Posts filed under 'Feature'

मारिएका ६० हजार गोर्खालीको स्मृतिमा स्मारक बनाईदै

राजेश राई / एचकेनेपाल डट कम-
स्याङजा फेदीखोला, विश्वयुद्धताका बिट्रिश साम्राज्य जोगाउन लड्दा मारिएका गोर्खा सैनिकहरुको सम्झनामा ‘गोर्खा स्मारक’को निर्माण गरिने भएको छ। भूतपूर्व गोर्खा सैनिक सघं (गेसो)ले स्याङजाको फेदीखोला-८ स्थित साल्मेडाँडामा स्मारक निर्रमाण गर्न लागेको हो।

बिट्रिश साम्राज्य्रका लागि लड्दा मृत्यु भएका ६० हजार भन्दा बढी गोर्खा सैनिकहरुको सम्झना र सम्मानमा स्मारक निर्माण गर्न सुरु गरिन लागिएको गेसोका सभापति पदमबहादुर गुरुङले बताए।

साल्मेडाँडामा रहेको ५२ रोपनी जग्गामा निर्माण हुने स्मारकमा गोर्खाली मृत्यु भएका विश्वभरका मुलुकबाट अस्तु ल्याएर समाधीस्थल (सेमेन्ट्री) निर्माण गरिने उनले बताए। स्मारकमा नेपालका बिभिन्न जातजाति र आदिवासी जनजातिका संस्कृति र सभ्यता झल्किने घरहरुसमेत निर्माण गरिने उनले बताए। एक बर्षभित्रमा सिमेन्ट्री र दुइ बर्षभित्रमा यस्ता घरहरुको निर्माण सम्पन्न हुनेछ । समाधीस्थलको निर्माणपछि बिभिन्न उनीहरुकै संस्कार अनुसार काजक्रियासमेत गरिनेछ।

गेसोको नयाँ चरणको आन्दोलन अर्न्तगत स्मारक बनाईन लागिएको सभापति गुरुङ्गले बताए। ‘दुइ सय बर्षसम्म लाखौ गोर्खालीलाई बेलायत सरकारले गरेको शोषण र अमानवीय व्यवहार गरेको छ, त्यसबिरुद्धको आन्दोलन अन्तर्गत नै स्मारक बनाईन लागेको हो’ उनले भने। युद्धमा मृत्यु भएका हजारौ गोर्खा समुदायको सम्मानमा बेलायत र नेपाल सरकारले केही नगरेपछि गेसोले स्मारक बनाउन लागेको उनको भनाई छ। ‘बेचबिखान गर्दा भेडाबाख्राको पनि तथ्याङ राखिन्छ तर बेलायत र नेपाल सरकारले विश्ययुद्धमा कति गोर्खा सैनिक मारिए, कति बेपत्ता भए, कति घाईते भए त्यसको कुनै अभिलेख राखिएको छैन’ उनले भने,’तिनै पूर्खाहरुको सम्मानमा स्मारक निर्माण गर्न लागेका हौ।’

स्मारक बनेपछि संसारको ध्यान आकर्षण हुने उपसभापति कृष्णकुमार राईको दाबी छ। ‘स्मारक निर्माणसंगै संसारलाई मानवअधिकार पाठ सिकाउन खोज्ने बेलायत आफैले गरेको मानवअधिकार बिरोधी कर्तुतहरुको पनि संसारलाई थाहा दिन्छौ’ उनले भने,’मारिएका, वेपत्ता, र घाईते हाम्रा पूर्खाहरुको एक-एक हिसाब बेलायतसंग माग्नेछौं।’ स्मारकको डिजानईन प्रसिद्ध आर्किटेक्टर शंकरनाथ रिमालले गर्ने भएका छन्। रिमालले स्मारक निर्माण हुने स्थानको अवलोकन गरेर काम सुरु गरेको गेसोका कोषध्यक्ष जीतबहादुर राईले जानकारी दिए।

शिलान्यास कार्यक्रममा बेलायतका प्रसिद्ध अभिनेत्री एवं गोर्खा आन्दोलनका अभियान्ता जोअन्ना लुम्ले र उद्घाटनमा बेलायती प्रधानमन्त्री आउने गेसोका सल्लाहकार डा. चन्द्रबहादुर गुरुङले बताए। गोर्खा स्मारक संसारलाई चकित पार्ने खालको बनाईन लागेको उनको दाबी छ। ‘हामी कसैले गर्न नसकेको काम गदैछौ’ उनले भने,’गोरखा स्मारक हेरेर संसार चकित पर्नेछ।’

स्याङ्जाली जनता उत्साही
साल्मेडाँडामा गोर्खा स्मारक निर्माण हुने भएपछि त्यस क्षेत्रका स्थानीयबासी उत्साही भएका छन्। आफ्नै क्षेत्रमा संसारभरको ध्यान तान्ने स्मारक बनाईने तयारी भएपछि स्थानीयबासीहरु उत्साही भएको फेदीखोला-८का निर्वतमान वडाअध्यक्ष आनबहादुर गुरुङले बताए। ‘गोर्खा स्मारक निर्माणपछि विश्वभरका गोर्खालीहरुको ध्यान यसले तान्नेछ, संसारको ध्यान तान्ने स्मारक हुनेभएपछि हामी उत्साही छौ’ उनले भने।

सभासद् हितकाजी गुरुङले आफ्नो निर्वाचन क्षेत्रमा संसारभरी वीर गोर्खाली भनी चिनिएका गोर्खा सैनिकको सम्झनामा स्मारक बन्नु खुसद बिषय भएको बताए। ‘गोर्खा स्मारक बन्नेभएपछि हामी ज्यादै उत्साही छौ’ उनले भने,’हामी पूर्ण रुपमा सहयोग गर्नेछौ।’ साल्मेडांडाँमा रहेको ५२ रोपनी प्रति जग्गा स्थानीयबासीहरुले गोसेलाई हस्तान्तरण गरिसकेको उनले जानकारी दिए। ‘साल्मेडाँडामा रहेको ५२ रोपनी जग्गा गेसोको नामामा हस्तन्तरण गरिसेको छौ’ उनले भने,’अझै आबश्यक परे हामी व्यक्तिगत जग्गा दिन पनि तयार छौं।’

महिलाहरु पनि उत्साही
‘गोर्खा स्मारक’ निर्माणका लागि गेसो सम्बद्ध महिलाहरु पनि उत्साही भएर लागेका छन्। पूर्खाहरुको सम्झना र सम्मानमा बनाउन लागिएको स्मारकमा गोर्खा सम्बद्ध सबै महिलाहरु उत्साही भएर लागेको गेसोकी केन्द्रीय सदस्य देवीमाया पुनले बताईन्।

स्मारक निर्माणका लागि गोर्खासंग सम्बद्ध सबै महिलाहरु एकजुट भएर लाग्ने उनको दाबी छ। ‘यो स्मारक बन्ने खबरले गोर्खाली महिलाहरु सबै उत्साही भएका छन्’ उनले भनिन्,’स्मारक बनाउन गोर्खा समुदायका सबै महिलाहरु एक भएर लाग्ने छौ।’ गोसो महिला संघकी नेतृ उषा गुरुङले स्मारक निर्माणका लागि सक्रिय भएर लाग्ने बताईन्।

यस्तो हुनेछ स्मारक
गेसोका सभापति पदमबहादुर गुरुङका अनुसार स्मारकमा विश्वयुद्धमा मृत्यु भएका ६० हजार गोर्खालीहरुको सेमेन्ट्री निर्माण गरिनेछ। ती सिमेन्ट्रीमा विश्वका बिभिन्न मुलुक (जहाँ गोर्खालीहरु लडे)बाट गोर्खाहरुका अस्तु राखिनेछ। सभापति गुरुङका अनुसार गोर्खा भर्तीदेखि, युद्ध मैदान, युद्धपछिको अवस्था, गोर्खालाई बेलायतलाई गरेको बिभेदको प्रतिबिम्ब झल्किने खालका प्रदर्शनी कक्षहरुको निर्माण गरिनेछ। स्मारकमा गोर्खा भर्ती, भर्तीपछि सृजित बिभिन्न समस्याहरु, बेलायतले गोर्खामाथि गरेको बिभेद, गोसेले गरेको आन्दोलनलगायत झल्किने कक्षहरुको समेत निर्माण गरिने उनले बताए।

यस्तै स्मारकमा नेपालका बिभिन्न जातजाति र आदिवासी जनजातिका संस्कृति र सभ्यता झल्किने घरहरुको निर्माण पनि गरिनेछ । स्मारकको विच भागमा गोर्खा र गोर्खा आन्दोलन झल्किने गरी अग्लो स्तम्भ निर्माण गरिनेछ । निर्माण भईसकेपछि स्मारकको विच भागबाट हरेक दिन पूर्खाको सम्मानमा बिगुल फुक्ने व्याबस्थासमेत गरिने छ।

गेसोका सभापति गुरुङ्गसंग गरिएको वार्ताः
आन्दोलको एउटा रुप स्मारक निर्माण ‘गोर्खा स्मारक’ किन?
-करीब दुइ सय बर्षसम्म गोर्खालीहरुलाई बेलायत सरकारले शोषण र बिभेद गदै आयो। लाखौ गोर्खालीहरुले बिट्रिश साम्राज्य जोगाउन रगत र पसिना बगाए र बगाउदै आएको छ। विश्व युद्धताका बिट्रिश साम्राज्य रक्षाका लागि लड्दा हजारौ गोर्खालीहरु मारिए, घाईते भए, बेपत्ता भए। तर, युद्धपछि बेलायत सरकारले उनीहरुको हितमा केही पनि काम गरेन। बरु गोर्खालीहरु माथिको बिभेद र शोषणलाई जारी राख्ने काम गर्यो। यो वा त्यो नाममा बेलायत सरकारले गोर्खाहरुलाई पशुवत व्यवहार जारी राख्यो।

युद्धमा मारिएका ती गोर्खालीहरुलाई सम्मान गर्नुको साटो अपमान गरियो। युद्धमा कति मारिए, कति बेपत्ता भए, कति घाईते भए? त्यसको कुनै तथ्याङक बेलायत सरकारसंग छ, न नेपाल सरकारसंग नै छ। बेच्न लगिएको पशुको समेत तथ्याङक राखिन्छ तर मान्छेको किन राखिएन ? पशु बेच्दा पनि केही मापदण्ड तयार गरिएको हुन्छ। तर, गोर्खाहरुलाई किन युद्धमा पठाईयो, किन भर्ती गरियो। यसका कुनै नीति विना नै बेलायतले भर्ती गरेको छ र युद्धमा पठाएको छ । बेलायतले किन नीति बनाएन? यो प्रश्नको उत्तर अहिले हामी बेलायत सरकारसंग मागिरहेको छौ। विना नीति लगेर मारिएका हजारौ गोर्खाहरुको सम्मान र सम्झनामा स्मारक बनाउन लागेका हौं।

२) गेसोले भर्खरै नयाँ चरणको आन्दोलन पनि घोषणा गरेको छ, फेरी किन स्मारक तिर लाग्नुभयो ?
-हो, गेसोले फेरी नयाँ चरणको आन्दोलन घोषणा गरेको छ। आन्दोलन अन्तर्गत नै यो निर्माण गर्न लागेका हौ। हामी स्मारकमार्फत संसारलाई मानवअधिकार र प्रजातन्त्रको पाठ सिकाउन खोज्ने बेलायत आफैले चाहि कसरी मानवअधिकारको धज्जी उठाएको रहेछ भन्ने सन्देश यही स्मारकबाट दिनेछौ। यो स्मारक हेरिसकेपछि बेलायतको सक्कली अनुहार थाहा पाउनेछ।

३) स्मारकबाट कसरी बेलायतले गोर्खामाथि गरेको बिभेद बारे जानकारी पाउछ ?
-स्मारकमा हामी गोर्खा भर्ती, गोर्खाले लडेका युद्ध, त्यसपछि गोर्खाहरुको अवस्था र बेलायत गरेको शोषण र बिभेदको झल्किने कक्षहरुको निर्माण गर्नेछौ । साथै स्मारकमा लेखिने शिलालेखामा स्पष्ट रुपमा बेलायतले गोर्खामाथि गरेको शोषण र बिभेदको बारेमा पनि उल्लेख गर्नेछौं।

४) स्याङजामा स्मारक निर्माण हुनेभएपछि स्थानीयवासी उत्साही छन्। स्थानीयहरुलाई कस्ता फाईदा हुनेछ?
-निश्चय नै स्याङजमा गोरखा स्मारक हुनु स्थानीवासीहरुको लागि खुसीको खबर हो। संसारको ध्यान तान्ने स्मारक बन्न लाग्दा स्थानीयहरु उत्साही हुने नै भए। पहिलो कुरा त मृत्यु भएका गोर्खाहरुको सम्झनामा आफ्नो गाउंमा स्मारक बन्नु गर्वको कुरा हो।

दोस्रो निर्माणपछि संसारभरका मान्छेहरु स्मारक हेर्न आउनेछन्। त्यसबाट ठूलो पर्यटकीय स्थलको रुपमा विकास पनि हुनेछ। पर्यटकहरु आउनेभएपछि पर्यटन उद्योगबाट यस क्षेत्रका सर्बसाधरणहरुको आर्थिकस्तर पनि माथि उठ्नेछ।

५) कति बर्षमा निर्माण पूरा हुनेछ?
-सिमेन्ट्री एक बर्षभित्रमा निर्माण गरिसक्नेछौ। र बिभिन्न जातजाति र आदिवासी जनजातिका संस्कृति र सम्भता झल्किने घरहरु दुइ बर्षमा निर्माण गरिसक्नेछौ। बढीमा तीन बर्षभित्रमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ।

६) स्मारक निर्माणका लागि कति खर्च लाग्छ र त्यो कहाँबाट ल्याउनुहुन्छ ?
-करिब १० देखि १५ करोड रूपैयाँले निर्माण पूरा हुनेछ। त्यो पैसा हामी हाम्रै गोर्खा दाजुभाईबाट उठाउनेछौ । बेलायत र नेपाल सरकारबाट एक पैसा पनि लिन्नौ। गोर्खाहरु कसैको भरमा नपरी आफै गर्न सक्छन् भन्ने उदाहरण हामी प्रस्तुत गर्नेछौ।

तस्बीरहरुः
१) स्मारक निर्माण स्थलको अवलोकन गर्न गएका टोलीलाई स्वागत गर्ने बसेका गेसो सम्बद्ध महिलाहरु
२) गेसोका सभापति र आर्किटेक्चर शंकरनाथ रिमालाई स्वागत गदै
३) स्वागत गर्दै
४) निर्माणस्थलको अवलोकन गदै
५) सभापति पदमबहादुर गुरुङ

तस्बीरः राजेश राई/ एचकेनेपाल डट कम

Recent Videos:

Popularity: 7%

6 comments March 26th, 2011

इन्धन: अब खाडीको होइन, झाडीको प्रयोग गरौं- आनन्द श्रेष्ठ

- आनन्द श्रेष्ठ
पेट्रोल, डिजेलको अभावले आजित भइरहेको बेला यो वर्ष जैविक तेलको चर्चाले निकै महत्व पाएको छ। यसै वर्ष पाल्पाका किसानले सजिवनको तेलबाट ट्य्राक्टर कुदाइएको एउटा समाचारले नेपाली जनमानसमा ठूलो आशाको लहर पैदा गरेको छ। सजिवनलाई पूर्वाञ्चलको पहाडी भेग (मेची, कोशीको पहाडी भेगमा) मा सानो कदम, सरुवा, राङ्गखेला, सर्लाहीतिर अरण्डी, बघण्डी भन्ने गरिन्छ। तर मध्य नेपालदेखि पश्चिमतिर मात्र यसलाई सजिवन, बतिवाल, हातिकाने भनिन्छ। (more…)

Popularity: 9%

Add comment March 17th, 2009

२७ वटी श्रीमतीका श्रीमान रामचन्द्र

राजधन राई / एचकेनेपाल डट कम -
जीवनमा मान्छेले कति जनासँग विवाह गर्ला? सामान्यतः हुने र पाइने जवाफ एक जनासँग भन्ने नै हो । कसै कसैले बढीमा दुई, तीन, वा चार जनासम्म गर्ला । तर खाँदबारी-११, ढोलबाजेका रामचन्द्र कटुवाल (५२) २७ औं श्रीमती शारदा दाहालसँग ५ वर्षदेखि जीवन विताइ रहेका छन्।

रामचन्द्र कटुवाल

विवाह संसारमा जन्मिएका प्राय सबै महिला-पुरुषले गर्छन् । यो सामन्य वा स्वभाविक घटनाका हो । तर रामचन्द्र कटुवालको वैवाहिक प्रसङ्ग भने बैग्लै र रोचक पक्कै छ । ‘भगवान’ रामचन्द्रले जस्तो बल्लकी एउटै स्वास्नी सीता रावणलाई खोस्न लगाएर, फिर्ता लिएनन् उनले । बरु गएकालाई कहिल्यै खोजेनन् र अनेकौं कन्या र अर्काकीसमेत भित्राउँदै रहे । अहिलेसम्म २७ वटी ल्याएर दुर्लभ रेकर्ड कायम गरका छन् यिनले। कसैले एउटी पाउन मुस्किल भएको बेला २७ वटी भित्त्र्याउन सफल कलियुगका ‘साक्षात रामचन्द्र’सँग कसरी भित्रिए त? त्यति धेरै श्रीमतीहरु भनेर जान्न बहु विवाह संवाद गरिको छ।

‘खै धेरै गर्छु भनेर विहे गरिएको थिएन । तर यस्तै भो, गर्दै जाँदा ख्याल ख्यालमै २७ जना पुगेछन् । कसरी त्यति धेरै पट्याइयो भनेर मान्छेहरु प्रश्न गर्छन्, भन्न पनि लाज मर्दो छ ।’ सयजना पुर्‍याउने विचार गर्नुभा’छ कि के हो ? सोध्दा मुस्कुराउँदे उनको जवाफ थियो । खाँदबारी बजारका साहूदेखि सामान्यसम्मको भर अभरमा भारी ओसारी दिने पेशाले भरिया रामचन्द्रले कति वर्षको उमेरमा, कसरी पहिलो विहे गरे ? ‘म भारी बोकेर म २५ वर्षको उमेरमा खोटाङ सिम्पानी पुगेको थिएँ । त्यहाँ खेताला र भरिया भएर बर्षदिन बसेँ । बस्ने क्रममा म जस्तै काम गर्ने, त्यहीँकी अधिकारी केटीसँग ‘लभ’ पर्‍यो । उनलाई लिएर म खाँदबारी आएँ ।’ कटुवालले कथा सुनाए।

रामचन्द्रको पहिलो विवाह धेरै टिकेन । ६ महिना सँगै बसे, जेठी श्रीमतीको नाम पनि विर्सिएका छन् उनले । खाँदबारी-११, चापाबोटे ढुङ्गेधारमा जन्मिएको यिनी साक्षर हुन् तर आमाको धेरै श्रीमानहरु भएका कारण बाल्यकालमा आर्थिक हैसियत राम्रो भएन र भरिया बनेका थिए । २६ वर्षको उमेरमा पहिलो विवाह गरेका रामचन्द्रले अहिले जेठी श्रीमतीको जस्तै धेरैको नाम विर्सिएका छन् । छ महिनासँगै बस्ने जेठी श्रीमतीको साख नाम विर्सिएको संवादका क्रममा बारम्बार दोहोर्‍याए- खै गाउँलेहरु डल्ली भन्थे । ‘मसँग आएको ६ महिनापछि उनकै माइती गाउँका केटाहरुसँग तराई झरेकी थिइन्, त्यतै बात लागेको सुनें, पछि खोटाङ नै फर्किन् अरे तर म लिन गाइन् । अहिले मरे बाँचेको थाहा छैन ।’ यस्तो थियो जेठीसँगको विछोडको कथा।

एउटीले छाडेपछि अर्की त ल्याउनै पर्‍यो । अब उनको दोश्रो विहेको कथा सुरुभयो । माइली श्रीमती भएर आइन् माल्टाकी चन्द्रवती गिरी । तर चन्द्रवतीसँग पनि रामचन्द्रको धेरै हिउँद वितेन । ‘जम्मा ३ वर्षँसगै बसियो चन्द्रवतीसँग’ कटुवाल मुस्कुराए । किन छुटिए त दोश्रीसँग पनि रामचन्द्र - ‘पछिपछि उनी जोसँग पनि लाग्न थालिन्, जता जो सँग मन लाग्यो त्यतै जाने गर्न थालेपछि मैले नै छाडी दिएँ।’ चन्द्रवती आफ्नो १ छोरासमेत लिएर गएको रामचन्द्रले बताए । चन्द्रवतीलाई कहिलेकाहीँ बजारमा देखे पनि छोरा कहाँ छ भन्ने जानकारी आफूलाई नभएको रामचन्द्रले सुनाए।

त्यसपछि एक्लो भएका रामचन्द्रलाई तुम्लिङटार बोहराटार गाउँकी माइतीमा विग्रेर बसेकी मुनादेवी गिरी आइलाग्यो । माइतीहरुले मुनादेवी रामचन्द्रलाई ल्याइ दिएका थिए । १३ वर्ष रामचन्द्रसँगै बसेकी मुना निमोनियाले अस्पतालमा मरिन् । मुनासँगको १३ वर्षको वैवाहिक जीवनमा रामचन्द्रको कुनै सन्तान भने भएनन् । अहिलेसम्मका श्रीमतीहरुमध्ये उनको अनुभवमा मुनादेवी असल थिइन्।

तेस्रो श्रीमतीको मृत्युले रामचन्द्र विवाह गर्ने क्रम रोकिएन । लगतै विरामी अवस्थाकी सुवेदी थरकी (नाम विर्सिए) महिलालाई कसैले रामचन्द्रको जिम्मा लगाइ दियो । उनले सक्दो उपचार गरे । महिना दिनमा निको भयो । निको भएपछि छाडेर आफ्नै बाटो लागिन् । ‘उनी धूपुका मगरसँग विवाह गरेर बसेकी छिन्’ आँखा चम्काउँदै रामचन्द्र बोले-’कहिले काहीँ भेटहुँदा सञ्चो सुविस्ता के छ भनेर सोध्छिन् ।’ पूर्व एक श्रीमतीसँगको सम्बन्ध बारे जानकारी दिए।

पाँचौं श्रीमतीका रुपमा आफ्नै घरमा डेरा गरी बस्ने इलामकी लिम्बुनीलाई अपनाए । जुन रामचन्द्रकै शब्दमा ‘अर्काकी स्वास्नी’ थिइन् । कटुवालका अनुसार ख्याल ख्यालमा लसपस भयो र आइलाग्यो । लिम्बुनीसँगको विवाह पनि धेरै टिकेन । अब छैटौंमा खाँदबारीकै महादेवी गिरीलाई कसैले ल्याई दिए । उनी पनि बाटो लागिन् । त्यसपछि फूलमाया राईलाई भारी बोक्ने क्रममै ‘लभ’ परेर सातौं श्रीमतीका रुपमा विवाह गरेर ल्याए । फूलमाया रामचन्द्र आफैले विवाह गरेको दोस्री थिइन्। उनीसँगको गृहस्थी ६ महिनाबढी चलेन । त्यसो हुनुमा फूलमायाको माइतीको ‘भिलेन’ रोल जिम्मेवार थियो। रामचन्द्र अहिले पनि दुखेसो गर्छन् ‘फूलमायालाई माइतीले जबर जस्ती खोसेर लगे। उनी मसँगै बस्न चाहन्थिन्। तर माइती र दिदी ठूलो पदमा थिए, भरियासँग फूलमायाले विहे गरेको मन पराएनन्।’ तर छुटेपछि भेट भएको छैन, उनको उनीसँग।

मन मिलेर विहे गरेको फूलमाया माइतीले खोसेपछि रामचन्द्र पनि केही विरक्तिए। आठौं विवाहपछि श्रीमतीको नाम र संख्या पनि हिसाब राख्न पनि उनले छाडेको बताउँछन् । भन्छन्- ‘पहिलेका ७ जनासँग १७ वर्ष विताएँ। फूलमायासँगको विछोडपछि विहे गर्ने पेशा जस्तै बन्यो।, अरुले सोधेपछि सम्झँदै जाँदा अहिलेकी २७ औं रहेछिन, आफैंलाई अचम्म लाग्छ।’

कसरी पुग्यो त्यतिविधि श्रीमतीका संख्या ? अनुहार चम्काउँदै हाउभाउका साथ रामचन्द्र विरासत सुनाए ‘त्यसपछि मैले पनि आएका जतिलाई नदोर्‍याइ र एकै पटक घरमा दुई जना नहुने गरी नयाँ नयाँ महिला श्रीमतीका रुपमा भित्र्याइ रहें। मैले लिने गरेको थाहा पाएपछि धेरैले मलाई नै ल्याइ दिन थाले। ल्याउने र जाने क्रम पनि निरन्तर भइरहृयो। कोही महिला कसैसँग विग्रियो र विगार्नेले जिम्मा लिन सक्ने अवस्था भएन र नराम्री छ भने म कहाँ आइ पुग्न थाल्यो। करीब ५ बर्षभित्र मसँग श्रीमतीका नाममा १८ महिला मेरो घर भित्रिएछन् । सम्झँदा आफैलाई शर्म पनि लाग्छ अहिले त।’

रामचन्द्रले करीब एक दर्जन जातका महिला विवाह गरेका छन्। तिनीहरु सबै आफूले खोजेको नभइ ख्याल ख्यालमै जुरेको उनी बताउँछन्। धेरै विवाह उनले आफूले खोजेर नभइ अरुले नै ल्याइदिने गरेकाले भएका छन्। ‘अब त विहे गर्दिन भन्यो कतै न कतै कि आफैँ फेलापर्छ, कि त ल्याइदिन्छन् ।’- उनले विहेको क्रम सुनाए। छोटै समय सहि, ४ वर्षमा १८ कटुवालका श्रीमती भए। तर संयोग पनि कस्तो ती कोही पनि बढीमा ३ महिना भन्दा लामो समय बसेनन्। किनभने तिनीहरु ल्याएको होइन, ल्याइएर आएका थिए। रामचन्द्रकै शब्दमा -’अर्को उपयुक्त फेला नपरुञ्जेल बसे, लाज लुकाए, कोही राम्रो पाएपछि छाडेर हिँडेका थिए।’ भन्छन् - ‘आफ्नो कर्मै यस्तो होला भनेर सँगै बसुन्जेल श्रीमती मानेर राखे र सकेको सहयोग पनि गरे। तर गएपछि वास्ता गर्नै छाडिदिएँ।’

बीचमा छिटो छिटो फेरिएका श्रीमतीहरुमध्ये धेरैको क्रम र नाम पनि उनलाई याद छैन। सम्झेका नाममध्ये भगवती गिरी एक हुन्। माल्टा खिप्रीङकी भगवती एक महिनाको सुत्केरी हुँदा रामचन्द्र विहे गरेका थिए। उनी नाम लिन चाहँदैनन् तर कसैले रामचन्द्रलाई भगवती ल्याइ दिएका थिए। सुत्केरी अवस्थाकी उनलाई स्याहार उपचार गरे। तर दुई महिनापछि नानीसमेत छाडेर काठमाण्डौंतिर अलप भइन्। रामचन्द्रकै जिम्मामा बच्ची आयो त्यसलाई आफ्नै छोरी मानेर पाले। अहिले ७ कक्षामा पढ्दै छिन। छोरीकै कारण भगवतीको नाम याद आएको हो। भगवती रामचन्द्रका ९ औं श्रीमती थिए।

रामचन्द्रलाई कति श्रीमतीको नाम मात्रै, कतिको थर मात्रै याद छ । सम्झेका अन्य नामहरुमा आठौं शारदा मगर, १५/१६ औं तिर पर्ने चनमती गिरी, त्यसकै हराहारी कि चन्द्रा पुरी, कलादेवी गिरी, २०/२२ औं की सरस्वती, नन्दी गुरुङ, अर्की तामाङ थरकी महिला, कार्कीको छोरी, अहिलेकी भन्दा दोश्रो अन्तिम विमला पोख्रेल आदि छन्। आफूलाई छाडेर धेरैले यतै वरिपरि आफ्नो घरजम गरि खाएकाले सबै बताउँदा नराम्रो हुने भन्दै रामचन्द्र केहीको नाम लिन पन्छिए। केहीको नाम भने कतै नलेख्ने शर्तमा गोपनियता खोले पनि, केहीको भने जति कोशिश गर्दा पनि विर्सिएँ भनेरै तारे। ‘नाम नलेखी दिनुहोला अप्ठयारो पर्छ’ पटक पटक सचेत गराए। जति विहे गरेपनि कोही नबसेपछि, उनले करिब १ वर्ष श्रीमती विहिन बसे।

तर मन मानेन, अर्को विहे गरें। २७ औ श्रीमतीको रुपमा शारदा दाहाल छिन्। धुपु लेब्राङकी शारदाले १६ वर्षकी हुँदा माइतमा अवैध गर्भधारण गरेकी थिइन्। माइतीले केही पैसा सहित २०६० सालको असार गते याद भएन, मध्यरातमा माओवादीले कारबाही गर्ने डरले रामचन्द्रलाई शारदाको लाज ढाकिदिन भन्दै जिम्मा लगाएका थिए। आउँदा ल्याएको सहित शारदापट्टी उनका दुई सन्तान छन्।

अब के गर्लान् त रामचन्द्रले, फेरी श्रीमती संख्याको बढाउलान् - भन्छन्- ‘अहिलेकीले छाड्दिन भनेको छ, तर छाडिन् भने त के गर्ने चुप लागेर बस्न सकिन्न हजुर ! सबै काम मैले गरेको छु, पालन पोषण सबै मैले गर्ने हो। उनको त उही बच्चाको स्याहार सुसार त हो।’ प्रस्ताव आएका छैनन् त? ‘हुँदा हुँदै दुईवटा बनाउन म चाहन्न तर प्रस्ताव आएका छन्।’

सवा दुई दर्जन श्रीमतीका श्रीमान रामचन्द्रको अनुभव धेरै राम्रो भने छैन। धेरैलाई विरामी र सुत्केरी अवस्थामा उनले जिम्मा लिएका थिए। तर तङग्रिएपछि आफ्नो खुसी छाडेर हिँडे। ‘दुःख पाउँदा मसँग ओत लाग्न आए, मौका परेपछि आफ्नो बाटो लागे। बिरामी अवस्थामा जिम्मा लिएकाहरु महिना दिनमा निको भएर छाडेर थुप्रै हिँडेका छन्।’ कटुवालले मुख अँध्यारो बनाउँदै मनको बह सुनाउंछन्-’तर मेरो पनि छाडेर जानेलाई खोज्ने मेरो पनि चलन छैन।’

धेरै विहे गदै जाँदा छरछिमेकीले रामचन्द्र पैसा कमाउनका लागि जस्तो पनि केटी जिम्मा लिन्छ भनेकोमा दुःख लागेको छ। ‘खास धेरै पैसा कसैसँग लिएको छैन, उही मैले त सहयोग गर्ने हो। भन्छन्- बरु रोगीहरुलाई उपचार गर्दा उल्टै मेरो खर्च भएको छ।

२७ वटीमध्ये २५ जना त अर्कैसँग विहे गरेर गए, जारी कतिको उठाइयो त ? ‘मैले अर्का कै श्रीमती लिम्बुनी ल्याएको थिएँ, जारी उठाउन आएनन्। मैले पनि कसैको जारी उठाइन ।’ कसैसँग जारी नलिएको उनले जानकारी दिए। यत्राविधि श्रीमतीहरु दुःख पाएँ भन्दै रामचन्द्रकोमा फर्केर आए के गर्लान् त यिनी ? ‘श्रीमती नहुँदा आएको भए लिम्बुनी र फुलमायालाई त लिन्थें तर अहिले त घरमा छँदाछँदै जो आए पनि लिन्न, मलाई आफ्नो सहज पर्दा छाडेर जानेहरुलाई दुःख पाएर आउँदा किन लिने ? ‘ उनको प्रतिप्रश्न थियो।

२७ वटीमा कति जातका परे त श्रीमतीहरु - ‘सन्नेसी, क्षेत्री र बाहुन नै धेर परे तर तामाङ, गुरुङ, राई, लिम्बु पनि गरिएछ। धेरै चाहिँ सन्नेसी कै छोरी परे।’

प्रस्तुतीः राजधन राई । तस्वीरः राजधन राई rd_kirati@yahoo.com

Popularity: 9%

3 comments March 12th, 2009

गणन्त्र नेपाल र गणतन्त्र भारतको साझा गन्तब्य

-लोकनारायण सुवेदी
बिषयारम्भः
१. ठूलो बलिदानपूर्ण संर्घषपछि गणतन्त्र प्राप्त गरेको र त्यसलाई संस्थागत गर्न अग्रसर हुदै गरेको नेपालले साम्राज्यवादी औपनिवेशिक दासतवाट स्वाधीनता प्राप्त गर्न भारतीय जनताले गरेको बीरतापूर्ण संर्घषलाई स्मरण गर्नु र त्यसको प्रकाशमा नेपाल भारत सम्वन्धलाई समीक्षा गरेर यस सम्वन्धमा छलफल गरी सही निष्कर्श निकाल्दै दुई देशका जनता वीचको मैत्रीपूर्ण सम्वन्धलाई सुसंगत ढंगले अझ विकसित तुल्याउन मद्दत पुर्‍याउनु समयोचित हुन्छ । पुरानो सामन्ती दासतावाट मुक्त हुदै गएको नेपालले यस अवसरमा र्सवप्रथम त्यस भारतीय स्वतन्त्रता संग्रामका वीर वीरांगना स्वतन्त्रता सेनानीहरुप्रति सम्मान प्रकट गर्दै बैदेशिक लूट, शोषण र उत्पीडनका बिरुद्ध लामो र कठीन लडाई लडेर मुक्त भएका भारतीय जनताको उत्तरोत्तर प्रगति र सफलताको लागि शुभ कामना प्रकट गर्नु दुइ देशका जनताका वीचको पारस्परिक सम्मान, सद्भाव र मित्रताले फराकिलो अयाम र उच्चाई हासिल गर्न सकोस् भन्ने सद्कामना पनि ब्यक्त गर्नु पनि हो। (more…)

Popularity: 9%

Add comment September 19th, 2008

कोसी पीडितको वेदना - आनन्द श्रेष्ठ

- आनन्द श्रेष्ठ, धरान / एचकेनेपाल डट कम -
सुनसरी श्रीपुर ५ बस्ने १७ वर्षीय अरविन्द कुमार यति बेला सडकमा अलपत्र परेका छन् । ७ विगाहा जमिन भएका अरविन्दको कोसीको बाढीले घरखेत बगाएको छ। बुबा पनि लापत्ता भएकाले उनी दिनभर लौकहीको सडकमा चक्कर काटिरहेका भेटिन्छन्। (more…)

Popularity: 8%

Add comment August 29th, 2008

दृष्टिविहीनको उज्यालो बाँड्ने सपना (+Photo)

फिचर
निराजन बतास / एचकेनेपाल डट कम धनकुटा, भदौ १८ -
नेपाल गणतान्त्रिक मञ्च जापानले उच्च शिक्षा अध्ययनको लागि छात्रवृत्ति दिने भएपछि दृष्टिविहीन छात्राहरु तेह्रथुमकी विष्णुकुमारी पौडेल र जीतपुर धनकुटाकी होमकुमारी विश्वकर्माले देखेको सुन्दर भविष्य पूरा हुने भएको छ।

यसैसाल जनता मावि जीतपुरबाट विष्णुकुमारीले ६५.८८ र होमकुमारीले ५८.८८ प्रतिशतको राम्रो अंक ल्याइ प्रवेशिका उत्तीर्ण गरे पनि आर्थिक अभावले उनीहरु क्याम्पस भर्ना हुन सकिरहेका थिएनन्। उनीहरुलाई मञ्चले डेढ लाखको अक्षय कोष खडा गरी त्यसको ब्याज वापतको रकम उनीहरुको पर्ढाईका लागि खर्चिने भएपछि विष्णुकुमारी र होमकुमारीले भर्खरै सदरमुकामको गोकुण्डेश्वर उच्च माविमा शिक्षाशास्त्र संकाय अन्तर्गत भर्ना भइसकेका छन्। ‘हामीप्रति गरिएको सहयोगले हाम्रो हिड्ने बाटो खोलिदिएको छ।’ असल शिक्षिका बन्ने सपना लिएका दुवैले एकैचोटि खुशी व्यक्त गरे-’दृष्टिविहीनले समाजलाई दृष्टि दिन सक्छन् भन्ने उदाहरण दिन चाहन्छौं।’


बायाँबाट क्रमशः होमकुमारी र विष्णुकुमारी । तस्विरः निराजन बतास / एचकेनेपाल डट कम।

छोरीले सोचेभन्दा बढी प्रगति गर्दै गएकोमा होमकुमारीकी आमा इन्द्रमाया यतिबेला सबैभन्दा खुशी छिन्-’आमाबाबुको ठूलो खुशी सन्तानको प्रगति रहेछ’ छोरीलाई पढाउन लगभग सबै दुःख भोगेकी इन्द्रमाया अब भने छोरीप्रति धेरै आशावादी छिन्-’छोरीले अब त आमाबाबुको ठूलै इज्जत राख्ली भन्नेमा ढुक्क छु।’

पढाइमा शिक्षक मदन अधिकारीलाई प्रेरणा मान्ने उनीहरुको शैक्षिक प्रगतिमा पारिवारिक सहयोग र हौसला महत्पूर्ण छ। आफूले अक्षर चिनाएका विद्यार्थीको सफलता र जीवनको उत्साह देखेर शिक्षक अधिकारी पनि दंग छन्। अध्ययनमा १ कक्षादेखि नै सहयोग गर्दै आएका अधिकारीकै सहयोगमा विष्णुकुमारी र होमकुमारी सदरमुकाम आइपुगेका हुन्। ‘आफूले शिक्षक भएर साँच्चिकै समाजसेवा गरें भन्ने लागेको छ।’ आफ्ना विद्यार्थीप्रतिको उनको बुझाइ छ-’अवसर पाए उनीहरु पढाइ र सकेको काममा एक नम्बरी हुनेछन्।’

कक्षा १ देखिकै सहपाठी विष्णुकुमारी र होमकुमारीको साझा रुचि भनेको साहित्य सिर्जना र गीत गाउनु हो। विष्णुकुमारीले ३० कविता र ५ गजल लेखिसकेकी छिन् भने होमाले पनि लेख्न शुरु गरेकी छिन्। दुवैले रेडियो नेपाल धनकुटामा एक गीत पनि रेकर्ड गराइसकेका छन्। विष्णुको अर्को लक्ष्य भनेको राम्रो गायिका बन्नु पनि हो। उनीहरु भन्छन्-’हामी हाम्रो लक्ष्य पूरा गरेरै छाड्छौं।’

धनकुटाबाट निराजन बतास / एचकेनेपाल डट कम।

Popularity: 10%

2 comments September 5th, 2007


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2018
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....