Posts filed under 'प्रेस विज्ञप्ति'

१९ दलको संयुक्त प्रेस बिज्ञप्ति

१९ दलको संयुक्त प्रेस बिज्ञप्ति-
संविधान सभा र त्यस बाहिर रहेका १९ दलका प्रतिनिधिहरुको आज २०६८ कार्तिक १७ गते बसेको संयुक्त बैठकले देशको सम सामयिक राजनीतिक स्थितिको बिश्लेषण गर्दै निम्न महत्वपूर्ण निष्कर्श निकालेकोले प्रसारण तथा प्रकाशनका लागि सार्बजनिक गरिएको छः

१. जस्तो राष्ट्रिय अन्तराष्ट्रिय परिप्रेक्षमा २०६८ कार्तिक १५ गते सरकारमा रहेका दुइ र प्रतिपक्षमा रहेका दुइ समेत प्रमुख चार दलले ७ बुँदे सहमति गरेका छन् त्यसले नेपाली जनतामा आशाको सञ्चार गरे जस्तो देखिए पनि यस सहमतिको कार्यान्वयन अत्यन्तै चुनौतिपूर्ण छ । यसको सही कार्यान्वयन नभए देशको स्थिति अझ गम्भीर खतरातर्फ धकेलिने निष्कर्श संविधान भित्र र बाहिर रहेका १९ दलका प्रतिनिधिहरुको आज बसेको संयुक्त बैठकले निकालेको छ र जनतालाई सचेत रहन आहृवान गरेको छ। कुनै पनि राष्ट्रिय महत्वका निर्णय लिने सिलसिलामा तीन दलले मात्र निर्णय गर्ने र त्यो निर्णय अन्य दलमाथि लाद्ने हैकमबादी शैली यसपटकको सहमतिमा पनि देखा परेको छ।

२. देशका जिम्मेवार राजनीतिक दलहरुका बीच कुनै राष्ट्रिय सहमति नभएको र भारत भ्रमण सद्भावना भ्रमण मात्र हुने र भ्रमणको बेला कुनै बिवादास्पद सन्धि सम्झौता नगरिने आफ्नै प्रतिवद्धताका विपरीत प्रधानमन्त्री डा. बाबुराम भट्टराईले गर्नु भएको दुइपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण गर्ने (बिप्पा) सन्धि नेपाली अर्थतन्त्रमा भारतको एकाधिकार जमाउने, तेस्रो देशहरुका लगानीलाई हतोत्साहित गर्ने, राष्ट्रिय अर्थतन्त्र वा राष्ट्रिय उद्योगहरुको अवस्था कमजोर पार्ने र धराशायी बनाउँदै लैजाने, खालको भएकोले समेत त्यो सन्धि गम्भीररुपले राष्ट्रिय हित विपरीत भएको ठहर गरेको छ। त्यो सन्धिमा भारतीय उद्योगहरुलाई विभिन्न अवस्थाहरुमा क्षतिपूर्ति दिने जुन व्यवस्था गरिएको छ, त्यसबाट पनि नेपालले थाम्नै नसक्ने आर्थिक भार पर्नेछ र त्यसबाट नेपालको अर्थतन्त्रलाई ठूलो आघात पुग्ने छ । उक्त सबै कुराहरुमाथि ध्यान दिंदै १९ दलको आज बसेको संयुक्त बैठकले त्यसप्रति जोडदार बिरोध गर्दै राष्ट्रिय हितलाई केन्द्र बिन्दूमा नराखिएको उक्त सम्झौता खारेजीको माग गरेको छ।

बैठकले यस सम्बन्धि श्वेत पत्र जारी गर्न माग गर्दै देश संक्रमणकालीन तरल राजनीतिक स्थितिबाट गुज्रिरहेको आजको कमजोर अबस्थामा पहिलेका सरकाहरुले समेत गर्न नसकेको यो सम्झौता यसै बेला नगरी नहुने स्थिति किन खडा भयो र सहमति गरेपछि प्रधानन्त्रीले जुवा खेलेको भन्ने गैरजिम्मेवार अभिव्यत्ति किन दिनु भयो? बैठकले गम्भीर प्रश्न उठाएको छ। बैठकले यस सम्वन्धि बिरोध कार्यक्रम अघि बढाउने समेत निर्णय लिएको छ।

३. मंहगीले आक्रान्त भएर छटपटाई रहेका नेपाली जनतामाथि यातायाताको भाडामा करीब १० प्रतिशत बृद्धि गरेर ‘मर्‍यो माथि कात्रो’ भन्ने उखानलाई सरकारले चरितार्थ गरेको छ । बैठकले यो यातायात भाडा बृद्धि फिर्ता लिन र सरकारसँग माग गरेको माग गरेको छ।

४. संयुक्त बैठकले मीतब्ययीतामा जोड दिने प्रधानमन्त्री डा. बाबुराम भटराइले आफ्नै प्रतिबद्धता बिपरीत कार्तिक १५ गते ठूलो चियापान आयोजना गरेर राज्य कोषको रकम अनुत्पादक क्षेत्रमा खर्च गरेकोमा त्यसको बिरोध जनाएको छ।

यस संयुक्त बैठकमा नेकपा (मसाल) महामन्त्री मोहन बिक्रम सिंह, नेकपा (माले)का महासचिव सीपी मैनाली, राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपाली, नेकपा (संयुक्त मार्क्सवादी)का अध्यक्ष लोकनरायण सुवेदी, नेकपा (मार्क्सवादी)का पोलिट ब्यूरो सदस्य अच्यूतराज ज्ञवाली, नेकपा (एकीकृत क्रान्तिकारी) का प्रबक्ता हिमलाल पुरी, संयुक्त जनमोर्चाका अध्यक्ष डा. भरत लामिछाने, नेपाली जनता दलका महासचिव रामकुमार ओझा नेपाल सुकुम्बासी पार्टी लोकतान्त्रिक)का अध्यक्ष हुकुमबहादुर लामा जनप्रजातान्त्रिक पार्टीका महामन्त्री गोबिन्द पौडेल, सशत्तक्ति पार्टी अध्यक्ष पद्मिनी प्रधानाङ्ग, समाजवादी जनता पार्टी अध्यक्ष हिक्मत देउवा राष्ट्रिय जनवादी मोर्चाका महासचिव कुलबहादुर मोक्तान लगायत १९ दलका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

२०६८ कार्तिक १७

Recent Videos:

Popularity: 5%

Add comment November 3rd, 2011

चरीलाई संरक्षण नदेउ

एचकेनेपाल डट कम संवाददाता-
हरित नागरिक समाजले एक प्रेस विज्ञप्ति जारी गर्दै दिनेश अधिकारी चरीलाई संरक्षण नदिन आग्रह गरेको छ।

प्रेस विज्ञप्तिः
माओवादीको एक लडाकु सहित दिनेश अधिकारी चरीलाई ९५० ग्राम गैडाको खाग सहित प्रहरीले पक्राउ गरेको छ। यसका लागी अनुसन्धान व्युरो संग सम्वन्धित प्रहरीलाई धन्यवाद दिन चाहन्छौ।

पक्राउ परेपछि एमालेका वरिष्ठ नेताहरुले चरीलाई पक्राउ गर्नुका कारण सोधपुछ गरेका थिए। रङगे हात खाग सहित पक्रिएको नभए छाडीदिनका लागी नेताहरुले फोन समेत गरेछन्। यसेै तथ्यवाट थाहा हुन्छ कि गैडा तस्करीहरुलाई वलियो राजनितिक संरक्षण प्राप्त भैराखेको छ। हाल चरी सहित पक्राउ परेका सवैलाई वन्यजन्तु संरक्षण ऐन अनुसार कारवाही गर्न चितवन राष्ट्रिय निकुञ्ज पठाइएको छ। राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार अभियुत्क सवैलाई १५ वर्षसम्म कैद सजाय गर्नका लागी राष्टिय निकुञ्जको ध्यानाकर्षण गराउन चाहन्छौ। साथै गैंडा सम्बन्धि अभियुक्तहरु सरकारी र राजनितिक संरक्षण पाएर छिट्टै नै जेल मुक्त हुने गरेका छन् र फेरी तिनिहरुले पुरानो धन्दा लाई नै निरन्तरता दिएको पाइन्छ।त्यसैले चरी लगायतका गैडा तस्करीलाई राजनितिक संरक्षण दिएर मतियारको भुमिका ननिभाउन राजनितिक नेतृत्ववर्गको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौ।यदि गैडा तस्करीहरुलाई उन्मुक्ती दिने किसिमका पहलहरु राजनितिक नेतृत्ववाट भएमा हरित नागरिक समाज त्यसको विरुद्द उत्रिने कडा चेतावनी दिन चाहन्छ।

वि.के. दलित
हरित नागरिक समाज

Recent Videos:

Popularity: 6%

Add comment July 11th, 2011

संविधान माग्दै १४ गते नेवाः ताम्सालिङ बन्द

एचकेनेपाल डट कम संवाददाता-
नेवाः–ताम्सालीङ संयुक्त संघर्ष समितिले बैशाख १४ गते नेवाः ताम्सालीड बन्द गर्ने भएको छ।

समितिले जारी गरेको प्रेस विज्ञप्ति जस्ताको तस्तै-

जनतामा निहित सार्वभौमसत्ता र राजकीयसत्ताको लोकतान्त्रिक प्रयोगको रुपमा जनता आफैले मुलुकको संविधान लेख्न पाउनु पर्दछ भन्ने नेपाली जनताको लामो समयदेखिको आकांक्षा स्वरुप राष्ट्रको इतिहासमै संविधान सभाद्वारा संविधान लेख्ने स्वर्ण अवसर अहिले हामी बीच छ। विगत अढाई सय बर्ष यता आदिवासी जनजातिहरुले विभिन्न रुपमा गरेका आन्दोलन, बाह्र बर्षे जनयुद्ध, ०६२/६३को जनआन्दोलन तथा मधेश आन्दोलनद्वारा अनुमोदित एवं जनताको लामो संघर्ष, त्याग र वलिदानपछि प्राप्त संघीयता, लोकतन्त्र, गणतन्त्र तथा धर्मनिरपेक्षता जस्ता नेपाली जनताका ऐतिहासिक र महान उपलब्धीहरूलाई संस्थागत गर्ने महत्वपूर्ण जिम्मेवारी छ। तर, सत्ता केन्द्रीत राजनीतिमा मात्र तल्लिन प्रमुख राजनीतिक दलहरुको भूमिका, संविधान निर्माण प्रक्रियामा देखिएका गतिहिनता तथा संविधानमा विवादित महत्वपूर्ण मुद्दाका सम्बन्धमा रहेको अनिर्णयको वर्तमान अवस्थामा २०६८ जेठ १४ गते भित्र नयाँ संविधान जारी हुने कुराको आशा अत्यन्त क्षीण बन्दै गएको छ। यस्तोमा उत्पीडित आदिवासी जनजाति लगायत वर्ग, जाति/समुदाय, महिला, क्षेत्र आदिको हक, अधिकार कुण्ठित गर्न एकात्मकवादी, यथास्थितिवादी, संघीयता विरोधी तत्वहरूले विभिन्न भ्रम छर्ने तथा खुल्लम् खुल्ला संविधान नबनाउने, जनादेश विरुद्ध संविधान सभाको म्याद मात्र थप्ने, संविधान सभाको म्याद समाप्त हुने वेलामा राज्यको पुर्संरचना आयोग बनाउनुपर्ने अड्को थाप्ने र मुलुकलाई संविधानविहीन रुपमा सधै संक्रमणकालीन स्थितिमा राख्ने चलखेल र षडयन्त्र भइरहेकोले त्यस विरुद्ध जनदवाव श्रृजना गर्न निम्न माग तथा कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गराउन ताम्सालीङ संयुक्त संघर्ष समिति र नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति सहयोग तथा ऐक्यवद्धताका लागि यहाँ समक्ष अपील गर्दछ।

संघर्षको माध्यमबाट सरोकारवाला पक्षको ध्यानाकृष्ट गराउन खोजेका मुद्दाहरु कुनै एक वर्ग, समुदाय वा क्षेत्रसंग मात्र सम्बन्धित नभइ सिंगो मुलुककै साझा सवाल भएकोले अगाडी ल्याएका कार्यक्रमहरु सफल पार्नु सबैको समान जिम्मेवारी हो भन्ने कुरा वोध गर्दै आ–आफनो मातहतमा रहेका कार्यालय, संस्था, कल कारखना, विद्यालय तथा सवारी साधन बन्द गरी बैशाख १४ गतेको नेवाः–ताम्सालीङ बन्द सफल पार्न सहयोगका लागि जोरदार अपील गर्दछ। आज वसेको संयुक्त संघर्ष समितिको निर्णय अनुसार निम्न सवारी साधनहरुलाई मात्र निर्वाध रुपमा चल्नदिने निर्णय भए बमोजिम सर्वसाधारणको जानकारीको लागि यो प्रेस विज्ञप्ती जारी गरिएको छ।

१) एम्बुलेन्स
२) प्रेस पत्रकारको सवारी साधन
३) यूएन मानव अधिकार समिति नेपाल
४) राष्ट्रिय मानव अधिकार आयोग
५) मानव अधिकारको व्यानर भएको सवारी साधन
६) रेडक्रस
७) विरामी बोकेको सवारी साधन

राजभाइ जकःमि
अध्यक्ष
नेवाः स्वायत्त राज्य मंकाः संघर्ष समिति

परशुराम तामाङ्ग
अध्यक्ष मण्डलको सदस्य
ताम्सालीड संयुक्त संघर्ष समिति

Popularity: 6%

Add comment April 26th, 2011

अमेरिकाबाट महाधिवेशन प्रतिनिधिहरुको नाम सर्वसम्मत

एचकेनेपाल डट कम संवाददाता-
नेपाली काँग्रेसको १२ औं महाधिवेशनमा अमेरिकाबाट सहभागी हुने महाधिवेशन प्रतिनिधिहरुको नाम सर्वसम्मत रुपमा चयन गरिएको छ।

शुक्रवार साँझ सम्पन्न केन्द्रीय तयारी समितिको बैठकले महाधिवेशन प्रतिनिधिहरुको नाम सर्वसम्मतरुपमा चयन गरेको हो। काँग्रेसको १२ औं महाधिवेशनमा नेपाली जनसम्पर्क समिति, अमेरिकाको तर्फबाट समितिका पूर्व अध्यक्ष आनन्द विष्ट,एकताको दोश्रो महाधिवेशन तयारी समितिका सह संयोजक वेदप्रसाद खरेल, सदस्य सचिव डाक्टर अर्जुन बञ्जाडे, सदस्यहरु चित्रा केसी, धर्मराज श्रेष्ठ, पेमा निमा शेर्पा तथा समितिका पूर्व सल्लाहकार विनोद मोक्तान महाधिवेशन प्रतिनिधि चयन भएका छन्।

न्यूनतम पाँच सय क्रियाशील सदस्य संख्या पुगेपछि विदेशस्थित जनसम्पर्क समितिबाट सात जना महाधिवेशन प्रतिनिधि र तीन जना महासमिति सदस्यले काँग्रेसको महाधिवेशन तथा महासमिति बैठकमा प्रतिनिधित्व गर्न पाउने प्रावधान अनुरुप यस समितिले सम्पूर्ण प्रावधान पूरा गरी महाधिवेशन तथा महासमिति सदस्यको चयन गरेको हो। पार्टीको सम्पूर्ण प्रक्रिया पुरा गरेको यस समितिले एक निर्वाचन क्षेत्रको मान्यता प्राप्त गरेको छ। समितिबाट चयन गरिएका सात महाधिवेशन प्रतिनिधि मध्ये आनन्द विष्ट,वेदप्रसाद खरेल र चित्रा केसीलाई महासमिति सदस्य चयन गरिएको छ।

केन्द्रीय तयारी समितिका संयोजक खगेन्द्र जीसीको सभापतित्वमा सम्पन्न बैठकमा सह संयोजक वेदप्रसाद खरेल, सदस्य सचिव डाक्टर अर्जुन बञ्जाडे तथा सदस्यहरु धर्मराज श्रेष्ठ -नेपालबाट फोनमा, रबिकिरण कोइराला, अनुप श्रीवास्तव, गौतम दाहाल,विनोद भट्ट, प्रभा शर्मा, चित्रा केसी, सुशील अधिकारी, कृष्ण विष्ट, हेमराज भट्ट, गणेश अर्याल, सन्तोष पहारी, विमल मोक्तान, भगवान मैनाली र पेमा निमा शेर्पा - नेपालबाट फोनमा_ को उपस्थिति रहेको थियो।

बैठकको आरम्भमा सभापति जीसीले यसअघि अगष्ट २० तारिख सम्पन्न बैठकमा प्रस्ताव गरिएका ३५ जना मध्येबाट नै महाधिवेशन प्रतिनिधिहरुको नाम सिफारिश गरिएको जानकारी दिंदै अनुमोदनका लागि प्रस्ताव गरेका थिए। जीसीको प्रस्तावलाई सम्पूर्ण पदाधिकारीहरुले नेपाली जनसम्पर्क समिति, अमेरिकाका लागि यसरी प्रतिनिधित्वको अवसर पाउनु गौरवको विषय हो भन्दै समर्थनसहित अनुमोदन गरेका थिए। बैठकमा अधिवेशनबाटै महाधिवेशन प्रतिनिधि चयन गरी पठाउने प्रयास गरिएता पनि समयाभावका कारण अधिवेशन सम्पन्न गर्न नसकिएको भन्दै जीसीले पार्टीको आन्तरिक निर्देशन अनुरुप केन्द्रीय समितिलाई नाम सिफारिश गर्न निर्देशन भए अनुरुप गरिएको जानकारी दिएका थिए।

यस समितिको प्रतिनिधित्व गर्दै गतसाता नेपाल पुगेका तयारी समितिका केन्द्रीय सदस्य धर्मराज श्रेष्ठले अमेरिकाबाट क्रियाशील सदस्यता फाराम भरेका सबै ५०२ जनाको सदस्यता फाराम र सो वापतको शुल्क पार्टीको बैंक खातामा जम्मा गरी केन्द्रीय कार्यालयमा बुझाएका छन्। नेपालबाटै फोनमार्फत बैठकमा सहभागिता जनाएका श्रेष्ठले यस बारेमा जानकारी गराएका थिए। महाधिवेशन प्रतिनिधि चयन भएका श्रेष्ठ र पेमा निमा शेर्पा गत साता नै नेपाल पुगेका छन् भने महासमिति सदस्य आनन्द विष्ट शुक्रवार मात्र नेपाल प्रस्थान गरेका छन्।

अमेरिकाका विभिन्न च्याप्टरमध्ये हालसम्म १५ वटा स्थानीय च्याप्टरहरुको अधिवेशन सम्पन्न भई समितिको आगामी केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरुको चयनसमेत भईसकेको गौतम दाहाल (संयोजक, सूचना तथा प्रचार प्रसार) ले जनाएका छन्।

Popularity: 7%

1 comment September 11th, 2010

भ्रमात्मक एवं बदनियतपूर्ण समाचारप्रति गेसोको आपत्ति

प्रेस विज्ञप्ति-
युरोपको नेपालीपत्र तथा एभरेष्ट टाइम्सद्वारा प्रकाशित भ्रमात्मक एवं बदनियतपुर्ण समाचारप्रति गेसोको घोर आपत्तिः
अविलम्ब स्पष्टीकरण तथा सफाइका निमित्त हार्दिक अनुरोध

२६ अगष्ट २०१०, आसफोर्ड, केन्ट-
१. बेलायत तथा अष्ट्रेलियाबाट प्रकाशित युरोपको नेपालीपत्रको (२५–३१ अगष्ट २०१०) को अंकमा सम्प्रेषण गरिएको गेसोसम्बन्धी समाचारप्रति यस गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को गम्भीर आपत्ति रहेको छ । उक्त पत्रिकाको पृष्ठ २ मा प्रकाशित “बेलायतसित साँचो लडाइँ अबः गुरुङ” नामक समाचारको स्रोतका रुपमा उल्लेख गरिएको गेसो नामक संस्था त्यसमा संलग्न रहेका भनिएका पदम बहादुर गुरुङलगायतका सबै व्यक्तिहरु विगत दुई वर्षदेखि गेसोको कुनै पनि अंग र तहमा नरहेको कुरा पटकपटक सार्वजनिक गरिएकै हो । गेसोका नाममा कुनै पनि कामकुरा गर्ने उनीहरुको अधिकार पहिले नै समाप्त भइसकेको विषयमा पनि जानकारी गराइएकै हो । उनीहरुका यस्ता क्रियाकलापहरु स्वतः गैरकानुनी हुने विषयमा बारेमा यस अघि पनि नेपालीपत्र र एभरेष्ट टाइम्सलगायतका सबै सञ्चारमाध्यमहरुलाई पटकपटक जानकारी गराइएकै हो । गेसोको नाम र लोगो अवैधानिक रुपमा प्रयोग गर्दै विभिन्न क्रियाकलाप गर्ने, अर्थ संकलन गर्ने तथा गोर्खा समुदायमा नानाथरिका जातीय, क्षेत्रीय एवं साम्प्रदायिक भ्रम फैलाउने कार्य गर्नुका साथै हामी गेसोका पदाधिकारी र कानुनी सल्लाहकारहरुको चरित्रहत्या गर्ने पदम बहादुर गुरुङलगायतका व्यक्तिहरुविरुद्ध विभिन्न पुलिस स्टेशनहरुमा विभिन्न उजुरीहरु दर्ता गरिएको विषयमा पनि उसैबखत जानकारी गराइएकै हो।

२. त्यस्तै, सोही नेपालीपत्रको पृष्ठ ४ मा “गेसोबाट अलग्गिएका भूपूहरुको नयाँ कार्यसमिति” नामक समाचार पनि प्रकाशित भएको देखियो । यस समाचारप्रति पनि गेसो केन्द्रीय समितिको गम्भीर आपत्ति रहेको छ । यस समाचारमा उल्लिखित हामी संलग्न रहेको गेसो कदापि कतैबाट अलग्गिएको संस्था होइन । गोर्खा समुदायमा हामीले नेतृत्व गरेको गेसोबाहेक सोही नामको अर्को कुनै संस्था छैन । पदम बहादुर गुरुङ नामक व्यक्ति २०६५ साल चैतमा काठमाडौँमा आयोजित विवादास्पद अधिवेशनताका नै बहिष्कृत एवं निष्कासित व्यक्ति हुन् । उनी र उनका मतियारहरुका विरुद्ध जिल्ला प्रशासन कार्यालय, ललितपुरमा दर्ता रहेका विभिन्न उजुरीहरुमाथि अहिले पनि कानुनी कारबाही चलिरहेकै छ । त्यसपछि गठित गेसोको केन्द्रीय अधिवेशन आयोजक समितिले नै १४ अगष्ट २०१० का दिन आसफोर्ड, केन्टमा वास्तविक अर्थमा गेसोको प्रथम केन्द्रीय अधिवेशन सम्पन्न गरेको विषयमा पनि यस अघि नै पटकपटक जानकारी गराइएकै हो।

३. यस्तै किसिमको भ्रमात्मक एवं बदनियतपूर्ण समाचार एभरेष्ट टाइम्स (२४ अगष्ट २०१०) को पृष्ठ २ मा पनि “गेसोको वार्षिक भेटघाट कार्यक्रम सम्पन्न” शीर्षकअन्तर्गत छापेको देखियो । तर गेसोको यस केन्द्रीय समितिले सम्प्रेषण गरेको गेसोको प्रथम महाविधेशन र २० बुँदे युके घोषणापत्रसम्बन्धी समाचारलाई भने पूर्ण रुपमा बेवास्ता गरेको देखियो । सम्भवतः यस्तो पत्रकारितालाई हामीले पीत पत्रकारिताको चरम नमुना भन्नुपर्ने अवस्था आउनेतर्फ हामी सचेत छौँ।

४. तर यी सबै वास्तविकताका बारेमा अग्रिम रुपमा पटकपटक जानकारी हुँदाहुँदै पनि जबर्जस्ती, मनगढन्ते र बदनियतपूर्ण किसिमले गेसोसँग कानुनी, नैतिक तथा साङ्गठानिक रुपमा कुनै सम्बन्ध नभएका व्यक्तिहरुलाई गेसोका पदाधिकारीका रुपमा चित्रित गर्ने कदापि स्वीकार्य हुन सक्दैन । साथै हामी वास्तविक गेसो र गेसोका निर्वाचित पदाधिकारीहरुलाई गेसोबाट अलग्गिएका भूपूहरुको नयाँ कार्यसमिति भन्दै समाचार सम्प्रेषण गर्ने कार्यलाई पनि कदापि सहज रुपमा लिन सकिँदैन।

६. तसर्थ, तपाइँहरुका आपत्तिजनक एवं गैरकानुनी कार्यका विरुद्ध प्रारम्भिक कदमका रुपमा गेसो केन्द्रीय समिति निम्नबमोजिम स्पष्टीकरणका लागि हार्दिक अनुरोध गर्दछः
(क) गेसोका आन्तरिक निर्णयप्रक्रिया, विधिविधान, महाधिवेशन र कानुनी स्वामित्वका बारेमा तपाइँहरु कत्तिको जानकार हुनुहुन्छ ? हामीले तपाइँहरुलाई बेलायती कानुनअन्तर्गत दर्ता भएको गेसोको दर्ता नम्बरसमेत उपलब्ध गराई सबै कुराको जानकारी गराइसकेपछि पनि यसरी अवैधानिक रुपमा गलत समाचार प्रकाशित गर्नुको रहस्य के हो ? यदि तपाइँहरुलाई पदम बहादुर गुरुङ र उनका मतियारहरु नै वास्तविक गेसो हुन् भन्ने लाग्छ भने तपाइँहरुले उनीहरुसँग गेसोको दर्ता नम्बर र प्रमाणपत्र माग गर्ने वा यसबारेमा आवश्यक सोधपुछ गर्ने धृष्टता गर्नु भयो कि भएन?
(ख) कुनै पनि समाचार के कसरी छाप्ने वा नछाप्ने भन्ने कुरा निश्चित सिद्धान्त र मान्यताभित्र रहेर प्रकाशित गर्ने वा नगर्ने भन्ने स्वतन्त्रता अवश्य पनि संचारमाध्यमहरुलाई हुन्छ नै । तर अग्रिम रुपमा पुर्ण जानकारी हुँदाहुँदै पनि यस्ता केही अवैधानिक व्यक्तिहरुलाई गेसोका रुपमा प्रस्तुत गर्ने, यसरी समाचार दिनुभन्दा पहिले वास्तविकता के हो भनेर हामीसँग कुनै सम्पर्क र सोधपुछ पनि नगर्ने तथा हुँदै नभएको घटना र समाचारलाई बङ्ग्याएर गेसो, गेसोको केन्द्रीय समिति, पदाधिकारी र आम सदस्यहरुको अपमान हुने गरी अन्त कतै नभएको गेसोबाट छुट्टिएर हामीचाहिँ अलग गेसो भएको भन्ने अनर्थ लाग्ने गरी यसरी प्रायोजित, भ्रमात्मक र बदनियतपुर्ण समाचार सम्पे्रषण गर्नुको उद्देश्य के हो ?
(ग) त्यसैले तपाइँहरु आफ्नो पत्रिकाको आगामी अंकमा यस गल्तीलाई सच्याएर यस हप्ताको अंकमा उल्लिखित पृष्ठहरुमा दिइएका तथाकथित गेसोका समाचारको स्थानमा वास्तविक र वैधानिक गेसोको समाचार समानरुपमा फोटोसहित प्रकाशित गर्न सहमत हुनुहुन्छ कि हुन्न?
(घ) यदि अब पनि तपाइँहरु गेसोको नाममा यस्ता गेसोसँग असम्बन्धित व्यक्तिहरुको हवाला दिँदै गैरकानुनी रुपमा गलत समाचार प्रकाशित गर्नुहुन्छ र हाम्रो स्वामित्व र संचालनमा रहेको वास्तविक एवं वैधानिक गेसोलाई अपमान गर्ने, गालीबेज्जति गर्ने तथा यसको मानमर्यादा र प्रतिष्ठा घटाउने कार्य जारी राख्नुहुन्छ भने हामीले पत्रिकाका सम्बन्धित प्रकाशक, सम्पादक र संवाददाताहरुका विरुद्ध गैरकानुनी एवं गालीबेज्जतिपूर्ण कार्य गरेबापत आवश्यक दण्डसजाय र क्षतिपूर्तिको माग गर्दै प्रचलित बेलायती कानुनअनुसार मुद्दा चलाउनु पर्ने हो कि होइन ?
(ङ) कुनै पनि समाजमा सञ्चालित सार्वजनिक पत्रपत्रिका तथा टेलिभिजनहरुले सञ्चारजगतसँग सम्बन्धित प्रचलित कानुन तथा आचारसंहिताको पालना गर्नैपर्ने कुरा तपाइँहरु पालना गरिरहनु भएको छ वा छैन ? यदि छैन भने तपाइँहरुको पत्रकारिता, इमान्दारिता र नियतमाथि बेलायतस्थित नेपाली तथा गोर्खाली समुदाय र गेसोले प्रश्न उठाउनु पर्ने हो कि होइन ?
(च) कुनै पनि समाजमा स्थापित कुनै पनि सञ्चारमाध्यमहरुको मुख्य कर्तव्य भनेको त्यस समाजमा घटित कुनै वा सबै किसिमका समाचारहरुलाई तटस्थ एवं निष्पक्ष रुपमा सम्प्रेषण गर्दै सही जनमत निर्माण गर्नका लागि सहयोग पु¥याउनु हो भन्ने बारेमा तपाइँहरु आफैँ के कति सचेत हुनुहुन्छ?

(छ) र, अन्त्यमा विगत २०० वर्षदेखि नेपाली नागरिकहरुमाथि बेलायत सरकारले गरिरहेका अन्याय, अत्याचार र भेदभावका विरुद्ध लामो समयदेखि चलिरहेको यस राष्ट्रिय स्वाधीनता, स्वाभिमान र समान अधिकारको आन्दोलनलाई विनापूर्वाग्रह निष्पक्ष रुपमा रचनात्मक सहयोग गर्ने पक्षमा तपाइँहरु हुनुहुन्छ कि हुन्न?

६. कृपया समस्याको सही समाधानका निमित्त स्पष्टीकरणस्वरुप माथि उल्लेख गरिएका प्रश्नहरुको लिखितजवाफ आगामी अगष्ट ३० तारिखभित्र दिनुहुन अन्यथा तपाइँहरुका विरुद्ध चालिने कानुनी कदमहरुको प्रतिरक्षा गर्नका निमित्त तयार रहनु हुन गेसो केन्द्रीय समिति हार्दिक अनुरोध गर्दछ।

आशा छ, निर्धारित समयमा तपाइँहरुबाट उचित एवं सकारात्मक जवाफ प्राप्त हुनेछ।

भवदीय भक्तशेर राई
केन्द्रीय सभापति ०७७२८६८४४१९
डा. रामनारारण कन्दङवा महासचिव
०७५७८९९२८५२
बोधार्थः बेलायत तथा नेपालस्थित विभिन्न संचारमाध्यम, नेपाली तथा गोर्खा समुदाय।

Popularity: 8%

22 comments August 27th, 2010

गेसोका नाममा भएको तथाकथित गोर्खा वार्षिक भेलाको भत्सर्ना

गेसोका नाममा भएको तथाकथित गोर्खा वार्षिक भेलाको भत्सर्ना
अवैधानिक व्यक्तिहरुका विरुद्ध कानुनी कदम चालिने

आसफोर्ड, केन्ट ।
यही २१ अगष्टका दिन गेसोका नाममा केही अवैधानिक व्यक्तिहरुले बेलायतको फार्नबोरोमा आयोजना गरेको तथाकथित गोर्खा वार्षिक भेलाको गेसो केन्द्रीय समिति घोर भत्र्सना गर्दै यी व्यक्तिहरुका विरुद्ध आवश्यक कानुनी कारबाही प्रारम्भ गरिने कुरा सम्बन्धित सबैमा जानकारी गराउन चाहन्छ । साथै अल्डर्सट तथा फार्नबोरो पुलिस स्टेशनमा गेसोका तर्फबाट दर्ता गरिएको उजुरी विचाराधीन रहेको अवस्थामा सम्बन्धित प्रहरी अधिकृतको अनुरोधमा उक्त भेलामा हामी स्वयं उपस्थित भई यी अवैधानिक व्यक्तिहरुसँग सवालजवाफ गर्नु उपयुक्त नठानिएको बेहोरासमेत यहाँहरु सबैमा अवगत गराउन चाहन्छौँ।

उक्त भेलालाई सम्बोधन गर्दै गेसोबाट निष्कासित तथा कानुनी रुपमा समेत गेसोसँग कुनै सम्बन्ध नरहेका पदमबहादुर गुरुंग, महेन्द्रलाल राई, पुरन्जन राई र सीबी गुरुंगलगायतका व्यक्तिहरुले गेसो परिवार र गोर्खा समुदायबीच भ्रम फैलाउने बदनियतले व्यक्त गरेका सबै अभिव्यक्तिहरुको समेत घोर भत्र्सना गर्दछौँ।

यसैबीच हामी सम्पूर्ण गेसो परिवार र गोर्खा समुदायलाई गेसोको झण्डामुनि रहेर गेसोलाई अझ मजबुत बनाउँदै भावी गोर्खा आन्दोलनका निमित्त हरकिसिमले तयार रहनसमेत हार्दिक अनुरोध गर्दछौँ।

साथै, गत १४ अगष्ट २०१० का दिन गेसोको प्रथम केन्द्रीय महाधिवेशनले पारित गरेको यसैसाथ संलग्न २० बुँदे गोर्खा न्यायसम्बन्धी युके घोषणापत्र तथा कार्ययोजना २०१० लाई गम्भीरतापुर्वक अध्ययन गरी सोहीअनुसार गेसो र गोर्खा आन्दोलनका विषयमा आफ्नो धारणा स्पष्ट गर्न गराउनसमेत विनम्र अनुरोध गर्दछौँ।

भवदीय
भक्तशेर राई
केन्द्रीय सभापति, गेसो

गोर्खा न्यायसम्बन्धी युके घोषणापत्र तथा कार्ययोजना २०१०
आसफोर्ड, केन्ट, युके
१४ अगष्ट २०१० (२९ साउन २०६६)
प्रस्तावना
विगत २०० वर्षदेखि विभिन्न बाध्यताका कारण बेलायती सेनामा भर्ती भई बेलायत सरकारको भेदभावपुर्ण व्यवहार र शोषणबाट पीडित लाखौँ गोर्खा सैनिक तथा तिनका परिवारहरुले बेलायती नागरिकसरह समान हकाधिकार, समान हैसियत र समान सुविधाका निमित्त भएका सबै न्यायोचित संघर्षहरुको स्मरण गर्दै,

बेलायतका लागि विभिन्न युद्ध लड्दा वा आफ्नो सेवाका क्रममा घाइते, बिरामी वा बेपत्ता भएका तथा मृत्युवरण गरेका गोर्खा सैनिक तथा तिनका परिवारहरुप्रति हार्दिक श्रद्धान्जली, समवेदना, सहानुभुति र सद्भाव व्यक्त गर्दै,

गोर्खा भुतपुर्व सैनिक संघ (गेसो) को नेतृत्वमा नेपालदेखि बेलायतसम्म चलेका विभिन्न आन्दोलन र उपलब्धिहरुको रक्षार्थ प्रजातान्त्रिक तवरले निर्वाचित नयाँ नेतृत्व र पारदर्शी कार्यशैलीको अनिवार्य आवश्यकता महशुस गर्दै,

बेलायत तथा नेपाल सरकारसमक्ष गेसोले पेश गरेका समान पेन्सन, क्षतिपुर्ति, सुविधा र दोहोरो नागरिकतालगायतका न्यायोचित मागहरु पुरा गर्न गराउनका निमित्त नयाँ ढंगले गोर्खा आन्दोलनलाई निरन्तरता दिनुपर्ने वास्तविकतालाई मनन गर्दै,

गोर्खा समुदायको समान हकाधिकार र सुविधासँग सम्बन्धित समान मागहरु पुरा गर्न गराउनका लागि सम्पुर्ण गोर्खाली संघसंस्थाहरुबीचको एकता र ऐक्यबद्धतालाई सुदृढ गर्नुपर्ने आवश्यकता महशुस गर्दै,

गोर्खा समुदायको वास्तविक चाहना र भावना आफ्नो मातृभुमि नेपाल र नेपालीसँगको सामाजिक, साँस्कृतिक एवं आर्थिक सम्बन्धलाई यथावत राख्दै यसलाई अझ दरिलो बनाउनुपर्ने भन्ने भएकाले यसका लागि नेपाल वा बेलायत जहाँ रहेबसे पनि समान पेन्सनलगायतका हकाधिकार र सुविधा सुनिश्चित हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै,

विगतमा गेसोको केन्द्रीय नेतृत्वले गोर्खा आन्दोलन र मुद्दामामिलाका निमित्त पटकपटक संकलन गरेको आर्थिक स्रोतको व्यापक दुरुपयोग गरी त्यसलाई अप्रिल २००९ मा काठमाडाँैमा एक कृत्रिम अधिवेशनमार्फत विभिन्न नक्कली आर्थिक प्रतिवेदनहरुलाई वैधता दिनका लागि गरिएको षडयन्त्रको भत्र्सना गर्दै,

अप्रिल २००९ मा काठमाडौँमा आयोजित तथा बहुमत गोर्खा समुदायबाट बहिष्कृत तथाकथित अधिवेशनले पारित गरेका भनिएका हचुवा, पुर्वाग्रही, गालीबेइज्जतिपुर्ण एवं बदनियतले प्रेरित प्रतिवेदन र घोषणापत्र तथा त्यसै बखत गठन गरिएको भनिएको कथित कार्यसमितिलाई अवैधानिक ठहर गर्दै,

हामी बेलायतस्थित आसफोर्ड शहर (केन्ट) मा अगष्ट १४, २०१० का दिन पहिलोपटक आयोजित वास्तविक अर्थमा गेसोको प्रथम केन्द्रीय अधिवेशनका प्रतिनिधि तथा पर्यवेक्षकहरुले निम्नबमोजिम गोर्खा न्यायसम्बन्धी एक युके घोषणापत्र तथा कार्ययोजना पारित गरी यसलाई आआफ्नो क्षेत्रमा प्रभावकारी रुपमा लागु गर्ने गराउने प्रतिबद्धता जाहेर गरेका छौँः

घोषणापत्र तथा कार्ययोजना
१. गेसो स्थापना भएदेखि आजसम्म यस संस्थाले गरेका काम, उपलब्धि र आर्थिक विवरणसहितको विस्तृत श्वेतपत्र अविलम्ब जारी गर्ने ।
२. गेसोका नाममा आजसम्म भएका विभिन्न अनुशासनहिन कार्य, आर्थिक अनियमितता तथा गेसो र गोर्खा आन्दोलनका सल्लाहकार, कानुनी सल्लाहकार, बेलायतस्थित विभिन्न सोलिसिटर र ब्यारिष्टरहरु बुद्धिजीवी एवं गेसोका भुतपुर्व तथा वर्तमान पदाधिकारीहरुको अपमान गर्ने सम्पुर्ण कार्यहरुको भत्र्सना गर्दै वहाँहरुप्रति विशेष आदरभाव जाहेर गर्ने ।
३. गेसो, गेसोका पदाधिकारी तथा कानुनी सल्लाहकार र बुद्धिजीवीहरुका विरुद्ध चलाइएका सबै प्रकारका भ्रम र षडयन्त्रहरुलाई सत्यतथ्यसहित परास्त गर्दै जाने ।
४. विश्वभरि छरिएर रहेका गोर्खा समुदायलाई संगठित गर्दै उनीहरुका परिवार र युवा पुस्ताको कल्याण, सिर्जनात्मक विकास र समृद्धिका लागि विभिन्न कार्यहरु ग्र्ने ।
५. गोर्खा समुदायसँग सम्बन्धित बाँकी रहेका भेदभाव र शोषणसम्बन्धी विभिन्न नीति, कानुन र व्यवहारलाई कानुनी, राजनीतिक, कुटनीतिक तथा सामाजिक रुपमा व्यापक चुनौती दिने ।
६. बृटिश गोर्खा वेल्फेयर सोसाइटी (बीजीडब्लुएस), संयुक्त बृटिश गोर्खा भुतपुर्व सैनिक संघ (युबिजीइए) तथा नेपाल भुतपुर्व सैनिक संघ (नेसा) लगायत सबै गोर्खाली संघसंस्थाहरुसँग वार्ता, कार्यगत एकता र साझा आन्दोलनका लागि पहल गर्ने ।
७. नेपालदेखि बेलायतसम्म रहेका गोर्खा आन्दोलनका सबै सहयोगी र समर्थक बुद्धिजीवी, लेखक तथा पत्रकारहरुबीचको सम्बन्ध मजबुत बनाउने ।
८. नेपालसँगको सामाजिक, साँस्कृतिक तथा आर्थिक सम्बन्धलाई यथावत कायम राखिराख्नका लागि दोहोरो नागरिकताको अधिकार सुनिश्चित गर्न विशेष कदम चाल्ने ।
९. नेपाली नागरिकहरुलाई बेलायतलगायत कुनै पनि देशमा कुनै पनि किसिमको सैन्य वा सुरक्षासेवामा भर्ती गर्ने राष्टले उनीहरुमाथि गर्नुपर्ने समान व्यवहार पुर्णरुपमा सुनिश्चित गर्नका निमित्त संयुक्त राष्टसंघअन्तर्गत स्थापित सिद्धान्त, मान्यता र मापदण्डहरुको पालना गर्ने गराउने ।
१०. गेसोले सन् २००२ मा शुरु गरेको समान पेन्सनको मुद्दामा सन् २००३ मा भएको अदालतको फैसला तथा नयाँ तथ्य र प्रमाणका आधारमा शुरु भएको नयाँ मुद्दाको तयारीकै फलस्वरुप सन् २००५ मा भएको पेन्सन पुनरावलोकनको घोषणाको परिणामस्वरुप मार्च २००७ मा जारी भएको गोर्खा अफर् टु टान्सफर् (GOTT) का विरुद्ध मुद्दा नहाल्ने सार्वजनिक घोषणा र गेसोका केन्द्रीय समिति तथा शाखासमितिहरुसँग कुनै विनाविचारविमर्श र सांगठानिक निर्णय नै नगरी गेसोको कानुनी सल्लाहकारको परामर्शको समेत बेवास्ता गर्दै एकतर्फी रुपमा गेसोका नाममा रक्षा मन्त्रालय एवं हेडक्वार्टर्स बृगेड् अफ् गोर्खाज् (HQBG) सँग पत्राचार गर्दै गोर्खाहरुको मुख्य मुद्दाका रुपमा रहेको पेन्सनको मुद्दालाई सदाका निमित्त अन्त्य भएको भन्दै गोर्खा आन्दोलन नै समाप्त भएको घोषणा गर्ने तथा गोर्खाहरुगेसोको माग र आन्दोलनलाई आवासीय भिसामा मात्र सीमित गर्ने गेसोका भुतपुर्व सभापति पदम बहादुर गुरुंगको भत्र्सना गर्दै पेन्सनसम्बन्धी मुद्दा र अन्य मागहरु प्राप्तिको आन्दोलनलाई अन्तिम घडीसम्म निरन्तरता दिने ।
११. गेसोको आर्थिक अवस्थालाई मजबुत बनाउँदै यथाशीघ्र गेसोको केन्द्रीय सचिवालय र सम्पर्क कार्यालयहरु स्थापनाका लागि त्रियाशील रहने तथा यसका निमित्त विभिन्न च्यारिटी अभियानहरुसमेत संचालन गर्ने ।
१२. विगतमा गेसोका नाममा विभिन्न बहानामा उठाइएका सबै रकमहरु पारदर्शी गरी गराई गेसोकै खातामा जम्मा गर्ने गराउनुका साथै गेसोको लगानीमा खरिद गरिएको नेपालको कीर्तिपुर नगरपालिका, वडा नं. १४ चोभारस्थित ७ रोपनी बराबरको जग्गालगायत अन्य विभिन्न स्थानमा संस्थाको रकम दुरुपयोग गर्दै जोडिएका चलअचल सम्पत्ति, स्वदेशी तथा विदेशी बैंकमा संस्था र व्यक्तिका नाममा समेत राखिएका संस्थाका रकम तथा सहकारी लगानी आदि सबै गेसोकै नाममा नामसारी गर्ने गराउने तथा यसका लागि आवश्यक परेमा बेलायतदेखि नेपालसम्म कानुनी कारबाहीसमेत चलाउने । यस प्रयोजनका लागि एक विस्तृत प्रतिवेदन तयार गर्न नेपालका लेखापरीक्षकहरुसमेत रहेको एक स्वतन्त्र र निष्पक्ष आर्थिक घोटाला छानबिन समिति गठन गर्ने ।
१३. आवासीय भिसाका लागि बेलायती वकिलहरुमार्फत कानुनी सेवा र परामर्श उपलब्ध गराउने सन्दर्भमा प्रत्येक गोर्खाहरुबाट जनही ५०० पाउण्डका दरले वकिल तथा अन्य प्रशासनिक खर्चका नाममा गैरकानुनी रुपमा उठाइएको रकम तत्काल सम्बन्धित गोर्खाहरुलाई फिर्ता गर्न गराउनका लागि आवश्यक पहल गर्ने तथा यसका लागि आवश्यक परेमा लण्डनस्थित ह्वो एण्ड को. सोलिसिटर्स, लिगल सर्भिसेज कमिसन र गोर्खा आन्दोलनकी सक्रिय नेतृ जोआना लम्ली समेतको सहयोग लिने ।
१४. गोर्खा समुदायमाथि परेका पीरमर्का र समस्याहरुको समाधान गर्न गराउनका लागि विभिन्न कल्याणकारी सेवाहरु प्रदान गर्दैजाने तथा यसका उद्देश्यका निमित्त गोर्खा वेल्फेयर टस्टलाई पुर्ण रुपले पारदर्शी गराउँदै बेलायतस्थित गोर्खाहरुलाई व्यापक रुपमा आर्थिक तथा भौतिक सहयोग गर्न गराउनका लागि अनुरोध गर्ने ।
१५. गेसो र गोर्खा आन्दोलनका लागि विशेष योगदान गर्ने महानुभावहरुलाई उपयुक्त समय र अवसरमा आवश्यक सम्मान एवं अभिनन्दन पार्दैजाने ।
१६. हालै गेसोका भुतपुर्व सभापति पदम बहादुर गुरुंगले गेसोको नाम, इज्जत, प्रतिष्ठा र गोर्खा समुदायकै बदनाम हुने गरी तथाकथित श्वेतपत्र नामको झुठैझुठको दस्ताबेज सार्वजनिक गर्दै यस अधिवेशनलाई समेत बिथोल्ने प्रयास गरेकोले यसको घोर विरोध गर्दै उक्त कथित श्वेतपत्रमार्फत सार्वजनिक गरिएका सबै झुठा विवरण, सुचना र हिसाबकिताबहरुसम्बन्धी वास्तविकता जनसमक्ष प्रष्ट पार्ने ।
१७. नेपाल तथा बेलायतमा रहेका सबै संचारमाध्यमहरुलाई गेसोसँग सम्बन्धित कुनै पनि घटना, सुचना, विवाद र समाधानका विषयमा एकतर्फी समाचार सम्प्रेषण नगर्न नगराउन तथा गेसो, गेसोका पदाधिकारी र कानुनी सल्लाहकारको चरित्रहत्या हुने गरी वा गलत सन्देश प्रवाह हुने गरी कुनै पनि सुचना, विज्ञापन वा समाचार सम्प्रेषण नगर्न नगराउनुका साथै आजसम्म लगाइएका झुठा आरोप र गलत समाचारहरुको प्रतिकारका लागि उपयुक्त अवसर प्रदान गर्न गराउन हार्दिक अनुरोध गर्ने ।
१८. गेसो र गोर्खा समुदायकै अपमान र बदनाम हुने गरी गेसोका भुतपुर्व सभापति पदमबहादुर गुरुंग तथा अन्य भुतपुर्व पदाधिकारीहरु, खासगरी कृष्णकुमार राई, महेन्द्रलाल राई, जीतबहादुर राई, पुरन्जन राई, रगप्रसाद पुर्जा र दशरथ राई समेतले गेसोभित्रका आन्तरिक सांगठानिक सवालहरुलाई आन्तरिक रुपमै समाधान गर्नुको सट्टा बदनियतपुर्वक सार्वजनिक गरी गेसोका पदाधिकारी, कानुनी सल्लाहकार र बुद्धिजीवी सल्लाहकारहरुको समेत अपमान र बदनाम गर्दै आएकाले उनीहरुका विरुद्ध नेपाल तथा बेलायतमा गालीबेइज्जति र क्षतिपुर्तिका मुद्दाहरु दर्ता गर्ने तथा क्षतिपुर्तिबापत प्राप्त हुने कुनै रकमको ५० प्रतिशत रकम गेसोको आर्थिक कोषमा अनुदानस्वरुप जम्मा गर्ने ।
१९. गोर्खा आन्दोलनका विषयवस्तु र मागपत्रका विषयमा एक संयुक्त अवधारणापत्र तयार गर्न सामुहिक पहल गर्ने तथा अनुमोदित घोषणापत्र र कार्ययोजनालाई तत्काल बेलायत र नेपाल सरकारसमक्ष पेश गर्दै सोही आधारमा गेसो र गोर्खा आन्दोलनको भावी कार्ययोजना तर्जुमा गर्ने ।
२०. गेसो र गोर्खा आन्दोलनलाई हरबखत साथ दिने बेलायती जनता, वकिल, प्रशिद्ध अभिनेत्री जोआना लम्ली तथा पिटर क्यारोलजस्ता व्यक्तित्व, विभिन्न संघसंस्था, संचारमाध्यम, अन्तर्राष्टिय समुदाय एवं गोर्खाहरुको मुद्दामामिलामा कानुनी सहायता प्रदान गर्ने लिगल सर्भिसेज् कमिसनलगायत सबैप्रति गहिरो आभार व्यक्त गर्दै भविष्यमा समेत हाम्रो आन्दोलन र मुद्दामामिलामा भविष्यमा समेत साथ दिन हार्दिक अपिल गर्दछौँ।

Popularity: 8%

19 comments August 25th, 2010

जनजाति महासंघद्वारा सविधानसभा भवन अगाडि धर्ना

एचकेनेपाल डट कम संवाददाता, अगष्ट २३-
नेपाल आदिवासी जनजाति महासंघले सोमवार ‘कुर्सीको खेल अन्त गर, समयमा संविधान जारी गर’ नारासहित संविधानसभा भवन अगाडि धर्ना दिएको छ।

प्रदर्शनकारीले विहान ११ देखि ५ बजेसम्म संविधानसभा भवन गेट नं ३ अगाडि ‘कुर्सीको खेल अन्त गर, समयमा संविधान जारी गर’ लेखिएको कुर्सीलाई ६ फिट लामो बाँसको टुप्पोमा बाँधेर प्रर्दशन गरेका थिए।

धर्नामा करीब २ हजार हस्ताक्षर संकलन गरेकोछ। कार्यक्रममा आदिवासी जनजाति वरिष्ठ नेता पद्मरत्न तुलाधर, सभासदहरु, महासंघका पदाधिकारीहरु, महासंघका जातिय तथा सम्बन्धन प्राप्त संगठनका अध्यक्ष, पदाधिकारी तथा सदस्यहरु, मानव अधिकारवादीहरु र सर्वसाधारणहरुको उल्लेखनीय उपस्थिति थियो।

प्रेस विज्ञप्ति, अगष्ट २२–
कुर्सीको खेल अन्त गर
समयमा संविधान जारी गर

नेपाल आदिवासी जनजाति महासंघले भोलि २०६७ भाद्र ८ गते विहान ११ देखि ५ बजेसम्म संविधानसभा भवन गेट नं ३ अगाडी कुर्सीको खेल अन्त गर समयमा संविधान जारी गर भनेर लेखिएको कुर्सीलाई ६ फिट लामो बाँसको टुप्पोमा बाँधेर प्रर्दशनमा राखेर हस्ताक्षर संकलन र धर्ना कार्यक्रममा सबैलाई हार्दिक स्वागत छ।

आङ काजी शेर्पा किसान
महासचिव
सम्पर्क फोन ९८५१० ४८१८४

Popularity: 8%

1 comment August 23rd, 2010

पदमबहादुर गुरूङविरूद्ध बेलायती प्रहरीमा उजुरी दर्ता

प्रेस विज्ञप्ति-

भोलि हुने भनिएको गोर्खा भेला गेसो केन्द्रीय समितिद्वारा अवैधानिक घोषित
पदम बहादुर गुरुंगलगायतका व्यक्तिहरुविरुद्ध तत्काल कानुनी कदम चालिने
आजै अल्डरसट र फार्नबोरो पुलिस स्टेशनमा उजुरी दर्ता

आदरणीय पत्रकार महोदय, गोर्खाली तथा नेपाली दाजुभाई एवं दिदीबहिनीहरु,
अभिवादन ।
१. यहाँहरुलाई सबैलाई थाहा भएकै कुरा हो कि हामी सँधै र सबै गेसोको एउटै झण्डामुनि रहेर गोर्खा आन्दोलनलाई सफलताको शिखरमा पुर्याउन चाहन्थ्यौँ । गेसोलाई सँधै एउटा अत्यन्तै पारदर्शी र प्रजातान्त्रिक संस्थाका रुपमा विकसित गर्न चाहन्थ्यौँ । यसका निमित्त हामीले विगतदेखि वर्तमानसम्म संस्थाभित्र स्वाभाविक रुपमा उत्पन्न भएका विभिन्न समस्याहरुको आन्तरिक समाधानका निमित्त गरेका सबै प्रयत्नहरु खसगरी गेसोका भुतपुर्व सभापति पदम बहादुर गुरुंग, कृष्ण कुमार राई, महेन्द्रलाल राई, जीत बहादुर राई, पुरन्जन राई, रग प्रसाद पुर्जा तथा दशरथ राईका कारण असफल भएको कुरा सबैलाई थाहै छ । यसैबीच गत अगष्ट १४ का दिन आसफोर्ड, केन्टमा गेसोको केन्द्रीय महाधिवेशन सम्पन्न भइसकेपछि पनि एकता र मेलमिलापका लागि गरेका हाम्रा अनुरोधहरुलाई आजका मितिसम्म पनि बेवास्ता गरेकोप्रति हामी अत्यन्तै दुःखित छौँ ।
२. यसैबीच भोली अगष्ट २१ का दिन फार्नबोरोमा गेसोका नाममा आयोजना गर्ने भनिएको भेलालाई पनि वार्ता र संवादको एउटा अन्तिम उपयुक्त थलोका रुपमा उपयोग गर्ने हाम्रो प्रस्तावलाई आजैमात्र महेन्द्रलाल राईमार्फत अस्वीकार गरिएको छ । यद्यपि यो भेला गेसोको नाममा गर्ने कार्य बेलायती कानुनअनुसार अवैधानिक हुने कुराप्रति हामीले विगत केही हप्तादेखि नै सबैलाई जानकारी दिँदैआएको स्थिति छ । तर हाम्रो अनुरोधलाई बेलायतबाट प्रकाशित हुने कतिपय पत्रपत्रिका, संचारमाध्यम र संघसंस्थाहरुले बेवास्ता गरेकोप्रति हाम्रो गम्भीर सरोकार र आपत्ति रहेको छ । यसबारेमा हाम्रो तर्फबाट निकट भविष्यमा आवश्यकता वार्ता वा प्रतिकार हुने नै छ ।
३. यस सन्दर्भमा भोली अगष्ट २१ का दिन गेसोका नाममा अवैधानिक रुपमा आयोजना हुन लागेको यस तथाकथित गोर्खा भेलालाई रोक्न वा आवश्यक निगरानी गर्नका लागि आजकै मितिमा अल्डरसर्ट तथा फार्नबोरोस्थित पुलिस स्टेशनसमक्ष लिखित उजुरी पेश गरिसकेको तथा यसको बोधार्थ ओक फार्म कम्युनिटी स्कुललाई समेत दिइसकेको कुरा यहाँहरु सबैमा जानकारी गराउन चाहन्छौँ । हामीले यस उजुरीमा निम्नलिखित चारवटा सवालहरु उठाएका छौँः

(क) हाम्रा नाममा दर्ता रहेको गेसोका नाममा हुने कुनै पनि गतिविधिहरुलाई रोक्न,
(ख) गेसोको कानुनी स्वामित्व, इज्जत र प्रतिष्ठालाई बचाउन,
(ग) गेसोका पदाधिकारी तथा सदस्यहरुको व्यक्तिगत सुरक्षा सुनिश्चित गर्न, र
(घ) यस भेलामा जानी वा नजानी वा कुनै प्रभावमा परेर वा नातागोताका कारण उपस्थित हुने गेसोका पदाधिकारी वा सदस्य वा समर्थकहरुमाथि हुनसक्ने सम्भावित दुव्र्यवहार वा हिंसालाई रोक्न ।
४. तसर्थ अब उप्रान्त गेसोका नाममा अरु कसैले पनि कुनै गतिविधि गरेमा, अर्थ संकलन गरेमा, कुनै समाचार छापे, छपाए वा प्रसारण गरेमा हामी उनीहरुका विरुद्ध आवश्यक कानुनी कारबाही चलाउने र क्षतिपुर्तिसमेत तिराउने कदम चाल्न बाध्य हुने कुरा यहाँहरु सबैसमक्ष अग्रिम जानकारी गराउन चाहन्छौँ ।
५. अन्त्यमा, विगतका सबै तिता अनुभवहरुलाई बिर्सेर बदनियतले प्रेरित एक दुई जना व्यक्तिहरुको पछाडि नलागी हामी सबैको साझा गौरवशाली संस्था गेसोको झण्डामुनि पुनः गोलबद्ध हुँदै गोर्खा आन्दोलनलाई गेसोको सक्रिय नेतृत्वमा सफलतामा टुंग्याउनेजस्तो पुनित कार्यमा सरिक हुन सम्पुर्ण गोर्खाली दाजुभाई तथा दिदीबहिनीहरुसमक्ष हामी हार्दिक अपिल गर्दछौँ । साथै आफ्ना नीहित आर्थिक एवं व्यक्तिगत स्वार्थ र बदनियतका कारण गेसो र गोर्खा आन्दोलनलाई भत्काउने र तुहाउनेजस्ता कार्यहरु ग्र्दै बाटो बिराएका पदम बहादुर गुरुंग, कृष्ण कुमार राई, महेन्द्रलाल राई, जीत बहादुर राई, पुरन्जन राई, रग प्रसाद पुर्जा तथा दशरथ राईजस्ता व्यक्तिहरुमा ढिलै भए पनि सद्बुद्धि पलाओस् भन्ने कामनासमेत गर्दछौँ । वहाँहरुलाई कम्तिमा पनि गेसो र गोर्खा आन्दोलनलाई भाँड्नेजस्ता कुनै पनि क्रियाकलाप र गतिविधिहरु नगर्न नगराउन तथा संचारजगत र आम जनसमुदायमा भ्रम फैलाउनेजस्ता अबान्छित क्रियाकलापहरु तत्काल रोक्नसमेत हार्दिक अनुरोध गर्दछौँ ।
६. र, यदि भोली कुनै कारणले गेसोका नाममा यो तथाकथित भेला सम्पन्न भयो, अर्थ संकलन गरियो र गेसोका कुनै पनि पदाधिकारी तथा कानुनी सल्लाहकारका विरुद्ध कुनै पनि आपत्तिजनक कुरा बोलियो, भनियो वा गेसो र गोर्खा आन्दोलनका हस्ती हाम्रा इमान्दार गोर्खाली दाजुभाई तथा दिदीबहिनीहरुमाथि भ्रम फैलाउने काम गरियो भने पदम बहादुर गुरुंग तथा उनका अन्य कुनै पनि मतियारहरुविरुद्ध बेलायतको कानुनअनुसार शब्दशब्दमा गालीबेइज्जति र लाखौँ पाउण्डको क्षतिपुर्तिका मुद्दाहरु ीवभिन्न निकायमा धमाधम हाल्न बाध्य हुने कुरासमेत सम्बन्धित व्यक्तिहरुलाई जानकारी दिलाउन चाहन्छौँ ।
भवदीय
भक्तशेर राई
सभापति
गेसो केन्द्रीय समिति
०७७२८६८४४१९
इमेलः bhaktasher.gaeso@gmail.com

पुलिस स्टेशनसमक्ष पेश गरिएको निवेदन यहाँ तल छः

Gurkha Army Ex-Servicemen’s Organisation (GAESO)
c/o 26 Lynsted Close, Ashford, Kent, TN23 5RZ, 07961830312

Complaint
Filed at Wellington Police Office in Aldershot, Hampshire
against

Padam Bahadur Gurung
Krishna Kumar Rai
Mahendra Lal Rai
Jit Bahadur Rai
Puranjan Rai
Rag Prasad Purja
Dashrath Rai
(Respondent Group 1)

Bhakta Bdr Gurung 07786357010
Janga Bdr Gurung 077828714066
Birendra Rai 07920101092
Om Bdr Gurung 07861353841
(Respondent Group 2)

Respondents’ contact address:
3A Arthur Street, 3A Arthur Street, Aldershot, Hants GU11 1HJ,
Tel. no. 01252350450, Mobile phone 07766036565

As regards this complaint, I, on behalf of Gurkha Army Ex-Servicemen’s Organisation (GAESO), (hereinafter to be known as “GAESO”), I am submitting my complaint as below for your immediate investigation and actions as deemed appropriate:
1. For over a decade, we, the ex-Gurkhas retired from the British Army have been campaigning for equal rights and welfare of the British Gurkha soliders and their families in and from Nepal to the UK under the banner of GAESO. After the arrival of the large number of our member Gurkhas and their families in the UK as a result of the newly changed immigration policy of the UK government in 2009, we decided to operate this organisation mainly from the UK in accordance with the relevant UK laws and regulations. Therefore, we registered GAESO under the UK Company Act 2006 as a charity organisation (No. 7313915) and also held its convention/meeting in Ashford, Kent on 14 August 2010 successfully.
2. For your information, we have already filed the first complaint against some individuals listed as respondents in this complaint, namely Jit Bahadur Rai, Rag Prasad Purja and Dashrath Rai, for spreading around the wrong, defamatory and racial messages within the Gurkha and Nepali communities living in the UK by illegally using the name of GAESO and also by telling them that the our Convention had also been cancelled which was not true. We are highly pleased with your prompt action to that complaint filed by us on 13 August 2010 as the illegal activities by these individuals have been reduced over this week.
3. We had thought that our first complaint filed at your office would prevent these individuals from misusing and/or illegally using the name of GAESO for their ulterior motives of collecting huge amount of funds from the ordinary Gurkhas and their families in the wrong pretest of sponsoring social gatherings. One such event under our scrutiny has been the proposed “Gurkha’s Annual Get-Together”, popularly known as “Gurkha BBQ Party”, planned to be held on 21 August 2010, in Oak Farm Community School in Farnborough.
4. We further discovered that the first group of Respondents have also been acting as the office bearers of GAESO which they are not. These individuals are confirmed to be the main culprits behind such illegal activities, misleading with false information of these most honest and generous Gurkha community in the UK, issuing defamatory statements and racial remarks to divide the Gurkha community on the basis of their respective regional and racial and/or ethnic identity in their motherland — Nepal. We are considering for series of legal actions against them in the near future to come as and when required.
5. As a proof of our claim of illegal activities by these Respondents by misusing the name of our organisation, GAESO, I am attaching a BBQ Ticket herewith being sold by them openly and publicly. In this Ticket, we have obtained the names of the second category of Respondents as the contact persons “for GAESO” – a Charity organisation that is not owned by them. We have heard the unverified rumours that they are planning to gather over a thousand of Gurkhas and their families for fund-raising purposes which is and will be grossly illegal under the UK laws as well as against the reputation, integrity and operation of our organisation freely and independently without any interference. They have also been reportedly spreading around the message of threat and fear by indicating us — the office bearers of GAESO and myself — that they are even ready to attack us physically if we ever appear in this Get-Together. For your urgent attention, we also have been considering to attend this event so as to inform all the Gurkhas and their familities to be present there about the impact of this illegal activity and the legal status of our Charity.
6. For the purpose of your immediate investigation and proper legal action against this most serious illegal activity being done under the name of our Charity, one of the publicly issued Tickets has the following content in it to establish our claims and objections:

Ticket No. 0758

Gurkha’s Annual Get-Together

Saturday 21st August 2010 11am - 7pm

Oak Farm Community School
Ballantyne Road, Farnborough, GU14 8SS

Contacts:
GAESO Office 01252 350450
Bhakta Bdr Gurung 07786357010
Janga Bdr Gurung 077828714066
Birendra Rai 07920101092
Om Bdr Gurung 07861353841

Adult £10
Child under 6-12 years £7
Child under 6 years Free

Organised by: Gurkha Army Ex-Servicemen’s Org (GAESO)
8. Therefore, I would like to request you to take immediate actions against these individual respondents for the reasons of following urgency:
a) to prevent this most serious criminal activity of holding public event and raising funds illegally in the name our Charity,
b) to protect the legal ownership, reputation and integrity of our Charity,
c) to ensure the personal safety and security of the office bearers and members of our Charity, and
d) to take precaution for any possible act of unsocial behaviours and/or physical acts of violence against any one of our members and/or supporters who may be present in this so called “Get-Together” either unknowingly or out of some undue family, personal and/or socio-cultural links and influences.

8. Please contact me for any further information, question or clarification that you may need or have while pursuing your investigations or actions urgently.

Sincerely,

Santosh Thalang
Vice-President
07961830312

Uttam Prasad Rai
Secretary
07533795403

Cc:
Police Station Pinehurst Avenue, Farnborough, Hampshire GU14 7LF
Oak Farm Community School, Chauder Road, Farnborough GU14 8SS

Popularity: 12%

120 comments August 20th, 2010

महाधिवेशनपछि गेसो संगठन विस्तार तीब्र गतिमा

महाधिवेशनपछि गेसो संगठन विस्तार तीब्र गतिमा
पिटरबोरोमा गेसोको नयाँ शाखा गठन

१८ अगष्ट २०१०, लण्डन-
बेलायतको क्याम्ब्रिजशायरको पिटरबोरोस्थित वेष्टवुड टाउनमा सम्पन्न भुतपुर्व गोर्खा सैनिक तथा परिवारहरुको एक भेलाले आज गोर्खा भुतपुर्व सैनिक (गेसो) को पिटरबोरो शाखा गठन गरेको छ । श्री रविचन्द्र राईको सभापतित्वमा गठित यस ९ सदस्यीय कार्यसमितिमा पदम सुन्दर इदिङ्वो उपसभापति, समिप हाङ्गबाङ्ग सचिव, श्रीमति अरुणा राई सहसचिव र राम प्रसाद राई कोषाध्यक्ष रहनुभएको छ । त्यस्तै सदस्यहरुमा क्रमशः युगराज राई, मोहन थापा, देविका राई र मुना लिम्बु हुनुहुन्छ।

पिटरबोरोमा गठित गोर्खाहरुको यस पहिलो संगठनलाई सम्बोधन गर्दै गेसोका केन्द्रीय सभापति भक्तशेर राईले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई बधाइ दिँदै गेसोभित्र दुर्भाग्यवशः उत्पन्न भएका समस्याहरु व्यक्तिगत नभई एउटा आन्दोलनकारी सामाजिक संस्थाभित्र हुनुपर्ने प्रजातान्त्रिक पद्धति, पारदर्शिता र सामुहिक अनुशासनसँग सम्बन्धित भएको बताउनु भयो । वहाँले समान पेन्सन, क्षतिपुर्ति र दोहोरो नागरिकतालगायतका सबै मागहरु पुरा नभएसम्म गेसोको नवनिर्वाचित केन्द्रीय नेतृत्व र गेसोको एउटै झण्डामुनि विनापुर्वाग्रह पुनः गोलबन्द भएर यस पवित्र आन्दोलनलाई अन्तिम समयसम्म सक्रिय रहन सबै गोर्खाहरुलाई आह्वान गर्नुभयो । सभापति राईले गेसो र गोर्खा आन्दोलनको महत्व र आवश्यकताबारे थप प्रकाश पार्दै बेलायतमा आइसकेपछि आन्दोलनलाई बिर्सने हो भने नेपालमा रहेका हजारौँ गोर्खाहरुप्रति स्वयं गोर्खाहरुबाटै अन्याय भएको ठहरिने बताउनुभयो ।

दश वर्ष पहिले गेसो र गोर्खा आन्दोलनलाई बेलायती अदालत तथा जनमानसमा स्थापित गराउन अग्रणी भुमिका निर्वाह गर्ने गेसोका कानुनी सल्लाहकार गोपाल सिवाकोटी चिन्तनले गेसोका भुतपुर्व सभापति पदम बहादुर गुरुङ तथा उनको बदनाम झुण्डले गोर्खाहरुबाट मुद्दामामिला र अभियानका लागि भनेर उठाएको बीसौँ करोड रकम हिनामिना गर्न र बेलायती रक्षा मन्त्रालयसँग अप्रत्यक्ष मिलेमतोमा गोर्खा आन्दोलनलाई सदाका लागि तुहाउन आफ्नो व्यक्तिगत एवं पेशागत चरित्र हत्या गर्न चाहेको बताउनुभयो । वहाँले उनीहरुका विरुद्ध अब आवश्यक परेमा नेपालदेखि बेलायतसम्म कानुनी कारबाही अघि बढाउने बताउने उल्लेख गर्दै आफुले शुरु गरेको नेपालीहरुको यस स्वाभिमानी आन्दोलनले अन्तिम निकास नपाएसम्म गेसो र गोर्खा आन्दोलनमा आफ्नो सक्रियता जारी रहने प्रतिज्ञा गर्नुभयो । वहाँले अब गोर्खाहरुले आफ्ना न्यायोचित मागहरु पुरा गर्न गराउनका लागि बेलायती अदालत, संसद् तथा सडक सबै किसिमका आन्दोलनहरुका लागि तयार हुनुपर्ने समेत बताउनुभयो ।

चिन्तनले भेलाका सहभागीहरुले सोधेका प्रश्नहरुका जवाफ दिँदै पदम बहादुर गुरुङले मार्च २००७ मा पेन्सनको मुद्दा नलड्ने निर्णय गर्दै गोर्खाहरुबाट उठाएको बीसौँ करोड रकमको हिसाबकिताब सार्वजनिक पनि नगर्ने र आवासीय भिसाका नाममा गोर्खाहरुलाई झुक्याएर र ठगेर गैरकानुनी रुपमा जनही ५०० पाउण्ड रकम पनि उठाउनेजस्तो निकृष्ट काम गर्न थालेपछि आफु गुरुङ र उनको बदनाम नेतृत्वको साथ छोड्न बाध्य भएको बताउनु भयो । वहाँले गेसोबाट विगतमा प्राप्त गरेको ५० लाख रकम नगद वा श्रमसेवा गरेरै भए पनि गेसोलाई नै फर्काइदिने घोषणा गरिसकेको उल्लेख गर्दै आफुले गेसोबाट ४ करोड ४० लाख रकम लिएको कुरा वाहियात् भएको तथा यथार्थ भए सो कुरा प्रमाणित गरेर देखाउन खुला चुनौती दिनुभयो । गेसोको सभापतिका हैसियतमा गुरुङसँगको लामो उठ्बस् आफ्नो जीवनकै सबैभन्दा ठूलो गल्ती र कलङ्क साबित भएकोमा गहिरो दुःख व्यक्त गर्नुभयो ।

गेसोका केन्द्रीय अभियान संयोजक पदमसुन्दर लिम्बुले गेसोलाई समाप्त गर्ने र गोर्खा आन्दोलनलाई बेलायत सरकारको पोल्टामा बुझाउने षडयन्त्रकारीहरुको भत्र्सना गर्दै बेलायतजस्तो शिक्षित र विकसित देशमा बसेर पनि गोर्खाली संगठन र आन्दोलनका सवालमा कुनै गोर्खाहरुले आफुलाई तटस्थ राख्नु भनेको हास्यास्पद र कमजोर मानसिकताको परिणाम हुने बताउनुभयो । वहाँले सबै गोर्खाहरुलाई गेसो वा अन्य कुनै संगठनमा लागेर भए पनि गोर्खाका साझा मागहरु पुरा नभएसम्म एकताबद्ध हुन हार्दिक अपिलसमेत गर्नुभयो ।

कार्यक्रममा गेसोका केन्द्रीय संगठन विभाग प्रमुख (नेपाल) गजेन्द्र इस्वो तथा गेसो झापा (माई पश्चिम) शाखाका अध्यक्ष एवं केन्द्रीय सदस्य पदमसुन्दर राईले पनि नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई शुभकामना दिँदै गोर्खा आन्दोलनलाई टुङ्गोमा पु¥याएर छोड्ने ऐतिहासिक जिम्मेवारी हामी सबैमाथि आइपरेको उल्लेख गर्नुभयो । वहाँहरुले गेसो र गोर्खा समुदाय कुनै खास व्यक्तिको पिछलग्गु नभई संस्था र आन्दोलनको साथ लाग्नु उपयुक्त हुने बताउनुभयो ।

गेसो केन्द्रीय समितिका सदस्य तथा पिटरबोरो एरिया इन्चार्ज किशोर कुमार थेबेले सबै गोर्खाहरु गेसोको झण्डामुनि रहेर अरु संगठनहरुसँग समेत सहकार्य गर्दै एक भएर अघि नबढेसम्म गोर्खा आन्दोलन सफल हुन नसक्ने बताउनु भयो । कार्यक्रमको अन्त्यमा बोल्दै नवनिर्वाचित पिटरबोरो शाखाका सभापति रविचन्द्र राईले गेसो र गोर्खा आन्दोलनमा समस्त पिटरबोरोबासी गोर्खाहरुको सँधै सक्रिय सहभागिता रहने वचनबद्धता व्यक्त गर्नुभयो ।

भेलाको समापनपछि गेसो केन्द्रीय समिति तथा पिटरबोरो शाखाका पदाधिकारीहरुले नेपाली सन्देशका सम्पादक श्री वीके पाण्डेसँग कुरा गर्दै भविष्यमा गेसोको आन्तरिक मामिलामा स्वतन्त्र पत्रिकाका हैसियतले तटस्थ रहेर समाचार सम्प्रेषण गर्न सुझाब दिनुभयो । गेसो पदाधिकारीहरुले युरोपियन बाइकर्स एसोसिएसन युकेका अध्यक्ष डोडोसँग लामो कुराकानी गर्दै गोर्खा आन्दोलनका बारेमा जानकारी गराएपछि वहाँले गोर्खाहरुको न्यायपूर्ण आन्दोलनलाई सकेको सहयोग गर्न आफ्नो एसोसिएसन सदा तयार रहने बताउनु भयो ।
भवदीय

डा. रामनारायण कन्दङ्वा
महासचिव
०७५७८९९२८५२

Popularity: 7%

2 comments August 19th, 2010

पत्रकार उग्रताराको ५८ वर्षको उमेरमा निधन

अनिजको शोक विज्ञप्ति
अग्रज पत्रकार बालकृष्ण उग्रताराको ५८ वर्षको उमेरमा हृदयघातबाट विहीबार निधन भएकोमा नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) कास्की शोक व्यक्त गर्दछ।

पोखराको नयाँबजारस्थित चरक हस्पिटलमा उपचाररत उग्रताराको बिहीबार निधन भएको हो।

विगत लामो समयदेखि पोखरा एक्सप्रेस पाक्षिक प्रकाशन गर्दै आउनु भएका पत्रकार उग्रताराको निधनले पत्रकारिता क्षेत्रले कर्तव्यनिष्ठ, लगनशील, परिश्रमी र हाकी स्वाभावको पत्रकार गुमाएको छ।

पत्रकार उग्रताराको परिवारजनमा समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामनाका गर्दछु।
मितिः २० साउन, २०६७
हुमबहादुर तमु
अध्यक्ष
अनिज कास्की

Popularity: 7%

Add comment August 5th, 2010

मधेशी मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ

एचकेनेपाल डट कम संवाददाता, जुलाई २३-
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले प्रधानमन्त्रीको चुनावमा कसैको पक्ष र विपक्षमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेपछि आज हुने भनिएको प्रधानमन्त्री चुनाव अनिश्चित भएको छ।

मोर्चाले थप छलफलको आवश्यकता रहेको जनाउंदै मतदान प्रक्रियामा सहभागी नहुने भएपछि मुलुक तेस्रो चरणको निर्वाचनमा जाने अवस्था सिर्जना भएको छ। व्यवस्थापिका संसदमा मोर्चाको सदस्य संख्या ८२ रहेका छन्।

मधेशी मोर्चाले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण पाठ
ऐतिहासिक जनआन्दोलन र मधे‍श आन्दोलनको जनादेश भावना र मर्म अनुसार संघीयता, लोकतान्त्रिक गणतन्त्र, दिगो शान्ति, र सामाजिक न्याय तथा मधे‍श आन्दोलनको बेला भएको २२ बुँदे र ८ बुँदे सम्झौताको अक्षर र भावना अनुरुप संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले‍ निम्न अनुसारको मुद्दाहरु तय गरेको छ।

१ मधेशको सम्बन्धमा
क) २०६४ साल भाद्र १३ गते मधेशी जनअधिकार फोरम नेपाल र नेपाल सरकारबिच भएको २२ बुँदे सम्झौता र २०६४ साल फागुन १६ गते संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग नेपाल सरकारले गरेको ८ बुँदे सम्झौताको कार्यान्वयन गर्न बाँकी रहेका विषयहरु कार्यान्वयन गर्ने।
ख) आत्मानिर्णयको अधिकार सहित स्वायत्त मधेश प्रदेशको स्थापना गर्ने।
ग) सेना शसस्त्र प्रहरी जनपद प्रहरी शिक्षा स्वास्थ्य लगायत सम्पूर्ण सार्वजनिक सेवाहरु, संस्थान, संवैधानिक निकायहरुमा मधेशीको समावेशीकरणको लागि आरक्षण गर्न आवश्यक एन कानून एवं नियमावली बनाउने।
घ) मधेशलाई मरुभूमिकरण हुनबाट बचाउनका लागि वन विनास पूर्ण रुपले रोकि चुरे क्षेत्रलाई सुरक्षित गर्न वन लगाउने कार्य गर्ने र नदी नियन्त्रण गरी गिट्टी ढंगा र बालुवा झिक्ने र निर्यात गर्ने कार्य नियन्त्रण गर्ने
ङ) मधेशबाट सामुदायिक वनको मधेशी विरोधी अवधारणालाई अविलम्ब खारेज गरी साझेदारी वनको अवधारणा लागू गर्नु पर्ने।
च) संविधानसभामा राज्यको पुर्नसंरचना तथा राज्य शक्तिको बाँडफाँड समितिद्धारा तत् सम्बन्धमा प्रतिवेदन पेश भई संविधानसभाको क्षेत्राधिकार भित्र प्रवे‍श भईसकेको विषयमा राज्य पुर्नसंरचना आयोगको औचित्य र सान्दर्भिकता नरहेकोले सो आयोग गठन नगर्ने।
छ) जन्मसिद्ध र अंगिकृत लगायतका नागरिका सन्तानलाई अन्तरिम संविधानको ब्यवस्था अनुसार नागरिकता प्रमाणपत्र उपलब्ध गराउन आवश्यक ब्यवस्था गर्ने।
ज) सुकुम्बासीको नाममा मधेशको जंगलको विनाशिकरण र राज्यद्धारा संचालित आन्तरिक आप्रवासनलाई निरुत्साहित गर्ने।

२ संविधान निर्माण सम्बन्धमा
क) संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान संविधान सभाबाटै २०६७ साल चैत मसान्तभित्र निर्माण गरी निर्धारित समयभित्र जारी गरिसक्नु पर्छ।
ख) संविधानमा विश्वव्यापी मान्यता अनुरुप मानवअधिकार तथा प्रेस स्वतन्त्रता, लोकतान्त्रिक गणतन्त्र आत्मनिर्णयको अधिकार र प्रादेशिक स्वायत्ततासहितको संघीय शासन प्रणाली नागरिक सर्वोच्चता संवैधानिक सर्वोच्चता तथा विधिको शासन बहुलवाद र बहुदलीय प्रणाली निश्पक्ष तथा स्वतन्त्र न्यायपालिका जनसंखयाको आधारमा समानुपातिका प्रतिनिधित्व प्रणाली आवधिक निर्वाचन जस्ता विशेषताहरु राखिनु पर्छश्र

३ शान्ति प्रक्रियाका सम्बन्धमा
क) तत्काल कार्य प्रारम्भ गरी सरकार गठन भएको मितिले बढीमा चार महिनाभित्र माओवादी लडाकुहरुको समायोजन, पुनर्स्थापन र व्यवस्थापन कार्य सम्पन्न गरी पूर्ण रुपले निशस्त्रीकरण गर्ने। सोका लागि निम्न कार्यहरु गर्नेः
१ माओवादी लडाकुहरुलाई तत्काल विशेष समिति अन्तर्गत ल्याउने
२ दुई महिनाभित्र पुनः सामूहिकरण (रिग्रुपिङ) को कार्य सम्पन्न गर्ने
३ एक महिनाभित्रै समायोजनको संख्या तोक्ने
४ समायोजन हुने निकायको मान्य मापदण्डलाई पालना गर्ने
५ समायोजन कार्य समावेश बनाउने
६ सरकार गठन भएको एक हप्ताभित्र वाईसीएललाई डिक्याम्पिङ गर्ने
७ जफत गरिएको घरजग्गा र सम्पति एक महिनाभित्र फिर्ता गर्ने

ख) नेपाली सेनाको संरचनालाई समावेशी र लोकतान्त्रिकरण गर्ने प्रक्रियालाई सरकार गठन भएको १ महिनाभित्र प्रारम्भ गरिसक्ने।
ग) नेपाली सेनामा मधेसी समुदायको समावेशी तथा समानुपातिक आधारमा समूहगत प्रवेशको व्यवस्था गर्ने
घ) पूर्वी पहाडी क्षेत्र र मधेशमा राजनीतिक उद्देश्य प्राप्तिका लागि संघर्षरत रहेका सशस्त्र समूहहरुसित वार्ता गरी शान्ति प्रक्रियामार्फत् मूलधारमा ल्याउने।
ङ) मुलुकमा बढिरहेको हिंसा हत्या तथा अपराधिकरण र दण्डहीननताको स्थितिलाई अन्त्य गर्न ठोस योजना र कार्यक्रम तयार गरी कार्यान्वयन गर्ने।
च) नयाँ राष्ट्रिय सुरक्षा नीति तर्जुमा गरी लागू गर्ने

संविधान निर्माण गर्न, मधेसको सवाल सम्बोधन गर्न, शान्ति प्रक्रियालाई सफलतामा पुर्‍याउन राष्ट्रिय सहमति निर्माणको लागि हामी सहमत छौँ।

राजेन्द्र महतो, अध्यक्ष, सदभावना पार्टी
महन्थ ठाकुर, अध्यक्ष, तमलोपा
विजयकुमार गच्छदार, अध्यक्ष, मजफोने (लोकतान्त्रिक)
उपेन्द्र यादव, अध्यक्ष, मजफो नेपाल

Popularity: 7%

2 comments July 23rd, 2010

पुष्पलालको सम्मानमा श्रद्धञ्जलि सभा

पुष्पलालको सम्ममानमा श्रद्धञ्जलि सभा !
प्रेस विज्ञप्ति-
‘संकीर्ण पार्टी तथा गुटगत स्वार्थलाई तिलाञ्जली नदिएसम्म राष्ट्रिय सहमति कायम नहुने, शान्ति प्रकृया सही किमिसले नटुङ्गने र थपिएको समय सीमाभित्र पनि सार्थक र अग्रागमी संविधान नबन्ने कुरा निश्चित छ। अतः कामरेड पुष्पलाल जस्ता त्यागी, सिद्धान्तनिष्ठ र जनता तथा देशप्रति निस्वार्थभावले समर्पित नेतालाई सही किसिमले स्मरण गर्ने हो भने साझा राष्ट्रिय दृष्टिकोण बनाएर राष्ट्रिय सहमतिमा पुग्नु र जनता तथा राष्ट्रको स्वार्थलाई सर्बोपरी राखेर जन आन्दोलनका उपलब्धीहरलाई संस्थागत र सुदृढ गर्न जुटनु बाहेक अरु बाटै छैन।

अन्यथा दलहरुको आपसी अबिश्वास र सत्ताको लुछाचुँडीले बिदेशी दबदबा अपूर्वरुपमा बढ्न गई राष्ट्रिय अस्मिता र अखण्डता नै समाप्त हुने खतराको संघारमा देश पुगेको छ । २०६२/६३ मा जनताले फेरि एक पटक जितेका थिए तर त्यसलाई आज जिम्मेवार दलहरुको कृयाकलापले हारमा परिणत गर्न थालेको दुःखद अबस्था छ।’

उपर्युक्त कुरा नेकपा (संयुक्त मार्क्सवादी) का महासचिव क. लोकनारायण सुदीले कामरेड पुष्पलालको ३२औ स्मृति दिवसको उपलक्षमा पार्टी कोटेश्वरमा आयोजित श्रद्धाञ्जलि तथा पूष्पार्पण कार्यक्रमलाई सम्वोधन गर्दै बताउनु भएको हो । उहाँले सत्ता लुछाचुँडीबाट मुक्त हुन नेकपा-संयुक्त मार्क्सवादी)ले संविधान सभाले सबिधान सभा बाहिरबाट निष्कलंक, प्रतिष्ठित र इमानदार बढीमा १५ जना महानुभावहरु रहेको सानो सरकार बनाउन र त्यसलाई शान्ति प्रकृयालाई टुंग्याउन, निर्धारित थप समयभित्र संविधान निर्माण गर्ने सहज बातावरण बनाउन तथा नयाँ संविधान अनुसार आगामी निर्वाचन गराउन यी तीनवटा मूलभूत बिषयमा केन्द्रित भएर काम गर्ने जनादेश संबिधान सभाले देओस् र त्यसको लागि आबश्यक परे संविधान संशोधन गरोस् भन्ने सल्लाहा दिएर संबिधान सभामा पुगेका सम्पूर्ण दलहरुलाई संविधान निर्माणमा मात्र केन्द्रित गर्न र सरकार बनाउने र गिराउने खेलबाट मुक्त राख्न आहृवान गरेको कुरा प्रष्ट पार्नु भयो । उहाले पुष्पलाल र बीपी जस्ता नेपालको आधुनिक राजनीतिलाई स्थापित गर्ने र अग्रगति दिने राष्ट्रका शिर्षथ नेताहरुको स्मृति दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउनु पर्ने माग गरेको र प्रस्ताव पार्टीले अघि सारेको पनि प्रष्ट पार्नु भएको थियो।

त्यस अबसरमा क. पुष्पलालप्रति श्रद्धाञ्जलि ब्यक्त गदै नेकपा- (मालेमा केन्द) का नेता केबी शाहीले आज कम्युनिष्ट कम्युनिष्ट जस्तो नभएर औसरबादी प्रबृत्ति हाबी भएकोले संबिधान सभामा ६२ प्रतिशत कम्युनिष्ट मत प्राप्त हुँदा पनि त्यसलाई जनताको हितमा सदुपयोग गर्न सकेको छैन भन्नु भयो।

सभापतिको आसनबाट बोल्नु हुँदै नेकपा (संयुक्त मार्क्सवादी) का केन्द्रिय सचिवालय प्रमुख क. शरण बिक्रम मल्लले सबैले सहत्रि्रति ओठे भक्ति देखाए पनि संकुचित स्वार्थले गर्दा कोही सहमति चाँहदैनन् । आफ्नो बर्चश्व हुन स्थिति खडा भए मात्र संविधान बनाउने नत्र नबनाउने दिशातर्फदेशलाई धकेलिरहेका छन् भन्नु भयो।

नेकपा (संयुक्त मार्क्सावदी)का राष्ट्रिय परिषदका सदस्य तथा नेपाल प्रगतिशील बिद्यार्थी फेडरेशनका महासचिव क. दमन कटुवालले सञ्चालन गर्नु भएको श्रद्धाञ्जलि सभामा उपस्थित महिला, मजदुर बिद्यार्थी लगायतका महानुभावहरुलाई स्वागत गर्नु हुँदै नेकपा-संयुक्त मार्क्सवादी)का केन्द्रिय सदस्य तथा नेपाल प्रगतिशील महिला फेडरेशनका अध्यक्ष क. सीता सुवेदीले महिला समुदाय लगायत सम्पर्ूण्ा शोषित पीडित जनताको हक हितका निमित्त आजीवन संर्घष गर्ने कामरेड पुष्पलालको नीतिलाई छोडेर समस्या समाधान हुदैन भन्ने कुरा आजको देशको स्थितिले प्रष्ट पारेको छ भन्नु भयो।
२०६७ श्रावण ७
३२औ पुष्पलाल स्मृति दिवस
(शरणबिक्रम मल्ल)
केन्द्रिय सचिवालय प्रमुख
नेकपा (संयुक्त मार्क्सवादी)

Popularity: 8%

Add comment July 23rd, 2010

बुद्धको जन्म स्थानबारे भ्रम निबारणको लागि हस्ताक्षर संकलन

बुद्धको जन्म स्थानबारेको बिश्वब्यापी भ्रम निबारणको लागि हस्ताक्षर संकलन अभियान
संपूर्ण राष्ट्र प्रेमी नेपाली मित्रहरु,
मान्छे भएर जन्मेपछि पितृ ऋण, गुरु ऋण, देब ऋण र माटोको ऋण चुक्ता नगरी मर्नु भनेको जीबन सार्थक नभएको भन्ने चलन छ हाम्रो संस्कार अनुसार। नेपाली भएर जन्मिसकेपछि आवश्यक पर्दा नेपालको माटोको रक्षा हर हालतमा गर्नु माटोको ऋण चुक्ता गर्नुकै अंश हो र एउटा असल नागरिकको कर्तब्य पनि।

भारतबाट कपिलबस्तुको बिषयलाई लिएर जे जस्ता काम भएका छन, त्यो सीधै नेपालको राष्ट्रियमाथिको खेलबाड हो, तर गुगलमा बुद्धको जन्मभूमि खोज्दा भारत देखा पर्नु; PBS जस्तो ठूलो कम्पनीद्धारा उत्पादित भिडिओ “The Buddha” मा राजकुमार सिद्धार्थलाई भारती भनी उल्लेख गरिनु, बिभिन्न देशमा भएका पाठ्य पुस्तकमा बुद्धको जन्मभूमिका सम्बन्धमा गलत जानकारी उल्लेख गर्नु जस्ता संपूर्ण समस्याको जड भनेकै भारतले लामो समयसम्म नेपालको तर्फबाट सरकारी, बुद्धिजीबि तथा पत्रकारहरु कुनै पनि तहबाट केही पनि बिरोध नगरिएको कारण एकलौटी तबरबाट भ्रम सिर्जना गर्न पाएको अबसरको परिणाम हो र यस्लाई यो नेपालको रास्ट्रियतामाथिको नयाँ समस्याको रुपमा लिइनु पर्ने देखिन्छ । किनकि यी समस्याहरुको पछाडि नियतभन्दा पनि भारतद्धारा लामो समयसम्म गरिएको दुस्प्रयास र सो दुस्प्रयासका बिरुद्ध हुन नसकेको गतिबिधिका कारण सिर्जित भ्रमले काम गरेको देखिन्छ।

कपिलबस्तु दिवस अभियानले आफ्नो ब्लग, अन्तर्राष्ट्रिय सामाजिक सन्जालहरु फेसबुक तथा ट्वीटर मार्फत आँफै तथा अन्य समूहहरुसंग मिलेर जाकारीयाको दुस्प्रयासका बिरुद्ध जन चेतना जगाउने र जन परिचालन गर्ने, गुगलमा बुद्धको जन्म स्थान खोज्दा भारत देखाउने कार्यको बिरुद्ध अन्य समूहसंग मिलेर बिरोध गर्ने, ठूलो अन्तरराष्ट्रिय कम्पनी PBS को बुद्धसम्बन्धी गलत जानकारीको बिरोधमा कार्यक्रम गर्ने जस्ता थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ । गुगलले त गलत जानकारीलाई सच्याउने काम गरी सकेको छ । यस किसिमका समस्याहरु इण्टरनेटमा अझै धेरै देखिन्छन । तिनीहरुको निराकरणको लागि पनि प्रयास गरिनु हाम्रो कर्तब्य हो । त्यसरी नै भारतले तयार गरेको नक्कली लुम्बिनीको क्लिप जन समुदाय बीच लैजाने, कपिलबस्तु दिवस ब्लगमा भएका अंग्रेजी सामग्रीहरुलाई बिभिन्न भाषामा समेत पढन मिल्ने बनाउने, रामदेबको बुद्धबारे भारतको गलत प्रचार भनाइलाई उपयोग गर्ने, www.nepstime.com ले Buddha Born in Nepal – Let’s Join Kapilvastu Day आफ्नो हेडरमा नै लेखेको सामग्रीलाई आधार बनाएर अन्य पत्रिका र ब्लगलाई पनि त्यसो गर्न उत्प्रेरित गर्ने जस्ता राष्ट्रियताको भावनालाई उत्प्रेरित गर्ने थुप्रै कामहरु आफ्नो क्षमताले भ्याएसम्म गर्दै आएको छ।

बिश्वब्यापी रुप धारणा गरिसकेको यो समस्यालाई हाम्रो मात्रै प्रयासले समस्या समाधान गर्न बर्षौं लाग्न सक्छ भने सरकारी स्तरबाट पहलकदमी गरिने हो भने यो समस्या लामो समय समस्याको रुपमा रहन नसक्ने देखिन्छ सबै कुराहरुको बिस्लेषण गर्दा । अत: यस प्रायोजनको लागि नेपाल सरकारलाई दबाब दिनको लागि शुरु गरिएको हस्ताक्षर संकलन यस कार्यमा आफूले पनि हस्ताक्षर गरी अरुलाई पनि यस्को लागि उत्प्रेरित गरी माटोको ॠण केही हदसम्म चुक्ता गर्ने अबसरको उपयोग गर्नु हुन सबैमा हार्दिक अनुरोध गरिन्छ । हस्ताक्षर गर्ने लिंकमा जानको लागि यहाँ क्लिक गर्न अनुरोध गरिन्छ।

रामकुमार श्रेष्ठ
विश्व संयोजक
कपिलबस्तु दिवस अभियान
http://worldamity.wordpress.com/

Popularity: 7%

1 comment July 16th, 2010

कोरियामा रहेका नेपाली समुदायमा अनुरोध

कोरियामा रहेका नेपाली समुदायमा अनुरोध
नेपाल पत्रकार महासंघ कोरिया शाखाको विज्ञप्ति-

दक्षिण कोरियामा विभिन्न पेशा , व्यवसाय र संघ संगठनमा संलग्न नेपालीहरुको एकता र विविध सामाजिक गतिविधीहरुलाई संचार माध्यमबाट सहजीकरण गर्नका लागि नेपाल पत्रकार महाँसघ दक्षिण कोरियाले यहाँ रहेका पत्रकारहरु , नेपाली दूतावास , नेपाली सामाजिक तथा राजनीतिक संघसस्थाहरु र सिंगो कोरियावासी नेपाली समाज वीचको सुमधुरतालाई कायम राख्न समयको अभाव दक्ष जनशक्तिको कमी तथा आर्थीक समस्याका वाबजुद पनि समाजसेवा तथा स्यमसेवकको भूमिकालाई सकृयरुपमा निरन्तरता दिइरहेको छ।

हामी आफ्नो विविध कार्यबोझको परवाह नगरि कोरियामा रहेका नेपाली समुदायले हामीबाट गरेको अपेक्षा पुरा गर्न हदै सम्मको प्रयासहरु गर्दै आएका छौँ । हामीले हाल कोरियामा देखा परेका महत्वपूर्ण समस्याहरु जस्तै फिसिङ्गमा आएका नेपालीकामदारहरुको समस्या, पेपर म्यारीजमा आएका नेपाली महिलाहरुको पीडा, समाजिक राजनीतिक जातिय लगायतका नाममा कोरियामा गठन भएका भएका ६० भन्दा बढी संघ सस्था वीचमा आपसी एकताको अभाव जस्ता अत्यन्तै सम्वेदनशिल विषयहरुलाई छलफल समस्याको पहिचान तथा सहमतिको माध्यमबाट कसरी एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ भन्ने उद्धेश्यले कोरियामा रहेका बिभिन्न पेशामा आवद्ध नेपाली समुदाय सकृय संघ सस्थाहरु तथा राजदूतावासको समेत ध्यानाकर्षण गराउँदै आएका छौँ । यसै क्रममा नेपाल पत्रकार महासंघको आयोजनामा कोरियामा देखापरेका केही महत्वपूर्ण समस्या समाधानका लागि यहाँ रहेका कृयाशिल संघ सस्था, विद्यार्थी, पत्रकार नेपाली कामदार तथा राजदूतावासवीच बृहत अन्तरकृया कार्यक्रमको आयोजना पत्रकार संघकै सक्रितामा केहि दिन अगाडि एमटियूको सभाहलमा भएको थियो। उक्त कार्यक्रममा उपस्थित सहभागीहरुले कोरियामा रहेका समस्यारत नेपालीहरुको सहयोग र उद्धारका लागि नेपाली समुदाय र राजदूतावासवीच एकताको खाँचो रहेको औल्याउँदै सबैको साझा सहमतिबाट समस्या सामाधानका उपायहरु निकाल्न सकिने बताएका थिए । त्यसै अनुरुप नेपाल पत्रकार महासंघको प्रयासमा सहमति र सहकार्यका साथ अगाडि बढ्न सकिन्छ कि भन्ने आशाका साथ सुरु गरिएको अन्तकृया कार्यक्रमलाई निरन्तरता दिदै नेपाली सम्पर्क समितिको पहलमा नेपाली राजदूताबासको सभाहलमा यही जुलाई ४ तारिखका दिन बृहत अन्तरकृया तथा छलफल कार्यक्रमको आयोजना हुन लागिरहेको छ। हामीले आशा र भरोसा गरेका छौ सबै नेपाली दाजुभाई दिदीबहिनीहरुको ओजपूर्ण, व्यवहारोपयोगी सल्लाहसाथ सक्रिय सहभागिता रहने छ।

हामी हाम्रो पेशागत धर्म अनुरुप पत्रकारीताको माध्यमबाट समाज परिवर्तन गर्न अझ सकृयरुपमा अगाडि बढ्ने प्रतिवद्धता जाहेर गर्दछौ।

रघु त्रिपाठी
अध्यक्ष, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखा

Popularity: 8%

Add comment June 19th, 2010

मूलभूत जिम्मेवारी सरकारले पूरा गर्न सकेन

प्रेस विज्ञप्ति-
मूलभूत जिम्मेवारी सरकारले पूरा गर्न सकेन
शान्ति प्रकृयालाई अन्तिम निष्कर्शमा पुर्‍याउने तथा संविधान निर्माणका लागि अनुकूल बातवारण सिर्जना गर्ने मूलभूत र एक मात्र सर्बोपरी राष्ट्रिय दायित्व निर्वाह गर्न असफल भएको बर्तमान सरकारले अरु तपसीलका सानातिना कुरालाई उल्लेखनीय उपलब्धीकोरुपमा प्रकाश पार्नु यथार्थबाट आफै बिमुख हुन खोज्नु मात्रै हो भन्ने नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी)ले मूल्यांकन गरेको छ।

राष्ट्रिय सहमतिको उचित बातावरण बनाउन नसकेर देशमा सरकारको नीति र कार्यक्रम तथा बजेट पनि आउने हो कि होइन भन्ने स्थिति बनिरहेको र यस्तो अबाञ्छित स्थितिलाई तोड्ने कुनै अग्रसर्ता सरकारले देखाउन नसकेको अबस्थामा एक बर्षो कार्यकाललाई सकारात्मकरुपमा लिन सकिने कुनै ठोस आधार छैनन् र हुन पनि सक्तैनन भन्ने निष्कर्श नेकपा (संयुक्त मार्क्सवादी)को छ।

आफैले गरेको जेष्ठ १४ गतेको सहमतिलाई कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारीलाई ब्यवहारमा खरो उतार्न असफल बर्तमान सरकारले आगामी दिनमा पनि शान्ति प्रकृयालाई सही टुङ्गोमा पुर्‍याउने र संविधान निर्माणका लागि अनुकूल बातावरण बनाउन सक्ने स्थिति देखिदैन भन्ने नेकपा-संयुक्त मार्क्सवादी) औल्याउँदछ ।
२०६७ असार २
-लोकनारायण सुवेदीं
महासचिव
नेकपा (संयुक्त मार्क्सवादी)
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त मार्क्सवादी)
केन्द्रीय कार्यालय
महादेवस्थानमार्ग, कोटेश्वर - ३५, पो.ब.नं. २७३७ काठमाडौं, नेपाल
फोन/फ्याक्सः ४६००२६९

Popularity: 8%

Add comment June 16th, 2010

बेलायतस्थित कांग्रेस समर्थित कार्यकर्ताहरुको प्रेस विज्ञप्ति

बेलायतस्थित कांग्रेस समर्थित कार्यकर्ताहरुको प्रेस विज्ञप्ति
केही हप्ता अगाडि केही व्यक्तिहरुको नामबाट नेपाली जनसर्म्पर्क समितिको वैधानिकता र दोहोरो नागरिकताको विषयमा कुरा उठाउने बेलायतस्थित नेपाली कांग्रेसका निष्ठावान साथीहरुलाई कारबाहीको सिफारिश गर्न सल्लाह दिने नेपाली कांग्रेसका बेलायतस्थित ती सल्लाहकारहरुलाई जय नेपाल चढाउन चाहान्छौं । शायद तपाईं कारबाहीका लागि अवाज उठाउने साथीहरु नेपाली जनसर्म्पर्क समितिमा धेरै सक्रिय भएको र लामो समयदेखि नेपाली कांग्रेसले आव्हान गरेको आन्दोलनमा निरन्तर सहभागी भएको हुनाले होला चिनजान नभएको हुनसक्छ । आशा गरौं तपाईंहरुलाई भविष्यका सम्पर्ूण्ा कार्यक्रममा सदासक्रिय देख्न पाइने छ र, तपाईंहरुलाई निकट भविष्यमा भेटी तर्कवितर्क समेत गर्न पाइने छ । संगठन सृद्धीकरण र सुदृढीकरण गर्ने सिलसिलामा तपाईंका कारबाही गर्न उक्साउने पाइलाहरु निरन्तर बढ्दै जाउन्।

विचारको द्वन्द्वले चलाएको समाजवादी राजनीतिक चिन्तनका पक्षमा उभिँदा राणाहरुले नेपाली जनतालाई सधैं अन्धकारमा राखे । महामानव स्व.विपी कोइरालाले महेन्द्रको २०१७ सालको कदम अवैधानिक छ भन्दा कारबाही खानु पर्‍यो, जेल जानु पर्‍यो, यातना भोग्नु पर्‍यो । त्यस्तै स्व.गणेशमान सिंह, स्व.गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टर्राई लगायतका हजारौं निष्ठावान कार्यकर्ताहरुले पनि यातना भोग्नु पर्‍यो । केही वर्षअगाडि वैधानिकता र समाजवादी चिन्तनको कुरा गर्दा र प्रजातन्त्र पुनर्स्थापनाको कुरा गर्दा पर्ूवराजा ज्ञानेन्द्रले नेपाली जनतालाई जेल, नेल र यातना दिए र कारबाही गरे । माओवादीको अप्रजातान्त्रिक, अधिनायकवादी, हिंस्रक क्रियाकलापका विरुद्धमा विरोध र विचार राख्दा नेपाली कांग्रेसका कार्यकर्ताहरुले विगत १४ वर्षेखि मानसिक यातना, भौतिक कारबाही, घरजग्गा कब्जा र लुटपाट व्यहोर्नु परिरहेको छ । अरुका विचारसँग असहमति आएमा निरंकुशहरु प्रजातान्त्रिक वादविवाद, तर्कवितर्क, छलफल गर्नुभन्दा आफूलाई साहसी पर््रदर्शन गर्न कारबाहीमात्र अन्तिम अस्त ठान्दछन् । चिनियाँ अधिनायकवादले आजसम्म पनि प्रेस स्वतन्त्रता बन्द गरिरहेका छन् । सन् १९९० को दशकसम्म रोमानियाका चाउचेस्कोले पनि त्यहीँ गरे । पाकिस्तानका जिया उलहकले पनि त्यहीँ गरे । रुसका अधिनायकवादी शासकले पनि विमति राख्ने सबैलाई कारबाही गरे । तर, यो समाजवादी आन्दोलनलाई अगाडि बढाउन नेपाली कांग्रेसले वाक स्वतन्त्रता सदैव खुल्ला राखेको छ । प्रेस स्वतन्त्रतालाई यसले नैर्सर्गिक बनाएको छ । लेखबाटर्,र् इलेम, वक्तव्यबाट प्रजातान्त्रिक भावनाहरु खुल्ला गर्न र बहसमा ल्याई निष्कर्षा पुर्‍याउन नेपाली कांग्रेसले यसलाई नैर्सर्गिक अधिकार मान्दै सूचनाको हक र सम्प्रेषित हुने अधिकारलाई आफ्नो समाजवादी मूलमन्त्रमा अग्र स्थान दिएको छ।

यहाँ जनसर्म्पर्क समितिको वैधानिकताको कुरा उठाउने सबैलाई कारबाही गर्छुभन्नु समाजवादभित्रको अधिनायकवाद हुन जान्छ । हामी जान्दछौं हामीलाई कारबाही गर्दा नेपाली जनसर्म्पर्क समिति बलियो, संगठित र वैधानिक हुन्छ भने अग्रिम शुभकामना छ, कारबाही गरे हुन्छ । हामीले जनआन्दोलन १ र २ मा पनि पन्चायती तानाशाहको कारबाही खान पछि हटेनौं । चाहे त्यो मानसिक वा भौतिक रुपमा किन नहोस् । जंगलमा बसेका माओवादीको अधिनायकवादी क्रियाकलाप र हिंस्रक फासीवादी सोचविरुद्ध समाजवादी मूलधारमा ल्याउन आवाज उठाउँदा, भौतिक कारबाही खेपेकै हौं । अझै पनि माओवादी ज्यादती विरुद्ध लेख्न र बोल्न छाडेका छैनौं । तर्सथ हाल विभिन्न पत्रपत्रिका, वेभसाइट र इमेलमार्फ् नेपाली जनसर्म्पर्क समितिको वैधानिक हैसियत गुमाएका अध्यक्ष लोक गुरुङद्वारा प्रकाशित विज्ञप्तिभित्रको कारबाहीले न त हाम्रो सामाजिक, राजनीतिक, वैधानिक आवाजमा प्रभाव पार्दछ, असर पार्दछ, न त हाम्रो मार्गमा अवरोध नै पुर्‍याउँछ । यसबाट संगठनमा आउने गम्भीर परिणाम तथाकथित् वक्तव्य निकालेर नेपाली कांग्रेसका आस्थावान कार्यकर्तालाई अपमानित पार्ने सम्बन्धित पक्षनै जिम्मेवार रहनु पर्नेछ । एकता आजको आवश्यकता हो । त्यसका लागि सबै वैधानिक हुनर्ुपर्छ । प्रजातान्त्रिक छलफलका लागि सबै तयार हुनर्ुपर्दछ । प्रजातान्त्रिक आन्दोलनमा सहादत्त प्राप्त गर्ने सहीदहरुलाई स्मरण गर्दै र अंगभंग हुनेहरुलाई सदैव आदर गर्दै आपसी छलफल गरि एकताको वातावरण बनाउनु पर्ने नैर्सर्गिक आवश्यकता बोध भएको छ । हामीलाई लाग्छ नेपाली जनसर्म्पर्क समिति बेलायतभित्रका निष्ठावान कार्यकर्ताहरुलाई सम्मान गर्ने, इज्जत गर्ने साथीहरुले नेपाली जनसर्म्पर्क समितिभित्र आजैदेखि भय, त्रासका साथ निर्भिक रुपमा उभिई आजैदेखि बहस र गृहकार्य गर्नुपरेको छ । जुन जनसर्म्पर्क समितिको एकताको हितमा प्रतिविम्वित हुनेछ र, यसलाई इतिहासले कदर गर्नेछ।

शायद मार्क्स र लेनिनलाई पनि लागेको थिएन होला, आफ्नै सम्झनामा स्मरणका लागि राखिएका सालिकहरु रुसका जनताले परिवर्तनका लागि भत्काउँछन् भनेर । शायद, तत्कालीन पाकिस्तानी तानाशाह जिआ उल हकलाई पनि लागेको थिएन होला, एक दिन आफू हेलिकोप्टरमै दर्ुघटना भएर मर्छर्ुुनेर । शायद, चिनियाँ शासकहरुलाई पनि लागेको थिएन होला, खुल्लापनका लागि तियानम्यान चोकमा पर््रदर्शन हुन्छ भनेर । शायद, तानाशाही ज्ञानेन्द्रलाई पनि लागेको थिएन होला कुनै दिन आजको हविगत हुन्छ भनेर । मानिसले बनाएको पद र पैसा आउँदछन् जान्छन्, तर मानवले पालना गर्ने आफूभित्रको नैतिक जिम्मेवारी इतिहासमा सदाका लागि अमर रहन्छ, त्यो नै महामानव विपी कोइरालाले सम्पर्ूण्ा नेपाली कांग्रेसका कार्यकर्ताहरुलाई नैतिक र वैधानिक रहन र पर््रदर्शन गर्न सिकाएको समाजवादी मूलमन्त्र यही हो।

आफ्नो वैधानिक धरातलसमेत गुमाएका नेपाली जनसर्म्पर्क समिति बेलायतका अवैध अध्यक्षद्वारा नेपाली जनसर्म्पर्क समिति बेलायतको सक्रिय सदस्यता वितरण, संकलन तथा सिफारिश नेपाली कांगे्रसको परिपत्र बमोझिम गर्न लागिएको भनी भ्रमपर्ूण्ा, कपोलकल्पीत कुरा गर्नु आफैंमा हाँस्यास्पद रहेको स्पष्ट पार्न चाहान्छौं । नेपाली जनसर्म्पर्क समिति बेलायत नेपाली कांग्रेसको विधानअनुसार सक्रिय सदस्यताको त कुरै छाडौं, साधारण सदस्य समेत बन्न नपाउने र नसक्ने वैधानिक धरातल रहेको व्यक्तिहरु जो विदेशी नागरिक भइसकेका छन्, ले जनसर्म्पर्क समितिका पदाधिकारी सदस्यहरुलाई सक्रिय सदस्यता फाराम बुझाउने अनुरोध गर्नु आफैंमा नसुहाउँदो पदलोलुपताको उदाहरण हो । हाल हामीहरुले उठाएको विदेशी नागरिकता र नेपाली कांग्रेसको सदस्यतासम्बन्धी प्रावधान अनुसार विदेशी नागरिकले पार्टर्ीी सदस्य रहन पाउने या नपाउने भन्ने विषयको नेपाली कांगे्रस पार्टर्ीी नेपाली जनसर्म्पर्क समितिको विधानले वकालत गरेको कुरालाई लिएर वहस तथा जनजागरण अभियान चलाउँदा उल्टै हाम्रा साथीहरुलाई बारम्बार धम्की दिएको भन्ने अतिरन्जित, कपोलकल्पित, दुरासययुक्त आरोप लगाएर कारबाही गर्न अुनशासनको प्रक्रिया अघि बढाएर सिध्याउँछु भन्ने भाव झल्काएर, नेपाली जनसर्म्पर्क समिति बेलायतको वैधानिक हैसियत गुमाएका अध्यक्षद्वारा निकालिएको वक्तव्यप्रति खेद प्रकट गर्दछौं । स्मरण रहोस्, हरेक तानाशाह निरकुंश र अधिनायकवादहरु सधैं कारबाहीका कुरामा रमाउँछन, वादविवाद, तर्क वितर्क गर्न कहिल्यै मन पराउँदैनन् । कारबाहीलाई नै बहादुरी ठान्दछन् र निजका सल्लाहकारहरुले पनि त्यस्तै सिफारिश गर्नु अनौठो कुरा होइन ।
यस समितिभन्दा अगाडिका सभापति एवं कोषाध्यक्षलाई माइन्युट बुक र निजसँग रहेको रकम उपलब्ध गराउने वातवरण समेत तयार नगरी निजहरुको यस संगठनप्रति रहेको सम्मानित इतिहास, भूमिका र मर्यादालाई नरअन्दाज गर्दै, अपमान गर्दै, व्यक्तिगत चरित्र हत्या गर्दै, संगठनको मर्यादाविपरित मनगढन्ते झुठो विवरण बनाई ८ हजार ५ सय पाउण्ड नबुझाएको भनेर उल्टो हुँदै नभएको झुठो आरोप लगाइनु आफैंमा आपत्तिजनक छ । अहिले यो समितिका अध्यक्षले वैधानिक हैसियत गुमाएको र निजले नेतृत्व गरेको कार्यसमितिले नै वैधानिक धरातल गुमाएको हुँदा हामीेले उठाएको वैधानिकताको विषयले निकास नपाएसम्म सो कागजपत्र र हस्तान्तरण गर्न बाँकी रकम अर्को वैधानिक समिति नबनेसम्म हस्तान्तरण नगर्न हुन हार्दिक अनुरोध गर्दछौं । यदि यही परिस्थितिमा हस्तान्तरण गर्नुपरे पनि नेपाली कांग्रेस पार्टर्ीीई नै हस्तान्तरण गर्न हुन अनुरोध गर्दछौं।

वैधानिक हैसियत गुमाएका अध्यक्षको वक्तव्यमा बेलायतभरिबाट नेपाली कांग्रेसका हजारौं हवाला दिइएकोमा यही कार्य समितिको पहिलो, कार्यक्रम विपी स्मृति दिवसमा हामीसमेत कार्यसमितिको दश जना सदस्यसहित जोड्दा जम्मा २२ जना मात्र उपस्थित भएको, स्वर्गीय गिरिजाप्रसाद कोइरालाको तेह्रौं दिनको पुण्यतिथिको श्रद्धाञ्जली कार्यक्रममा सूचनासाथ उपस्थित हुन सबैलाई हार्दिक निमन्त्रण गर्दा समेत कार्य समितिका सात जनाभन्दा बढीको उपस्थिति नहुनु निजहरुले बोलाएको कार्यसमितिको बैठकमा कहिल्यै कोरम नपुग्नुले आफूलाई तथाकतिथ् हजारौं कार्यकर्ताहरुको टेलिफोन आएको भन्ने कुरा आफैंमा हाँस्यास्पद रहेको स्मरण गराउन चाहान्छौं । हामीलाई संसारभरिबाट नेपाली कांग्रेसका हजारौं कार्यकर्ता, शुभचिन्तकहरुले यस समितिको वैधानिक हैसियत गुमाएका अध्यक्षलगायत अरु पदाधिकारी एवं सदस्यहरुलाई संगठनको कुनै पनि तहमा संलग्न नगराउन, उनीहरुलाई सक्रिय सदस्यता नदिलाउन, वैधानिक निकासका लागि अन्त्यसम्म लड्न, उनीहरुको विवरण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पठाउन गरिएको अनुरोधलाई मध्यनजर गर्दै र नेपाली कांग्रेसका कार्यबहाक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री केबी गुरुङ, महामन्त्री विमलेन्द्र निधि, केन्द्रीय सदस्य लक्ष्मण घिमिरे, केन्द्रीय सदस्य गोविन्दराज जोशी, विदेश विभाग प्रमुख सुजाता कोइराला, केन्द्रीय सदस्य गोपाल पहाडी, अमृत अर्याल, गुरु घिमिरे, विदेश विभाग सदस्य चउएन लाइ श्रेष्ठसँग भएको टेलिफोन सर्म्पर्कबाट निर्देशन भएअनुसार विदेशी नागरिकता लिएका व्यक्तिहरुले नेपाली कांग्रेसको सदस्य बन्न नमिल्ने र महाधिवेशनमा प्रतिनिधित्व गर्न नसक्ने अवस्थाको जानकारी गराउँदै विदेशभित्र पनि सोही अनुसार गर्नु भनि दिइएको निर्देशन एवं सुझाव र केही समयअगाडि मुख्य सचिव रामचन्द्र पोखरेलले पत्रमार्फ् दिनुभएको विधानअर्न्तर्गत रही सlmत्रय सदस्यता बाडी तेस्रो अधिवेशन गराउनु भनि दिएको निर्देशनलाई कार्यार्‍वयन गर्न गराउन विदेशी नागरिकता लिएका कार्य समितिका निजहरुलाई यथाशक्य शीध्र राजीनामा दिई वैधानिक निकास दिन अनुरोध गर्दै यदि नगरिएमा निजहरुलाई सक्रिय सदस्यता नदिलाउन एवं रद्द गर्न उनीहरुको विवरण नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा पठाइने जानकारी गराइन्छ । साथै राजनैतिक कठघरामा उभ्याई, राजनैतिक बहिष्कार गरिनेछ । स्मरण रहोस्, नेपाली कांग्रेसलाई सहयोग गर्न सधैं पदमा बसिरहनु पर्दैन, पद बाहिर रहेर पनि नेपाली कांग्रेसका निष्ठावान सदस्यहरुले केन्द्रीय आव्हान भएअनुसार बाहिर रहेर पनि सहयोग गरिनै रहेका छन् । अन्त्यमा हामीहरुले संचालन गरेको नेपाली जनसर्म्पर्क समिति बेलायतको सुद्धीकरण तथा सुदृढीकरण अभियानमा नेपाली कांग्रेसका सम्पर्ूण्ा कार्यकर्ता एवं शुभचिन्तकहरुलाई साथ दिन हुन हार्दिक अनुरोध गर्दछौं।

पछिल्लो अवस्थामा उत्पन्न भएको शून्यताको अवस्थालाई पूर्णरुप दिन नेपाली कांग्रेसका वरिष्ठ नेताहरुको सल्लाह र सुझावअनुसार महत्वपर्ूण्ा निर्ण्र्ाालिन निम्नलिखित स्थान र समयमा हामीहरुले बृहत् सामूहिक भेला बोलाएका छौं । उक्त भेलामा आई आफ्ना कुराहरु प्रष्टसँग राख्न र नेपाली जनसर्म्पर्क समितिलाई वैधानिक बाटोमा एकबद्ध भई अगाडि बढाउन राय, सुझाव व्यक्त गर्न अनुरोध गर्दछौं।
जय नेपाल !
भेला हुने स्थानः रारा रेष्टुरेन्ट, साउथ राइस्लीप, ज्ब्द्ध ण्ज्द्य
मितिः २६ जून शनिबार, २०१०
समयः दिउँसो १ बजे
नेपाली कांग्रेस सुद्धीकरण तथा सुदृढीकरण समिति बेलायत
१. विनोद मोक्तान -निवर्तमान सभापति)
२. शिवजी श्रेष्ठ -पूर्वउपसभापति)
३. राजकुमार त्रिपाठी -पूर्व प्रवत्ता तथा महामन्त्री)
४. नारायण रुवाली -पूर्व कोषाध्यक्ष, पूर्व सहमहामन्त्री)
५. युवराज गुरुङ -उपसभापतिका उम्मेदवार, दोस्रो महाधिवेशन)
५. शेखर कँडेल -पूर्व सह महामन्त्री)
६. गणेश र्राई -उपसभापतिका उम्मेदवार, दोस्रो महाधिवेशन)
७. पदम दवाडी -नेविसंघ जिल्ला संयोजकः चितवन, हाल युके)
८. मिन रानाभाट -स्ववियु सभापति, लण्डन युनिभर्सिटी, लण्डन)
९. सुरेन्द्र धर्ती -सक्रिय कार्यकर्ताः नेपाली कांग्रेस)
१०. प्रताप रायमाझी -सक्रिय कांग्रेस कार्यकर्ता)
११. विकल आचार्य -सक्रिय कांग्रेस कार्यकर्ता)
१२र्.र् इन्द्रमान गुरुङ -सक्रिय कांग्रेस कार्यकर्ता)
१३. र्सर्ूय नेम्वाङ -सक्रिय कांग्रेस कार्यकर्ता)
१४. रविन लिम्बू -सक्रिय कांग्रेस कार्यकर्ता)
१५. तुल लिम्बू -सक्रिय कांग्रेस कार्यकर्ता)
१६. विश्व गुरुङ -सक्रिय कांग्रेस कार्यकर्ता)
१७. दिलीप शेरचन -सक्रिय कांग्रेस कार्यकर्ता)
१८. रोशन रेग्मी -सक्रिय कांग्रेस कार्यकर्ता)
१९. सविता उप्रेती -पूर्व स्वीयु सदस्यः पद्मकन्य क्याम्पस, हाल युके)
२०. आरती पाठक -पूर्व स्वीयु सदस्यः चिकित्सा शास्त्र नर्सिङ क्याम्पस, महाराजगन्ज, हाल युके)
२१. सक्षम घिमिरे -सक्रिय कांग्रेस कार्यकर्ता)
२२. सरिता लिम्बू -सक्रिय कांग्रेस कार्यकर्ता)
२३. ओम र्राई -सक्रिय कांग्रेस कार्यकर्ता)
२४. संगम र्राई -सक्रिय कांग्रेस कार्यकर्ता)
२५. सन्दिप र्राई -सक्रिय कांग्रेस कार्यकर्ता)
२६. कृष्णा गुरुङ -सक्रिय कांग्रेस कार्यकर्ता)
२७. अनिष साह -सक्रिय कांग्रेस कार्यकर्ता)
२८. अजित साह -सक्रिय कांग्रेस कार्यकर्ता)
२९. कृष्ण महतो -सक्रिय कांग्रेस कार्यकर्ता)
३०. प्रशन्न कुमार गुप्ता -सक्रिय कांग्रेस कार्यकर्ता)
३१. राजु चालिसे -सक्रिय कांग्रेस कार्यकर्ता)
३२. शान्तीराम कोइराला -सक्रिय कांग्रेस कार्यकर्ता)
३३. सरोज कोइराला -सक्रिय कांग्रेस कार्यकर्ता)
३४. महेश्वर खनाल -सक्रिय कांग्रेस कार्यकर्ता)
३५. विक्रम श्रीवास्तव -सक्रिय कांग्रेस कार्यकर्ता)
३६. श्रीराम महतो -सक्रिय कांग्रेस कार्यकर्ता)
३७. सन्तोष श्रेष्ठ -सक्रिय कांग्रेस कार्यकर्ता)
३८. एन्र्डर््रर्ुुाई -सक्रिय कांग्रेस कार्यकर्ता)
३९. सुरेश लामा -सक्रिय कांग्रेस कार्यकर्ता)
४०. प्रतीक लामा -सक्रिय कांग्रेस कार्यकर्ता)
४१. कमला लिम्बू -कांग्रेस कार्यकर्ता)
४२. बाबुराम श्रेष्ठ -कांग्रेस कार्यकर्ता)
४३. निवेश देवकोटा -कांग्रेस कार्यकर्ता)
४४. नविन बोहरा -कांग्रेस कार्यकर्ता)
४५. सन्जय कार्की -कांग्रेस कार्यकर्ता)
४६. सुप्रिया थापा -कांग्रेस कार्यकर्ता)
४७. राजिव थापा -कांग्रेस कार्यकर्ता)
४८. देचेन लामा -कांग्रेस कार्यकर्ता)
४९. राजु थापा -कांग्रेस कार्यकर्ता)
५०. तृष्णा साह श्रीवास्तव -कांग्रेस कार्यकर्ता)
५१. डिल्लीसिंह गुरुङ -सक्रिय कांग्रेस कार्यकर्ता)
५२. जनक र्राई -सक्रिय कांग्रेस कार्यकर्ता)

बोधार्थ
नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुर
आदरणीय सुशील कोइरालाः कार्याबहाक सभापति
आदरणीय वरिष्ठ नेता शेरबहादुर देउवा
आदरणीय नेता प्रकाशमान सिंह -उपसभापति)
आदरणीय नेता कुल बहादुर गुरुङ -महामन्त्री)
आदरणीय नेता विमलेन्द्र निधि -महामन्त्री)
आदरणीय नेता नरहरि आचार्य -संयोजकः सक्रिय सदस्यता वितरण तथा छानविन समिति)
आदरणीय नेत्री सुजाता कोइराला -विदेश विभाग प्रमुख)
नेपाली जनसर्म्पर्क समिति बेलायत

Popularity: 7%

1 comment June 13th, 2010

एनआरएन अमेरिका सम्मेलन जुलाई ४ मा

प्रेस विज्ञप्ति-
अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई उनीहरुको चाहना र आवश्यकता पूर्ति गर्ने तथा समृद्धिका लागि संगठित गर्ने उद्देश्यले गठित एनआरएन अमेरिका तदर्थ समितिले यही जुलाई ४ मा सम्मेलन गर्ने निर्णय गरेको सबैमा अनुरोध छ।

एनआरएन अमेरिका को उद्देश्य कार्यक्रम र कार्यनीति पारित गर्ने र नयाँ कार्यसमितिको चयन गर्ने यस सम्मेलनमा अमेरिकामा रहेका सम्पूर्ण गैरआवासीय नेपालीको सहभागिता स्वागतयोग्य हुने पनि सबैमा सादर जानकारी गराउँछौं।

एनआरएन अमेरिका गठनका लागि हालै मात्र अमेरिकामा स्थापित नेपाली संस्थाहरुको एक मात्र प्रभावशाली छाता संगठन एएनए को पहलमा एक तदर्थ समिति गठन भएको सम्पूर्ण नेपाली समुदायमा सादर निवेदन गर्दछौं । अमेरिकामा रहेका गैरआवासीय नेपालीलाई लक्ष्य गरेर उनीहरुको संरक्षण सुरक्षा र विकासका लागि आफ्नो क्षेत्रबाट क्षमताको अन्तिम विन्दुसम्म पुगेर निरन्तर योगदान दिदै आएको एएनएले नै एनआरएन नेपाल गठनका लागि पहल गर्नु यसको नैतिक जिम्मेबारी तथा अधिकार पनि हो । यसले आफ्नो स्थापनाकालबाट नै अमेरिकामा रहेका गैरआवासीय नेपालीका साथ सहकार्य र सहयोग गर्दै विभिन्न परियोजना अघि बढाउँदै आएको सबैमा विदितै छ । एनआरएन अमेरिका गठनका सम्बन्धमा एएनएको सकिरयता देखेर कुनै पक्षबाट यो अबसर हामीले पाउनुपर्छु भन्ने आशयको पत्राचार भएको पछिल्लो घटनाप्रति पनि हाम्रो ध्यानाकर्षण भएको छ । हामी एनआरएन अमेरिका का लागि सकिरय हुन चाहने सम्पूर्ण संस्था तथा व्यक्तिहरुको उच्च मूल्यांकन गर्दै उहाँहरुको लोकतान्त्रिक अधिकारको सम्मान गर्दछौं। उहाँहरुलाई आफ्नो अधिकारको प्रयोग गर्न एनआरएन अमेरिका को प्रथम सम्मेलनमा सरिक हुन हार्दिक आह्वान गर्दछौं।

सम्मेलनको स्थान समय र अन्य प्रकिरयागत जानकारीका लागि नयाँ विज्ञप्तिको प्रतीक्षा गर्न सबैमा हार्दिक अनुरोध छ । साथै अमेरिकास्थित एनआरएनको ध्येय सम्पूर्ण नेपाली र नेपाली मूलका व्यक्तिलाई उनीहरुको उच्चतम हितका लागि संगठित गर्नु सहकार्य गर्दै अघि बढ्नु र उनीहरुको प्रतिनिधित्व गराउनु रहेको जानकारी गराउँदै अमेरिकास्थित गैरआवासीय नेपालीको संगठन एनआरएन अमेरिका लाई प्रारम्भदेखि नै सबल सक्षम र उद्देश्यमा अडिग रहन तपाईंको सकिरय सहयोग अपरिहार्य रहने पनि सादर निवेदन गर्दछौं।

एनआरएन अमेरिका तदर्थ समिति
१। प्रह्लाद केसी म्यासाचुसेट्स संयोजक
२। शम्भुप्रसाद ढुंगाना पिएचडी साउदर्न क्यालिफोर्निया सह-संयोजक
३। खेम भट्टचन वासिंगटन डिसी। सह-संयोजक
४। प्रमोद शर्मा फ्लोरिडा सह-संयोजक
५। अनन्त रिसाल न्यूजर्सी सदस्य
६। महेश नेपाल टेक्सस सदस्य
७। अनिल पाण्डे नर्दन क्यालिफोर्निया सदस्य
८। सीता गुरुङ सियाटल वासिंगटन सदस्य
९। सी के पराजुली एटलान्टा जर्जिया सदस्य
१०। डिल्ली पौडेल बाल्टिमोर मेरिल्याण्ड सदस्य
११। छेवाङ शेर्पा लामा न्यूयोर्क सदस्य

Popularity: 7%

Add comment June 4th, 2010

नेपाली जनसम्पर्क समिति बेलायतभित्र बैधानिकताको खोजी

प्रेस विज्ञप्ति-
गणतन्त्र दिवस को अबसर पारी बिदेशी नागरिकता र नेपाली कांग्रेस सदस्यता सम्बन्धमा छलफल गर्न आयोजित भेला लण्डन अल्पर्टनमा युबराज गुरुङको अध्यक्षतामा गत शनिबार सम्पन्न भयो।

भेलाका प्रमुख अतिथि बाल मुकुन्द जोशीले बिधानभन्दा माथि कोही पनि बस्न नमिल्ने, हालको अवस्थामा बिदेशी नागरिकको स्वत नेपाली नागरिकता समाप्त हुने हुनाले अहिले बिदेशी नागरिकता लिएकाले नेपाली जनसम्पर्कको सदस्यता लिन नपाउने र कार्यसमितिमा रहेका बिदेशी नागरिकता लिएका सदस्यहरुले नैतिकताका आधारमा पनि तुरुन्त आफ्नो पदबाट राजिनामा दिनुपर्ने बताउनु भयो।

भेलामा अतिथिका रुपमा उपस्थित हुनुभएका नेपाली जनसंपर्क समितिका संस्थापक सभापति पुरुशोत्तम पौडेलले बिगत चुनावमा प्यानल बनाइ निर्वाचन गराउनुनै आजको समस्या भएको र नेपाली कांग्रेस को ईतिहासमा कहिल्यै पनि प्यानल मतपत्र उल्लेख नभएको स्मरण गराउदै प्रस्ट रुपमा नेपालीमा लेखिएको सदस्यता सम्बन्धी प्राबधानमा नेपाली नागरिकता नभएकाले कुनै पनि तह र तप्कामा सदस्यता लिन नपाउने भन्ने हुँदा हुँदै किन केन्द्रीय कार्यसमितिलाई सोध्नुपर्ने के हामीले नेपालीनै पढ्न जान्दैनौ भनेर प्रतिप्रश्न गर्नु भयो। निजले अहिले साथीहरुले उठाउनु भएको मुद्दा जायज छ, यो बैधानिकता छ र मेरो पूर्ण समर्थन छ भन्नु भयो।

अर्का बक्ता नेपाली जनसंपर्क समितिका पूर्व सभापति बिनोद मोक्तानले नेपाल जनसंपर्क समितिका साथीहरुले बिधानबिपरित काम गर्दै जाने र सकृयता सदस्यता पनि बाढ्न खोजिएमा हामीहरुलाई कुनै पनि हालतमा मान्य नहुने बताउनु भयो। भेलामा उपस्थित सोलिसिटर राजु थापाले नेपाल राज्यको संबिधानको नागरिकता सम्बन्धी व्याख्या र नेपाली कांग्रेस सदस्यता सम्बन्धी बिधान पढ्दा र हालै नेपाल जनसंपर्क समितीको बारेमा प्रकाशित समाचारहरु नियाल्दा अहिलेको नेपाल जनसंपर्क समितिनै अबैध छ भन्नु भयो।

नेपाल जनसंपर्क समितिका पूर्व उपसभापति शिवजी श्रेष्ठले साथीहरुले अहिलेको आवाज जनसंपर्क समितिका पदाधिकारीहरुलाई नभै GLOBAL ISSUE भएकोले दोहोरो नागरिकता घोषणा नगर्दासम्म बिदेशी नागरिकहरुले नेपाली कांग्रेसको सदस्यता लिन नमिल्ने बताउनु भयो। साथै आज देशले गणराज्य दिवस मनाइ रहदा हामी सबै बैधानिक, सैद्धान्तिक किसिमले एकजुट भै शान्ति र नयाँ संबिधान आगामी एक बर्षमा पुरा गर्नु पर्ने धारणा राख्नु भयो। नेपाल जनसंपर्क समितिका पूर्व महमन्त्री राजकुमार त्रिपाठीले शहिदहरुको बलिदानिलाई स्मरण गर्नुहुँदै राजनैतिक सहमति कायम राख्दै नेपालमा अहिले देखिएको अन्योल पूर्ण राजनीतिलाई समाधान गरी छिटो भन्दा छिटो दिगो शान्ति, सेना समायोजन र ब्यबस्थापन साथै नयाँ संबिधान बनाउन आजैदेखि दत्त चित्त भएर लाग्नु पर्ने सुझाब दिनुहुँदै माओबादीको चरित्रप्रति घोर असहमती राख्दै उस्को भत्सर्ना गर्नु भयो। उँहाले जनसंपर्कमा देखिएको अहिलेको बिवाद नेपाल सरकारले तथा नेपाली कांग्रेसले दोहोरो नागरिकता सम्बन्धी निती ल्याएमा स्वत समाप्त हुने धारणा राख्नुभयो। त्यस्तो नीति छिटोभन्दा छिटो सार्वजनिक गर्न समेत सम्बन्धित पक्षहरुलाई आग्रह गर्नु भयो।

भेला आयोजक समितिका सदस्यहरु पदम दवाडी, मिन रानाभाट ,नेपाल जनसंपर्क समितिका पूर्व सहमहामन्त्री नारायण रुवालीहरुले भेला आयोजना किन गर्नुपर्यो भन्ने भनाइ राख्दै अहिलेको कार्यसमिती अबैध ,गैरकानुनीका साथै कुनै पनि पक्षबाट सबल नदेखिएकोले आजैका मितिदेखी नैतिकताको आधारमा राजिनामा दिन आग्रह गर्नुभयो। नारायण रुवालिले राजनैतिक प्रतिबेदन पेश गर्नुभएको थियो। त्यसै गरी भेलामा बोल्ने चन्द्र लावती, तिल कुमारी लिम्बु, गणेश राइले अहिलेको अवस्थामा बिदेशी नागरिकता लिएका नेपाली जनसंपर्क समितिका सदस्य हरुले तुरुन्त राजिनामा दिनु पर्ने र सकृयाता सदस्यता गल्ली गल्ली मा बाडेको देख्दा नेपाली कांग्रेसको इंतिहासलाई अपमान गरिएको आरोप लगाउनु भयो।

कार्यक्रमको समापन गर्दै भेला आयोजक समितिका सभापति युबराज गुरुङले आफूहरुको माग ब्यक्तिमा लक्षित नभै नेपाली जनसंपर्क समितीलाई सैद्धान्तिक, बैधानिक र नीतिगत रुपमा चुस्त ,एकताबद्धका साथ हिडाउनु र सिँगो अन्तराष्ट्रमा भएका नेपाली जनसंपर्क समितिहरुलाई स्पष्ट मार्ग निर्देशन नेपाली कांग्रेसबाट नै दिनु पर्ने बताउदै यति कुरा उठ्दा पनि नेपाली जनसंपर्क समितिभित्र रहेका पदाधिकारीहरुले(जो बिदेशी नागरिकता लिएका छन) राजिनामा नदिदा निजहरु पदलोलुप्तामा लिप्त भएको आभास मिलेको बताउनुभयो। साथै यही स्थितिमा बिदेशी नागरिक र गैरराजनैतिक ब्यक्तिहरुलाई सकृय सदस्यता बाँडेको कुरा बजारमा सुन्न आएकोले अहिलेको कार्यसमितिलाई बहिष्कार गर्न सम्पूर्ण नेपाली कांग्रेससँग आस्थावान कार्यकर्ताहरुलाई आह्वान गर्नु भयो।

भेलाले बिभिन्न छलफलपश्चात निम्न उल्लेखित राजनैतिक निर्णयहरु गर्यो
१. हालै मात्र नेपालका राजनैतिक पार्टी हरु बिच संबिधान सभामा सहमति भई संबिधान सभाको कार्यकाल १ बर्ष बढेकोमा स्वागत गर्दै आजैदेखि नेपालको संबिधान सभामा राजनैतिक सहमति जुटाइ दिगो शान्ति, सेना समायोजन तथा ब्यबस्थापन र नेपाल राज्यको संबिधानलाई पूर्ण गर्न गहिरो सम्बाद, छलफल सहमति गरी निर्णयमा पुग्नु पर्ने ठहर गर्दछ।
२. हालै नेपालमा माओवादीद्वारा गरिएको भय, त्रास, हत्या हिंसा र धम्कीको घोर भत्सना गर्दै माओवादी पार्टी बर्तमान सन्क्रमण कालबाट नेपाललाई दिगो शान्तिका साथै संबिधान बनाइ निकास दिन बाधक भएको निश्कर्ष निकाल्दै माओवादीलाई सम्बादको राजनैतिकमा आइ सहमतिको राजनीति गर्न अनुरोध गर्दछ।
३. भेलाले नेपालको मानबअधिकार आन्दोलनको सदैब समर्थन गर्दछ।
४. भेलाले नेपाल अबस्थित माओवादीको YCL र एमालेको YOUTH FORCE लाई तुरुन्त बिघटनको माग गर्दै लुटिएका सम्पत्ति, घर जग्गा तुरुन्त फिर्ता गर्न सम्बन्धित पक्षहरुसँग माग गर्दछ।
५. नेपाल राज्यको संबिधानले हामी नेपाली भएको र नागरिकता सम्बन्धी प्राबधानको अर्को धाराले बिदेशी नागरिकता कुनै नेपालीले लिए स्वत नेपाली नागरिकता समाप्त हुने प्राबधान रहेकोले र नेपाली कांग्रेसको सदस्यता प्राबधान सम्बन्धी बिधानको धाराले पनि बिदेशी तथा स्वोदेशमा नेपाली कांग्रेसको सदस्य हुन नेपाली नागरिक नै हुनुपर्ने प्राबधान भएकोले बेलायतस्थित नेपाली जनसंपर्क समितीका पदाधिकारीहरुले बेलायती नागरिकता लिएको सन्दर्भमा नेपाली जन संपर्क समितिको कुनै पनि पदमा बस्न नैतिक रुपले नमिल्ने भएकोले निजहरुलाई आजैदेखि राजिनामा दिन आह्वान गर्दछ।
६. नेपाली कांग्रेसको बिधान बिपरित पदमा बसिरहे स्वत अबैध हुने र उक्त अबैध समितिले हाल बितरण गरिरहेको सकृय सदस्यता सिफारिश र स्वीकृति स्वत अबैध हुने हुँदा बिदेशी नागरिक लिएका कोही कसैले पनि नेपाली कांग्रेसको सकृय सदस्यता नभर्न अनुरोधका साथ आह्वान गर्दछ।
७. बिगत केही समयदेखि नेपाली कांग्रेसको सकृय सदस्यता बितरण प्रकृयामा अनमियता भएको, पार्टीमा कामै नगरेका र साधारण सदस्यसमेत नभएका तथा आफ्नो पक्षमा बहुमत बनाउन गैरराजनैतिक पार्टीका सदस्यहरुले सामेत सदस्यता लिएको सन्दर्भमा उक्त कार्य अप्रजातान्त्रिक,अपार्दर्शी र नेपाली कांग्रेस को निर्देशनसँग बाझिने तथा निति, सिद्धान्त, आदर्श, नैतिकतासँग बाझिने हुँदा यसरी बितरण गरेको सदस्यता स्वत अबैध हुने घोषणा गर्दछ।
८. भूपू ब्रिटिश गोर्खाजहरुले भोगिरहेको समस्या हल गर्न निजहरुसँग हातेमालो गर्दै निजहरुको माग प्राप्तिको आन्दोलनमा प्रतिबद्धता जारी गर्दछ।
९. अहिले देखिएको बैधानिक निकासलाई अन्त्य गरी बिदेशमा नेपाली जनसंपर्क समिती संगठन बिस्तार र सुदृढ पार्न दोहोरो नागरिकता ब्यबस्था राज्यले गरे अहिलेको समस्या स्वतः हल हुने भएकोले नेपाली कांग्रेस पार्टिलाइ राज्यसँग दोहोरो नागरिकता दिलाउन पहल गरिदिन आह्वान गर्दछ।
१०. बिगत केही समयदेखि नेपाली कांग्रेसको पौडेल थरको एक जना नेताको छोराले बेलायतभित्र संगठनमा सकृय भएका कांग्रेसका निष्ठावान साथीहरुलाई हेप्ने, अपहेलना गर्ने, गालीगलौजका भाषाहरु लेख्ने, आफ्ना बाबुलाई केन्द्रमा भनी कारबाही गरिदिन्छु भनी धम्की दिने, असहज भाषाहरु अप्रजातान्त्रिक र निरंकुश भएकोले उक्त भाषा पूर्व राजाका छोरा पारससँग मिल्दा जुल्दा भएकोले त्यस्ता अराजनैतिक भाषाहरु नबोल्न निबेदन गर्दछ।
११. नेपाली कांग्रेसको बिधान अन्तर्गत हालको नेपाली जन संपर्क समिती बेलायत अबैध भएकोले निजले गर्ने सम्पूर्ण कार्यक्रमहरु पनि अबैध हुने हुँदा यथास्थितिमा बहिष्कार गर्न सबैमा अपिल गर्ने घोषणा गर्दछ।
१२. अहिलेको असहज पक्षलाई निकास दिन नेपाली कांग्रेस पार्टीसँग सम्बाद छलफल गर्न र बेलायतस्थित नेपाल जनसंपर्क समितीसँग बैधानिक समस्या निकासको उपाय निकाल्न यही भेला आयोजक समितिका सँयोजक श्री युबराज गुरुङलाई सम्पूर्ण अधिकार प्रत्यायोजन गर्दछ।
१३. बर्तमान समस्या निराकरणको लागि पहल गरिदिनुहुन र समन्वय गरिदिनुहुन डा. सम्पूर्णानन्द ढुंगाना, बिनोद मोक्तान, बालमुकुन्द जोशी, पुरुशोत्तम पौडेल, सोलिसिटर राजु थापा, शिवजी श्रेष्ठ, ई. राजकुमार त्रिपाठी र बिज्ञान प्रसाइलाई समन्वयकर्ता भूमिका निर्बाहा गरिदिनुहुन आह्वान गर्दछ।
१४. भेलाले बेलायतको अहिलेको सकृय सदस्यता सम्बन्धी सम्पूर्ण ब्यहोरा र नेपाली कांग्रेस सकृय सदस्यता बिवाद अनुसन्धान केन्द्रीय समितिका सभापति नरहरी आचार्य, कार्यबाहक नेका सभापति सुशील कोइराला र नेता शेरबहादुर देउवालाई पत्र लेखी पठाउन र बस्तुथितिबरे जानकारी दिन पूर्व महामन्त्री श्री राजकुमार त्रिपाठीलाई अनुरोध गर्ने निर्णय गरेको छ।

जयनेपाल
बिशेष भेला आयोजक समिती
युबराज गुरुङ (संयोजक)
पदम दवाडी ( सहसंयोजक )
मिन रानाभाट्
नारायण रुवाली
तुलबहादुर लिम्बु
रविन लिम्बु
सूर्य नेम्वाङ

Popularity: 8%

1 comment June 1st, 2010

युनिटीबारे साउदी अरबस्थित नेपाली दूतावासको सार्वजनिक अपिल

एचकेनेपाल डट कम संवाददाता-
नेपाल सरकार अर्थ मन्त्रालयबाट निर्देशन आएपछि नेपाली राजदूतावास रियाद साउदी अरबले नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बीमा समिति तथा अन्य सम्बद्ध निकायबाट स्वीकृति तथा अनुमति नलिइ गरिएको युनिटीको कारोबारबाट सबैलाई सचेत र सजग रहन सार्वजनिक अपिल गरेको छ।

सार्वजनिक अपिलको पूर्ण पाठः
आदरणीय महिला तथा सज्जनबृन्दः

यूनिटी लाइफ इन्टरनेशनल नामक कम्पनीले साउदी अरब, बहराइन तथा ओमान लगायतका खाडी राष्ट्रहरुमा रहेका नेपाली नागरिकहरु बीच नेटवर्किङ्ग व्यवसायका नाममा निक्षेप संकलन, बीमालेख जारी गर्ने र सेवा प्रवाह गर्ने कारोवार गरिरहेको भन्ने सन्दर्भमा नेपाल सरकार अर्थ मन्त्रालयबाट निम्नानुसार निर्णय भैआएको व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराउदै यस सम्वन्धमा सचेत र सजग गराउनका लागि यो अपिल जारी गरिएको छ।

जहाँसम्म यूनिटी लाइफ इन्टरनेशनलको नेटवर्किङ्ग व्यवसायको साउदी अरबमा कानूनी वैद्यताको प्रश्न छ यस विषयमा एकहप्ता अघि शुक्रबार ३१ बैशाख २०६७ (मे १४ २०१०) का दिन यस राजदूतावासमा राजदूत श्री हमीद अन्सारीको उपस्थितिमा NRNA ICC MEMBER (साउदी अरब) श्री राम बहादुर वेलवासे, ICC का मध्यपूर्व सह संयोजक श्री राजु सैयद, NRNA साउदी अरब अध्यक्ष श्री धरम के.सी. र यूनिटी लाइफ एसोरेन्सका Country Representative (साउदी अरब) श्री कृष्णप्रसाद शर्मा सुवेदीहरु बीच बृहत छलफल भैसकेको छ । उक्त छलफलमा निर्णय भए अनुसार निज सुवेदीले यूनिटी लाइफ इन्टरनेशनलको व्यवसाय स्वदेश तथा विदेशमा कानूनी मान्यता प्राप्त गरी सञ्चालन भैरहेको भन्ने प्रमाणहरु एकहप्ता भित्रमा राजदूतावासमा उपलब्ध गराउने प्रण गर्नुभएको थियो । सो अनुसारको प्रामाणिक कागजातहरु हालसम्म पनि उपलब्ध हुन नसक्नु, उक्त कम्पनीले साउदी अरबमा आफ्नो व्यापार गर्न स्वीकृति समेत नलिएको अवस्था एवं नेपाल सरकार अर्थ मन्त्रालयद्वारा गरिएको निर्णयको आधारमा यूनिटी लाइफ इन्टरनेशनलको नेटवर्किङ्ग व्यवसायका सम्बन्धमा नेपाल सरकारबाट कानूनी कार्वाही टुङ्गोमा नपुगुञ्जेलसम्मका लागि यो राजदूतावास निम्न अनुसार गर्न गराउन हुन सम्बन्धित सबैलाई सहयोगको लागि हार्दिक आव्हान गर्दछः

◦ यूनिटी लाइफ इन्टरनेशनलका संचालक, प्रबर्ध्दक एवं President Level मा पुगेका साउदी अरब, बहराइन एवं ओमानमा रहेका व्यक्तिहरुबाट हालसम्म वितरित सदस्यहरुको नामावली एवं संकलित रकमको विवरण अनिवार्य रुपमा “सातदिन”भित्र यस राजदूतावासमा बुझाईदिने।
◦ यूनिटी लाइफ इन्टरनेशनलको सदस्यता लिएका नेपाली नागरिकहरुले सो सदस्यता लिएको प्रमाणसहित अविलम्व राजदूतावासमा लिखित जानकारी गराउने।
(साउदी अरबमा रहेका केही सदस्यहरुको निवेदन रकम फिर्ता पाउँ भनी यस राजदूतावासमा प्राप्त भैसकेको छ।)

◦ यूनिटी लाइफ इन्टरनेशनलको नेटवर्किङ्ग व्यवसाय सम्बन्धमा सम्माननिय प्रधानमन्त्रीज्यूले समेतले “अर्थ मन्त्रालय एवं गृह मन्त्रालय मार्फत कडा कानूनी कारवाही अघि बढाउने” निर्देशन भैसकेकोले यस व्यवसाय सम्बन्धमा सबै सचेत र सजग रहने।

नेपाल सरकार अर्थ मन्त्रालयको निर्णय सार:
“नेपालमा नेटवर्किङ्ग व्यवसायीका लागि वस्तुमा आधारित व्यवसाय मात्र गर्न वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट जारी भएको निर्देशिका अन्तर्गत रही कारोवार गर्न सकिने व्यवस्था रहेको छ । नेटवर्किङ्गको माध्यमबाट सेवा व्यवसाय गर्ने बारेमा कुनै कानूनी व्यवस्था भएको अवस्था छैन । साथै नेपाल राष्ट्र बैंकको अनुमति विना निक्षेप संकलन गर्ने वा विप्रेषण कारोवार गर्न पाइदैन । यसैगरी, बीमा समितिको अनुमति नलिई बीमालेख जारी गर्ने वा बीमा सम्वन्धी कुनै पनि कारोवार गर्न पाइदैन।

उल्लेखित कम्पनीले यसरी गरिने कारोवारका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बीमा समिति तथा अन्य सम्वद्ध निकायहरुबाट कुनै स्वीकृति वा अनुमति लिएको नदेखिएको हुंदा यस प्रकारको कारोवार स्वतः गैरकानूनी हुने ठहर्दछ । यस मन्त्रालयबाट सो कम्पनीबाट भए गरेका कार्यहरुका बारेमा छानविन भइरहेको छ । यस अवस्थामा विदेशमा रहेका नेपालीहरुले कडा परिश्रम गरी बचत गरेको रकमबाट निक्षेप संकलन बीमा लेख वा सेवा प्रवाह जस्ता कार्यमा गरिएको लगानीको सुरक्षा एकिन गर्न सकिने अवस्था नरहने हुन्छ।”

नेपाली राजदूतावास
रियाद, साउदी अरब
मितिः जेठ ७, २०६७
(मे २१ २०१०)

Popularity: 7%

1 comment May 22nd, 2010

दोहोरो झडपप्रति रिलेक नेपाल गम्भीर ध्यानाकर्षण

मानवअधिकार शिक्षा क्लब राष्ट्रिय समिति (रिलेक नेपाल)
प्रेस विज्ञप्ति-
एकीकृत नेकपा माओवादीले गरेको अनिश्चितकालीन आमहडतालको पाँचौ दिन २०६७ बैशाख २३ गते एकीकृत नेकपा माओवादी र स्थानीयबासी पर्सा, पर्वत, स्याङ्जा, नवलपरासी, बाँके, मकवानपुर, रुपन्देही, भक्तपुरलगायत काठमाण्डौका बुढानीलकण्ठ, बसुन्धारा, जोरपाटीमा भएको दोहोरो झडपबीचप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।

काठमाडौमा भएको झडपमा धापासी ३ का धर्म श्रेष्ठ, रबीन कार्की बुढानीलकण्ठका रोशन मगर धुम्बाराहीका गणेश श्रेष्ठ, चपली भद्रकालीका सुनील भण्डारी कलंकीमा धादिङका विनय पण्डित घाइते भएका छन् । रिलेक नेपाल राष्ट्रिय समितिको पर्यवेक्षक टोलीले सिन्धुपाल्चोक गौरीथोक ५ स्थायी घर भई हाल चपली भद्रकाली ५ बस्ने ज्योती सुनारको प्रहरी प्रशासनको सहयोगमा उपचारका लागि प्रसुतीगृहसम्म पुर्‍याइएको छ।

आमहडतालले आम नागरिकको दैनिक जीवन कष्टकर बन्दै गएको छ । मजदुर, श्रमिक तथा र्सवसाधारणलाई बिहान जीविकोपार्जन कष्टकर बन्दै गएको छ । बन्दले नागरिकका आर्थिक, सामाजिक अधिकार उपभोगका प्रत्यक्ष असर पर्न गएको छ।

हामी आन्दोलनरत दल तथा अन्यदलहरुलाई जनताको आधारभूत अधिकार सुनिश्चित गर्न माग गर्दै वार्ताको माध्यमबाट समस्याका सामाधान गर्न हामी आग्रह गर्दछौं।
रमेशप्रसाद तिमल्सिना
अध्यक्ष
मानवअधिकार शिक्षा क्लब राष्ट्रिय समिति (रिलेक नेपाल)

Popularity: 9%

2 comments May 6th, 2010

पाकिस्तानमा चौंथो लोकतन्त्र दिवस

एचकेनेपाल डट कम संवाददाता-
चौंथो लोकतन्त्र दिवसको उपलक्ष्यमा पाकिस्तानस्थित नेपाली राजदूतावासले कार्यवाहक राजदूत दुर्गाप्रसाद भण्डारीको निवासमा एक स्वागत समारोहको आयोजना गर्र्यो।

उक्त समारोहलाई सम्बोदन गर्दै कार्यवाहक राजदूत श्री भण्डारीले नेपालका प्रमुख राजनैतिक दलहरुको अगुवाईमा १९ दिनसम्म नेपाली जनताले गरेको जनआन्दोलनका परिणाम स्वरुप तत्काल संसदको पूर्नस्थापना भई अग्रगामी राजनैतिक परिवर्तनको मार्ग प्रशस्त भएको बेहोरा उल्लेख गर्नुभयो। नेपाली जनताको चाहना अनुरुप संबिधान सभाको निर्वाचन भई नयाँ संबिधान निर्माण, राज्यको पुनसंरचना तथा जारी शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्र्याउन नेपालको राजनैतिक दल, संबिधान सभा तथा सरकारले सक्रिय गृहकार्य गरिरहेको र यसमा नेपालका नागरिक समाज,बुद्धिजीवी, पत्रकार, नीजी क्षेत्रलगायत विदेशमा बसोवास गरिरहेका नेपालीहरुकोसमेत उल्लेख्य भूमिका रहने विचार व्यक्त गर्नुभयो।

आमन्त्रितहरूका तर्फबाट बोल्दै इस्लामावादस्थित यूनिस्कोमा कार्यरत श्री विक्रम क्षेत्रीले संबिधान लेखनको काम तोकिएको मितिभित्रै सम्पन्न गर्न तथा जारी शान्ति प्रक्रियालाई यथाशीघ्र तार्किक निष्कर्षमा पुर्र्याई नेपाललाई आर्थिक विकासका मार्गमा अघि बढाउन नेपालका राजनैतिक दलहरू बढी जिम्मेवारीका साथ लाग्नु पर्ने आवश्यकता रहेको विचार व्यक्त गर्नुभयो। उहाँले उल्लेखित कामका लागि विदेशमा बस्ने नेपालीहरू जस्तोसुकै सहयोग गर्न तयार रहेको उल्लेख गर्नुभयो।

लोकतन्त्र प्राप्तिको आन्दोलनमा सहादत प्राप्त गर्नुहुने सबै शहीदहरुको संझनामा एक मिनेट मौनधारण गरी सुरु भएको उक्त कार्यक्रममा इस्लामवादस्थित विभिन्न अन्तर्राष्ट्रिय संघ/संस्थामा कार्यरत नेपाली तथा परिवारका सदस्यहरु, पाकिस्तानका विभिन्न विश्वविद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु, इस्लामवादमा बसोबास गर्ने अन्य नेपाली तथा परिवारका सदस्यहरु, नेपाली दूतावासमा कार्यरत कर्मचारी तथा तिनका परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो।

सोही उपलक्ष्यमा साँझ दूतावास तथा निवासहरुमा दिपावली गरिएको थियो। चौथौ लोकतन्त्र दिवस समारोहको कार्यक्रमको संचालन दूतावासका सहचारी प्रवीण भट्टराईले गर्नुभएको थियो।

Popularity: 8%

Add comment April 26th, 2010

कानून व्यवसायीमाथि आक्रमणको निन्दा

प्रेस विज्ञप्ति -
इन्हुरेड इन्टरनेशनलका कार्यकारी निर्देशक तथा अधिवक्ता श्रीकृष्ण सुबेदीमाथि प्रहरीको पोशाक लगाएको एक समूहले बैशाख ७ गते सांघातिक आक्रमण गरी कुटपिट गरेको घटनाको हामी घोर निन्दा एवम् भर्त्सना गर्दछौं।

मानवअधिकार रक्षक एवम् कानून व्यवसायीमाथि राजधानीमा नै आक्रमण हुनुले देशको शान्ति सुरक्षाको अवस्था नाजुक रहेको पुष्टि हुन्छ नै अधिकारको क्षेत्रमा लाग्नेहरूमाथि जोखिम उत्पन्न भएको अवस्था देखिन्छ।

देशमा बढ्दै गएको दण्डहीनताका कारण दोषीलाई उन्मुक्ति दिने प्रवृत्तिले बढेर जाँदा यस्ता घटना दोहोरिन्दै गएका छन् । हामी व्याप्त दण्डहीनताको अन्त्य गरी सो घटनाको स्वतन्त्र र निस्पक्ष छानविन गरी दोषीमाथि कानुनी कारबाही गर्न नेपाल सरकारसँग माग गर्दछौं।

गोपीकृष्ण भट्टर्राई
महासचिव
युवा कार्य नेपाल

Popularity: 8%

Add comment April 22nd, 2010

वदनियतपूर्ण समाचारको खण्डन एवं निन्दा

प्रेस विज्ञप्ति -
नेपाली जनसर्म्पर्क समिती अमेरिकाको एकताको दोश्रो महाधीवेशन सम्पन्न हुन गईरहेको अवस्थामा नेपाली जनसर्म्पर्क समिती न्यूयोर्क च्याप्टरको नाममा जिसीको एकलौटी कार्यसैलीप्रति खेद व्यक्त भन्दै जनपुकार अनलाईनमा आएको समाचारप्रति मेरो गम्भीर ध्यानआकर्षण भएको छ।

म नेपाली जनसर्म्पर्क समिती अमेरिकाको एक सदस्य र न्यूयोर्क च्याप्टरको पूर्व अध्यक्षको हैसियतले उक्त वदनियतपूर्ण समाचारको खण्डन एवं निन्दा गर्न चाहन्छु। म एकता महाधिवेशनको पूर्णरूपमा समर्थन मात्र होईन पूर्णताको कामनासमेत गर्ने व्यक्ति भएको र अधिवेशनलाई खलल पार्ने भ्रम सिर्जना पार्ने वा घोर भर्त्सना गर्ने काम हामीबाट कही भएको छैन र एकता महाधिवेशनलाई सम्पन्न गर्नका लागि सबैबाट सहयोगको लागि आव्हान गर्दै भ्रममा नपर्न अनुरोध गर्दछौ।
जय नेपाल
सोमनाथ घिमिरे

Popularity: 7%

Add comment April 19th, 2010

एनआरएन युकेको प्रेस बिज्ञप्ति तथा विशेष धन्यवाद

एन.आर.एन. युकेको प्रेस बिज्ञप्ति तथा विशेष धन्यवाद
एनआरएन युकेले नेपाली नयाँ वर्ष २०६७ को उपलक्ष्यमा आयोजना गरेको “स्रष्टाहरुको सम्झना साँझ” “Tribute to the Legends” कार्यक्रम यही अप्रिल ११ मा भव्यतापूर्वक सम्पन्न भएको छ।

रेडिङको रिभरमेड हलमा आयोजना भएको यस कार्यक्रमको सुभारम्भ कार्यक्रमका प्रमुख अतिथि नेपाली कार्यवाहक राजदूत झपिन्द्रप्रसाद अर्याल, रेडिङका मेयर फ्रेड प्युग र एन.आर.एन. युकेका अध्यक्ष सूर्य गुरुङले संयुक्त रुपमा पानसमा बत्ति बालेर गर्नु भएको थियो। कार्यक्रमका अन्य विशेष अतिथिहरुमा रेडिङमा कन्सरभेटिभ पार्टीबाट संसदका उम्मेदवार तथा पूर्व सांसद रब विल्सन, लेवोर पार्टीबाट संसदका उम्मेदवार अनालिसा डड्स, कन्सरभेटिभ पार्टीबाट संसदका उम्मेदवार आलोक शर्मा, एन.आर.एन. युकेका संरक्षक प्रो.डा. सूर्य सुवेदी, एन.आर.एन. युरोपियन कोअर्डिनेटर क्या. हितमान गुरुङ र युकेमा कार्यरत विभिन्न संघसंस्थाका प्रमुखहरु हुनुहुन्थ्यो।

कार्यक्रमको प्रारम्भमा एनआरएन यूकेका राष्ट्रिय संयोजक भक्त गुरुङले सम्पूर्ण अतिथिहरुलाई स्वागत गर्दै कार्यक्रमको वारेमा संक्षिप्त जानकारी गराउनु भएको थियो र कवि तथा लेखक राजेन्द्र थापा र किरण खरेलले नेपालबाट दिनुभएको सन्देश प्रसारण गरिएको थियो।

नेपाली राष्ट्रिय गीतबाट शुरु भएको सांगीतिक कार्यक्रमको सञ्चालन खगेन्द्र नेपाली, सुमन खरेल, विमला सुब्बा र मनिषा डंगोलले गर्नुभएको थियो। यू एण्ड अस व्याण्डको सांगीतिक समूहद्वारा संगीतबद्ध कार्यक्रममा लोकप्रिय गायकहरु विवेक श्रेष्ठ, शर्मिला बर्देवा, सितु खरेल, सपन राई, दिपु गुरुङ र संजीव सिंहले नेपालका सांगीतिक क्षेत्रका स्रष्टाहरुका गीतहरु प्रस्तुत गर्नु भएको थियो। कार्यक्रममा नेपाली आधुनिक पप संगीतको विकासमा योगदान पुर्याउनु भएका गायक नोर्देन छिरिङ र नेपाली कला र संस्कृतिलाई बेलायती भुमीमा परिचित गराउन तीन दशकदेखि अनवरत रुपमा लागी रहनुभएका मदन थापालाई दोशल्ला ओढाई सम्मान गरिएको थियो। कार्यक्रम सफल पार्न विशेष सहयोग पुर् याएका वि.एफ.वि.एस. गोर्खा रेडियो, नेपाली टि.भि. र रेडिङ नेपाली समाजलाई कार्यक्रममा विशेष धन्यवादसहित सम्मानपत्र प्रदान गरिएको थियो र सम्पूर्ण सहयोगदाताहरुमा एन.आर.एन. यूकेको तर्फबाट अध्यक्षले धन्यवाद दिदैं आभार व्यक्त गर्नुभएको थियो।

दर्शकहरुले खचाखच भरिएको हलमा युकेको इतिहासमा नै पहिलोपटक यति भव्यस्तरमा नेपाली सांगीतिक कार्यक्रमको आयोजना भएको थियो। यू एण्ड अस व्याण्डको बेजोडमय संगीतमा नेपालका सांगीतिक क्षेत्रका स्रष्टाहरु नारायण गोपाल, अरुणा लामा, तारा देवी, अरुण थापा, प्रविण गुरुङ, नोर्देन छिरिङजस्ता कलाकारहरुका कालजयी गीतलाई कर्णप्रिय स्वरका धनी यूकेवासी कलाकारहरुले स्वरबद्ध गर्दा सम्पूर्ण दर्शकहरु मन्त्रमुग्ध बनेका थिए। कार्यक्रमको कला, गीतसंगीत तथा अडियो भिजुएल सम्बन्धि सम्पूर्ण पक्षको निर्देशन रामकृष्ण त्रिपाठी “सामवेद” ले गर्नु भएको थियो। नेपाली गीतसंगीतको क्षेत्रमा यूकेकै इतिहासमा पहिलोपटक नयाँ शैली र अवधारणामा यो कार्यक्रम प्रस्तुत गरिएको थियो। कार्यक्रमका सम्पूर्ण दर्शकहरुले कार्यक्रमबाट भरपूर मनोरंजन लिएका थिए। कार्यक्रममा सहभागी बन्न युकेको पुर्वमा केन्टदेखि पश्चिममा पोष्टमाउथसम्म, उत्तरमा वेल्स र लिवरपुलदेखि दक्षिणमा ब्राइटनहिल, साउथहेम्टनसम्मका नेपालीहरुको व्यापक उपस्थिती रहेको थियो। यूकेमै बसोबास गरेका नेपाली कलाकारहरुको सहभागीतामा एन.आर.एन. यूकेले आयोजना गरेको यस कार्यक्रमले नेपाली गीतसंगीतको क्षेत्रमा अत्यन्त नौलो सन्देश छोड्न सफल भएको छ। प्रवासले पनि नेपाली गीतसंगीतको क्षेत्रमा धेरै योगदान दिन सकिदो रहेछ भन्ने कुरा यसबाट पुष्टि भएको छ। साथै कार्यक्रममा व्यापक दर्शकहरुको सहभागीताले एन.आर.एन. युकेप्रति जनविश्वास कति रहेछ भन्ने कुरा पनि थाहा भएको छ।

यस कार्यक्रमलाई यसरी भव्यपूर्वक सम्पन्न गर्न सहयोग पुर् याउने सम्पूर्ण कलाकारहरु, यु एण्ड अस व्याण्ड परिवार, सम्पूर्ण उदघोषक तथा उदघोषिकाहरु, स्पोन्सर गरी सहयोग पुर् याउने सहयोगदाताहरु, प्रचारप्रसारमा सहयोग पुर् याउने सम्पूर्ण मिडियाहरु, प्रमुख अतिथि तथा विशेष अतिथिहरु, कार्यक्रम सफल पार्न अहोरात्र खटने व्यवस्थापन समिति तथा कार्यसमितिका साथीहरु, स्वयंसेवकहरु, विभिन्न संघसंस्थाका साथीहरु र कार्यक्रममा सहभागी बन्नु भएका आदरणीय दर्शक महानुभावहरुलाई एन.आर.एन. यूके नयाँ वर्ष २०६७ को मंगलमय शुभकामनासहित हार्दिकपूर्वक धन्यवाद ज्ञापन गर्दछ।

धन्यवाद
भक्त गुरुंग
राष्ट्रिय संयोजक
13 April 2010

Popularity: 8%

Add comment April 14th, 2010

खनूप्‍रुदे ‘रामबाबू’बाट नइ प्रकाशनलाई ९५ लाख रुपियाँ प्रदान

एचकेनेपाल डट कम संवाददाता-
सुप्रसिद्ध राजनीतिज्ञ तथा समाजसेवी श्री खनूप्‍रुदे ‘रामबाबू’ले नइ प्रकाशनलाई ९५ लाख रुपियाँ प्रदान गभएको छ। उहाँले सो रकम नइ प्रकाशनबाट सञ्चालनमा आउने पुरस्कारका लागि संस्थाका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईलाई हस्तान्तरण गर्नु भएको हो।

नइ प्रकाशनले तीन लाख रूपियाँ राशिको ‘नइ देरुख अन्तर्राष्टि्य पुरस्कार’को स्थापना गरेको छ। यो पुरस्कार गैरनेपाली नागरिक र नेपालीगोर्खालीबाहेक विविध क्षेत्रमा ख्याति कमाएका एक जना विशिष्ट व्यक्तित्वलाई हरेक वर्ष प्रदान गरिनेछ।

त्यसै गरी, नइ प्रकाशनले दुई लाख रूपियाँ राशिको ‘नइ देरूनीख अन्तर्राष्टि्य पुरस्कार’को स्थापना गरेको छ। यो पुरस्कार नेपालीगोर्खालीहरूमध्ये विविध क्षेत्रमा ख्याति कमाएका एक जना विशिष्ट गैरनेपाली नागरिकलाई हरेक वर्ष प्रदान गरिनेछ।

नइ प्रकाशनबाट स्थापित पुरस्कारको संख्या अब बीस पुगेको छ।
सदस्यसचिव
(नरेन्द्रराज प्रसाइ)
नइ प्रकाशन

Popularity: 8%

Add comment April 13th, 2010

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2018
M T W T F S S
« Feb    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

More news....