Posts filed under 'विचार/विविध'

सात सालको क्रान्तिको सार्थकता

लोकनारायण सुवेदी / एचकेनेपाल डट कम-
नेपालको राजनीतिक इतिहासमा २००७ सालको परिवर्तनको बिशिष्ठ ऐतिहासिक महत्व रहेको छ। यसलाई आजको आँखाले हेरेर बिस्मृतिको गर्भमा बिल्कुलै धकेलिनु हुँदैन।

त्यो परिवर्तनले नेपालको १०४ बर्षको निरंकूश जहाँनिया राणा शासनलाई अन्त्य गरेर पहिलो पटक देशलाई प्रजातन्त्रको दिशामा अभिमुख गराएको हो। त्यो स्थिति निर्माण गर्नका लागि नेपालका महान अमर शहीद लखन थापादेखि शुरु भएको राणा शासन बिरोधी जन आन्दोलन बिक्रम सम्वत १९९७ सालमा आइपुग्दा त्यो संगठित र सचेतरुपमा उत्कर्षमा पुगेको थियो।

क्रुर राणाहीले सामाजिक परिवर्तन र प्रजातन्त्रको माग गर्ने नेपाल आमाका चारा महान सपूतहरु गंगालाल, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्तहरुलाई फाँसीमा झुण्ड्याउने र गोली ठोकेर मार्ने घोर अमानबीय काम गर्‍यो। नागरिक स्वतन्त्रता र जनाधिकार माग्नेलाई यसरी नै दबाइने छ भन्ने दमनकारी सन्देश राणाशाहीले प्रवाह गर्न खोजेको थियो। तर देशको काँचुली फेर्न र नेपाली जनतालाई उन्नतिको शिखरमा पुर्‍याउनका निम्ति हाँसी हाँसी फाँसीमा झुण्डिन र छातीमा तातो गोली थाप्न तयार ती राष्ट्रका अमर बिभूतिहरुले कत्ति पनि बिचलित नभई आफ्नो प्राणको आहुती दिए।

वास्तवमा तिनले देशको निमित्त मर्न मेट्न अग्रसर हुनु पर्दछ भन्ने सन्देश दिए। गंगालाल, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त जस्ता बीर अमर शहीदहरुको त्यो उच्च बलिदानले चार भञ्ज्यांगमा सीमित नेपाली जन आन्दोलन राष्ट्रब्यापी बन्न पुग्यो।

यसरी आन्दोलन बिकसित हुँदै जाने क्रममा नै नेपाल राणा शासनलाई पल्टाएर प्रजातन्त्र ल्याउन नेपाल प्रजा परिषद, नेपाली काग्रेस र नेपाल कम्युनिष्ट पार्टीको प्रादुर्भाव भयो। राणा शाहीको त्यो घोर तिमिर अन्धकारमा त्यो शासन सत्तालाई पल्टाउन यस प्रकार राजनीतिक दलहरुको प्रादुर्भाव हुनु कम महत्वपूर्ण दूरगामी कदम थिएन। निरंकूतको अन्धकारलाई लल्कार्दै ती दलहरुले राजनीतिक भूमिका खेलेकै कारणले ०७ सालमा राजनीतिक परिवर्तन आएको हो। भलै राणाशाही बिरुद्ध शुरु भएको त्यो नेपाली जन आन्दोलन आफ्ना अनुभवको आधारमा समग्र सामन्ती ब्यवस्थाकै अन्त्यका लागि बिकसित हुन थाले पछि यो बढ्दो आन्दोलनको ज्वारलाई मत्थर पार्न र रोक्न दिल्लीमा सभ्झौता गरियो। जसले गर्दा ०७ सालको क्रान्ति अधूरो र अपूरो नै रहृयो। त्यो दिल्ली सम्झौतका कारण नै सामन्ती राजतन्त्रले जन आन्दोलकारीहरुका बीचमा खेल्ने र आप्नो ठाउ बनाउने अवसर पायो र जन आन्दोलको उपलब्धीहरुलाई एक एक गर्दै समाप्त पार्ने दिशा ग्रहण गर्‍यो।

जन आन्दोलकारी दलहरुको सत्ता लोलुपता, सुझबुझहीनता र राजतन्त्रको कूटीलता यसो हुनुका आधारहरु थिए। वास्तवमा ०१७ सालको प्रतिगामी कणडले देशमा राजनीतिक आर्थिक, समाजिक तथा सास्कृतिक जुन अधोगति ल्यायो र नेपली जनताले पुनः राजतन्त्रका बिरुद्ध लड्नै पर्ने स्थिति सिर्जना भयो त्यो दिल्ली सम्झौताको भ्रुणमा नै हुर्किएको कुरा थियो भन्ने यथार्थ घटनाक्रमले पुष्टि गरिसकेको छ।

त्यसपछिका तीन दशकमा राजतन्त्रले नेतृत्व गरेको सामन्ती अधिनायकवादी पञ्चायती ब्यवस्थाले नेपाली जनतालाई शोषण, अन्याय, थिचोमिचो गरेर नेपाललाई अधोगतिमा ओरालो लगायो। त्यसको बिरोधमा २०३६ साल, २०४२ साल र निर्णायकरुपमा २०४६ सालमा राजतन्त्र बिरुद्ध संयुक्त जन आन्दोलनहरु चल्दै रहे।

अन्ततः २०४६ सालको ऐतिहासिक परिवर्तनपछि पनि सात साल पछिकै गलत प्रबृत्तिलाई दोहोर्‍याउने काम भयो। जसले गर्दा देशमा द्वन्द मात्रै सिर्जना भएन कथित संबैधानिक राजतन्त्रले पनि संबिधानको घोर उल्लंघन गर्दै स्वेच्छाचारी शासन चलाउन अग्रसर भयो। अत्यन्तै सीमित रुपमा रहेको बहुदलीय लोकतन्त्रलाई पनि अन्तिम प्रहार गरेर समाप्त पार्न खोजियो । तर नेपाली जनताका प्रतिनिधि राजनीतिक दलहरुले रातन्त्रको यो धुर्त्याईलाई राम्ररी बुझेका हुनाले १२बुँदे समझदारी बनाउदै एकीकृत संयुक्त जन आन्दोलन उठाउने गम्भीर प्रयत्न गरे। त्यसले मूर्त रुप पनि लियो।

लाखौलाख जनता राजतन्त्रबिरुद्ध आन्दोलनकारी दलहरुको अगुवाईमा समुद्रको छाल जस्तै सडकमा उत्रिए। वास्तवमा जन महासागर नै आएको थियो त्यतिबेला, जसले गर्दा राजतन्त्र देशको केन्द्रिय राजनीतिबाट बिस्थापित भयो र जनताका प्रतिनिधिहरुको हातमा शासनको बागडोर आयो तर यसलाई अफ्नै बपौति मात्र सम्भिएर त्यसको दुरुपयोग गर्न थालियो र पुनः सात पछिकै प्रबृत्तिको पुनराबृत्ति गर्दै सत्ताको लुछाचुँडीमा लाग्न थालियो।

फलतः संवधान सभाद्वारा निर्धारित समय सीमाभित्र संविधान बन्ने, शान्ति प्रकृया सही टुंगोमा पुग्ने र जनताले राहत र सुरक्षा पाउने भन्ने कुरा नै आज समाप्त प्रायः भएर गएको छ।

अतः आज सात सालदेखिको सामन्ती ब्यवस्थालाई समूलःनष्ट गर्ने र नेपाली राष्ट्र चौतर्फी उन्नतिको ढोका खोल्ने जुन ऐतिहासिक कार्यभार थाँती रहेको छ त्यसलाई जिम्मेवारीका साथ पूरा गर्न बाम तथा लोकतान्त्रिक शक्तिहरुका बीचमा अपूर्वरुपमा एकता, सहकार्य तथा अग्रगामी दृष्टिकोण र ब्यवहारको आवश्यकता छ।

त्यसैले कुटील चालका आधारमा कुर्सीको अबाञ्छित र फोहोरी खेल खेल्न छाडेर जनता र राष्ट्रको हितमा नयाँ संविधान बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्दै एकपछि अर्को बिश्वासिला कदमहरुकासाथ अघि बढ्नु पर्ने आजको ज्वलन्त र टड्कारो राष्ट्रिय आवश्यकता छ।

यसबाट बिमुख हुन गएमा सात सालदेखिको नेपाली जनताको अपूरो इच्छा पूरा हुन सक्तैन। सात साल पछिका जस्ता अबाञ्छित गतिबिधिहरु दोहोर्‍याएर कसैले निहीत स्वार्थ सिद्ध गर्न खोज्ला र गर्ला पनि। तर त्यस प्रबृत्तिले नेपाली जनताले खोजेको र रोजेको परिवर्तन आउदैन। हाम्रो र राम्रो संविधान पनि बन्दैन। इतिहासबाट उपयुक्त पाठ सिकेर अघि बढ्न सक्नु र सिक्नु पर्दछ। ०७ सालको परिवर्तनबाट लिनुपर्ने सकारात्मक सन्देश र सार्थकता पनि यही नै हो। यही नै सात सालको क्रान्तिको सार्थक हो।

Recent Videos:

Popularity: 5%

Add comment February 16th, 2012

नेपाल कस्को? पसिना पुछ्ने नेपाली साराको

लोकनारायण सुवेदी / एचकेनेपाल डट कम-
नेपाल परापूर्व कालदेखि नै एउटा बहुजातिय, बहुभाषिक, बहु साँस्कृतिक र बहुधार्मिक स्थितिको संगमको रुपमा रहेर आएको मुलुक हो।

नेपाल बन्दै, फैलदै र खुम्चिदै गएको र अन्ततः अहिलेको स्थिति (मेची-महाकाली, रसुवा-रक्सौलको चोहद्द भित्र आएको) मा आइ पुगेको पनि धेरै लामो समय बितिसकेको छ।

तर नेपाली समाजको यो बनावट निरन्तर कायम रहेको छ। त्यसरी नै नेपाली भू-धरातल पनि हिमाल, पहाड, उपत्यका, दुन र तराई मिलेर बनेको बहुबिध भू-धरातल छ। यसरी एउटा छुट्टै प्रकतिको भू-धरातल र जैबिक बिबिधताले नेपाल बिशिष्ट किसिमलेका बनेको कुरा हाम्रा आँखाका अगाडि र्छलङ्ग छ।

नेपालको यो बिशिष्ठ बिबिधताले यहाँको प्राकृतिक र सामाजिक बिबिधतालाई अभिन्नरुपमा समेटेको छ। लिखित र प्रमाणित ऐतिहासिक कालदेखि यताको मात्र कुरा गर्ने हो भने पनि नेपाल यलम्बरले शासन गरेको किराँत कालबाट शुरु भएर लिच्छबी काल, मल्ल काल, शाह-राणा काल र पछिल्लो समयमा आएर बहुदल र अहिलेको गणतन्त्रात्मक कालमा पनि यो नेपाली धरा र सामाजिक धाराको अमिट र अखण्ड बिशिष्ठता रहेको छ। यस वास्तविकतालाई कसैले ढाकछोप गर्न जतिसुकै प्रयत्न गरे पनि सक्तैन।

मानब समाजका बिकासको क्रममा मानिस ‘होमो स्यापियन्स स्यापियन्स’ हुदै आजको अबस्थामा आइपुगेको यथार्थ मानब जीवशास्त्री बैज्ञानिक मोर्गन, डार्बिन लगायत आजसम्मका बैज्ञानिकहरुले प्रष्ट पारिसकेका छन्। अनि शमाजशास्त्र एवं मानबशास्त्रीहरुले मानब समाज जंगली युगदेखि यता कसरी बिकसित हुदै घुमन्त जीबन शैलीबाट स्थाइबसोबासको चरणमा पुग्यो र त्यसपछि आजको आधुनिक युगसम्म आइपुग्यो भन्ने कुरा धेरै किसिमले धेरै पटक खुलस्त र प्रष्ट पारिसकेका छन् र पारिरहेका छन्। त्यसमा एउटै कुराको निरन्तरता देखिन्छ मानिसलाई आफ्नो श्रम (भौतिक र बौद्धिक दुबै श्रम)ले आजको अबस्थामासम्म ल्याइपुर्‍याएको हो र आगामी दिनमा पनि यो श्रम निरन्तर कायम रहन्छ र परिमार्जित र बिकसित हुदै जान्छ र मानब समाज अहिले कल्पना गर्ने नसकिने उत्कृष्टताको दिशामा अग्रस हुदै एकपछि अर्को बिकसित ज्ञान,सीप, कौशलता र दक्षताको आधारमा उत्कृष्ट मानबीय श्रेष्ठता हासिल गर्दै अघि बढ्छ। मानब समाजको इतिहासलाई र्ससरी मात्रै हेरे पनि यो यथार्थ सबैका अगाडि एकदमै प्रष्ट हुन्छ।

Recent Videos:

Popularity: 4%

Add comment February 11th, 2012

लोकतन्त्रकै खिल्ली उडाउने लोकतन्त्र कहिलेसम्म चल्ला?

लोकनारायण सुवेदी -
बिश्वब्यापीरुपमा मानिएको कुरा के हो भने जनताले चुनेका प्रतिनिधिहरुले मात्र जनहितमा काम गर्ने प्रणालीलाई लोकतन्त्र भन्ने गरिन्छ। कम्तिमा राजनीतिक संस्थाहरु लोकतन्त्रमा अनिर्वाचित हुदैनन्। ती बहुमतले या र्सबसम्मतिले निर्वाचित हुनै पर्दछ।

तर निर्वाचन त लोकतन्त्रको एउटा प्रकृया मात्रै हो। यद्यपि कतिपयले भने यसैलाई मात्र लोकतन्त्र सम्झने गरेका छन् र चुनिए पछि जे गरे पनि हुन्छ भन्ने अलोकतान्त्रिक र निरंकुश मानसिकताले काम गर्ने गदै आएका छन् । चुनिए पछि जनताप्रति इमानदारीपर्ूवक समर्पित भएर उनीहरुका हक,हित र प्रतिष्ठाका लागि संर्घष गरिरहनु पर्ने आवश्यकताको परिपूर्ति होइन, आफ्नै निहीत र संकीर्ण स्वार्थ र आफ्नै उदरपूर्ति गर्ने कार्यलाई नै उनीहरुले लोकतन्त्रको ब्यवहारिक रुप मानिरहेको देखिन्छ।

वास्तवमा आज हामीकहाँ देखिएको समस्याको मूल कुरा नै यही हो । त्यसले गर्दा लोकतन्त्रमा पनि केही मुठ्ठभिर शक्तिशाली (भ्रष्ट, तस्कर, कालोबजारीकर्ता र दुइ नम्बरीको अर्थमा) ब्यक्तिहरुको हातको खेलौना मात्र भएर रहने गरेको छ । यो आम जनसाधारणको दैनन्दिनका समस्या समाधान गर्दै राष्ट्र निर्माण गर्ने सबैभन्दा महत्वपूर्ण र बृहत्तर हितको औजारको यसरी र्सबथा दुरुपयोग भइरहेको छ । यस प्रकार लोकतन्त्रमा लोकहितको घोर अपहेलना र अत्यधिक अपमान भइरहेको छ।

यस्तो अबाञ्छित स्थितिले गर्दा आज वास्तवमा लोकतन्त्रमा बैध, अबैध, कालो-सेतो धनको भूमिका अत्याधिक बढेको छ । हाम्रो जस्तो भर्खरै लोकतन्त्रमा बामे सर्न लागेको देशमा त लोकतन्त्र धाक,धम्की, पैसा, लाठीको मुठ्ठीको माखो जस्तो बनाइएकै छ । अनि बिकसित लोकतान्त्रिक देशहरु पनि यसको अपबाद छैनन् । चाहे हामीले अमेरिकाको राष्ट्रपतिको निर्वाचनको कुरा गरौ चाहे हाम्रै छिमेकी देश भारतको संसदको निर्वाचनको कुरा गरौ, तिनको निर्वाचनहरुमा अपार र अकूत सम्पत्ति भएका बहुराष्ट्रिय निगम तथा अन्य ठूला कम्पनीहरुको पैसाले अत्यन्तै ठूलो भूमिका खेलेको देखिन्छ । ती निगम र कम्पनीहरुले बैध अबैधरुपमा राजनीतिक दलहरुलाई दिइने पैसाका अतिरिक्त कालो धन, अपराधबाट आर्जित पैसा आदि पनि चुनाबका बेला झोकदिने गरिन्छ । त्यसले गर्दा निर्वाचित त्यस्ता ‘जनप्रतिनिधि’हरुले वास्तविक जनताको हक,हितलाई लत्याउने क्रमबद्ध शिलशिला शुरु हुन्छ । उनीहरु आफूलाई पैसा दिने ठूला कम्पनी, निगम र अपराधी समूहप्रति नै उत्तरदायी हुन्छन् र तिनलाई नै प्राथमिकता दिने गर्दछन्। जसको चौतर्फी नकारात्मक असर आम जनतामाथि पर्दछ।

यस्तो स्थितिले गर्दा सम्पन्न र शक्तिशाली देशहरुद्वारा असम्पन्न र बिकासशील देशहरुको लोकतन्त्रमाथि हस्तक्षेप गर्ने चलखेल बढ्ने र अझ बिकट हुने गर्दछ । यस्तो खालको हस्तक्षेप कमजोर देशमाथि तुलनात्मकरुपमा बिकसित देशहरुले प्रत्यक्ष रुपबाट बैध या अबैध तरीकाले आफै गर्ने गर्दै आएको पनि देखिएको छ र आफुले नियन्त्रण गरेका बिभिन्न अन्तर्राष्ट्रिय संघ, संस्थाहरुको माध्यहरुबाट अप्रत्यक्षरुपमा पनि गर्दै आएको प्रष्टै देखिने गरेको छ । बिभिन्न अन्तर्राष्ट्रिय सम्झौताहरुको माध्यमावबाट पनि बिपन्न देशहरुको सम्प्रभूतामाथि अनेक किसिमले नियन्त्रण र सीमित गर्ने कार्य त आजको सामान्य कुरा जस्तै नै भइसकेको या भइरहेको छ। त्यसमाथि अझ ऋण उठाउने, ब्यापारका शर्तहरु लगाउने जस्ता बिकसित देशहरु र अन्तर्राष्ट्रिय संस्थाहरुले बिकासशील देशहरुमाथि प्रतिकू नीतिहरु लाद्ने गरेर पनि बिपन्न देशका लोकतान्त्रिक सरकारहरुलाई ठूलो कठिनाईमा पार्ने गरेको पनि आजको तीतो अनुभव छ । फलतः आज अधिकांश बिकासशील देशहरु बहुराष्ट्रिय कमपनीहरु, बिदेशी पूँजी, पेटेण्ट कानुन तथा ब्यापार आदि सम्झौताका बारेमा स्वतन्त्र र जनहितकारी नीतिहरु अबलम्बन गर्न हिच्किचाउने गर्दछन् र आफ्ना देशका जनता र राष्ट्रको हित बिपरीत अनेक सन्धि सम्झौता गर्ने लाचारी प्रकट गर्दछन्।

लोकतन्त्रका यी समस्याहरु लामो समयदेखि रहँदै आएका छन् । त्यसैल गर्दा आम जनता केवल मतदान गर्ने औजारमात्र भएर रहने स्थिति छ भने मुठ्ठीभरले लोकतन्त्रलाई कब्जा गर्ने र आफुखुशी चलाउने परिपाटीको शक्तिशाली सञ्जाल खडा गरिएको छ । त्यसमाथि आज बिश्वब्यापीरुपमा महाबिनाशकारी हात हतियारको जुन भयावह थुप्रो लागेको छ, जलबायु परिवर्तनका जुन गम्भीर स्थिति खडा भएको छ तिनमाथिको नियन्त्रणको समस्या पनि पेचिलो र डरलाग्दो छ । यस्तो स्थितिमा पृथ्वीमा अस्तित्वकै गम्भीर प्रश्न खडा हुन पुग्दछ । किनभने लोकतन्त्र सीमित अल्पतन्त्रको औजार भएर चलेपछि यो भन्दा अर्को स्थिति सिर्जना हुन पनि सक्तैन । अल्पतन्त्रममा अल्पसंख्यक टाठाबाठाहरुकै अल्पकालीन र निहीत स्वार्थले काम गरेको हुन्छ । त्यसैबाट उत्पन्न भयावह चुनौतिहरुको जिम्मेवारीपूर्ण समाधानका उपायहरु अपनाइने कुरा पनि दिवा स्वप्न जस्तै मात्र हुन पुग्दछन्। आजको बिश्वको स्थिति हेर्दा यो भन्दा भिन्न र सुरक्षित बैकल्पिक स्थिति बिकसित हुने कुनै ठोस आधार देखा पर्दैन।

यद्यपि, सही अर्थमा लोकतन्त्रको कुनै बिकल्प हुदैन । त्यस्तो लोकतन्त्र पारदर्शी, जनहितकारी र शतत अग्रदिशामा परिर्तनशील प्रणाली र परिपाटी हुन्छ । त्यसलाई परिचालन गर्ने राजनीतिक दल, बर्ग या समुदाय इमानदार, समर्पित र केवल जनता र राष्ट्रको स्वार्थ र बिश्व मानब कल्याणको एक मात्र लक्ष प्रेरित भएर चल्ने बातावरण सिर्जना गर्ने र तदनुरुप चल्ने मात्र हुन सक्तछ । समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरका समेत आधारभूत समस्याहरु सुल्झाउने र बिशेषगरी समानतामा आधारित समाज निर्माण गर्ने मूख्य अभ्रि्रायले त्यो परिपोषित हुन्छ । यसको आरम्भ भ्रष्टाचारबिहीन र प्रष्ट हिसाव किताव राख्ने चरित्र भएका दलहरु उपस्थिति हुनु अनिवार्य शर्त हो। यसका अतिरिक्त दल सञ्चालमा पनि लोकतान्त्रिक परिपाटी, खुला खुलस्त हुने जालझेल र षडयन्त्रको कुनै गुञ्जायश नरहने परिपाटी बसाल्नु पनि त्यत्तिकै महत्वपूर्ण कुरा छ । आन्तरिक लोकतन्त्र भनेकै यही हो । गलत कुरालाई कथित लेनदेनको आधारमा थाँती राख्नु र प्रश्रय दिइनु बिल्कुलै हुदैन । यसले भ्रष्टाचार र औसरबादीतालाई नै बढावा दिन्छ।

आन्तरिक लोकतन्त्र सुदृढ भए त्यसले बाहिरी बृहत समाजलाई पनि सकारात्मक सन्देश दिने कुरामा कुनै बिवादै छैन। यस्तो स्थिति सिर्जना नगरीकन समनता, न्याय, शान्ति र समुन्नतिको गफ हाँकेर केही हुदैन । बिकासको फल पनि आम जनताको बीचमा पुग्दैन र प्रकृति मैत्री बिकास पद्धतिको बिकास पनि हुन पाउँदैन । किनभने हरेक कुरालाई बढीभन्दाबढी मुनाफामुखी भएर हेरिने र त्यसको निमित्त अमानबीय र प्रकृति अमैत्री बिकास पद्धतिलाई रोज्ने परिपाटी वास्तवमा लोकतान्त्रिक हुनै सक्तैन।

त्यसैले लोकतन्त्रलाई लोकतन्त्रकै खिल्ली उडाउने गरी मानब र प्रकृतिको शोषण र शासन गर्ने परिपाटी हो भन्ने सावित गरिने अहिलेसम्मको गलत परम्पराबाट यसलाई मुक्त गरिनै पर्दछ । यसलाई ब्यापक, जन आधारित र जनस्तरीय तुल्याउन आवश्यक सबै संयन्त्र र प्रकृयामा जनताको सक्रिय र प्रभावकारी निगरानी र अनुगमन हुने सञ्चालन बिधि अख्तियार गरिनुपर्ने हुन्छ । भावनामा होइन, वास्तविक ब्यवाहारमा आम जन केन्द्रित र जन उत्थानलाई सर्बोपरी प्राथमिकतामा राख्न सकिएमा मात्र लोकतन्त्र सार्थक ठहरिन्छ । अनि यसले जन सार्बभौमिकता र तिनीहरुबाट सिर्जित र बिकसित राष्ट्रिय सार्बभौमिकतालाई पनि सही अर्थमा सुदृढ तुल्याउन सक्तछ । त्यसबाट अनाबश्यक बाहृय हस्तक्षेपको पनि सही किसिमले सामना हुन सक्तछ । केवल चुनावी जनमत मात्रै लोकतन्त्र होइन । मानबीय सामाजिक बिकासका सबै अंगप्रत्यंगलाई आजको लोकतन्त्रले समेट्नु पर्दछ । अन्यथा त्यो लोकतन्त्र नभएर सीमित स्वार्थहरुको अल्पतन्त्रको बन्दी रहन जान्छ । यो अनुभव सिद्ध यथार्थ कुरा हो।

Popularity: 4%

Add comment February 6th, 2012

कार्यगत एकताको हल्ला र गोरखा आन्दोलन- राजेश राई

राजेश राई / एचकेनेपाल डट कम-
मार्क्सले भनेका थिए,’जब-जब शोषितहरु जुर्मुराउंछन्, शासकहरुले जुरमुराएका शोषितबिरुद्ध शोषितहरुलाई नै क्रुर रुपले प्रयोग गर्छन्, यस्तो बेला क्रान्तिकारीहरुको लागि साँच्चै नै पीडादायक अवस्था हो।’ जुनसुकै आन्दोलन वा क्रान्तिहरुमा मुलत दुइवटा पक्ष हुन्छन्। एउटा शासक अर्का शोषित।

शोसकले शोषितहरुको आन्दोलनलाई दबाउँन प्रयोग गर्ने तिकड्महरु नौला होईनन्। त्यो जति क्रुर भए पनि त्यति अप्रिय लाग्दैंनन्। किन कि, शोसकहरुको कामै यो वा त्यो रुपमा पीडितहरुको आवज दबाईराख्नु नै हो। तर, अप्रिय यतिबेला लाग्छ, जतिबेला शोसितहरु नै शासकहरुको गोटी बनेर शोसित बिरुद्ध प्रयोग हुन्छ। दुनियाँका आन्दोलन र क्रान्तिका इतिहास पल्टाउने हो भने यस्ता अप्रिय दिनहरु कैयन आएका छन्। शासकहरुले शोसितहरुको आन्दोलनलाई दबाउँन शोसितहरु नै यति क्रुर तरिकाले प्रयोग गरेका छन्, ती इतिहास पढ्दा नै असाध्यै पीडा हुन्छ।

यस्तो पीडादायक इतिहास गौरवमय २१ बर्षको गोरखा आन्दोलनमा पनि दोहोरिदै आएको छ। बेलायती शासकले ‘हामीलाई दयाको भिख होईन, रगत र पसिनाका मुल्य देउ’ भनेर न्यायिक आन्दोलनमा उत्रिएका गोरखाहरुबिरुद्ध गोरखा नै प्रयोग गरेको इतिहास कसैलाई पनि प्रिय लाग्दैन।

दुइ सय बर्षसम्म बेलायती माटो र मुकुटलाई बचाउन रगत र पसिना बगाउंदै आएको गोरखा सैनिकहरुलाई न्याय दिलाउन भूतपूर्व गोरखा सैनिक (गेसो)ले जब आन्दोलनको उद्घोष गर्यो त्यहीबेलादेखि बेलायती शासकले गोरखाबिरुद्ध गोरखा प्रयोगको नीति ल्याएको इतिहास हाम्रोसामु छ।

नेपालमा प्रजातन्त्र पुनः स्थापना भए लगत्तै सुरु भएको गोरखा आन्दोलनको इतिहास फर्केर हेर्दा बेलायती शासकहरुले गोरखाबिरुद्ध गोरखा प्रयोग गरेको घटना असाध्यै पीडादायी छ। इतिहासलाई पल्टाउंदा यस्तो लाग्छ,’बेलायती शासकहरुको गोटी भएर गोरखा आन्दोलनलाई निस्तेज पार्न खोज्ने गोरखाहरुलाई पूर्खाहरुले कहिल्यै माफी दिने छैनन्।’ जतिबेला गेसो गोरखाहरुलाई न्याय देउ भन्दै नेपालको सडक, सदन हुदै बेलायती सडक, सदन र अदालतमा थिए । त्यतिबेला बेलायती रक्षामन्त्रालय (एमओडी)मा अफिसर पदमा बसेर गोरखा अफिसहरु गोरखाबिरुद्ध कम्मर कसेर लागेका थिए।

बेलायती जनताका प्रिय अभिनेत्री जोअना लुम्ली र बेलायती जनताहरु पनि गोर्खालीहरुलाई न्याय दिनुपर्छ भन्दै सडकमा उत्रिएका बेला, गोरखाहरुलाई न्याय दिनु हुदैन भनेर मरीहत्ते गर्नेहरु गोरखाहरु नै थिए। नेपालदेखि बेलायतसम्मको शासकहरुको योजनामा गेसो आन्दोलनलाई शिथिल पार्न गोरखाहरुकै संगठन खोल्न लगाईयो। ती गोर्खा आन्दोलनबिरुद्ध लाग्ने गोर्खाहरुको तिकडम्को तथ्य केलाउंदा यस्तो लाग्छ, ‘दुनियाँमा उनीहरुभन्दा खराब कोही पनि छैनन्।’ तर, यस्ता कैयन षड्यन्त्र र अबरोधका बिच पनि गेसो आन्दोलनले गोरखाहरुलाई न्याय दिलाई छाड्यो।

बेलायती संसदमा भोटिङ हुदाँ गोर्खाहरुको पक्षमा मतदान भयो। वास्तवमा गेसो आन्दोलन एक्काईसौ शदाब्दीको यस्तो आन्दोलन थियो, जुन आन्दोलनले बेलायती शासकको शिर झुकेको थियो। यही आन्दोलनका कारण गेसो आन्दोलनकै कारणले एकजना सिपाहीको पेन्सन २६ हजार देखि अफिसरको ८० हजारसम्म भयो। रिडडेन्सीमा खाली खुट्टा पठाएकाहरुले गोर्खा मेजरको भन्दा बढी सुबिधा पाउने भए। आज गोरखा सैनिक र तिनका परिवार बेलायत पुगेका छन्।

गेसोले फेरी दोस्रो चरणको आन्दोलन घोषणा गरीसकेको छ। आन्दोलन अर्न्तगत बिभिन्न युद्धमा मारिएका ६० हजारभन्दा बढी गोर्खा सैनिकहरुको सम्झना र सम्मानमा स्याङजाको फेदीखोला-८ स्थित साल्मेडाँडामा गोरखा स्मारक बनाउँन लागेको छ। यस्तै गेसोले केही नयाँ रहस्यहरु पत्ता लगाएको छ। यसकै आधारमा बेलायी शासकसँग न्यायिक आन्दोलन गर्ने उद्घोष गरेको छ। गोर्खालीहरुको दुइ सय बर्षसम्मको सैनिक सेवालाई बेलायत सरकारले बेलायती सैनिक सेवाको मान्यता नदिएको र गोर्खालीलाई प्रदान गरिने ८ फिगरको आर्मी नम्बर बेलायती सैनिकको आर्मी नभई चौकीदारी नम्बर भएको गेसोको दाबी छ।

यस्तै गोर्खालीहरुलाई बेलायती सेनामा भर्ती गर्दा बेलायती संसदले पास गरेको आर्मी नियम कानुन अनु्सार भर्ती नगरी बिग्रेड अफ गोर्खाजका अफिसरहरुको तजबीजले बनाएको नियम अनुसार भर्ती गर्दै आएको पनि गेसोको दाबी छ । यिनै तथ्यहरुको आधारमा गेसोले प्रश्न उठाएको छ, ‘हाकिमको तजबिजले बनाएको नियम अन्तर्गत भर्ती गरेर युद्धमा लानमा पाईन्छ कि पाईन्दैन?’ वास्तवमा हाकिमको तजबिजले बनाएको नियम अनुसार सेनामा भर्ती गरेर युद्धमा लगिन्छ भने त्यो घोर अपराध र गैरकानुनी हुन्छ। यदि, यो अपराध र गैरकानुनी ठहरियो भने, यसको जहाफदेही सम्बन्धित सरकार हुनुपर्छ । ‘हाम्रा पूर्खाहरुलाई युद्धमा किन मानव ढाल बनाईयो ? सम्बन्धीत पक्ष अन्तर्राष्ट्रिय अदालतको कठघरा र फाँसीको तखतामा उभिनुपर्छ कि पदैन?’ गेसोको प्रश्न छ, ‘आफूलाई मानवअधिकार र प्रजातन्त्रको ठेकेदार दाबी गर्ने बेलायती शासकले दुइ सय बर्षदेखि आफ्नै माटो र राजमुकुटका लागि रगत र पसिना बगाउंदै आएका आफ्ना राष्ट्र सेवकलाई यस्तो व्यबहार गर्नु बेलायती शासकको कस्तो नैतिकता र नीति हो?’ यिनै प्रश्नहरुसहित गेसो फेरी नयाँ चरणको आन्दोलनमा उत्रिएको छ।

२१ बर्षदेखि निरन्तर आन्दोलन गदै आएको गेसोले फेरी एकैचोटी यी आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन्। अर्कातिर गेसोको २१ बर्षलाई फर्केर हेर्दा त्यति प्रिय छैन। तत्कालीन बेलायती शासक र नेपाली शासक मिलेर गेसो र उनका नेतृत्वलाई समाप्त पार्न भगीरथ प्रयत्नहरु भए। सभापति पदमबहादुर गुरुङलाई त मार्नेसम्मका षड्यन्त्र गरियो (हेर्नुहोस्ः विवेक शाहको ‘मैले देखेको दरबार’)।

गेसोले बेलायती शासकलाई अप्ठ्यारो पार्ने गरी आन्दोलनको घोषणा गरे लगत्तै फेरी केही गोर्खा नाम गरेका संगठनहरुले कार्यगत एकता गरेको प्रचारबाजी सुरु भएको छ। यहाँनिर अन्य गोरखा संगठनहरुको बारेमा बढी उल्लेख गर्ने आबश्यक छैन, किनभने हिजोको इतिहास र तथ्यहरु घाम जस्तै छरलङ छ। तर, मुल प्रश्न गेसोले आन्दोलन घोषणा गरे लगत्तै फेरी किन कार्यगत एकताको प्रचारबाजी सुरु भएको ?

अब सबै गोर्खालीहरुले चनाखो हुनुपर्ने चहि यहाँनिर हो। यहाँ फेरी पनि मार्क्सको भनाई यहाँ सन्दर्भिक हुन्छ,’जब-जब शोषितहरु जुरमुराउंछन्, शासकहरुले जुरमुराएका शोषित बिरुद्ध शोषितहरुलाई नै क्रुर रुपले प्रयोग गर्छन्, यस्तो बेला क्रान्तिकारीहरुको लागि साँच्चै नै पीडादायक अवस्था हो।’ कतै हिजो गोर्खालीहरुले इतिहासमा भोगेको पीडा त फेरी दोहोरिने होईन? यस्तो पीडादायक इतिहासलाई फेरी दोहोरिन नदिन स्वंयम् गोर्खालीहरुनै सचेत हुन जरुरी छ। नभए, फेरीर इतिहासमा जस्तै निर्मम र क्रुर प्रहार सहनुपर्ने हुन्छ।

Popularity: 4%

2 comments January 13th, 2012

गोर्खा भर्ती केन्द्र अब बिगतमा जस्तो रहेन

हुम सुनारी मगर / एचकेनेपाल डट कम-
बेलायत अथवा अंग्रेजले जब भारतमा कब्जा जमाएर बसेको थियो त्यति बेला नेपालसँगको लडाइमा सोचे जस्तो बिजय हासिल गर्न नसकेपछि नेपालसँग नेपाली युबाहरूलाई बेलायती सरकारको मातहतमा रहने गरि नेपाली युबाहरूलाई बेलायती सेनामा भर्ती गर्ने सहमति भयो।

बेलायती सेनाको महा निर्देशानलयमा गोर्खा रेजिमेन्ट अथवा एउटा सैन्य समूह जो एक कर्नेलको नेतृत्वमा नेपाली युबाहरूलाई भर्ती गरियो। जब बेलायतले इस्वी सम्बत १९४७ मा भारत छाडेका थिए त्यति बेला तत्कालिन भारतीय सरकारसँग जति पनि गोर्खा रेजिमेन्टमा रहेका गोर्खाली सेनाहरूलाई आधा बेलायत कै अधिनमा हुने गरि मलसिया पठाइयो भने आधा भारतीय सरकारलाई सुम्पेका थिए।

भारतले भारतमा रहेका गोर्खाली सेनाहरूको भर्ती प्रक्रियाको निरन्तरताका लागि १९५० को भारत सँगको सन्धीमा तत्कालिन नेपालको शाही सरकारसँग पुनर्सहमति गरेको थियो।

गोर्खा भर्ती केन्द्रको अवस्था मुख्यत: बेलायतमा पहिलेको जस्तो अब रहेन। पहिला यो भर्ती केन्द्रले मुलुक कै बेरोजगार समस्यालाई समाधान हुने गरि दशदेखि पन्ध्र हजारसम्म नेपाली युबाहरूलाई भर्ती लिने गर्दथ्यो तर अहिले त्यो अवस्था रहेन।

बेलायत सरकारले बर्षमा बढिमा २०० जनासम्म मात्रै भर्ती गर्दछ र बेलायती शाही गोर्खा राईफलमा अहिले जम्मा तीन हजारको हाराहारीमा नेपालीहरू कार्यरत छन्। बेलायती शाही गोर्खा राईफलका लागि अहिले जति पनि भर्ती गर्ने गर्दछ त्यो पनि कम्तीमा १०+२ पढेको, राम्रो श्रेणीमा पास गरेको र त्यस्मा पनि राम्रो अंग्रेजी बोल्न जान्ने युबाहरूलाई मात्रै। यहाँ एउटा महत्वपूर्ण बिषय के हो त भन्देखिन, यदि कुनै एक नेपाली युबा जसले १०+२ मा राम्रो श्रेणीमा पास गरेको छ भने उक्त युबालाई बेलायती सेनामा भर्ती गर्न कुन चाँही बुद्धिमान अबिभाबकले पठाउलान ? १०+२ मा राम्रो श्रेणिमा पास भैसकेको युबालाई प्रथम त आफैमा उच्च शिक्षा हासिल गर्ने मनोकांक्षा बढेर जान्छ भने ती युबाको अभिभाबकबाट पनि सोही अनुसार उच्च शिक्षाको निरन्तरताको लागि प्रेरणा अबश्य मिल्छ।

मुलुकको बिकासका लागि सबै भन्दा पहिला सबै नागरिकहरूले उच्च शिक्षा हासिल गर्नु जरुरी छ। उच्च शिक्षा प्राप्त गरेको ब्यक्तिले सरकारी अथवा गैर सरकारी जागिर नै खानु पर्छ भन्ने छैन। आफूले प्राप्त गरेको शिक्षाको आधारमा नै कुनै पनि आधुनिक प्रकारको ब्यवसाय गर्न सकिन्छ। सबै शिक्षित नागरिकहरू कुनै न कुनै ब्यवसायमा संलग्न भैयो भने आर्थिक क्षेत्रमा ठूलो बिकास सम्भव हुन्छ र मुलुक कै अर्थतन्त्रले फड्को मार्ने निश्चित हुन्छ। हरेक निकायहरुमा बिकासको प्रमुख पूर्बाधार भनेकै युवा शक्ति हो र मुलुकको सबै युवाहरूले उच्च शिक्षा अनिबार्य रुपमा हासिल गरेको हुनु पर्छ भन्ने मेरो मान्यता रहेको छ। सबै अबिभाबकहरूले आ-आफ्ना छोरा-छोरीहरूलाई उच्च शिक्षा हासिल गर्ने र गराउने वातावरण मिलाउनु पर्छ।

उच्च शिक्षा हासिल गर्ने उद्धेश्य लिएर पढ्ने विद्यार्थीलाई कुनै पनि राजनैतिक पार्टीमा नलाग्न र आबद्ध नहुनका लागि प्रेरित गर्नु र गराउनु अति नै आबश्यक छ। कुनै पनि विद्यार्थीको प्रमुख उदेश्य भनेको शिक्षा प्राप्ति गर्नु हो न कि कुनै राजनैतिक पार्टीको कार्यकर्ता।

गोर्खा भर्ती केन्द्र मुख्यत: बेलायतको शाही गोर्खा राईफलमा भर्ती गराउने नै हो भने शिक्षित नेपाली युबाहरुलाई साधारण सिपाहीमा मात्र किन भर्ती गराउने ? बेलायती नागरिकले सरह नेपाली युबाहरूले पनि कम्तिमा सेकेन्ड लेफ्टिनेन्टमा भर्ती हुन किन नपाउने ? नेपाली नागरिकले पनि बेलायती सेनाको उच्च तह जस्तै: लेफ्टिनेन्ट, ब्रिगेडिएर, कर्नेल र जनरलसम्म किन हुन नपाउने भन्ने आवाज खोइ कस्ले उठाउने?

यदि बेलायतको शाही गोर्खा राईफलमा आबद्ध नेपाली नागरिकहरू ती उच्च पदसम्म पुग्न नपाउने हो भने साधारण सिपाहीको लागि त्यो पनि जहाँ जहाँ अशान्ति भैरहेको छ ती देशहरुमा अर्काको देश बेलायतको तर्फबाट किन युद्धमा होमिन पठाउनु पर्‍यो?

यो कुरा सत्य हो कि बेलायती सेनामा भर्ती भैइयो भने स्वदेशको तुलनामा राम्रो आम्दानी गर्न सकिन्छ तर राष्ट्रियता र आफ्नो राष्ट्र प्रतिको स्वाभिमानबाट बञ्चित हुनु परेको कुरा हामीले किन सोच्दैनौ?

पछिल्लो केही बर्ष अगाडिदेखि बेलायत सरकारले पूर्व गोर्खाहरू र तिनका परिवारलाई बेलायतमा बस्न पाउने अधिकार दिएको छ। लगातार साढे चार बर्षसम्म बेलायतमा बसोबास गरेपछि त्यहाँको नागरिकता प्रदान गरिने प्राव्धान पनि गरेको रहेछ। तर अफसोचको कुरा बेलायती नागरिक हुनको लागि नेपाली नागरिकता त्याग्नु पर्ने हुन्छ। सबै पूर्व गोर्खाहरू र बर्तमान बेलायती शाही गोर्खा राईफलमा कार्यरत सबै नेपाली सेनाहरूले बेलायत मै बस्न पाउने अधिकार पाएपछि नेपालको अर्थतन्त्रमा कसरी बिकास हुने भयो त?

सबै गोर्खाली उतै बेलायत बस्ने भएपछि नेपालमा रेमिट गर्ने शून्य हुने भयो। ब्यक्तिगत फाइदाको लागि मात्रै सोचेर यो गोर्खा भर्ती केन्द्रलाई निरन्तरता दिने हो भने त मेरो भन्नु केही छैन। तर नेपाल राष्ट्रप्रति बफादार हुनुहुन्छ भन्देखिन, नेपाल राष्ट्र प्रति स्वाभिमानी हुनुहुन्छ भन्देखिन र राष्ट्र निर्माणप्रति तपाईंको पनि चिन्ता छ भन्देखिन अर्काको राष्ट्रको सेवक बन्न कुनै पनि नेपाली नागरिकलाई स्वफूर्त इच्छा नहुनु पर्ने, कि कसो त?

धन्यबाद !

(लेखक नेपाल आदिवासी जनजाति महासंघ, राष्ट्रिय समन्वय समिति, साउदी अरेबियाका अध्यक्ष हुनुहुन्छ)

Popularity: 4%

3 comments January 11th, 2012

अप्ठेरोको साथी हाइली ट्रष्टेड कलेज

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लन्डन । बेलायत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा केही वर्षयता बारम्बार ल्याइरहेको ‘कष्टकर’ नियमले धेरै अन्तर्राष्ट्रिय विद्यार्थी मारमा छन्। नयाँ परिवर्तित नियमले असहज स्थिति सृजना गर्दै लगेको छ। धेरैमा आफ्नो शैक्षिक भविष्यबारे अन्यौलता पनि थपिएको छ। यो प्रताड्नाबाट नेपाली विद्यार्थी पनि अछुतो छैनन्।

नयाँ कष्टकर नियम आइसकेपछि त्यसलाई सामना गर्नुको विकल्प रहेन। जो उच्च शिक्षा लिने, केही नयाँ कुरा सिक्ने वा अनुभव लिने अभिलाषाले बेलायत आएका छन्, तिनीहरुका लागि सम्भावनाको ढोका अझै खुल्ला छ। हो, कमाउने सुरमा मात्र बेलायत भासिनेका लागि अब दिन सुनौलो रहेन तर बेलायतको डिग्री साथमा बोकेर स्वदेश फर्कंदा आफ्नो करिअर बन्ने वा अन्य मुलुक जान इच्छा भए त्यो बाटो पनि खुल्ला हुने सोच भएका विद्यार्थी अझै आत्तिनुपर्ने अवस्था छैन। बेलायत सरकारलाई अध्ययनमा दृढ संकल्प हुने जेहन्दार र तेज विद्यार्थी अझै पनि खांचो छ।

वर्तमान असहज परिस्थितिमा धेरै निजी कलेजहरु बन्द हुने अवस्थामा पुगेको तीतो यथार्थता हामी सामू छ। प्राय गरि ‘ए’ र ‘बी’ रेटेड निजी कलेजहरुको भविष्य अन्धकार छ, कति बन्द भइरहेका छन् भने बन्द हुने ‘लिष्ट’ मा धेरै छन्।

यस्तो अवस्थामा आफ्नो अध्ययनलाई निरन्तरता दिन हाइली ट्रष्टेड कलेज नै उपयुक्त विकल्प बन्न सक्छ। तर, हाइली ट्रष्टेडको खोजीमा कहाँ जाने? महंगो पो छन् कि? ‘रिक्वायरमेन्ट’ नपुग्ने हो जस्ता अनेक जिज्ञासा विद्यार्थीमा आउनु स्वभाविकै हो । यसमा चिन्तित हुनुपर्दैन् । अहिलेको अप्ठेरोका बेला सहयोग गर्न हाइली ट्रष्टेड साउथ लन्डन कलेज लालयित रहेको उसले जनाएको छ अर्थात विद्यार्थीको अप्ठेरोको साथी बन्न तयार देखिन्छ सो कलेज। अध्ययनको महत्वकांक्षा छ तर नयाँ नियम, साथीभाईले कलेजबारे सुनाउने विविध भ्रम र तनावले आक्रान्त भएको अवस्था छ भने साउथ लन्डन कलेजले आत्मादेखि नै विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने वचन दिएको छ । कलेज प्रशासनकै शव्दमा ऊ जेहेन्दार, इमान्दार र अध्ययनमा दत्तचित्त भएर लाग्ने विद्यार्थीलाई हरदम सहयोग गर्न आतुर छ।

सन् २००६ मा स्वास्थसंग सम्बन्धित कोर्सहरु पढाउने परिकल्पनासहित सन् २००७ मा साउथ इष्ट लन्डनमा खुलेको साउथ लन्डन कलेज (एसएलसी) ले सन् २००८ मा विजनेश, आइटी र अंग्रेजी कोर्सहरु शुरु गर्‍यो । सन् २००९ मा साउथ लन्डन विजनेश अवार्डस कार्यक्रममा ‘फाइनलिष्ट’ सम्म पुगेको सो कलेजसंग त्यतिबेला केवल ३ सय विद्यार्थी थिए। गुणस्तरिय शिक्षा, यथेष्ट भौतिक पूर्वाधारहरु, आधुनिक शैक्षिक प्रणाली आत्मासात गर्दै कलेज सन् २०१० मा ‘हाइली ट्रष्टेड कलेज’ सूचीमा दरियो भने साउथ लन्डन विजनेश अवार्डस्मा पुनः छानियो। अहिले ‘क्यूएए’ मान्यता लिन लागिपरेको सो कलेजको निवेदन ‘क्यूएए’ ले स्वीकार गरिसकेको छ।

यसमा हाल १५ सय अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् । सन् २०१२ को प्रारम्भसम्म २ हजार विद्यार्थी पुर्‍याउने कलेजको लक्ष्य छ।

‘निजी कलेजहरुको भविष्य अन्यौलतर्फ लागिरहंदा हामी विद्यार्थीलाई विश्वस्त दिलाउन चाहन्छौं कि यहाँ गुणस्तरिय शिक्षा र विद्यार्थीहरुको शैक्षिक भविष्य सुरक्षित छ’-एसएलसीका प्रिन्सिपल निक एन्डि्रयूज भन्छन्-’अहिलेको प्रतिष्पर्धात्मक विश्वमा विद्यार्थीको ज्ञान, सिप अभिवृद्धिका लागि अध्यापन र प्रशिक्षणमा कुनै सम्झौता नगर्ने दृढता हाम्रो छ। हामी मात्र चाहन्छौं वास्तविक विद्यार्थी।’

इजी एक्सेस्, सस्तो फि, अनुभवी कर्मचारी र प्राध्यापकहरु, आधुनिक र व्यवस्थित लेक्चर कोठा, आइटी सुविधा, पुस्तकालय आदि भएका कारण विद्यार्थी लाभान्वित हुन सक्ने प्रशासनको दावी छ। कलेज उलवीचस्थित गोर्डन स्क्वायरमा प्रिमियम विश्वविद्यालय स्ट्यार्ण्र्डडको सानदार भवनमा सर्दैछ जहाँ रेल र डिएलआर सुविधा छन्। कलेज प्रशासनले यतिखेर इयू र स्थानीय विद्यार्थी भर्नामा जोड दिइरहेको जनाउंदै सन् २०१३ सम्म कम्तीमा ५०० त्यस्ता विद्यार्थी लिने योजना बनाइरहेको जनाएको छ।

कलेजले विजनेश स्टडीतर्फविजनेश म्यानेजमेन्ट (लेभल ४-६), ट्राभल टुरिजम एण्ड हस्पिटालिटी (लेभल ४-६), डिप्लोमा इन लिडरसिप एण्ड म्यानेजमेन्ट (लेभल ४-५), डिप्लोमा इन विजनेश म्यानेजमेन्ट (लेभल ७), आइटी एण्ड कम्युनिकेशन स्टडीतर्फहायर एजुकेशन क्वालिफिकेशन्स् इन आइटी (लेभल ४-६), म्यानेजमेन्ट अफ इन्फर्मेशन सिस्टम्स् (लेभल ४-६), एसीसीए, बीबीए, एमबीए र अंग्रेजी कोर्स उपलब्ध गराइरहेको छ। हेल्थ एण्ड सोसियल वेलफेयर तर्फ कम्प्लीमेन्ट्री मेडिसिन (थेरापिज-लेभल ३), डेन्टल नर्सिङ (लेभल ३), हेल्थ एण्ड सोसियल केयर (लेभल ३), फामेर्सीसर्भिसेस् (लेभल ३), हायर प्रोफेशनल डिप्लोमा इन हेल्थ एण्ड वेल विइङ (लेभल ४) र एक्सटेन्डेन्ड पिजिडी इन लिडरसीप एण्ड म्यानेजमेन्ट इन द हेल्थ एण्ड सोसियल केयर सेक्टर छन।

विद्यार्थी पहिलो प्राथमिकता,सरोकारवाला संस्थाहरुसंगको समन्वय र नीति नियमको परिपालना, सुधारमा निरन्तरता, विश्वव्यापी दृष्टिकोण र लगानीको सही प्रतिफल कलेजका केन्द्रिय सिद्धान्त छन्।

सो कलेजले अन्य विश्वविद्यालय जस्तै लन्डन मेट्रोपोलिटन, मिडलसेक्स् र बक्स् न्यू युनिभर्सिटीसंग साझेदारीमा काम गरिसकेको छ भने आगामी ५/७ वर्षभित्र डिग्री अवार्डिङ दिने अधिकार लिन वा विश्वविद्यालय कलेज स्ट्याटस बनाउन जोड
दिइरहेको पनि जनाएको छ।

Popularity: 4%

Add comment December 11th, 2011

सभासद ढुङ्गेललाई आममाफी सिफारिसको सान्दर्भिकता

अधिवक्ता जगत प्रसाद आचार्य -
उज्जन श्रेष्ठको हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुंगेलको मुद्धा फिर्ता गर्न मन्त्रिपरिषद् बैठकबाट निर्णय गरि आममाफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेबाट आज आम क्षेत्रका जनताहरुमा यस बारेमा चर्चा परिचर्चा भैरहेको छ भने देशको न्यायालय र कानुनी शाशनको उपहास भई रहेको छ।

यसरी ज्यान मुद्धा जस्तो जघन्य अपराधमा सर्बोच अदालतबाट सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णयप्रति पीडितहरुले मात्र हैन नागरिक समाज, मनाबधिकारबादी संस्थालगायत अन्य विभिन्न राजनैतिक पार्टी र निजका भातृसंस्थाहरुले आपत्ति जनाएर आन्दोलनमा उत्रनु स्वाभाविक र सान्दर्भिक रहेको छ।

देशमा यस्तो संस्कारको विकास हुने हो भने भोलि पैसा हुनेले आफ्नो बिपक्षीहरुलाई हत्या हिंसा गराई अन्त गराई सत्ता वा सरकारमा जाने र आफ्नो पक्षमा निर्णय गराउने परिपाटीको विकास हुनेछ र बिस्तारै कानुनी शासनको अस्तित्व समाप्त भई जनताले सदैब डर त्रासमा बस्नु पर्ने हुन्छ। यो सरकारबाट जनताहरुमा धेरै आशा भरोशा थियो, तर आज सत्तामा रहेर देशको कानुनी शासन र न्यायालयमाथि चुनौती दिदै अपराधीहरुलाई संरक्षण र पालन पोषणमा लागि परेको कुरा जनताहरु माझ उजागर गरेको छ।

यस परिप्रेक्षमा मृतक उज्जन श्रेष्ठकी दिदी सावित्री श्रेष्ठको अभियानलाई आज सम्पूर्ण जनताहरुको साथ दिनु जरुरी छ। जसले गर्दा भोलि अरु धेरै सावित्रीहरुले आफ्नो दाजु भाईको हत्याराको बिरुद्ध आवाज उठाउनु नपरोस् र कुनै पनि व्यक्ति, नेता, सभासद वा राजनैतिक पार्टीको कार्यकर्ताहरुले बैचारिक भाबना फरक हुदैमा आगामी दिनहरुमा कसैको हत्या गर्ने दुस्प्रयास नगरोस्। ति पीडितहरु जसले आफ्ना आफन्तहरुको हत्यारालाई कारबाही भई र आफूहरुले न्याय पाउने आशामा कुरिरहेकामा न्याय दिलाउने जिम्मेवार सरकारले नै एउटा अपराधीलाई माफी दिने निर्णय गरेर जनताहरु माझ मुलुकमा कानुन नै नभएको अनुभूति दिलाएर कानुनको खिल्ली उडाउने साहस नगरोस् यसको लागि अब अन्तिम विकल्प भनेको राष्ट्रपतिसंग रहेको हुनाले राष्ट्रपतिले आफ्नो बिबेकको उचित उपयोगमा निर्भर हुनेछ।

२०५५ साल अषाढ १० गते राति घर फकर्दै गर्दा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठलाई ढुंगेलले गोली हानी हत्या गरेका थिए जसले गर्दा सभासद ढुंगेललाई सर्वोच्च अदालतले २०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएकोमा मन्त्रिपरिषद्को मंगलबारको बैठकले सभासद ढुंगेललाई सर्वोच्च अदालतबाट सुनाइएको जन्मकैदको सजाय मिनाहा गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको परिप्रेक्षमा यसलाई स्वीकृत गर्न कतिको उपयुक्त र सान्दर्भिक होला पक्कै पनि सोच्नु पर्ने हुन्छ। जसले गर्दा भबिष्यमा कानुनी राज्य र कानुनको शासनको स्थापित हुनमा यो महत्वपूर्ण नजिर बनोस्।

राष्ट्रपति डा. रामवरण यादवले सरकारको सिफारिस अनुमोदन गर्ने पर्छ भन्ने छैन जुन कुराले देशमा र कानुनी शासनमा चुनौती दिन्छ भने त्यस्तोलाई रोक्नु सम्मानित राष्ट्रपतिको प्रमुख कर्तब्य हुनु पर्दछ। त्यसैले यस्ता किसिमका गलत निर्णयहरुलाई नजिर नबनाई यस्ता बिबादित निर्णय नगर्न सल्लाह सुझाबसहित पुनर्विचारको लागि मन्त्रिपरिषदमै फिर्ता पठाई राष्ट्र प्रमुखको भूमिका निभाई दिनु हुनेछ भन्नेमा सम्पूर्ण राष्ट्रभक्तहरुको आवाज हुनुपर्दछ।

व्यक्ति हत्याको अभियोग लागेका सभासद ढुंगेलको मुद्धा फिर्ता लिएर जुन हर्कत सरकारले तत्काल देखायो यसले सरकारको आयु समाप्त गर्दै छ भने कानुन ठूलाबडालाई लाग्दैन र कानुन भनेको समान छैनभन्ने देखाउछ। त्यसले यस्ता धेरै अपराधीहरु छन् जो विभिन्न बहानामा सजाय भोगी रहेकाछन् जसमा सर्बसाधारणदेखि पूर्वमन्त्रीसम्म सबैमा समान कानुन लागु हुनु पर्दछ जो अदालतले निर्णय वा फैसला गरेको छ। हो, आज माओवादी र सरकारले भने जस्तै शान्ति सम्झौता हुनुअघि भएका घटनालाई आधार मानेर मुद्धा लगाउन नमिल्ने भनि कानुनी राज्यको उपहास गरि दण्डहीनतालाई प्रश्रय दिने हो भने भोलि यस्ता धेरै राजनैतिक पार्टीले जनताहरुलाई आफ्नो पक्षमा पार्न साम, दाम, दण्ड, भेद सम्पूर्ण नीति अबलम्बन गरि समाजलाई तहस नहस गरि सत्तामा पुगी यसरी नै आममाफी दिलाई न्यायपालिकाको धज्जी उडाउने परिपाटीको विकास हुनेछ।

त्यसैले अब सम्पूर्ण देश विदेशका जनताहरुले एकै आवाजमा यस्तो गलत परिपाटीको बिरोध गर्नु पर्ने हुन्छ। र राष्ट्रपतिलाई खबरदारी गर्नु पर्दछ जसले गर्दा देशमा सभासद वा माथिल्लो पदमा भएकै नाताले सर्वोच्च अदालतले गरेको फैसलामाथि आगामी दिनमा कसैले चुनौती नदियोस् चाहे त्यो राष्ट्र प्रमुख वा सरकार प्रमुख नै किन नहोस् त्यसो भएको खण्डमा देशमा कानुनी शासन स्थापित हुने र कानुनप्रति जनताहरुमा विश्वास भई लोक कल्याणकारी राज्यको अबधारणा सार्थक हुनेछ।

हालः दुबई, युएई

Popularity: 5%

Add comment November 10th, 2011

प्रथम नारी उपन्यासकार अम्बालिकादेवी

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
अम्बालिकादेवी सानैदेखि तीक्ष्ण थिइन् । उनी मिलनसार पनि थिइन् । उनी अर्काको सेवामा पनि जुट्थिन् । यी सबैभन्दा महत्त्वपूर्ण कुरा उनी ज्यादै सुन्दरी थिइन् । उनी तनकी मात्र सुन्दरी थिइनन्, मनकी पनि सुन्दरी थिइन्।

वास्तवमा उनी जति राम्री थिइन् त्यति नै राम्रो विचारकी कुबेर थिइन्। यी सबै बेहोरा जोडिएर उनी चर्चित भइन्, प्रसिद्ध भइन् र अन्ततः अमर पनि भइन् । एउटै उपन्यास ‘राजपूत रमणी’ लेखेर नेपाली भाषासाहित्यमा सबैभन्दा अगाडि उभिने उपन्यासकार नै अम्बालिकादेवी भइन्।
अम्बालिकाको जन्म संवत् १९५१ साल जेठ ८ गते काठमाडौंको मखनटोलमा भएको थियो । उनी एककृष्ण नेपाल तथा रत्नकुमारीका सात छोरीमध्ये माइली छोरी थिइन् । एककृष्ण नेपाल राणाकालीन सुब्बा थिए । त्यति बेला नेपालपरिवारको सामाजिक मानमर्यादा पनि ठूलै थियो । त्यतिमात्र होइन, नेपालकी सासू अर्थात् रत्नकुमारीकी आमा देवकुमारी कोइराला श्री ५ पृथ्वीवीरविक्रम शाहकी धाईआमा थिइन् । त्यति बेला कोइराल्नी बज्यै भन्नु पनि स्वयम्मा प्रख्यात नाउँ थियो । त्यसैले अम्बालिकाको माइती नेपाली परिवेशमा एउटा सम्पन्न परिवार थियो।

अम्बालिकादेवीको बाल्यकालको नाउँ पुतली थियो किनभने सानामा उनी बिछट्टै राम्री थिइन् । ती राम्री बालिकाको बिहे सात वर्षको उमेरमा भएको थियो । अर्थात् भारतको विहार रामनगरका अम्बिकाप्रसाद उपाध्याय (पौडेल) सँग यिनको लगनगाँठो कसिएको थियो । त्यसपछि यिनको नाउँ त्यसताकाको प्रचलनअनुरूप आफ्ना पतिको नाउँमा मिलाएर ‘अम्बालिका’ राखियो।

अम्बालिकादेवीका पति पण्डित अम्बिकाप्रसाद उपाध्यायले एमए,बीएल पढे । उनी विहार र उडिसाको हाईकोर्टका वकिल थिए । त्यहाँका वकिलहरूमध्ये उनी निक्कै नामी वकिल थिए । भारतमा वकालत गर्ने नेपाली मूलका प्रथम वकिल उनी नै थिए । भारतमा नेपालीको कीर्ति राखेका कारण श्री ३ महाराज चन्द्रशमशेरद्वारा अम्बिकाप्रसादलाई बधाईपत्रसमेत प्राप्त भएको थियो । अम्बिकाप्रसाद उपाध्यायले नै ‘नेपालको इतिहास’ पनि लेखे । ‘नेपालको इतिहास’ लेख्ने प्रथम नेपाली इतिहासकार पनि उपाध्याय नै हुन् । यिनको ‘नेपालको इतिहास’ पहिलो संस्करण संवत् १९७९ मा प्रकाशित भएको थियो । त्यति बेला उपाध्यायको बौद्धिकता अत्यन्तै परिमार्जित थियो । उनी नेपालबाट भारततर्फ लागे तापनि उनको छाती, उनको शिर र उनको बोली नेपाली नै थियो । उनी चरित्रवान्, नैतिकशील र पत्नीभक्त थिए । उनी आफूभन्दा ठूलाका आज्ञाकारी थिए र सानालाई अपार माया गर्थे । उनकै मायाको छाता ओढेर अम्बालिका पनि फक्रेकी थिइन् । साँच्चै भन्ने हो भने बिहे भएपछि नै अम्बालिकाको अर्को सुखद संसार परिचालित भएको थियो । अम्बालिकाको विश्व नै उनका पति थिए; किनभने अम्बिकाप्रसाद उपाध्यायले पनि आफ्नो ब्रह्माण्ड नै आफ्नी पत्नीमा केन्द्रित गरेका थिए।

अम्बालिकादेवीले घरैमा पढिन् । उनलाई सानैदेखि अङ्ग्रेजीको ज्ञान पनि प्रदान गरिएको थियो । पटनामा यिनीहरूको हैसियत पनि ठूलै थियो । त्यसैले यिनलाई विभिन्न विषय पढाउन शिक्षकशिक्षिका यिनका घरैमा आउँथे । त्यस बेला यिनलाई अङ्ग्रेजी पढाउन मिस रोज पनि आउँथिन् । मिस रोज साइकलको घन्टी बजाउँदै अम्बालिका मन्दिरमा पसिनसक्तै अम्बालिकादेवी श्रृङ्गारका साथ सुसज्जित भएर बैठककोठामा बसिसकेकी हुन्थिन्।

अम्बालिकादेवीकी कान्छी बहिनी भुवनेश्वरी ढुङ्गेलका अनुसार “अम्बालिका हरेक विषयमा पारङ्गत थिइन्, पढाइलेखाइमा पनि उनको विशेष रुचि थियो। उनी कुँदेर राम्रा अक्षर लेख्ने गर्थिन् । उनका अक्षर मोतीका दानाझैँ छरिता हुन्थे । उनलाई खाना पकाउनेदेखि पाहुनालाई सत्कार गर्नेसम्मको सोख थियो । उनी जसरी नेपाली बोल्थिन्, त्यसरी नै हिन्दी पनि फरर बोल्न सक्थिन् । साथै उनी अङ्ग्रेजसँग अङ्ग्रेजीमा पनि कुरा गर्न सक्थिन्।”

शरीरको ढाँचाको कुरा गर्ने हो भने अम्बालिकाको अनुहार नै धपक्कै बलेको देखिन्थ्यो । लामो कपाल, ठूला आँखा, सुलुक्क परेको नाक, सुन्तले ओठ र स्याउझैँ गाला अम्बालिकाको मुहारको बनोट थियो । उनी खाइलाग्दी र हृष्टपुष्ट देखिन्थिन् । उनी हरेक दिन राजसी ठाँटमा सिँगारिन्थिन् । सिँगारपटारमा पनि उनको विशेष सोख थियो । बाहिरका कुनै मान्छे घरमा आउँदा उनी सिँगारिएर मात्र खोपीबाट निक्लिन्थिन् । शरीरमा गरगहना र पहिरनमा पनि उनको विशेष अभिरुचि थियो । उनको टाउको, घाँटी, नाक, कान, पाखुरा र खुट्टा जतासुकै सुन, चाँदी, हीरा र मोतीका गहनाले नै ढाकिएको हुन्थ्यो । घरबाहिर निस्कँदा उनी सिँगारिएर झनै झकिझकाउ भएर हिँड्थिन्।

अम्बालिकादेवीका परिवारको स्थायी बसोबास भारतको पटनामा थियो । तर यिनीहरू हरेक वर्ष कोलकाता पनि जाने गर्थे । डुल्न जाँदा पनि यिनीहरू राजसी पारामा नै हिँड्थे । यिनीहरूले यात्रा गर्दा रेलस्टेसनमा पं.अम्बिकाप्रसादकै नाउँ लेखिएको रेलको डिब्बा अर्थात् बग्गी आउँथ्यो । एकपटक यिनीहरूको ठाँट देखेर श्री ३ चन्द्रशमशेरकी रानी बालकुमारीले भनेकी थिइन् “बाहुनहरूको पनि यस्तो फूर्ति हुँदो रहेछ ।” वास्तवमा अम्बालिकादेवीका परिवारको हैसियत विशिष्टताको नमुना नै थियो । उनीहरू धनी भएर पनि दिलदार थिए । उनीहरू पैसा कहाँ खर्च गर्नुपर्छ भन्ने हिसाबमा पनि पारङ्गत थिए । त्यसैले उनीहरू गर्मी याममा कहिले दार्जिलिङ, कहिले सिमला, कहिले मुसुरी र कहिले नैनीताल पुग्थे । भ्रमण गर्नु पनि अम्बालिकादेवीको विशेष रुचिको विषय थियो।

अम्बालिकादेवी खानपिनकी पनि सौखिन थिइन् । धनीहरूले खाने हरेक खान्कीलाई उनी कलात्मक रूपमा प्रयोग गर्थिन् । मदिरासेवनमा चाहिँ उनको मन पुगेन । चुरोट खानमा चाहिँ उनी सौखिन नै थिइन् । उनी हात्तीको दाँतबाट बनाइएको पाइपबाट चुरोट तान्थिन् । उनको चुरोट खाने कुल्पीको माथिल्लो भाग पनि सुनले मोरेको हुन्थ्यो । त्यस बेला उनले खाने चुरोट पनि बेलाइती हुन्थ्यो।

अम्बालिकादेवी सामान्य रूपका लुगाफाटा लाउँदिनथिन् । उनका लुगाफाटा विशेष गरी बर्म्बईबाट नै बनिबनाउ भएर आउँथे । उनको चोलीको नमुना पनि बेग्लै हुन्थ्यो र सारीको फेर पनि बेग्लै पारी गाँसेर बनाइएको हुन्थ्यो । उनी एकपटक लगाएका लुगा एक वर्षअघि दोहोर्याएर लाउँदिनथिन् । उनका लुगाफाटा र जुत्ताचप्पल राख्ने बेग्लाबेग्लै कोठा हुन्थे । यिनका घरमा लुगाफाटाका बेग्लै, जुत्ताचप्पलका बेग्लै र गरगहनाका बेग्लै नोकर हुन्थे । यिनका भान्सामा पनि बेग्लाबेग्लै पाकका प्रखर मान्छे हुन्थे । यिनका घरमा हरेक विषयका बेग्लाबेग्लै कारिन्दा हुन्थे।

भित्र कोठामा पङखाका लागि डोलो काठमा कपडा बेरेर त्यसमा ठूलो झल्लर झुन्डयाइएको हुन्थ्यो । त्यस काठका दुई पट्टि मोटो डोरी बाँधिएको हुन्थ्यो । त्यसलाई कोठाको माझमा झुन्डयाएर ती डोरीहरू चाहिँ प्वालबाट छिराएर बाहिर लगिएको हुन्थ्यो । त्यति बेलाको प्रचलनअनुसार यी भित्र कोठामा सुत्ता बाहिरबाट नोकरले पङखा तान्थे । यिनका घरका सबै नोकरचाकर र ड्राइभरदेखि रिक्सावालासम्मको एकनासको लुगा (युनिर्फम) हुन्थे । घरमा भएका सबै मान्छे अत्यन्तै अनुशासित हुन्थे । त्यतिखेर यिनका घरमा नोकरमात्रै दस जना थिए।

अम्बालिकादेवी आफै पनि ऐना हेरेर अघाउँदिनथिन् । आफ्नो अनुहार र शरीरप्रति यिनलाई ठूलो गर्व थियो । यी प्रायः महिना दिनमा एउटा फोटो खिच्ने गर्थिन् । त्यतिखेर भारतमा रङ्गीन फोटो खिच्ने चलन नभएकाले यिनी आफ्नो फोटो धुन फ्रान्स पठाउँथिन् । यिनको अर्को सोख बेलायती कुकुर पाल्ने पनि थियो । यी कुकुरलाई पनि मान्छेलाई जत्तिकै माया गर्थिन्।

अम्बालिकादेवीको बोलाइमा मीठोपना थियो । उनको स्वर पनि त्यस्तै सुरिलो थियो । उनी घरमा बसेका बेला प्रायः गीत गाउँथिन् । उनी हिन्दी गीत पनि गाउँथिन् र कहिलेकाहीँ नेपाली गीत पनि गाउँथिन् । सालको झन्नै एकपटकचाहिँ यिनले गीत गाउने बेलामा त्यस ठाउँमा बाजागाजा पनि जुट्ने गर्थे । उनी गीतसङ्गीत भनेपछि मरिमेट्थिन् । त्यतिमात्र होइन; उनी नेपाली संस्कृतिका हरेक परम्परालाई आफ्ना घरमा लागू गर्थिन्।

अम्बालिकादेवीलाई आफ्नो शरीर सजाउने जतिको रहर थियो घर सजाउन पनि उनी त्यत्तिकै दत्तचित्त हुन्थिन् । उनी अङ्ग्रेजी किताब हेरीहेरी बेलायती ढाँचामा आफ्नो घर सजाउने गर्थिन् । यिनको घर विविध सुन्दर सजावटका सामग्रीले भरिएको हुन्थ्यो । घरबाहिरको फूलबारी र घरभित्रको थप साजसज्जाले यिनको घर पटनाका घरहरूमध्ये राम्रो घरमा गणना हुन्थ्यो।

अम्बालिकादेवी कथा र उपन्यास पढ्न पनि पारङ्गत थिइन् । कम्तीमा पनि यी साप्ताहिक रूपमा प्रायः दुईटासम्म हिन्दी उपन्यास वा कथासङ्ग्रह पढ्ने गर्थिन् । उनी इतिहास पढ्न पनि मन पराउँथिन् । पुस्तक पढ्ने क्रममा अम्बालिका पुराना पुस्तक पढ्दिनथिन् । उनी पुस्तक पसलबाट नयाँनयाँ किताब किनेर ल्याई पढ्ने गर्थिन् । उनकी काहिंली बहिनी सुशीलाकी छोरी बुलु शर्माका अनुसार त्यही क्रमले यिनको उपन्यास र कथाका पुस्तकहरू राख्ने अर्को कोठा बनाइएको थियो । कोठाका दराजमा यिनले प्रायः पढी सिध्याएका उपन्यास र कथासङ्ग्रहमात्रै दुई हजार पुगेका थिए । कथा र उपन्यास पढ्दापढ्दै र सिनेमा हेर्दाहेर्दै यिनलाई पनि लेख्न मन लाग्न थाल्यो । त्यसैले यिनले कविता, गीत र कथा पनि लेख्न थालिन् । तिनैताका यिनको शरीर अस्वस्थताको चरमचुलीमा पनि पुगेको थियो । आफू अस्वस्थ भए पनि यिनले उपन्यास लेखिन् ‘राजपूत रमणी’ । त्यस उपन्यासको आवरणपछिको भित्री पृष्ठमा यिनले आफ्नो फोटो राखिन् । वास्तवमा आफ्नो विचार र आफ्नो अनुहार जनसमक्ष पुर्याउने यिनको इच्छा थियो । त्यसैले यिनले सन् १९३२ मई १ तारिक (संवत् १९८९ वैशाख १९) मा भूमिका लेखेर ११५ पृष्ठमा आबद्ध ‘राजपूत रमणी’ (ऐतिहासिक उपन्यास) नेपाली साहित्यको मन्दिरमा चढाइन् । अम्बालिकाले यस उपन्यासलाई एक शिक्षाप्रद ऐतिहासिक कथा भनेकी छन् । बनारसको जनरल ट्रेडिङ कम्पनीबाट सन् १९३२ सितम्बरमा यो उपन्यास पं.ईश्वरीप्रसाद उपाध्यायले प्रकाशित गराए । नेपाली साहित्यमा नारीहरूको औपन्यासिक परम्पराका प्रसङ्गमा भन्ने हो भने अम्बालिका नै प्रथम नेपाली उपन्यास लेखिकामा अभिलिखित भइन्।

एउटी सुन्दर भावनाकी धनी, सुन्दर तनकी धनी र आर्थिक हिसाबले पनि त्यत्तिकै धनी अम्बालिकादेवी शारीरिक रूपमा क्रमशः अशक्त हुँदै गइन् । वास्तवमा किशोरावस्थाको साँध काटेपछि उनी क्रमशः शारीरिक पीडाले व्यथित हुन थालिन् । बीस वर्ष काटेपछि उनी बिस्तारै कुँजी हुन थालिन् । उनका भान्जा मदनमणि दीक्षितका अनुसार उनका दुवै खुट्टा क्रमशः नचल्ने भए । उनको कम्मरभन्दा मुनिको भाग नै अशक्त हुँदै गयो । राम्री भएर पनि उनी नराम्रो रोगको शिकार भइन् र धनी भएर पनि उनी रोगबाट मुक्त हुन सकिनन् । तर उनी जतिसुकै कुँजी भए तापनि उनका पति भने उनकै वरिपरि घुम्थे, उनकै मनमा थकाइ मार्थे र उनकै मस्तिष्कमा अटल रहन्थे । अनि उनीहरुका सन्तान चाहिं थिएनन्।

अम्बालिकादेवी आफ्ना खुट्टा नचले तापनि आफू कुर्सिमा बसेर टेबुलमा खाना पकाउँथिन् । घरमा जतिसुकै नोकरचाकर भए तापनि उनी आफैले पकाएको परिकार आफ्ना पतिलाई खुवाउँथिन् । खाना पकाउने आफ्नो विशेष रुचिका कारण उनी अशक्त अवस्थामा पनि मीठामीठा परिकार पकाउँथिन्।

अम्बालिकादेवी किनमेल गर्न आफै बजार जान्थिन् । नोकरचाकरलाई पनि बजार गएको बेला थप खर्चबर्च दिन्थिन् । पछि आफू अपाङ्ग भएपछि हृवील चियरमा भए पनि उनको बजार जाने क्रम रोकिएन । घरघरायसी काममा जेजति खर्च हुन्थ्यो त्यो सबै उनी डायरीमा मितिसहित टिप्ने गर्थिन्। वास्तवमा उनी सानैदेखि दैनिक खर्चको हिसाब लेख्थिन् र यो रीत उनले जीवनभर पालन पनि गरिन् । कतिसम्म भने आफू दिवङ्गत हुने अघिल्लो दिनको डायरीमा पनि उनको खर्चको दैनिकी लेखिएको थियो। त्यसै डायरीको अर्को पानामा भोलिको खर्च लेख्नका लागि मितिसमेत लेखिएको थियो। तर उनको जीवनमा त्यो भोलि आउँदै आएन।

अम्बालिकादेवी सिनेमा हेर्न पनि एउटा सानो बथान लिएर जाने गर्थिन्। प्रायः साप्ताहिक रूपमा फिल्म हेर्ने उनको तालिका हुन्थ्यो। मोटरबाट ओर्लेपछि ह्वीलचेयरमा पर्दा लगाएर उनलाई सिनेमा हलभित्र प्रवेश गराइन्थ्यो। सिनेमा हलमा पनि उनका लागि बेग्लै विशिष्ट कक्ष हुन्थ्यो। उनले सिनेमा हेर्ने भनेपछि त्यो कक्ष पनि विशेष रूपले सजाएर राखिएको हुन्थ्यो।

अम्बालिकादेवीको पूजाआजामा पनि विशेष रुचि थियो । जुनसुकै देवीदेवताका मन्दिर जानुभन्दा अघि यी नुहाएर, चोखा कपडा लगाएर प्रवेश गर्थिन्। उनी जुन काम गर्नु छ त्यसमा सफल हुन्थिन्। साथै मान्छेले जे गर्नु छ त्यो काम मन, वचन र कर्मले गर्नुपर्छ भन्ने धारणा उनी राख्थिन्।

अम्बालिकादेवीको रोग निदान गर्न अम्बिकाप्रसाद उपाध्यायले हरेक जुक्ति गरे। उनले मुम्बईका एक जना जान्ने मान्छेको नाउँ सुने। त्यसैले पटनाबाट मान्छे खटाएर उनले बम्बईबाट डाक्टर झिकाए। अब्दुल रहमान नामक डाक्टर मुम्बईबाट पटना आए। उनी तान्त्रिक विधिले उपचार गर्थे। सास भइन्जेल आश हुन्छ भन्ने हिसाबले डा. रहमान पनि अम्बालिकाको जीवनको उद्धार गर्न लागिपरे। उनले अम्बालिकालाई औषधी खुवाउँथे र उनका खुट्टा सोझ्याउन खोज्थे। केही दिन उपचार गरेपछि डा. रहमानले पनि हारे।

अन्ततः उपचारका क्रममा अम्बालिकाको चोला उठ्यो। उनी १९९३ सालको पुस १ गते पटनामा स्वर्गीय भइन्। उनको स्वर्गारोहण भएको पाँच वर्ष बितेपछि उनका पति पनि उनकै पछि लागे। वास्तवमा अम्बालिकादेवी र अम्बिकाप्रसादबीच अपार प्रेम थियो। अम्बालिका बाँचुन्जेल उनीहरू एक रात पनि छुट्टिएनन्।
nai.com.np@gmail.com

Popularity: 5%

Add comment October 9th, 2011

एनआरएन जर्मनीको तित्तो सत्य

विजय मोक्तान-
भनिए, सुनिए र देखिए अनुसार, बाँदरले आफ्नो घर बनाउँदैन र गौथलीले बनाएको गुँड पनि भत्काइदिन्छ। केही समययता गैरआवासीय नेपाली संघ, राष्ट्रिय सम्बन्बय परिषद जर्मनीमा पनि ठीक यस्तैखाले क्रियाकलाप घटित भइरहेछन्।

यही बाँदरे प्रवृत्तिका कारण आज एन आर एन जर्मनी ठूलो संकटको भुमरीमा पर्दै गएको छ। बिगतदेखि हालसम्म पनि नेतृत्वमा व्यक्ति स्वार्थ चुलिँदो छ, जसले गर्दा यसका मूलउद्धेश्य र योजनाहरु छायामा पर्दै गइरहेका छन्। मेरो गोरुको बाह्रै टक्का गर्नेयहाँका नेतृत्वमा रहेका आफूहरुलाई सर्बपरी सम्झिने नेता भनाउदाका कारण हाल यो अफ्ठेरो स्थितिमा पुगेको हो हाम्रो एन आरएन जर्मनी। खैर, जे भएता पनि दोष तपाई हामी आफै मौन बस्नुमा नै छ।

हाल ग्लोबल सम्मेलनको संघारमा आएर संस्थापक रहेको राष्ट्र जर्मनीमा निबर्तमान राष्ट्रियसमन्वय परिषद कमिटीलाई बिघटन गरि नया कमिटी गठन गर्नको निम्ति यहाँका एन आर एन हस्तीहरुलाई सगरमाथाको चुचुरोमा पुग्नु जत्तिकै गाह्रो भएको आभाष मैले देखेको छु। किन कि, जर्मनीका एन आर एन हस्तीहरुको पहलमा एकनिर्वाचन कमिटी तयार पारिएको थियो, जसले प्रजातान्त्रिक प्रक्रिया अपनाएर निश्पक्ष रुपमा निर्वाचन गर्ला भन्ने बिश्वाससमेत गुमाई सकिएका थिए। जुन श्री गणेश गर्ने क्रममा आचार - संहिता माथि नै ठूलो बिबाद उत्पन्न भएको थियो, अनि दिन प्रतिदिन गम्भीर गल्ति गर्दै जानु, फेर बदल गर्नु, अनि जर्मनीवासी सोझा नेपालीहरुको मौनतालाई अनपढ सम्झी हामीमाथि अझ ताण्डव नाच गरी सम्पूर्ण जर्मनवासी नेपालीहरुलाई थाहा नदिई राता-रात केही सिमित व्यक्तिहरुको उपस्थितिमा एकबन्दा कोठा भित्र सहमतिको नाममा दवाव दिदै मनपरी गरि हाम्रो साथीहरुको मतदान गर्ने आधिकार खोसी टिकाबाजी गर्दै उनीहरुले ठूलो भूल गरेका छन्।

गत २९ अगस्तको दिनमा भएको भेला, जसलाई समेत अन्तिम दिन सम्मपनि अन्योलतामा राख्दै कहिले अधिवेशन त कहिले बार्षिक भेला भन्दै आएका थिए अनि त्यो दिन एन आर एन जर्मनीकै एक एतिहसिक दिनको रुपमा परिणत भएको थियो। जसका राम्रा नराम्रा दुवै पक्षहरुबारे व्यापक रुपमा हालसम्म पनि चर्चा भैरहेको छ। २९ अगष्ट २०११ को बर्लिन भेलाले २६ सेप्टेम्बर २०११ का दिन निर्वाचन प्रक्रियाद्वारा नयाँ कमिटी चयन गरिने भनि दिल बहादुर गुरुङ्को संयोजकत्वमा राम थापालगायतको एक निर्वाचन कमिटी खडा गरियो, जसले तुरुन्तै निर्वाचन प्रणाली तयार पार्नु पर्नेमा समय र जर्मनीका एन आर एनहरुको बेवास्ता गर्दै नियतवस् ढिला गरी निर्वाचन आचार-संहिता प्रकाशन १६ तारिख मात्रै गर्यो, जुन आचार- संहिता माथि नै ठूलो बिबाद उब्जिएको थियो। निर्वाचन सम्बन्धि समय-तालिका मनोगत रुपमा थपिएर ल्याएकोमिति हरुको बारेमा स्वयम् आफैहरुमा अस्पष्ट बिचार र मत भिन्नता आएको थिय। उनीहरुद्वारा तयार पारिएको नियमावली सिमित ब्यक्तिहरुलाई मात्र इमेल गरियो। निर्वाचन प्रक्रियामा जानु भन्दापहिले नै सहमतिका निम्ति भेलाहरु डाकिएको खण्डमा अलि मुनासिब देखिन्थ्यो। जसले कुनै एक निकाशको खाका तयारपार्न सकिन्थ्यो होला। तर त्यो आफ्नो र आफ्ना धुपौरेहरुको अनुकुल नहुने देखेर त्यस तर्फ कुनै पहल नै गरिएन। जसको बिरोध गर्दै निर्वाचन कमिटी भित्रकै एक अधिकृतले राजिनामा दिएका थिए। जसमाथि कुनै चासो नै नदेखाई आफूखुशी गर्दै दिल बहादुर गुरुङलाई पनि बेवास्ता गर्दै केवल २ जना निर्वाचन अधिकृतले मात्रै प्रत्यक्ष रुपमा राजनीतिक पार्टीका मान्छेहरुको साहारा लिएर सहमतिको नाममा एक घण्टा भित्र पात्राचार गरिसबै उम्मेदवारहरुको उपस्थिति नहुदा नहुदै पनि, जबरजस्ती सहमतिको नाममा एउटा नामावलीमा सहि गराइयो र सूर्य उदाउननपाउदै फेरी त्यसलाई पनि निर्वाचन कमिटीको कुनै एक व्यक्तिद्वारा मात्रै फेरबदल गरियो र बिभिन्न अनलाइन पत्रिकाहरुका साथैग्लोबलका उपाध्यक्ष जिवा लामीछानेलाई पठाउने काम गरियो। जीवा लामिछाने पनि यसका साक्षि छन्, यसै क्रममा एन आरएन ग्लोबलका अध्यक्ष देवमान हिराचन पनि युरोपको भ्रमणमा रहनु भएको हुदा, एन आर एन जर्मनीको नव गठित कमिटीलाई भेटघाट एबम सपथ-ग्रहण गराउने मौका जुरेको थियो। जसको निम्ति बर्लिनमा एक समारोह राखियो, जुन नया कमिटीलाई शुभ-कामाना र परिचय तथा भेटघाटका निम्ति भनेर, तर फेरी त्यो दिनमा पनि फ्र्यन्फोर्टमा भएको सहमतिको नामावलीभन्दा बेग्लै नामहरु फेरबदल गरियो के यी सबै भएका कुराहरु बिधिबध छन् त ? के यो जर्मनी निवासी नेपालीहरुलाईचित्त बुझ्दो छ त ? या त एन आर एन भनेको टिकेप्रथा, या त गुण्डा-गर्दी, अनुशासनहिन अर्थात् राजनीतिक भाग-वण्डा ? के छ यसको प्रक्रियाहरु ? कुनै यसको सम्बन्धित निकाय छैन ? जसले यस्तो मनपरीतन्त्रलाई साबधान गर्ने ? अनि एन आर एनए आइ सी सी ले यस्तो टिके प्रथा र गलत प्रवृत्तिबाट तय भएको कमिटीलाई कसरी मान्यता दिन्छ, हेर्न बाकीनै छ?

मैले सोचेको थिए, अनुभवी, सक्षम अनि लोकप्रिय साथै भौगोलिक र क्षेत्रिय हिसाबले समिटिएर कमिटी तय गरिने छ।

तर, म गलत रहेछु, जुन हाल टिका थपेर निर्मित नयाँ कमिटीले साबित गरिदिएको छ।

दुईवटा आइ सी सी सदस्य, अध्यक्ष, उपाध्यक्ष साथै बिद्यार्थी प्रतिनिधि लगायत २ जना केन्द्रीय सदस्यहरुकेवल हाम्बुर्गमा मात्रै रहेका छन्, जहाँ एन आर एन जर्मनीका सदस्यहरु अन्य क्षेत्रको तुलनामा अति नै न्यून रहेको छ।

यदि, यसरी नै नियम, प्रक्रिया र बिधान मिच्दै मानो-मानी ढंगले एन आर एन जर्मनी अघि बढ्दै गएकोखण्डमा एनआरएन जर्मनी तपाइँ हामीबिच रहन्छ कि रहन्न ? भन्दै गम्भीर आशंका ब्यक्त गर्दै एन आर एन कोबारेमा चिन्तित चेतनशील बुजुर्गहरु जर्मनीका यत्र-तत्र शहर बजारमा भेटिन थालि सकिएको छ अनि यो केबल ढोंगी समाजमादेखा-सिकी मान-सम्मान र ईज्जतका निम्ती पद, सत्ता र कुर्सिमुखी हुदै, अरुको बुई चढेरमाथि उठ्न खोज्ने र नेपालका पांग्धुरे राजनीतिक नेता-कार्यकर्ताहरुसंग रहँदै आएको चाकडी, नाताबाद र कृपाबाद्लाई शिरोपर गर्दै आफू सम्मान र सम्मनित हुन हु-बहु नेपाली राजनीतिक परिवेशको दलदलमा फसेका कुतत्व, हाम्रा अग्रजहरू जबसम्म सेवामुखी बन्दैनन् तबसम्मएन आर एन जर्मनीले सही र सार्थक निकास पाउने सम्भावना दिवा स्वप्न हो भन्दा फरक नपर्ला। अर्थात् एन आर एन जर्मनी हाँक्ने ड्राइभरहरू कुर्सीमुखी नभई सेवामुखी हुनु अत्यन्तै आवश्यक छ।

(लेखक बिजय मोक्तान नेपाली जनसम्पर्क समिति जर्मनीका महामन्त्री साथै एन आर एन जर्मनीका पालिका आइ सी सीका उम्मेदवार रहेका थिए।)

Popularity: 5%

Add comment October 2nd, 2011

अर्थमन्त्रीलाई सुझाब

अधिवक्ता,जगतप्रसाद आचार्य-
दुबई,युएई

सम्मानीय अर्थमन्त्री बर्षमान पुनज्यू
सादर नमस्कार !!!
आज नेपालको इतिहासमा सबै भन्दा कम उमेरको अर्थमन्त्रीको रुपमा पदासिन भई ठूलो जिम्मेवारी लिनु भएको छ।

अब यो जिम्मेवारीलाई बहन गर्नलाई तपाईको अगाडि धेरै चुनौती र समस्या रहेको परिप्रेक्ष्यमा देशको अर्थतन्त्रमा क्रान्तिकारी नीति लागु गरेर नेपालको आर्थिक अवस्थामा आमुल परिबर्तन गर्नु पर्न गहन अविभारा पूरा गर्न र आर्थिक प्रशासनलाई चुस्त राखी बहुसंख्याक जनताहरुको आँखाको नानी बन्न तपाई सफल हुनु भएमा तपाइले द्वन्दकालमा गरे/भएका गल्तीलाई पनि आम जनताले माफी दिनेछन् भन्न मलाई पूर्ण विश्वास छ।

तसर्थ, जनताको तपाईप्रति भएको आशा र समयले तपाईलाई प्राप्त अर्थमन्त्रीको कार्यभार बहन गर्ने अवसरलाई देशको हितमा कार्य गर्न दलीय भाबनामाथि रहेर बिना पूर्बाग्रह भै माओबादीको मात्र मन्त्री नभएर जनताको मन्त्री बन्नु आवश्यक छ। यदि देशमा आर्थिक क्रान्ति मार्फत समग्र नेपाली जनताको हितमा काम गर्न चाहनु हुन्छ भने सर्ब प्रथम तपाइले चढेको पुरानो गाडी फिर्ता गरेर र तपाइको सचिबले भ्रष्टाचारीलाई किरा परोस भनेर भेष्ट लगएर मात्रै पुग्दैन अब अर्थमन्त्रीबाट नै गैर कानुनी रुपमा सम्पति आर्जन गर्ने,भ्रष्टाचारी, कालोबजरि र ठगी गरेर कमाएको संपूर्ण संपतिलाई कानुनको दायरामा ल्याइ सरकारीकरण गरिनु अत्यन्त आबश्यक छ जसको लागि सुरुवात मन्त्रीस्तरदेखि सभासद,सचिब्, बिभगिय प्रमुख, सरकारी कर्मचारीलगायत उद्योगपति, ब्यापारी,बिभिन्न पेशा ब्यबसायीलाई क्रमशः कानुनी दायरमा ल्याउनलाई सोही अनुसार आर्थिक ऐन कानूनमा परमर्जन गरी लागु गरेको खण्डमा अकल्पनिय सरकारी कोषमा रकम जम्मा हुनेछ। जसले यो कार्यमा स्वस्फूर्त रुपमा आफ्नो संपतिको घोषणा गरी यति रकमको स्रोत नखुलेको हुनाले सरकारी निर्णय अनुसार गरीदिन अनुरोध् गरेमा त्यस्ताको लागि अलग मापदण्ड र अटेर गरेर मिचाह प्रबृति गरेमा त्यसलाई अलग मापदण्ड निर्धारण गर्नु उपयुक्त हुनेछ। यसरी प्राप्त कोषको रकम गरीबी,बिपन्न बर्ग,दैबी प्रकोप,निर्माण लगायतका बिभिन्न सामुहिक हितका परियोजनाहरुमा लगानी गरिने कुराको जानकारी अग्रिम रुपमा आम जनताहृरुलाई सूचित गरी अर्थ मन्त्रालयको १ इमेलमा त्यस्ता ब्यक्तिहरु संबन्धि जानकारी माग गरी त्यसको आधारमा सत्य तथ्य पत्ता लगाइ अगाडी बढेको खण्डमा आम जनताहरुबाट यसको सहयोग र प्रसंशा हुनेछ।

संसारका हरेक बिकसित राष्ट्रहृरुमा बस्ने जनताहरुले आफूले त्यस देशमा काम गरी कमाएको संपतिको निश्चित प्रतिशत रकम करको रुपमा सरकारलाई बुजाउनु पर्छ चाहे त्यसले जतिसुकै आर्जन गरोस र बाँकी रहेको रकम त्यसले आफूखुशी गर्दछ। तसर्थ, हामी नेपालीहरुमा पनि यस्तो भावना हुनु आवश्यक छ ताकि आफूसंग भएको सम्पतिको कारणले रातभरि निन्द्रा नलागी छटपटि नहोस्। यसरी दिनरात हरेक सरकार आएपछि छटपटि भै रहनु भन्दा १ पटक सरकारले यो मिति सम्ममा कमाएको/भएको संपूर्ण संपतिको कसरी बैध हुन्छ भन्ने बारेमा कार्यक्रम आह्वान गरी दिए हुन्थ्यो भनि धेरैलाई चिन्ता भैरहेको हुनसक्छ।

अब सरकारले बिगतमा कमाएको र भएको सम्पतिलाई मापदण्ड तयारी गरी अख्तियार, राजस्व अनुसन्धान, बिशेष प्रहरी, गुप्तचर बिभाग, नेपाल प्रहरी र संपूर्ण जनता सबैको सहयोग लिइ आर्थिक अपराध नियन्त्रण गर्नका लागि प्रभावकारी कदम चाली गैरकानुनी सम्पतिलाई सरकारी कोषमा जम्मा गर्न र त्यस्ता ब्यक्तिहृरुलाई कानुनको दायरामा ल्याउनु र आउने दिनहरुमा यस्ता घटनाहरु दोहोरिन नदिनका लागि अर्थ मन्त्रालय र सरकारले भन्सार,अन्तरिक राजस्व कार्यालय, मूल्य अभिबृद्धि कर कार्यालय(VAT),राजस्व बिभागलगायत सम्पूर्ण क्षेत्रमा सशक्त नियम कानुन लागु गरि नेपाल अधिराज्यमा दर्ता रहेका सम्पूर्ण उधोग, कम्पनी, फर्म र पेशा व्यवसाया सबैलाई इन्टरनेट संजाल मार्फ़त् कर, भ्याट, मालपोत, वाणिज्य बिभाग, उधोग,नगरपालिका सबैमा इन्टर लिङ्कको ब्यबस्था गरि निजहरुले आर्जन गरेको सम्पति वा आयको बिबरणलगायत संपूर्ण कुराहरुको यतार्थता झल्किने ब्यस्था गरिनु नितान्त आवश्यकता छ।

नेपाल राष्ट्र बैंकमार्फत विभिन्न बाणिज्य बैंक तथा वित्तीय संस्थाका प्रबर्द्धक तथा सञ्चालकहरूले खराब नियतले आफन्त र मिलेमतोमा कर्जा प्रवाह गरी बैंक तथा वित्तीय संस्थालाई धरासायी बनाइ आफ्नो फाइदाको लागि खेलेको घृणित कार्यलाई आर्थिक अपराधको रुपमा लिइ निजहरुको अन्य बैक तथा कम्पनीमा रहेको शेयरलाई पूर्णतः रोक्का र जफ़त् हुने कडा नियम अबलंबन गरिनु आवश्यक छ।

नेपालबाट बिदेशमा जाने वा लाने सम्पतिलाई निरुत्साहित गर्दै विदेशबाट नेपालमा आई लगानी व्यापार गर्न चाहेनेहरुलाई नेपालको बिविध क्षेत्रमा लगानी गर्न केही खुकुलो र लचिलो आर्थिक नीति अवलम्बन गरिनु आवश्यक हुनेछ जसले देशको बिकासमा टेवा पुग्ने छ।

आर्थिक आध्यादेशमार्फत ग्रामिण स्तरमा स्थापित १० जना भन्दा बढि कामदारहरुलाई रोजगारी दिने उधोगहरुलाई बढीमा ५ बर्षसम्म आयकर मिनाहा गरी दिएमा ग्रामिण स्तरमा सयौ उधोगहरु खुल्ने लहर आउने छ जसले ग्रामिण स्तरमा हजारौं जनताहरुले प्रत्यक्ष रोजगारी र लाखौ जनताहरुलाई अप्रत्यक्ष लाभान्बित हुने छन्।

तसर्थ, देशको मेरुदण्डको रुपमा रहेको अर्थ मन्त्रालयले देश र जनताको आर्थिक बिकासमा क्रान्तिकारी परिबर्तनलाई ध्यान दिन हो भने अब गैरकानुनी रुपमा रहेको सम्पतिको खोजि र व्यस्थापन,बाणिज्य बैंक तथा वित्तीय संस्थामा निगरानी,ग्रामिण उधोगलाई प्रोत्साहन र आगामी दिनमा प्रगतिशील कर प्रणालीको व्यवस्था गरिनु पर्दछ भन्ने मेरो बिनम्र सुझाब रहेको छ। धन्यवाद

Popularity: 4%

1 comment September 22nd, 2011

हाम्रो सूचनाको हक कहाँ छ ?

कमल राना थारु-
नेपाल सरकारको विभिन्न निकायहरुमा इन्जिनियरिङ्ग अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गरि भर्नाका लागि विभिन्न संस्थानहरुमा धाउदा आदिवासी जनजातिहरुका लागि केही निश्चित आरक्षित कोटाको प्रवधान छ भन्ने पाईयो।

त्यसका लागि विभिन्न सरकारी तथा गैरसरकारी संस्थानहरु जमानत बसेर ग्यारेण्टी लिएको खण्डमा मात्र भर्ना सुनिश्चित हुदो रहेछ त्यसैले मेरा लागि जमानत भनेको पहुँच भन्दा बाहिरको थियो।

आशाको निराशा भएं, यस्ता निराशाजनक अवस्थामा म जस्ता सय भन्दा बढि आदिवासी जनजातिहरु प्रतिनिधी थिए। म जस्तै पाँचजना प्रतिनिधीहरु जो आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान भन्ने सरकारी संस्थाका कर्मचारीसंगको निकटताका कारण उनीहरुको आर्थिक जमानत ग्यारेण्टी उक्त संस्थाले बसिदिएका कारणले उनीहरु पढ्ने सुनिश्चित भयो।

पहिला म जस्ता धेरै प्रतिनिधीहरु जमानत बसिदिनका लागि पटक पटक सोही संस्थामा पुग्यौं तर तिनै कर्मचारीले यसबारेमा प्रावधान नभएको बताउथे। अब यसरी एक त सरकारी संस्थामा प्रवधान नै नभएको एका एक कसरी नीति बन्यो? भने अर्को यस्ता कार्यहरु गर्नु अगाडि हरेक सरकारी निकायहरुले सार्वजनिक सूचना गरेर आव्हान नगरेका कारणले म जस्ता सयौ आदिवासी जनजातिहरु यस्तो अवसरबाट बञ्चित भएका छन्।

यस्तो नीति वा प्रावधान भन्दा बाहिरको काम गर्ने र हाम्रो सूचना पाउनु पर्ने मौलिक हकबाट बञ्चित गर्ने सरकारी कर्मचारी तथा पदाधिकारीहरुलाई के कार्वाही हुन्छ र हामीहरु न्यायका लागि कहाँ जाने? यसरी सरकारी निकायहरुको जवाफदेहिता र पारदर्शिता भएन भने जनता कसरी र केका लागि सरकारप्रति विश्वस्त तथा आशावादी रहने?

कमल राना थारु
र साथीहरु

Popularity: 5%

Add comment September 14th, 2011

बेल्जियम महायज्ञले जन्माएका कागजी दानवीरहरु

शेरसिंह धामी-
कुनै पनि मानब इच्छा बिपरित दबाब र जबरजस्ती जस्ता क्रियाकलाप गर्नु हिंसा, अपराध हुने किटान गर्दै बाचन प्रविण पण्डित पोखरेल महोदयले भेलालाई ज्ञान दिई रहदा संयोजकहरुबाट भने व्यक्तिहरुलाई स्टेजमा बोलाई जबरजस्ती नचाएर दबाबमा पारेर क्षमता भन्दा बेसी दान दिन घोषणा गराउने कार्यहरु पण्डित गुरुको परिभाषा भित्र पर्छ कि पर्दैन?

यसरी जबरजस्ती लेखाएर भोलि रकम प्राप्त हुने ग्यारेन्टी कत्ति छ ? एनआरएन बेल्जियमले घोषणा गरेको दान कसरी प्राप्त गर्ने हो? च्यारिटी शो गरेर, ककसलाई मागेर दिन्छौ भन्ने एनआरएनको आकाशे कुराको विश्वासनियता कसरी गर्ने हो? यस्ता आकाशे खेतीको एनआरएन बेल्जियमले कुरा गर्दा एनआरएन जस्ता गरिमामय संस्थाकै छविमाथि आंच आउछ कि आउदैन? आकाशे खेतीमा पानी पर्ला नपर्ला ग्यारेन्टी नभए झैँ जबरजस्ती घोषणा गराउदै यति उठ्यो उति उठ्यो भनेर कागजी दानवीर बनाइएकाहरुले बोलेका रकमहरु प्राप्त भएको भने हेर्न अझै बाकी नै छ!

नेपालदेखि अमेरिकासम्म थुप्रै मन्दिर, स्कुल, कलेज बनाउन प्रबचनबाट करोडौ रकम उठाइएको समाचार भने सुनिदै आइएको छ। तर योजना पूरा भयो भन्ने चाहि सुन्नमा आएको छैन। बरु दान दिन्छु भनेर बोलेका रकमहरु प्राप्त भएन भन्ने चाहि सुन्नमा आएको छ। अर्को तिर, सात आठ हज्जार दिएर सत्र हज्जार तान्नेहरु, तास जुवा खेलाएर नेपालीले नेपालीलाई टाट पल्टाउनेहरु, नगद नारायणको लागि सबै धन्दा उचित बैधानिक ठानी धन्दाहरु सबै भगवान नारायणको कृपा सम्झी म बाहेक अरु असामाजिक भए भनि नैतिक शिक्षा पढाउन खोज्ने स्वघोषित प्रोफेसरहरुको नै कार्यक्रममा हालीमुहाली रहेको देख्दा भने नेपाल हाउस बनाउने सपनामा प्रशस्त शंका गर्नु पर्ने ठाउँ देखिन्छ।

नेपाल हाउस बनिहालेमा सबैले खुसि मान्नै पर्छ! हुन त लाखेका मकुटहरु, हनुमान ढोकाका आँखी झ्यालहरु, पशुपतिनाथका गजुरहरु नेपाल हाउसमा देखाएर मात्र नेपालीहरुको पहिचान प्रतिष्ठा नहोला। CHINA TOWN , JAPANESE PARK हरुले मात्र विश्वमा उनीहरुको पहिचान परिचय स्थापित भएको होइन होला। पहिलो कुरा त उनीहरुले आफ्नै देश समृद्दिमा पुरयाएको कारणले पहिचान, प्रतिष्ठा पाएको हो भन्ने मलाई लाग्दछ।

यदी हाम्रो देश समृद्द बनाउन सक्यौ भने समृद्रि प्राप्त देशहरुले पहिचानको लागि SWITZERLAND HOUSE , NORWAY HOUSE बनाउन आवश्यक नपरे झैँ नेपालीहरुलाई चिनाउन नेपाल हाउस आवश्यक नपर्ला। यस्ता योजनाहरुले देशमा नुन चिनी, पानी खान नपाएर हैजाले सोत्तर पारिरहेको हाम्रा परिवारहरु, बिभिन्न खाले माहामारीहरुको खोप भ्याक्सिन लाउन नपाई अस्वाभाविक अपांग, मृत्यु हुने हाम्रा दाजुभाई दिदीबहिनीहरु, एक छाक खोले खान नपाई पुरै परिवार आत्महत्या गर्न बाध्य परिवारहरु, किड्नी दानी पाएर पनि ट्रान्सफर गर्न मात्र लाग्ने खर्च नभएर ढलिरहेका होनहार देशका खम्बाहरु जस्ता सहयोग गर्नै पर्ने अनगिन्ति महत्वका बिषयहरुलाइ पनि ओझेलमा नपरोस भनेर सबै सचेत हुन जरुरी देखिन्छ।

बेल्जियममा पनि यस्तै भर्खरै किड्नी ट्रान्सफरको लागि सहयोग मागिएको पर्चा सबैको हातमा परेको हुनुपर्छ। त्यसैले यहाँ नेपाल हाउस बनाउदा नेपालमा हस्पिटल बनाउनु पर्छ भनि जोड दिई देशलाई समृद्दी बनाउने तर्फ दान दिइयो भने दानवीरहरुको अझ कदर हुनेछ।

अन्तमा हामी नेपालीहरुलाई दान दिन पनि प्रबचन, धपाउने भेडा गोठाला आवश्यक नपर्ने गरि मानब हितका लागि स्वबिबेकले स्वस्फूर्त धेरै भन्दा धेरै दान प्रदान गर्ने शक्ति र प्रेरणा मिलोस भन्ने कामना गर्दै दानवीरहरुमा धन्यवाद टक्र्याउन चाहन्छु। सबैको जय होस् !
शेरसिंह धामी
नेपाल
हाल: बेल्जियम !

Popularity: 5%

Add comment September 10th, 2011

बित्यो विद्यार्थीको असार - सुलसुले

सुलसुले / एचकेनेपाल डट कम-
आज सुलसुलेलाई एकाविहानै एउटा अचम्मको समाचारले पिरोल्यो। नेपालकै ठूलो मिडिया हाउसले प्रकाशन गर्ने पत्रिकाले लेखेको रहेछ, ‘नेपालीको झन्डै डेढ अर्ब जोखिममा।’

म एउटा सामान्य विद्यार्थी, अहिले बेलायतमै रहेको नेपालीको कलेजमा पढ्छु, जहां लेखमा उल्लेख भए अनुसार एउटा कलेजमा १२ करोड पचास लाख नेपाली रुपैंया बराबरको लगानी गरिएको रहेछ। ब्रिटिश पाउण्डमा यो रकम करीब १० लाख ९६ हजार हुन आउंछ । यत्रो लगानीको कलेज कस्तो होला ? कलेजको भौतिक पूर्वाधार कस्तो? होला, कक्षा कोठा कस्ता होलान ? को को विद्धानहरु त्यस्ता कलेजका प्राध्यापकहरु कस्ता होलान् ? अनि विद्यार्थीहरुले कस्तो ज्ञान आर्जन गर्लान् ? सर्बप्रथम यस्तो भ्रामक समाचार सम्प्रेषित गरेर कलेज र तिनको सञ्चालकको बित्थामा बिज्ञापन गर्नुभएका पत्रकार मित्रलाई बधाई।

प्रत्यक्ष देख्नुभयो भने म मात्र होइन तपाई पनि अचम्ममा पर्नुहुन्छ, त्यस्तो विज्ञापन गरिएजस्तो कलेजको अवस्था छैन । करीब ८० जनाभन्दा बढि विद्यार्थीहरु भेडाबाख्रा जसरी कक्षामा हुन्छन्। राम्रा कलेजमा विक्न गाह्रो हुने खालका प्राध्यापकहरु नेपालीबाट सञ्चालित कलेजका नामुद प्रिन्सीपल हुन्। प्रायः भारतीय, पाकिस्तानी, बंगाली, श्रीलंकन र अफ्रिकी मुलकाहरुले यी कलेजहरुमा शिक्षा दिइरहेका छन्। बेलायतमा भएपनि कलेको पूर्वाधार नेपालमा रहेका प्लस टु सरह पनि छैनन। कम्प्युटर ल्याब प्राय बन्द, खोलेपनि विद्यार्थीहरुको भिड अनि नचल्ने कम्प्युटर यी केही विशेषताहरु हुन । लाइबे्रेरीमा तपाईलाई किताव उपलब्ध हुन गाह्रो छ । एउटा विषयको २ तीन वटा किताव हुन्छन, पांच दर्जन बढि विद्यार्थी । मुस्किलले किताव भेटेपनि तपाईले डिपोजिट नदिएसम्म किताव पाउनुहुन्न।

एक बर्ष अध्यायनका लागि ट्युसन फि बापत करीब ३ हजार पाउण्ड कलेजमा तिरेको विद्यार्थीले एक हप्ताको लागि किताव लिंदा २५ पाउण्ड डिपोजिट गर्नुपर्नेछ । हेर्नुहोस् तपाई आफैं बुझ्नुहुन्छ, एउटा नेपालीको नामुद भनाउंदा कलेजमा सरदर कति आम्दानी हुन्छ । करीब एकहजार विद्यार्थी छन भन्न ति कलेजका सञ्चालकहरु हिच्किचाउंदैनन । तिनीहरुसंग जनही २ हजार पाउण्ड देखि ३५ सय पाउण्डसम्म असुल्छन्।

बेलायत सरकारले टियरफोर नियम लागू गर्नुभन्दा पहिला यी कलेज व्यवसायीहरुको काम कलेज कुरेर माखा मार्नु जस्तै थियो, एकजना पूर्व विद्यार्थीले सुलसुलेलाइ बताए । अहिले नेपाली सञ्चालकका कलेजहहरु नेपालीकै रगत पसिनाले मोटो गाईमा लागेको किर्ना जस्ता भएका छन्। कलेजको विज्ञापन गर्दा लण्डन शहरका ठूला ठूला भवन देखाइएपनि वास्तवमा कलेज तीन चार कोठामा हुंदो रहेछ।

विद्यार्थीहरुको चापसंगै बेलायतमा रहेका कलेजहरुको आयश्रोतमा बृद्धि भयो । तीन चार कोठाबाट बढाएर अहिले फ्ल्याट तथा सिंगै भवन भाडामा लिएका छन्। एक सय विद्यार्थी नभएका त्यस्ता कलेजहरुमा विद्यार्थीसंख्या अहिले करीब एक हजार भन्दा बढि छ। त्यसमा ८५ प्रतिशत भन्दा बढि नेपाली विद्यार्थी छन्।

टियर फोर लागु हुनुपूर्व एक बर्षको फि ५ सय देखि बढीमा एक हजारसम्म थियो, ति बिद्यार्थीले भने, अहिले त्यहि फि बढाएर दुइ हजार देखि ३५ सयसम्म भएको छ । तपाईहरुलाई थाहै छ, बेलायतमा विद्यार्थीहरुले बिदाको समय काम गर्दा अनिवार्य कलेजको विदा लेटर चाहिन्छ, तर नामुद भनाउंदा केही नेपालीका कलेजहरुले विद्यार्थीहरुलाई कसरी निमोठेका छन, विद्यार्थीलाई अधिकारबाट कसरी वञ्चित गरेका छन्। यो अबधि बिद्यार्थीहरुको पनि असार महिना हो, मानो रोपेर मुरी फलाउने तर अहिले कलेज सञ्चालकहरुले आफ्नो स्वार्थको लागि आफूले विद्यार्थी छंदा विदाभर भांडा माझेको पनि विर्सिए । जुलाई अगस्त र सेप्टेम्बर महिनाभरी प्राय कलेजहरुमा विदा हुन्छ। तर कलेजहरुले विदाको समय विद्यार्थीहरुलाई ठूलो मर्कामा पारेका छन, होलिडे लेटर नदिएर। कामै गर्न नपाएपछि ती विद्यार्थीहरुले कसरी त्यति महंगो फि तिर्लान्? यो भने सेप्टेम्बरको अन्तिमतिर नै थाहा होला।

Popularity: 5%

Add comment July 24th, 2011

कोरियाको इपिएस भिषा र थ्रि डि काम

मञ्जु थापा / एचकेनेपाल डट कम -
सउल, दक्षिण कोरिया नेपाली युवापुस्ताहरुको गन्तव्य बन्दैछ। कोरिया, बहु-साँस्कृतिक र बहु-आयामिक परिचय यो देशसँग जोडिएको छ। उत्तरतिरको रक्ताम्मे रातो प्योङ्याङ र दक्षिणतिर अमेरिकी बुटमुनि समृद्धि, समता र प्रजातन्त्रको लागि निरन्तर संर्घषशील सउल ठूला ठूला गगनचुम्बी भव्य भवनहरु देखेर, नेपालमा बिक्री हुने कोरियन फिल्म र ड्रामाहरु हेरेर देखिने बाहिरी रुपमा सुन्दर शहर आज हाम्रो युवा पुस्ताको लागि पसिना बेच्ने शहर बनेको छ।
नेपालमा जस्तो जहिले पनि लोडसेडिग र अन्धाकारमा बस्नु पर्ने बाध्यता नभएकोले पनि होला कोरियाको “मिराकल इकोनमी” अर्थात अच्चमै लाग्दो आर्थिक प्रगतिले धरैलाई आकर्षित गरिरहेको छ। इपिएस भिषामा नाम निकाल्नेहरु भाग्यशाली चिठ्ठा परेकोमा दंग छन होला। तर कमैलाई थाहा होला- “मिराकल इकोनमी” को पछाडि लुकेको यो देश कहाली लाग्दोगरी “किङ्गडम अफ इण्डष्ट्रियल एक्सिडेण्ट” अर्थात “औद्योगिक दुर्घटनाको राजधानी” भनेर चिनिन्छ। कोरियामा गर्ने काम भनेको थ्रि डि (डेन्जर, डटि एण्ड डिफिकल्ट) अर्थात खतरानाक, फोहोर र कठिन हुन्छ। काम गर्दा औला काटिनु, हात काटिनु अनि सुतेकै अवस्थामा मृत्यु हुनु त यहाँको दैनिकी जस्तो भइसक्यो।

नेपालको आंकडा हेर्ने हो भने दिनहु वैदेशिक रोजगारीका लागि जाने युवापुस्ताहरुको संख्या डरलाग्दो गरी वृद्धि हुदैछ । यस्तै हो भने नेपालमा युवा जनशक्तिको खडेरी नपर्ला भन्न सकिदैन। हाम्रा शिक्षित, अर्धशिक्षित र अशिक्षित युवा- युवतीहरु पनि रोजीरोटीका लागि यतैतिर तानिदै छन्- बेखवर, निर्धक्क † मानौ सबै कुराको सुनिश्चित छ कोरियामा । भएका हाँडा-भाँडा धरौटी राखी-राखी काढिएको ऋण दलालको पोल्टामा खुत्रक्कै खसाली दिएर, कोरियाली नागरिकसंग नक्कली विवाह गरेर होस् वा इपिएस प्रणालीबाट कामदारको भिषामा अरु देशका दुःखी प्रवासी झैं उनीहरु पनि, कारखानारुपी धरापमा आफूलाई होम्दैछन्।

सन् १९९४ को जनवरीमा कोरियाको राजधानी सउलमा गैरकानूनि रुपमा काम गदै आएका प्रवासी श्रमिकहरुको आन्दोलनले तहल्का मच्चायो। श्रमिक हक अधिकारको नारा लगाइ महिनौ दिनसम्म सडकमा नै विताए। नेपाल, बंगलादेश, बर्मा लगायत विभिन्न्न देशका १४ जना औद्योगिक दुर्घटनामा परी घाइते हुनेहरुले लामो समयसम्म सडकमा संघर्ष गरिरहे । कोरियालीहरुलाई हामी प्रवासी मजदुर हौ हामीलाई हाम्रो तलब देऊ, अंगभंग भएका हामीलाई उपचार खर्च र औद्योगिक क्षतिपूर्ति देऊ, मानवविय व्यवहार गर भनी परिचय दिए । कोरियन जनसमुदाय र विभिन्न गैरसरकारी संस्थाहरु सबैले जिज्ञासा राखे के हो त यो प्रवासी श्रमिक भनेको? यसरी ३ महिनासम्म विभिन्न चरणका संघर्षहरु र आन्दोलन गर्दै उनीहरुले कोरियाली सरकारलाई झुक्न बाध्य बनाए।

“प्रवासी श्रमिक भनेको कोरियाको अर्थतन्त्रको मेरुदण्ड हो। यदि कोरियाली सरकार कुनै पनि प्रवासी श्रमिकहरुको विषयमा गंभिर हुदैन भने कोरियाको विकास जुन द्रुत गतिमा अगाडी बढिरहेको छ त्यो रोक्न सक्छौ” भन्ने घोषणा गरेका थिए। यस संर्घषमा सबैले साथ दिए र तत्काल श्रम ऐनमा प्रवासी श्रमिकहरुले पनि कोरियाली सरह समान कामको समान ज्याला र क्षतिपूर्ति पाउने श्रम ऐन बन्यो । प्रवासी श्रमिकहरुले पनि आफ्नो हक केही हदसम्म भए पनि प्राप्त गरे। यो नै कोरियामा प्रवासी श्रमिकहरु भनेर चिनाउने पहिलो र ऐतिहासिक आन्दोलन थियो।

तर दिनहूँ अंगभंग हुनेहरुको संख्या बढ्दो नै छ। हाल सम्ममा प्रवासी कामदारहरु पाँचसय जना भन्दा बढीले आफ्नो अंगभंगको क्षतिपूर्तिका लागि माइग्रेण्ट ट्रेड यूनियन मार्फत श्रम विभागमा मुद्दा दर्ता गराएका छन। इपिएस प्रणालीबाट कोरिया आएको दश दिनमै दुर्घटना व्यहोरेका मनोज थापा आफ्नो भाँचिएको हात र माथि पाखुरासम्म लागेको चोट देखाउदै भन्छन् “प्लाष्टिकको ड्रम बनाउने कारखानामा काम गर्दागर्दै थाहै भएन। ड्रमले च्याप्दै, धकेल्दै लग्यो अनि यो दुर्घटना भयो।” इपिएस प्रणालीबाट आउदा जोखिपूर्ण कामको बारेमा केही जानकारी समेत नदिएको उनले बताए । अहिले उनी आन्याङ्गको एक अस्पतालमा उपचार गराइरहेका छन्। काठमाडौबाट हवाइजहाज चढेर सउल पुग्ने र त्यो डलर फल्ने रुखबाट चाहिंदो डलर पटापट टिप्ने सपना उनमा पनि नभएको होइन। तर दुर्भाग्य भनौ औद्योगिक दुर्घटनामा परी एउटा डलर पनि गन्न नपाउदै उनले ३ महिना अस्पतालमा नै बिताउनु पर्यो । “अब झन के होला र ?” उनी प्रश्न गर्छन्।

त्यसो त फलामको कारखानामा काम गर्दा नाडीमा गहिरो चोट लागेको र सधैको लागि गह्रगो र कठिन काम गर्न नसकेर कारखानामा दुर्घटनामा परेका सोनाम शेर्पालाइ अस्ति मात्र कारखानाबाट साहुले निकाली दिएका छन्। उनले जवानीको जोस र जागर सबै कारखानामा काम गर्दै बिताएका थिए । तर पाखुरा नचल्दा काम छिटो गर्न नसकेका कारण कारखानाबाट निकालिए। मालिकले कुनै मानविय व्यवहार नगर्दा उनी डिप्रेशनमा आएका थिए। यो नियती मनोज या सोनामको मात्र होइन कुनै दिन तपाई हाम्रो पनि हुनसक्छ।

लामो समयसम्म कोरियाको श्रम अदालतमा मुद्दा खेपेका धरानका कुश राई आधा खुट्टा काटेर नेपाल फर्के। राइ प्लाष्टिकको कारखानामा काम गर्दा प्लाष्टिकको दानासंगै उनको खुट्टा पनि पेलिएको थियो। जानेबेलामा उनले “जिन्दगीभर निको नहुने घाउ लिएर जादैछु” भनेर दुखेसो पोखे।

सन् १९९९ बाट कोरियामा काम गर्दै आएका धरानका इश्वर मास्केले पनि ५ दिन अगाडि औद्योगिक दुर्घटनामा परी देब्रेहातका चार ओटा औलाहरु गुमाएका छन्। “सपना जस्तै लाग्छ बेला बेलामा” भन्दै उनी हातका औलाहरु नियाल्छन्। जम्मा जम्मि एउटा बुढि औलामात्र सद्धे छ। सिमेण्टका टुक्राहरु बनाउने क्रममा उनको हात प्रेस जस्तै कटिङ्ग गर्ने मेशिनमा परेको थियो। उनी उपचारको लागि अस्पतालमा नै छन्। थोरै जना कामदार भएको कारखानामा धेरै तिर काम हेर्नु पर्ने र सधै कोरियन मानसिकता लिएर पाली पाली (छिटो छिटो) काम गर्नु पर्ने भएकोले पनि औद्योगिक दुर्घटना हुन गएको मास्के बताउछन्।

यहाँका कारखानाका कुनै पनि मेशिनमा सुरक्षाका विधिहरु अपनाएको पाइदैन । काम गर्ने दौरानमा औद्योगिक दुर्घटनामा परी ज्यान समेत गुमाउनेहरुको सख्या दिन प्रति दिन बढ्दै छ। किनभने यहाको कोरियालीहरुले यस्ता थ्रि डि (खतरानाक, फोहोरी र कठिन, अंग्रेजीमा डेन्जरस, डर्टी डिफिकल्ट) काम गर्दैनन्। त्यो काम भनेको तेस्रो मुलकबाट सस्तो ज्यालामा इपिएस प्रणालीबाट भित्र्याइएका श्रमिकहरुलाई दिइन्छ । त्यसैले कोरियाली कामदारहरुको तुलनामा औद्योगिक दुर्घटनामा पर्ने प्रवासी श्रमिकहरुको संख्या धेरै गुणा बढिरहेको छ।

कोरिया पठाउन ठेक्का लिएका नेपाल सरकारका मानिसहरु, “इपिएस प्रणालीबाट कोरियामा लाखौ कमाइन्छ र यो वर्षसात हजार मजदुर कोरियामा खपत गरियो” भनेर धक्कु लगाउछन् तर यी निकायलाई इपिएस प्रणालीबाट आएका कति जना कोरियामा काम गर्दा अंग भंग भए भनेर कहिल्यै चासो लिदैनन्। उनीहरुलाइ एक जना कोरिया गए बापत “यति लाख आम्दानी भयो” भन्दै टाउको गन्दैमा फुर्सद छैन। जो प्रवासी श्रमिकहरुले कमाएको रेमिटेन्सबाट देश चलिरहेको सधैं धाक लगाउंछन् उनीहरुकै रगत र पसिना शोषण गर्छन् तर विदेशी भूमिमा मेशिनको घिर्नीमा चेपिएका र काम गर्दा गर्दै अकल्पनिय मृत्यु अंगालेका आफ्ना- दाजुभाइ, दिदीबहिनीको लास आउदा टुलुटुलु हेरिरहन्छन् र क्षतिपूर्तिको लागि समेत पहल गर्दैनन्। नेपालीले के पाए त कोरिया आएर ? कति लाख नै कमाए त ? कतिजना जिन्दगीभर अंपाग भएर फर्के भने कतिको विजोग कोरियाका चर्चहरुमा खुल्ला संग्राहलय जस्तै देख्न सकिन्छ । काम गरेर नेपाल फर्के पनि दिर्घ रोगबाट ग्रस्त छन् धन कमाउन कोरिया गएकाहरु।
(स्रोतः “रोजीरोटीका लागि प्रवासी श्रमिक विदेशी भूमिमा” बाट)

Popularity: 6%

Add comment July 9th, 2011

पारिजात जस्ती नारी हर युगमा जन्मँदैनन्- विन्द्या सुब्बा

पारिजात जस्ती नारी हर युगमा जन्मँदैनन्- विन्द्या सुब्बा
(समालोचनात्मक निबन्ध)

प्रिय नरेन्द्रजी !
अहिले मेरो हातमा २०६३ साल अर्थात् सन् २००६ मा प्रकाशित तपाईंको कृति ‘पारिजातको जीवनकथा’को दोस्रो संस्करण छ । सादर, सस्नेह यो प्रति तपाईंले मलाई उपहारस्वरूप पठाइदिनुभएको हो । यसमा २५-१२-२००६ मिति लेखिएको छ । तर यसभन्दा अघि नै २०५७ सालमा प्रकाशित ‘पारिजातको जीवनकथा’को प्रथम संस्करण काठमाडौंबाट झिकाएर मैले पढिसकेकी थिएँ । त्यतिखेर नै पारिजातबारे एउटा ठोस र महत्त्वपूर्ण कृतिका रूपमा यस पुस्तकको मूल्याङ्कन हुनेछ भन्ने मैले ठानेकी थिएँ र त्यस्तै भयो पनि!

नरेन्द्रजी ! पारिजात एउटी चर्चित लेखक भनेर मात्र होइन, स्वास्नीमान्छेका रूपमा असाध्य साहसी, पुरुषप्रधान समाजका रूढिवादी परम्पराविरुद्ध आन्दोलनकी अग्रदूत तथा एक अत्यन्त सक्रिय महिला हस्तीका रूपमा पनि उनलाई औधी श्रद्धा गर्दछु । यसर्थ म पारिजातकी प्रशंसक हुनुका साथै कृतिगत, व्यक्तिगत र मनोगत सबै पक्षहरूबाट उनको पाठक पनि हुँ । भारतीय सशक्त महिला लेखक, शताब्दी नारी अमृता प्रीतमकी पनि उत्तिकै प्रशंसक हुँ म, तर उनीसँग मेरो त्यस्तो खास सम्बन्ध थिएन । उनको जीवन, लेखकीय ऐश्वर्य र दुख्दो अन्तरकुन्तर पुस्तकहरूमा पढेर महसुस गरेँ मैले, तर उनलाई हातले सुमसुम्याउन पाइनँ । जीवनको अन्तिम समयमा दिल्लीमा उनैको निवासमा दर्शन गर्ने सौभाग्य पाएँ, तर एक प्रकारले मृत्युशâयामा थिइन् उनी त्यस बेला । त्यो हेरी उस्तै उचाइकी पारिजातलाई मैले धेरै पक्षहरूबाट नगिच पाएकी थिएँ । उनी मेरी साहित्यिक आदर्श, अनुकरणीय अग्रज मात्र नभएर साथी पनि भइदिइन्, जसको छातीमा शिर राखेर मैले उनको हृदयको अन्तरतम कुरा सुनेँ; उनको सपनाको इन्द्रेनीलाई हत्केलामा राखेर सुमसुम्याएँ । यतिसम्म कि हामीले आफ्ना दृष्टिहरूसमेत एकअर्कासँग साटयौ।

नरेन्द्रजी ! ‘पारिजातको जीवनकथा’को दोस्रो संस्करण अरू परिष्कृत, अरू पूर्णतासाथ प्रकाशित भएको छ । पारिजातका समस्त गुण, महत्ता, प्रतिभा तथा सम्पूर्ण दुर्वलता, पीडा र भोगाइहरूलाई समेटेर हामीसमक्ष र्झझराउँदी पारिजातलाई उभ्याइदिनुभएको छ तपाईंले । पारिजातका पाठकहरू, शोधकर्ता र विद्यार्थीहरूलाई यस पुस्तकले ठूलो सहायता पुर्याउँछ भन्ने मेरो विश्वास छ।

त्यसो त तपाईंले अरू पनि हाम्रा धेरै गौरवमय व्यक्तित्वहरूको जीवनी र जीवनकथा लेखेर नेपाली वाङ्मयलाई महत्त्वपूर्ण योगदान दिनुभयो । नेपाली नारी साहित्यकारहरूको इतिहास र परम्परामा ‘प्रथम नारीस्रष्टा : ललितत्रिपुरसुन्दरी’ को जीवनी मलाई हुनसम्मको उपयोगी कृति लाग्छ । तपाईंद्वारा लिखित यस जीवनी कृतिले नारी हस्ताक्षरहरूको पूर्वपरम्पराबारे कति ठूलो उज्यालो पारिदियो ! साथै तपाईंले ‘देवकोटाको जीवनशैली’ लेखेर आफ्नो गम्भीर अध्ययन, स्रष्टाप्रतिको भक्तिभाव र अनुसन्धानात्मक दक्षताको परिचय दिनुभयो । ‘नारीचुली’ जस्तो अभूतपूर्व एवं साधनासाध्य ग्रन्थ प्रकाशित गरेर नेपाली जीवनी साहित्यमा आफै चुलिनुभयो । ‘पारिजातको जीवनकथा’ मार्फत तपाईंसँग स्रष्टालाई हेर्ने सूक्ष्म दृष्टिकोण, अनुभूत गर्ने संवेदनशील मन र विश्लेषण गर्ने बौद्धिक उचाइ छ भन्ने प्र्रमाण दिनुभयो । तसर्थ कति दिनदेखि तपाईंप्रति मेरो मनमा साँचेर राखेको सम्मानभाव आज मात्र नरेन्द्रजी ! यसरी पत्रमा पोखिरहिछु म । तपाईं मेरो हार्दिक सराहना र अनन्त शुभकामना ग्रहण गर्नुहोस्।

‘पारिजातको जीवनकथा’मा तपाईंले जम्मा २२ वटा परिच्छेदहरूमा उनलाई प्रस्तुत गर्नुभएको छ । उनको जीवनका एकएकवटा पक्षहरूलाई तपाईंले राम्ररी केलाउनुभएको छ । पारिजातको आर्थिक स्थिति, उनको जीवनमा सुकन्या, प्रेम र यौनका प्रसङ्गहरू, उनलाई मन पर्ने र नपर्ने स्रष्टाहरू, पारिजातको आलोचना र सम्मान… आदिआदि पुस्तकका र्सवाधिक संवेदनशील पक्षहरू हुन् भन्ने लागेको छ मलाई । ती परिच्छेदहरूमा अरू धेरै धेरैहरूमाझ म पनि छु कतैकतै । पारिजातको प्रसङ्गमा यसरी आफू पनि कतै जोडिनु कत्रो सौभाग्यको कुरो हो मेरा निम्ति पनि!

‘पारिजातको जीवनकथा’ले पारिजातको जीवनका बाहृय र आन्तरिक पक्षको सौन्दर्य बोधलाई जति मुखरित गरिदिएको छ, त्यतिको सायद अन्य कुनै कृतिले गरेको छैन । पारिजातका गोपनीय कतिपय सन्दर्भलाई सार्वजनिक गरिदिनुमा पनि सायद यही कुरा लागु हुन्छ । यसको प्रथम संस्करण पढेर नै एकएक परिच्छेदबारे आफ्ना टिप्पणी लेखिदिनुभएको छ वरिष्ठ समालोचक प्राध्यापक राजेन्द्र सुवेदीजीले । साथै ‘पहेंलो गुलाफ’की चर्चित स्रष्टा प्रेमा शाहको यस कृतिमा प्रकाशित पत्र साह्रै मीठो छ, झन्डै उनीद्वारा लेखिने एउटा छोटो कथाजस्तो नै । यस कृतिको दोस्रो संस्करणको एउटा थप आकर्षण प्रेमाको यो पत्र पनि भएको मैले महसुस गरेकी छु।

नरेन्द्रजी ! जीवनमा धेरै स्थितिहरू आउँछन्, धोकाहरू हुन्छन् कति हो कति । स्टेसनको प्लेटफार्ममा आइपुगिसकेर हेर्दाहेर्दै रेलगाडी छुटिदिन्छ । छुनछुनै लागेको थोक एकै क्षणमा आँखाअघिबाट हराइदिन्छ । पारिजात पनि सत्तरीको दशकमा दुईतीनचोटि दार्जिलिङ आइन्, उनीसँग मेरो भेट हुनु जुरेन । सन् १९७८ तिर त उनी मेरो माइती गाउँ तीनधारे पनि गइन्, बास बसिन् तर म दार्जीलिङमा थिएँ । सन् १९८३ सालको दशकछेक काठमाडौं घुम्न गएँ म, तर प्रबल इच्छा हुँदाहुँदै पनि भयवश, सञ्कोचवश या समयको अभाववश पारिजातकहाँ नगई दार्जीलिङ फर्कें । यतिका प्रतिकूलताका विपरीत मेरा निम्ति पारिजात हातबाट फुस्कन लागेको स्थितिमा पनि स्पर्श गर्न पाएकी, अँगालो हाल्न सकेकी एउटा बत्ती थिइन् । म काठमाडौं गए लगत्तै चार महिनापछि पारिजात दार्जीलिङ आइन् । तर विधाताले यसचोटि भेट निश्चित गरिदिएको थियो । हरिजी (डा. हरिप्रसाद श्रेष्ठ) र पारिजात मिलेर बनाएको जुक्तिअनुसार मलाई आफ्नो नाम नबताईकन होटलमा बोलाई पठाइन् र त्यस समय अचानक मेरो सपनाकी रानी पारिजात मेरै आँखाअघि थिइन् । उनी मसँग हाँसेर कुरा गर्दै थिइन् । त्यस बेला पारिजातसँग मेरो भेटघाट र कुराकानी मात्र होइन, एउटा गहिरो मित्रता पनि भयो।

सन् १९८४ को त्यो भ्रमण पारिजातको जीवनको अन्तिम दार्जिलिङ भ्रमण पनि थियो । त्यसपछि बाँचेको नौ वर्षको लामो अन्तरालमा पलपल दार्जिलिङलाई याद गर्दै बाँचिन् उनी । त्यस बेला भेट नभएको भए सायदै जीवनमा मैले पारिजातलाई भेट्न पाउने थिएँ । मेरो जानकारीमा भएअनुसार उनी दुईचार वर्षको अन्तरालमा विभिन्न उद्देश्य लिएर दार्जिलिङ आउँथिन् । सत्तरीकै दशकतिर नै राल्फाली समूहसँग ‘सिम्मा’ नाटक लिएर पनि उनी आइन् । तर जुनै उद्देश्य लिएर पनि दार्जिलिङ आए पनि, आफू बसेको होटलको एउटा कोठामा आँखा बिछयाएर गुराँसको बोट (यो कोड भाषा पारिजात र मबीच) को बाटो हेरेर उनी बस्थिन् । सन् १९८४ मा आउँदा हप्ता दिन जति नै बसिन् उनी; म प्रत्येक दिन होटलमा गएर उनीसँग समय बिताउँथेँ । गम्भीर साहित्यिक चर्चादेखि लिएर गफ, ख्यालठट्टा, पीडा र सपनाका कुरा, गीत गायन आदि अनेक रमाइलाहरू हामीले गर्र्यौ । त्यस अवधिमा सायद पारिजातको आगमनको खबर गुराँसको बोटसम्म पुगेन । यत्तिकैमा पारिजातको फर्कने समय भइसकेथ्यो, त्यसैले खबर भनिदिन म उनको गाउँसम्म गएँ, तर भेट भएन । त्यसै गाउँमा आदरणीय उपन्यासकार प्रकाश ‘कोविद’ दाइलाई खबर छोडेर आएकी थिएँ, भोलिपल्ट नै आएछन् क्यार ! काठमाडौं पुगेर पारिजातले पत्रमा लेखेकी थिइन् मलाई- “आउने बेलामा एकै क्षण मात्र गुराँसको बोटलाई हेर्न पाएँ । मेरो तकियामुनि अझै पनि छुर्पीका दुईवटा टुक्रा छन्, फोरेर खान आँट आउँदैन ।” वास्तवमा पारिजात गुराँसकै बोटको निम्ति पनि दार्जिलिङ आउँथिन् । दुईचार दिन बसेपछि मनप्राण दार्जिलिङमा नै छोडेर काठमाडौं फर्कन्थिन् । त्यस्ती साहसी, मेधावी र प्रचण्ड व्यक्तित्वशाली नारी पारिजातलाई झुकाइदिने, भिजाइदिने र गलाइदिने उनी भित्रको त्यो अनुराग । प्रतिभाकी खानी पारिजातको यो अधुरो प्रेम साँच्चिकै अनौठो छ!

नरेन्द्रजी ! पारिजातबारे चर्चा गरेर कहिले नसकिने कुराहरू छन् । गुराँसको बोटसँग मेरो प्रसङ्ग मात्र त्यति नै । सन् १९९३ मा पारिजात बितेपछि अब गुराँसको बोटसँग कुनै दिन भेट होला भन्ने सम्भावना वा भेट्नुपर्ने कारण नै पनि निःशेष भएर गयो । एक दिन म नभएका बेला मेरो थलोमा आएर मलाई सोध्दै थिए अरे ! खबर छोड्नुहोस् भन्दा पनि “होइन भेट्नु छ” भने अरे ! सुनेर त्यो साँझ थाहा छैन कस्तो प्रकारको भावावेशमा आएँ म - सोचेँ- “उनी किन भेट्न चाहन्छन् मलाई - पारिजातले सायद उनीसँग कुरा गरेकी यो विन्द्या सुब्बालाई एकचोटि हेर्ने इच्छा उनले राखेका थिए कि - अथवा के मसम्मुख पारिजातको याद रुन चाहन्छन् उनी ? के जीवनका धोकाहरू, अफसोसहरू के शेयर गर्न चाहन्छन् उनी ? त्यसै पनि पारिजातले भनेकी छन्- “यो दुख एकतर्फी छैन, उहाँ पनि म जतिकै दुखी र विचलित भएर बाँच्नुभएको छ।”

फेरि पनि हराए उनी, पर्खें कुनै दिन आउलान् कि ? तर एकैचोटि मैले उनको मृत्युको खबर सुनेँ । उनी मलाई खोज्दै आउनु र यो अवसानबीच धेरै समयको फरक छैन । तर गुराँसको बोटसँग मेरो भेट हुनु जुरेकै थिएन, भएन । चाहेको भए हात लम्क्याउँदा पनि भेट्न सकिने दूरीमा रह्यौ हामी, तर साँच्चै भेट भएन । यस प्रसङ्गलाई मैले आफ्नो एउटा लेख- “मेरो आँखामा पारिजातको दृष्टि छ गुराँसको बोट हेर्नलाई” मा अलिकति उल्लेख गरेकी छु।

नरेन्द्रजी ! धेरै गफ गरेँ तपाईंसँग । आज वसन्त पञ्चमीको पावन दिन पनि हो । कहिले महिनौं कलम समाउन नपाउँला जस्तो पनि हुन्छ । तर एउटा चेष्टा सदैव रहन्छ, यस दिनमा म कागतमा केही न केही भए पनि अक्षरहरू पोख्ने गर्दछु यसचोटि २०६७ सालको वसन्त पञ्चमी काठमाडौंका एक उद्यमी साहित्यकर्मी, आफ्ना अग्रज विभूतिहरूप्रति औधी श्रद्धावान्, मेरा समवयसी साहित्यकार नरेन्द्रराज प्रसाईलाई पत्र लेखेर मनाइरहेकी छु म। म सम्झन्छु एउटा सही दिनमा, सही ठाउँमा, सही कुरा पोखिरहेछु आज । त्यसैले मेरो एकान्त वसन्त उत्सव सार्थक छ यस वर्ष।

चिन्तन गर्दा आत्मविस्मित पनि हुन्छु म । समयसमयमा निकै विवादमा फसेकी, तपाईंले लेख्नुभएझै पारिजातका कतिकति निष्ठावान्, शुभचिन्तक बन्धुहरू, उनलाई पीठ्यूमा बोकेर हिँड्ने समूहका प्यारा साथीहरू, फेरि अवसरवादी, कामुक केही कवि साहित्यकारहरूका प्रसङ्गहरू तथा अर्कातिर शङ्कर लामिछानेसँग त्यतिका स्नेह, सान्निध्य र प्रेमकै पराकाष्ठाको सम्बन्ध मानिए पनि नारी पारिजातको मन, कुमारी पारिजातको सपना र अन्तरान्तरको अनुरागलाई उनले दार्जिलिङमा गुराँसको बोटको निम्ति सदैव जोगाएर राखेकी थिइन् । बाँकी सबै सम्बन्धहरू स्थूल मात्र भए पनि एकअर्काप्रतिका क्षणिक आकर्षण मात्र, हल्लाहरू फगत् माथिमाथि सबै । पारिजात एउटा भीषण चाहनासाथ, कोमलतासाथ, मनका सारा श्रद्धासाथ कसैलाई प्रेम गर्थिन् भने त्यो पात्र गुराँसको बोट नै थियो र पारिजातको आत्मस्वीकृतिको अडान पनि यहीँनेर स्थिर छ । पारिजातका मङ्गोलियन आकारका दुई मेधावी आँखाहरूमा मैले त्यो चाहनाको रङ्ग स्पष्टसँग देखेकी छु । जब पनि म उनलाई याद गर्दछु यो रङ्ग दुख्छ मभित्र, पारिजातको दृष्टि छ मसँग । यस दृष्टिबाट जब पनि म दार्जिलिङलाई हेर्छु केही देख्तिनँ, मात्र एउटा भयावह शून्यता । जसलाई हेरुँला भनेर मैले दृष्टि दिइनँ त्यो बोट पनि चाँडै ढल्यो।

नरेन्द्रजी ! प्रिय नरेन्द्रमा इन्दिराले ‘पारिजातको जीवनकथा’ बारे लेखेको एउटा प्रसङ्ग पनि यहाँ सम्मिलित गरौं जस्तो लाग्यो मलाई । इन्दिराले पारिजातका यौन प्रसङ्गलाई लिएर जुन विचार र प्रतिक्रिया व्यक्त गरेकी छन्, त्यो नितान्त सही हो । तर सबैको सन्दर्भमा त्यही नै ठीक नहोला । एउटा समर्पित दम्पतिको, विवाहित सहज जोडीको यस प्रकारको अनुभूति सही हो । तर स्वाभाविकतादेखि पर पनि धेरै कुरा हुन्छन्।

पारिजात त्रास र आत्मग्लानिमा मुछिएकी हुन्थिन् र ती पुरुष जो कुनै पनि होऊन् उनको चाहनाका पुरुष थिएनन् । पारिजातजस्ती आत्मसम्मानपूर्ण नारीका निम्ति यस्तो अनुभूति अस्वाभाविक होइन । उनले यसो पनि त भनेकी छन्- “मेरो प्रथम प्रेमीसँगको शारीरिक चाहना अझै पनि छ मसँग तर म अमर्यादित हुन चाहन्नँ।”

पारिजात आफैले विभिन्न साहसपूर्ण अभिव्यक्ति दिए पनि उनीजस्ती स्वाभिमानी र आत्मसचेत नारीका निम्ति कुनै अन्य पुरुषअघि शरीर र मन दुवै पक्षबाट पूर्ण समर्पणको स्थिति आउनु त्यति सहज कुरो होइन र यसबाट सुखानुभूतिको प्रश्न पनि त्यस्तै धमिलो भइदिन्छ । म एउटी यस्ती प्रसिद्ध भारतीय महिला साहित्यकारलाई चिन्दछु जसको पतिसँग लामो वैवाहिक जीवन बित्यो, बितिरहेछ । छोराछोरी छन् तर उनको कुराअनुसार उनी यौनलाई प्रायः असुन्दर नै मान्छिन्। भारतीय साहित्यिक समारोहहरूमा दुईतीनचोटि उनीसँग मेरो भेट भयो, आत्मीयता बढ्यो । दुईजना बसेर कुराकानी गर्दा भनेकी थिइन्, “आइ कन्सिभ्ड माई एभरी चाइल्ड आउट अफ पेन।”

यौनलाई लिएर म योभन्दा धेरै कुरा गर्न सक्दिनँ । अहिले यहाँ मैले भन्न चाहेको कुरा सायद ठीकसँग व्यक्त गर्न पनि सकेकी छैन । लेखनमा मैले कहिल्यै छुने साहस नगरेको, चर्चा गर्न नसकेको विषय पनि हो यो । नरेन्द्रजी ! यसलाई छोडेर बरु म अझै एउटा सद्गुण बताउँछु पारिजातको । उनी कर्मले मात्र होइन वस्तुतः हृदयले नै साहित्यिक थिइन्, असल स्रष्टा थिइन् । आफूभन्दा साना लेखकहरूलाई प्रोत्साहन दिन्थिन्, रचनाहरू पढेर प्रतिक्रियासमेत लेखिदिन्थिन्, मार्गदर्शन गर्थिन् । सन् १९८४मा जति दिन पनि उनी दार्जिलिङमा बसिन् युवा जमात होटलमा आइरहे, कसैलाई पनि राम्रो नबोलेर, चित्तबुझदो किसिमले बातचीत नगरेर उनले फर्काइनन् । बरु उनी साथीजस्तै भइदिएर, हाँसेर कुरा गरिदिने गर्थिन् । मलाई त उनले औधी माया गरिन्, गाली गरिन्, उत्साह दिइन् र सक्दो प्रशंसा पनि गरिन् । एउटी अन्तर्मुखी, सङ्कोची, आत्मविश्वासहीन यो विन्द्या सुब्बालाई उभयमुखी, आत्मविश्वासी र सक्रिय बनाइदिनमा पारिजातको केही प्रतिशत योगदान छ । पारिजातजस्ती उचाइकी एक प्रतिष्ठित साहित्यकारमा यस प्रकारको उदाहरण, साहित्यप्रति अटल निष्ठा र नयाँ पिँढीप्रति अभिरुचि मैले यस उचाइका अरू थोरै मात्र साहित्यकारहरूमा देखेकी छु।

मान्छेको स्वलाई, सत्तालाई औधी श्रद्धा गर्ने, विश्वास गर्ने भएरै पारिजात स्वयं पनि त्यति आत्मप्रतिष्ठित र सम्मानित थिइन् । मानवतावाद उनको जीवनको मूल मन्त्र थियो। उनको साङ्गठनिक जीवनको प्रसङ्गमा ‘बन्दी सहायता नियोग’ मानवतावादको ठूलो उदाहरण हो र उनको सपनाचाहिँ ‘बचेरा वास’ थियो । त्यसैले मान्छेको रूपमा औधी सुन्दर थिइन् पारिजात।

नरेन्द्रजी ! पारिजातको जीवनकथाभित्र उनलाई मन नपर्ने लेखकहरूमध्ये इन्द्रबहादुर राईको पनि नाउँ छ। आयामेली साहित्य र चिन्तनलाई पाठकहरूमा भ्रम सृष्टि गरिदिने र प्रतिभाहरू बिथोल्ने लेखन भन्ने आरोप थियो पारिजातको। यो कुरो अरू पनि धेरै ठाउँमा व्यक्त गरेकी छन् उनले । इन्द्रबहादुर राई र पारिजातबीचको अमेल र अप्रियता साहित्यमा सिद्धान्तहरूबीचको द्वन्द्व हो । अन्यथा राईलाई औधी मान्थिन् पारिजातले । जब उनी दार्जिलिङ आउँथिन्, उनी बसेकी होटलमा आउँथे राई र दुई जनाबीच खुब तर्क चल्थ्यो । झगडा मात्र होइन, आत्मीयतापूर्ण कुराकानी पनि हुन्थ्यो दुवैको । आयामेली साहित्यका निम्ति पारिजात खुब तर्क गर्थिन्, तर राई अझ जिस्क्याउँथे रे उनलाई- “बहिनी, म तपाईंलाई पनि आयामेली नबनाई छोड्दिनँ।”

पारिजातले भनेकी थिइन् मलाई- “विन्द्या, धुरन्धर विद्वान् हुन् आई.बी. राईजी, तर्कमा म उनलाई कहिले पनि जित्न सक्दिनँ, तर अन्तमा लिँडे ढिपी गरेर भए पनि जित्छु।”
नरेन्द्रजी ! ‘पारिजातको जीवनकथा’ अनेकौं सन्दर्भमा त्यही तर्क, सौर्न्दर्यबोध, प्रेम, ज्ञान, साहस, हर्ष दुख, विवाद, पीडा आदि विविध भावहरूले पूर्ण एउटा सिङ्गो कृति हो, जस्तो गरीकन यी सबै विरोधाभासहरूबीच बाँचेकी थिइन् पारिजात। तपाईंले पुस्तकको अन्ततिरको पृष्ठमा ‘आनुष्ठानिक सूची : एक’ भनेर आफ्नो दृष्टिमा परेका प्रकाशनहरूको संक्षेप दिनुभयो जहाँ सकारात्मक र नकारात्मक, सराहना, स्याबासी तथा गालीसमेतका अंशहरूको उदाहरण राख्नुभएको छ, तथापि सम्माननीय साहित्यकारहरूले पुस्तकप्रति बढी सकारात्मक अभिव्यक्तिहरू नै दिएका छन्।

पुस्तकमा लेखकहरूले प्रायः आफूलाई प्रशंसा गरिएका टिप्पणीका अंशहरू मात्र राख्ने गर्दछन् । ईश्वरवल्लभदेखि मदनमणि दीक्षितसम्मका आशीर्वचनीय शब्दहरूसाथ एलिना कुँवर, ईशारा शर्मा, नीता पोखरेलका अंशहरू पनि राख्नुभयो जसले पुस्तकबारे अथवा तपाईंको कार्यप्रति नकारात्मक भाव प्रकट गरिदिएका छन् । यो एउटा राम्रो पक्ष लाग्यो मलाई तपाईंको मानसिकताको । फूल मात्र होइन काँडा पनि स्वीकार गर्ने, त्यसलाई पनि प्रेरणास्वरूप आत्मसात् गर्ने तपाईंको प्रवृत्ति खुब मन पर्यो मलाई । पारिजात पनि त भन्थिन्- “आलोचना ऐना हो, अनुहारमा लागेको दाग पुछ्न सकिन्छ।”

धेरै समय लिएँ तपाईंको; अब दुईतीन लहर मात्र लेखेर म पत्रान्त गर्दछु । नरेन्द्रजी ! जीवनले पारिजातबारे चर्चा गर्ने अवसर फेरि पनि देला हामीलाई। त्यसै पनि तपाईं त यस चिन्तनसागरमा डुबिरहनुभएकै छ । सागरभित्र मोती मात्र हुँदैनन्, केही असुन्दर तत्त्वहरू पनि हुन्छन्, तर पारिजातलाई लिएर सौन्दर्यमयी पक्षहरू नै बढी प्राथमिकतामा देख्न पाउँ भन्ने सदैव लागिरहन्छ । जतैबाट पनि सशक्त अद्वितीय र ऐर्श्र्यमयी देख्न चाहन्छु म उनलाई । वास्तवमा पारिजातका निम्ति यही सही पनि हो । त्यसै पनि सुन्दर असुन्दर, बाहृय अन्तर सबै मिलाएर हेर्दा निष्कर्षमा पारिजात औधी सुन्दर छिन्, गरिमाशाली र अनुकरणीय छिन् । पारिजात जस्तै प्रतिभाशाली नारी हर युगमा जन्मँदैनन्। यो युग धन्य छ, धनी छ । दुर्वलताको पनि आफ्नै सौर्न्दर्य हुन्छ, हर दुर्वलतामा पारिजात औधी सशक्त छिन्, आत्ममर्यादित छिन् । जसको धर्म नै मानवतावाद हुन्छ ऊ असुन्दर कहिल्यै पनि हुँदैन, हृदय र कर्महरूबाट सत्यम् र सुन्दरम् हुन्छ ऊ, एउटा मानवको सन्दर्भमा यही सार्वभौम आशा पनि हो। शाश्वत सत्य पनि हो।
कालेबुङ, दार्जीलिङ
०८-०२-२०११ शुभाकांक्षी
(विन्द्या सुब्बा)

Popularity: 9%

1 comment June 18th, 2011

किन हामीलाई हत्या गरिन्छ ?

मञ्जु थापा / एचकेनेपाल डट कम-
सउल, सिटिहल अवस्थित राष्ट्रिय मानव अधिकार संघको हलमा ९ दिन अगाडि श्रीमानद्धारा घरेलु हिंसाको कारणले हत्या गरिएकी भियतनामी महिला ह्वाङ्ग थिको श्रद्धाञ्जलि सभा आयोजना गरेको थियो। उनी सन् २०१० मार्च मा कोरियनसंग विवाह गरेर आएकी थिइन्।

विवाह भएको एक महिना पनि नवित्दै श्रीमानद्वारा कुटिएकी, सधै परिवारले गर्ने दुर्व्यवहार र घरेलु हिंसा सहन नसकी सेल्टरमा सहयोगको लागि आएकी थिइन्।

जब उनी गर्भवति भइन् त्यो समयमा पनि उनी लगातार हिंसाको शिकार भइन्। बच्चा पाएपछि श्रीमानले गर्ने मायाको आशामा उनले ति सबै किसिमका हिंसाहरु सहेर बसिन्। उनले छोरा पनि जन्माइन् तर गत महिनाको मे २४ तारिख सुत्केरी भएको १९ दिन पनि वित्न नपाउदै राति ११ बजे सुतेको बेलामा आफ्नै श्रीमानले २ वटा छुरीले पेटमा ५३ पटक घोचेर उनको जघन्य हत्या गरेका थिए।

श्रद्धाञ्जलि सभामा विभिन्न देशका कोरियन नागरिकसंग विवाह गरि आएका विदेशी महिलाहरुले विदेशी बुहारी हुंदा भोग्नु परेका समस्याहरु तथा घरेलु हिंसा र पीडाहरु पोखेर त्यहाँ उपस्थित सबैलाई भाव विब्हृल बनाइ दिए।

यस्तै, अर्की अकल्पनीय मृत्यु हुनेमा भियतनामी महिला थि किमतोङ्गलाई कोरियन श्रीमानले सन् २००८ मा गर्भवति अवस्थामानै दिनभरी कोठामा थुनेर राखेको र त्यहाँबाट भाग्न खोज्दा ९ तला बाट खसेर मृत्यु भएको समाचार बाहिर आएको थियो। उनलाइ आफ्नै श्रीमानले झ्यालबाट बाहिर फालेको अनुसन्धानपछि खुल्न आएको उनकै एक साथीले उनको बारेमा लेखेको पत्र रुदै पढेकी थिइन्।

सन् २००७ मे मा हु आन माइ विभिन्न सुनौला सपनाहरु बोकेर कोरियामा विवाह गरेर आएकी थिइन्। कोरिया आएको १ महिनामा नै श्रीमानको कुटाईबाट उनको शरीरको १८ वटा करङ्ग भाँचेको र २ हप्तापछि मृत अवस्थामा फेला पारेको थियो भन्दै अर्की सहकर्मीले त्यो घटना रुदै बताइरहेकी थिइन्। के हामीहरु प्रयोग गर्ने कागजका टुक्रा हौं जसलाई प्रयोग गरेपछि फालिन्छ? के हामी मानव होइनौ र? किन हामीलाई भाषा नजानेको, संस्कृत नबुझेको र बच्चा नजन्माएको बाहानामा हत्या गरिन्छ। किन हामीलाई मार्नका लागि कोरियामा विवाह गरेर ल्याइन्छ भन्दै सबैंलाई भावविब्हृल बनाएकी थिइन्।

२००८ मार्चमा चन्ता इन्रान विवाह गरि कोरिया आएकी थिईन् उनलाई पनि त्यस्तै गरि १४ तला बाट खसालेर हत्या गरेको थियो। उनलाई पटक पटक श्रीमानले कुटेको र शरीर भरी निलडाम भएको उनको डायरीमा उल्लेख गरिएको थियो।

यस्तै अर्की छे छेन्दा कम्वोडियावाट २००९ मे मा कोरिया प्रवेश गरेकी उनी सन् २०१० मार्चमा श्रीमानले इन्सुरेन्सको क्षतिपूर्ति पाउने रकमको लोभले निन्द्रा लाग्ने औषधि वढि मात्रामा खुवाएर घरमा आगो लगाइदिएका थिए भने उनीलाई घरभित्रै जलेर मृत अवस्थामा फेला पारेको थियो। अनुसन्धानपछि पत्ता लाग्यो कि उनले पैसाको लागि आफ्नी श्रीमती र घर जलाएका थिए।

काजकिस्थानबाट कोरियन नागरिकसंग विवाह गरी आएकी सोन तानियाले आफू पनि कोरियन बेहुली भएको र त्रसित जीवन बाँचिरहेको बताइन्। उनको प्रश्न थियो प्रवासी बुहारीहरु वाच्न पाउने अधिकार खोज्न कहा जाने? सुरक्षा कसरी पाउने? आफ्नो प्यारो मातृभूमि, परिवारलाई चटक्कै छोडेर एक अपरिचीत पुरुषको विश्वासमा परि अनगिन्ती सपनाहरु बोकेर सुनौलो भविष्यको कल्पना गर्दै कोरिया भित्रिएका यी महिलाहरुलाई किन आफ्नै श्रीमानले हत्या गर्छन्? हामीले कसको विश्वास गर्ने?

कोरियामा भएका यस्ता घटनाहरुलाई कोरियन समाजले एकपटक नियाल्नु पर्नेछ। एक अर्कालाई न्यायो माया गर्दै प्रवासी बुहारीलाई पनि सम्मान र आदर गर्न हामी अनुरोध गर्दछौं। प्रवासी विवाहित महिलाहरु आफ्नै श्रीमानबाट घरेलु हिसाको सिकार भईरहेका छन्। अति कमले मात्र आफ्ना कोरियन श्रीमानसंग खुशी भएको बताएका छन्।

हुन त विवाह नितान्त व्यक्तिगत विषय हो । तर वास्तविकतामा, अर्न्तराष्ट्रिय विवाहित महिलाहरुको कुरामा त्यहँ विदेश जाने उसको इच्छा विवाहको निर्णयमाथि हावि हुन्छ। उनीहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा लिने गरिन्छ र महिला हिसाको सिकार बनाइन्छ। उनीहरु यस सम्बन्धी कतैं उजुरी पनि गरेको पाइदैन । फेरी अर्न्तराष्ट्रिय विवाहहरु फर्जी विवाहबाट बच्न सकेको छैन। विवाहित महिलाहरु लगातार मौखिक र यौन हिंसाको सिकार भईरहेका छन्। यस्ता हिंसा र विकृतिहरुले दक्षिण कोरियाको बहुसांस्कृतिक नीतिमाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ।
(लेखक दक्षिण कोरियाको माइग्रेन्ट वर्कर टेलिभिजन MWTV संग आबद्ध छिन्।)

Popularity: 7%

2 comments June 4th, 2011

डायमनशमशेरले काङ्ग्रेसलाई सरापिरहे

नरेन्द्रराज प्रसाई / एचकेनेपाल डट कम -

डा. तारानाथ शर्मासँग अहिले मेरो त्यति सारो हिमचिम छैन। पञ्चायती व्यवस्थामा चाहीं हामीले यदाकदा एउटै किलोमा दाइँ पनि गरेथ्र्यौं । तर खास गरेर २०४६ सालपछि हामी क्रमशः क्रमशः भएर एउटा नदीका दुई किनारा भइसकेका छौँ। यति हुँदाहुँदै पनि मैले भन्नै पर्छ तारानाथ दाइबाट मैले धेरै कुरा सिकेँ।

म नेपाली भाषासाहित्यका वर्तमान पन्ध्र महारथी नामक एउटा ठेली लेख्तै थिएँ। यस कृतिमा मैले डायमनशमशेर राणालाई पनि चयन गरेको थिएँ । वास्तवमा राणालाई मैले तारानाथ दाइकै कारणले चिनेको थिएँ । पहिलो पल्ट नै मलाई राणाका घरमा पुर्याउने काम तारानाथ दाइले गरेका थिए। हामीलाई भेट्ने बित्तिक्कै राणा बोलेका थिए, “यो गिर्जाप्रसाद कोइराला काङ्ग्रेस पार्टी नखाई मर्दैन।” वास्तवमा त्यति खेर उनी कोइराला र उनका मतियारहरुदेखि सारै नै रिसाएका थिए।



डायमनशमशेर राणा, चित्रकार अनुकृतिका

डायमनशमशेर राणा मनका कुरा बराबर पोखिरहन्थे । उनी माइडियर नै थिए । उदाहरणका लागि भन्ने हो भने उनी मजस्तो काङ्ग्रेस विरोधीसँग पनि ट्याप्पै टाँस्सिएका थिए । कतिसम्म भने प्रा.डा.वासुदेव त्रिपाठी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका उपकुलपति हुँदा त्रिपाठीको समेत बर्खास्तीको माग राख्तै राजा ज्ञानेन्द्रलाई विन्तीपत्र दिनका निम्ति नामीनामी प्राज्ञहरुको सहीछाप बटुल्दै म हिंडेको थिएँ । त्यस बेहोरामा राणाले पनि हस्ताक्षर गरेका थिए । साथै त्यस पत्रमा प्रा.डा. दुर्गाप्रसाद भण्डारीले पनि सही गरेका थिए । तर काङ्ग्रेसी साहित्यकारले थर्काएपछि भण्डारीले वक्तव्यवाजी गरेर मेरो उठीवास लाउन पनि खोजेका थिए। अनि जतिसुकै मेरा विरुद्धका काङ्ग्रेशीहरु भडकाउन जाँदा पनि राणाले भनेका थिए ‘’म नरेन्द्रको खिलापमा कदापी जान्न ।'’ वास्तवमा राणाले आफूले बोलेका कुरा फेर्दैन थिए।

राणासँग मेरो भेट भइरहन्थ्यो । उनी सधैं चटक्कै परेर हिंड्थे । घरमा बसेको बेला पनि उनी सफा सुघ्घरमा नै रहन्थे । कोही उनका घरमा पुग्दा उनी एक कप चिया नखुवाई विदा दिंदैन थिए । त्यतिन्जेलमा उनी पाहुना समक्ष आफ्नो जीवनको पुरुषार्थ पनि बताइ सक्थे।मलाई लाग्छ “आत्म प्रसंशा गर्नु राणाको विशेष सौखकै विषय पनि थियो।”
राणा आफ्नो जीवनमा उत्साहको पौडी खेल्थे र भन्थे ‘’आम्मै मैले लेखिन भने मलाई डिप्रेशन भइ हाल्छ नि !'’ वास्तवमा उनी मौलिक स्रष्टा थिए । तर उनी हरेक चोटि राजनीतिक कुरा नगरी कसैलाई विदा दिंदैन थिए । उनको राजनीति भनेको नेपाली काङ्ग्रेसमा नै सिमित हुन्थ्यो । अनि घरिघरि भन्थे ‘’नेपाल त कम्युनिष्टले खान्छ खान्छ । काङ्ग्रसको तालमाल ठीक छैन।'’

राणा चाकरी चाप्लुसीका विरोधी थिए । उनी ठाडो कुरा गर्थे, ठाडो व्यवहार गर्थे र ठाडो काम गर्थे । त्यही कारणले उनीसँग मेरो सौहार्द बढेर गएको थियो । २०५५ सालको कुरा हो; इन्दिरा प्रसाई र म राणाका घरमा गएका थियौँ । त्यस बेला राणाले मलाई भनेका थिए, “हेर्नुस् प्रसाईजी ! ज्योतिषिले भनेका छन् अब म दुई वर्षदेखि बाँच्तिन । म दुई वर्षा नै मर्छु । मलाई कसैले पुछेन । मैले कुनै पुरस्कार पनि पाएको छैन । काङ्ग्रेस पार्टीले पनि मलाई घाँस हालेन ।” त्यस दिन हामीसमक्ष राणाले निक्कै बिलौना गरिरहे । अनि मैले उनको हात तानेँ, हेरेँ र भने “राजा ! हजुरलाई भीरको टुप्पाबाट घँचेडे पनि अबको दस वर्षम्म मरिसिन्न र हजुरको प्रसिद्धि रात दुई गुना दिन चार गुना बढेर जान्छ” । त्यस बेला मेरा कुराले उनी दङ्ग पर्दै बोलेका थिए “ए ! तपाईलाई त हात हेर्न पनि आउँदो रहेछ । मेरो हात राम्रो भन्नु भयो, तपाईंका मुखमा दुध र भात भैरहोस् है!”

शायद राणाले मलाई रुचाउथे होला । त्यसैले उनी मसँग दुक्खसुक्खका कुरा गरिरहन्थे । उनी आफू नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य हुने इच्छामा थिए । यसबारे मैले उनलाई गिरिजा बाबुलाई कन्याइसियोस् न भनेको थिएँ । तर उनी गिरिजा बाबुसँग सकारात्मक थिएनन् । त्यसै बेला मैले उनलाई भनेको थिएँ ‘’गिरिजा बाबुलाई साहित्यको ज्ञान नै पनि छैन जस्तो छ । उनी प्रधानमन्त्री भएको साल कमल दीक्षित बालुवाटारमा पुगेर भनेका थिए ‘’हजुरले यस वर्षको मदन पुरस्कार प्रदान गरिदिनु पर्यो ।'’ दीक्षितका कुरा सुनेर कोइरालाले जवाफ दिएका रहेछन् ‘’के हो मदन पुरस्कार भनेको ? मैले यस पुरस्कारको नाउँ नै पनि सुनेको छैन, यसमा मलाई दुक्ख नदिनु होस् ।'’ अनि कमल दीक्षितले त्यसै बेला भीष्म प्रतीज्ञा गरेका थिए ‘’अबदेखि मदन पुरस्कार गुठीमा म झण्डावालालाई भित्र्याउँदिन ।'’ कमल बाबुले मलाई भनेको गिरिजा बाबुको त्यो प्रसङ्ग पनि मैले राणालाई सुनाउँदा राणाले भनेका थिए ‘’हवल्दारलाई सिंहासन दिनु हुन्छ ! भन्नु होस् त!'’

वास्तवमा राणाको इच्छा गिरिजा बाबूले मात्रै होइन कृष्णप्रसाद भट्टराईले पनि पुर्याउन सकेनन् । काङ्गे्रस भएर मरिहत्ते गर्दा पनि कैयौं ठाउँमा राणाको इच्छा पुग्न सकेको थिएन । वास्तवमा जहाँ पनि उनी काग्रेसबाटै ठगिन्थे । त्यसैले राणालाई काङ्ग्रेस पार्टी सँग वितृष्णा बढीरहेको देखिन्थ्यो।

डायमनशमशेर राणा प्रजातन्त्रका कट्टर हिमायती थिए । आफू राणा परिवारका व्यक्ति र राणा भएकैले जीविकाको समेत व्यवस्था भइसक्ता पनि उनले राणाद्वारा दिइएको सो जागीर प्रजातन्त्रका लागि तिलाञ्जति दिएका थिए । नीजि स्वार्थका लागि प्रजातन्त्र त के र देशै बेच्न पनि पछि नहट्ने वर्तमान राजनैतिक वृत्तमा डायमनशमशेर राणा प्रजातान्त्रिक नैतिकताधारीका सग्ला र सच्चा उदाहरणीय व्यक्तित्व थिए।

राणा मेरा मात्र आदरणीय थिएनन् । उनी जनप्रिय साहित्यकार थिए । नेपाली भूमिमा पनि साहित्यिक पुस्तकको लेखकस्वले जीविका चलाएका राणा लेखकका गौरव पनि थिए । आधा दर्जनभन्दा बढी भाषामा अनुवाद गरिएको उनको सेतो बाघले डायमनशमशेरलाई विश्वपरिवेशमा नै सुपरिचित र अमर बनाएको छ । साथै नीर शाहको सद्विचार, प्रेम र मोह जोडिएर वसन्तीले पनि चलचित्र हुने स्वर्ण मौका पायो । जसले गर्दा वसन्ती नेपाली जनजनका ढुकढुकीमा पसेको पनि पाइयो ।
naiprasai@gmail.com

Popularity: 7%

Add comment March 18th, 2011

सुनामी के हो ?

बन्दना पौडेल / एचकेनेपाल डट कम-
काठमाडौं, शुक्रबार दिउंसो भूकम्प आउनासाथ जापानमा सुनामीको चेतावनी दिइएको थियो। भुकम्प लगत्तै प्रशासन्त महासागरमा यतिठूलो सुनामी आयो कि, क्षणभरमै उत्तरपर्ूर्वी तटबर्ती क्षेत्रमा विनाशलीला मच्चाइदियो । विगततर्फर्फकने हो भने सन ६ बर्षघि पनि एसियाली देशहरुमा सुनामीले ठूलै ताण्डव मच्चाएको थियो।

समुन्द्रमा हलचल पैदा भएपछि उत्पन्न हुने ज्वारभाटा नै सुनामी हो। समुन्द्रको गहिराइमा अचानक भयानक हलचल पैदा हुन्छ र त्यसले शक्तिशाली लहर पैदा गर्छ। सामान्यतया १० तले घर जति अग्लो र लामो समुन्द्री छाल बस्तीमा पस्छ र हेर्दा हेर्दै पल भरमा सबै स्वाहा हुन्छ। यही शक्तिशाली छाललाई नै सुनामी भनिन्छ।

सुनामी शब्द जापानबाट नै आएको हो। सु को अर्थ समुन्द्री तट र नामीको अर्थ छाल। यसहिसाबले पनि समुन्द्री तटमा आउने शक्तिशाली छाल नै सुनामी हो। केहीले समुन्द्रमा निस्कने ज्वारभाटालाई नै सुनामी भन्ने पनि गर्छन्।

बैज्ञानिकहरुका अनुसार सुमन्द्रमा लहर चन्द्र, सूर्य लगायतका अन्य ग्रहले पैदा गर्ने गुरुत्वाकर्षणले गर्दा आउछ। तर सुनामीको लहर ती लहर भन्दा निकै फरक हुन्छ। सुनामी आउनुको पछाडि धेरै कारणहरु हुने बैज्ञानिकहरुको दाबी छ। तर विशेषतः समुन्द्रलाई केन्द्र बनाएर भूकम्प आएमा, ज्वालामुखी विस्फोट भएमा अथवा उल्कापातको समयमा पनि सुनामीको लहर आउने गर्छ। यस्ता शक्तिशाली लहरले तटीय क्षेत्रमा भिषण धनजनको क्षति पुर्याउछ। जसरी बैज्ञानिकहरुले भूकम्पबारे पूर्वानुमन गर्न सक्दैनन, त्यसरी नै सुनामीबारे पनि अनुमान लगाउन सकिदैन।

तर, सुनामीको अहिलेसम्मको रेकर्ड र महाद्धिपहरुको अध्ययनबाट सामान्य अड्कलबाजी गर्न सकिने भूगर्भविद्हरु बताउंछन्। पृथ्वीको प्लेटहरु जहाँ जोडिएको हुन्छन् त्यस्ता क्षेत्रहरुमा सुनामीको खतरा अधिक हुन्छ।

इन्डोनेशियामा सन् २००४ मा आएको भयानक सुनामीमा पनि यही तथ्य जोडिएको भूगर्वविद्हरुको दाबी छ। किन कि, इन्डोनेशियाको सुमात्रा प्रायद्धिपमा फिलपिनी प्लेट जोडिएको छ। जब समुन्द्रमा तीब्र दबाब र हलचल पैदा हुन्छ तब समुन्द्रको समानान्तर अवस्था सामन्य भन्दा निकै तलमाथि हुन थाल्छ, अनि शक्तिशाली छाल उत्पन्न हुन्छ। यस्तो समयमा उत्पन्न हुने समुन्द्री लहर नै सुनामी हो।

Popularity: 7%

1 comment March 12th, 2011

माओको सालिक - नरेन्द्रराज प्रसाई

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-

आज मेले नयाँ पत्रिकामा नरेन्द्रजङ्ग पिटरजीको “शहिद र सपन” पढें। २०२७ सालको मङ्सिर महिनामा झापाको सालबारीमा (मेरी ठूलिमाका छोरा) शिवप्रसाद शिवाकोटीका साला खड्ग दाहाल र म प्रहरीसँगको लाठी मुङ्ग्रीमा परेको बेहोरा आज मलाई फेरी सम्झना भयो।

प्रहरी आतङ्कले म झापामा अटाइँन र एक वर्षको सङ्घर्ष खेपेर २०२८ माघ ६ गते काठमाडौं आएँ र राजसंस्थामा लागेछु। वास्तवमा जुन दल सत्तामा आयो त्यतै जाने हिसावमा मैले आफूलाई उभ्याउन (राधाकृष्ण मैनाली प्रवृत्ति) पनि चाहिंन।

दुर्योधनसँगको वचनमा बाँधिंदा कर्ण दुर्योधनकै दलमा समर्पित भए जस्तै म पनि भएको छु भन्दा मलाई फिटिक्कै ग्लानी छैन। तर मलाई निष्ठावादी जनवादीहरु पनि खुबै मन पर्छन्।

२०२९ फागुन २१ गते मेरा दाजु रामनाथ दाहाल (मेरी सानिमाका छोरा) लाई सुखानीको जङ्गलमा गोली हानेर मारिएको थियो। त्यति खेर मैले त्यो दृश्य पनि सुखानीमा नै पुगेर हेरेको थिएँ। त्यस बेला त्यहाँ मान्छेको कुँडुलो थियो। त्यति बेला एउटा प्रहरी आएर मेचीका एस्पी पदमबहादुर मानन्धर समक्ष भन्दै थियो- “रामनाथले माओ त्सेतुङ भनेर करायो, अरुले जिन्दावाद भने।” अनि एस्पी मानन्धरले कड्केर पुलिसलाई भनेका थिए- “नबोल्, चुप लाग्”!

रामनाथ दाइ भूइँमा सुतिरहनु भएको देखिन्थ्यो। त्यहाँ अरु कमरेडहरुको हालत पनि त्यस्तै दर्दनाक थियो। त्यो ठाउँमा रगतका टाटैटाटा थयो। रामनाथ दाइका कम्मरमा चाहिं लामो डोरीले बाँधिएको थियो र उहाँका छातीमा गोलीका तीनवटा ठूलाठूला दुला परेका थिए। उहाँलाई गोली हान्दा उहाँ यता उती दौड्नु भएको थियो क्यारे ओरिपरीका रुखविरुवा सोत्तर झैं माडिएका थिए। त्यहाँ कसैका टाउकामा गोली हानिएको थियो, कसैका भूडीमा र कसैको लिङ्गमा नै ताकेर गोली हानिएको थियो। एक जना कमरेडको टाउकाको खबेटा उछिट्टिएर दस फिट टाडा पुगेको थियो। अनि यी दृश्य हेरेर रुँदै म घर पर्केको थिएँ।

सुखानीको यो व्यथा म कुनै बेला लेखौला नै!

मैले मेरा दाजु नन्दकुमार प्रसाईका प्रेरणाले बाह्र वर्षकै उमेरदेखि माओ त्सेतुङको बिल्ला लगाएर स्कुल जाने गरेको थिएँ। त्यो बिल्ला मैले २०२८ सालमा मेरा छातीबाट खोलें तर आजसम्म पनि मेरा घरको बैठकमा माओ त्सेतुङको सालिक मौजुद छ। किनभने मैले पृथ्वीमा महेन्द्र र माओलाई मेरो आदर्श मानेको छु।

Popularity: 7%

Add comment March 5th, 2011

जुधारु र जागरुक जनसेवी भक्तकुमारी घले

नरेन्द्रराज प्रसाई/ एचकेनेपाल डट कम-
२००७ सालका कुरा हो, केही समाजविरोधी तत्त्वले भक्तकुमारी घलेलाई समाते। त्यस बेला तिनीहरुले यिनलाई छुरा लगाएर चारपाटा मुडे। त्यसपछि यिनलाई यिनका शत्रुहरुले हरियो बाँसमा बाँधे। तर यी त्यहाँबाट उम्किन्। हरियो बाँसको भाटा लिएर यिनले आफ्ना सबै शत्रु खेदाइन् र छिन्नभिन्न पनि पारिन्।


घले गाउँको परिवेशमा हुर्केकी जनताकी भरोसा थिइन् । यी अशक्त, गरिब र अनपढहरूकी पनि सहारा थिइन् । सिन्धुली जिल्लामा नै उनी एउटा जागरणकी प्रतिमूर्ति थिइन् । मन, वचन र कर्मले जनसेवामा जुट्तैजाँदा यी क्रमशः सिन्धुलीकी सेर्नीमा अनुवाद हुन थालिन्।

२०१८ सालदेखि सिन्धुली जिल्लामा घले जनताका मायामा बाँचिन् । त्यसपछि उनले २०४६ सम्म त्यही ठाउँमा लगातार प्रधानपञ्च भई आफ्नो जीवन अर्पण गरिन् । २०३६ सालपछि आफू प्रधानपञ्च भएको अम्बोटे गाउँ पञ्चायतको उपप्रधानपञ्चलगायत सम्पूर्ण वडाहरुमा नारीहरुमात्र जनप्रतिनिधिमा निर्वाचित भएका थिए। वास्तवमा त्यस बेला त्यो पनि यिनको एउटा चमत्कारी काम देखिएको थियो। अनि पछि त्यही गाउँ पञ्चायतमा उनले आफ्नी जेठी छोरी दुर्गा घलेलाई प्रधानपञ्चमा जिताएर उनी चाहिं छिमेकी गाउँ अथवा हरर्साई गाउँ पञ्चायतको प्रधानपञ्चमा निर्वाचित भएकी थिइँन्। घलेकै बलबुता समेत जोडिएर उनकी माइली छोरी भद्रकुमारी घले सिन्धुली जिल्लाबाट निरन्तर पाँच पटकसम्म्म राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित भएकी थिइन्। तिनै भद्रा घले नेपाल राष्ट्रकी राज्यमन्त्री पनि बनिन्। छोरी भद्रकुमारी मन्त्री भएका दिन आमा भक्तकुमारीका आँङैभरि घाम लागेको थियो।

भक्तकुमारी घले सानैदेखि सामाजिक जागरणका फाँटमा बसिन् । उनले जनताको सक्तो सेवा गरिन् र आफ्नो जीवनभरी नैतिकता टल्काइन्। त्यसैले उनले जनकपुर अञ्चलमा सेवाको दियो सल्काइन् र झलमल पार्ने प्रयास गरिन्। उनले त्यस भेकमा थुप्रै उदाहरणीय काम गरिन्।

घलेले लेख्न जानिन्, शुद्ध नाम मात्र र उनले पढ्न जानिन् शुद्ध वर्णमाला मात्र । तर यिनले थुप्रैलाई प्रेरणा थुपारिन् र विश्वविद्यालय स्तरसम्म पढ्ने नारीको प्रेरणाकी उनी प्रतिमूर्ति बनिन् । उनले कसैसँग केही लिन कहिले पनि सेवा गरिनन् । अनि उनी जति गर्थिन्, निशुल्क गर्थिन्।

घलेले शिक्षाक्षेत्रमा पनि खुबै योगदान दिइन् । उनले आफ्ना गाउँमा प्राथमिक विद्यालय खोलिन् । त्यस बखत उनका गाउँमा नै ३५ वटा प्रथमिक विद्यालय खोलिएका थिए। विस्तारै उनले त्यहीं निम्न माध्यमिक विद्यालय पनि खोलिन्। यिनले जनकपुर अञ्चलमा क्रमशः माध्यमिक विद्यालयहरु पनि बनाउँदै गइन्।

घले समाजसेवाकी एउटा नमुना थिइन्। उनैले हुलाक सेवा नपुगेको आफ्नो जिल्लाका ठाउँठाउँमा हुलाकसेवा पनि खोलिन्। यिनकै अहोरात्रको खटाईले त्यस ठाउँमा स्वास्थ्यचौकी पनि खोलियो। उनकै सक्रियतामा त्यस ठाउँमा पन्ध्र शैयाको अस्पताल पनि बनेको थियो। त्यतिमात्र होइन, यिनले सिन्धुली जिल्लाको कैयन् ठाउँमा बाटो बनाइन्। उनले थुप्रै गोरेटो बाटोलाई मोटर बाटोमा रुपान्तरण गराइन्। यिनैले सदरमुकाम सिन्धुलीदेखि अम्बोटेसम्मको ४५ माइल मोटर बाटोसमेत आफ्नै गाउँको कुटो कोदालेले पूरा गरेकी थिइन्।
घलेले प्रत्यक्ष रूपले २९ वर्ष जनताको सेवा गरिन् र अप्र्रत्यक्ष रूपले ७५ वर्ष गरिन्। यिनको जन्म १९६७ साल असार ९ गते दोलखाको चङ्खु गाङ्गटा नाकादिङमा भएको थियो। यिनलाई जन्माउने बाबु नरबहादुर गुरुङ र आमा भजनकुमारी थिए। नरबहादुर गुरुङ दोलखाको सात गाउँका मुखिया थिए। त्यस बेला त्यस सात गाउँमा एउटै पनि क्षेत्रीबाहुन थिएनन्। त्यस सात गाउँभरीमा एउटा घरचाहिं लुगा सिउने दमाइँको थियो।

घलेलाई जनकपुरमा जालीफटाहाले पटकपटक रुवाएका थिए। अनि त्यतित्यति बेला यी चित्त दुखाउने गर्थिन्। यिनले बनाएका बाटा त्यहाँका जालीफटाहाले भत्काउने गर्थे, स्कूलमा आगो लगाउन प्रयास गर्थे र पुलहरु भत्काउन खोज्थे। यस्ता कुराको प्रसङ्ग कोटयाउँदा पछिसम्म पनि यिनका आँखाबाट कोसी बर्सन्थे। यी कैयौँ जालीझेलीले चुक्लीबाट पनि फुस्किन सफल भएकी थिइन्। उनी त्यस्ताहरुसँगै युद्धै गरेर पनि यी त्यही ठाउँमा नै बसिन। यी त्यस्ता उच्छृङ्खल तत्त्वबाट तर्सेर कहिल्यै भागिनन्।

सामाजिक सेवा त्याग, तपस्या, मिहेनत र जिम्मेवारीभित्रको अङ्ग भन्ने घले आफ्नो धारणा अरूसामु राख्थिन् । समाजसेवामा लाग्ने मान्छे निस्स्वार्थी बन्नुपर्ने कुरामा यी जोड दिन्थिन् । समाजसेवीले सधैँ त्यागमा बाँच्नुपर्ने तथ्यमा यी पुनः जोड दिन्थिन्।

समाजसेवाका पाटामा लम्कँदा घलेले घरको ढुकुटी खोलिन्। जनहितमा लाग्दा यिनले आफ्ना हातका नारीको सुन पनि झिकिन्। अनि त्यतिले पनि नपुग्दा यिनले कान र नाक पनि बुच्चो राखिन्। यसै गरेर नै आफ्नै खर्चमा यिनले कैयौँ बाटा, पुल, पाठशाला बनाउन लगाइन्।

घले स्वाभिमानी थिइन् । यिनले बाँचुन्जेल कसैको केही लिइनन्। सकेजति यिनले अरुलाई नै सबैथोक दिइन्। रगत, पसिनादेखि लिएर धनसम्पत्तिसम्म यिनले समाजसेवामा नै चढाइन्। यी आफ्नो जीवनमा शक्ति भइञ्जेल कहिल्यै हात बाँधेर बसिनन्।

सात वर्षको उमेरमा भक्तकुमारीको बिहे आफ्नो मामाको छोरा कृष्णबहादुर घलेसँग भयो। यी २५ वर्षभएपछि यिनका जीवनसाथीले यिनलाई छाडिदिए। पतिको निधनपछि यिनको जीवनमा दुक्खले मात्रै वास गर्न थाल्यो। त्यही दुक्खकै भूमरीमा परेर पनि यी चारजना नाबालक छोराछोरी हुर्काउन अघि सरिन्। उनको एउटै छोरो थियो र उसले १८ वर्षमा विवाह गर्यो अनि त्यसको ६ महिनामा उसले पनि पृथ्वी छाडयो। यिनले त्यसपछि झनसारो नरमाइलो जिन्दगी बिताउन थालिन्।

घले धार्मिक आस्थामा बाँधिएकी थिइन्। उनी धर्मकर्ममा सारै विश्वास राख्थिन्। यसै सिलसिलामा यी मुक्तिनाथ पनि पुगिन्। धर्मकर्मकै फेरोमा बाँधिएर यी बराहक्षेत्र, रिडी, जनकपुरधाम, लुम्बिनी, देवघाट र गोसाइँकुण्ड गइन्। यसैगरी यी भारतको चारैधाम पनि पुगेकी थिइन्।

भक्तकुमारी घले २०६७ साल भदौ १६ गते काठमाडौंको डिल्लीबजारमा स्वर्गीय भइन्। त्यस बेला उनी १०१ वर्षपुगेकी थिइन्।

naiprasai@gmail.com
चित्रकार: अनुकृतिका

Popularity: 8%

Add comment February 16th, 2011

वेल्जियम एनआरएन र आगामी अधिवेशन

युवराज गुरुङ, एन्टवेर्पेन, वेल्जियम-
वेल्जियम एनआरएनले आगामी तेश्रो अधिवेशनको मिति तोकि सकेको छ र संस्थाले चांडै निर्वाचन कार्यक्रम र आवस्यकीय उपसमितिहरु तोक्नेसमेत जानकारी सार्वजनिक गरि सकेको छ। प्रवाशमा रहने नेपालीहरुको साझा संगठन एनआरएनको घोषित यस कार्यक्रमलाई वेल्जियमका आम नेपालीहरु र यहांका संघ संस्थाले महत्वका साथ चासो दिन थालेका छन्।

एनआरएनको आगामी अधिवेशन प्रति चासो मात्र हैन केही संघ संस्थाहरुले गृहकार्य गर्न समेत थालि सकेको चर्चा सुन्नमा आएको छ। चर्चा परिचर्चा र तयारी आफैमा गलत अवश्य पनि हैन। वेल्जियममा तीन दर्जन भन्दा बढि संघ संस्थाहरु क्रियाशील रहेता पनि एनआरएनको सन्दर्भमा सबै भन्दा बढि चासो दलीय राजनितिक पार्टी भाइचारा संगठनहरुलाई हुने गर्दछ। दलीय आस्थामा संगठित संघ संस्थाले एनआरएनमा बढि सक्रियता देखाउनुलाई स्वभाविक मान्नेको जमात अपेक्षाकृत बढि देखिएता पनि एनआरएनको मूल्य मान्यता र तिनका आदर्शलाई आत्मसात गर्ने हो भने त्यो पटक्कै नसुहाउने विषय हो भन्न करै लाग्दछ। अझ एनआरएनको अघिल्लो प्रवृत्तिलाई निरन्तरता र बढावा दिने हो भने त आगामी अधिवेशन, त्यसको नतिजा र नतिजा प्रति वेल्जियमवासी नेपाली समुदायको मोह भंग हुने निश्चित प्राय देखिन्छ।

एनआरएन एक गैरराजनीतिक, नाफारहित सामाजिक संस्था हो। यद्यपि, यसका कैयन एजेण्डा, उद्धेश्य तथा कार्यक्रमहरु राजनितिक छन् अर्थात राजनैतिक तहमा मात्र यसका मागहरु संवोधित र अनुमोदित हुने हैसियत राख्दछन्। तर, त्यसमा कुनै दलगत राजनैतिक पार्टी विशेष संग मात्र एनआरएनका मुद्याहरु संवन्धित हुने गर्दैनन। यसर्थ, एनआरएनले राजनीतिक सरोकारको विषयमा दलीय राजनीति भन्दा माथि उठेर राष्ट्रिय राजनीतिलाई चाहि विशेष प्रभाव राख्दछ भन्नुमा यथार्थता देखिन्छ। यस सन्दर्भमा राष्ट्रिय राजनीति र दलीय राजनीति विचको स्पष्ट रेखांकनलाई नजर अन्दाज लगाउंदै दलीय स्वार्थ पूरा गराउन प्रवाशमा एनआरएनलाई उपयोग गर्ने राजनितिक दलको इशारामा स्थानीय शक्तिहरु उद्यत देखिन्छन्। दलीय चिन्तन र स्वार्थको अस्वस्थ प्रतिस्पर्धाको दौडमा गैरआवासीय नेपालीहरुको एक मात्र साझा र पवित्र संस्थामा खास गरि ती राजनितिक दलका भाइचारा संगठनहरुले एनआरएनको मूल्य र मान्यता विपरित अघोषित रुपमा कब्जा जमाउन खोज्ने प्रवृति र शैली देखाउंछ, त्यो आफैमा दुखद र अशोभनीय मान्न सकिन्छ।

बेल्जियम नेपाली समुदाय भित्रका सतहमा देखिएका तमाम् चरित्रका वावजूद फेरि एक पटक एनआरएनको आगामी अधिवेशनको तिथिले हामी सबैलाई गम्भीर भएर सोंच्ने चूनौति दिएको छ। एनआरएनको आगामी अधिवेशनलाई सम्पन्न गराउन हामी संग दईवटा विकल्पहरु छन्, ति हन्ः यहांका अन्तर संस्थागत, अन्तर समूहगत र अन्तर गूटविचका हिजो देखिका सारा प्रतिस्पर्धाका अस्वस्थ सूत्रहरु अरु सशक्त ढंगले एनआरएनको आगामी अधिवेशनमा प्रयोग गर्न छुट दिने या आम वेल्जियमवासी नेपाली समुदायको भावनारुप एनआरएनलाई अरु पवित्र र सशक्त बनाउने। निश्चय नै हामीले दोश्रो विकल्पलाई स्थापित गराउन र पहिलो पवृत्तिलाई निरुत्साहित गर्न संकल्पका साथ अघि बढ्नु पर्दछ। एनआरएनको गिर्दो साखलाई सुधार गर्न, दोश्रो पुस्ता तथा सबै नेपालीको आस्थाको धरोहर बनाई राख्न र मातृभूमिप्रति अझ उत्तरदायी बनाउन एनआरएनलाई थप शुद्धिकरण र सवलीकरण अपरिहार्य देखिन्छ। हामीले हिजोका कमी कमजोरी र अस्वस्थ प्रतिस्पर्धालाई सामूहिक रुपमा सबै संघ संस्था र जिम्मेवार व्यक्तिहरु बसेर निदान गर्दै साझा दृष्टिकोण र कार्यक्रम तय गर्नु पर्ने देखिन्छ। कुनै पनि दलीय, क्षेत्रियता, जातियता, गुट उपगुटको संकिर्णतबाट जोगाई एनआरएनलाई अरु जिम्मेवार, उत्तरदायी र अभिभावकीय संस्थाको दर्जमा पुरयाउन आजको चूनौति र अवसर दुवै हो।

व्यक्तिको जस्तै संगठनको पनि शरिर, अंग, स्वभाव, शैली र पवृत्ति हुन्छ, जसलाई क्रमिक सुधार र उर्जावान बनाउदै लैजान समय, मेहनत र त्यागको आवस्यकता पर्नेमा कसैको दुइमत हुन सक्दैन। निश्चय नै विश्वव्यापी संजाल भएको एनआरएन जस्तो वृहद संस्थामा आफनो वर्चस्व कायम राख्न व्यक्ति समूह वा संघ संगठन उद्यत हुनु आफैंमा अनौठो पनि नहोला। तर एनआरएनका अन्तर्निहित मूल्य मान्यताको साखमै धुमील गराउने तौरले गरिने अस्वस्थ प्रतिस्पर्धा कदापि पुनरावृत्ति गरिनु हुन्न। वेल्जियम एनआरएनभित्र चरम् महत्वकांक्षा राख्ने राजनितिक संघ संगठन समूह र व्यक्तिहरुद्धारा नै अहिलेको असहज परिस्थिति श्रृजना भएको यथार्थतालाई स्वीकार्दै तिनिहरुकै सक्रियतामा आगामी अधिवेशनलाई सन्तुलित बनाउन जिम्मेवार र उत्तरदायी भूमिका निर्वाहको नितान्त जरुरी छ । राजनितिक संघ संगठन बाहेक दर्जनौ अन्य संघ संस्था र स्वतन्त्र एनआरएनहरुको पहिचान र अस्तित्वलाई सम्मान गर्दै सहअस्तित्वको आधारमा सबैको भावनाको प्रतिनिधित्व हुने साझा र सम्मानित संस्था एनआरएन स्थापित् गर्नु सबैको कर्तब्य हो। वर्तमान नेतृत्वको समन्वयात्मक पहलकदमीमा वेल्जियम एनआरएनसंग प्रत्यक्ष सरोकार राख्ने क्रियाशील व्यक्ति व्यक्तित्व र संघ संस्थाहरुको सामूहिक छलफल, अन्तर संवाद र अन्तरक्रिया गरेर साझा मुल्य मान्यतालाई सहमतिका आधारमा तय गरि विस्तृत आचार संहिताको दायरामा ल्याई आसन्न एनआरएन वेल्जियमको अधिवेशन गर्न गराउन आजको आवश्यकता हो भन्ने ठान्दछु। हामी सबैको संयुक्त पहलले एनआरएन अरु पवित्र हुनेमा शंकै छैन। एनआरएन प्रति झांगिदै गएको वितृष्णाको खेतिमा हरियाली छाउने निश्चित छ। आखिर नेपाली मन न हो, एनआरएनको माया सबैलाई छ, आज नभए नि भोलि त पलाई हाल्छ नि।

Popularity: 8%

Add comment February 15th, 2011

‘भ्यालेन्टाइन डे,’ प्रेम प्रस्ताव राख्ने उपयुक्त अवसर

योगेन्द्रमिलन छन्त्याल/ एचकेनेपाल डट कम-
तपाईले कुनै केटा वा केटी मन पराउनुभएको छ ? अनि प्रेम प्रस्ताव राख्न सक्नुभएको छैन ? त्यसो भए सुवर्ण अवसर आज हो l आज प्रेम दिवस अर्थात् ‘भ्यालेन्टाइन डे’ l हरेक वर्षको १४ फेब्रुअरीका दिन ‘भ्यालेन्टाइन डे’ मनाइने गरिन्छ।

विश्वका करोडौं प्रेमीप्रेमिकाले प्रेम दिवसका रूपमा मनाउने ‘भ्यालेन्टाइन डे’ ले विश्वव्यापी मान्यता पाएको र नेपाली समाजमा समेत जरो गाडिसकेको छ । देश र संस्कृतिको सीमा छिचोल्दै नेपाली युवामाझ लोकप्रियता पाएको छ । प्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिइन्छ।

juna

जुना, फाइल तस्वीरः एचकेनेपाल डट कम

संसारका लाखौ युवायुवती आजबाट नयाँ जीवनको शुरुवात गर्दछन्। तपाई हामीले मन परेकालाई प्रेम प्रस्ताव राख्न सकिन्छ । यस दिन राखिएका प्रेम प्रस्तावलाई प्रेमी वा प्रेमीकाले सहजै इन्कार गर्न सक्दैनन भन्ने जनविश्वास छ।

आजको दिनमा रोमियो जुलियट, लैला मझ्नु र सारजहा मुमताजजस्ता प्रसिद्ध प्रेम कहानीहरुलाई स्मरण गर्दै आफ्नो प्रेमकहानी पनि यस्तै दीगो र भविष्य उज्ज्वल होस् भनेर कामना गर्ने प्रचलन पनि रहेको छ।


zune_and_kamal

कमल र जुना

‘यदि तपाई कसैलाई पहिलो पटक प्रेम प्रस्ताव राख्दै हुनुहुन्छ भने पहिले आफूमा आत्मविश्वास बढाउनुस । यदि अस्वीकार गरेमा आफूलाई सम्हाल्ने धैर्यता विकाश गर्नुस ।’ जर्मनीकी २३ वर्षीया आन्या म्हुलर भन्नुहुन्छ : ‘पूरा आत्मविश्वासकासाथ प्रेम व्यक्त गर्नुभयो भने पक्कै पनि तपाईले सकारात्मक जवाफ पाउने सम्भावना धेरै हुन्छ।’

चितवन घर भइ हाल दुबईमा रहनुभएका ३५ वर्षीय हिरामणी पोखरेलले यों संसार नै मायापीरति गाँस्दै एक आपसमा खुशी बाँडेर आनन्दमा रम्नुपर्ने बताउँनुहुन्छ : “आज प्रेम दिवसमा मैले आफ्नो जीवनसंगीनीलाई सम्झेको छु। उनलाई मायालु बोलिबाट फोन गर्दै प्रेम दर्शाउँदै छु। नेपालीहरूले माया प्रेम व्यक्त गर्ने दिनको रुपमा मान्नुपर्छ जस्तो लाग्दैन। माया प्रेम भन्ने चीज अन्तर आत्माबाट प्रस्फुटित हुन्छ। बिस्तारै प्रेमिकालाई अवगत गराउन सकिन्छ, बिदेशीको नक्कल नै गरी यों दिन कुर्नु पर्दैन जस्तो लाग्छ मलाई।”


juna-kamal-mix-pic

संखुवासभा घर भइ बेल्जियममा रहनुभएका ४१ वर्षीय युवराज गुरुङ यो दिनको जुन सम्मान गर्नुपर्ने पृष्ठभूमि छ, त्यसैको कारण आफूले प्रेम दिवस मनाउने बताउनुहुन्छ। “सिपाहीको योगदानको दिन हृदयका अनुभवहरु आदानप्रदान गरेर मनाउनुपर्ला।” उहाँको तर्क रहेको छ।

“४-५ वर्ष पहिलेदेखि प्रेम दिवसबारे थाहा भए पनि आजको प्रेम दिवस कसरी मनाउने भन्ने योजना बनाएको छैन। नेपालीले यो दिवस मनाउनैपर्छ भन्ने छैन। ” सुनसरीकी ३२ वर्षीय इकुकुमारी राइले भन्नुभयो : “यो पाश्चात्य संस्कृति हो नेपालका आफ्नै संस्कृति छन्। प्रेम दिवस मनाउनु उपयुक्त छैन।” ९-१० वर्ष पहिलेदेखि प्रेम दिवसबारे थाहा पाए पनि यसबारे अरु थाहा नभएको बताउंनुहुन्छ सिन्धुपाल्चोककी केशांग ओमु लामा। २७ वर्षीय विवाहित लामा भन्नुहुन्छ “तर श्रीमानलाई ह्याप्पी भ्यालेन्टाइन डे भन्नुपर्ला र अलिकति उपहार आदानप्रदान गर्नुपर्ला।”

तेस्रो शताब्दीको अन्त्यतिर रोमन साम्राज्यमा दुवै आँखा गुमाएकी एक साधरण जेलरको छोरीलाई प्रेम गरेको अभियोगमा भ्यालेन्टाइन नाम गरेका पादरीले मृत्यु दण्डको सजाय भोग्नु परेको घटना सबैका निम्ति उदाहरणीय बनेको छ । आफ्नो दुवै आँखा प्रेमीकालाई दान गरी गौरवसाथ मृत्युलाई अंगालेको दिन फेब्रुअरी १४ अर्थात ‘भ्यालेन्टाइन डे’ ले सच्चा प्रेमको जरुरतको महत्व दर्शाउदछ।

गुलाफको फूल उपहार

यो दिन विश्वभरि करोडौँ डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ । तपाईले गुलाफ उपहार दिदै हुनुहुन्छ भने रंगको अर्थबारे जानकारी राख्दा राम्रो हुन सक्छ l भ्यालेन्टाइन डे’ मा सबैभन्दा धेरै रातो रङको गुलाफ आदानप्रदान हुन्छ। यो शान्ति, प्रेम, मनोभावना र क्षमताको प्रतीक हो। फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतीक हो।


kamal thapa

गुलाबी गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ । गुलाबी रङको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । पहेँलो गुलाफचाही मित्रताको प्रतीक मानिन्छ । मित्रता दिवसका दिन पहेँलो गुलाफ प्रदान गरिन्छ तर पनि हिजोआज मित्रताको प्रतीकका रूपमा ‘भ्यालेन्टाइन डे’ मा पनि यसको प्रयोग हुन थालिसकेको छ । सेता गुलाफ साँचो प्रेम र स्वच्छ हृदयको प्रतीक हो। भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूर्ण भूमिका खेल्छ।

कसैलाई फूल वा उपहार दिने योजना नबनाउनेहरुलाई भने ‘भ्यालेन्टाइन डे’ को कुनै आइतबार छैन। साथीहरुको अभिव्यक्ति र सलबलपछि म भने दोधारमा पर्नैपर्ने स्थितिमा पुगे अनि फेसबुकमा यस्तो स्टाटस टांसे : ‘ ‎’भ्यालेन्टाइन डे’ मा कल्लाई इलु भन्नु नि ? आफ्नी नेपालाँ छट्पटाउँदै होलिन् । उनैलाई सम्झदै यो वर्ष पनि मन बाँध्न पर्नेभो । भन्या’ जस्तो भै’छ भने आगौ एउटा एकान्त बगैचामा लिएर जानुपर्ला उनलाई । अनि मनको कुरा गर्नुपर्ला, सपनाको कुरा गर्नुपर्ला । भ्यालेन्टाइन हो रे, यही सोचियो आज । Anyway, Happy Valentine Day मित्रहरु !!

Popularity: 7%

1 comment February 14th, 2011

एनआरएनएको दुबई सम्मेलन चैतमा पाकेको बेल जस्तै

रोशन भट्टराई, दोहा कतार-
अबको केहिदिनमा नै गल्फ राष्ट्र दुबईमा हुंदै गरेको एनआरएनको क्षेत्रिय सम्मेलन मात्र केबल साथीभाईहरुको मेलमिलाप र भेटघाटमा टुगिंने कुरा निश्चित छ। सुरक्षित आप्रवासन र सामुहिक लगानीको बारेमा हुन लागेको यो सम्मेलनले त्यस्तो कुनै ठोस निर्णय लिन नसक्ने जगजाहेर नै छ र गल्फमा कार्यरत नेपाली श्रमिकहरुको कुनै चासोको बिषय हुन नसक्नुले यो कुरा उजागर गरेकोछ।

गल्फ क्षेत्रमा कार्यरत नेपाली मजदुरहरुले यो सम्मेलनप्रति कुनै जिज्ञासा वा रुची नराख्नुले यो सम्मेलन केबल एन्आरएन्एका सदस्य साथीभाईहरुको एकआपसमा भेटघाट तथा हात मिलाई र यसो चियापान वा मध्यपानमा विश्राम लिनेछ भन्दा झुठो हुने छैन। तर पनि एउटा उपलब्धी भने यस सम्मेलनले हातपार्ने प्रबल संभावना छ त्यो के हो भने एन्आरएन्एको बार्षिक क्यालेण्डरमा अंकित एक क्षेत्रमा कम्तीमा पनि एउटा सम्मेलन गर्नुपर्ने लिखित शर्त भने पूरा हुनेछ।

किन यो दुबई सम्मेलनले हावा खानेछ त?
यसमा प्रसस्त कारणहरु छन् । पहिलो कारण त एन्आरएन्एका यस क्षेत्रका प्रमूखहरुको मूख्य पेशा भनेकै म्यानपावर व्यवसाय नै हो र यस क्षेत्रमा कार्यरत एन्आरएन्एका मुख्य हर्ताकर्ताहरुको र्को व्यवसाय भनेकै नेपालबाट मजदुरहरु ल्याएर कतार, साउदी, दुबई, कुवेत तथा ओमन वा बहराईनमा दुइ चार रियलको नाफामा आर्को कम्पनीमा सम्लाईमा बेच्नु हो। यसको प्रमाणको लागि यस क्षेत्रका एन्आरएन्एका हर्ताकर्ताहरुको नेपालमा आफ्नै म्यानपावर एजेन्सीहरु छन् वा आफ्ना नातागोताको नाममा म्यानपावर कम्पनीहरु छन्। अब यिनीहरुले कसरी नेपाली मजदुरहरुको सुरक्षित आप्रवसन सम्बन्धी निती नियमहरु बनाउन सक्छन् तरु यिनीहरुको खाडी राष्ट्र प्रबेश नेपाली श्रमिकहरुको लागि भिसाको दलाली गर्न भएको हो र यसको साक्षी गएको समय र यस क्षेत्रमा कार्यरत नेपाली मजदुरहरु नै छन्। बास्तवमा यिनीहरु कांधमा छड्के झोला भिरेर भिसाका खेती गर्न कतार वा अन्य खाडि मुलुक झरेका हुन्। खाडी राष्ट्रहरुमा नेपाली भिसा दलालीको प्रबेशले नै असाध्यै असस्थ्य प्रतिस्पर्धा जन्मे को हो। यिनीहरुको प्रवेश हुनुभन्दा पहिले नेपाली भिसाको मूल्य यस्तरी चर्केर गएको पनि थिएन र यिनै नेपाली भिसा दलालहरुको प्रवेशले नै नेपाली श्रमिकहरुको मासिक वेतन र सरसुबिधामा भयंकर गिरावट आएको हो। यिनीहरुको प्रवेश हुनुभन्दा पहिले नेपाली मजदुरहरुको मासिक वेतन र सरसुबिधा धेरै हदसम्म राम्रो थियो। यस्तो हुनुको प्रमुख कारण नेपाली भिसा दलालहरु डरलाग्दो तवरले अशिक्षित हुनु र भिसा फुत्काउनको लागि जति पनि कमीशन तिर्न तयार हुनु र भिसा ब्यापारको विश्व परिस्थितीको शून्य जानकारी हुनु हो। यिनीहरुले सुरक्षित निती नियम बनाउनु भनेको त बाघले बाख्रा म हेर्छु भन्नु सरह हो वा बिरालोले मुसा मार्दिन भन्नु हो। त्यसैले यस्तो जानी जानी यस क्षेत्रमा कार्यरत नेपाली मजदुरहरु यिनीहरुले सुरक्षित आप्रवसन सम्बन्धी बलियो अबधारणा ल्याउलान् भन्ने कुरा सुन्दा अचम्म मान्नु स्वभाविक नै हो। यिनीहरुले सुरक्षित आप्रवसन सम्बन्धी दुबई घोषणापत्र जारी गरेपनि सो कुराको विश्वास नेपाली मजदुरहरुले गर्न सक्दैनन्। यो कुनै पनि हालतमा हुन सक्दैन। त्यसैले यो सम्मेलन यो मानेमा एक हावादारी सम्मेलन जस्तै हुने छ।

अब कुरा रह्यो सामुहिक लगानीको। संस्थाका हर्ताकर्ताको विगत यसरी कोरिएको छ। के अब हामीले यिनीहरुको हातमा सामुहिक लगानीको लागि गल्फ तथा मध्यपूर्वमा कार्यरत मजदुरहरुको धन भण्डार गर्न सक्छा्रैं त? सबैलाई जानकारी हुनै पर्दछ कि एनआरएनए भनेको संस्था नेपालबाट विदेश पलायन भएकाहरुको संस्था हो जसले नेपाली नागरिकता र नेपाली पासपोर्ट पूर्ण रुपमा त्यागी सकेका छन्। हामी त हाम्रो नेपाली नागरिकता र पासपोर्ट त्याग्न सक्दैनौं। आफूलाई नेपालीसम्म भन्न मन नपराउनेहरुको संस्थाका अगुवाहरुले ल्याउने कार्यक्रमलाई हामी नेपालीहरुले कसरी विश्वास गर्ने। किमार्थ यस्तो हावादारी बकबास हाम्रो लागी बडो ठूलो दुर्भाग्य हुनेछ। यहां कुरा डा. उपेन्द्र महतको मात्र छैन। हो उहां अझैपनि नेपाली हरियो पासपोर्ट लिएर हिड्नुहुन्छ तर उहांको यस संस्थाका अन्य देशमा रहेका एन्सिसिहरुका अगुवाहरुको हालत त्यस्तो छैन। उनीहरु नेपाली हैनन्। महान नेपालको निर्माणमा नेपालीहरुकै अगुवाई हुनुपर्दछ । हो सल्लाह सुझाव र सहयोग लिन सकिन्छ तर अगुवाई कसैलाई पनि दिन सकिन्न। देशको नागरिकता परित्याग गरिसकेकाहरुको कुनैपनि हालतमा विश्वास गर्न सकिन्न। असली मान्छेको परिक्षण कडा समयले गर्दछ। हिजोको अप्ठ्यारो परिस्थितीमा नेपाली नागरिकता परित्याग गर्ने र आज धन भएपछि नेपाली बन्छु भन्नेलाई कदापी विश्वास गर्न सकिदैन। भोलि फेरि देश अप्ठ्यारोमा फस्दा यस्ताहरुले नेपालकै लिलामी गरेभने हामी नेपालीहरु कता गएर बस्ने रु यो विश्वमा आर्को नेपाल त छैन। त्यसैले एनआरएनएका पदाधिकारीहरुबाट ल्याईने सामुहिक लगानीको अवधारणालाई खाडि तथा मध्यपूर्बमा अपार असफलता हात लाग्ने ग्यारेन्टी छ। यस्तो बकम्फुसे कुरामा खाडी क्षेत्रमा कार्यरत मजदुरहरुको कुनै पनि प्रकारको समर्थन र सहयोग रहने छैन।

त्यसैले एनआरएनए भन्ने संस्थाको अगुवाईमा ल्याईने सामुहिक लगानी सम्बन्धी कार्यक्रममा गल्फ तथा मध्य पूर्वमा कार्यरत नेपाली मजदुरहरुको कुनै रुची छैन। यस्तो कदम नेपाल सरकार, नेपालका सम्पूर्ण राजनैतिक दलहरु तथा विदेशमा कार्यरत नेपालीहरुको विभिन्न संघसंस्थाहरुको आव्हानमा मात्र यस्तो कार्यक्रम ल्याईनुपर्दछ भन्ने यो लेखको सार हो।

एनआरएनएका सबै हर्ताकर्ताहरु बदमास र कालो विगत भएकहरु नै हुन् भन्नु यो लेखको आशय हैन। नत यिनीहरु सबै दलाली पेशाबाट उठेका हुन् भन्न खोजिएको नै हो। म्यानपावर व्यावसाय आफैमा नराम्रो व्यावसाय हैन । कृष्ण प्रसाद अधिकारी जस्ता ब्यक्तिहरुको पनि म्यानपावर व्यवसाय छन् । उ मात्र फ्रि भिसाको ब्यापार गर्छ। पच्चीस तीस हजार मात्र पैसा असुल गरेर नेपाली मजदुरहरुलाई विदेश पठाउछ। नेपाली मजदुरहरुको माग गर्ने र उल्टै नेपाली म्यानपावर कम्पनीहरुसंग कमिशन माग्ने ठगी कम्पनीहरुलाई नेपाली मजदुर दिदैन र त्यस्ता दलालहरु संग ब्यापार पनि गर्दैन । एन्आरएनए चोरै चोरहरुको संस्थाहो भन्ने पनि यो लेखको आशय हैन। एनआरएनए एन्सिसि दुबई तथा साउदीका अगुवाहरुले गरेका राम्रा कामहरु जनमानसमा चर्चाको विषय बनेका छन्। उनीहरु धन्यवादका पात्र छन् । तर एन्आरएन्एमा भएका अगुवाहरु सबै दुबई तथा साउदीका एन्आरएन्ए प्रमुख जस्तो कदापि छैनन्। भएको भए नत यस्ता लेखहरु लेखिन्थ्यो वा लेख्न बाध्य परिन्थ्यो । कतार परिबेशको कुरा गर्ने हो भने एन्आरएन्ए एनसिसि कतारले हालैमात्र एक विवादित सांस्कितक कार्यक्रमको आयोजना गरेर अझ ठूलो विवादको खाडलमा जाकिएकोछ। कुनैपनि संघ संस्थासंग समन्यव नगरेर गरिएको उक्त्त कार्यक्रमलाई कतारमा कार्यरत नेपाली मजदुरहरुले बहिष्कार गरेका छन्। दुइ चार जना नेपाली म्यानपावर व्यवसायीहरुको कम्पनीहरुमा कार्यरत नेपाली मजदुरहरुलाई कार्यक्रम सफल बनाउने बहानामा फ्रि टिकट दिएर भिड देखाउन खोजेपनि कार्यक्रमको ब्यवस्थापन अति विफल रहेको सो कार्यक्रम हेरेर र्फकनेहरु बताउछन् । नेपाली राष्ट्रिय खेलाडी दिपक विष्टलाई सम्मान गरेर एन्आरएनए एन्सिसि कतार अझ विवादित भएकोछ। कसैको ब्यक्तिगत स्वार्थ सिद्ध गर्नको लागि राष्ट्रिय खेलाडीलाई कतारमा बोलाएर सम्मान गरि नेपाली खेलाडीहरु पैसाको लागि जतापनि पुग्ने गर्छन भन्ने सन्देश दिईएको छ। तीनहजार नेपाली मजदुरहरुको उपस्थिती भनिएको सो कार्यक्रमको हिसाबकिताब पनि समयले गर्ने नै छ। लगभग तीसलाख नेरु फाईदा गरेको र धेरैभन्दा धेरै कम्पनीहरुले स्पोन्सर गरेको सो कार्यक्रममा कति माखा लागे भन्ने त आगामी दिनमा छर्लगं हुनेछ । त्यतिमात्र नभएर सो कार्यक्रम हुनुपूर्व कतारमा कार्यरत विभिन्न नेपालीहरुबाट अबैधानिक चन्दा संकलनको जुन कार्य भएको थियो सोको विवरण कसरी प्रस्तुत गर्छन हेर्न बांकी नै छ । कतारका एन्आरएन्एका प्रमुखहरुले नेपाली सांस्कृतिक केन्द्र स्थापना गर्न भनि लाखौं रुपियां भ्रष्टचार गरेको कुरा कसैबाट छुपेको छैन। कतारमा एन्आरएन्ए चलाउने समाजका लब्धप्रतिस्थित अग्रजहरु पूर्णतय म्यानपावर व्यवसायका कतारका राजाहरु हुन् र उहांहरुले सामुहिक लगानी र सुरक्षित आप्रवासनका कुराहरु गर्नुहुन्छ भन्दा कतारमा कार्यरत नेपालीहरु बडो ब्यंग्यात्मक तवरले हांस्ने गर्दछन्। कतारका एन्आरएन्एका ठूलाबडाहरुले दुबई, साउदी, बहराईन, कुवेत वा ओमन गएर झुठो भाषण गरेभने त्यहांको नेपालीहरुले मान्लान तर कतारका नेपालीहरुले बडो ठूलो खिल्लिपूर्ण हांसो हांस्दछन् । नपत्याए कतारस्थित नेपाली दूतवासमा सम्पर्क गर्नुहोस र सोध्नुहोस कि कुन कुन एनआरएनएमा आबद्ध नेताजीहरुले नेपाली श्रमिकहरुलाई कति दूख दिनु भएकोछ भन्नेबारे।

तसर्थ यो सम्मेलन मात्र एक हावादारी सम्मेलन हुन जानेछ। सम्मेलन आयोजकहरुले भनुन् कि त्यस्तो कुन ब्यक्ति वा संस्थालाई बोलाईएको छ जो मजदुर हक, हित, भलाई र एकताको लागि मन, बचन र कर्मले प्रतिबद्ध छ रु कुन मजदुर नेताले सो कार्यक्रमलाई सम्बोधन गर्दैछन्? मजदुरहरुको लागि भनिएको सुरक्षित आप्रवासन सम्बन्धी र सामुहिक लगानीको कार्यमा वर्गीय प्रतिनिधित्व खै? के गोरुले घांस बचाउ अभियान ल्यायो भने मान्य हुन्छ ? पीडकले पीडित उत्थान संघ खोल्यो भने पीडितहरुले विश्वास गर्छन त? त्यसैले राष्ट्र परिवर्तनको महत्वपूर्ण जिम्मेवारीको लागि सामुहिक लगानी वा सुरक्षित आप्रवासन सम्बन्धी कार्यहरु नत नेपाली नागरिकता त्यांगि सकेकाहरुको हातमा ठेक्का दिन सकिन्छ नत मजदुरहरुको अस्वस्थ्य दलाली गर्नेहरुको हातमा दिन सकिन्छ नत नेपालीहरुलाई दुइ चार रियलको लोभमा तीन चार कम्पनीहरुलाई बेच्नेहरुको हातमा दिन सकिन्छ नत कुनै शोषकको हातमा दिन नै सकिन्छ। यत्रो महान कार्य आफैले नेपालबाट नेपाली मजदुरहरु ल्याएर दुइ तीन महिनापछि कम्पनी बन्द गराएर फेरि र्को कम्पनीमा तल्लो प्रकारको सेवा शर्तसहित काम लगाउने खेल खेल्न माहिरहरुको हातमा नै दिन सकिन्छ।

सबैभन्दा गहन विषय त यो हो कि यूरोप तथा अमेरिकामा बसेर नेपाली नागरिकता परित्याग गरिसकेका नेपालीहरु नेपाली मूलका हुन तर नेपाली हैनन्। उनीहरुलाई नेपाली नागरिकता दिन त सकिन्छ तर उनीहरुले पूर्ण रुपमा सो देशको नागरिकता परित्याग गर्नुपर्दछ । अब उनीहरु भन्लान यो दुनियां साह्रै सांगुरो भैसक्यो। इ यू मा एकल नागरिकता चलिसक्यो। हामी त्यसो गर्नसक्ने हैसियतमा अझै पुगेका छैनौं । खुल्ला सिमाना भएको भारत संगको असहजताले नै हामीलाई काफी उदाहरण दिएको छ । भोलि हामी बलियो भैसकेको अबस्थामा तपाईहरुलाई नागरिकता दिनेछौं तर आज हैन। अब रह्यो लगानी नेपालमा लाने सम्बन्धमा। अमेरिकी, भारती वा अन्य विदेशीले नेपालमा लगानी गरेकै छन्। तपाईहरुलाई के ले रोक्यो त लगानी गर्न? फेरि आर्को महत्वपूर्ण कुरो छ एनआरएनएका ठालूहरुलाई विषेश सहुलियत चाहियो रे नेपालमा लगानी गर्नको लागि। के एनआरएनएहरु नेपालमा दुखसुख गरेर बसेका नेपाली भन्दा धेरै गुना माथिका नागरिकहरु हुन त? यो कस्तो माग हो? देशको नागरिकता च्यातेर विदेश पलायन भएकाहरुलाई विषेश लगानी मैत्री प्याकेज रे नेपाललाई केहि गरु भनि नेपालमै बसी बसी मेहनेत गर्ने नेपालीलाई दोस्रो दर्जाको नेपाली मान्ने माग।

सुजाता कोईरालालाई प्रमुख अतिथि बनाएर कार्यक्रम सफल बनाउन खोजिएपनि सुजाता आफै नेपाली हैनन्। उनीले त विदेशीसंग बिहे गरेर गैसकेका छन् र उनका साराका सारा नाता गोताहरुको पनि विदेशीहरुसंग बिहै भैसकेको छ। यस्ता ब्यक्तिहरु देशको महत्वपूर्ण ओहदामा पूग्दा राष्ट्रिय सुरक्षाको लागि अत्यन्तै खतरनाक परिस्थिती सिर्जना हुनजाने हुन्छ। हामी तमाम देशभक्त नेपालीहरु यस्तो हर्कतको विरोध गर्दछौं। यस्तै हुदै गयो भने नेपालमा रुबेल चौधरीहरुको मात्र जन्म हुनेछ र नेपाल विदेशी दलालहरुको क्रिडास्थल पुग्न जानेछ। यस्तो भविष्य रोक्नको लागि हामी आजै सचेत हुन जरुरी छ। यस्ता ब्यक्तिहरुले कसरी नेपाली नागरिकता प्राप्त गरेका छन् भन्ने कुरा समयले अध्ययन गर्ने नै छ।

यसर्थ अहिले हुंदै गरेको एन्आरएनएको दुबई भेला खाडी राष्ट्रहरु तथा सम्पूर्ण मध्यपूर्व एसियामा कार्यरत नेपाली मजदुरहरुको लागि रुखमा बेल पाक्यो कागलाई हर्ष न विस्मात भने झै हुनेछ। तपाई हाम्रो लागि केही न केही हातमा लाग्यो शून्य बराबर। तरपनि पांचतारे होटलमा मध्यपानको लागि अग्रिम शुभकामना।

अन्त्यमा खाडी तथा सम्पूर्ण मध्यपूर्वमा कार्यरत नेपाली मजदुरहरुको हक, हित, भलाईको लागि र सुरक्षित आप्रवाशन तथा सामुहिक लगानीको लागी नेपाली मजदुरहरुकै नेतृत्वमा एक बलियो र शसक्त र्को संगठनको गम्भीर आवश्यकता छ। यस बारेमा बहस र गृहकार्यको जरुरी भैसकेकोछ।

रोशन भट्टराई, दोहा कतार
r_bhattarai2005@yahoo.com

Popularity: 8%

1 comment January 15th, 2011

शान्त, समृद्व नेपाल: हुन्छ त कसरी ?

खेमराज चिन्तन -
हामी सधै राजनीतिक नेताहरुको विरोध मात्रै गर्न ईच्छुक हुन्छौ र देश बनाउने वा बिगार्ने काम मात्र नेताहरुको हो भन्ने ठान्नेका छौं। तर हामी नागरिकको चाँहि देशलाई राम्रो/नराम्रो बनाउनमा कुनै जिम्मेवारी/ भूमिका छैन जस्तो गर्छौ। वास्तवमा एउटा राम्रो व्यवस्था सहितको शान्त,समृद्व राष्ट्र बन्नालाई राजनेता र जनताको उत्तिकै भूमिका र जिम्मेवारी हुन्छ।

केहि दिनअघि मेरा एक जना मित्रले सार्वजनिक संचारको माध्यमबाट ‘के हाम्रो काम अरुको विरोध र गाली गर्ने मात्रै हो त ?’ भनि सम्पूर्ण साथीहरु माझ लौ न त हाम्रो देश नेपाललाई शान्त समृद्व बनाउन के गर्नु पर्छ भनि हाम्रो आ-आफ्नो क्षेत्रको तर्फबाट देश बनाउने भिजन दिऔ भनि आह्वान गर्नु भएको थियो। ठिकै कुरा गर्नु भएको हो उहाँले । देशका नेतालाई गाली गरेर मात्र पनि हामी छुटकारा पाउन सकिदैन, उनीहरु पनि त हामी जस्तै हुन् नि । कुनै अर्कै संसारका विचित्रका सोच,ज्ञान,सीप,दर्शन भएका मान्छे होइन। तपाई हामी पनि जान सक्छौ राष्ट्र हाँक्नलाई । तपाईले पनि दिन सक्नु हुन्छ आफ्नो क्षेत्रबाट समृद्व राष्ट्र बनाउने भिजन हाम्रो समाजलाई,सम्पूर्ण नेपालीलाई अनि अहिले देश हाँके ठाउँमा भएका नेतालाई । जब धेरै जनतामा देशले गर्नु पर्ने काम यो हो भनि एक मत हुन्छन त हाम्रो अभिमत जिति शासन संचालन गर्ने ठाउमा पुग्न अनि टिक्न पनि त्यहिँ काम गर्नु पर्ने हुन्छ । शान्त समृद्व नेपाल हामी सबैको परिकल्पना हो त्यो प्राप्तिको लागि अभिलम्व गर्नु पर्ने केहि बुँदाहरु यस प्रकार छन् जुन यो पंक्तिकार यहाँ प्रस्तुत गर्न गईरहेको छ।

१. समयसीमाभित्र संविधान लेखन र राजनीतिक स्थिरता : २००७ सालमा प्रजातन्त्र प्राप्ति ,२०४६ सालमा संसदीय प्रजातन्त्र र २०६३ मा संघीय लोकतान्त्रिक गणतन्त्र गरि नेपालमा राजनीतिक परिवर्तन पर्याप्त मात्रामा भएका छन् तर प्राप्त उपलब्धिलाई संस्थागत गर्न हामी चुकी रहेका छौ । ईतिहासबाट पाठ सिकि अहिले प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता ,दश वर्ष लामो हिंसात्मक द्वन्द्वको शान्तिपूर्ण समाधान र ६० वर्षदेखि थान्तिमा रहेको एजेन्डा संविधान सभाको सफल निर्वाचन जस्ता उपलब्धीको सबै पार्टीले राम्रो सोचबुझका साथ जनताले व्यवस्था फेरिएको महशुस गर्ने गरि कार्यान्वयन गर्नु पर्छ । जबसम्म जनताको जीवनस्तर परिवर्तन गर्न सकिदैन , जनताको मुहारमा खुशियाली ल्याउन सकिदैन तबसम्म राजनीतिक परिवर्तन, मात्रै व्यवस्था परिवर्तन र व्यक्ति परिवर्तनमा सीमित हुन पुग्छ। सधै व्यवस्था परिवर्तनका लागि मात्र आन्दोलन गरि आएका हामी अब विश्वमान्य शाश्वत मूल्य मान्यताहरु जस्तै जनतामा निहित सार्वभौमसत्ता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवअधिकार, प्रेस स्वतन्त्रता, बहुलवाद, बहुदलीय प्रतिस्पर्धा, अहिंसात्मक राजनीतिक प्रतिस्पर्धा, मौलिक अधिकार, बालिग मताधिकारमा आधारित निर्वाचनको ग्यारेन्टी गरेको संविधान समयसीमाभित्र लेखी राजनीतिक स्थिरता दिलाउनु सम्पूर्ण पार्टीको मुख्य कर्त्तव्य हो । संगैका छिमेकी मुलुक चीन र भारत विश्वका सर्वसम्पन्न शक्ति राष्ट्रका लागि प्रतिष्पर्धा गरिरहेका छन् । तर हामी भने जनताको अवस्था परिवर्तन गर्न नलागी राजनीतिक व्यवस्था परिवर्तनका लागि सात दशक खेरा फालिसकेका छौ ।तसर्थ अब ढिलो नगरी देशमा आर्थिक क्रान्तिका लागि आर्थिक एजेन्डाका साथ पार्टीहरु प्रतिष्पर्धा गर्न तयार हुनु पर्छ न कि अहिले जस्तो कुर्चिलाई प्राथमिकता दिइ सम्पूर्ण कामकारवाही ठ्याप्प गर्ने कामले निरन्तरता पाउनु भएन । यसका लागि सबैभन्दा ठुलो पार्टी एमाओवादी उसैको एजेन्डा गणतन्त्रलाई स्थायित्व र संस्थागत गर्नलाई बढी जिम्मेवार हुनु जरुरी छ। अहिले पनि अन्य पार्टीको तुलनामा धेरै जनता माओवादीप्रति आकर्षित छन्। उसले चाहेको सामाजिक आर्थिक परिवर्तन जनताको मन जितेरै स्थापित गर्ने अवस्था छ। भारत अमेरिकालाई देखाएर भर्खरै १६ हजारभन्दा बढि जनताले ज्यान गुमाई ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र,धर्म निरपेक्षता , शान्ति पुनर्वहाली संस्थागत गरी यी उपलब्धीको स्थायित्व दिनतिर नलागी जनविद्रोहको नाममा हिँसाको बाटो पुन: हिड्न खोज्नु कसैको लागि हितकार हुने छैन।

२. कृषिमा व्यवसायीकरण : नेपालमा अझै पनि करिब ७० प्रतिशत जनता कृषिमा आश्रित छन् । तर कृषिलाई केवल जीविकोपार्जनको माध्यामका रुपमा लिइएको हुँदा यसमा आश्रित धेरै जनसमुदायको जीवनस्तर माथि नउकासी नेपाल अन्य कार्यबाट समृद्व हुन सक्दैन । त्यसका लागि सर्वप्रथम यस पेशा अंगालेका जनताले आफुलाई चाहिने सबै चीज आफै उत्पादन गर्ने अहिलेको परिपार्टीबाट कुनै एक दुई वस्तु व्यवसायिक रुपमा उत्पादन गर्ने प्रणालीमा जानु पर्छ। यसका साथै भुमि सम्बन्धी हदबन्दी तोकी उनुत्पादनशील रुपमा रहेका जग्गाको पुनर्वितरणको व्यवस्थादेखि कृषि उत्पादनको न्यूनतम मूल्य र बजार व्यवस्थापन,सिंचाई सुबिधा, शहर र गाउँको बसाईको अहिलेको अन्तर कम गर्नका लागि स्वास्थ्य,शिक्षा,बाटोघाटो बिजुलीबत्ती जस्ता पूर्वाधारहरू निर्माण र उच्चस्तरको मल बीउका व्यवस्थापन सरकारबाट यथाशक्य चाडै गराउनु पर्दछ । कृषकहरुलाई सहकारी वा साना कर्जाको माध्यमबाट सहुलियत रुपमा ऋण उपलब्ध गराउनु पर्छ। यदि कृषिमा व्यवसायीकरण अर्थात आधुनिककरण गरी देशलाई चाहिने कृषिजन्य उत्पादनको अभाव मात्रै पुरा गर्न सक्ने अवस्था ल्याउन सकेमा देशको कृषिमा आश्रित यति ठुलो जनसंख्याको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिन्छ । यति मात्र होइन आज वार्षिक श्रमबजारमा प्रवेश गर्ने तीन लाख जनशक्ति बराबरै अर्थात दैनिक करिब ८०० जना नेपाली जो महिनाको सात देखि १५ हजार रुपैयाँसम्मको कमाईका लागि खाडीमुलुक, मलेशिया जान बाध्य नेपाली दाजु-भाई, दिदी-बहिनीलाई आफ्नै समाजमा परिवारसंग बसी त्यो आम्दानी गर्ने व्यवस्था सिर्जना गराउन सकिन्छ । जसबाट युवापिँढी विहिन भई सुनशान र निराश बन्दै गएको आजको हाम्रो गाउँबस्ती आफ्नो जीवनको सक्रिय उमेर आफ्नै जन्मथलोमा उत्पादनशील काम गरी बिताउन तयार युवा जनशक्ति सहित रमाइला र बसौं बसौं लाग्ने गाउँमा रुपान्तर हुने छन। कृषिक्षेत्रको व्यावसायिककरणबाट त्यस पेशामा लागेका जनताको बचत क्षमतामा वृद्धि हुन्छ । जुन बचत औद्योगिक क्षेत्रको विकासमा लगाउन सकिन्छ र निम्नतम मुल्यमा पाइने कृषिजन्य कच्चा पदार्थबाट उधोगधन्दाको विकासलाई पनि ठुलो टेवा पु-याउन सकिने छ । जसबाट कृषिमा आवद्व श्रमशक्ति बाहेक अन्य बाँकी श्रमशक्तिलाई औद्योगिक क्षेत्रमा थप रोजगारीको सिर्जना गराउन सकिन्छ।

३. अपार जलस्रोतको उपयोग : नेपाल जलस्रोतमा संसारकै दोस्रो धनी मुलुक भए पनि प्राविधिक र आर्थिक रुपमा सम्भव देखिएको ५३००० MW विद्युत क्षमतामा जम्मा ६८९ MW उत्पादन गरिएको छ । पानी खेरा गएको गएछ। पानी त्यसै बगेर खेरा जान दिनु भन्दा आफ्नो साधन स्रोतले के कस्ता आयोजना निर्माण गर्न सकिन्छ त्यो ईमान्दारपुर्वक निर्माण गर्ने र नसकेकोमा विदेशी अनुदान,सहयोग र ऋणबाट भए पनि जति सक्दो चाडै यसको सदुपयोग गर्नु पर्छ । जब देशलाई चाहिने मात्रामा जलविद्युत हुन्छ त्यसबाट औधोगिक विकास ,कृषिमा आधुनिकीकरण लगायत सम्पूर्ण क्षेत्रको विकासका लागि विद्युतको ठुलो भूमिका रहन्छ । तर दुर्भाग्य हाम्रो देशमा जलविद्युतमा ठुलो राजनीति हुने गरेको छ । अरुण तेस्रो (४०२MW) जस्तो ठुलो आयोजना जसका लागि आवश्यक रकम अत्यन्त कम ब्याजदर, आधाभन्दा बढी अनुदानमा मिल्दा अनि क्षेत्रीय सन्तुलन, पूर्वाधार विकास र जलस्रोत उपयोगिताका सबै दृष्टिले उपयुक्त उक्त आयोजना जल माफिया र तीनैको सेवा गरि बाँचेका तथाकथित जलस्रोत विद्वानको कुरामा लुटपुटिएर एमालेका कारण शुरु हुने अवस्थामा पुगेको आयोजना स्थकित भयो । माओवादीको जनयुद्व कालमा सुरक्षाका कारण कुनै पनि ठुला जलविद्युत आयोजना शुरू हुन सकेन ।२०६२/६३ को जनआन्दोलनपछि राजनीतिक स्थिरता कायम भयो भनि जलस्रोतमा लगानी गर्न ठुला वैदेशिक कम्पनी आकर्षित भएका थिए । माओवादी संसदमा आएपछि उ समेत समेलित रहेको संसद्को सार्वजनिक लेख र अर्थ समितिले राष्ट्रले अधिकतम लाभ हुने गरि प्रतिस्पर्धाबाट छानिएका वैदेशिक कम्पनीलाई लाईसेन्स दिन सरकारलाई निर्देशन् गरेको थियो।जसका कारण माथिल्लो कर्णाली र पुन्य: अरुण तेस्रो आयोजनाको अध्ययन लगभग पुरा भैइसकेको अवस्थामा फेरी माओवादीका कारण ती आयोजना बन्द हुन पुग्यो।माथिका दुई उदाहरण यसप्रकार उल्लेख गरेको छु कि नेपालमा सरकारमा पुगेको पार्टी काँग्रेस- एमालेको गैरजिम्मेवारी ,पार्टीगत स्वार्थ र नेताहरुको भ्रष्ट चारित्र त छदैछ नेपालको विकास नहुनुमा त्यति नै जिम्मेवारी प्रतिपक्षमा रहँदा एमाले र माओवादीको छ। सरकारमा गएको पार्टीलाई विफल बनाउन विकास निर्माणका काममा अवरोध सिर्जना गर्ने,शुरुवत गर्न नदिने अनि देश र जनतालाई आर्थिकरुप कमजोर बनाएर जनताको नजरमा सरकारमा पुगेको पार्टीलाई असफल बनाउने खेल पनि उत्तिकै जिम्मेवार छ हाम्रो देश विकास नहुनुमा । तसर्थ शान्त समृद्व नेपाल निर्माणको बाटोमा अघि बढ्न सबै पार्टी ईमान्दार हुनु पर्‍यो।

४. समानुपातिक विकास र रोजगारीका लागि पर्यटन प्रवर्द्वन : नेपाल भौगोलिक,साँस्कृतिक र वातावरणीय रुपमा संसारमै एक सुन्दर मुलुक हो। हामीसँग भएको भौगोलिक,साँस्कृतिक, वातावरणीय विविधता र प्राकृतिक सुन्दरताबाट विभिन्न मुलुकका मानिसलाई नेपाल घुम्नको लागी आकर्षित गरी पर्यटन प्रवर्द्वनबाट नेपालको समानुपातिक विकासका लागि कम लागानीमा धेरै व्यक्तिलाई रोजागारी दिन सकिन्छ। तथ्याँकले देखाउछ कि एउटा ६०० डलर खर्च गर्ने एक पर्यटकबाट ७ देखि ११ व्यक्तिसम्मले सेवा पु-याउछन्। अर्कोतर्फ पर्यटकहरु नेपाल आउँदा ट्रेकिङ, राफ्टिङ र गाउँको जनजीवन नजिकबाट निहाल्न ग्रामीण क्षेत्रमा घुम्न जाने हुँदा कमाईको अवसर गाउँमा पनि पुगी समानुपातिक विकासका लागि टेवा पुग्छ र विद्यमान शहर र गाउँको आर्थिक असमानता कम गराउन पर्यटन क्षेत्रको विकासले अहंम भुमिका खेल्छ। नेपालसँग तुरुन्तै निर्यात गर्ने सामन धेरै नभएको अहिलेको अवस्थामा वैदेशिक मुद्रा अभावको पूर्ति गर्ने राम्रो माध्यम पनि पर्यटन प्रवर्द्वन् हुने छ।यसका साथै पर्यटन प्रवर्द्वनका लागि विदेशमा रहेका ३० लाखभन्दा बढी गैरआवासीय नेपालीले आफ्नो सम्पर्कमा रहेका विदेशीलाई नेपाल पठाउनमा ठुलो भुमिका खेल्न सक्छन। होटल ,रिसोर्ट, केबुलकार आदिमा लगानी गरी यस क्षेत्रको विकासमा गैरआवासीय नेपाली प्रत्यक्ष रुपमा यसमा सामेल हुन र कमाउन सक्ने छन ।नेपालले २०११ लाई पर्यटन वर्षको रुपमा मनाउन गईरहेको हुँदा हामी सबै नयाँ वर्षको शुभारम्भसँगै राष्ट्र विकासको यो अभियानमा राम्रो सोचका साथ सामेल भई योग्दान पु-याउन सकिन्छ।

५. विद्यालय/क्याम्पस/युनिभर्सिटी तहको पढाई सकेर निस्केकाहरु प्राय सबै जागिरको पछि मात्र लाग्ने र शिक्षित व्यक्ति हुँ भन्ने अहंमता मात्र बाकेका व्यक्ति नभई धेरै भन्दा धेरैले आफ्नै काम गरि खाने उद्यमी,सीपवान नागरिक/विद्यार्थी उत्पादन गर्ने गरि हाम्रो शैक्षिक प्रणाली परिमार्जन गर्नु पर्दछ ।

६.देशमा कानुनी राज कायम राख्नको लागि कानुन कार्यन्वयन गराउने संस्थालाई स्वतन्त्र र सक्रिय बनाउनु प-यो । गल्ती गर्ने व्यक्ति जुन सुकै पहुँचवाला या पहुँचवालाको क्षत्रछाँयामा भए पनि कानुनबाट दण्डित हुनबाट बाँच्न नसकोस । अर्थात अहिलेको जस्तो दन्डहीनता अवस्थाको अन्त्य हुनु पर्दछ । साथै अहिले जस्तो अदालत/अख्तियार/पुलिसले कानुन कार्यन्वयन गराउन सकेन भनेर पार्टीले आफ्नै कार्यकर्ता लगाएर कानुन आफ्नो हातमा लिई दोष किटान गरि कारवाही गर्ने काम पनि नहोस किन कि हामी सबैलाई थाहा छ यो आजको संसारले विधिको शासन कानुनी राज्य भनि परिकल्पना गरेको संसार त्यस्तो पनि होइन र प्राप्त नगर्दा सम्म अपनाउन पर्ने बाटो पनि त्यो नभई कानुन कार्यन्वयन गर्ने संस्थालाई नै स्वतन्त्र,निश्पक्ष र सक्रिय बनाउनतिरै लाग्नु पर्छ।

७. सम्पूर्ण जनता अनि नेता आफ्नो काममा ईमान्दार हुनु प-यो। आफु र आफ्नो परिवारको सुख सुविधाका लागि जस्तो सुकै गैरजिम्मेवार, गैर कानुनी र पदीय मर्यादा भन्दा बाहिरको काम गर्न पछि नपर्ने या म एउटाले गरेर के हुन्छ र भनी काममा लापरवाही गर्ने,आफ्नो गाउँ टोलमा आफैले गर्न सक्ने काममा पनि सरकारको मुख ताक्ने प्रवृति त्याग्नु प-यो । किन कि यदि सबैले यस्तै साना साना गल्ती,गैरजिम्मेवार या कानुनको दायरा नाघेर काम गर्दा जताततै भद्रगोल र अराजकता हुन्छ।

८. सम्पूर्ण नागरिक र उद्यमीले आफुले तिर्नु पर्ने कर ईमान्दार भई तिर्नु प-यो र देशले अर्थात राजनेताले/सरकारले जनताबाट उठाएको करको ईमान्दार,उत्तरदायी,पारदर्शी र जनताप्रति पूर्ण जवाफदेही भएर खर्च गर्नु प-यो।

९. राष्ट्रले शिक्षा, स्वास्थ्यमा सम्पूर्ण जनताको समान पहुँच हुने गरि व्यवस्था मिलाउनु प-यो । अहिले जस्तो हुने खाने र पहुँचवालाका लागि एक किसिमको शिक्षा स्वास्थ्य र नहुने गरिव निमुखाका लागि कम गुणस्तरको सरकारी शिक्षा र औषधीमुलो गर्न नसकी त्यतिकै अकालमा ज्यान फाल्न पर्ने अवस्थाको यथाशिघ्र अन्त्य हुनु प-यो।फेरी यो पनि याद गरौ गुणस्तरीय शिक्षा स्वास्थ्य सम्पूर्ण जनतालाई समान रुपमा पु-याउन राष्ट्रसंग पनि पर्याप्त आम्दानी हुनु प-यो । त्यसका लागि करका दायराभित्र पर्ने सम्पूर्ण उद्यमी ,व्यापारी र नागरिकले ईमान्दार भएर कर तिर्नु प-यो । मैले कर नतिरे या छल्ले भन्ने देशले मलाई सुरक्षा दिन सक्दैन, देशले न्याय दिने निकाय धान्न सक्दैन ,प्रशासन चलाउन सक्दैन, जनतालाई निशुल्क शिक्षा, स्वास्थ्य उपलब्ध गराउने लगायत पुर्वाधार निर्माणको कार्य गराउन सक्दैन भन्ने सोच र जिम्मेवारी बोध सम्पूर्ण जनतामा हुनु पर्छ । यो पंक्तिकारको युरोप बसाईको अनुभवमा साना ठुला व्यवसायी या रोजगार दातासँग कर नतिरी अवैधानिक रुपमा काम गर्न माग्दा विकसित तथा यो सभ्य संसारको नागरिकको यस्तो जवाफ ‘ होइन म कालोमा काम दिन्न किन कि राष्ट्रले मेरो ज्युउ धनको सुरक्षा दिएको छ, मेरो बालबच्चालाई शिक्षा निशुल्क दिएको छ, भोली बिरामी पर्दा निशुल्क उपचार दिन्छ भन्ने मैले राष्ट्रप्रति बेईमानी गर्नु हुँदैन ’ भनेर एउटा सानो चिया कफी पसल थपेर बसेको व्यक्तिले समेत भनेको सुन्दा यो संसार अनि आफ्नो मुलुक सम्झदा अचम्म र दु:ख पनि लाग्छ।त्यसैले सम्पूर्ण साना ठुला व्यवसायी करमा दर्ता हुनु पर्छ र करको दायरामा परेकाले ईमान्दार भई कर तिर्नु पर्छ।आफ्नो कर्त्तव्य ईमान्दार भई पुरा गरेपछि सरकारलाई पनि ईमान्दार हुन दवाब दिन सकिन्छ र सरकारसँग पनि जनताको आवश्यकता पूर्ति गर्ने साधन स्रोतको अभाव हुँदैन।

१०.आन्दोलन, हडताल र बन्दको व्यवस्थितिकरण :आजको खुल्ला संसारमा कुनै पनि राजनीतिक दल,समुदाय या वर्गले आफ्नो माग सरकारसंग र जनतासंग पु-याउन अनि सार्वाजनिक संचारको माध्यमसम्म पु-याउनलाई बन्देज लगाउन त सकिदैन । तर आफ्नो माग सम्बन्धित ठाउँसम्म पु-याउन जबर्जस्ती बल र जुनसुकै हत्कण्डा अपनाएर भएपनि आन्दोलन,हडताल र बन्द गर्ने जुन परम्परा छ नेपालमा त्यसको व्यवस्थितीकरण गर्नु पर्छ। सरकारसंग आफ्नो माग ज्ञापन पत्र मार्फत राख्ने,आफ्नो माग जनतासंग पु-याउनलाई कुनै निश्चित ठाउँमा भेला भई उपस्थित जनसमुदाय र संचारको माध्यमबाट सम्पूर्ण जनतालाई आन्दोलन गर्नु पर्नुको कारण सु-सुचित गराउन सक्छन । तर नेपालमा जुन सुकै पार्टी,वर्ग र समुदायले आन्दोलन गरे पनि जबर्जस्ती जनतालाई सास्ती दिने,सानोतिनो व्यवसायी गर्नेलाई पनि उनीहरुको माग मन परे पनि नपरे पनि जबर्जस्ती बन्दमा सामेल हुन बाध्य पर्ने र भाडाका मान्छे लगाई जताततै ठप्प पारी आन्दोलन आह्वान गर्नेले आन्दोलन पूर्ण सफल भयो भनि मख्ख पर्ने परम्परा छ । त्यसरी जबर्जस्ती बन्द हड्ताल गरेर न त बन्द हड्ताल आयोजना गर्नेले आफ्नो मागमा जनताको वास्तविक कति सहभागिता र आकर्षण छ भन्ने थाहा पाउछन न त सरकारलाई नै थाहा हुन्छ यो मागमा जनताको के राय छ भन्नेमा । संसारका जुन सुकै प्रजातान्त्रिक मुलुकमा कुनै पनि समुदायले आफ्नो माग सम्बन्धित ठाउँ र मिडियासम्म पु-याउन पाउछ तर हाम्रो जस्तो राष्ट्रलाई अर्बौको घाटा हुने गरि जताततै जबर्जस्ती बन्द गर्ने परम्परा चाँही अन्यात्र छैन । बन्द हड्ताल र आन्दोलन व्यवस्थित किसिमले गर्ने हो भने आजको नेपालको मुल मुद्वा ‘आर्थिक क्रान्ति’को लागि महत्वपूर्ण वातावरण सिर्जना हुनेछ ।
देश यस्तो भइदिए त , नेताले यस्तो गरेता भनि सधै अरुलाई गाली गरि मात्रै देश प्रगतिको बाटोमा अघि बढ्न सक्दैन। देशबाट मैले के पाएँ मात्र होइन कि देशलाई यो अफ्ड्यारो अवस्थामा मैले के दिएँ भनि सोची सम्पूर्ण नेता,कर्मचारी,व्यवसायी र जनताले आफ्नो उत्तरदायित्व जिम्मेवारपुर्वक निर्वाह गरे प्रचुर सम्भावना भएको हाम्रो देश १०/१५ वर्षभित्र संसारको एक सुन्दर्,शान्त, समृद्व र सभ्य मुलुक बन्ने बाटोमा धेरै अगाडी बढ्नेछ।
(लेखक गैरआवासीय नेपाली संघ पोर्चुगलका महसचिव हुन्।)

Popularity: 7%

Add comment January 14th, 2011

नेपालको धन गुणस्तरिय पर्यटन

पुष्पराज अधिकारी/ बेल्जियम-
पर्यटन क्षेत्र नेपालको आर्थीक सम्बृद्धिको मूल श्रोत हुन सक्तछ भन्नेमा कसैको दुईमत छैन। बिदेशी पर्यटकहरुको लागि नेपालको ढोका खोलेको पाँच दशक बितिसक्दा पनि नेपालको पर्यटन क्षेत्रको खास उल्लेखनिय बिकास हुन सकेको छैन।

हामीसँग भएका बिभिन्न प्रकृतिक सौन्दर्यका, इतिहासिक महत्वका, साँस्कृतिक मूल्यका र जैबिक बिबिधताका बस्तुहरुको राम्रो प्रचारप्रसार गर्न नसक्नु पर्यटन क्षेत्रको बिकास हुन नसक्नु एउटा पाटो हो भने पर्यटकहरुलाई उपलब्ध गराउने हाम्रो सेवा र सुबिधा गुणस्तरहिन हुनु अर्को पाटो हो।

हाल जताततै आएको सञ्चार र यातायातको बिकाससगै खास गरेर इन्टरनेटको आगमनपछि नेपालको प्रचारप्रसारमा केहि बिकास भएको हो। आवश्यक परे नेपालको बारेमा बिभिन्न सर्च इन्जिनबाट खोजी गर्न सकिने भएको भएर प्रचार प्रसारमा क्रमिक सुधार भई रहेको छ भने गुणस्तरिय पर्यटनलाई सर्बाधिक जोड दिनु आबश्यक छ। गुणस्तरिय पर्यटनको बिकास गर्न खास गरेर चार बिषयमा सुधार ल्याउन जरुरी देखिन्छ।

१ सुबिधामा सम्पन्नता-
सर्बप्रथम त हामीसँग हाम्रो राम्रो राष्ट्रिय ध्वजाबाहक जाहाज छैन। यो गुणस्तरिय पर्यटनको पहिलो अनिवार्यता हो त्यसबाहेक नेपालमा पर्यटकहरुले प्रयोग गर्ने होटेल , ट्याक्सी ,बस तथा सार्वजनिक ठाउंहरु प्राय पूर्ण सुबिधायुक्त हुँदैनन्। मैले यहाँ सुबिधा भन्नाले पूर्ण लक्जरी भन्न खोजेको हैन र पूर्ण लक्जरी सबै ठाउमा सम्भब पनि हुँदैन र सबै पर्यटकहरुले त्यसको नेपालमा अपेक्षा पनि गर्दैनन। नेपालका प्राय होटेलहरुमा केहि न केहि त्रुटी भई रहन्छ। कही बाथरुममा समस्या हुन्छ , कही पर्दा च्यातियको हुन्छ ,कही भित्तामा फोहोर हुन्छ , कही टावल हुँदैन इत्यादी। त्यस्तै टुरिस्ट रेस्टुरेन्टहरुमा भनौ बा साधारण ट्याक्सी वा बसमा भनौ कतै न कतै समस्या हुन्छ। सार्वजनिक ठाउहरुमा पनि त्यस्तै अस्तव्यस्त हुन्छ। यि सबै चिजमा सुधार गर्न त्यति धेरै पैसा पनि पर्दैन साधारण प्रयाशले पनि यो सम्भब छ तर पनि हाम्रो ध्यान त्यसमा केन्द्रीत हुँदैन। जस्ले गर्दा हाम्रो गुणस्तरमा कमी हुन्छ, हामीलाई अरुले गर्ने बिश्वासमा पनि कमी हुन्छ र हामीले पाउने फाइदामा पनि कमी हुन्छ।

२ सेवामा दक्षता -
पर्यटकहरुले भौतिक सुबिधा बाहेक प्रयोग गर्ने अर्को महत्वपूर्ण चिज भनेको सेवा हो। जो जनशक्ति वा जनदक्षतामा भर पर्दछ। नेपालले पर्यटन क्षेत्रमा सुधार गर्नु पर्ने अथवा नेपालमा गुणस्तरिय पर्यटन बिकासको महत्वपूर्ण पाटो भनेको दक्ष जनशक्तिको प्रयोग हो। नेपालमा हाल केही ठूला होटेल र ट्राभेललाई छोडेर बाँकी सबै जसो ठाउंमा एर्पोर्टदेखि अरु सरकारी निकाय सम्ममा पनि दक्ष जनशक्तिको अभाबमा पर्यटकलाई सेवा दिई रहेका छन्। जसले हाम्रो पर्यटनको गुणस्तर घटाएको छ। पर्यटन क्षेत्रमा काम गर्ने कर्मचारीको पर्यटकसँग बोल्ने भाषाको कमी हुनु, शिष्टाचारको ज्ञान नहुनु, आफ्नो पेसागत अध्ययन र अनुभब राम्रो नहुनु र आफ्नो पहिरन र ब्यक्तित्वमा ख्याल नपुर्याउनु जस्ता कुराले एउटा पर्यटकले राम्रो सेवा पाउदैन जस्को फलस्वरुप हाम्रो सेवाको गुणस्तरमा कमी आउछ र हाम्रो मूल्य पनि कम हुन्छ।

३ मुल्यमा आत्मानिर्भरता -
नेपालको पर्यटन क्षेत्रको गुणस्तरमा बिकास गर्न नसकेको एउटा कारण ठिक मूल्य गर्न नसक्नु पनि हो। कही मूल्य धेरै भएको छ भने कही अति थोरै भएको छ। खास गरेर काठमाडौंको ठमेल , पोखरको लेकसाइड र चितबनको सौरहाका होटेल , ट्राभेल ,पसल र रेस्टुराहरुले प्रतिस्पर्धाको नाममा यात अति थोरै मूल्य लिन्छन यात मौका मिल्दा अति धेरै लिन्छन । मूल्यको अबधारणा आफ्नो गुणस्तर अनुसार हुनु पर्नेमा देखा सिकीमा हुन्छ । जस्को कारणले पर्यटकले शंका गर्ने धेरै ठाउ हुन्छ। ठिक मूल्य तिर्दा पनि उ ठगिएको महसुस गर्दछ। मूल्य निर्धारण गर्ने बैज्ञानिक पद्धति भनेको आफ्नो गुणस्तरलाई ध्यान दिई आफ्ना कर्मचारीलाई उचित तलब दिई सम्पूर्ण खर्च कटाएर केही नाफा गर्नु हो। यसरी ब्यापार दिगो र बिश्वासिलो हुन्छ। नेपालमा कही आत्माघाती ब्यापार गरेको पनि देखिन्छ। ठमेलमा दस करोड पर्ने मूल्य बराबरको होटेलको रुम पाँच सय रुपयांमा दिने भेटिन्छ । यस्तो व्यवसायले कहिल्यै गुणस्तर पनि दिदैन र निरन्तरता पनि पाउदैन। कही ग्राहकसंग ठिक मूल्य लिए पनि बढी नफा लिने लोभमा कर्मचारीलाई थोरै तलब दिई गुणस्तरहिन बस्तु बा सेवा दिई रहेका हुन्छन्। सरकारी अनुगमन प्रभाबकारी नहुँदा तिनीहरुलाई नियन्त्रण गर्ने निकाय नहुँदा नेपालको पर्यटन क्षेत्रको गुणस्तर खस्केको छ।

४ आवश्यकतामा जबाफदेहिता-
नेपालमा पर्यटकलाई मर्का पर्दा , अन्याय हुँदा वा ठगिदा यस्को सुनुवाइ हुने ठाउँ कति ठाउंमा छदै छैन र कतिपय ठाउंमा भए पनि प्रभाबकारी छैन। उनीहरुको समस्यामा कसैले जिम्मेबारी प्रस्तुत गर्दैन। एउटा रेस्टुराले सडेको खाना बेच्छ र त्यो खाएर एउटा पर्यटक फुड पोइजन भएर थला पर्दछ तर यसको उसले बिरलै क्षतिपूर्ति पाउदछ। यो नेपालमा धेरै घटिरने घटना हो र धेरै पर्यटकको यसमा गुनासो पनि छ। ट्याक्सीले एकान्तमा जबर्जस्ती गर्दा , बाटामा जबरजस्ती सामान बेच्दा र एउटा मूल्य पहिला तय गरेपछि अर्को मूल्य लिएका धेरै घटना छन्। यस्तो अवस्थामा पर्यटकको सुनुवाइ हुने प्रभाबकारी निकाय नहुँदा पनि नेपालको पर्यटन क्षेत्रको गुणस्तर खस्केको हो। अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटन बजार धेरै सस्तो बजारमा पर्दछ। भन्ने गरिन्छ एउटा पर्यटकले नेपालको लागि छुट्याएको बजेट खर्च नभएर फिर्ता लान्छ भनेर। हामीहरु साधारण कुरामा ध्यान नदिएर जति लिन सक्ने थियौ त्यो लिन सकेका छैनौ। एक सय रुपयाँ गुणस्तरमा खर्च खर्दा तीन सयको मूल्य अबिबृद्धिले लिन सक्ने सम्भाबना हुँदा हुँदै गुणस्तरप्रति हामी सचेत हुन नसक्दा यो अवसरबाट हामी बञ्चित भएका छौ। नेपालको पर्यटन प्रर्बधनको नीति नियम बनाउनेहरुले पर्यटन बिकास संख्याको हिसाबले मात्र हैन गूणात्मक हिसाबले पनि हेर्नु जरुरी मात्र हैन अतिआवश्यक छ भन्ने मेरो अनुरोधसहित पर्यटन बर्ष २०११ को सफलताको शुभकामना।

Pushpa Raj Adhikari , Leuven,Belgium.
For comment – pradhikari60@hotmail.com

Popularity: 7%

Add comment January 7th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

October 2018
M T W T F S S
« Feb    
1234567
891011121314
15161718192021
22232425262728
293031  

Posts by Month

Posts by Category

More news....