियोगिताको फष्ट रनर अप प्रिया साही खड्गी भइन् भने उनले नगद २० हजार प्राप्त गरिन्। यस्तै सेकेण्ड रनर अप सजनी मानन्धर घोषित भएकी छन्। उनले नगद १० हजार पुरस्कार प्राप्त गरिन्।
२२ प्रतियोगीहरु दोश्रो चरणमा १५, तेश्रो चरणमा १० गरी फाईनल चरणमा पाँच जना छानिदा, उनीहरुबिचको मूल्यांकनबाट उपाधि विजेता नकर्मि घोषित भएपछि साथीसंगि र आफन्तको वधाई ग्रहण गर्न उनलाई भ्याई नभ्याई भएको छ।
आयोजक नेवा खल कास्कीको प्रचारात्मक ब्रोसरको २२ जना प्रतियोगीहरुको क्रम संख्या २२ सम्म रहेकोमा १ नम्वरमा रहेकी रस्मिता नकर्मिले उपाधि, क्रम संख्या ३ कि प्रिया साही फष्ट रनर अप र क्रम संख्या २ की सजनी मानन्धर सेकेण्ड रनर अप घोषित हुनु एउटा मीठो संयोग भएको छ।
यसअघि कार्यक्रममा सुन्दरीहरुले र्याम्पमा उत्रिदै निर्णायकहरुको प्रश्नको सटिक जवाफ दिएका थिए। दर्शकको रोजाई र निर्णायकको सोधाईमा प्रतिष्पर्धीमध्ये नकर्मिले मिस नेवाः ११३२ को उपाधि उचाल्ने अवसर पाएकी छन्। जो उनको क्षमता, सालिनता, तिक्ष्णता र प्रस्तुतिले हो, कर्याक्रमपछि बाहिरिने क्रममा दर्शकहरु भन्दै थिए।
औपचारिक कार्यक्रमको नेवा खलः कास्कीका अध्यक्ष प्रकाशमान पालिखेले पानसमा बत्ति वालेर उद्घाटन गर्नुभएको थियो। त्यस अवसरमा पालिखेले युवतिहरुमा भएको अन्तरनिहित प्रतिभालाई उजागर गर्न र नेवारी संस्कृतिलाई जोगाउन यस प्रकारका कार्यक्रमले सहयोगी भूमिका निर्वाह गर्ने बिचार व्यक्त गर्नुभएको थियो।
संयोजक निरञ्जन श्रेष्ठले कार्यक्रममा सहभागी सबैलाई स्वागत गर्नुभएको थियो । मिस नेवाः ११३२ को मूल समारोहमा झिगु भाया झिगु संस्कृति पुचः ले नेवारी पहिचान झल्किने नृत्य तथा फेदी लेउराली नेवा गुठिले लाखे नाच प्रस्तुत गरेको थियो। समारोहमा मिस नेवा ११३२ का सहयोगी व्यक्ति, विभिन्न संघ, संस्थालाई मायाको चिनो प्रदान गरिएको थियो।
मिस नेवा ११३२ को निर्णायक मण्डलमा तीर्थमान प्रधानाङ्ग, मेजरमान बज्राचार्य, गायत्री श्रेष्ठ, सलिना मास्के, तीर्थ श्रेष्ठ, सुशिल प्रधानाङ्ग र रमेश कर्माचार्य रहनु भएको थियो।
प्रतियोगिताको लागि २२ नेवाःसुन्दरीहरु एक महिनादेखि प्रशिक्षणमा रहेका थिए । पौष १९ गते प्रि जजिङ्ग राउण्ड सम्पन्न भएको थियो।
नेवारी यूवतीहरुलाई जातीय संस्कृति र परम्परा बारे जानकारी गराई नेवार समुदायलाई समेत गोलबद्ध र एकताबद्ध गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्रचार संयोजक दीपेन्द्र श्रेष्ठले बताउनु भयो।
बिभिन्न प्रायोजक मार्फ सहयोग खोजेर आयोजना गरिने कार्यक्रमबाट संकलित रकम नेवाः खलःको सांस्कृतिक कृयाकलाप एवं भौतिक संरचना निर्माणका लागि खर्च गरिने भएको छ।
महेश श्रेष्ठ / एचकेनेपाल डट कम-
धरान, पूर्वको चर्चित फिल्म निर्माण कम्पनी लिम्बूवान फिल्म प्रोडक्सन प्रा.लि.ले दोस्रो विश्वयुद्धका नायक भि.सी. रामबहादुर वेघा र नेपालका सुप्रसिद्ध कलाकार नीर शाह, राजेश हमाल र रेखा थापालाई समेत अभिनयमा उतार्दै नयाँ चलचित्र ‘बिर्स नभनिदेऊ’को शुभमुर्हूत गरेको छ।
धरान-१५ स्थित चुम्लुङ हिममा आयोजित एक औपचारिक कार्यक्रममा पूर्वका वरिष्ठ पत्रकार हर्ष सुब्बाबाट चलचित्रको ब्यानर अनावरण गराई शुभमुर्हूत गरेर निर्माण कार्यको प्रारम्भ गरेको यस चलचित्रले सफलताको साथ पाउने पनि विश्वास गरिएको छ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पत्रकार सुब्बाले चलचित्रको अधिकांश भाग पूर्वाञ्चलमै हुंदा पूर्वको पर्यटन विकासमा सहयोग पुग्ने चर्चा गर्दै सञ्चारकर्मीहरु र स्थानीय निकायले सहयोग गर्नु पर्नेमा जोड दिए।
निर्देशक किशोर सुब्बाका अनुसार यस चलचित्रको छाँयाकंन पूर्वाञ्चलको धरान, भेडेटार, सप्तकोशी, तमोर, कन्याम, फिक्कल र काठमाडौंमा गरिने छ। चलचित्रका लेखक तथा नायक मित्र लिङ्गदेनको कथामा आधारित ‘बिर्स नभनिदेऊ’ चलचित्र राष्ट्र र राष्ट्रियताप्रति समर्पित भएको लिङदेनको दावी छ।
आकृति लिम्बू निर्माता रहेको यस चलचित्रमा महानायक राजेश हमाल, रेखा थापा र भि.सी. रामबहादुर वेघाको भने अतिथि कलाकारको भूमिका रहेको छ। चलचित्रमा अधिकांश अनुहार नयाँ छन् । अन्य पुराना कलाकारहरुमा दीपक क्षेत्री, पुष्प श्रेष्ठ, सपना महत, सानुबाबु सुब्बा, किशोर सम्बाहाम्फे, प्रेम सुब्बा, सीमान्त उदास, छत्र आङबुहाङ लगायत रहेका छन्। नयाँ अनुहारमा भने नायिकाको भूमिका निर्वाह गर्दै गरेकी वविता फोम्बो, कविता लिम्बू, केदार उप्रेती, लगायत एक दर्जन कलाकारहरु विभिन्न भूमिकामा देखिने छन्। बालकलाकारमा भने आकृति लिङदेन, सञ्जिता चेम्जोङ र एलिन राई छन्।
‘बिर्स नभनिदेऊ’ चलचित्रमा राजु घिमिरे र नरेशजंग सुब्बा मूख्य सहायक निर्देशक रहेका छन्। चलचित्रमा द्वन्द उन्छोन चेम्जोङ, नृत्य गोविन्द राई, विवेक थापा, दिनेश लिम्बू र नरमान राईको रहेको छ। त्यसैगरी, क्यामेरा कुमार बखती, संगीत दिनेश सुब्बा, महेश खडका, कुल्वा सुब्बा र अबोध पन्दाकको रहेको छ।
‘बिर्स नभनिदेऊ’मा सुप्रसिद्ध गायक राजेश पायल राईको साथमा कुशल लिम्बू, सञ्जय तुम्रोक, विनोद राई, मिलन अमात्य, प्रेम चोङवाङ, सरला राई र रिना राईको स्वर रहेको छ। यस चलचित्रको शीर्ष गीत भने ‘टिष्टा या काँगडा नेपाल भनिदेऊ, नेपाल र नेपालीलाई बिर्स नभनिदेऊ’ रहेको छ।
चलचित्रको प्रमुख निर्मातामा आकृति लिम्बूका साथमा कार्यकारी निर्माताका रुपमा रहेका प्रेम चोङवाङ, मच्छिन्द्र चोङवाङ र गीता खम्बूको लगानी रहेको छ। यसअघि चलचित्रमा कुनै साईनो र सरोकार नै नराखेका यी लगानीकर्ताहरु धरानका चिनिएका व्यवसायी हुन्। उनीहरुले चलचित्रप्रति लगानी गर्न थाल्नु नेपाली चलचित्र उद्योगका लागि अत्यन्तै सकारात्मक पक्ष रहेको छ।
स्थानीय तहबाट चलचित्रक्षेत्रमा लगानी पाउनु नेपाली चलचित्र व्यवसायीकता तर्फउन्मूख भएको प्रमाण पनि हो। अर्को तर्फ विगत २०४४ सालदेखि चलचित्रको क्षेत्रमा रहेर अढाई दर्जन साना ठूला चलचित्र निर्माणको अनुभव संगालेर पनि सफलताको पगरी गुथ्न नपाएका निर्देश किशोर सुब्बाले निर शाह जस्ता अब्बल दर्जाका निर्देशक, निर्माता र कलाकार रहेका बहुआयामिक पात्रको साथ पाउदा मात्रै पनि ‘बिर्स नभनिदेऊ’ चलचित्र सफलताको नजिक पुगेको विश्लेषकहरु बताउछन्।
‘बिर्स नभनिदेऊ’को सफलताले विगत २४ वर्षदेखि सफलताको पदावली नपाएका निर्देशक सुब्बाले पनि अब भने नेपाली चलचित्र उद्योगले नै नबिर्सिने इतिहास लेख्ने पक्का भएको छ।
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
चर्चित गायक राजेशपायल राईको समधुर स्वरले उदयपुरको चौदण्डी गाविसमा आयोजित चौदण्डी महोत्सव गुञ्जयमान भएको छ।
कार्यक्रममा आयोजकले एक दर्जन कलाकारलाई निमन्त्रण गरेको भएपनि कार्यक्रको आकर्षक ब्यक्तित्व राजेशपायलको स्वर सुन्न पूर्वी नेपालका खोटाङ, भोजपुर, उदयपुर, सुनसरी, सप्तरी, सिराहा, मोरङ लगायतका स्थानबाट दर्शकहरुको घुइंचो लागेको थियो।
हेल्लो दर्शन नमस्ते उदयपुर हृयाप्पी न्यू इयर २०१२ भन्दै मञ्चमा देखा परेका राजेशपायललाई देख्ने वित्तिकै दर्शकले ताली बजाएर स्वागत गरे। दर्शकको तालीमा मख्ख परेका राजेशले तिम्रो मुस्कान बोलको गीतबाट गाउन सुरु गरेर चौदण्डी बासीलाई कम्मर मर्काइ नाच्न बाध्य पारे।
राजेशले माथि माथि लेकबाट…,बैगुनी रैछेउ…,मोहोनी लाग्ला है…, तीन तारा तिनतिर…,नौ जाले मायाले…,शिरै फुल्यो शिर बन्दी…, विचार चोगे…,दर्शन नमस्ते…, बल्ल भेट भो आदङबे…,माथि माथि लेकवाट…,सागर सरी…, राई इज किङ लगायतका दर्जन बढि गित प्रस्तुत गरेर दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेका थिए।
यस अवसरमा गायक राजेशपायलले चौदण्डि गडिका पूर्व राजा कर्ण सेनको दरवारको अबलोकन समेत गरेका थिए। चौडण्डी महोत्सवमा गीत गाउन आएका गायक राजेपायललाई आयोजकले प्रस्तुति कार्यक्रमको अन्तिममा राखिदिए पछि रिसले चुर भएका उनले कार्यक्रम स्थल नजिकै रहेको उदयपुर गडिका राजा कर्ण सेनको भत्ताभुङगे दरवार प्रबेश गरेर दरवारको अबलोकन गरेका हुन्। उनले उक्त दरवारमा तस्विर पनि खिचाए।
दरवारवाट उनले खोटाङ, भोजपुर, सप्तरी सिराहा,सुनसरी, धनकुटा जिल्लाहरुका रमणिय स्थलहरुको पनि अबलोकन गरे। आयोजक संग रिसले चुर भएका राजेशले दरवारबाट आफनो गृह जिल्लाका विभिन्न बजारहरुको दृष्यले उनको रिस थामिएको थियो।
कार्यक्रममा पार्वती राई, कला राई, मणिराज तामाङ, राजन वमथिरज राई, सुमन राई, पविता राई, अरुण रेग्मी बसन्त घर्तिमगर लगायतले गीत गाएर दर्शकलाइ थप मनोरञ्जन दिएका थिए भने नारद खतिवडाको कमेडी प्रस्तुतिले दर्शकलाई पेट मिचि हसाएका थिए।
ऐतिहासिक स्थल चौदण्डि गडि जाऔं, साँस्कृतिक र प्राकृतिक सौन्दर्यतामा रमाऔं भन्ने मुल नाराका साथ विहीवारदेखि सुरु भएको चौदण्डि महोसवमा दर्शकहरुको भने उल्लेखनिय उपस्थिती रहेको थियो।
महोत्सवमा बाहिरी जिल्लाहरु खोटाङ, भोजपुर, धनकुटा, सुनसरी, मोरङ, सप्तरी, सिराहा लगायतका जिल्लावाट सर्बसाधारणहरु मनोरञ्जनका लागि आएका थिए।
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, १३ पुष । ‘पुरानो हुँदैन माया जुनीजुनी लाएपनि, विर्सिदैन मायाले माया चोटैचोट खाएपनि’ जस्ता कर्णप्रिय गीतकी सर्जक निलम आङवुहाङ राई स्रोताको यही अटुट माया नटुटाउन फेरि आएकी छिन् ‘जुनीजुनी २’ लिएर।
एउटा एल्वममा समेटिने केही गीतले मात्रै उनका अर्न्तमनका सवै तरङ्गहरु तरङ्गित हुन नसक्ने भएपछि बाँकी गीतहरुलाई पुस्तकाकार दिएकी छिन् ‘अर्न्तमनका तरङ्गहरु’ शीर्षमा। उनका यिनै दुइ कृति बुधवार सार्वजनिक भएका छन्।
काठमाडौंमा एक समारोहवीच वरिष्ठ गीतकार रत्न शमशेर थापाले एल्वम् र गीतकार डा. कृष्णहरी वरालले गीति संग्रहको लोकार्पण गरेका छन्।
गीति एल्वम्मा ‘जीवन साथी’, ‘बहिजाने हावा’, ‘भैगो मैले’ ‘सातै सागर’,मेरो मुटुको’, ‘उडी आयो भवरा’, ‘सुन्दर कोमल’ गरी सात गीत संगृहित एल्बममा दिपक लिम्बू, सञ्जिवनी र रजिना रिमालले स्वर भरेका छन्। संगीत सुरेश अधिकारीको छ। लेखराज राईले प्रस्तुत गरेको एल्बमको बजार व्यवस्थापन भाइब्स क्रियसनले गरेको छ। पुस्तकमा ८५ वटा गीत समेटिएका छन्।
उनी वि.सं २०५५ सालमा पहिलोपटक ‘इलामे चेलीका रचनाहरु’ संयुक्त गीतिसंग्रहमा आफ्ना गीतहरु मिसाएर गीतकार रुपमा नेपाली साहित्यको आकाशमा देखिएकी थिइन्। त्यसैगरी, ०५७ सालमा आफूजस्तै प्रतिभा भएका तर सार्वजनिक गर्न नसक्नेहरुका लागि ‘मेची किनार साहित्यिक त्रैमासिक’ प्रकाशन गरेकी थिइन्। ०६२ सालमा पहिलो एल्वम् ‘जुनीजुनी’ बजारमा ल्याईन्। जुन एल्वम् निकै सफल भएको थियो।
मालिङ्गोमा मिलन
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, २८ डिसेम्बर । ‘मिलन’ एल्वम्मार्फत नेपाली सांगीतिक क्षेत्रमा देखापरेकी गायिका मिलन अमात्य काठमाडौंमा पहिलोपल्ट एकल गायनमा प्रस्तुत हुने भएकी छिन्।
नेपाली सांगीतिक क्षेत्रका चर्चित गायकगायिकालाई प्रस्तुत गर्दै आएको मालिङ्गो रेष्टुरेन्टले न्यू इयर-२०१२को पूर्वसन्ध्यामा गायिका मिलनलाई प्रस्तुत गर्न लागेको हो।
‘न्यू इअर इभ२०१२ विथ मिलन अमात्य’ नाम दिइएको उक्त कार्यक्रममा मिलनले आफ्नो एल्वममा समेटिएका गीतसँगै चारवटा तारादेवीका गीत पनि गाउने वताएकी छिन्।
तारादेवी आफ्नो प्रिय गायिका भएकाले उनका गीतहरु गाउने उनले वताईन्। तारादेवीका चर्चित गीतहरु ‘उकाली ओरालीहरुमा’, ‘फूलैफूलको मौसम’, ‘कालीपारी’ र ‘फूलको थुङ्गा’गाउनेछिन्। ‘पहिलोपल्ट काठमाडौंमा एकल गायनमा प्रस्तुत हुने भएकाले उत्साहित छु ‘-उनले भनिन्।
मिलनको साँगीतिक ‘मिलन’ सार्वजनिक
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, १३ डिसेम्बर । गायिका मिलन अमात्यको एकल गीति संग्रह ‘मिलन’ लोकार्पण भएको छ। ‘मिलन’को सोमवार वरिष्ठ गायक प्रेमध्वज प्रधान र नायिका करिश्मा मानन्धरले एक समारोहवीच लोकार्पण गर्नुभएको हो।
एल्वमको लोकार्पणअघि गायिका मिलनले ६ वटा गीत लाईभ म्यूजिकमा गाएकी थिईन्। उनलै आफ्नौ एल्वम् मिलनका चारवटा गीतहरु ‘जहिलेसम्म…’, ‘रिमझिम’, ‘आफन्त’, ‘जसलाई’ त्यसैगरी तारादेवीले गाउनुभएका ‘उकालीओरालीहरुमा… ‘र ‘फूलैफूलको मौसम… ‘ गाएकी थिईन्।
संगीतकर्मी, कलाकार, पत्रकारहरुको वाक्लो उपस्थिति रहेको समारोहमा मिलनको ‘जहिलेसम्म..’ गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको थियो । ट्राफिक सचेतना समेत समेटिएको भिडियो महानगरीय ट्राफिक प्रमुख डिआईजी गणेश राईले प्रोजेक्टरको प्ले वटन थिचेर सार्वजनिक गर्नुभएको थियो। भिडियोमा नरेश, भट्टराई, सतिश तण्डुकार, विवेक सिंह र नन्दिता केसीले अभिनय गरेका छन्। भिडियोको निर्दैशन सुरज श्रेष्ठले गरेका हुन्।
सातवटा गीत संग्रहित एल्वम्मा अनिल स्थापित, विजय कट्टेल, सुशील सापकोटा र विवि अनुरागीका शब्द तथा विवि अनुरागी, विजय कट्टेल र कल्याण सिंहले संगीत गरेका छन्। नेटनसा डटकमको प्रस्तुति तथा सिल्भर इन्टरटेइन्मेन्टको संयोजन रहेको उक्त एल्वम्को वजार व्यवस्थापन विकल्प क्रियसनले गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि गायक प्रधानले नेपाली गायन क्षेत्रमा एउटा सुन्दर आवाजको प्रवेश भएको भन्दै मिलनको गायकीको प्रशंसा गर्नुभयो। उहाँले भन्नुभयो ‘गायिका तारादेवीको गीत गाउन थोरैले आँट गर्छन्, ति मध्यै धेरे कमले मात्र न्याय गर्न सक्छन्। तर, मिलनको स्वर सुन्दा तारादेवीलाई सम्झन बाध्य भएँ।’
त्यसैगरी, नायिका मानन्धरले नेपाली फिल्ममा सुन्दर र रोमान्टिक स्वर भएको महिला गायिकाको खाँचो भएका वेला मिलनको आगमन स्वागतयोग्य भएको वताउनुभयो। उहाँले भन्नुभयो ‘ पछिल्लो समय नेपाली फिल्मको पार्श्व गायनमा रोमान्टिक स्वर भएकी गायिकाको प्रवेश अपरिहार्य थियो, मिलनवाट त्यो आशा पूरा हुने विश्वास छ।’
मिलन विगत दश वर्षदेखि गायन पेशामा सक्रिय रहेपनि नेपालमा उनले पहिलो एल्वम् सार्वजनिक गरेकी हुन्। नेपाली भाषा, सँस्कृति र मन भएको परिवारमा आसाममा जन्मेकी उनी आसामकी चर्चित गायिका हुन्। शास्त्रिय संगीतका गुरु श्री सुवासदास (कोलकाता)बाट शास्त्रिय संगीतमा विशारतसम्म गरेकी उनले अहिलेसम्म नेपाली भाषाका ‘कान्छी, मेरो मन, आशा, तृष्णा, वाडुली र मायाको इन्द्रेणी गरी १० एलवममा, त्यस्तै, आसामी भाषामा ‘खुनमोनी, आको अनुपमा, कुँवली, रंगढली र गामुसा, मिलनर रिङ त्यसैगरी राजस्थानीमा घुमर, रुमाझुमा, चुँडीदारगजरो र देवर महारोरे’ लगायतका ४० एल्वममा स्वर दिएकी छिन्। यसैगरी, भजनहरु ‘लगन श्यामसंग लागि, घुमे घोडलियो, पर्चा वावेरो, वुलावे वावो आजारे’ लगायत गाएकी छिन्। सवैगरी जम्मा ३०० वटा गीतमा स्वर भरिसकेकी मिलनले भारतको कोलाकता, दिल्ली, मुम्बई चेन्नाई, जयपुर, नागपुर, सिलिगुरी, गान्टोक, दार्जिलिङ र सवै उत्तर प्रदेशका मुख्य शहरमा आफ्नो प्रतिभा प्रस्तुत गरेकी छिन् भने नेपालका प्रमुख शहरहरु काठमाण्डु, विराटनगर,धरान, पोखरा र वीरगञ्जमा समेत गायनकला प्रस्तुत गरिसकेकी छिन्।
उनले सन् २००३ मा अलइन्डिया म्यूजिकल कम्पिटिसनमा फष्ट रनरअपको उपाधि प्राप्त गरेकी थिइन्। आसामी र राजस्थानी लोकसंगीतमा आधारित उक्त प्रतियोगितामा प्रसिद्ध वलिउड संगीत मेस्ट्रो स्व.नौसाद अली र प्रसिद्ध गजल गायक पिनाज मसानी, शास्त्रिय गायक सुसिला रानी पटेल र लोक गायक वद्री भियास निर्णायक थिए।
जुनसुकै अरु भाषाका गीत गाएपनि नेपाली गीत गाउँदा जत्तिको अन्य गीत गाउँदा आनन्दको महशुस अन्यमा हुन नसकेको गायिका मिलन वताउँछिन्। नेपाली संगीत र स्रोताको मायाले तानेर सदाका लागि नेपाल आएको मिलन वताउँछिन्।
—————————————————————————–
मिलन लिएर आउँदै मिलन
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, ६ डिसेम्बर । भौगोलिक सिमाले भारत भएपनि नेपाली मन र संस्कृति भएका थुप्रै नेपालीहरु सिमापारी छन्। आफ्नो संस्कृति र नेपालीपन दर्शाउन विशेष गरी कला क्षेत्रमा धेरै आउने गरेका छन्। यही क्रममा अर्को नाम थपिने भएको छ, मिलन अमात्य।
छिमेकी मुलुक भारतको आसाममा रहेर गायनमा सक्रिय मिलन अमात्य नेपाली गीतहरूको संग्रह ‘मिलन’ मार्फत आजीवन नेपाली गायन क्षेत्रमा प्रवेश गर्न लागेकी छिन्। मंसिरको अन्तिम सातादेखि बजारमा आउने एल्बमको शीर्ष गीतको म्युजिक भिडियो सुरज श्रेष्ठको निर्दैशनमा निर्माण भइसकेको छ।
सातवटा गीत संगृहीत एल्बममा कल्याण सिंह, बिबी अनुरागी र विजय कट्टेलको संगीत र सुशील सापकोटा, अनिल स्थापित, सुमन श्रापित र विजय कट्टेलका शब्द रहेका छन्। म्युजिक भिडियोमा नन्दिता केसी, नरेश भट्टराई र विवेक सिंहले अभिनय गरेका छन्।
मिलनले आसाममै रहँदा नेपाली, राजस्थानी, आसामी, हिन्दी, मैथिली र भोजपुरी भाषाका तीन सय गीतमा स्वर दिएकी छिन्। गायनवाटै उनले पद्मो भूषण र गजल गायन प्रतियोगितामा उनले पुरस्कार जितेकी थिइन्।
अबको गायन यात्रा नेपालमै रहेर अगाडि बढाउने सोचका साथ नेपाल आएकी उनी यही मंसिर २६ गते पहिलो एकल एल्वम विमोचन तथा परिचयात्मक कार्यक्रम गर्दैछिन्। भर्सटायल गीत गाउन सक्ने मिलनलाई विशेष गरी नेपाली फिल्मका गीतमा स्वर भर्ने रहर छ। विकल्प क्रियसनले वजारमा ल्याउने एल्वम् नेटनसा डटकमले प्रस्तुत गरेको हो।
दिननाथ बराल / एचकेनेपाल डट कम-
पोखरा, २८ मंसिर । चर्चित गायक शिव परियारले देउडादेखि गजलसम्मका सांगितिक प्रस्तुतीले बुधबार नयाँबजार स्थित प्रदर्शनी केन्द्रको माहोल नै तातियो।
राष्ट्रिय औद्योगिक ब्यापार मेलाको सातौ दिन बुधबार शिव परियारको बिभिन्न गितहरुको प्रस्तुतीले कार्यक्रममा सहभागी युवा युवतीहरु उनीको साथमा गीत गाउदै नाच्न ब्यस्त रहदा करीब दुइ घण्टासम्म चिसो मौसमको समयमा पनि माहोल भने निकै तातिएको थियो।
शिव परियारले संगी डुब्दै छु तिम्रो यादमा…, भन्ने बोलको गीतबाट सांगितिक प्रस्तुतीको सुरुवात गरेका उनले
खुलम खुल्ला पछ्यौरी…, कहाँ थियो तिमी रंगमञ्च…, फेवातालमा साईली…, क्या दामी भो…., अलिकति नजर तिम्रो…, धेरै चोटी मरे मत….., सम्जी गया पुराना दिन…, भन्ने गीतहरु प्रस्तुत गरे।
चिसो मौसमको बाबजुत पनि सहभागी दर्शकहरुले परियारलाई साथ दिदै उनको साथमा गीत गाउदै नाच्न समेत ब्यस्त रहेका थिए।
त्यसै गरी, जोनिसा पौडेल, जय चापागाई, रोम तामाङ, नरजंग गुरुङ, शान्ति गुरुङले कार्यक्रममा आ-आफ्नो प्रस्तुतीहरु राखेका थिए।
सुदर्शन रन्जित / एचकेनेपाल डट कम-
पोखरा, २८ मंसिर । नेवाः खल कास्कीको आयोजनामा आगामी पौष २३ गते पोखरामा हुने मिस नेवाः पोखराका सहभागीहरुलाई आईतबारदेखि प्रशिक्षण दिन शुरु गरिएको छ।
तालिमको पहिलो दिन आईतबार वरिष्ठ सञ्चारकर्मी, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर दीपेन्द्र श्रेष्ठले व्यक्तित्व विकास तथा सकारात्मक सोच विषयमा सहजीकरण गराउनुभयो। सहभागीहरुले प्रशिक्षणमा सिकेका कुराहरुलाई जीवनमा लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै सकारात्मक सोचका साथ अघि बढे जीवनमा हरेक कुरा सम्भव रहने बताए।
गत बर्षदेखि गर्दै आएको मिस नेवाः पोखरामा सहभागी २२ जना अन्तिम प्रतिष्पर्धीलाई शनिबार योमरी पुनी बारे जानकारी गराउनुका साथै बनाउने तरिका सिकाईएको प्रतियोगिता मूल संयोजक निरञ्जन श्रेष्ठले जानकारी दिनुभयो। प्रतियोगीहरुलाई २५ दिनसम्म बिभिन्न तालिम दिइने उहाँले जानकारी दिनुभयो।
नेवारी यूवतीहरुलाई जातिय संस्कृति र परम्परा बारे जानकारी गराई नेवार समुदायलाई समेत गोलबद्ध र एकताबद्ध गर्ने कार्यक्रमको उद्धेश्य रहेको प्रतियोगिता संयोजक श्रेष्ठले वताउनुभयो।
बिभिन्न प्रायोजकमार्फत सहयोग खोजेर आयोजना गरिने कार्यक्रमबाट संकलित रकम नेवाः खलःको सांस्कृतिक क्रियाकलाप एवं भौतिक संरचना निर्माणका लागि खर्चिने जनाईएको छ। मिस नेवाःका बिजेता एवं उप बिजेतालाई नगदसहित बिभिन्न पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ।
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
भरौल, सुनसरी । छिपिदै गएको साँझसंगै दिनभरकाको काम सकेर सुनसरीका भरौलस्थित कालाबन्जरको खेलमैदानमा संगीत पारखीहरुको भिड एकाएक बढ्न थाल्यो।
छिपिदै गएको साँझसंगै वढ्दै भएको चिसोको पर्वाह नगरी बालकदेखि वृद्धसम्मको भिडले पुरै देलमैदान भरिभराउ भइसकको थियो। सबैले एकै स्वरमा कराइरहेका थिए राई इज किङ राई इज किङ संगै दर्शन नमस्तेका आवज पनि गुञ्जयमान कइरहको थियो।
साँझ ६ वजेदेखि खेलमैदानमा जम्मा भएका दर्शकको चाहना तब पुरा भयो रातको ९ वजे जव उद्घोषक टुपी सन्तोषले। राई इज किङ अर्थात राजेश पायल राईको नाम उद्घोष तव दर्शन नमस्तेको अवाज पुरै गुञ्ययमान बन्यो, साथै राजेश पायल राईलाई वधाईको ओहिरो नै लागेका थियो।
मंसिर महिनाको जाडोले आछु आछु गर्दै चउरमा बसेका दर्शकहरु सिरेटो र आकासबाट झरेको सितका थोपाले भिजिसकेका दर्शकको चाहाना पुरा गर्न दर्शन नमस्ते भन्दै स्टेजमा देखा परे। मंसर महिनाको पहिलो कर्न्सट मंसिर बिबाहको मौसम भन्ननपाउदै आइ लब यु को स्वर गुञ्यनमान भईसकेको थियो।
सर्वोत्कृष्ट गायकको अवार्ड जितेका भोलिपल्टै पहिलो पटक सुनसरीको भरौलमा आएका पायल ७ हजार बढि दर्शकको बाक्लो उपस्थितीले मख्खै देखिन्थे। माथि माथि लेकबाट…. बोलको गीतवाट गाउन सुरु गर्ना साथ दर्शकहरु उफ्री उफ्री नाच्न थालेका थिए। राजेशले मोहनी लाग्ला है…, तीन तारा तीन तिर…, नौ जाले मायाले…, शिरै फुल्यो शिर बन्दी…, विचार चोगे…, दर्शन नमस्ते…, सागर सरी…, राई इज किङ लगायतका दर्जन बढि गीत प्रस्तुत गरेका थिए।
दर्जन वढि गीत प्रस्तुत गरेका राजेशले रातको १२ वजेपछि स्टेजवाट निस्कन लाग्दा वान्स मोरको वर्षा हुन थालेपछि पुनः मोहनी लाग्ला है, राई इज किङ र दर्शन नमस्ते वोलका गीत प्रतुत गरेका थिए। राजेपायलले गाउन थालेपछि दर्शकको भिढ नियन्त्रण गर्न अयोजक ससस्त्र प्रहरी, नेपाल प्रहरीलाई हम्मे हम्मे परेको थियो।
सयपत्री क्लब भरौलको आयोजनामा आयोजित सयपत्री समधुर सांगीतिक साँझमा उपस्थित दर्शकको उल्लेखनिय उपस्थिति देखेर पहिलो पटक आएका राजेशले खुसि व्यक्त गरे। दिउंसो ३ बजेबाट सुरु गर्ने भनिएपनि रातको ८ बजे मात्र कार्यक्रम सुरु भएको थियो। साँझमा गायक किशोर थुलुङले पहिलो भेट… र खोकु छिन्ताङ दुःख्यो कि अरुण सुसाउदा बोलको गीत गाएर दर्शकलाइ थप मनोरञ्जन गराए। धरान डान्स एकेडेमी तथा आयोजकका सयपत्रीका कालाकारले आकर्षक नृत्य प्रस्तुत गरेका थिए भने गायक डम्बर हिङमाङले तीनवटा गीत प्रस्तुत गरेका थिए।
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, १० मंसिर । नेपाल टेलिभिजनबाट सञ्चालित डान्स रियालिटी शो छमछमी भाग २ को टप ८ मा पुग्न सफल पोखरेली चेली ऋतु गुरुङलाई छमछमी स्टार बनाउन तमु साँस्कृतिक परिवार कतारले शनिवार एक कार्यक्रमका विच रकम हस्तान्तरण गरेको छ।
फिर्के तमु समाज भवनमा तमु साँस्कृतिक परिवार कतारले पठाएको सहयोग रकम कार्यक्रमका प्रमुख अतिथि सँस्कृतिकर्मी लोकबहादुर तमुले ऋतु गुरुङ सहयोगार्थ समितिका कोषाध्यक्ष ऋतुकी आमा कृष्णकुमारी तमुलाई दश हजार आठ सय साठी रुपैया हस्तान्तरण गर्नुभएको हो।
तमु बौद्ध सेवा समिति कतारको भातृसंस्थाको रुपमा कतारमा क्रियाशील तमु साँस्कृतिक परिवारले केही समय अगाडि कतारमा सम्पन्न गरेको गैरआवासीय नेपाली तारा प्रतियोगिताबाट बचत रकम मध्ये ऋतुलाई उक्त रकम सहयोग गरेको साँस्कृतिक परिवारका सचिव राजित तमुले कार्यक्रममा जानकारी दिनुभयो।
कार्यक्रमका प्रमुख अतिथि सँस्कृतिकर्मी लोकबहादुर तमुले ऋतुलाई छमछमी स्टार बनाउन पोखरेलीको साथ रहने विश्वास व्यक्त गर्नुहुदै आफ्नो अभियान फिल्म प्रोडक्शनबाट निर्मित चलचित्रमा ऋतुलाई अवसर प्रदान गर्न चाहेको बताउनु भयो।
फिर्के तमु समाजका अध्यक्ष क्याप्टेन डम्बरबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, चलचित्रकर्मी बेदबहादुर तमु, तमु साँस्कृतिक परिवारका सचिव राजित तमु, ऋतु गुरुङ सहयोगार्थ समितिका सचिव मनकुमार श्रेष्ठलगायतले पोखरेली चेली ऋतुलाई छमछमी स्टार बनाउन आयोजित मंसिर १७ गतेको ऋतु गुरुङ विविध साँस्कृतिक कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सबै पोखरेलीलाई आग्रह गर्नुभयो।
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, धराने सांगीतिक क्षेत्रमा एक दशक अगाडि पप संगीतमा जमेका गायक सञ्जीव लामा लामो समयको अन्तरालपछि पुन नयाँ एल्वमका साथ बजारमा आउने भएका छन्।
२०५० सालदेखिको सांगीतिक क्षेत्रमा लागेका लामाले २०५४ सालमा धरानका केही साथीसँग मिलेर मिक्स मेलोडी नामक व्याण्ड खोलेका थिए। तत्कालिन समय धरान मात्र नभई राष्ट्रिय स्तरमै राम्रो चर्चा कमाएका लामा वैदेशिक रोजगारको शिलशिलामा ५ बर्षअगाडि हङकङ पुगेका थिए।
हाल पनि हङकङमै रहेका लामा हङकङबाट विदामा आएको मौका छोपी अहिले नयाँ एल्वमको तयारीमा जुटेका छन्। ५ वर्षअगाडि हङकङ पुगेका लामा एक महिने छुट्टीमा धरान आएको मौका छोपी एफजेट नामक एल्वम लागि गीत रेकर्ड गर्न तथा म्यूजिक भिडियो निर्माणमा व्यस्त छन्। आठ वटा गीत रहने एल्वमका ६ वटा गीत रेकर्ड गरिसकेको तथा २ वटा रेकर्ड गर्न बाँकी रहेको लामाले जानकारी दिए।
साची राख बोलको गीतको म्यूजिक भिडियोको सुटिङको क्रममा धरान-८ स्थित बौद्ध दाह संस्कार स्थल भेटिएका उनले पौष अन्तिम सम्ममा एल्वम बजार आउने जानकारी दिए। सो गीतको छायाङकन धरान तथा आसपासमा गरिने अन्य गीतहरुको म्यूजिक भिडियो भने काडमाडौंमा गर्ने लामाले बताए।
धरानमा छायाङकन भइरहेको गीतको छायाङकन भने रविन राईले गरिरहेका छन् भने लामालाई विकास लिम्बू, हेम सुब्बा, मणि लिम्बू लगायतले साथ दिएका छन्। लामाका यसअघि सिनोरिटा, रानी बनैमा लगायतका एल्वम बजारमा आइसकेका छन् भने सम्झनाहरु अंगाल्दै र रानी वनैमा तत्कालिन समयमा चर्चित गीतहरु हुन्।
उनको बजारमा आउने तयारी एल्वम दिपेन राई, जुप्पी हाङ लिम्बू लगायतको शब्द तथा संगीत रहेको छ। लामा नेपाली संगीत अझ व्यवसायी हुन नसकेको तथा बजारसमेत राम्रो नभएकोले आफू विदेशएको वताए। तर उनले विदेशमा रहदा पनि नेपाली संगीतलाई भने माया नमारेको दावी गरे। उनले हङकङमा हुने सांगीतिक कार्यक्रममा बेला बखत आफ्नो उपस्थित भइरहेको वताए। दुइ सातामा एल्वमको काम सकेर पुनः हङकङ फर्कदै छन्।
हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, ८ मंसिर । तमु विद्यार्थी समिति नेपालद्धारा आयोजित तमु धिं नेपाल मिस तमु २०११ को उपाधि दीपज्योति तमु समाज शान्तिदीपकी २१ वर्षीया कल्पना तमुले चुमिन्।
मिस तमु २०११ घोषित कल्पनालाई तमु धिं नेपालका अध्यक्ष कर्म तमुले ताज पहिराइ दिएकी थिइन्। बेष्ट स्माइलको टाइटलसहित मिस तमु बनेकी कल्पना तमुले विन्देश्वरी फर्निचर प्रालिबाट प्रायोजित एक लाख रुपैया र एक वर्षका लागि ब्राण्ड एम्बेष्डर, गुरुङ ब्युटि पार्लरले छ महिने स्पेशल ब्युटि कोर्ष आमी फ्लाइङ एयर होस्टेज तालिम, हिमालयन कम्प्युटरबाट प्रिन्टरसहित आकर्षक गिफ्ट हृयाम्पर समेत प्राप्त गरिन्।
सिमलचौरस्थित ला ग्राण्डी कलेजमा स्नातक तहको पब्लिक हेल्थ विषयमा प्रथम वर्षमा अध्ययनरत कल्पनाले निर्णायकहरुले सोधिएको तमु जातिको मौलिक भाषा, कला, सँस्कृति संरक्षण गर्न के गर्नुपर्ला भन्ने प्रश्नमा तमुहरुको भाषा, कला र सँस्कृति विना तमुहरुको कुनै अस्तित्व नै रहदैन, यी सम्पदाको संरक्षणका लागि तमुको एकता, भाषा प्रवर्द्धनका लागि तमु भाषाकक्षा सञ्चाल गर्नुपर्ने र कला सँस्कृतिको प्रचारप्रसारका लागि चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ र म को भावना हटाइ हामीको भावना बोकेमा तमु भाषा, कला र सँस्कृतिको संरक्षण हुने उत्तर दिदै अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै मिस तमुको उपाधि चुम्न सफल भएकी हुन्।
मिस तमु २०११ को फष्ट रनर अप स्यांग्जा दरौकी अनुजा तमु सोंपाल तमु समाजबाट प्रतिनिधीत्व गरेकी प्रतिस्पर्धी हुन्। २२ वर्षीया अनुजाले जनप्रिय बहुमुखी क्याम्पसबाट विए तेश्रो वर्षको परीक्षा दिएकी छिन्। उनले मिस तमु २०११ को फष्ट रनर अप बन्दै फेवा फाइनान्सबाट प्रायोजित २५ हजार नगद, गुरुङ ब्युटि पार्लरबाट ब्युटिसियन सम्बन्धी तीन महिने कोर्ष हिमालयन कम्प्युटरबाट प्रिन्टरसहित विभिन्न आकर्षक गिफ्ट हृयाम्पर प्राप्त गरिन्।
यसैगरी, मिस फोटोजेनिक सहित सेकेण्ड रनर अप बनेकी दुधपोखरी तमु समाजकी शुष्मा तमुले हिमश्री फुड्सबाट प्रायोजित २० हजार नगद गुरुङ ब्युटि पार्लरबाट ब्युटिसियन सम्बन्धी एक महिने कोर्ष हिमालयन कम्प्युटरबाट प्रिन्टरसहित विभिन्न आकर्षक गिफ्ट हृयाम्पर प्राप्त गरिन्। २० वर्षीया शुष्मा जनप्रिय बहुमुखी क्याम्पसमा विएस्सी माइक्रो बायोलोजी पहिलो वर्षमा अध्ययनरत छिन्र।
यसैगरी, रेडियो अन्नुपर्ण समाचार बाचिका बिना तमुले मष्ट ट्यालेण्ट, लक्ष्मी तमु भ्युअर च्वाइस, बेष्ट पर्सनालिटीमा आशामाया तमु, बेष्ट ड्रेस कासी तमु, क्याटवाकमा अनु तमु, बेष्ट ल्यांग्वेजमा पुनम तमु, मष्ट कन्फिडेन्समा सञ्जु तमु, बेष्ट डान्स असिन तमु, बेष्ट स्किन प्रीना तमु, मष्ट डिसीपिलीनमा क्यामी तमु, बेष्ट हेयर क्रिष्टिन तमु र नविना तमुले मष्ट फ्रेण्डलीको उपाधि सहित आकर्षक पुरस्कार प्राप्त गरे।
मिस तमुको फाइनल प्रतिस्पर्धाको निर्णायकहरुमा अनिज कास्कीका अध्यक्ष हुमबहादुर तमु, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा.सुनिता तमु, मिस नेपाल १९९७ निलीमा तमु, सौन्दर्यविद चिनु तमु र नायिका तथा कोरियाग्राफर जसु तमु निर्णायक थिए।
कार्यक्रममा प्राचीन नेपाल, मिस तमुका प्रतियोगीहरु र तमु विद्यार्थी समितिका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए। राति अवेरसम्म पनि दर्शक मिस तमु २०११ को बन्ला भनेर प्रतिक्षा गरेर बसेका थिए।
यस अघि, कार्यक्रमको ११ जना प्रमुख अतिथिहरु तमु धिं नेपालका अध्यक्ष कर्म तमु, विन्देश्वरी प्लाजाको निर्देशक लक्ष्मण तमु, शिक्षाविद गणेशबहादुर तमु, एसपी यादवराज खनाल, पोखरा नगर विकास समितिका अध्यक्ष जितबहादुर तमु, रेडियो अन्नपुर्णका प्रवन्ध निर्देशक सुनयना पालिखे, साग्रीला बैंकका सिइओ हरिप्रसाद तमु, एनएमवि बैंकका मेनेजर रबी तमु, फेवा फाइनान्सका दिलबहादुर तमु, हिमालयत कम्प्युटरकी जमुना तमुले कार्यक्रमको दीप प्रज्जलन गरी उद्घाटन गरेका थिए।
तमु विद्यार्थी समितिका अध्यक्ष भरतमान तमुको अध्यक्षता, मोहन घले र बुद्धि तमुको सञ्चालन, डेभिड तमुको स्वागत मन्तव्य व्यक्त गरेका थिए।
मिस तमु २०११ का प्रतियोगीहरुलाई मिसेस नेपाल २०११ रोजिना गुरुङ कोरियोग्राफी र जसु तमुले नृत्य निर्देशन गरेका थिए।
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
दमक, उनका फ्यानहरु अत्यन्त उत्तेजित भएपछि वाध्य भएर प्रहरीहरुले लाठी चार्ज गर्नु पर्यो। हुन पनि धिरज स्टेजमा आईसकेपछि दर्शकहरुलाई नचाएर छाड्छन्।
यसपाली दमकमा लागि रहेको रमाईलो मेलामा उनको एकल कार्यक्रम अत्यन्त सफल भयो। “मलाई पनि आजको एकल कार्यक्रम गर्दा साह्रै मजा लाग्यो। मैले पनि मन खोलेर दर्शकहरुलाई नचाए”- असिन पसिन हुँदै धिरजले भने। धिरज आउने प्रचार प्रसार पहिले देखिनै गरिएको थियो।
उनको कार्यक्रम हेर्न दिउँसो देखिनै धरान, इटहरी र इलामबाट समेत उनका फ्यानहरु आएका थिए। उक्त कार्यक्रममा उनले आफ्ना लोकप्रिय एक दर्जन जति डान्सिङ्ग गीतहरु गाएका थिए। मिस्टेरियस गल, गल फ्रेन्ड, तिमी रुँदा एक्लै हुँदा, तिम्रा नयन, माँया छ है, सेक इट बेबी लगायतका एक दर्जन जति गीतहरुमा दर्शकहरुले उनी संगसंगै गाएर नाँचे। “सोइ ढोले सोइ” गीतमा उनले दर्शकहरुलाई साकेला नृत्य गर्न लगाए।
पूर्वेली लोकलयमा आधारित उनको यस गीतमा दर्शकहरुले गोलो घेरा बनाएर नाँचेका थिए। उनको नयाँ गीत “वान साईडेड लभ” पनि दर्शकहरुले खुब मन पराए। दर्शकहरुको आग्रह छि उनले यो गीत दुइ पटकसम्म गाए। खचाखच भरिएको दर्शकबीच धिरजले डान्स गर्दै र डान्स गर्न आग्रह गर्दै स्रोताहरुलाई नचाए।
“धिरज राईको कनर्सट अत्यन्त मन पर्छ किनकि उनको स्टेज परफरमेन्स अत्यन्त राम्रो छ” दमककी रेनुका राईले भनिन्। हाल पूर्वको टुरमा निस्केका धिरजको केही समय त्यतैतिरको कर्न्सटमा बित्ने कुरा उनले बताए।
धर्मराज अधिकारी /एचकेनेपाल डट कम -
अल्डरसोट, २१ नोभेम्बर । बेलायतमा सम्पन्न मिस युके नेपाल २०११ को उपाधि गोर्खाकी सुन्दरी गौ माया गुरुङले हात पारेकी छिन्।
तस्वीरः मिलन तमु, युके /एचकेनेपाल डट कम
सहभागी १० जना सुन्दरीहरुलाई पछि पार्दै गौमायांले सो उपाधि हात पारेकी हुन्। इभेन्ट्स एण्ड आइडियाज प्रोडक्सनले शनिबार अल्डरसोटस्थित प्रिन्सेस हलमा आयोजना गरेको सुन्दरी प्रतियोगितामा काठमाडौंकी प्रज्ञा श्रेष्ठ फष्ट रन अप भइन्। त्यस्तै, पोखराकी निलम गुरुङले सेकेण्ड रनर अपको उपाधी जितिन।
उपाधिसंगै विजेता र रनर अपद्धयले क्रमश आठ सय, पांच सय र तिन सय पाउण्डसंगै ट्रफी हात पारे। विजेता गौमायां मिस ट्यालेण्ट र मिस पर्सनालीटि पनि हुन्। फष्ट रनर अप प्रज्ञाले मिस क्याटवाकको उपाधि पाइन्। सेकेण्ड रनर अप निलम गुरुङ मिस फोटो जेनिक भइन्। उनीहरुलाई क्रमश मिस युके नेपाल २०१० कि विजेता नविना, फष्ट रनर अप श्रद्धा शिला र सेकेण्ड रनर अप मोनिकाले ताज पहिर्याइदिएका थिए।
प्रतियोगितामा श्रद्धा खवास मिस वेष्ट फिगर र मिस पब्लिक च्वाइसमा परिन्। सहभागी सुन्दरी मध्य पोखराकी आशा गुरुङ, गोर्खाकी विजया गुरुङ, चितवनकी सानु गुरुङ, झापाकी श्रद्धा खवास र बुटवलकी निन्जा भट्ट फाइनलमा पुग्न सकेनन्। गोर्खाकी सुन्दरी गौमाया गुरुङ, बुटवलकी मिना कवार, काठमाडौंकी प्रज्ञा श्रेष्ठ, गोर्खाकी ब्रिषणा गुरुङ र पोखराकी निलम गुरुङ फाइनलमा पुगेका थिए।
फाइनल राउण्डमा पुगेका पांच जना प्रतिष्पर्धीलाई मुख्य निर्णायक विविसी नेपाली सेवाका सुमन खरेलको प्रश्नले मिस युके नेपाल २०११ कि विजेता घोषणा गरेको थियो। नेपाली पर्व दर्शै र तिहार मध्य एक रोज्नुपर्दा कुन रोज्नुहुन्छ भन्ने खरेलको प्रश्नमा गौमायाले पशुबध गर्ने दशैं भन्दा उज्यालो पर्व तिहार मनपर्ने बताएकी थिइन्। खरेलसंगै निर्णायक मण्डलमा रेडिङ नेपाली समाजका अध्यक्ष महेश गुरुङ, पूर्व हङकङ ट्यालेण्ट सुस्मिता गुरुङ, व्यवसायी यादव भण्डारी, सञ्चारकर्मी योगराज राई, डिजाइनर मिनषा डंगोल श्रेष्ठ र समाजसेवी शशी थापा सुब्बा रहेका थिए।
सहभागी सुन्दरीहरुको परिचयात्मक कार्यक्रमपछि लण्डन फेसन हाउसको पहिरनमा उनीहरु स्टेजमा उत्रिएका थिए। साडी, प्रश्नोत्तर, इभिनिङ राउण्ड हुंदै सहभागीहरु फाइनल राउण्डमा पुग्दा ५ जनामा सिमित भए।
लण्डनस्थित नेपाली राजदूत डा. सुररेशचन्द्र चालिसेले उद्घाटन गर्नुभएको कार्यक्रममा एनआरएन युकेका अध्यक्ष कुल आचार्य, निवर्तमान अध्यक्ष सुर्य गुरुङ, पूर्वअध्यक्ष डम्मर घले, तमुधी युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, संस्थापक अध्यक्ष मिन गुरुङ, नेपाली टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक मोहन गुरुङ, क्याटका अध्यक्ष हिमाल गुरुङलगायत बेलायतस्थित नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो।
उपाधि विजेताहरुलाई लण्डनस्थित नेपाली राजदूत डा सुरेशचन्द्र चालिसेले प्रशंसापत्र वितरण गरेका थिए। मिस युके नेपाल इभेन्ट्स एण्ड आइडियाज प्रोडक्सनको दोश्रो प्रश्तुती हो। संस्थाकी प्रमुख शान्ति गुरुङले २०१० मा पहिलो पटक मिस युके नेपाल आयोजना गरेकी थिइन्। समाजसेवी नन्द कुमारी गुरुङको सहयोगमा नारी जागरणका लागि शान्तिले यस्तो कार्यक्रम आयोजना गरेकी हुन्। कार्यक्रम सफल बनाउन लण्डनस्थित नेपाली व्यवसायीहरुले सहयोग गरेका थिए।
कार्यक्रममा नेपालबाट आएका गायक राजेश पायल राइ तथा स्थानीय कलाकारहरुले नेपाली, अंग्रेजी तथा हिन्दी गीतमा नाच गान गर्दै मनोरञ्जन दिएका थिए।
देवी जंग तमु /एचकेनेपाल डट कम -
पोखरा, २८ कार्तिक । मेप्राङ्ग फिल्म प्रोडक्सनको दोश्रो प्रस्तुति गुरुङ भाषा र साँस्कृतिमा आधारित गुरुङ चलचित्र मिग्ली अर्थात आँसुको कथावस्तुको छायाङ्कन कार्य सम्पन्न भएको छ।
गत असोज ७ गते कास्कीको सार्दीखोला गा.वि.स वडा नं ६ मेप्राङ्गमा शुभमूर्हत गरेको यस चलचित्रले करिब १ महिना लगाएर कथावस्तुको छायाङ्कन सम्पन्न गरेको हो।
माघको पहिलो हप्ता प्रदर्शन गरिने मिग्लीको अहिले पृथ्वीचोकस्थित स्टार स्टुडियोमा कथावस्तुको सम्पादन गरीरहेको चलचित्र निर्माता राजु गुरुङले जानकारी दिनुभयो।
चलचित्रको गीतका लागि कास्कीको पर्यटकीय गाउँ सिक्लेस र सिक्लेसका लेकहरुमा छायाङ्कन गर्नका लागि अव चलचित्र युनिट सिक्लेस जाने चलचित्रका निर्माता एवम् नायक राजु गुरुङले जानकारी दिनुभयो।
यसअघि, कथाको प्रतिशत मेप्राङ्ग, मोहरिया र सात तालको वगैचा लेखनाथस्थित भण्डारढिक र पोखराका विभिन्न स्थानहरुमा छायाङ्कन गरिएको थियो भने लाहुरेप्रथा र प्रेमकथालाई आधार बनाई निर्माण गरिएको चलचित्र मिग्लीमा रामबजार निवासी राजु गुरुङ, लेखनाथ सैनिकवस्ती निवासी राजु गुरुङ र तल्लो गगनगौडा लेखनाथ निवासी ओम गुरुङ निर्माता हुनुहुन्छ।
दिपकमान उदासले छायाङ्कन गर्नुभएको चलचित्र मिग्लीमा राजु गुरुङ, विष्णु गुरुङ, जसु गुरुङ, लक्ष्मी गुरुङ, देवी गुरुङ, हिमान्सु गुरुङ सिक्लेस, खुशीमान गुरुङ र वीर माया गुरुङलगायतका कलाकारहरुले अभिनय गरेका छन्।
रोशन गुरुङले लेख्नुभएको चलचित्रका गीतहरुमा गायक धन वहादुर र गायिकाद्वय शान्ती गुरुङ र कुसुम गुरुङले स्वर दिएका छन्। त्यस्तै, चलचित्रमा लबसन गुरुङ र अमन गुरुङले नृत्य निर्देशन गरिरहेका छन्।
चलचित्र मिग्लीले व्यवसायिक रुपमा सफलता हासिल गर्न सके मिग्ली युनिटले अर्को नयाँ चलचित्र बनाउने भएको छ। युनिटले तमु नोर्वै ता अर्थात तमुभित्रको कुरा चलचित्र निर्माण गरिने निर्माता राजु गुरुङले जानकारी दिनुभयो।
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
काठमाडौं, लामो समयदेखि प्रतिक्षा सूचीमा रहेको गायिका मौसमी गुरुङको तेश्रो एल्वम अन्ततः सार्वजनिक गरिएको छ।
लाजिम्पाटस्थित होटल ग्याङगजोङगमा आयोजिक एक औपचारिक कार्यक्रमका बिच मौसमी गुरुङको तेश्रो एकल एल्वम ” वाइवाइ महसुस” विमोचन गरिएको हो। एल्वम “महसुस” वरिष्ठ गायिका कुन्ती मोक्तानले एल्वमको फोटो प्रेम अनावरण गर्दै विमोचन गरिन्। कुन्तीसंगै वरिष्ठ गीतकार राजेन्द्र थापा, पप सम्राट ओमबिक्रम बिष्ट, नायिका करिष्मा मानन्धर, सेलरोटीका प्रमुख कार्यकारी अधिकृत सुमन शाक्य र वाईवाईका बजार प्रमुख लालबाबुले पनि एल्वमको फ्लेक्स अनावरण गर्दै एल्वमको औपचारिक रुपमा विमोचन गरे। तस्वीरः राजीव श्रेष्ठ
२०६० सालमा रेडियो नेपालमा भ्वाइस टेस्ट पास गरेर नेपाली सांगीतिक फाँटमा उत्रिएकी मौसमीको यो तेश्रो एकल एल्वम हो। यसअघि उनले धौलागिरी क्यासेट सेन्टरबाट “अनफर्गेटेबल” र स्काई म्युजिक मार्फत “पल”नामक एल्वम सार्वजनिक गरेकी थिइन्। आज विमोचित ” वाइवाइ महसुस”लाई विकल्प क्रिएशनले बजारमा ल्याएको हो।
एल्वम विमोचन कार्यक्रममा शुभकामना मन्तव्यको कार्यक्रममा बोल्दै विकल्प क्रिएशनका मुनाल शिशिरले कम्पनीले स्थापित गायक गायिका भित्र्याउने चाहना अन्तर्गत मौसमीको एल्वम निकाल्न पाएकोमा प्रशन्नता व्यक्त गरे। - मौसमी जस्तो स्थापित गायिकाको एल्वममा काम गर्न पाउंदा विकल्प गौरव महसुस गरिरहेको छ। - मुनालले भने। त्यसैगरी मौसमीलाई शुभकामना व्यक्त गर्दै डिजिटेनमेन्टका प्रमुख कार्यकारी अधिकृत सुमन शाक्यले मौसमीको एल्वमले सफलता पाउने विश्वास व्यक्त गर्दै उनको एल्वमलाई विश्वका धेरै कुनामा पुर्र्याउने वचनवद्धता व्यक्त गरे। स्मरण रहोस्, एल्वमका सम्पूर्ण गीतको सिआरबिटी डिजिटेनमेन्टले नै उत्पादन गरेको हो।
कार्यक्रममा गीतकार राजेन्द्र थापा, गायिका कुन्ती मोक्तान तथा नायिका करिष्मा मानन्धरले समेत एल्वमको सफलताको कामना व्यक्त गरेका थिए। कार्यक्रममा मिलन चाम्सको निर्देशनमा बनेको “शितल शितल…”गीतको भिडियो समेत देखाइएको थियो।
लोक तमू / एचकेनेपाल डट कम-
बुटवल, २१ कार्तिक । बुटवल सुख्खानगरकी पुष्प तमुले रुपन्देही पहिलो पटक आयोजना गरिएको मिस तमुस्यो रुपन्देही २०११ को ताज पहिरेकी छिन्।
आफ्नो अन्य १३ प्रतिस्पर्धीलाई उछिन्दै उनले ताज पहिरेकी हुन। २० बर्षीया पुष्पले फाइनल राउण्डमा अन्य ६ जनालाई पछि पारिन्। उनलाई कार्यक्रमका मुख्य अतिथि रहेका नेपाल तमू विद्यार्थी छोँज धी का सस्थापक अध्यक्ष भीम तमूले ताज लगाईदिएका थिए। सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययन गर्ने उनी राम्रो खेलाडी बन्ने इच्छा राख्छिन्। नाच्न र काँराते खेल्न मन पराउने उनले आफू कुनै उपाधि जित्नेमा आशाबादी रहे पनि मिस तमुस्यो नै बन्छु भन्ने नलागेको प्रतिकृया दिइन्। मिस तमुस्यो बने पनि आफ्नो रुचि खेलाडी बन्ने रहेको भन्दै उनले अन्तर्राष्ट्रिय खेलाडी बन्ने आफ्नो सपना रहेको पनि बताइन्। हाल एक विद्यालयका डान्स प्रशिक्षक समेत रहेकी उनले यो उपाधिले आफ्नो अनुभव धेरै बढेको भन्दै अव केही गर्नुपर्छ भन्ने लागेको बताइन्।
नेपाल तमु विद्यार्थी छोँज धी र एम्बर व्युटी सैलुन एण्ड एकेडेमीको संयुक्त आयोजनामा भएको यो कार्यक्रम पहिलो पटक आयोजना गरिएको हो। त्यस्तै भलवारी रुपन्देहीका सोनिया तमुले फस्ट रनर अफको उपाधि जितिन्। वैंक म्यानेजर आफ्नो लक्ष्य बताउने उनी एम्स कलेजका विद्यार्थी हुन्।
त्यस्तै लक्ष्मीनगरका एलिसा तमूले दर्शकको माया जित्दै भ्युवर्स च्वाइसको उपाधि पोल्टामा पारिन। कुल खसेको ३५२ भोट मध्ये उनले ७५ भोट ल्याइन। एयर होस्जेट बन्ने सपना बुन्ने उनी हाल प्लस वनका पढ्छिन्। त्यस्तै उत्कृष्ट भाषा र भेषभूषाको उपाधि आशु तमुले जितिन्। रामनगर बुटवलका उनको रुचि सफल पत्रकार बन्ने रहेको बताइन्। वेस्ट ट्यालेन्टको उपाधि गोलपार्ककी वेविना तमुले हात पारिन्। तेक्वाइन्दो खेल्ने उनी भविष्यमा इन्जिनियर बन्ने लक्ष्य राख्छिन।
जिल्लामा पहिलो पटक आयोजना गरिएको प्रतियोगिताको धन बहादुर तमूले संस्कार र संस्कृति, उषा किरण तमूले व्युटीसियन, देव श्रेष्ठले मोडलिङ र लोक तमूले भाषा र भेषभूषामा निर्णायकका भूमिका निभाएका थिए। विभिन्न पाच राउण्ड स्पर्धा गराइएको थियो। वेलकम राउण्ड, इक्ट्रोडक्सन राउण्ड, प्रश्न उत्तर राउण्ड, लेखन राउण्ड र फाइनल राउण्ड गरिएको थियो। तेस्रो राउण्डबाट सोनिया, पुष्प एलिसा, आकंक्षा, एलिसा, वेविना, दिव्य र इनाले फाइनल राउण्डमा पुगेका थिए।
विजेताहरु मध्ये तीन जनाले पोखरामा हुने मिस तमुस्यो नेपाल २०११ मा भाग लिने अवसर पाउनेछिन्। कार्यक्रमको सञ्चालन सुधा तमु र फूलमाया तमुले सञ्चालन गरेका थिए।
राजु सुब्बा/ एचकेनेपाल डट कम-
ब्रुनाई, ६ नोभेम्बर । प्रवासमा विगत एक दशकदेखि क्रियाशिल प्रवासी नेपाली साहित्य समाज, ब्रुनाई/वेलायत (विश्व नेपाली साहित्य महासंघ आबद्ध) को भेला सम्पन्न भएको छ।
भेलाबाट अध्यक्ष विश्वास दीप तिगेला, उपाध्यक्षद्वय जितेन्द्र चेम्जोङ र मिलन चाम्स, महासचिव आनन्द रानोहोछा, सचिव किसन राई, कोषाध्यक्ष लिम्बु नयन, सह-कोषाध्यक्ष प्रकास राई र सदस्यहरुमा क्रमशः पूर्व अध्यक्ष सुरेन्द्र इङनाम, पूर्व महासचिव नवराज राई, महेश वनेम, मिलन तामाङ चयन भएका छन्। आगामी बैठकले थप सदस्यहरु र सल्लाहकारहरु चयन गर्ने बताइएको छ।
अघिल्लो नेतृत्वले आफ्नो कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकोले नयाँ नेतृत्वले धन्यवाद ज्ञापन गर्नुको साथै अघिल्ला निर्णयहरुलाई निरन्तरता दिने प्रतिबद्धता ब्यक्त गरेको छ।
सन् २००१ मा वेलायतमा स्थापित साहित्य समाजले प्रत्यक बर्ष एकजना उत्कृष्ट स्रष्टालाई नगद पुरस्कार र एकजना उत्कृष्ट ब्यक्तिलाई सम्मान गर्दै आएको छ। वरिष्ठ साहित्यकारहरु गणेश रसिक २०६७, कृष्ण धरावासी २०६६, रमेश पौडेल २०६४, शशि लुमुम्बु २०६३, सुसनवाला राई २०६२ लगायतलाई पुरस्कृत गरि सकेको छ भने प्रत्यक बर्ष सडक बालबालिकालाई लुगाफाटा वितरण, बाढी पीडितहरुलाई राहत वितरण लगायतका कल्याणकारी कार्यहरु गर्दै आएको छ भने सधै झैं यस बर्ष पनि उद्यौली चाडको अवसरमा धरानका सडक बालबालिकालाई लत्ताकपडा वितरण गर्ने कार्यक्रम रहेको छ।
यस साहित्य समाजले नेपाली साहित्यको इतिहासमै पहिलो पटक अनलाइनको नयाँ प्रविधिबाट ब्यापक सहभागिता रहेको ‘विश्वब्यापी खुल्ला रेडियो गजल प्रतियोगिता २०६६’ र सह-आयोजकको रुपबाट विश्वब्यापी खुल्ला अडियो कविता प्रतियोगिता २०६८ सम्पन्न गरेको छ साथै यस समाजले आधा दर्जन साहित्यिक पुस्तकहरु प्रकाशन गरिसकेको छ।
स्मरण रहोस, प्रवासी प्रभात पुरस्कार कोष पूर्व गोर्खा मेजर लक्ष्मीभक्त बान्तावाले स्थापना गर्नु भएको हो। यस साहित्य समाज वेलायती गोर्खा सेनामा सेवारत स्रष्टा सर्जकहरुको प्रतिनिधिमूलक संस्था हो।
सौरभ श्रेष्ठ / एचकेनेपाल डट कम-
पेशाले व्रिटिश लाहुरे भएपनि मिलन चाम्लिङ राई नेपाली सांगीतिक क्षेत्रमा एक राम्रा म्यूजिक भिडियो निर्देशक मिलन चाम्सका रुपमा बढी चिनिन्छन्।
सानैदेखि संगीत, चलचित्रप्रति बढी झुकाव राख्ने मिलनले व्रिटिश लाहुरे भएर लण्डन पुगेपछि त्यहीको लण्डन फिल्म एकेडेमिबाट म्यूजिक भिडियो निर्देशनमा डिप्लोमा समेत गर्न भ्याए।
आफ्नो सानैदेखि चाहनालाई मूर्तरुप दिन यस क्षेत्रमा पाइला टेकेको बताउने मिलनले निर्देशनसँगै क्यामेरामेन र सम्पादनको भूमिका पनि आफै निर्वाह गर्दछन्।
तिमी जस्ती सुवासिली, खास त केही छैन, विचार चोगे, सयौं जुनी पाउन, लाउन त लगायतका केही भिडियोहरु उनले बनाएका उत्कृष्ट भिडियोहरुमा पर्दछन्।
म्युजिक भिडियो सयौं जुनी पाउनः
म्युजिक भिडियो विचार चोगेः
यो वर्षको विन्ध्यवासिनी म्यूजिक एवार्डमा चर्चित गायक राजेश पायल राईले गाएको ‘विचार चोगे’ बोलेको गीतको म्यूजिक भिडियोबाट उनी सर्वोत्कृष्ट म्यूजिक भिडियो निर्देशकको रुपमा मनोनित भएका छन्। आफ्नो एक दशकको निर्देशन क्षेत्रको क्यारीयरमा पहिलोपल्ट कुनै एवार्डमा मनोनित हुन पाउँदा एकदमै हषिर्त छन् उनी। तर पनि कुनै पनि एवार्डभन्दा दर्शकहरुको माया सद्भाव नै आफ्नो लागि एवार्ड भएको उनको धारणा छ। त्यसको लागि हरेक क्षण उत्कृष्ट काम गर्नका लागि तत्पर रहने बताउँदै काममा कुनै कम्प्रोमाइज गर्न रूचाउँदैनन् उनी। आफ्नो हरेक कामलाई उत्कृष्टता प्रदान गर्न कुनै कसर बाँकी नराख्ने मिलनले छुट्टीको समय नेपाल आएको बेला छुट्टीको सदुपयोग गर्दै म्यूजिक भिडियो निर्माणमा देशमा विभिन्न स्थानहरु पुगिरहेका हुन्छन्।
उनका साथीहरु छुट्टीमा इन्जाँय गरिरहेको बेला उनी भने कहिले पाँचथरको उकालो त कहिले जोमसोमको चिसोमा सुटिङ गरिरहेका हुन्छन्। आफ्नो शुटिङ युनिटसँग। आफ्नो जागीरमा भन्दा बढी प्रेसर शुटिङको बेला उनले महसुस गर्छन तर पनि शुटिङको काममा आफूलाई बेग्लै रमाइलो हुने उनको अनुभव छ।
उदित नारायण झा, साधना सरगम, उदय मनिला, मौसमी गुरुङ, दिपक लिम्बू, जगदीश समाल, स्वरुपराज आचार्य, रजिना रिमाल, प्रमोद खरेल र राजेश पायल राई लगायतका थुप्रै गायिक गायिकाहरुद्वारा स्वरबद्ध गीतहरुलाई म्यूजिक भिडियोका रुपमा उतारेका चाम्सले बनाएका भिडियोहरुमध्ये चर्चित गायक राजेश पायल राईको म्यूजिक भिडियो बढी छन्। राजेश पायलको एक दर्जन भिडियोहरुमा मिलन चाम्सको र स्वयंम राजेश पायल कै पनि उत्कृष्ट र चलेका भिडियोहरुमा पर्दछन्। यो कुरा निर्देशक मिलन मात्र होइन गायक पायल पनि सहर्ष स्वीकार्दछन्। राजेश भन्छन् -निर्देशक मिलन चाम्स आफ्नो काममा उत्कृष्ट छन् र आफ्नो हरेक काममा उनी यति लगनशिल र आत्मविश्वासी देखिन्छन् कि म आफै छक्क पर्छु कि यतिको काम उनी कसरी गर्न भ्याउँछन्।
गोपाल भुटानी, धिरेन शाक्य, मेलिना मानन्धर, विमलेस अधिकारी, ऋचा शर्मा, दिपा मास्के, ध्रुव दत्त लगायतका थुप्रै कलाकारहरुलाई अभिनय गराइसकेका निर्देशक चाम्सले ‘पश्चाताप’ नामक चलचित्र समेत निर्देशन गरिसकेका छन् भने ‘द सर्मायबल’ नामको एउटा सर्टमूभि समेत भर्खरै तयार गरेका छन्। चाँडै एउटा नेपाली चलचित्र बनाउने तयारीमा उनी छन्। एसियाका विभिन्न देशहरुमा छायांकन गर्ने योजना बनाएका उनले आगामी वर्ष उक्त चलचित्रको काम सुरु गर्ने बताए।
गायक भूमिराज राईको ‘सागर जस्तै’ बोलको गीत पहिलोपल्ट निर्देशन गरेका निर्देशक चाम्सले आफ्नो १० वर्ष करियारमा ६ दर्जनभन्दा बढी म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् भने व्रिटिश गायक ‘जोन हिलम्यान’ को अंग्रेजी गीत समेत उनले निर्देशन गरेका छन्।
सुनसरीको तरहरामा आमा सिमा राई र बाबा वीरेन्द्र राईको सन्तानका रुपमा जन्मेका मिलनले भविष्यमा नेपाली संगीत तथा चलचित्र क्षेत्रको लागि काम गर्ने सोच बनाएका छन्। आफ्नो अवकाश जीवन यसै क्षेत्रमा समर्पित गर्ने उनले सोच बनाइसकेका छन् र त्यसको लागि योजना उनमा समेत तल्लिन छन् उनी।