ट्यालेन्ट हण्टको शीर्ष उपाधि फिलिपिनो युवतीलाई
एस/ एचकेनेपाल डट कम-
हङकङ, १८ डिसेम्बर । नेपाली आयोजक रहेको ट्यालेन्ट हण्ट प्रतियोगिताको शीर्ष उपाधि फिलिपिनो युवतीले जितेकी छन्। (more…)
Popularity: 5%
1 comment December 19th, 2011
एस/ एचकेनेपाल डट कम-
हङकङ, १८ डिसेम्बर । नेपाली आयोजक रहेको ट्यालेन्ट हण्ट प्रतियोगिताको शीर्ष उपाधि फिलिपिनो युवतीले जितेकी छन्। (more…)
Popularity: 5%
1 comment December 19th, 2011
एस/ एचकेनेपाल डट कम-
हङकङ, नोभेम्बर २९ । यस पटक मिस ट्यालेन्ट हण्ट हङकङ प्रतियोगिता नहुने हो कि भन्ने आशंका भैरहेको बेला यसका प्रतियोगीहरू भने गुपचुप र अथक परिश्रमका साथ तयारीमा जुटेका छन्। (more…)
Popularity: 5%
Add comment November 29th, 2011
एचकेनेपाल डट कम संवाददाता-
तोपगाछी हङ्कङ समाजले तोपगाछीस्थित एक विद्यालयलाई कम्पाउन्ड वाल लगाउन आर्थिक सहयोग गरेको छ।
समाजले तोपगाछी– ५ स्थित ज्योति निम्न माध्यमिक विद्यालयलाई रु. एक लाखभन्दा बढीको लागतमा १२० फिट कम्पाउन्ड वाल लगाउनका लागि सहयोग गरेको समाजका अध्यक्ष महेन्द्र राईले राससलाई बताएका छन् ।
उहाँका अनुसार आफू जन्मिएको ठाउँमा विकास निर्माणका क्षेत्रमा केही गरौं भन्ने उद्देश्यले त्यहाँ कार्यरत ६० जना मिलेर सो सहयोग गरिएको हो।
हाल सो विद्यालयमा १६० विद्यार्थी अध्ययनरत छन्।
Recent Videos:
Popularity: 7%
Add comment August 19th, 2011
एचकेनेपाल डट कम संवाददाता-
कास्की जिल्ला लेखनाथ नगरपालिका–२ घर भएका हाल हङकङ चुनकिङ बस्ने ३१ वर्षीय शम्भु गुरुङ अवैध लागूऔषध चरेश ११ किलोसहित पक्राउ परेका छन्।
नेपाल एयरलाइन्सको उडानद्वारा हङकङ जान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सामान खानतलासी गर्ने क्षेत्रमा तीनवटा प्लास्टिकको ड्रमभित्र दाल र कोदो राखी सोभित्र लुकाई लैजान लागेको अवस्थामा उक्त चरेश फेला पारिएको प्रहरीले जनाएको छ।
Recent Videos:
Popularity: 12%
10 comments December 19th, 2010
एस, हङकङ/ एचकेनेपाल डट कम-
हङकङबाट मकाउका लागि उडेको हेलिकप्टर शनिवार दिउंसो भिक्टोरिया हारबरको समुद्रमा खसेको छ। (more…)
Popularity: 11%
Add comment July 3rd, 2010
प्रकाश यक्सो (लिम्बू)-
प्रमुख राजनैतिक दलहरु (माओवदी, कांग्रेस र एमाले) को प्रस्तावित संघीय राज्यको खाका, तिनको नाम र सीमांकनलाई हेर्दा के लाग्छ भने कतिपय ऐतिहासिक पहिचानमा रहेका राज्यहरु ध्वस्त हुँदैछन्।
त्यो खास गरेर प्रमुख राजनैतिक दलहरुमा विद्यमान रहेको विविध शंका र स्वार्थका कारणबस हुँदैछ । उदाहरणको लागि पूर्वी नेपालको लिम्बूवान क्षेत्रलाई लिउँ । त्यहाँ अहिले उनीहरु संघीयताको निहुँमा लिम्बूवानको मुटु नै झकेर खान खोजिरहेका छन्। त्यो प्राय निश्चित जस्तै भैसकेको पनि छ। लिम्बूवानको मुटु नै मानिएको विजयपुर-मोरङ थुम -झापा, मोरङ र सुनसरी) लाई जसरी भएपनि अलग गर्ने र राज गर्ने भन्ने प्रमुख तीन पार्टीको दाउ रहेकोछ । विशेष गरेर माओवादीले कोचिलाबाट, एमालेले विराटबाट र काँग्रेसले विराट वा त्यस्तै कुनै निहुँबाट त्यहाँ छिर्ने योजना बुन्दैछन् । यी तीन पार्टी जसरी, जुनैबाटो भएर आए पनि त्यो लिम्बूवानको मोरङलाई अलग गर्ने रजाइँ गर्ने भन्ने सामन्ती दाउमा आउनेछन । यसमा माओवादीको कसरत पहिल्यैदेखि नै छँदैछ भने एमाले र कांग्रेसले अब शुरु गर्दैछन् । यसरी लिम्बूवनाको मुटु -विजयपुर-मोरङ) नै झिकिदिएपछि त्यो खोक्रो लिम्बूवानको अस्थित्व रहयो नै के - यही एउटा गम्भिर चुनौती लिम्बूवानको अगाडि खडा भएको छ जुन् हामी चाँडै देख्दैछौं।
कोचिला राज्यको औचित्यको बारेमा पछि छुट्टै शिर्षबाट चर्चा गरौंला । यस लेखमा विशेष गरेर एमालेले प्रस्ताव गरेको विराट राज्यको बारेमा केन्द्रीत रहेर चर्चा गरिने छ । भर्खरै मात्र एमालेले उसले पूर्वी तराइँ (लिम्बूवान-मोरङ) का तीन जिल्लाहरु -झापा, मोरङ र सुनसरी) लाई मिलाएर विराट राज्यको प्रस्ताव ल्याएको छ । उसले त्यसलाई सभ्यताको आधारमा हुने भनेको छ । तर, त्यसको वस्तुगत आधार तथा प्रमाणहरु के के छन ती स्पष्ट रुपमा आएका छैनन् । हामीलाई के लागिरहेको छ भने यो विराट राज्यको प्रस्ताव एमालेले कुन दुनियांबाट उठाएर ल्याएको हो त हँ ! जुन् लिम्बूवानमा मात्र होइन नेपाल भरिनै नभेटिएको पहिचान हो यो विराट । एमालेले यसको साँचो इतिहास र पहिचान खोज्नलाई त भारतै जानुपर्छ । नेपालमा होइन । विराट राजा र विराट राज्यको बारेमा जति पनि इतिहास तथा कथाहरु लेखिएकाछन् ती सबै भारतमै लेखिएकाछन् । लिम्बूवानको मोरङमा यसको प्राविधिक रुपमा कुनै अस्थित्व भेटिएको छैन । त्यसकारण एमालेको यो विराट राज्यको प्रस्ताव विल्कुलै निराधार र हावादारी देखिन्छ । खास गरेर एमालेले लिम्बूवानको ऐतिहासिक सिमांकनलाई स्वीकार गर्न नसक्दा कि त अतालिएर कि त हतारिएर यो विराटको प्रस्ताव ल्याएको हुनुसक्छ । खास गरेर लिम्बूवानको अभिन्न भूमि मोरङ थुमलाई लिम्बूवानबाट अलग गराउने एमालेको यो एउटा महाषड्यन्त्र हो । यस्तो ठोस आधार नै नभएको विषयलाई एउटा इज्जतदार पार्टी समात्नु ठीक हुँदैन थियो । तर, एमालेले त्यही गर्यो जुन गर्नु हुँदैनथ्यो।
महाभारतकालीन पौराणिक कथामा विराट राजाको नाम उल्लेख भएको पाइन्छ । प्राचीन कुरुक्षेत्रको लडाइँमा पाँच पाण्डव दाजुभाईहरु यहीँ विराट राजाकहाँ आई सेल्टर लिएर बसेका थिए अर्थात आफ्नो १२ बर्षो बनवास -गुप्तवास) जीवन त्यही आएर बिताएका थिए भनी महाभारतको कथामा उल्लेख छ । यदि एमालेले पनि यही आधारलाई समातेर विराटको प्रस्ताव ल्याएको हो भने त्यो सरासर भ्रम हुनेछ । किनकि यो चाहे सत्यमा आधारित होस या कथामा यसको सम्पूर्ण रामकहानी भारतीय इतिहासमा र महाभारतको कथामा उल्लेख भएको छ । लिम्बूवानको इतिहासमा त्यो विराटको कहीँ पनि उल्लेख भएको पाइन्दैन । त्यसोहुनाले विराट राजा तथा विराट राज्यको विषयमा र त्यही कुरा महाभारतको पौराणिक कथामा पनि उल्लेख भएको हुँदा त्यस सम्बन्धमा यहाँ थोरै चर्चा गर्न आश्यक देखिन्छ।
प्राचीन कुरुक्षेत्रदेखि दक्षिण र यमुना नदीको पश्चिम क्षेत्रमा एउटा मत्स्य नामको छुट्टै स्वतन्त्र राज्य थियो । त्यस राज्यको प्राचीन राजा विराट हुन् भनी भारतवर्षो इतिहासमा उल्लेख भएको छ । मत्स्य देशको राजधानी विरानगर थियो र त्यो -विराटनगर) विराट राजाकै नामबाट रहन गएको हो भनी विश्वास पनि गरिएको छ । हाल यो मत्स्य राज्य तथा विराटनगर भारतको राजस्थान प्रान्तको जैपुर जिल्ला अर्न्तर्गत पर्दछ । प्राचीन मत्स्य राज्य र विराट राजाको बारेमा प्राचीन भारतवर्षको इतिहासमा यसरी उल्लेख गरिएको छ- - Matsya or Machcha (sanskrit for fish) classically called the Mese was the name of a tribe and the state of the vedic civilization of India . It lay to south of the kingdom of Kurus and west of the Yamuna which separated it from the kingdom of panchalas. The capital of Matsya was at Viratnagara (modern Bairat) which is said to have been named after its founder king Virat. The main Matsya under Virata had its capital named Viratnagari which is now known as Bairat in Jaipur district of Rajasthan.
भारतबर्षको महाभारतकालीन कुरुक्षेत्रको लडाइँको समयमा पाँच पाण्डव दाजुभाइहरु आफ्नो १२ बर्षको बनवास बस्ने क्रममा विराट राज्यको विराट राजा कहाँ आई त्यहाँ सेल्टर लिएर बसेका थिए भन्ने कुरा पनि महाभारतको कथामै उल्लेख छ, जुन यसप्रकार छ-The ancient name of the town was Viratnagar, and its history goes back to the time of the Mahabharata. Viratnagar was the capital of the ancient India kingdom (Mahajanapada) of Machcha or Matsya. Pandavas selected the Virata kingdom to their abode for one year, to live in anonymity, after the expiry of their twelve-year long forest life, both (12-years of forest life and one year of life in anonymity) being the conditions set up by their enemies viz the Kauravas, to give them back their kingdom (4,1) - (History of the ancient India).
यहाँ माथि उल्लेख भएको विषयभन्दा बाहेकका अर्थमा एमालेले विराट भन्न खोजिएको हो भने त्यसको साँचो अधार तथा प्रमाणहरु जनतासामु प्रष्ट आउनुपर्छ । यदि त्यसको आधारप्रमाण पुग्छ र त्यसमा सत्यता छ भने स्वीकार हुन्छ । तर, त्यसको कुनै आधारप्रमाणहरु छैनन् भने त्यो एमालेको हावादारी प्रस्ताव मात्र हुँनेछ । र, त्यो उसले अविलम्ब फिर्ता लिनुको विकल्पै छैन।
हुनसक्छ, मोरङका बुद्धनगरवासीहरुले अर्थात प्राचीन भारत-मत्स्य देशका विराट राजाका अनुयायीहरुले त्यहाँ आएर केही मन्दीर, मूर्ति, चित्र, कुवा तथा पोखरी आदि बनाएका होलान् । त्यहाँ प्राचीन विराट राजाको राजधानी बुद्धनगर रहेको भन्ने भ्रामक विश्वास पनि हुनसक्छ उनीहरुमा । तर, यस्तो भ्रामक निराधार प्रमाणकै आधारमा एउटा राज्यको परिकल्पना गर्न सकिन्दैन । राज्य भन्ने कुरा त्यसै कराएर, उफ्रेर मात्र पाइन्ने चिज होइन । एउटा राज्य बन्नका लागि उसँग प्रयाप्त ऐतिहासिक आधार, प्रमाणहरु भएको हुनुपर्छ । एउटा लामो ऐतिहासिक कालखण्डसम्म राज्यशासन गरेको ऐतिहासिक पृष्ठभूमि हुनर्ुपर्छ । जस्तो, राज्यकोे उत्पत्ति, राज्यको किसिम तथा प्रणाली, राज्यको ऐतिहासिक साँध सीमाना, शासकहरुको वंशावली, राज्यसँग सम्बन्धित दस्तावेजहरु आदि विषयहरु स्पष्ट रुपमा खुलेको हुनुपर्छ । त्यसकोे सम्पर्ूण्ा ऐतिहासिक घट्क्रमहरु नेपालभित्र भएको हुनुपर्छ । तर, के यी सबै विषयहरु विराटसंग छ त - छैन, किनकि यसको उत्पत्तिका सबै ऐतिहासिक घट्नाक्रमहरु भारतमै भएका हुन् । यो प्राचीन भारतको सभ्यता हो, लिम्बूवानको-मोरङ थुमको होइन । एमालेले जुन क्षेत्रलाई हेरेर विराटको प्रस्ताव ल्याइएको छ, त्यो प्राचीन लिम्बूवानको मोरङ थुम अर्न्तर्गत पर्ने क्षेत्रहरु हुन् । स्मरण रहोस, हाल नेपाल भित्रको अरुण-सप्तकोसी नदी पूर्व, मेची नदी पश्चिम, तिब्बत दक्षिण र भारत-विहार उत्तरका सम्पूर्ण ९ जिल्लाहरु - झापा, मोरङ र सुनसरी) लिम्बूवान भूमि हो । लिम्बूवानको यो जिउदो ऐतिहासिक पृष्ठभूमिभित्र कुन आधारमा हुने विराट राज्य लिम्बूवानमा -
अहिले संघीयताको खास आधारहरु के के हुन्, के हुनुपर्छ भन्ने विषयमा पार्टीका नेता तथा विज्ञहरु नै अलमलिरहेको अवस्था छ । त्यो कसरी भने उनीहरुबाट थरीथरीका प्रस्तावहरु आइरहेकाछन् । एवम्रीतले आउछन्, जान्छन् र फेरी आउछन् । लाग्छ, राजनेताहरु नै जनतासँग संघीताको पौडी सिक्दैछन् । अहिले उनीहरु संघीयताको पहिलो दौड जित्न तछाडमछाड गर्दै संघीयताको होडमा दौडिरहेकाछन् । कोही चाहिँ संघीय मैदानमै ओर्लेर दौड्न सुरु पनि गरिसकेकाछन् । विना प्रतिद्वन्द्वी, आफै एक्लै कुद्ने, हावामा आफै जित्ने । राजनेताहरुको यो पच्चिस थरी कुरा र व्यावहारलाई जनताले कसरी बुझने - र, तिनीहरुबाट के आसा राख्ने - संघीयताको गाडी हाक्छु भन्नेहरु मूलबाटो छोडेर भड्खालोको बाटो हिडिरहेकाछन्।
यसरी कतिपय नेपाली जनताहरु एउटा निश्चित पथ समात्न नसकिरहेको तथा संघीयता के हो - विराट के हो - काचिला के हो - र, त्यसको ऐतिहासिक उत्पत्ति तथा पहिचान कहाँ थियो - र, कहिले थियो ? भन्ने विषयमा किञ्चित थाहा नभई अल्मलिरहेको अवस्थामा भारतीय कथित विराट राज्यको प्रस्ताव ल्याएर एमालेले झनैसारो भ्रम सृजना गरिदिएको छ । अब हामीलाई के कुरा बुझन कठिन भएन भने एमालेले पनि मोरङ थुम -राज्य) लाई लिम्बूवानबाट अलग गर्ने षड्यन्त्र गर्दोरहेछ । ऊ लिम्बूवानको ऐतिहासिक अस्थित्वमाथि ‘कु’ गर्ने सोचमा रहेछ । हुनत यो कार्यमा उ मात्र एक्लो छैन । माथि उल्लेख भएका प्रमुख राजनैतिक दलहरु सबै यस कार्यको सोचमा रहेकाछन् । तर त्यो उनीहरुको शक्तिको क्षणिक हुँकार सिबाय अरु केही होइन । यो कथित विराट, कोचिलाको प्रस्ताव लिम्बूवानभित्र किञ्चित स्वीकार हुनेछैन । किनकि यसले लिम्बूवानको ऐतिहासिक अस्थित्वलाई नामेट गरिदिएको छ । अझै पनि लिम्बूवान-मोरङ थुमभित्र ती बिना आधारका कथित विराट तथा कोचिला जस्ता राज्यहरुलाई जबरजस्त लाद्न खोजेमा परिणाम अवश्य अप्रिय हुनसक्छ । त्यो हाम्रो रहरले नभइ बाध्यता हुनेछ । त्यसकारण माओवादी र एमालेले उनीहरुको कथित कोचिला र विराटको प्रस्तावलाई अविलम्ब फिर्ता लिनर्ुपर्छ । यसमा उनीहरुले जति विलम्ब गर्नेछन्, उप्रान्त उनीहरु लिम्बूवानबाट बडारिनेछन् । तर त्यो कार्य सचेत लिम्बूवानवादीहरुको ससक्त क्रान्तिले मात्र गर्न सक्छ । अहिलेका यी छायांका सन्तसाधु मोर्चाहरुको झिनो आन्दोलनले सग्लो लिम्बूवान पाप्त हुन सक्दैन । र, त्यो रुकुम, रोल्पा, सप्तरी र काठमाण्डौमा जन्मेको शक्तिको पुच्छर लागेर पनि त्यो सम्भव छैन । त्यो त्यतिखेर मात्र सम्भव हुन्छ जतिखेर त्यो स्वशक्तिमान लिम्बूवानमा जन्मेको हुन्छ । उ कुनै शक्तिकेन्द्रको छायाको मोर्चा मात्र हुने पनि होइन । हो, त्यस्तै खाल्को एउटा ससक्त मोर्चाको लिम्बुवानलाई आवश्क छ । त्यो अविलम्ब जन्मिनुपर्छ।
अब हामी हाम्रो लिम्बूवानको अस्थित्वलाई बन्धक बनाएर कुनै पार्टी, जाति, व्यक्ति र वर्ग स्वार्थमा मात्र कुद्न सक्दैनौं । सग्लो लिम्बूवान प्राप्ति नभएसम्म हाम्रो संर्घष अविराम जारी रहनेछ । काङसोरेका सन्तति हौं पिठ्युँ देखाउन जान्दैनौं, बरु लड्न हामी तयार छौं अस्थित्व बेच्न जान्दैनौं।
Popularity: 13%
Add comment December 10th, 2009
-बिनय लामा
थाहा थिएन यस्तै रहेछ यहांको रीत,
खेल न थियो हारें, भयो तिम्रो जीत।।
बसिरहें चट्टान सरि उनकै पर्खाइमा,
बसन्त फर्केन जिन्दगीमा, परिरह्यो शीत।।
फिका लाग्छ तिमीबिना, हर दिन र सांझ,
अझै पनि मरेको छैन, बांचिरहने धीत।।
नहंसाऊ अब मलाई, हांस्न छाडिसकें,
गाउन देऊ एक्लै मलाई बिरहका गीत।।
मुटु भरि उनको माया, तस्बीर आंखाभरि,
कति सांचु हृदयमा उनको झूठो प्रीत।।
मनामा सिटी,बहराइन
Popularity: 14%
1 comment September 15th, 2005
दिनेश राज ज्ञवाली
रैछ क्यारे नि माया , फेरि लुकाएको किन ?
हैन भने बाटो लाग्दा, शिर झुकाएको किन ?
गांठो परे पो बलियो हुन्छ भन्छन् नाता
बल्ल लागेको सुर्कनी पनि, फुकाएको किन ?
नचिनेझैं जादाचाहि तर्की तर्की जानेले
फर्कदा मेरो घरमा, नजर लगाएको किन ?
सबैले भन्दैथे रे नगरौं अरुको कुरा
तिमीले नै फेरि, मेरो कुरा उठाएको किन ?
सबै संगी हास्दैछन् हेर त वरिपरि
टोल्हाए झै तिमी, मन कतै हराएको किन ?
जापान
Popularity: 14%
3 comments September 6th, 2005
( हामीले यहांहरुको स्वास्थ्य सम्बन्धि जिज्ञासालाई मध्यनजर राख्दै परिक्षणको रुपमा यो स्तम्भलाई अगाडि सारेका छौं । यहांहरुको स्वास्थ्य सम्बन्धि कुनै समस्या भए तल
Leave a Comment मा आफ्ना स्वास्थ्य सम्बन्धि जिज्ञासा समावेश गर्नुहोला । तपाईको प्रश्न अंग्रेजी वा नेपालीमध्ये कुनै एक भाषामा राख्न सक्नु हुनेछ । नेपालीमा लेख्दा युनिकोड प्रयोग गर्न पनि सक्नु हुनेछ यदी तपाईलाई नेपाली युनिकोड सम्बन्धि राम्रो जानकारी नभएमा नेपाली प्रिती फन्टमा टाइप गरेर यहां पेस्ट गर्न सक्नु हुनेछ । प्रश्न सकभर नेपालीमा भए अन्य सर्वसाधारण पाठकहरुका निम्ति पनि बढी उपयोगी होला भन्ने हामीले ठानेकाछौं । - सं.)
तपाईको प्रश्नको उत्तरको लागि यहां उपस्थित हुनुहुन्छ
डा. चन्द्रकमार राई । उहांको संक्षिप्त परिचयः
Dr. Chandra Kumar Rai
Bachelor of Medicine and Surgery ( MBBS )
Bangladesh Medical College ( BMSRI )
University of Dhaka, Bangladesh
NMC Regd No. 4235
तपाईले आफ्नो स्वास्थ्य सम्बन्धि जिज्ञासा राख्दाः
१) तपाईको नाम वा उपनाम,
२) उमेर,
३) ठेगाना
४) र तपाईको स्वास्थ्य सम्बन्धि कुनै पुरानो समस्या भए उल्लेख गर्न नभुल्नुहोला ।
Popularity: 15%
30 comments September 1st, 2005
- हेमराज राई
१. शहराँ किस्ने
यहाँ मौ इसी
हात्ती छाप चप्पल ।
२. डान्स पार्टी
फेशन प्रतिस्पर्धा
साँढेको जुधाई ।।
३. गोहिको आँशु
स्यालको हुइयां
गोरखा दक्षिणा ।।।
Popularity: 14%
1 comment September 1st, 2005
-शिव प्रकाश
आदरनीये पीर्येबुढी
सादर ‘स्यालूट’ छ,
मलाई लाग्छ हाम्रो माया-प्रीति
अझै ‘भ्यालिड’ छ।
धेरै वर्षपछि
‘बोष्टन सीटी’बाट यौटा
चिठी लेख्दैछु,
तिमी विना भुङ्रो जस्तो
रन्किएको मेरो मन
हरिया डलरले अझै सेक्दैछु।
के भनौ तिम्लाई बुढी,
स्याप्पै सुक्यो
नेपालको त्यो मेरो भुँडी।
तालु खुइलिएर
आलु जस्तो भैसक्यो
‘गीरिनकार्ड’को आशै आशमा
आधा उमेर यही गैसक्यो।
‘गीरिनकाड’ पाएपछि
लौरो किनी ल्याउछु
राम्रो डाक्टर खोजिकन
आँखा जचाउछु
एक हातमा लौरो टेकी
अर्को हातमा झोली बोकी
एयरपोर्टमा तिमीलाई भेटौंला
भेटेपछि आपसमा-
माया-प्रीति गासौंला।
साथीभाईले भन्थे बुढी
‘अम्रिका’मा सबै काम
कम्प्युटरले गर्छ
जुनसुकै काम पनि
आजको भोली हुन्छ
यो सबै बकम्फुसे कुरामात्र रैछ ।
के एत्रा! हुन्थ्यो,भुत्रा! हुन्थ्यो
हुने भए त्यो ‘गीरिनकाड’ भन्ने
प्लास्टिकको पाप्रो छाप्न
किन पाँच-सात वर्षलाग्थ्यो!
एउटा कुरा बुझ मेरी
परान पीयारी,
केही वर्षपर्ख अझै
दायाँ-बायाँ गडबड नगरी ।
हाल-बोष्टन,अमेरिका ।
(यसमा आदरणीय लगाइएको छ, प्रियको साथमा व्यंग्यात्मक रुपमा लगाइएको हो, मिल्छ कि मिल्दैन? श्रीमतीले श्रीमान्लाई जहिले पनि अदरणीय लाउनु पर्ने तर उही श्रीमान्को अर्धाङ्गीनी श्रीमतीलाई चाँही श्रीमान् भनाउँदाहरुले किन आदरणीय नलगाउने भन्ने कुरालाई व्यंग्य गर्नाका लागि पिर्ये भन्न शब्दसाथ आदरणीय लगाइएको हो। शिव)
Popularity: 14%
3 comments August 30th, 2005
-शिव प्रकाश
गाउँका धेरै मान्छेहरु हराएछन् !
कसैलाई थाह छैन,
ति कहाँ गए ?
कसरी बेपत्ता भए ?
कसैसंग उत्तर छैन,
ति के भए ?
मुग्लान पसेको खवर पनि छैन,
कुनै सहरमा कसैलाई भेटिएको पनि छैन
गाउँका बाँकी मान्छेका
आ-आफ्नै अनुमान छन्
कोही भन्छन्- बाघले खायो होला !
बाघलाई मान्छले कजाएर
चिडियाखानामा थुनेका छन्
त्यस्तो बाघले कसरी खान सक्छ ?
ति मान्छेलाई !
कोही भन्छन्-हात्तीले कुल्चेर मार्यो होला !
हात्तीलाई मान्छेले सधाएर
आफ्नो बहान बनाएका छन्,
त्यस्तो हात्तीले कसरी मार्न सक्छ ?
ति मान्छेलाई !
कोही भन्छन्- स्यालले लुछ्यो होला !
स्याललाई मान्छेले उहिल्यै
डाइनोसुर जस्तो लोप गराइसके,
लोप भइसकेका स्याल कहाँबाट आउनु र लुछ्नु ?
ति मान्छेलाई !
कोही भन्छन्- खोलाले बगायो होला !
वर्षौ अगाडि नै त्यहाँको खोलो सुकिसकेको रहेछ
सुकेको खोलाले कसरी बगाउनु ?
ति मान्छेलाई !
कोही भन्छन्- पहिरोले पुर्यो होला !
गाउँमा पहिरो नगएको धेरै भएछ,
नगएको पहिरोले कसरी पुर्नु ?
ति मान्छेलाई !
कहाँ गए त ति मान्छे ?
सात महासागरको यात्रा गर्न सक्ने मान्छे !
सात महादेशको चक्कर काट्न सक्ने मान्छे !
आकाश छेडेर
दोस्रो, तेस्रो ग्रहमा जान सक्ने मान्छे !
क्षितिज नाघेर
शुन्यतामा परेड खेल्न सक्ने मान्छे !
आफैं कसरी हराउछन् ?
ति देवता पनि हैनन्,
जो इच्छा मृत्यु मर्न सक्छन्
कुनै जीवजन्तुले तिनलाई निल्न सक्दैन,
प्रत्येक प्राणीमाथि तिन्ले विजय प्राप्त गरेका छन् ।
कहाँ गए त ति मान्छे ?
कतै ठूला माछाले
साना माछा खाए जस्तो
ति मान्छेलाई
ठूला मान्छेले त खाएनन् ?
Popularity: 14%
1 comment August 29th, 2005
- कमल पुन
सुन्दर र अति शान्त त्यो देश
जहां भगवान बुद्ध र सीताले जन्म लिएको त्यो देश
हिमालै हिमालहरुले सजिएको त्यो देश
नदीनाला , बनपाखाले सिंगारिएको त्यो देश
तराई र पहाडहरु मिलेर बनेको त्यो देश
थुप्रै भाषा भाषीहरु आ-आफ्नै धर्महरुमा रमाएको त्यो देश
कति सुन्दर र शान्त थियो त्यो देश …
तर….
आज त्यहां
सत्ता लुछाचुंडी गर्नेहरुले विध्वंश पारिसक्यो त्यो देश
आंसुको भेलमा बगेकोछ त्यो देश
रगतको पोखरीमा डुबेको छ त्यो देश
गोलाबारुदको धुंवामा निस्सासिएको छ त्यो देश
गलिरहेकोछ त्यो देश
जलिरहेकोछ त्यो देश
अति नै भयो
अचम्मै भयो
सुन्दर र अति शान्त त्यो देश ….
भकिम्ली,म्याग्दी
हालः जापान ।
Popularity: 14%
1 comment August 29th, 2005
- देवचन
म
कुनै दर्शन जान्दिनँ
बुझ्दिन म तिम्रा
पट्यारलाग्दा सिद्धान्तहरु……।
भन्नेहरु भनुन मलाई,
गवाँर, लाटो, हुस्सू:
मलाई केही ध्यान छैन,
हो!
मलाई केही ज्ञान छैन्
माक्स, लेनिन आदि, आदि ।
तर,
सरल नियम बुझ्न
विद्धताका ठेलीहरु चाहिन्नन् ।
मलाई थाहा छ,
इतिहासका चक्र पल्टाउन
जुररी छैन दर्शन खोतल्न,
पर्दैनन् शास्त्र खोस्रन ।
मस्तिष्कका सरल यन्त्र नै काफी छन्
प्रकृतिका सामान्य सुत्र जान्नलाई ।
जसरी,
मिर्मिरे र विहानी
जूनतारा र रात
शिशु र मातृस्नेह
जलचर र पानी……आदि। आदि।
हो!
सामान्य सिद्धान्त छ प्रकृतिको।
त्यसरी नै,
जब,
लोकको छातिमा
जुत्ता र मुक्काहरु बर्साइन्छन्
बोल्ने आठहरु
सिलाइनछन् तिम्रा आपतकालका सियोहरुले….
हो!
जब,
यी अबोध नेत्रहरु अन्धो बनाइनछन्
ओठहरुमा ताल्चा ठोकिन्छन्
कानहरुलाई बहिरो बनाइनछन् ।
यी विचारहरु,
अन्तष्करणका आवाजहरु,
इच्छाहरु……….लाई
गरिन्छ कैद तिम्रा कालकोठरीमा ।
तब,
लोक उठेको इतिहास छ,
अङकुश परस्तहरुको मेरुदण्ड ढलेको इतिहास छ ।
आजको युग
दासताको युग कदापि होइन!
अहँ, बिलकुल होइन !
तर पनि हामी,
अझसम्म
शताब्दीदेखिन जीर्ण मध्ययुगमै छौ ।
गुटबन्दी र भारदारको युग !
बस !
पुग्यो अब !
हाम्लाई तिम्रो चाकरी होइन
माटोको सेवा गर्नु छ
(विकाशको जीवन भर्नु छ )
माटोको निम्ति मर्नु छ
(देशकै निम्ति गर्नु छ ) ।
हाम्लाई अब,
माटो खाएर माटो हुनु छ,
स्वास लिएर जीवन बन्नु छ ।
इतिहास जित्नेले कोर्छ:
त्यसैले अब,
हामी
इतिहासमा जिउन उठ्नु छ ।
एकको आवाज भोली नै बिलाउला,
दुईको गोलीले दबाउला
तर,
सिन्धु अगाडि
ऊ आफै विन्दु भई बिलाउला ।
एक्लो आवाजले भित्तो त चिर्ला,
तर सिङ्गो विश्व उर्जागर नगर्ला ।
त्यसैले अब,
तिमी उठ,
म उठ्छु ,
हामी उठौँ ।
स्वार्थ फगत बनोस्
लोकइच्छा जगत बनोस ।
अनि हामी
हातेमालो गर्दै
हाम्रा अग्ला अग्ला हिमालहरुमा
विप्लवका पद्चाप छोड्नेछौ ………
अनि
भावीले देख्नेछ हाम्रो वीरता,
पढ्नेछ हाम्रो गाथा………………….।
तब हाम्रो तिलाञ्जली
इतिहासका वाटिकामा
सुन्दर सुन्दर फूल बनेर मुस्कुराइरहनेछ ।
देवचन
प्रवासबाट–
(२१/८/२००५)
Popularity: 14%
6 comments August 21st, 2005
-शिव प्रकाश
महोदय,
हजूर ठूलो त त्यसै हुनुहुन्छ,
त्यसमाथि असल भइदिए
कति राम्रो हुन्थ्यो !
महोदय,
हजूर शक्तिशाली त त्यसै हुनुहुन्छ,
त्यसमाथि विवेकशाली भइदिए
कति राम्रो हुन्थ्यो !
महोदय,
हजूर नायक त त्यसै हुनुहुन्छ,
त्यसमाथि खलनायकहरुको साथ छोडिदिए
कति राम्रो हुन्थ्यो !
महोदय,
हजूरलाई मान्नु त त्यसै छदैंछ,
त्यसमाथि सधैं मान्न लायक भइदिए
कति राम्रो हुन्थ्यो !
महोदय,
हजूर मानव त त्यसै हुनुहुन्छ
त्यसमाथि महान् भइदिए
कति राम्रो हुन्थ्यो !
महोदय,
हजूर आफूलाई देवता त ठान्नुहुन्छ,
त्यसमाथि साच्चै देवताजस्तो भइदिए
झनै कति राम्रो हुन्थ्यो !
अगष्ट १३,२००५। बोष्टन, अमेरिका ।
Popularity: 14%
6 comments August 21st, 2005
-शिव प्रकाश
माउ दुब्लो छ भनेर के गर्नु
बाछाले दूध खान छाड्दैनन् !
सधैंका भोका ति बाछा
आफ्नो सनातन् परम्परा तोड्दैनन् ।
बाछाको सम्वन्ध केवल दूधसंग छ
दुब्ली, पातली, लुरी माउसंग हैन,
माउको थुनमा घाउ भए पनि
बाछालाई त्यसको मतलव छैन ।
दूध चुस्दा-चुस्दा लाम्टो सुकेपछि
बाछाहरु खुन चुस्न थाल्छन्,
सन्तान भएर जन्मिएको गुन,
आफ्नै आमाको खुन चुसेर लाउँछन् ।
खुन पनि सिद्विए पछि बाछाहरु
आफ्नै माउको मासु लुछालुछ गर्छन्
माउको मासु खाएर पनि अझै भोका
बाछाहरु हड्डीमा दाँत गाड्न थाल्छन् ।
हुत्ति-हुत्ति, झुत्ति-झुत्ति बाछाहरु
आफ्नै मातामाथि सधै घात आघात् गर्छन,
कस्ता बाउका सन्तान हुन् यी
माकुराले जस्तो आफ्नै माउ समेत खान्छन् ।
तछाड्-मछड् गर्दै बाछाहरु
सधैं-सधैं खान मात्र किन झुम्मिन्छन् ?
गधाका सन्तान यी पाजी
अझै किन गाईको कोखबाट जन्मिन्छन् ?
हाल-अमेरिका ।
जूलाई, ०८,२००५।
Popularity: 14%
4 comments August 16th, 2005
- देवचन
ए!
भूलका चक्कीहरु पिएर
यथार्थका तस्वीरहरु मेटाउन खोज्नेहरु हो !
सुन तिमीहरु ,
अब तिमीहरुले भूलका साधन होइन,
यथार्थका फूलहरु रोप्नुपर्छ ।
यथार्थका फूलहरु भलै सुन्दर होओइनन्
तथापि
यथार्थ तीखो ओखतीजस्तो ध्रुव सत्य हो ,
यथार्थ जुन-ताराझैँ सृष्टिका अन्तिम अस्तित्व हुन ।
ऊ हेर !
यथार्थका चक्रहरु इतिहासका पाना पल्टाउदै छन्
पत्र-पत्र खोतल्दै समकालीन परिभाषा कोर्दै छन् ।
भो अब !
आदर्श हामीले धेरै पढ्यौ
तर
यथार्थलाई रक्षानमा मिल्कायौ ।
त्यसैले ,
सूर्यकिरणमा शीतलव बिलाएझै
घोसोमुन्टो लगाएर मातृ-आँचलमा लुक्नेहरु हो !
आऊ,
हामी सबै मिलेर आज,
मन्दिरहरुको देशमा अब ईश्वर खोजौ ,
जलमयी भूमीमा स्वच्छ पिउने पानी खोजै ।
हामी,
बासस्थान होइन , घर-परिवार बनाऔ
कंकालको शान्ति हिइन, प्रकृतिको शालीनता खोजौ
शुत्र होइन, समाधान खोजौ ।
ए दिग्विजयका सन्तानहरु हो ,
बुझ्यै तिमीहरुले,
आदर्शको पुन्जले भरीपूर्ण देशमा अब,
हामी यथार्थलाई बुझौ,
अब हामी,
यथार्थको अजम्मरी फूल रोपौ ।
Popularity: 14%
Add comment August 13th, 2005
-मधु माधुर्य
फर्क्यो आकाशतिर
पूर्व पापका लागि माफ माग्यो
धर्म-शास्त्र पल्टायोः
‘आफूलाई जस्तै अरुलाई प्रेम गर !’
पढ्यो ‘बुझ्यो’ र हिड्यो……
म तिमीलाई प्रेम गर्न चाहन्छु
माफ गर ! म पुरुष हुँ ….।
-म तिमीलाई प्रेम गर्न चाहन्छु
-म पनि चाहन्छु, प्रेमको मूल्य नि -
-म तिमीलाई प्रेम गर्न चाहन्छु
-फेरि पनि धोका दिन -
-साँच्चै नै प्रेम गर्न चाहन्छु
-प्रेमको मृत्यु-दिवस मनाइसकेकी छु
फर्क्यो आकाशतिर
इश्वर सम्झेर…..
-म तिमीलाई नै प्रेम गर्न चाहन्छु
- ‘ ……………..’
‘आफूलाई जस्तै अरुलाई प्रेम गर !’
फेरि पढ्यो, बुझेन र रोइरह्यो
रोइरहेछ….
Popularity: 14%
3 comments August 5th, 2005
-प्रभाती किरण
prbhatikiran@hotmail.com
बिस्तारै बोल्नुहोस्,महाशय
कविजी निदाउनु भएको छ ।
अचम्म लाग्ला तपाईंलाई
सारा संसार कुम्भकर्ण निद्रामा पर्दा पनि
जागा बस्ने,
निस्पट्ट अन्धकारमा
चेतनाको/विद्रोहको
दियालो सल्काउने
शब्दहरुबाट अर्थ चोरेर
घोटिरहने कलमलाई,
भोका नाङ्गाको आवाज बनेर
आज कसरी सुत्न सक्छ ?
कसरी निदाउन सक्छ ?
तर
कविता मात्र लेखेर
मात्र कविता लेखेर
के पाउनुभो ?
स्वतन्त्रता ? समानता ?
आत्मीयता ? मान-सम्मान ?
कि सुराकीको आरोपमा पुलिस कस्टडी ?
नेक्रोफोविया भएको छ कविजीलाई
छोडी सक्नु भयो
मान्छेमाथिको मान्छेको सिकारमा
कविता लेख्न
आफ्नै कविता वलात्कृत हुँदा
उसका अवयव रगतपच्छे हुँदा
यसै गरी निँदाउँदै हुनुहुन्थ्यो उहाँ ।
हेर्नोस् महाशय,
बाहिर सन्नाटा छ,
सुन्नुहुन्न तपाईं चित्कार कसैको
श्मशान पनि प्रायः चकमन्न हुन्छ ।
मृत्योत्सब मनाईंदै छ, मानवताको
वन्धुत्वको/भ्रातृत्वको
रुने छैनन् कोही अब आफन्तको लाश गनेर
आउनोस् यो उत्सबमा सरिक हुनोस्
बरु
बिस्तारै बोल्नुहोस्, महाशय
कविजी निदाउनु भएकोछ ।
Popularity: 14%
1 comment August 1st, 2005
राकेश कार्की
कल्ले भन्छ विदेशमा संस्कृति छुट्छ
कामै मात्रले सांसारिक मायामोह भुल्छ
यहां त हरेक मृत्युमा बरखी बारेका छन्
शिरदेखि पैतालासम्म सेतै हिउं ओढेका छन् ।
कल्ले भन्छ विदेशमा भाषा विर्सन्छ
अमेरिकन पनले नेपालीपन छोपिन्छ
यहां त आतंकले अन्योल नेपाल बोल्छ
दाजुभाइको वियोगले अमेरिकै पोल्छ ।
कल्ले भन्छ विदेशमा जो कोही हराउंछ
आफ्नो आफन्त भुली एक्लै रमाउंछ
यहां त बेरोजगारी हातगोडा चलेका छन्
र पनि घाइते गाउंबेशी दुःखेका छन् ।
नेपाली वंश जगेर्ना गर्न कोही
टेष्टट्युब वेवी जन्माएका छन्
विचरी सताईएकी विधवा चेली
वेहुली बनाई अन्माएका छन् ।
यस्ता रमाइला खुशी सुन्दा
विदेश मै पनि लालीगुंरास फुल्छ
घडीको सुइ संगै घुम्दा घुम्दा
एकैछिन मनले थकाई भुल्छ ।
कल्ले भन्छ विदेशमा नेपाली जन्मिदैन
पुर्खाको रगत नशा नशामा बग्दैन
यहां त पितृको आशिक शिरमा थाप्ने छन्
नेपाली सन्तानले डांडाकांडा ढाक्ने छन् ।।
विन्डसर विश्वविद्यालय, क्यानाडा
Popularity: 13%
2 comments July 17th, 2005
चहल सयपत्री, हालः दोहा कतार ।
गजल
यो हातले त्यो सिउंदो भर्न पाए मजा हुन्थ्यो ।
त्यै केशमा झुन्डिएर मर्न पाए मजा हुन्थ्यो ।
खोला पारि पुगेपछि छुटिनु त छदै छ नि ,
खोला तर्दा हात समाइ तर्न पाए मजा हुन्थ्यो ।
के भरोसा भबिश्यको हजूर कता म कता -
मन भरिका कुरा आजै गर्न पाए मजा हुन्थ्यो ।
सबै संग सबै नाता तोडेर भएपनि ,
हजूरको दिलमा डेरा सर्नपाए मजा हुन्थ्यो ।
गुलाफ पनि बिझाउंला कोमल ति पाउमा
जताततै सयपत्री फूल छर्नपाए मजा हुन्थ्यो ।
Popularity: 13%
4 comments July 13th, 2005
-प्रदीप कन्दन्वा
मुक्तक एक-
ए सुकुमारी, सुदर्शना
ए कोमलाञ्गिनी
तिमी जति सुकै
सुन्दर शरिर पाल
तिमी जति सुकै
आफूलाई अर्जाप
र राख
तिम्रो धारिलो यौवन
हाम्रा अघिल्तिर
तर तिमीलाई
हामी छुदैनौ
कारण के भने
आजकल हामी
साईबर सेक्समा ब्यस्त छौं ।
मुक्तक दुई-
बस्, अब तिमी
एक शब्द नबोल
मेरी प्रियतमा
कि यो छुरा
तिम्रो घांटीमा रेटियोस्
हाय, यो धार
हाय, त्यो तिम्रो प्यार ।
Popularity: 13%
6 comments July 10th, 2005
-मिजास तेम्वे ,हाल अफगानीस्तान
म अलिकति मासु हुँ ।
अलिकति हाड हुँ ।
अलिकति रक्त हुँ ।
अलिकति नसा हुँ ।
अलिकति हावा अनि पानी हुँ ।
म अलिकति सबै हुँ ।
म अलिकति कल्पना हुँ ।
अलिकति सपना हुँ ।
अलिकति रहस्य हुँ ।
अलिकति त्रास हुँ ।
अलिकति साहस अनि आहत हुँ ।
म अलिकति सबै हुँ ।
म अलिकति माया हुँ ।
अलिकति बिश्वास हुँ ।
अलिकति धोका हुँ ।
अलिकति आघात हुँ ।
अलिकति घृणा हुँ ।
अलिकति बेदना हुँ
अलिकति हाँसो र आँसु हुँ ।
म अलिकति सबै हुँ ।
म अलिकति राजनीति हुँ ।
अलिकति कुटनीति हुँ ।
अलिकति समाज हुँ ।
अलिकति दर्शन हुँ ।
अलिकति नैतिक हुँ ।
अलिकति भ्रष्ट हुँ ।
अलिकति ज्ञान अनि बिज्ञान हुँ ।
म अलिकति सबै हुँ ।
म अलिकति नायक हुँ ।
अलिकति खलनायक हुँ ।
अलिकति अन्य हुँ ।
अलिकति निर्देशक हुँ ।
अलिकति निर्माता हुँ ।
अलिकति बिधाता अनि नाशी हुँ ।
म अलिकति सबै हुँ ।
म अलिकति धर्म हुँ ।
अलिकति कर्म हुँ ।
अलिकति यात्रा हुँ ।
अलिकति बिसाउनी हुँ ।
अलिकति पाहुना हुँ ।
अलिकति प्रलय हुँ ।
अलिकति बिलय हुँ ।
अलिकति शुरुवात अनि अन्त्य हुँ ।
म अलिकति सबै हुँ ।
हाल अफगानीस्तान
Popularity: 24%
2 comments July 6th, 2005
- दिनेश राज ज्ञवाली, जापान
यदि भुल नभनेको भए रहन्थ्यो कि नाता अझै ।
हुन्थ्यो नि जोड घटाउ दुई चार बाधा अझै ।
वर्षौ को नाता पनि मिनेटमै तोडी जाने ।
भन्नै पर्छ असन्तुलित छ सम्बन्धको खाता अझै ।
विश्वास त होइन तैपनि कहिलेकाहि लाग्छ ।
कायम राख्नु पर्छ तिमी र्फकने आशा अझै ।
जहां पुगेपछि हामी, तिमी र म भयौं
हेर्दैछु त्यहि बसी तिमी गएको बाटा अझै ।
अब हार्नु त बाँकी नै के छ र मसंग
पुर्पुरोको लेखा नहो पल्टिन्छ कि पासा अझै ।
Popularity: 24%
5 comments July 3rd, 2005
-राकेश कार्की
विन्डसर विश्वविद्यालय, क्यानाडा
सानो झूप्रो भित्र दरवार देखेछ
दरवारमा राजारानी देखेछ
कान्छीकी बाबूलाई थाहा छैन
दरबारभित्र झूप्रो छ कि छैन
त्यो झूप्रोमा गरीब छ कि छैन
कान्छीकी आमा घांस दाउरा गरी आई
झूप्रो भित्र निहुरेर अर्टाई
के झूप्रो निहुरीनु पर्नेलाई मात्र
भोकले पिल्सीएको झिनो शरीरलाई मात्र
दबिएर चेप्टिएर अटाउनेलाई मात्र
च्यान्टे स्कूलदेखि आयो
बा बा भन्नुस भन्दै करायो
कतिवटा झूप्रो जोडे दरवार होला -
कति घटाउंदा झूप्रो बांकी रहला -
के शून्ना भन्दा झूप्रो बेसी होला -
थप साहित्यिक रचनाहरूको लागि यहाँ क्लिक गर्नुहोस्।
Popularity: 24%
3 comments June 28th, 2005
| M | T | W | T | F | S | S |
|---|---|---|---|---|---|---|
| « Feb | ||||||
| 1 | 2 | 3 | 4 | 5 | ||
| 6 | 7 | 8 | 9 | 10 | 11 | 12 |
| 13 | 14 | 15 | 16 | 17 | 18 | 19 |
| 20 | 21 | 22 | 23 | 24 | 25 | 26 |
| 27 | 28 | 29 | 30 | 31 | ||