सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा गराउनु पर्ने र त्यसको लागि पूर्वाञ्चलवासी एक हुनु पर्नेमा धरानमा आयोजित एक छलफलका सहभागीले जोड दिएका छन्।
धरान नगर खेलकुद विकास समितिले आयोजना गरेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा विषयक छलफल सहभागीहरुले खेलकुदको विकासमा पूर्व सर्धै अगाडि रहेको र यहाँ प्रयाप्त पूर्वाधार रहेकोले पनि सातौ राष्ट्रिय प्रतियोगिता पूर्वमा हुनु पर्ने उनीहरुको भनाई थियो।
सातौ प्रतियोगितमा पूर्वमा गराउन आफूहरु जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने उनीहरुको चेतावनी थियो।
छफलफमा प्रमुख अतिथि समेत रहेका क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राईले सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्व नै उपयुक्त रहेको तथा पूर्वाधार तथा योदानको हिसावले पनि पूर्वनै उपयुक्त रहेका वताए। साथै उनले अनौपचारिकरुपमा पूर्वमा नै गर्ने निर्णय भएको र छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितावाट सातैा प्रतियोगिताको झण्डा लिएर आउने दावी गरे।
औपचारीक निर्णय भइसकेको छ यसलाई वैधानिकता दिन मात्र बाँकी छ उनले भने। त्यसैले हामी छैटोै प्रतियोगिताको समापनमा झण्डा दिएर आउछौं। पूर्वमा हुने लगभग निश्चित भएपनि विचमा राजनीतिक चलखेलहुन सक्ने भएकाले त्यस तर्फसचेत रहन समेत सवैलाई आग्रह गरे। धनगढीबाटै सातौ प्रतियोगिता पूर्वाञ्चलमा आफू कटिवद्ध रहेको र नभए त्यहाँबाट विद्रोह गर्ने उनले चेतावनी समेत दिए। सातौ राष्ट्रिय प्रतियोगिता पूर्वमा हुदा यहाँको भौतिक निमार्ण समेत हुने उनको भनाई थियो।
छलफमा वोल्दै नेपाली अखिल नेपाल फुटवल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष किशोर राईले सातौ प्रतियोगिताको लागि अग्रमि योजना वनाएर अगाडि वढ्नु पर्नेमा जोड दिए। दिर्घकालीन योजनाको अभावमा समग्र खेलक्षेत्र पछि परेका भन्दै राईले पूर्वको खेल क्षेत्रको विकासको दिर्घकालिन योजना वनाएर अगाडी वढ्नु पर्नेमा जोड दिए।
छलफलमा सुनसरी क्षेत्र नं १ का सभाषद किरण कुमार राई, नेकपा एमालेका धरान नगरसमितिका सचिव नारायण सुवेदी, सितेरीयो कराते संघ सुनसरीका अध्यक्ष कुवेर राई सुनसरी वक्सिङ संघका अध्यक्ष किशोर सम्वाहाम्फेले बोलेका थिए।
नगर समितिका अध्यक्ष विकि राईको सभापतित्वमा भएको सो कार्यक्रममा धरान काठमाडौ सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।
तेजवी, एचकेनेपाल डट कम-
प्रधानमन्त्री माधवकुमार नेपाललाई आफ्नो नेतृत्वको सरकारलाई पूर्णता दिन फलामको च्यूरा चपाएसरी कठिन भएको छ। करीव एक महिना वित्नै लाग्दा पनि उनले सरकारलाई पूर्णता दिन सकेका छैनन्।
प्रधानमन्त्री नेपालले यतिबेला सबैलाई रिझाउन हरदम कोशिस गरिरहेका छन्। तर, पनि त्यस्तो हुन सकिरहेको छैन। उता, उनले नेपाली कांग्रेस, फोरम, मधेशी दलहरूलाई रिझाउन त छंदै छ। यता, आफ्नै दल एमालेभित्रका झलनाथ र केपी ओलीको समूहलाई पनि उतिकै रिझाउनु पर्ने वाध्यता छ।
अहिले उनलाई सबैभन्दा घाँडो भएको छ गृहमन्त्रालय। नेका सभापति गिरिजाप्रसाद कोइरालाले गृह फोरमलाई दिन आग्रह गर्दै आइरहेका छन् भने एमालेले गृह जुनसुकै हालतमा आफैंले लिनु पर्ने दबाव प्रधानमन्त्रीलाई दिइरहेका छन्। फोरमबाट निष्काशित विजयकुमार गच्छदारले सरकार निर्माणमा मधेशी दलहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै गृह आफूहरूले नपाए सरकारमा सहभागी नहुने चेतावनी दिइरहेका छन्।
यसैबीच, प्रधानमन्त्रीले मंगलवार विहान एमालेभित्र छलफल गरेका छन्। उनले आज अपरान्ह सत्तासमिकरण र मन्त्रालय बाँडफाँडका लागि अन्य दलहरूसंग छलफल गर्दैछन्। देशको राजनीतिक अवस्था विषम रहेको बेला माधवकुमार नेपालले प्रधानमन्त्रीको बागडोर सम्हाल्दा जति मिठो अनुभूति भएको थियो, त्यो भन्दा कठीन अवस्थाबाट गुज्रिरहेको प्रधानमन्त्री नेपालको वर्तमानले नेपाललाई कहाँ पुर्र्याउने हुन्? कुर्सी र सत्ता मोहले अन्धा बनेका हाम्रा राजनैतिक दलका नेताहरूले कहिले पो सिक्ने हुन् देश र जनताका लागि त्याग र समर्पण कुरा।
संविधानमा अनिवार्य समेट्नुपर्ने केही बुदां र छलफलका विषयहरु
-विश्वासदीप तिगेला
आफ्नो लागि आफैले संविधान बनाउने नेपालीहरुको शदिऔं देखिको चाहना पूरागर्ने बाटोमा मुलुक अघि बढिरहेको छ। संविधान निर्माण गर्ने क्रममा देशविदेशमा रहेका विभिन्न ब्यक्ति, बर्ग, समुदाय, संघ, संगठन, राजनैतिक दल, जातिय उत्थान संगठन, धार्मिक संगठन लगायतको तर्फबाट प्रसस्त सुझाव, माग, दबाव साथै इच्छा आकांक्षा र आसाका आवाजहरु आउनु एकदमै सकारात्मक पक्ष हो।
संविधान निर्माण प्रकृयामा बाधा अवरोध आउनु पनि अस्वाभाविक होइन तर जसरी भएपनि संविधान निर्माण हुनैपर्दछ त्यो अनिवार्य आवश्यकता हो। वास्तवमै अबको संविधान कस्तो हुनुपर्दछ त? कस्तो प्रकारको संविधान चाहि सबैको लागि स्वीकार्य हुन्छ? कतै संविधान निर्माणमा षडयन्त्र हुने त होइन? यहाँ यिनै विषयहरुको वरिपरि रहेर चर्चा गरिनेछ।
संविधान देशको मूल कानुन भएकोले यस सम्बन्धमा प्रत्येक ब्यक्ति, समाज, समुदाय, वर्ग, क्षेत्र र लिङ्गलाई सरोकार हुनुपर्दछ। अहिले हामी संविधान निर्माणको प्रकृयामा भएकाले सबैभन्दा पहिला हामी यस बारेमा स्पष्ट हुनुपर्दछ। हामीले कति बर्षसम्म बाँच्न सक्ने संविधान बनाउने? विगतलाई सरसर्ति हेर्ने हो भने वि सं. २००४ मा बनेको संविधान वि. सं. २०१५, २०१७, २०१९, २०३६, २०४६ र २०६३ गरी पटक–पटक संशोधन र पुननिर्माण हुदै आएको छ। नेपालको संविधान किन यति चाडै निकम्मा हुन्छन्? प्रत्येक १० देखि १५ बर्षसम्मलाई मात्र कामगर्ने संविधान बन्ने गरेको छ। किन त्यसो हुदै आएको छ? के फेरि पनि त्यति नै आयु भएको संविधान बनाउन हामी आतुर छौं ? अवश्य होइन र हुनुहुदैन। यो एउटा सुनौलो अवसर हो र हामी सुनौलो बिहानीमा छौ। सबैमा सद्भाव र सहयोग अनि नेपाली हौं भन्ने राष्ट्र (भावना) हुनु पर्दछ। देशमा धेरै उतारचढावहरु आए र आउनेक्रम चलिरहेको छ। यसलाई नियमित प्रकृया मान्न सक्नुपर्दछ। बेलाबेला हामी देशको अवस्थालाई लिएर निरासामा पनि पर्नेगर्छौं तर हामीले विगतका घटना परिघटनाहरुलाई पाठको रुपमा लिदै अबको ग्लोबल विश्वमा अघि बढ्नुपर्दछ।
संसार विकासको द्रुत गतिमा अघि बढिरहेको छ र हामी मानवहरु साच्चै नै सभ्य र समुन्नत बन्दै गएका छौ। संसारको कुनै एक कुनामा रहेका मानिसहरुलाई विपत्ति आइपर्दा अर्को कुना अर्थात विभिन्न मुलुकमा रहेका मानिसहरुले सहयोग गर्दै आएका छन्। अफ्रिकामा भोकाएकाहरुको लागि चीनमा खाना तयार गरिन्छ। भारतमा रोगले ग्रस्त वर्गको लागि बेलायतमा औषधी तयार गरिन्छ। अब भौगोलिक सिमानाको के कुरा गरौं। हामीले देखेका छौ। यूरोपियन युनियनले धेरै विचार र मान्यतालाई तोड्दै एक मुद्रा र झण्डै एक देशको मोडलमा प्रवेश गरेको छ। के विश्व साच्चै नै सुन्दर र धर्महरुमा बर्णन गरेको स्वर्ग जस्तै छैन र? यी सबै घट्ना परिघट्नाहरुले नेपाल र हामी नेपालीहरुलाई पनि प्रत्यक्ष/अप्रत्यक्ष असर पारेको हुन्छ र पार्नुपर्दछ।
वितेका एक दशक अवधिमा हाम्रो देशमा रगतको खोलो बग्यो। त्यसले हामीलाई अझै विचल्ली, विलाप र शोकमा डुबाएको छ यद्यपी हामी नेपालीहरुले चाहेको राष्ट्र र ब्यवस्था प्राप्तिको लागि समय अनुकुल दिशामा अघि बढिरहेको अवस्थामा थोरै भए पनि चित्त बुझाउने ठाँउ बनेको छ। हामी प्रतिज्ञा गरौं अब बन्ने संविधानले ज्ञातअज्ञात हजारौ शहिदहरुलाई सम्बोधन गर्न सकोस। पुनः रक्तपातको श्रृंखला ननिम्त्याइयोस। संविधान कै कुरा गर्दा अहिले हामी नेपालीहरुसँग कतै खुसी छ र कतै भयावह त्रासदी पनि। तर वास्तविकता भनेको हामी नेपाली नागरिकहरु विशेषतः राजनैतिक रुपमा अत्यन्तै अगाडि छौं भन्दा गलत नहोला। अब हामी कोही पनि हत्या हिंसा चाहदैनौं। सिर्फ हामीलाई हिजोको जनयुद्धको हाउगुजीले बेलाबखत सताउनु अस्वभाविक अवश्य होइन। हिजो देखिको चरम शोषणको विरुद्ध आक्रोश आज यत्रतत्र रहनु असान्दर्भिक पनि होइन। बुझ्नेले जसरी बुझे पनि समय आफनै गतिमा बगिरहेको छ र संविधान बन्ने प्रकृया अघि बढिसकेको छ। यसलाई शंका र समस्याको रुपमा नलिई साझा जिम्मेवारी र दायित्व सम्झेर हामी सबैले आ–आफ्नो ठाँउबाट योगदान गर्नको लागि कम्मर कसौ, त्यसैमा हामी सबैको कल्याण देखिन्छ।
शक्ति र जिम्मेवारीलाई विकेन्द्रीकरण गर्नको लागि हिजो छुट्टायाइएको अञ्चलको अवधारणा निश्चित क्षेत्रको लागि उत्तरदायी समुदाय नतोकिएको कारणले नराम्ररी फेल भयो। त्यसको मुख्य कारण भौगोलिक रुपबाट मात्र अंचलको विभाजन हुनु थियो। त्यसैको परिणाम स्वरुप वि. सं. २०४६ सालमा नेपाल राष्ट्रिय जनजाति पार्टी खोलेर देशलाई १२ प्रान्त बनाई समुन्नत नेपाल देख्न चाहने स्व. काजीमान कन्दङ्वाको सपना उनको निधनपछि अब साकार हुने निश्चित छ। त्यसो भए उनले देखेको संघीय नेपाल र संघीय नेपालको संविधान कस्तो हुनुपर्दछ त? हामी सबैको सामु साझा सवाल बनेको छ।
देशको मूल कानुन अर्थात संविधान राष्ट्रको विविधता अनुकुल हुनुपर्दछ। अन्य देशहरुको तुलनामा नेपालको सामाजिक, साँस्कृतिक, भाषिक र भौगोलिक संरचनामा असमानता रहेकोले सबै जाति, धर्म, सम्प्रदाय, भूगोललाई बराबर हैसियत वा जिम्मेवारी दिई समान पहुँच र अस्तित्वमा राख्नुपर्दछ। त्यसैको लागि संविधानको प्रस्तावना सबै नेपालीलाई समेट्ने हुनुपर्दछ। संविधान सानो आकारको बनाउनु उपयुक्त हुन्छ। धेरै कुरा संविधानमा लेखिएको खण्डमा लेख्न छुटेका कुरा संविधान बाहिर पर्न सक्ने सम्भावना भएकोले संक्षेपमा लेख्ने तर सबै कुरालाई समेट्ने हुनुपर्दछ। बहू धर्मावलम्बी मुलुक भएकोले अनिवार्य धर्म निरपेक्ष उल्लेख गरेको हुनुपर्दछ। नेपाल सरकारको छापमा संस्कृत शब्द - स्वर्गद्धपी गरियसी - अनिवार्य हटाउनुपर्दछ। नेपालको राष्ट्रिय चिन्हमा राष्ट्रिय पंक्षी डाँफे, राष्ट्रिय जनावर एकसिङ्गे गैडा, राष्ट्रिय फूल लाँली गुराँस, राष्ट्रिय रङ्ग सफा आकाशको नीलो रङ्ग हुनु उपयुक्त हुन्छ। राष्ट्रिय जनावर गाई भएको खण्डमा र संस्कृत शब्द यथावत राखिएमा नेपालका अरु धर्मावलम्बी र भाषिहरुलाई अपमान गरेको ठहर्दछ। हामीले कुनै पनि धर्मलाई असर पुग्ने किसिमको ब्यवस्था गर्नुहुदैन र एकसिंङ्गे गैडा विश्वमै नेपालमा मात्र पाइने भएकोले यसलाई राख्दा हाम्रो देशको चिनारी अरु मजवुत हुनेछ। प्रश्न उठ्न सक्छ हिजो थियो आज किन हुनुहुन्न? तर सबैले बुझ्नुपर्ने विषय के हो भने नेपाल बहूधार्मिक र बहूभाषिक मुलुक हो। प्रत्येक धर्म र संस्कारको आ–आफ्नै मान्यता रहेको हुन्छ। त्यसैले कुनैपनि धर्म, संस्कारलाई असर हुने खालको ब्यवस्था हामीले अब उप्रान्त गर्नु हुदैन यदि यसतर्फ ध्यान दिएनौ भने भोलि अकल्पनिय स्थिति आउन सक्दछ।
देशको प्रतिनिधित्व गर्ने राष्ट्रिय झण्डा संसारमा नौलो र सुन्दर भए पनि विशेषत विदेशी पुस्तकहरुमा र स्वदेशी पुस्तकहरुमा लेखिएको झण्डाको परिभाषाले सूर्यवंशी र चन्द्रवंशीलाई मात्र समेट्ने र समग्र नेपालीलाई नसमेट्ने भएकोले अनिवार्य सुधार वा परिवर्तन गर्नुपर्दछ। नेपाललाई मुख्य तीन कारणबाट विश्वले चिन्दछ। पहिलो– विश्वको सर्वोच्च शिखर सगरमाथाको देश, दोस्रो – भगवान बुद्धको जन्मथलो देश र तेस्रो – वीर गोर्खालीहरुको देश भनेर। यसर्थ हाम्रो देशको झण्डामा पनि सर्वोच्च शिखर सगरमाथा राख्नु सबैभन्दा उपयुक्त हुन्छ। यसले कुनै पनि सम्प्रदाय वा धर्मलाई असर गर्दैन। सबैलाई सर्वस्वीकार्य हुन सक्दछ।
सबै जाति, वर्ग र क्षेत्रलाई समान रुपमा समेट्नका लागि हिजोदेखि आजसम्म शोसित पीडित आम नेपालीहरुको शसक्त माग राज्यको पुर्नसंरचना हो। राज्यलाई नयाँ संरचनामा लैजान साहस, हिम्मत र सहमतिका साथ मुख्यगरि यी ५ वटा आधारहरुबाट गर्नुपर्दछ। १. ऐतिहासिक, २. भाषिक, ३. जातीय, ४. भूगोल र ५. आर्थिक धरातल।
अचानोको पीर खुकुरीलाई थाह हुन्न अर्थात विमारको पीडा स्वयं बिरामीलाई मात्र थाहा हुन्छ अरुलाई हुँदैन भने झै नेपालको नयाँ संविधानमा के कस्तो ब्यवस्था गर्ने भन्ने सवालमा हिजो देखि दुख्दै आएकाहरुले बुलन्द आवाज गर्नुपर्यो। नरोइकन आमाले समेत दुध दिदैन भन्ने बुझ्नु पर्दछ। त्यस्तै राज्य पुर्नसंचनाको बारेमा नेपालका शासक वर्गमा खासै चासो देखिँदैन र उनीहरु सनातन धर्मबाट ओतप्रोत भएका कारण खुलेर हिम्मतका साथ बहसमा उत्रिन नचाहेका हुन की झै देखिएको छ। देश धर्म निरपेक्ष हुनु, राज्य पुर्नसंरचना हुनु कसैको भाग खोस्नु वा खोसिइनु होइन। त्यसैले हामी सबैले यस कार्यमा सहयोग पुर्याउनुपर्दछ। मोही माग्न जाने तर ढुङ्ग्रो लुकाउने भन्ने उखान झै नेपालका ठूला राजनैतिक दलहरु काँग्रेस, एमाले, एकिकृत माओवादी लगायतका अधिकांश नेताहरुको भित्री चाहना सनातन अधिराज्य नै बनाऊ भन्ने रहेकोले उनीहरु यस मामलामा असहयोगी देखिएका हुन् की भनेर शंका गर्ने ठाँउ रहेको छ। वि. स. २०४८/४९ मा संस्कृत भाषालाई सम्पूर्ण आदिबासी जनजाति, दलित तथा मधेसीमा लादनु खोज्ने यिनै नेताहरु भएको कारण हाम्रो यी आरोपलाई थप टेवा पुग्दछ।
राजनैतिक रुपबाट निर्वाचित प्रतिनिधिहरुको अभावमा पनि सरकार तथा देशको कामकार्वाही निरन्तर चलाउने सरकारी कर्मचारीलाई स्थायी सरकार -Permanent Government_ भनिन्छ। स्थायी सरकार अन्तर्गत दुई दर्जन मन्त्रालय र ७५ वटा जिल्लाका (भोलि बढि होला) प्रमुख जिल्ला अधिकारी, गाविस सचिव, नगरपालिका सचिव, मालपोत, अदालत, हुलाक, हेल्थपोष्ट तथा शिक्षण संस्था लगायतको क्षेत्र जहाँ दैनिक नागरिकको प्रत्येक्ष काम हुन्छ त्यहाँ अनिवार्य समानुपातिक र स्थानियताको ग्यारेण्टि गरिनु पर्दछ। अहिलेसम्म राजनैतिक, सेना, पुलिसमा मात्र यसको जोडदार माग उठेको छ जुन अपूर्ण छ। यी अवसर र जिम्मेवारीको ठाँउमा समानुपातिक ब्यवस्था भएमा बरु संघीयताको आवश्यकता कम हुनसक्छ तर त्यहि समानुपातिक पहूँच र अस्तित्वको लागि स्वायत्त राज्यको आवश्यकता परेको हो।
दुई शक्तिशाली देश चीन र भारतको बीचमा रहेको सानो भू–परिवेष्ठित देश नेपाल अन्य देशका अपराधीहरु लुक्ने ठाउँ पनि बनेको छ। देशभित्रै असामान्य अपराधिक गतिविधिहरु चलिरहेका छन्। अर्को कुरा देश गरिब र लाचार हुनुको पछाडी भ्रष्टाचार एक मुख्य कारक बनिरहेको परिप्रेक्ष्यमा नेपालमा कडा कानुनको ब्यवस्था गर्नु आवश्यक देखिन्छ। हामी हिसाब गरौं, ३ जना खुंखार ब्यक्तिले भ्रष्टाचार गरेमा तीन करोड नेपाली भोकै मर्नेछन् तर ति ३ जना ब्यक्तिहरुलाई मृत्यूदण्ड दिंदा बाँकी ३ करोड नेपाली समृद्धिमा बाँच्न सक्छन् भने फाइदा र बेफाइदाको यो हिसाब अब हामीले गर्ने कि नगर्ने? विश्वमा छुट्टै अस्तित्व बोकेका सार्वभौम १९५ स्वतन्त्र देशहरु मध्ये छिमेकी मुलुक भारत, चीन, अमेरिका, सिंगापुर लगायत विश्वका ७० वटा देशहरुमा मृत्यूदण्डको ब्यवस्था भएको पाइन्छ। हामीले बुझ्नुपर्ने कुरा के हो भने मृत्यूदण्डलाई थोरै देशहरुले मात्र नियमितता दिदै आएका छन्। नेपालको अन्तरिम संविधान २०६३, जातीय भेदभाव विरुद्ध राष्ट्रिय मञ्चद्धारा तयार पारिएको नमुना संविधान २०६५, एकिकृत नेपाल कम्युनिष्ट पार्टी माओवादीको संविधान खाका २०६५, किरात राई यायोख्खा केन्द्रिय कार्य समितिद्धारा प्रस्तुत सुझाव र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालद्धारा पेश गरिएको संविधानका मुख्य धाराहरु हेर्दा स्पष्ट रुपमा मृत्युदण्ड दिइने छैन भनि किटान गरिएको छ वा मौन रहेको छ। त्यसले नेपाल जस्तो गरिब मुलुकमा हुने भ्रष्टाचारलाई प्रोत्साहन गर्ने निश्चित देखिन्छ।
हाम्रो देशको राजनैतिक संस्कारमा धेरै सुधार गर्नुपर्ने देखिन्छ। सांसदको लागि उम्मेदवारी बन्नेले तोकिएको निश्चित तहसम्म अध्यायन गरेको हुनुपर्ने र एक ब्यक्तिले एकै पदमा दुईपटक भन्दाबढि सोहि पदमा बहाल रहन नपाउने ब्यवस्था गर्न सकेमा राम्रो हुन सक्दछ। पाकिस्तानमा संसद सदस्य बन्न तोकिएको निश्चित शिक्षा हासिल गरेको हुनु पर्दछ भने रसियाको राष्ट्रपति झै दुई कार्यकालपछि अर्को कार्यकाल पदीय दायित्वबाट बाहिर बस्नुपर्ने ब्यवस्था धेरै उत्कृष्ट देखिन्छ। त्यसो भएको खण्डमा अधिनायकी शासकको सम्भावना पनि कम हुनजान्छ।
विविधता भएको नेपालमा कार्यपालिका, न्यायपालिका र ब्यवस्थापिकाबीच सन्तुलन हुने गरि राष्ट्रपति रेफ्रिको रुपमा रहने गरि र खेल क्याप्टेनको रुपमा प्रधानमन्त्री रहने गरि ब्यवस्था गर्नु उपयुक्त हुन्छ। छिमेकी मुलुक मलेशियामा अवलम्बन गरिएको राष्ट्रप्रमुख (राष्ट्रपति) मण्डल पाँच सदस्यीय बनाउनु नेपालको परिवेशमा सबैभन्दा उपयुक्त्त देखिन्छ। त्यसमध्ये आर्य, खस समुदायबाट १, तराईवासीबाट १, महिलाबाट १, दलितबाट १ र आदिबासी जनजाति समुदायबाट १ जना रहने ब्यवस्था गर्न सकिन्छ। प्रत्येकले पालैपालो राष्ट्रप्रमुखको जिम्मेवारी बहन गर्नेछन्। यसो गर्न सकेको खण्डमा सबै समुदायलाई सम्मान र पहिचान गर्न सकिन्छ। उता प्रधानमन्त्री सबैभन्दा शक्तिशाली बन्ने ब्यवस्था गर्नुपर्दछ। यस्ता महत्वपूर्ण पदको लागि सम्पूर्ण नेपाललाई एक निर्वाचन क्षेत्र मानी प्रत्यक्ष निर्वाचनद्धारा चयन गर्नु सबैभन्दा उपयुक्त देखिन्छ।
ज्यादै अल्छीलाग्दो नेपालको ब्यवस्थापिकालाई चुस्त बनाउदै संघीय प्रतिनिधिसभा र संघीय राष्ट्रिय (जातीय) सभा नामाकरण गर्नु नेपाल जस्तो बहूजातीय देशको लागि उपयुक्त देखिन्छ। इरान, अफगानिस्तान र पाकिस्तान लगायत बहुजातीय मुलुकमा जातीय सभा लोकप्रिय बन्दै आएको प्रशस्त उद्धाहरणहरु पाइन्छन्।
हाम्रो जस्तो असमानता रहेको मुलुकमा संघीय राज्य अपरिहार्यता भएको कुरा हामी सबैले महशुस गरिसकेका छौ। यसर्थ केन्द्र सरकार र राज्य सरकारबीच स्पष्ट क्षेत्राधिकार तोक्नुपर्ने अनिवार्यता रहन्छ जसमा केन्द्र सरकारले रक्षा, परराष्ट्र, मुद्रा, केन्द्रीय बैक, अन्तराष्ट्रिय ब्यापार, उपरोक्त विषयहरुसँग सम्बन्धित मुद्धाहरु बाहेक सम्पूर्ण जिम्मा राज्य सरकारलाई दिनु उपयुक्त हुन्छ। यस्तै प्रकारको नीति अमेरिकाले अवलम्बन गर्दै आएको छ भने भारतले यसको ठिक उल्टो राज्यलाई दिइएको क्षेत्राधिकार बाहेकको कुरा केन्द्र सरकारले ब्यवस्था गर्ने गर्दछ।
नेपाल कुटनैतिक हिसाबले अत्यन्तै संवेदनशील मुलुक भएकोले परराष्ट्र नीतिमा सावधानी अपनाउँदै देशको पहिचान र पहुँच बढाउन जरुरी हुन्छ। त्यसैले एसिया महादेशभित्र र बाहिरका कतिपय धनी मुलुकहरुसँग अझ राम्रो सम्बन्ध विस्तार गरि सहयोगको लागि पूर्वाधार तयार गर्न सक्नुपर्दछ। ब्रुनाई, ताइवान, इरान, सिंगापुर लगायतका धेरै देशहरुमा सम्बन्ध विस्तार गरि राजदुतावास खोल्न सके हामीलाई धेरै सहयोग मिल्न सक्दछ।
हाम्रो देशमा भाषिक कठिनाइहरु भएको कारण देशको भाषिक नीति स्पष्ट हुनुपर्दछ। नेपाली भाषालाई सम्पर्क भाषा, अंग्रेजी भाषालाई अन्तर्राष्ट्रिय सम्पर्कको भाषा र मातृभाषा तथा स्वेच्छिक भाषालाई कामकाजी भाषाको रुपमा समेत प्रयोग गर्न सक्ने ब्यवस्था गर्नुपर्दछ। शिक्षाको सवालमा पनि संघीय (केन्द्रीय) शिक्षा र राज्य शिक्षाको ब्यवस्था गर्नु उपयुक्त देखिन्छ। राज्य शिक्षा अन्तर्गत स्थानीय राज्यमा बोलिने भाषा शिक्षा र स्वेच्छिक शिक्षा बाहेक विज्ञान, प्रविधि लगायतको शिक्षा केन्द्रीय स्तरबाट हेर्नु पनि निक्कै सान्दर्भिक देखिन्छ।
देशको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो हिस्सा ओगट्दै आएको छ । यर्सथ रेमिट्यान्स भित्राउने ती गैर आवासिय नेपालीहरुको लागि नेपाल बाहिर जुन देशमा गएको हो त्यहि देशको नागरिकता प्राप्त गरे पनि नेपालको नागरिकता त्याग्न नपर्ने अर्थात नेपाली नागरिकताको अस्तित्व रहिरहने ब्यवस्था गर्नुपर्दछ । ती गैर आवासिय नेपालीहरुको सन्तानले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नसक्ने र उनीहरुले नेपालमा सम्पत्ति जोड्न पाउने तथा नेपालमै लगानीको लागि थप हौसला पुग्ने ब्यवस्था गर्नु बुद्धिमता ठहर्छ । रोजगारीको लागि विदेश जाने हाम्रो परम्परालाई धेरै ब्यवस्थित गर्नु आवश्यक देखिन्छ। विशेषत विदेशमा विचल्लिमा परेका नेपालीहरुको उद्धारको लागि परराष्ट्र मन्त्रालय अन्तर्गत उद्धार मिसनको ब्यवस्था गरि स्वदेश फर्काउने दायित्व सरकारको हुनुपर्दछ।
नेपालको शैक्षिक अवस्था अपेक्षानुरुप निक्कै उत्साहजनक रहेको छ। दक्ष जनशक्ति उत्पादनको क्रम निरन्तर चलिरहेको छ। हामीले देखेका छौं की कतिपयले निरन्तर ३५/४० बर्षसम्म जागिर गरिरहेका हुन्छन्। उता शैक्षिक प्रगतिसँगै बेरोजगारको संख्या पनि हवात्तै बढिरहेको छ। त्यसैले अधिकतम २२ वा २८ बर्षपछि अनिवार्य निवृत्तिभरण लिनुपर्ने ब्यवस्था गर्नु वान्छानिय देखिन्छ। त्यसो हुन सकेको खण्डमा रोजगारीको अवसर केही भएपनि बढ्न सक्दछ।
कुनैपनि देश आर्थिक रुपमा मजबुत तब हुन्छ जब उद्योगधन्दाबाट उत्पादित बस्तु विदेशमा निर्यात हुन्छ। त्यसैले देशले गर्न नसक्ने ठूल्ठूला उद्योग कलकारखाना स्थापनाको लागि बिषेश ब्यवस्था गर्नु अति आवश्यक देखिन्छ। त्यसैले संविधानमा उद्योग नीतिलाई फराकिलो राख्नुपर्दछ।
हाम्रो देशको गम्भिर समस्याहरु मध्ये यातायात दुर्घटना एक मुख्य समस्या बन्दै आएको छ। त्यसैले यदि यातायात निगरानी ट्राफिक प्रहरीबाट सम्भव छैन भने कुनैपनि विकल्पको ब्यवस्था गर्नुपर्ने बेला भएको छ किनकी बढि भन्दा बढि दुर्घटना कानुन मिच्नेहरुले गराउँदै आएका छन्, त्यसप्रकारको क्रियाकलाप कमि गर्न नितान्त प्रयास गर्नु पर्दछ।
सबै आगैआगो भएर मात्र हुदैन कोहि पानी पनि हुनुपर्दछ भन्ने भनाई अनुसार अहिले आदिबासी जनजाति, दलित, मधेसीहरुमा शासक वर्गहरुबाट विगत देखि हुदै आएको शोषण, अत्याचार विरुद्धको आक्रोश अझै पनि देख्न सकिन्छ। यसलाई हामीले असामान्य किसिमले लिनु हुदैन। लामो र गौरवशाली इतिहास बोकेको नेपाल र नेपालभित्र रहेको विभिन्न भू–भाग तथा क्षेत्रको इतिहास बुझेर सम्मान र मान्यता दिनुपर्दछ। वि. स. २०२१ सालसम्म स्वशासित राज्य रहेको पूर्वको लिम्बुवान र अहिलेको लिम्बुवानी आन्दोलन त्यसको प्रत्यक्ष उदाहरण हो। यसर्थ नेपालले संयुक्त राष्ट्र संघ अन्तर्गतको आदीवासी जनजातिहरु सम्बन्धि अभिसन्धि नं. १६९ लाई सूनिश्चित गरि लागु गर्नुको विकल्प छैन।
संविधान निर्माण प्रकृया अन्तर्गत संविधानसभामा सबै जाति, धर्म, वर्ग, क्षेत्र, लिङ्ग तथा समुदायलाई समेट्नु साह्रै महत्वपूर्ण कार्य भएको छ। अझ संविधान सुझाव गाँउगाँउ र देशविदेशबाट समेत माग्नु साह्रै उत्तम कार्य भएको छ। प्राप्त सुझाव सबै समेट्न लायक नहुन सक्छ तर सुझाव प्राप्त हुनुको अर्थ सक्षम संविधान निर्माणप्रति सद्भाव र समर्थन हो भन्ने पनि बुझ्नु पर्दछ। विज्ञ कानुनविदहरुको सहयोगमा ब्यवस्थापिकासभाले सक्षम संविधान निर्माण गर्नेमा आश गरौ र आ–आफ्नो ठाँउबाट सहयोग गरौ। विश्वकै इतिहासमा शान्तिपूर्ण तवरले राजतन्त्र हटायौं, सबैको सहमतिमा देशलाई धर्म निरपेक्ष घोषणा गर्यौ । अब सम्पूर्ण नेपालीहरुको सहभागितामा शान्तिपूर्वक र सद्भावूपर्वक संविधान निर्माण गरौं तब आधा पेट नै भएपनि समृद्धिमा रमाउन सक्नेछौं। विश्वकै लागि हामी उदाहरण बनौ। त्यसपछि कतै नअलमलिई देश विकासको लागि निरन्तर अघि बढौं।
हामीले सोचेजस्तो र खोजेजस्तो सक्षम संविधान ढुक्कका साथ बन्नेवाला चाहिं छैन। केही प्रतिगामी तत्व जसले हिजो हालीमुहाली र बर्चश्व राख्दै आएका थिए अर्थात यथास्थितिवादीहरुको तर्फबाट विभिन्न अवरोध र षड्यन्त्रहरु आउने सम्भावनाहरु पर्याप्त रहेको छ। त्यसैले हामी सबैले त्यसपछि चनाखो रही सावधानी अपनाउनु जरुरी भएको छ। यसपटक संविधानमा अपरिवर्तनिय संरचना राखिनु हुदैन। संविधान समय अनुकुल शसोधन हुन सक्ने प्रावधानलाई स्वीकार्नु पर्दछ। भारतको संविधानको इतिहासलाई हेर्ने हो भने संविधान निर्माण पूरा भएकै अर्को साल पहिलो शंसोधन सन् १९५१ र दोस्रो शंसोधन १९५२ मा भएको छ। यसर्थ संविधान निश्कलङ्क बनाउन लचिलो, पारदर्शी र उद्धार दिलले लाग्नु पर्दछ।
अन्तमा, देश हाम्रो हो, निर्माणाधिन संविधान हाम्रो हो। कानुनको नजरमा प्रत्येक ब्यक्ति हक, अधिकार, जिम्मेवारी र पहूँचमा समान हुनुपर्दछ। सबै धर्म, जाति, वर्ग र क्षेत्रको अस्तित्वलाई स्वीकार गर्दै कसैको पनि कहिंबाट असर नगरौं। हामी नेपाली सबै समान भएको महशुस गरौं र गराऔं। देशको यो मिर्मिरे बिहानीले आम नेपालीहरुको लागि सुख, समृद्धि, सद्भाव र प्रगति लिएर आउन सकोस् शुभकामना।
स्रोतहरुः
१. नेपाल अन्तरिम संविधान २०६३
२. जातिय भेदभाव विरुद्ध राष्ट्रिय मंचद्धारा निर्मित नमुना संविधान २०६५
३. एकिकृत माओवादीको संविधान खाका २०६५
४. किरात राई यायोख्खा केन्द्रिय कार्य समितिद्धारा प्रस्तुत सुझाव
५. सघिय लोकतान्त्रिक राष्ट्रिय मंचद्धारा पेश गरेको संविधानको मुख्य धाराहरु
६. नेपाल अधिराज्यको संविधान २०४७
७. Constitution of India: http://india.gov.in/default.php
८. यस्तो हुनुपर्छ राज्यको संरचना, लेखक भवानी वराल
-biswasdip@ymail.com
१ बैशाख २०६६ तदनुसार १८ अप्रिल २००९, बेलायत
ई. राजकुमार त्रिपाठी, बेलायत / एचकेनेपाल डट कम -
सामाजिक रुपान्तरणको लागि अभियानका साथ अघि बढिरहेको नेपाली नागरिकहरुको बेलायतमा रहेको एकमात्र पूरानो यति एशोसियशन यूकेको विगत चुनाव निर्णय प्रक्रिया नराम्रोसंग विवादमा रुमल्लिएको छ। यही विवाद बढ्दै जाँदा सामाजिक सद्भाव खल्बलिएको जस्तो लाग्दछ।
इतिहासमा यस्तो सद्भाव खल्बलिने काम कहिल्यै भएको थिएन। सदभाव भड्कदै जाँदा नेपाली समाजलाई असर पर्ने कुरामा यतिको नेतृत्व सचेत देखिएन बरु नेतृत्वले जुहारी मात्र खेल्न लागेको देखियो। जुन आगामी दिनहरुमा निकै प्रत्युपादक हुने संकेत देखा परेको छ।
बेलायतमा निकै सामाजिक संघ संस्थाहरु छन् र संस्थाको निर्वाचन सबै संघ संस्थामा प्रजातान्त्रिक, पारदर्शी तरिकाले भई कार्य समिति चयन भएको देखिन्छ। तर इतिहासमै पहिलोपटक यसरी निर्वाचनको प्रक्रियामा अपारदर्शिता देखिनु, धाधलीपूर्ण भएको संकेत देखा परी स्वतन्त्र निर्वाचन छानविन आयेग गठन हुनु, छानविन आयोगको यतिमा रही सामाजिक कार्यमा लामो समय खर्चेका अभिभावक सदस्यहरु र मानवअधिकारवादीहरुले चुनाव धाँधलीपूर्ण भएको स्वच्छन्दता र पारदर्शिता नअनाइएको, फर्जी मत पेटिका भेटिएको चुनावी अंक र कुल मतपत्र नमिलेको, साथै सदस्यहरुको अन्तिम अवस्थामा सदस्यता रद्ध भएको साधारण सभा बोलाई समस्याको समाधान खोज्नुपर्ने निष्कर्ष मानेमा समाजमा हाम्रो भूमिका न्यून हुन जान्छ भनी निष्कर्षका साथ नेतृत्वले साधारण सभा बोलाउन … गर्दै आयो। जब यति १४१ जना सदस्यहरुले आफ्नो प्रजातान्त्रिक विशेष अधिकार प्रयोगगरी साधारणसभा बोलाउन माग गरे र नबोलाएमा आफूहरुले नै आफूहरुले नै साधारणसभा मार्फत नयाँ कार्यसमिति बनाउने घोषणा गरे ततपश्चात मात्र यतिको साधारण सभा नजिकिदै जाँदा साधारणसभा डाकिएको सर्वविदितै छ। यतिको बिशेष साधारणसभा नजिकिदै जादा इमेल, बेवपेज र पत्रपत्रिकाहरुमा यतिको नेतृत्वले डर, धाक, धम्की र त्रासको अमानवीय ब्यवहार गरेको कुरा नेतृत्व पक्षले बक्तब्य मार्फत जारी गर्यो। जुन नव वर्षको शुभकामना कार्यक्रममा साधारण सदस्यहरुले ब्यानर, प्लेकार्ड र बुलेटीनसहित गरेको शान्तिपूर्ण विरोध प्रदर्शनले मात्र माथि लगाइएको कपोकल्पित लाञ्छनालाई समेत असफल तुल्याइदिएको छ।
समाज र नागरिकको भूमिका गहिराईपूर्वक नियाल्ने हो भने समाजभित्र रहने सदस्यहरु दुई तरिकाबाट आफूहरुलाई मुल्यांकन गर्ने गरेको देखिन्छ। पहिलो पक्ष भनेको नागरिकको हैसियतमा अर्थ आर्जन गरियो। बसोबास मिलाइयो। अब समाजमा आफू स्थापित हुन हरतरहले समाजमा स्थापित संस्थामा आफ्नो नेतृत्व हरतरहले हुनैपर्ने र नेतृत्वमा पुग्दा पैसाको भरमा मात्र आफूलाई समाजले नमान्ने मनोबलबाट प्रेरित भई संस्था छाड्न मान्दैनन। दोश्रो पक्ष भनेको नेतृत्वमा रहनेहरु सदैव संस्था र नेपाली आवाजलाई कदर गर्दै आफूलाई एकेडेमीक रुपले प्रस्तुत गर्ने प्रयास गर्दछन्। अरुको आवाजलाई मोटीभेटको रुपमा लिन्छन। संस्था छाडन पर्दा पनि पीर मान्दैनन् । नैतिकतामा सचेतता देखाउंदछन् । समाजलाई सुझावका साथ अघि हिडाउछन् अनि आफूहरु पछाडि हिड्छन्। विरोध आउदैमा तर्सदैनन्। अरुलाई गाली पनि गर्दैनन्। सबैलाई समेटछन् । प्रजातान्त्रिक, पारदर्शि निर्णय सदस्यहरूमा निर्णय गर्न जिम्मा दिन्छन् । जुन नेपालमा स्वर्गीय विपी कोइराला र गणेशमान सिंहहरुले गरे । भारतमा गान्धी, नेहरु र लालबहादुर शास्त्रीहरुले गरे। हाल यतिमा देखिएको विवादमाथिको पहिलो पक्षबाट प्रेरित देखिन्छ।
स्वर्गीय विपी कोइरालाले २०३६ सालमा निर्दल र बहुदलको चुनावमा निर्दलको पक्षको परिणाम स्वीकार गरे। तर स्वीकार गरेको भोलिपल्टदेखि जब शासकहरुबाट चुनाव धाँधली गरेको भन्ने सूचना प्राप्त भयो। त्यसदिनदेखि नै आन्दोलन घोषणा गरे। सत्याग्रह गरे आन्दोलनले नयाँ रुप लियो २०४६ सालमा बहुदल आयो। चुनाव स्वीकार गर्नु आफैमा प्रजातन्त्र भित्रको उच्च नैतिकता हो। स्वीकार गरेपश्चात धाँधलीको संकेत र सूचना प्राप्त भइसकेपछि अस्वीकार गरी आन्दोलन गर्नु, अभियान संचालन गर्नु, साधारण सदस्यहरुमा रहेको नैर्सर्गिक अधिकारलाई सुरक्षा गर्दै शान्तिपूर्ण प्रदर्शन गर्नु साथै सही सूचना सम्प्रेषित गराई गरिएका गल्ती कमी कमजोरीलाई सुधार गर्दै अगाडि बढ्नु अर्को महानैतिकता हुनु आउंछ।
नेतृत्वमा रहेका केही सदस्यहरुले बेलायतस्थित नेपाली जनसम्पर्क समितिको राजनैतिक र सामाजिक प्रभावमा नकारात्मक प्रभाव पार्ने गरी बेबपेज र इमेलहरुमा खराब सूचना सम्प्रेषण गरे। यस सन्दर्भमा म नेतृत्वलाई प्रश्न गर्न चाहन्छु। के तपाईहरु कुनै राजनैतिक संघ संस्थामा आवद्ध हुनु हुन्छ कि हुनु हुदैन ? हुनु हुन्छ भने तपाईको साधारण सदस्यको हैसियतमा जे लेख्न भन्न पनि पाउने अनि अरु सदस्यहरुले प्रश्न राख्दा नकारात्मक टिप्पणी गर्नुपर्ने ? त्यो अप्रजातान्त्रिक आचरण हो। जीवनभर सामाजिक रुपान्तरण गर्न सयम ब्यतित गराइयो । राजनैतिक जागरण गर्न कार्यक्रम र अभियानहरु संचालन गरियो, मानवअधिकार प्राप्ति र लोकतन्त्र नेपालमा बहाली गर्न अप्ठयारा दिनहरुमा नेपालमा र बेलायतमा जुझारु प्रदर्शन गराइयो। अझै पनि समाज रुपान्तरण गर्न एकरुपताको आवाज उठाइरहेको छौ। मेल, सद्भाव, छलफलले नेपाली समाज अगाडि बढ्न मद्धत पुग्दछ भन्दै सहभागितामूलक समाजको पक्षमा भएका मलगायत हामी निष्ठावान साथीहरुको गन्तब्यलाई तपाईहरुले छेकवार लाउन कोशिस गर्नुहोला। छेक्नुहोला सदस्यहरुलाई बन्देज पनि लाउनुहोला तर अन्ततः पारदर्शिताको जीत भएर नै छोड्छ। आज यतिभित्र शुरु भएको द्वन्द्वभित्र अवश्यपनि कांग्रेस कार्यकर्ता विपला देवान, शुभास पोखरेल, रामेश्वर ढुंगेल, विनोद मोक्तान, शिवजी श्रेष्ठ, राजेन्द्र सुवेदी, राजकुमार त्रिपाठी, विकास देवकोटा, नारायण दवाली, अजय राई, एकराज नेवाङ्ग, सुरेन्द्र श्रेष्ठलगायत २०० जना कार्यकर्ताहरु प्रत्येकका आवाज उठाएका छन् जुन राजनैतिक नभई यति भित्रको धाँधलीपूर्ण चुनाव र अपारदर्शिताको विरुद्ध हो न कि ब्यक्ति विरुद्धको। स्व. विपी कोइरालाले भन्नुहुन्थ्यो आफ्नो विवेक लाग्दासम्म प्रश्न राख्न नडराउनु, तपाईले गरेको अभियानले समाजमा पादर्शिता छोड्दछ भने भविष्यमा तपाईलाई विरोध कष्ट बाबजुद स्याबासी पनि प्रदान गर्नेछ र समाज सुधार हुनेछ। हाम्रो सामूहिक आवाज यही हो।
यतिको समाधान के होला ?
कोही विकल्पको खोजिमा छन्। उमेश मोक्रान र चिरञ्जीवी ढकाल भेट भई पद साटासाट गर्दैमा यतिको पारदर्शिता माथिको प्रश्न टुङ्गने होइन। सबैले स्वीकार गरेको धाँधली भएको निर्वाचनलाई बिशेष साधारणसभाले कार्य समिति अमान्य गरी नयाँ विधान र नयाँ निर्वाचन समिति समेत खडा गरी स्वच्छ र प्रजातान्त्रिक पारदर्शि चुनाव गराउनुपर्दछ । साधारण सभामा सम्पूर्ण सदस्यहरुले यही प्रस्तावलाई स्वीकार गर्नेछन्। सामाजिक अभियानमा पद गौण हुन्छ। यदि कसैलाई कार्य समिति अमान्य गर्दा पद जान्छ र प्रतिष्ठा पनि गुम्छ जस्तो लाग्ला। त्यही सोचले विववाद पनि बढेको होला तर आज सबैले स्मरण गर्नुपर्ने बेला के छ भने महाभारतमा सान्तुनले राजगर्दी छोडे। प्रतिष्ठा कमाए, रामले अयोध्या छाडी बनबास गए भगवान भए। बुद्धले दरबार छाडि बुदत्व प्राप्त गरे गणेशमानजीले र गान्धीजीले प्रधानमन्त्री पद छाडे। वीर गणेशमान बने। त्यसैले ईर्ष्या र क्रोधको राजनीतिबाट माथि रही सबैले पद छोडि नयाँ निर्वाचन पश्चात नयाँ कार्य समिति पारदर्शी रुपबाट चयन गराउन आग्रह गर्दछौ। होला केही ब्यक्तिहरू समाजमा विद्यमान चाहन्छन र यतीको झगडा बढाउन चाहन्छन् तर हामीहरुले सामूहिक आन्दोलनलाई बेलायतभित्र बस्ने संघ संस्था, स्वतन्त्र नेपालीमूलका नागरिकहरुले साथ दिने नैछन्। त्यसैले सम्पूर्ण आम नेपाली नागरिकहरुमा विनम्र निवेदन साथ यती एशोसियशन उच्च गरिमा सदैव कायम गराउन र एकता कायम राखी अघि बढ्न हाम्रो सामूहिक अभियानलाई सबैबाट सहयोग प्राप्त हुने नै छ। ई. राजकुमार त्रिपाठी
साधारण सदस्य
यति एशोसियशन यूके The writer can be reached at pujapujan@hotmail.com
यति एशोसियशनका पदाधिकारीलाई खुलापत्र
श्रीराम कायस्थ, मेनचेस्टार युके
गत अप्रिल २००९ मा विभिन्न अनलाइन सञ्चार माध्यमहरुमा सम्प्रेषित भ्रामक एवं निर्लज्ज समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ।
सम्प्रेषित समाचारमा भनिएको छ यति एशोसियसनक वर्तमान विवादास्पद अध्यक्ष र सचिवले संयुक्त रुपमा दिनुभएको विज्ञप्ति अनुसार यति एशोसियसनका नाममा आउदो १२ अप्रिलमा गर्न लाग्नुभएको कार्यक्रम उमेश मोक्तान समूहले कार्यक्रम असफल गराउनका लागि सम्भाब्य सहभागीहरुलाई डर, धाक, धम्की र त्रास देखार्य बेलायतजस्तो प्रजातान्त्रिक मुलुकमा अप्रजातान्त्रिक रबैया अपनाएको आरोप लगाइएको छ।
स्मरणीय छ, संयुक्त अधिराज्य बेलायतमा ‘यति एशोसियशन’ नेपालीहरुको सबैभन्दा पूरानो सामाजिक संस्था हुनुका साथै इतिहासको लामो समयसम्म एक सम्मानित प्रतिनिधिमूलक संस्थाको रुपमा नेपाली समुदायबीच उच्च गौरवमय गाथा र इतिहाससहित उच्चादरित मानिन्थ्यो। यसका विगतका क्रियाकलापहरु सामाजिक जीवनका मूलभूत र नैसर्गिक सिद्धान्तका विषयलाई लिएर संवेदनशील बहसको दोसाधमा कहिल्यै पनि आएनन्।
एक निश्चल र पवित्र विगतका गाथा-कथाहरु हाम्रा सामु जीवन्त भएपनि गत सेप्टेम्बर २००८ मा भएको यसको निर्वाचनले चुनावी प्रक्रियाको परम्परा र यति स्वंयमको अस्तित्वमाथि अत्यन्त दुर्गन्धित र अपवित्र कालो धब्बा छोडेको महसुस सर्वत्रबाट गरिएको पाइन्छ। तथाकथित अध्यक्ष पदका स्वघोषित अध्यक्ष चिरञ्जीवी ढकाल र निर्वाचन प्रमुख कृष्ण भट्टका बिच भएको अपवित्र मिलिमतो र जसरी भएपनि चुनाव जित्नुपर्छ भन्ने अराजनीतिक, असामाजिक, अनैतिक र निर्लज्ज नग्न नृत्य र पदीय मोहबंश देवरबाबुका रुपमा मात्र देखिएको धाँधलीपूर्ण चुनावले यति कै इतिहासमा सबैभन्दा दुर्गन्धित र कलंकित छाप छोडेको कटु सत्यतामा कसैको दुइमत नहोला।
विज्ञप्तिमा उहाँहरुले प्रजातन्त्र, बेलायत, नैतिकता आदि जस्ता शब्दहरु जोडेर हाँसो मजाकको दुनियाँमा एक नयाँ आयाम थपेजस्तो मलाई लाग्यो। किनकि, बेइमानी, दुराचार र दुर्गन्धित परम्पराको सिर्जना गर्न रुचाउनेका लागि नैतिकता सम्बन्धि कुराहरु सिर्फ एका देशका कथाजस्ता मात्र हुन। तर, जे होस पुनः एकपटक नैतिक रुपले कुरुप अनुहार नेपाली समुदायबिच देखाइदिनु भएकोमा कोटी-कोटी धन्यवाद।
उहाँहरुले प्रजातन्त्र नैतिकता र प्रजातन्त्र अनि बेलायत आदिको प्रयोग गरेको पाए। त्यसैले यिनै शब्दहरुको नियतपूर्ण साँघुरो घेरामा रहेर केही प्रश्नहरु गर्न चाहन्छु।
१. निष्पक्ष एवं धाँधलीरहित चुनाव सम्पन्न गर्ने जिम्मेवारी दिइएका निर्वाचन प्रमुख कृष्ण भट्टसंग साँठगाँग गरी बिसौ मुठ्ठाका मुठ्ठाका फर्जी मत प्रयोग गर्नुका साथै मतदान गरिएका मतपत्रहरु मध्येबाटै १४५ वटा मतहरु गायब गरी चुनाव जितिएको घोषणा गर्नु कहाँको प्रजातान्त्रिक एवं नैतिक आचरण हो ? तपाईहरुले बेलायतमा बसेर सिकेको यही हो।
२. ‘यति’ को सदस्यता लिएका मतदाता तर आफूलाई मतदान नगर्ने आशंका भएका केही मतदाताहरुलाई मतदाता सूचीमा निर्वाचन प्रमुख कृष्ण भट्टको बदनीयतपूर्ण एवं पक्षपातीपूर्ण क्रियाकलापका कारण समावेश गरिएन। यतिमात्र होइन आफूलाई मतदान गर्ने शर्तमा १८ बर्ष नपुगेकालाई पनि सदस्यता वितरण गरी निर्वाचन जित्ने लज्जास्पद र हास्यास्पद कार्य गर्न नहिच्किचाउने तपाई चीरन्जीवी ढकाल ….. अब भन्नुहोस त्यो कुन र कस्तो नैतिक चरित्र हो?
३. निर्वाचनका समय बाहिर टाँसिएको मतदाता नामावली र निर्वाचन कक्षमा राखिएको मतदाता नामावली बिच मेल नखानुको कारण सयौं मतदाता मतदान गर्नबाट बञ्चित भए। जसरी भएपनि चिरञ्जीबी ढकाल समूहलाई विजयी गराई छाड्ने सपथ खाएका चरित्रहीन निर्वाचन प्रमुख कृष्ण भट्टको प्रमुख सक्रियतामा यसो गरिएको थियो।
निर्वाचनको हार र जीतको सामान्य परिणामसंग डराएर कायरतापूर्वक निर्वाचन प्रक्रियाका चक्रब्यूह के प्रजातान्त्रिक हो। तपाईहरुले बेलायतमा सिकेको पाठ यही हो।
५. निर्वाचन प्रमुखले निष्पक्ष, धाधलीरहित निर्वाचन सम्पन्न गराउनुपर्नेमा स्वयमको सक्रियतामा गलत र अनैतिक संस्कारको प्रवेश गराई विजयी घोषित हुनु कुन नैतिक चरित्र हो। तपाईहरुले सिक्नुहोस कि चुनाव गणीतीय जोड घटाउ मात्र होइन।
५. निर्वाचनमा पक्षपातपूर्ण धाँधलीका अनगिन्ती प्रमाणका श्रृखलाहरु प्रमाणित भइसकेपछि सो को छानविनका लागि गठित छानविन समितिले तपाई चिरञ्जिवी ढकाल लगायतको समूहलाई छलफल र समस्या निराकरण हेतु यति लामो समयसम्म कार्य गर्नु भएका सम्मानित अग्रज दाजुहरुको अगुवाई एवं आग्रहका बाबजुद तपाईहरु उपस्थित हुन त कता हो कता अझ उल्टै काग कराउदै गर्छ पिना सुक्दै गर्छु भन्ने सारा नेपाली समुदायलाई अत्यन्त निचतापूर्ण नैतिक बलात्कार गर्न कोशिस गर्नुभयो । यही हो तपाईहरुको बेलायतमा सिकेको नैतिकता … पाठ?
६.बेलायतमा नेपाली समुदायको संख्या अत्यन्त न्यून छ। यद्यपि यही न्यून संख्याका बिचप पारस्पिरिक प्रेमपूर्ण मित्रता, सौहार्दता र आपसी सहयोग र भावी पिढीलाई चरित्र, त्याग र समर्पणको उपहार स्वरुप छोड्ने बिराट नैतिक अभिभारा बोकेको नेपालीयात्रा सबैभन्दा जेठो संस्था यति आज तपाईहरुको अनैतिक निर्लज्ज, अप्रजातान्त्रिक एवं कायरतापूर्ण ब्यवहारका कारण कहिले नमेटिने चुनावी कालो धब्बा छाड्न पुगेको छ। यही हो हामीले भावी पिढीलाई दिने उपहार ?
यदि हामी यथार्थमै सच्चा समाजसेवी हौ भने नेपाली समुदायको उन्नति, समुन्ननिप्रति साच्ची कटिबद्ध छौ भने, पदीय लालसा र दुर्गन्धित चुनावी तिलकमलाई सामाजिक जीवनको अभिन्न अंग बनाउन कदापी हुदैन।
माथि उल्लेख गरिएका यथार्थका ऋंखलाहरुको आधारमा तपाई चिरन्जिवी ढकाल एवं अन्य पदाधिकारीहरु कूनैपनि हालतमा नैतिकता र वैधानिकताको कसीमा वैधानि हुनुहुन्न।
संसारमा कुनैपनि धाधलीपूर्ण निर्वाचन प्रक्रियाबाट आएको ब्यक्ति वैधानिक र टिकाउ भएको छैन। त्यही धाधली र पक्षपातको आधारशीलामा स्थापित यस विवादास्पद कमिटिलाई यतिको रक्षाकवच ओढेर यतिको नाममा कार्य संचालन गर्ने अधिकार कसैलाई पनि छैन। तपाईहरु ब्यक्तिगत नाम राखेर कार्यक्रम संचालन गर्नुहोस त्यसमा कसैको पनि आपत्ति रहन्न।
हालै उमेश मोक्तान समूहले धाधलीपूर्ण, पक्षपती, दुराचार र नैतिकहीन कार्यका विरुद्ध उठाएका मुद्धाहरुले सम्पूर्ण नेपालीको हृद्धयबाट निस्केका विद्रोहको प्रतिनिधितव गर्दछ। र यसमा म र मेरो सम्पूर्ण साथीहरुको नैतिक एवं सक्रिय सहयोग रहने यथार्थ यसैसाथ निवेदन गर्न चाहन्छु।
यो अभियान हो असत्यताका विरुद्ध, सिद्धान्तहीन काम कारबाहीका विरुद्ध, खराब प्रक्रियाका विरुद्ध र संस्थालाई प्लेटर्फम बनाई मागी खाने भाडो बनाउने र नेताको चाकरी गर्ने कुसंस्कारका विरुद्ध।
त्यसकारण धाधली, अनियमितता र सिद्धान्तहीन काम कारबाहीका विरुद्ध ऐक्यबद्धता जनाउनु हामी सबैको कर्तब्य हो। यस्तो सामाजिक हैजालाई समयमै निराकरण गर्नु र भविष्यमा यस्तो घीनलाग्दो, बेइमानी एवं कायरतापूर्ण परम्परालाई दुरुत्साहित गर्नु हरेक तप्कामा छरिएर रहेका हामी सम्पूर्ण नेपालीहरुको साझा कर्तब्य हो।
त्यसैले आउंदो अप्रिल १२ तारिख २००९ मा Alporton मा भेला भई यिनै विकृति र विसंगतीका विरुद्ध एकजुट भई विद्रोहको आवाज बुलन्द पारिदिनु हुन सम्पूर्ण न्यायप्रेमी नेपाली दाजुभाईमा हार्दिक निवेदन गर्न चाहन्छु।
Rajesh Kumar Bhaidya
And Friends from UK
जेलभित्रबाट ऋषि धमलाको खुल्लापत्र जीवननै पत्रकारितामा समर्पण गरेर हिडेको म आज डिल्लीबजारस्थित कारागारबाट खुल्लापत्र लेख्दा निकै भावुक र अनौठो महसुस गरिरहेको छु।
दुई दशकभन्दा लामो पत्रकारिताको अनुभव संगाल्दा नेपालमा पत्रकारहरुलाई सुनियोजित ढंगबाट विभिन्न आरोप लगाएर जेल हाल्ने देखि हत्या गर्नेसम्मका घटना घटेकै हुन्। तथापि प्रेस स्वतन्त्रताको आन्दोलन अगाडि बढिनै रह्यो र आरोह र अवरोहसंग जुध्दै नेपालको पत्रकारिता अझ परिपक्व र सुदृढ हुदै गयो।
प्रेसमाथि एकपछि अर्को आक्रमणको सिलसिला चलिरहदा ममाथि सुनियोजित ढंगबाट प्रहार भयो। केही पत्रकार र भूमिगत समूहको सदस्यलाई गिरफ्तार गरी नियोजित ढंगबाट मविरुद्ध बयान दिन लगाइयो । डरधाक र धम्कीका भरमा मविरुद्ध बयान दिन लगाएर हातहतियार तथा खरखजाना ज्यान मार्ने उद्योग र जर्बजस्ती चन्दा असुलीको मुद्या दर्ता भएको विदितैछ । म राष्ट्र्पति डा. रामवरण यादव उपराष्ट्र्पति परमानन्द झा प्रधानमन्त्री प्रचण्ड नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल उपप्रधान तथा गृहमन्त्री वामदेव गौतम मधेशी जनअधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर राप्रपा अध्यक्ष पशुपति शमशेर राणा राजपा अध्यक्ष सूर्यबहादुर थापा नेकपा मालेका अध्यक्ष सीपी मैनालीलगायत नेताहरुसँग खुल्ला हृदयले भन्न चाहन्छुकि म हतियार बोकेर हिडुंला कसैको ज्यान मार्ने अभिप्राय राखौंला जर्बजस्ती चन्दा उठाएर हिडौंला व्यक्तिगत जीवन समेत नभनी अहोरात्र समाचार उत्पादन र संकलनका लागि खटिदै आएकोबारे अढाई करोड नेपाली जनतालाई थाहा छ।
नेपाल पत्रकार महासंघ नेपाल बार एशोशिएसन मानवअधिकारवादी नागरिक समाजलायतयतलाई थाहा छ कि ऋषि धमलाले हतियार बोक्दैन र हतियारमा विश्वास पनि गर्दैन । तर मविरुद्ध नै किन अन्याय भयो के पत्रकारिताप्रति समिर्पित हुनु पाप हो प्रेस स्वतन्त्रताको पक्षमा बोल्नु मेरो अपराध हो के सहमति सहकार्य र राष्ट्रि्य एकताका लागि आधार स्थापित गर्न कटिवद्ध हुनु मेरो महाभूल हो यदि मेरो आस्था विश्वास र उद्येश्यलाई अपराध मानिन्छ भने म जुनसुकै सजाय भोगेर भएपनि आफ्नो पथलाई त्याग्न तयार छैन । सँसारका कुनैपनि कारागारमा बस्नुपरेपनि म स्वतन्त्रता मानवअधिकार न्याय र लोकतन्त्रका लागि आफूलाई समर्पित गरिरहनेछु।
मैंले पत्रकारिता गर्दा कसैप्रति पूर्वाग्रही नहुने प्रण गरेको छु । सकारात्मक सोच्ने र मुलुकको हितका लागि आफूलाई बलिदान गर्ने भावनाका साथ समर्मित गरेको छु । मेरो भावनालाई बुझ्नुहुने आम साथीहरुले ममाथि परेको अन्यायका विरुद्ध कलम चलाउनुभएको छ । पत्रकार साथीहरुले अप्ठ्यारो समयमा सहयोग गर्नुभएको छ । म त्यसका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । नेपाल पत्रकार महासंघले ममाथिको सुनियोजित षड्यन्त्रलाई गम्भीरताका साथ लिएकोमा आभारी छु । आम पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघले षड्यन्त्रविरुद्ध सशक्त कदम चाल्नेछ भन्ने आशा लिएको छु । बढी मरी भन्नुभन्दा पनि काल पल्कने डरबाट सबै सचेत हुन जरुरी छ । पत्रकारमाथि षड्यन्त्र गर्नुको भित्री उद्येश्य केलाएर अगाडि बढ्नु आवश्यक भएको ठानेको छु । पत्रकारहरुको आन्दोलनमा म सधै अग्रपंक्तिमा उभिएको छु । आज मैमाथि अन्याय परेको छ । मैंले साथीहरुबाट सहयोगको पाउदै आएको छु र भविष्यमा थप सहयोगको आशा लिएको छु।
अहिले एकीकृत नेकपा माओवादीका अध्यक्ष कमरेड प्रचण्डले मुलुक हाकिरहनुभएको छ । लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री प्रचण्डलाई सम्झदा मलाई २०६५ सालको वैशाख १ गतेको झझल्को आयो । म अस्पतालको शैयामा जीवन र मृत्युसंग जुधिरहदा तपाईं सीता भाउजुसंग आउनुभएको थियो । आइसीयूमै आएर तपाईंले कस्तो छ ऋषि जी नआत्तिनुहोस् भन्नुभएको थियो । ती शब्दहरु मेरा मानसपटलमा आइरहन्छन् । संविधानसभाको दौरान तपाईंको आवाज जनतासंग पुर्याउन म मिर्चैया पुगेरै साक्षात्कार गरेको थिएँ । संविधानसभा निर्वाचन सफल बनाउन देशव्यापी अभियान लिएर म जिल्ला जिल्ला पुग्ने क्रममा नेपालगाजमा र्दुघटनामा परेको थिएँ । साथीहरुको सहयोग र सदिक्षाले म बाँच्न सफल भएँ । त्यसपछि मेरो फोक्सोमा गम्भीर समस्याहरु पर्नथाल्यो । दिनहुँ औषधी सेवन गर्नुपर्ने वाध्यतानै बन्यो । म स्वास्थ्यको ख्याल नगरी दीगो शान्ति लोकतन्त्र मानवअधिकार र प्रेस स्वतन्त्रताका लागि समर्पित रहेँ। शरीरमा देखापरेको कमजोरी र समस्याले मेरो पथलाई अवरुद्ध बनाउन सकेन । म निरन्तर अगाडि बढिरहेँ।
प्रधानमन्त्रीज्यू म तपाईँलाई सधै खुल्ला मनले करिश्मायुक्त नेता भन्नेगर्थें । गाउँको साधारण परिवारमा हुर्केर तपाईंले अभुतपूर्व सफलता हासिल गर्नुभयो । लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्री बन्न सफल हुनुभयो । तपाईं प्रधानमन्त्री बन्दा म निकै खुशी भएको थिएँ । सामान्य किसानको छोरा प्रधानमन्त्री बन्नु उदाहरणीय थियो । कार्यकारी प्रधानमन्त्रीको व्यवस्था गरिएपछि तपाईंले मसँगको कुराकानीका क्रममा प्रधानमन्त्री नबनुँकी भन्नुभएको थियो । तर मैंले नेपाली जनताले उल्लेख्य मत दिएकाले तपाईंको नेतृत्वमा सरकार गठन हुनुपर्छ भनें । सहमति र सहकार्यलाई आधार बनाउने उद्येश्यका साथ तपाईं प्रधानमन्त्री बन्नुभयो।
तपाईं प्रधानमन्त्री नबन्दै विभिन्न अवरोध नआएका होइनन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्यामा तपाईंको दलका प्रभावशाली नेता समेत मुछिए । आन्दोलनको आगो दन्किइसकेको थियो । भर्खर नयाँ सरकार गठन हुने बेलामा परेको विपत्तिमा साथ दिन मैंले रात दिन भनिनँ । रामहरिकी पत्नीको आँसु धेरै पोखिइसकेको थियो । मैंले उहाँलाई देशलाई पनि एकपटक सम्झिएर स्थितिलाई अराजकतातर्फ मोडिन नदिने भूमिका निभाउनुहोस् भनेर अनुरोध गरिरहें । उहांलाई सहमतिमा ल्याउन मैंले खेलेको भूमिका प्रधानमन्त्रीज्यू र सीता भाउजुलाई थाहा छ । मेरो मध्यस्थतामा विहान चार बजे रामहरिजीको परिवारसंग कुरा गरेर सहमति भएको थियो । इतिहास साक्षी छ एकपटक सोच्नुहोस् के सहमतिका लागि रातदिन नभन्ने ऋषि धमलाले ज्यान मार्ने उद्योग गर्ला हतियार उठाउला ?
नोबेल एकेडेमीका डाक्टरहरुलाई वाइसिएलले कुटपिट गर्दा ठूलो खैलाबैला भयो । वाइसिएल त्यतिबेला निकै बदनाम भयो । सहमति र सहकार्यको राजनीति खलबलिने खतरा उत्पन्न भयो । परिस्थितिको गम्भीरता बुझेर मैंले नोबलका पिडित साथीहरुलाई स्थितिलाई उग्र हुन नदिने जिम्मेवारी बन्न आग्रह गरे । फलस्वरुप सहमतिको वातावरण पैदा भयो । सहमति बनाउन रातदिन नभनी लागेको थिएँ । कमरेड के सहमतिको वातावरण पैदा गर्नका लागि योगदान दिनु मेरो अपराध थियो ?
म आदरणीय नेताज्यू पत्रकार साथीहरु कानुन व्यवसायी मानवअधिकारवादी चिकित्सक शिक्षक नागरिक समाजका सामु भन्न चाहन्छु कि डिल्लीबजारको कारागारमा रहँदा कुनै उकुसमुकुसको अनुभूती भने गरेको छैन । भनिन्छ खाएको विष लाग्छ नखाएको लाग्दैन । नबिराउनु र नडराउनु । ममा झन् हिम्मत बढेको छ । परिस्थितिले मलाई झन् निडर बन्ने अवसर प्रदान गरेको छ । कारागारबाट म विगतको आफ्नो भूमिकाको समिक्षा गरिरहेको छु । समिक्षाका दौरान मैंले पत्रकारिताको दुई दशकभन्दा लामो अवधिमा कसैप्रति पनि नकारात्मक धारण नराखेको आग्रह पुर्वाग्रहभन्दा माथि उठेको र सहमति र सहकार्यविपरित नगएको पाएँ । मैंले कहिलेपनि हतियारमा विश्वास नराख्ने कसम खाएको छु । वास्तवमा म आफै हतियार देखि डराउने मान्छे हुँ । हतियार देख्दा डराउने स्वभावका कारण साथीहरु मलाई कहिलेकाहीं जिस्क्याउने समेत गर्थे । मलाई हतियारसँग जोडेर हेर्दा आश्चर्य लागेको छ । म छातिमा हात राखेर भन्नसक्छुकि मैंले जीवनमा कलमबाहेक बोकेको छैन । के कलम राज्यको नजरमा अपराध हो हो भने म सधै कलम उठाइरहनेछु।
मैंले राजाको शासनमा निरंकुशताविरुद्ध विशेष भूमिका खेलेको कसैबाट छिपेको छैन । २०५९ माघ १९ गते राजाले शासन हातमा लिएको तीन दिनपछि अर्थात माघ २१ गते रिपोर्टस्र क्लब नेपालमा नेताहरु ल्याएर साक्षात्कार गर्ने साहस गरेको थिएँ । इतिहास साक्षी छ कि त्यतिबेला तत्कालिन नेपाली कांग्रेस प्रजातान्त्रिकका केन्द्रीय सदस्य डा।नारायण खड्का र नेकपा एमालेका केन्द्रीय सदस्य भीम रावलले हामीलाई पक्राउन डाकेको भन्नुभएको थियो । उहाँहरुले शाही शासनविरुद्ध बोलेर जाँदा राजनीतिकवृत्तमा नयाँ तरंग आएको थियो । जुनबेला नेपालका ठूला नेताहरु हिरासत र नजरबन्दमा थिए त्यतिबेला रिपोर्टस्र क्लबले निरंकुशताविरुद्ध धावा बोल्ने आँट गरेको थियो । जसका कारण क्लब विभिन्न प्रकारका आक्रमण र धम्कीको शिकार बन्यो । तथापि म विचलित भइन।
रिपोर्टस्र क्लब नेपालले हिंसाको सधै विरोध गरेको थियो । हिंसालाई समाजमा स्थान दिनुहुदैन भन्ने मान्यताका साथ कार्यक्रमहरु अगाडि सारेको विदितै छ । मानवअधिकारवादी पद्मरत्न तुलाधर कृष्ण पहाडीलगायतले माओवादी नेता कार्यकर्तामाथिको यातना र हत्याविरुद्ध क्लबको साक्षात्कारबाटै आवाज उठाएका थिए । कृष्ण सेन इच्छुकको प्रहरी हिरासतमा गरिएको हत्याको विरुद्ध क्लबले आवाज उठाएको थियो । पछि उहाँको स्मरणमा कृष्ण सेन इच्छुक साहसिक पत्रकारिता पुरस्कार समेत स्थापना गर्यो।
नेताहरुले मेरो भूमिकाको प्रशंशा गर्नुहुन्थ्यो । कमरेड प्रचण्डले मेरो समन्वयात्मक भूमिकाको प्रशंशागर्न चुक्नुनभएन । उहां मलाई गिरिजाप्रसाद कोइराला सुजाता कोइराला सुशील कोइराला रामचन्द्र पौडेललगायत नेपाली कांग्रेसका नेतासँग राम्रो सम्बन्ध भएको भन्नुहुन्थ्यो । के उहाँहरुसँगको राम्रो सम्बन्धकै कारण ममाथि अन्याय परेको हो यदि हो भने म उहाँहरुसँग मात्र होइन आम नेपाली जनता मानवअधिकार लोकतन्त्र प्रेस स्वतन्त्रता र दीगो शान्तिका पक्षधर सबैसँग समधुर सम्बन्ध बनाउन चाहने मान्छे हुँ।
म रिपोर्टस्र क्बब नेपालको छैठौं वार्षिकोत्वसको स्मरण गराउन चाहन्छु । तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र माओवादी नेता डा. बाबुराम भटराईलाई प्रमुख अतिथिका रुपमा उभ्याइएको थियो । सरकारका प्रधानमन्त्री र तत्कालिन सरकारले आतंककारीको बिल्ला लगाइदिएको नेतालाई एउटै स्थानमा हातेमालो गराइदिएर मैंले विभिन्न प्रकारका चुनौतीको सामना गर्नुपर्यो । मलाई धम्की र चेतावनी पनि आएँ । तरपनि म विचलित भइन । मैंले सहमति र सहकार्यको राजनीति निर्माणलाई प्रमुख धर्म सम्झिएकै थिएँ। मेरो भूमिका सहमतिको पक्षमा रहेकाले झन् उत्साही भएँ । के मेरा यस्ता भूमिका राज्य र जनताविरुद्ध थिए?
अन्मिनका तत्कालिन प्रमुख इयान मार्टिन नेपालस्थित विदेशी राजदूत विदेशका नेताहरुलाई क्लबले साक्षात्कारमा उपस्थित गराएर शान्ति सहमति र सहकार्यको आवाज उठान गरेको छिपेको छैन । सीताराम यचुरी देखि डिपी त्रिपाठीलगायत भारतीय नेताहरुको भ्रमणका समयमा रिपोर्टस्र क्लब नेपालले सम्बन्ध सुदृढीकरण र आपसी विश्वास र सहमतिका लागि विशेष भूमिका खेल्यो । के अन्तराष्ट्रिय क्षेत्रमा दलहरुको सम्बन्ध सुधार विस्तार र सहमतिको भावना जगाउनु मेरो अपराध थियो?
मेरो भूमिकालाई लिएर नेताहरुले बारम्बार भन्नुहुन्थ्यो कि ऋषिजी तपाईं मनोनित सभासदको कोटामा आउनुपर्छ । कतिपयले बेलाबेलामा कांग्रेस किन बनिरहनुहुन्छ भन्नेगर्नुहुन्थ्यो । हो म गिरिजाप्रसाद कोइरालालाई उच्च सम्मान गर्छु। उहाँले दीगो शान्ति लोकतन्त्र मानवअधिकार र प्रेस स्वतन्त्रतामा कसैसँग सम्झौता गर्नुभएन। उहाँको निडर स्वभाव स्पष्ट अडान व्यवहारिक विचार मुलुकका लागि समयसापेक्ष छ। के गिरिजाप्रसाद कोइरालालाई उच्च सम्मानको आँखाले हेर्नु मेरा भुल हो यदि हो भने सयौं वर्ष कारागारमा बस्नुपरेपनि विचारका धनी व्यवहारिक र स्पष्ट अडानका गिरिजाप्रसाद कोइरालालाई उच्च सम्मान गर्न छाड्नेछैन।
मैंले प्रेस स्वतन्त्रताका लागि बोल्न र काम गर्न कत्तिपनि कमी गरेको छैन । पत्रकारमाथि आक्रमण हुदा बोल्न म अग्रपंक्तिमा हुन्थें । पत्रकार घाइते हुदा सबैभन्दा पहिलो अस्पताल पुग्न पाउँदा म गर्वको महशुश गर्थें। घाइते र पीडामा परेका पत्रकारलाई सहयोग गर्न पाउँदा मैंले ठूलो धर्मको निर्वाह गरेको अनुभूती पाउँछुं । कृष्ण सेन इच्छुकको हत्या होस् कि उमा सिंहको नै हत्या म बोल्न चुकिनँ । त्यसबीचमा ममाथि धम्कीहरु आइरहें । आप्का आउस कान्तिपुर पब्लिकेशन हिमाल मिडियामाथिका आक्रमणका दौरान मैंले सबैभन्दा चर्को बोलेको थिएँ । क्लबले आक्रमणविरुद्ध साक्षात्कार गर्दा साक्षात्कार कक्षमै आक्रमणको प्रयास मात्र भएन धम्की पनि अयो । तरपनि लक्ष्यबाट कत्तिपनि विचलित भइनँ। नेपालका हजारौं पत्रकारलाई थाहा छ कि ऋषि धमलाले पत्रकारिता क्षेत्रका लागि के गर्यो। के पत्रकार र पत्रकारिता क्षेत्रको सेवा गर्नु प्रेस स्वतन्त्रताका पक्षमा बोल्नु र अहोरात्र समाचारका लागि सकि्रय हुनु मेरो अपराध हो यदि हो भने म अझै समाचारका लागि अझ समर्पित हुन्छु भलै जुनसुकै सजाय भोग्नुपरोस्। लोकतन्त्र दीगो शान्ति र मानवअधिकारका पक्षमा कलम चलाइरहनेछु।
ऋषि धमला
सदरखोर डिल्लीबजार
काठमाडौं नेपाल ।
२०६५ फागुन २२ गते बिहिबार
के नेपाली काग्रेस नै मूख्य दुश्मन हो त आज नेपाली जनताको ?
- लोकनारायण सुवेदी
एकीकृत नेपाल कम्युनिष्ट पार्टीको दृष्टकोणमा देशमा राजतन्त्रको अन्त्य र गणतन्त्रको आरम्भ भएको आजको स्थितिमा नेपाली काग्रेस नै नेपाली जनताको मूख्य दुश्मन हो। अर्थात ‘दुश्मन फेरिएको छ र बन्दूकको काँध पनि फेरिएको छ’। नेकपा (माओवादी)को केही महिना पहिला सम्पन्न खरिपाटी भेलाले निकालेको मूल निष्कर्श यही हो भन्ने कुरा अहिले एकीकृत नेकपा (माओवादी)का नेता कार्यकर्ताहरु बिभिन्न किसिमले बिभिन्न ठाउँमा सार्वजनिक गरिरहेका छन्। (more…)
सुविन श्रेष्ठ, काठमाडौं / एचकेनेपाल डट कम -
पशुपतिनाथ उसैपनि चर्चामा आईरहन्छन्। कहिले भेटी विवाद, कहिले भने पुजारी नियुक्तिको कुरा। पशुपतिनाथले जे भए’नि, जसोगरे’नि सहेका छन्। त्यही चरणलाई बिर्सेर लाखौ दर्शनार्थीहरु शिवरात्रिको मध्यरातदेखि ओइरिए पशुपतिको दैलौ टेक्न। (more…)
कुवेतमा नेपाली घरेलु महिला कामदारहरुको अवस्था (रिपोर्ट):-
हरीकृष्ण न्यौपाने (घायल) / एचकेनेपाल डट कम - कुवेतमा बिगत केही वर्षदेखि नै नेपालबाट महिला घरेलु कामदारहरुको प्रबेशमा नेपाल सरकारले रोक लगाएपनि भारत तथा अन्य राष्ट्रहरुलाई बिभिन्न एजेन्ट अनि माध्यमबाट ट्रान्जिट बनाएर कुवेतमा घरेलुकामदारको रुपमा नेपाली महिलाहरु भित्रिने क्रम बढिरहेका छन्।
कम पारिश्रमिक, धेरै घण्टाको काम त छदैँछ, यौन शोषण, कुटपिट तथा अन्य अमानवीय ब्यबहारबाट पीडित नेपाली घरेलु महिला कामदारहरुलाई न त उनीहरुको समस्या बताउने आट नैं छ, न त कहाँ, कसरी र कुन ठाउँमा जाँदा आफ्नो सबै समस्याको सुनुवाई हुन्छ केही अत्तो-पत्तो छैन। यति सम्म कि आफू कुवेतको कुन ठाउँमा काम गर्दैछु अनि कसको घरमा काम गर्दैछु केही थाहा हुन्न।
जब कुवेत एयरपोर्टबाट खतामा (महिला घरेलुकामदार) को अफिसमा लगेर कुवेतीको जिम्मा लगाइन्छ, तब उनीहरु अघोषित बन्दी जस्तै हुन्छन् र पिंजडामा थुनिएको चरी जस्तै घरबाट बाहिरसम्म जान पाउदैनन्। न भनेको चिज खान पाउने, न समयमा सुत्न पाउने सबै मालिक(बाबा-मामा)को हातमा!! आफ्नो नाम नखुलाउने शर्तमा बिगत ७ बर्षदेखि कुवेतको जाब्रियामा काम गरिरहेकी रसुवाकी मगर थरकी एक महिलाले बताइन्। कुवेतीको बच्चाहरुलाई खेलाउने र डुलाउने क्रममा एक बाल क्लबमा भएको भेटमा उनले रुदै भनिन्। यहाँ धेरै नेपाली दिदी-बहिनीहरुले चिडिया घरका जनावरलाई भन्दापनि घृणित ब्यबहार गरिन्छ, यो म शब्दमा बर्णन गर्न सकिरहेकी छैन।
यता ईलामकी देउमाया राईको धेरै पैसा कमाएर २ छोरी र १ छोरालाई राम्रो शिक्षा दिलाउने सपना चक्नाचुर भएको छ। ३ बर्षअघि घरेलु महिला कामदारको रुपमा काम गर्नको लागि झापाको राजकुमार गुरुङ मार्फत भारत हुँदै कुवेत आईपुगेकी देउमायालाई शुरुमा ३५ केडि पारिश्रमिकमा कुवेतको सबानासर भन्ने ठाउँमा एक घरमा काम मिल्यो। “शुरुका केही दिन ठीकै भएपनि ३ महिना पछि नै घरबेटी बाले हात-पात गर्यो, कुट्यो तै पनि कहाँ जाउं भनेर सहेरै बसेँ १० महिनापछि घरबेटी मामाले एउटा गिलास फुटेको निउमा जिउ भरि निल-डाम हुनेगरी निर्घात पिटेपछि सहन नसकेर राति नै घिस्रिदै-घिस्रिदै पासपोर्ट बिना नै खाली खुट्टा भागेँ। नेपाली खतामा अफिसमा रिता गुरुङसंग १० महिना अबैधानिक रुपमा बसेँ। त्यस समय रिता गुरुङ मार्फत एक अमेरिकन स्कूल हवालिमा काम गरेँ। २ महिना पहिले साउदी अरबबाट नेपाली दूताबासका अधिकारी कुवेत आँउदा माउन्टेन स्पोर्टस क्लब कुवेतको सहयोगमा पास्पोर्ट बनाएँ। भाडा धेरै नभएका कारण भारत हुँदै घर जाना ट्राभल डकुमेन्ट बनाएं तर हामीहरु अबैधानिक भएका कारण भारत हुदै जान पाएनौं। आखिर फेरि अर्को ईलिगल नखुलेसम्मको लागि फेरि कुवैतमै बस्नु पर्ने भयो। अब कहिले घर जान पाउने होला”उनले रुदै भनिन्। उनीसगै घर जाने क्रममा रहेकी खेमरानी लौती र धनबहादुर गिरी पनि अबैधानिक रुपमा भिसा बिनाको पासपोर्ट लिएर भागी-भागी काम गरेर ज्यान पाल्न संघर्ष गर्दैछन्। उनी चाडैं घर फर्कने ब्यबस्था मिलाई दिन अनुरोध गर्दैछन्।
यता सिन्धुपाल्चोक मेलम्चीकी कुमारी तामाङ (नाम परिबर्तन) भने घरमा काम गर्दा घरबेटी बाबा र उनका आफन्तले पटक-पटक यौन शोषण गर्ने प्रयास गरेको र अमानवीय ब्यबहार गरेकोले सहन नसकी घरबाट भागिन्। उनी केही नेपाली चेली कै सहयोगमा ब्युटिपार्लरमा बिना पासपोर्ट १२ घण्टा काम गरेर राम्रै आय-आर्जन गर्दै थिईन् तर कुवेती पुलिसले काम गर्ने ठाउमा छापा मार्दा पक्राउ परी जेलमा २ महिना बसेर नेपाल जानु पर्यो। उता मोरङ घर बताउने सरस्वती श्रेष्ठ भने ८-९ महिनासम्म काम गरेको तलब नपाएर तलबको खोजी गर्दा उल्टै जेलमा कोचिनु पर्यो।
यता माबुल्ला कम्प्लेक्सको छेउमा १ जना नेपाली चेलीको कथा अझै संबेदनाशील छ। काठमाण्डौं घर भएकी र ब्युटी तालिम लिएर कलेजसम्म अध्ययन गरेकी रक्षा (नामपरिबर्तन) लाई ब्युटिपार्लरमा काम लगाउने भनेर नेपाली महिला दलाल शेर्पानी दिदी (बिगत १० बर्षदेखि बौंद्धमा नेपाली चेलीलाई खाडी मुलुक पठाउने काममा गरिरहेकी)ले भारत हुदै ७ महिना पहिले कुवेत पठाईन्। उनलाई घरमा काम लगाइयो अनि पटक पटक यौन शोषण गर्ने प्रयास गरेको हुदाँ काम शुरु गरेको महिना दिनमै पासपोर्ट बिना घरमै ड्राईभरमा कार्यरत बंगालीको सहयोगमा राति भागिन्। तर सोही बंगाली ड्राईभरले घात गरेर उनलाई बंगालीहरु मिलेर सञ्चालित कोठीमा पुर्याएछ। उनले भावुक भएर बम्बैंको कोठीसंग मिल्दो उदाहरण अनि यौंन ब्यबसायमा बाध्य बनाएको कुरा बताईन। उनले बिगत ६ महिनादेखि आफू यस्तो काममा लाग्न बाध्य भएको सुनाइन्। उनले रुदै भनिन् अब नेपाल कुन मुख लिएर जाने?? पासपोर्ट पनि छैन अनि मलाई कुवेतको नेपाली समुदयसंग भेटने मौका मिलेको पनि छैन। उनले बताइन् अनिसार फर्मानिया, फाहिल तथा हसबियालगायतको ठाउमा यस्तै काम गराउने ठाउँहरु रहेका र केही नेपाली चेलीहरुलाई पनि यौन ब्यबसायमा लगाईरहेको कुरा उनले बताईन्।
केही समय आगाडि ईलिगल(अबैधानिक रुपमा कार्यरत कामदारले बिना सजाय आफ्नो मुलुक फर्कन पाउने) समयको उपयोग गर्दै एयर अरबियाको फ्लाईटमार्फत नेपाल फर्कदै गर्दा दुबईको सारजा एयरपोर्टमा १६ घण्टा ट्रान्जिटको क्रममा कुवेतमा लामो समयदेखि संघर्षरत नेपाली घरेलु महिला कामदारको अति नै नाजुक अबस्थामा स्वदेश फिर्ति र अनुहारमा निराशा अनि भनाईमा कुवेतलाई उनीहरुकै शब्दमा नरकको भोगाईले पनि कुवेतमा कार्यरत अधिकांश नेपाली घरेलु महिला कामदारको अबस्था अतिनै संबेदनाशील रहेको प्रष्ट हुन्छ।
हाल सुनुवाइकै क्रममा जन्मकैदको सजायमा रुपान्तरित नेपाली चेली डोल्मा शेर्पामात्र होईनन् धेरै नेपाली चेलीहरु कुवेतको जेलमा बिना कसुर छट्पटिन बाध्य छन। नेपालीहरुको कथा-ब्यथा सुन्ने र समस्या समाधानमा लागि पर्ने नेपाली दूतावास कुवेतमा नहुनुले नेपाली कामदारहरुले के र कस्तो अबस्थामा कस्तो काम गरिरहेका छन् भन्ने संख्या बताउन गार्हो छ। नेपाली दूताबासको स्थापनाको लागि कुवेतमा रहेका नेपाली समुदाय, संघ-संस्थाहरुले पटक-पटक पहल गरिरहेका छन्। केही आशा लाग्दा लक्षण देखिएको माउण्टेन स्पोर्टिन क्लब कुवेतका सह-सचिब राजन रिमालले बताए। करीब ३०-४० हजार नेपालीहरु कार्यरत कुवेतको यो मरुभूमिमा नेपालीहरुको पिर ब्यथा बुझ्ने र बुझाउने नेपाली दूतावासको स्थापना कहिले होला त?? अहिलेको गणतान्त्रिक सरकारसंग कुवेतमा रहेका सबै नेपालीहरुको एउटै माग र आशा रहेको छ।
हरीकृष्ण न्यौपाने (घायल)
harineupane_3@yahoo.com
कालिका १ सिन्धुपाल्चोक हाल कुवेतबाट
- लोकनारायण सुवेदी
बाल बच्चाको बिकासमा पारिवारिक, सामाजिक तथा शैक्षिक परिवेशको गहिरो प्रभाव पर्दछ भन्ने कुरामा कसैको बिमति छैन। एउटा बच्चा भबिष्यमा गएर देशको कस्तो नागरिक बन्ने हो भन्ने यथार्थ के कुरामा निर्भर गर्दछ भने त्यस बच्चाका आमाबाबुले त्यसमा कस्तो संस्कार पैदा गर्दछन् र उसको पालन पोषणमा कत्तिको ध्यान दिने गर्दछन् - जस्तो परिवेशमा बच्चा रहन्छ त्यस्तै प्रकारको बानी ब्यहोरा र आचरण उसमा बिकसित हुनेछ र उसले पनि त्यस्तै ब्यवहार गर्न थाल्दछ। (more…)
- मञ्जुल याक्थुम्बा
कैरात देशले परिचित नेपालमा आर्यहरूको आगमनअगाडि देशभरि नै र किरात प्रदेशभरि चाहिँ (साङ्गापूर्व, मेचीपश्चिम) शाहकाल अगाडि दसैँ भन्ने शब्द बिलकुल अपरिचित थियो। भारतबाट प्रबेश गर्दा आफूसँगै भित्र्याइएको दसैँलाई यी आर्य जातिकाले लाखौँ पशुपक्षीहरूको बध गरेर अविर, दही, चामलको रातो टीका र जमरा लगाई नेपालमा कैयौँ दिनसम्म मनाउने गर्छन् भने यस चाडको उत्पत्ति भएको देश भारतमा चाहिँ त्यस्तो रक्तपातपूर्ण कार्य नगरी दुर्गाको मूर्ति बनाई सात्विक पूजा अर्चना गरिन्छ। जुनसुकै विषयमा पनि कुरा प्रष्ट पार्नुपर्दा सप्रमाण उल्लेख गरिदिँदा जनमानसमा भरपर्दो विश्वास हुन्छ। अतः दसैँ भन्ने चाड किरात प्रदेशमा बलात थोपरिएको हो भन्ने कुरा निम्न लिखित ऐतिहासिक एवम् धार्मिक तथ्यले प्रष्ट पारेको छ। (more…)
कामको सही मूल्याङ्कन गरिएको अनुभूति भएको छ - कुसुम महर्जन
सन् २००३ मा पिछडिएका बालबालिका तथा युवाहरुका लागि शैक्षिक सहयोग गर्ने उद्धेश्यले क्यानाडामा स्थापना भएको संस्था टेम्पस इन्टरनेशनल (www.tempusinternational.org) ले आफ्नो स्थापना कालदेखि नै नेपालमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दे आएको छ। संस्थाले रीड नेपालको सहसंयोजनमा बालसाहित्य प्रवर्धनको लागि निम्नमाध्यमिक, माध्यमिक र उच्च माध्यमिक गरी तीनवटा तहका छात्र र छात्राहरुको लागि दुइपल्ट राष्ट्रियस्तरका ६-६ वटा बेग्लाबेग्लै राष्ट्रिय वालसाहित्य लेखन प्रतियोगिताहरु सञ्चालन गरेको थियो। साथै त्यसबाट पुरस्कृत बालबालिकालाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ। गत ०६४ मा यसले सञ्चालन गरेको त्यस्तै ६ वटा बालकथा लेखन प्रतियोगितामा नेपालभरका १३ सय बालबालिकाहरुले भाग लिएका थिए। जसको लागि कविताराम बालसाहित्य प्रवर्धन अनुष्ठान, बालमंच नेपालले यस संस्थालाई ०६४ सालको साहित्य प्रवर्धन सम्मानसमेत प्रदान गर्ने निर्णय गरेको छ। यसैको सन्दर्भमा टेम्पस इन्टरनेशनलका नेपाल प्रतिनिधि सुश्री कुसुम महर्जनसँग कमल भट्टराई (संयोजक नेपाली बालसाहित्य प्रवर्धन समाज भर्जिनिया) ले अमेरिकाबाट इमेल मार्फ़त लिनुभएको अन्तर्वाताको अंश यहाँ प्रस्तुत गरिएको छ। सं. (more…)
-लोकनारायण सुवेदी
बिषयारम्भः
१. ठूलो बलिदानपूर्ण संर्घषपछि गणतन्त्र प्राप्त गरेको र त्यसलाई संस्थागत गर्न अग्रसर हुदै गरेको नेपालले साम्राज्यवादी औपनिवेशिक दासतवाट स्वाधीनता प्राप्त गर्न भारतीय जनताले गरेको बीरतापूर्ण संर्घषलाई स्मरण गर्नु र त्यसको प्रकाशमा नेपाल भारत सम्वन्धलाई समीक्षा गरेर यस सम्वन्धमा छलफल गरी सही निष्कर्श निकाल्दै दुई देशका जनता वीचको मैत्रीपूर्ण सम्वन्धलाई सुसंगत ढंगले अझ विकसित तुल्याउन मद्दत पुर्याउनु समयोचित हुन्छ । पुरानो सामन्ती दासतावाट मुक्त हुदै गएको नेपालले यस अवसरमा र्सवप्रथम त्यस भारतीय स्वतन्त्रता संग्रामका वीर वीरांगना स्वतन्त्रता सेनानीहरुप्रति सम्मान प्रकट गर्दै बैदेशिक लूट, शोषण र उत्पीडनका बिरुद्ध लामो र कठीन लडाई लडेर मुक्त भएका भारतीय जनताको उत्तरोत्तर प्रगति र सफलताको लागि शुभ कामना प्रकट गर्नु दुइ देशका जनताका वीचको पारस्परिक सम्मान, सद्भाव र मित्रताले फराकिलो अयाम र उच्चाई हासिल गर्न सकोस् भन्ने सद्कामना पनि ब्यक्त गर्नु पनि हो। (more…)
- लोकनारायण सुवेदी
बर्षैपिच्छै नेपालको तराईको कुनै न कुनै भाग भीषण बाढी र डरलाग्दो डुवानको चपेटामा पर्ने गर्दछ। यस पटक सायद इतिहासकै सबैभन्दा ठूलो बाढीको चपेटामा तराई परेको छ। खासगरी कोसी ब्यारेजको पूर्वी तटबन्ध कोसीको बाढीले काटेर भत्काएपछि कोसी नदीले बाटो बदलेर सुनसरी जिल्लाका गाउँ बस्तीहरुमा सम्पूर्ण कोसी नदी प्रवेश गर्यो र त्यसले ताण्डव मच्चाउँदै गाउँघर जलमग्न पार्यो र हाहाकार मच्चायो। त्यसले अहिलेसम्म के कति नोक्सानी पुर्यायो त्यो कुरा यकिन रुपमा बाहिर आउन समय लाग्ने छ। तर त्यो क्षेत्र यतिवेला ठूलो जन धनको क्षतिकासाथ कोलाहलमय बातावरणवाट गुज्रिरहेको छ। कयांै मानिसहरु हराइरहेका छन्। पचासौ हजार मानिस सबै कुरा गुमाएर बिस्थापित हुन पुगेका छन् भने लाखौ मानिस त्यो जलप्रकोपबाट नराम्रोसँग प्रभावित हुन पुगेका छन्। (more…)
- लोकनारायण सुवेदी
नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले राजनीतिको एउटा चक्र पूरा गरेको छ। २०५२ सालमा सशस्त्र संघर्ष शुरु गरेको यो पार्टी २०६५ अर्थात एक दशकभन्दा बढीका अनेक उतार चढावपछि अहिले सिंहदरबारको सत्ताका नेतृत्व जमाउन आइपुगेको छ। यतिबेला नेकपा (माओवादी)ले बिगतको बस्तुपरक समीक्षा र आजको परिवर्तित राजनीतिक सन्दर्भमा राष्ट्रिय चुनौतिहरुको सामना ठिक किसिमले गर्ने अग्रगामी र रचनात्मक बाटो लिन सकेमा नयाँ नेपाल निर्माणको जग बसाउने कार्यको आरम्भ हुन सक्तछ। तर शर्त के छ भने सिद्धान्त निष्ठाकासाथ लोकतन्त्रालाई वास्तविक ब्यवहारमा खरो उतार्ने नीति, कार्यक्रम र तदनुकूलको आचरण र ब्यवहार एकदमै आवश्यक छ। (more…)
- हरिकृष्ण न्यौपाने (घायल)
देशमा जनयुद्ध चर्किरहेको अनि बन्द हड्तालले वाक्क पारेको र नेपालमा उचित रोजगार अनि पारिश्रमिक नपाउनले धेरै युवा शक्ति बाहिरिरहेको अबस्थामा म पनि खाडी राष्ट्रमै भएपनि जाने सोचमा थिएं। यतिकैमा २०६१ बैशाख १४-१५ मा कान्तिपुरको बिज्ञापनमा आखाँ पुग्यो। “कुवेतमा रोजगार, फ्रि-भिसा अनि इन्टर्भ्यूमा सेलेक्ट भएं १५ दिनमा फ्लाईट” के खोज्छस कानो आँखो भनेझै ! (more…)
- दामोदरप्रसाद आचार्य
ऐतिहासिक संविधानसभाको निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा जनताबाट अनुमोदित भएको नेकपा (माओवादी) लाई स्वदेशी र विदेशी प्रतिक्रियावादीहरुको विभिन्न छलकपट, घेराबन्दी र षड्यन्त्रहरुका कारण निर्वाचन सकिएको चार महिनासम्म सरकारको नेतृत्व गर्न नदिई देशलाई अनिर्णयको बन्दी बनाइयो। (more…)
मधेशमा नदेखिएको उत्साह - महेश चौरसिया
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्ट्रपतिमा कांग्रेसी नेता डा.रामबरण यादवको विजयले मधेशमा खुशीयाली तथा उत्साहको वातावरण बनाएको देखिएन। यो सत्य हो कि नेपालको प्रथम राष्ट्रपति मधेशी समुदायको निर्वाचित भएको कारणले मधेशलाई गौरवाञ्चित बनाएको छ। (more…)
- होम गुरुङ ल्युभेन, बेल्जियम ‘तमु समाज बेल्जियमको पाचौ साधारण सभा राजनीतिकबाट अभिप्रेरित भएर विथोलिएको थिएन…’बेल्जियमको एन्टर्भेपेन शहरमा तमु समाज बेल्जियमको जुन ८ तारिख सफलतापूवक सम्पन्न हुन नसकेको पाचौं साधारण सभामा म पनि प्रत्यक्ष सहभागी भएको थिएं । तमु समाज बेल्जियमको प्रथम अधिवेशनदेखि हालसम्मको अधिवेशनहरु मध्ये यस पटकको अधिवेशनमा तमुहरुको व्यापक सहभागिता पनि रहेका थिए। (more…)
– महेश्वर श्रेष्ठ
नेपालको ऐतिहासिक संविधानसभाको पहिलो बैठकले २४० वर्ष लामो राजतन्त्रको अन्त्य र गणतन्त्र कार्यान्वयनको घोषणासंगै मुलुकको राष्ट्र प्रमुखको रुपमा राष्ट्रपति रहने व्यवस्था गरेको पनि आज १९ दिन पुगेको छ। तर संविधानसभा निर्वाचनमा कुनै पनि दलले सामान्य बहुमत हासिल गर्न नसकेको कारण अन्तरिम राष्ट्रपति को हुने भन्ने विषयमा दलहरु बीच सहमति हुन सकिरहेको छैन। (more…)
- महेश्वर श्रेष्ठ
मूल्यवृद्धिको अपजस लिन नपरोस् भनी लामो समयदेखि पन्छिन खोजिरहेको अन्तरिम सरकारले अन्ततः हाल संविधानसभामा प्रतिनिधित्व गर्ने १३ दलको सहमतिमा २०६५ जेठ २७ गते पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। हाल कायम गरिएको मूल्य अनुसार पेट्रोल प्रति लिटर रु. ८०।– बाट रु. १००।–, डिजेल प्रति लिटर रु. ५६।– बाट रु. ७०।–, मट्टितेल प्रति लिटर रु. ५१।– बाट रु. ६५।– र एलपी ग्यास प्रति सिलिन्डर रु. ११००।– बाट रु. १२००।– पुर्याइएको छ। यसबाट ती पदार्थहरुको मूल्यमा क्रमसः २५ प्रतिशत, २१.४३ प्रतिशत, २७.४५ प्रतिशत र ९.०९ प्रतिशतले वृद्धि भएको छ। (more…)
- छक्कु उदासी
संबिधानसभा चुनाबको लहर सकिन नपाउदै जापानमा एनआरएनको मे ४ तारिखमा हुने अधिबेशन निकै चर्केको छ। तं भन्दा म के कम गरी उम्मेदवारीको घोषणा गर्ने क्रम बढदो छ। एउटा फेशनकै रुप लिएको छ। एनआरएनजस्तो राजनैतिकरहित संस्थामा हिजो सम्म आफनो पार्टीगत आवाजले आफनो नाम अग्रपंतिमा राख्न चाहानेहरुले फेरी आज आएर एकाएक एनआरएन प्रतिको मोह जागेको आभाष मिलेको छ। ताक परे तिवारी नत्र गोतामे त हैन? (more…)
- रामकृष्ण ज्ञवाली
तपाई हामीलाई थाहा संसारमा कस्ता मानिसका सालिक निर्माण हुन्छन भन्ने कुरा। इतिहासमा अत्यन्तै राम्रा काम गरेका होनाहार योद्धाहरुका सालिक निर्माण गर्ने परम्परा संसारभर छ । ती सालिकले उनीहरुको कामको कदर मात्र गरेका हँदैनन् त्यस्ता महान मानिसको योगदानबाट सकारात्मक कुरा सिक्नका लागि पछिल्लो पिँढीलाई प्रेरणा दिइरहेका हुन्छन् । यति मात्र होइन देश र जनताका लागि उदाहारणीय र महान काम गरेका व्यक्तित्वहरुको सम्मानका लागि सालिक निर्माण गर्ने गरिन्छ र धेरै भन्दा धेरै मान्छेले देख्ने ठाउमा राखिन्छ । (more…)
- सन्तोष विडारी
परिवर्तनको चरण नै विकास हो। मानव जन्मदा ऊ बच्चा जन्मन्छ। बिस्तारै उसको शारीरिक, मानसिक, सामाजिक र संवेगात्मक विकाससगै ऊ युवा र वृद्ध हुन्छ। ग्रामीण भेगमा धारो बन्नु, पुल बन्नु, शौचालय बन्नु नै विकास हुनु हो। तर नेपालको सर्न्दर्भमा यस सम्बन्धी समाचार निकै पछाडि परेको छ। जुन देश विकसित छ, त्यहाँ विकास पत्रकारिताको बाहुल्यता बढी छ, किनकी देश विकास हुनुमा प्रमुख औजार भनेकै विकास पत्रकारिता हो। नेपालको सन्दर्भमा राजनीतिले मात्र उथलपुथल पारेको छ। जहाँ विकास होइन, विनासतिर लम्कदै छ। (more…)
- दामोदर प्रसाद आचार्य
२०६४ साल चैत्र २८ गते स्वर्णिम दिनको रुपमा सुनौला अक्षरले नेपालको इतिहासमा लेखिने छ। २४० बर्षको सामन्तवादी निरंकुश राज्यसत्ताको कालरात्रीमा निरिह अवस्थामा बाच्न बाध्य बनाइएका नेपाली जनताको वास्तविक मुक्तिको ढोका खोल्ने प्रकृया ऐतिहासिक संविधानसभाको चुनावमार्फत यो महान शुभ दिन जनमतद्धारा औपचारिकरुपमा अनुमोदन भएको छ। (more…)