Posts filed under 'World'

कोरियामा नेपाल सरकारका उच्च पदाधिकारीहरुलाई प्रशिक्षण

डम्बर सुब्बा / एचकेनेपाल डट कम -
कोरियाको सरकारी संस्था काईका र केडिआईको संयुक्त आयोजनामा नेपाल सरकारका ९ जना उच्च पदाधिकारीहरुका टोलीले कोरियाको केडिआई युनिभर्सिटीमा प्रशिक्षण लिएको छ।

टोलीले कोरियाको नीति निर्माण तथा अर्थव्यवस्थाको सम्बन्धमा प्रशिक्षण लिएको केडिआईको एक पदाधिकारीले बताएको छ।

नेपालबाट कोरियामा प्रशिक्षण लिन आउने उच्च पदाधिकारीहरुको टोलीमा महालेखा नियन्त्रण कार्यालयका प्रमुख सुशील घिमिरे, नेपाल राष्ट्र बैकका डिप्टी गर्वनर गोपाल प्रसाद काफले, अर्थ मन्त्रालय सल्लाहकार समितिका कुलानन्द गिरी, प्रधानमन्त्री कार्यालयका सहसचिव गेहानाथ गौतम,अर्थमन्त्रायका सहसचिव जन्मा जया रेग्मी, त्रिभूवन युनिभर्सिटीका प्रोफेसर चन्द्रमणी पौडेल, त्रिभुवन युनिभर्सिटीका प्रोफेसर रुद्रप्रसाद उपाध्याय, पदमाकन्या क्याम्पसका एशोसिएट प्रोफेसर उमा कोईराला र त्रिभुवन युनिभर्सिटीका एशोसिएट प्रोफेसर महेन्द्रप्रसाद शर्मा रहेका छन्।

नेपाल सरकारका उच्च पदाधिकारीहरुका टोलीले जनवरीको ३१ तारिखदेखि फेब्रुवरी २ तारिखसम्म कोरियाको अर्थतन्त्रको विकास, व्यवसायका निर्यातका नीति निर्धारण, क्षेत्रीय तथा सामाजिक विकासका नीति निर्धारण आदि विषयहरुमा प्रशिक्षण लिएका थिए।

त्यस्तै सो टोलीले कोरियाको किया मोर्टसका कम्पनी, कोरिया बैंक, पोस्को कम्पनी आदिको पनि भ्रमण गरेका थिए। कोरियाको सरकारी संस्था कोईकाले नेपाल जस्तो विकासोन्मुख राष्ट्रहरुको राष्ट्र विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम गरेको बताएको छ।

Recent Videos:

Popularity: 4%

Add comment February 2nd, 2012

नेपाली कामदारहरुको हितका लागि अगाडि बढ्ने योजना

पुरु जोशी / एचकेनेपाल डट कम-
दक्षिण कोरियामा नेपाली कामदारहरुको बढ्दो माग संगसंगै बिभिन्न समस्याहरु बढिरहेको अवस्थामा नेपाली श्रम सहचारी कृष्ण हरि पुष्कर विहीवार दक्षिण कोरिया आईपुगेका छन्।

नेपाल सरकारको श्रम मन्त्रालयमा उपसचिवको रुपमा बिगत २ बर्षदेखि कर्मचारीको रुपमा काम गरिसकेका उनी ईन्छन् एयरपोर्ट हुँदै दक्षिण कोरिया आईपुगेका हुन्। उनको स्वागतमा नेपाली दूतावासबाट तुलसी कोईराला ईन्छन् एयरपोर्ट पुगेका थिए।

२००८ मा नेपाल र कोरियाबीच ईपीएस सम्बन्धी श्रम सम्झौता भएपश्चात हालसम्म लगभग १५ हजारको हाराहारीमा नेपाली कामदारहरु दक्षिण कोरियामा कार्यरत छन्। तर पनि नेपाल सरकारले ‌औपचारिक रुपमा हालसम्म यहाँका नेपाली कामदारहरुको हितका लागि कुनै पनि कुटनैतिक श्रम सहचारी नियुक्त गरिएको थिएन।

पहिलो पटक आधिकारिक श्रम सहचारीको मान्यता पाई दक्षिण कोरिया आईपुगेका महोत्तरी निवासी कृष्ण हरि पुष्करले कोरिया आउनु भन्दा पहिले ३ महिना परराष्ट्र मन्त्रालयमा पनि काम गरेका थिए।

नेपाल सरकारको तर्फबाट युरोप तथा अमेरिकाको कार्य अनुभव रहेपनि दक्षिण कोरिया भने उनको पहिलो अनुभव रहेको उनले बताए। अब चाँडै नै यहाँका नेपाली कामदारहरुको हितका लागि आफूले सक्दो प्रयास गर्ने र यहाँका कम्पनीहरु सम्बन्धी अध्ययन गरी जति सक्दो चाँडो नेपाली कामदारहरु भित्राउने उनको योजना रहेको छ।

ईन्छन् एयरपोर्टबाट सिधै दूतावास पुगेका उनलाई नेपाली दूतावासका कावा राजदूत तथा उपनियोग प्रमुख राजाराम बर्तौला एनआरएन कोरियाका अध्यक्ष केपी सिटौला र उपाध्यक्ष राजु क्षेत्रीले स्वागत गरेका थिए।

Recent Videos:

Popularity: 4%

Add comment February 2nd, 2012

मगर संघ कोरियाको अध्यक्षमा हेम थापा

झक थापा मगर / एचकेनेपाल डट कम-
दक्षिण कोरिया, गणतन्त्र कोरियामा बिभिन्न पेशा व्यवसाय र रोजगार गरि बसेका मगरहरुको साझा संस्था नेपाल मगर संघ गणतन्त्र कोरियाको पांचौ अधिवेशनले हेम थापालाई अध्यक्षमा चयन गरेको छ।

आनामदोङ सउलमा सम्पन्न अधिवेशनले केही पदहरु पछि परिपूर्ति गर्ने गरि नयां कार्यसमिति सर्वसम्मतीले निम्बमोजिम चयन गरेको छ-
१)अध्यक्ष- हेम थापा मगर
२)उपाध्यक्ष- नेत्र बहादुर आले मगर
३) उपाध्यक्ष- तेज बहादुर आले मगर
४)सचिव- रन बहादुर आले मगर
५)सह-सचिव- पूर्ण राना मगर
६) कोषाध्यक्ष- ललित थापा मगर
७) सह-कोषाध्यक्ष- गुड्डु पुन थापा मगर
८) सदस्य- जया आले थापा मगर
९)सदस्य- भिनु थापा मगर
१०)सदस्य- जनक थापा मगर
११) सदस्य- मोहन थापा मगर
१२)सदस्य- नगेन्द्र थापा मगर

त्यसैगरी, पांचौ अधिवेशनले सबैको सहमतिमा खेलकूद संयोजकमा होविर थापा मगरलाई मनोनयन गरेको छ। सल्लाहाकार सदस्यहरु पनि केहि पछि मनोनित गर्ने गरी खडक पुन मगर (भू,पू अध्यक्ष), नर बहादुर पुन ( भू,पू उपाध्यक्ष), बिष्णु थापा मगर, नेत्र राना मगर र झक थापा मगरलाई मनोनयन गरेको छ।

अधिवेशनपछि नयां कार्य समितीको पहिलो बैठक अध्यक्ष हेम थापा मगरको अध्यक्षतामा बस्दै चौथो कार्यसमितीले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा हार्दिक धन्यबाद ज्ञापन गरेको छ।

संघले २०११ को छुसकको अवसर पारेर आदिवासी जनजाती महासंघ गणतन्त्र कोरियाले नेपालमा संचालन गरेको छात्रवृतिकोषलाई र कोरियामा नेपाली महिलाहरुको साझा संस्था Migrant Women For Women ले परिकल्पना गरेको आवास गृह स्थापना गर्नको लागि सहयोग गर्ने उद्धेश्यले आयोजना गरेको रमाईलो संस्कृतिक सौगात भाग-४ कार्यक्रम गरि आएको आम्दानीवाट बचत भएको रकम मध्ये गोरखा परिवारले जनवरी २२ मा आयोजना गरेको मनास्लु सांगीतिक सौगात कार्यक्रममा आदिवासी जनजाती महासंघ गणतन्त्र कोरियाका अध्यक्ष चङ्कुमार गुरुङलाई १६,००,०००।– (सोह्र लाख ) कोरियन वोन र Migrant Women For Women की सदस्य सुश्री सपना शर्मालाई १०,००,०००।–(दश लाख) कोरियन वोन तत्कालिन अध्यक्ष खड्क पुन मगरले मगर संघको तर्फबाट रकम हस्तान्तरण गर्नु भएकोमा लाई विशेष धन्यवाद पनि दिएको छ।

आउने दिनहरुमा पनि मगर संघले यस्तो सहयोग, समय र परिस्थिति मिलेसम्म दिदै जाने छ भने कोरियामा रहेका सम्पूर्ण मगरहरुलाई एकजुट पार्दै आफ्नो भाषा, संस्कृति र जातिय पहिचानलाई संरक्षण गर्ने प्रयास गर्दै प्रवासमा परेका दु:ख र समस्याहरुलाई एक आपसी सहयोगबाट समाधान गर्ने र कोरियामा रहेका क्षेत्रीय, जातिय संघ/संस्थाहरु संग सहयोग सद्भाव र मित्रताको गांठोलाई कसिलो बनाउदै लैजाने निर्णय पनि गरेको छ।

अन्त्यमा आउने आठौं महिना (अगस्त,२०१२)मा मगर संघले “लखन थापा स्मृति कप भलिबल प्रतियोगिता-२”आयोजना गर्ने ब्यहोरा जानकारी गराउंदै कसैले पनि कार्यक्रम नजुधाई दिनुहुन हार्दिक अनुरोध गरेको छ।

Popularity: 4%

Add comment January 25th, 2012

कोरियास्थित नेपाली दूतावासका कर्मचारीद्वारा राजिनामा

रघु त्रिपाठी / एचकेनेपाल डट कम-
सउल, ७ जनवरी । कोरियाको राजधानी सउलमा रहेको नेपाली राजदूतावासमा कर्मचारीको अभावले कार्य सम्पादनमा समस्या आएको चर्चा चलिरहेको बेला अर्का कर्मचारी दावा शेर्पाले राजिनामा दिंदा समस्या झन् बल्झिने पक्का भएको छ।

नेपालीहरूको रोजगारीको प्रमूख गन्तब्य मध्य एक मानिएको कोरियामा नेपालीहरुलाई प्रत्यक्ष सहयोग गर्नका लागि दोभासेको रुपमा
एक बर्षअघि नियूक्त भएका स्थानिय कर्मचारी दावा शेर्पाले शुक्रबार राजिनामा दिएका छन्।

राजिनामा दिएपछि समस्या झन जटिल बन्दै गएको कोरियामा रहेका नेपालीहरूले बताए। करीव ४ बर्षअघि कोरियाको लागि नियुक्त भएका नेपाली राजदूत कमलप्रसाद कोइराला आफ्नो कार्यकाल पूरा गरि नेपाल फर्केपछि राजदूतबिहीन बनेको नेपाली राजदुतावासमा शेर्पाको राजिनामाले नेपालीहरूमा चिन्ता छाएको हो।

करीव १४ हजार कामदारहरु रहेको अनुमान गरिएको कोरियामा सरकारले श्रम सहचारी पठाउन ढिला सुस्ती गर्दा नेपाली कामदारहरुले आफूलाई परेको समस्या बताउने ठाउं नभएको र त्यसको समाधानमा धेरै अप्ठ्यारो भैइरहेको अवस्थामा भाषा अनुवादक कर्मचारी शेर्पाको राजिनामाले नेपालीको पीडाको घाउमा नुन चुक छर्ने काम भएको छ, एक सक्रिय समाजसेवीले बताए।

राजिनामा दिए लगत्तै टेलिफोन कुराकानीमा शेर्पाले आफूलाई राजदूतावासका हर्ताकर्ताहरुको कार्यशैली मन नपरेको र अनावश्यक दवाब आउने गरेकोले राजिनामा दिएको बताए।

Popularity: 4%

Add comment January 7th, 2012

राजदूत कोइराला दक्षिण कोरियाबाट स्वदेश फिर्ता

खेम कार्की / एचकेनेपाल डट कम -
दक्षिण कोरिया, दक्षिण कोरियाको ४ वर्षको कार्यकाल पूरा गरी दक्षिण कोरियाका लागि नेपाली राजदूत कमलप्रसाद कोइराला स्वदेश फर्केका छन्।

कोरियामा पहिलो नेपाली राजदूतको रुपमा आएका कोइरालाले दक्षिण कोरिया र नेपालको सम्बन्ध विस्तारमा राम्रो पहल गरेको कोरियन तथा नेपालीहरुले पनि बताएका छन्।

विदाई कार्यक्रमहरूः
दक्षिण कोरियाका लागि नेपाली राजदूत कोइरालालाई दक्षिण कोरियामा विदाई कार्यक्रमहरु गरिए। डिसेम्बर २७ बाट कार्यकाल पूरा गरेका कोइरालालाई दक्षिण कोरियाका विभिन्न संस्थाहरुले सामुहिक तथा अलग अलग विभिन्न कार्यक्रम राखी विदाई गरेका हुन्। सोमबार साँझ राजदुतावासले एक कार्यक्रम विच विदाई कार्यक्रम गरेको थियो ।

यसैगरी, २५ तारिख आइतबार नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले तेश्रो अधिवेशनको कार्यक्रम विच राजदूत कोईरालाको विदाई कार्यक्रम सम्पन्न
गरेको छ। यस्तै २१ तारिख बुधबार एनआरएन कोरियाले एक समारोहविच तथा सोनसिक र नेपाल ब्यापार संघले पनि छुट्टाछुट्टै कार्यक्रम विच राजदूत
कोइरालाको विदाई गरेका थिए।

गत शनिवार साँझ एनसिसिलगायत कोरियाका विभिन्न संघ संस्थाले संयुक्त कार्यक्रमविच स्वदेश फर्कन लागेको काईरालालाई विदाई गरेका थिए। सम्मान कार्यक्रममा दक्षिण कोरियाका विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

Popularity: 4%

Add comment December 28th, 2011

पत्रकार महासंघको अध्यक्ष गाउले लगायतको टोली कोरियाबाट फर्के

खेम कार्की / एचकेनेपाल डट कम -
दक्षिण कोरिया, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेलगायतको पत्रकार टोली नेपाल फर्केका छन्।

दक्षिण कोरियाको ५ दिने भ्रमण पूरा गरी केन्द्रीय सदस्य मातृका पौडेल र सूर्यमणी गौतमसंगै अध्यक्ष गाउले नेपाल फर्केका हुन्।

कोरिया शाखाको तेश्रो अधिवेशनमा भाग लिन आएका पत्रकारहरुले यहाँ विभिन्न संघसंस्थाका प्रतिनिधि र नेपालीहरुसंग भेटघाट गरी दक्षिण कोरियाको बस्तुस्थितीको बारेमा जानकारी लिएका थिए।

पत्रकार टोलीले सोमबार साँझ एसियाली पत्रकार महासंघका संस्थापक अध्यक्ष इ साङ गी लगायत कोरियाका उच्च पदस्थ पदाधिकारीसंग भेटघाट गरेको थियो। यसैगरी, कोरियाका विभिन्न संघ संस्था संगको प्रतिनिधिसंगको भेटमा दक्षिण कोरियामा नेपालीहरुले भोग्नु परेका समस्याहरु, दक्षिण कोरियामा रहेका पत्रकारहरुको अवस्थाको बारेमा जानकारी लिएको थियो।

भ्रमणको क्रममा नेपाली पत्रकारहरुले नेपालीलगायत प्रवासीहरुले दक्षिण कोरियामा पाएको समस्याको सम्बन्धमा कोरियाको पत्रिकाले सहयोगी भूमिका खेल्न सक्नु पर्ने बताए।

यसैगरी, सोमबार नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउलेलगायत नेपाली पत्रकारको टोलीले कोरियाको संचारगृहको भ्रमण गरे। दक्षिण कोरियाको स्थानीय किम्हे क्षेत्रमा निस्कने किम्हे न्यूज पत्रिकाको कार्यलयमा गएका नेपाली पत्रकारहरुले कोरियामा रहेका पत्रकारहरुले पाउने न्यूनतम पारिश्रमिकको व्यवस्था, पत्रिकाको समाचार प्रकाशन र संकलन विधि तथा प्रवासीहरुको लागि पत्रिकाले खेल्ने भूमिकाबारे जिज्ञासा राखेका थिए।

यसैगरी, पत्रिकाको तर्फबाट कोरियामा पत्रकारहरुले कोरियामा देखेको अवस्थाको बारेमा जानकारी लिईएको थियो। कार्यस्थलमा नेपाली लगायत प्रवासी मजदुरहरुको हक हितमा लागि पत्रिकाले काम गर्न सके आवाज विहिनको आवाज पत्रिका बन्न सक्ने नेपाली पत्रकारहरुले बताएका थिए। अहिले एउटा पेज प्रवासी कामदारको लागि छुटयाएको पनि मिडिया हाउसको तर्फबाट जानकारी गराइएको थियो। सो अवसरमा अध्यक्ष शिव गाउले, केन्द्रीय सदस्यहरु सूर्यमणी गौतम र मातृका पौडेल दक्षिण कोरिया शाखा अध्यक्ष खेम कार्कीले, ख्यंगनाम राज्य परिषद सदस्य यज्ञराज सुवेदीको साथमा सो भ्रमण गरेका हुन्।

सो अवसरमा नेपाली पत्रकारहरुले सूचनाको हक, समाचार श्रोतको बारेमा पनि जानकारी लिएका थिए। दक्षिण कोरिया शाखाको तेश्रो अधिवेशनको लागि पत्रकारहरु दक्षिण कोरिया आएका थिए। आईतबार भएको अधिवेशनमा खेम कार्कीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको थियो। २५ तारिख दक्षिण कोरियाको किम्हेमा दक्षिण कोरिया शाखाको तेश्रो अधिवेशन सम्पन्न भएको हो।

Popularity: 4%

Add comment December 28th, 2011

नेपाली पत्रकारहरुको दक्षिण कोरियामा बढ्दो चुनावी रौनक

सरोज खड्का / एचकेनेपाल डट कम -
प्रवासमा रहेर आफ्नो नियमित कामसँगै पत्रकारिता गर्दै आएका नेपाली पत्रकारहरु माझ अहिले चुनावी वातावरणको रौनकले छोएको छ।

पत्रकार महासंघ दक्षिण कोरियाको बिगत चार वर्षदेखि उपाध्यक्ष, कार्यवाहक अध्यक्ष हुदै अध्यक्षको कार्यभार सम्हाल्दै आउनुभएका पत्रकार रघु त्रिपाठीले चुनावी माहोलको बारेमा भन्नुभयो “हामी सकेसम्म मतदान नगरिकनै सहमतिका आधारमा नेतृत्व चयन गर्ने प्रयासमा छौं। त्यसका लागि हामीले व्यापक छलफल चलाएर सहमति जुटाउन प्रयत्नरत रहेका छौं।”

दक्षिण कोरियामा नेपाली पत्रकारहरुको चुनावलाई लिएर अहिले बिभिन्न समुदायमा समेत चासो बढेको छ। चुनावका लागि नेपालबाट पत्रकार महासंघका अध्यक्ष शिव गाउँले र केन्द्रिय सदस्य सूर्यमणि गौतम शनिबार दक्षिण कोरिया आइपुग्दै हुनुहुन्छ भने केन्द्रिय सदस्य मातृका गौतम दक्षिण कोरियामै हुनुहुन्छ।

उता सहमतिमै नेतृत्व चयन गर्ने भने तापनि सहमतिको उपयुक्त वातावरण तय भइनसकेको र नेतृत्वका लागि मतदान नै हुन सक्ने सम्भावना देखिएको छ। महासंघले पूर्व एनआरएन एसिया प्यासिफिक सह संयोजक तथा महासंघका सल्लाहकार रुद्र शर्माको संयोजकत्वमा नौ सदस्यीय निर्वाचन कमिटी गठन गरेको छ। सो कमिटीमा समाजसेवी तथा पास्टर यज्ञराज सुवेदी, डा.राजेशचन्द्र जोशी, निवर्तमान आइसिसि सदस्य गंगा राई, आइसिसि सदस्य डा.देवी बहादुर बस्नेत, एनआरएन कोरियाका अध्यक्ष के.पी. सिटौला, नेपाल कोरिया व्यापार संघका अध्यक्ष मदन केसी, व्यवसायी तथा समाजसेवी मनोज कार्की तथा सोनसिककी अध्यक्ष आस्था विन्दु मल्ल रहनुभएको छ।

अधिवेशनलाई सफल पार्न दक्षिण कोरियाको विभिन्न पेशामा आवद्ध सबै पक्षलाई अनुरोध गर्दै अध्यक्ष त्रिपाठीले दक्षिण कोरियामा विभिन्न पेशा, व्यवसाय र संघ संगठनमा संलग्न नेपालीहरुको एकता र विविध सामाजिक गतिविधीहरुलाई संचार माध्यमबाट सहजीकरण गर्नका लागि नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले यहाँ रहेका पत्रकार, नेपाली दूतावास, नेपाली संघ संस्था, राजनीतिक संघसंस्था र सिंगो कोरियावासी नेपाली समाज बीचको सुमधुरतालाई कायम राख्दै कोरियामा रहेका नेपाली समुदायले अपेक्षा गरेअनुरुप महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो। साथै उहाले आउँदो डिसेम्वर २५ तारिख आइतवारका दिन किमे शहरमा हुनलागेको तेश्रो अधिवेशन पश्चात अझ सकृयरुपमा एक्तावद्ध भइ महासंघ अगाडि बढ्ने बताउनुभयो।

कार्यक्रममा राजदूत कमलप्रसाद कोइरालालाई विशेष रुपमा बिदाइ तथा नेपाल पत्रकार महासंघ कोरिया शाखाका संस्थापक अध्यक्ष डम्बर सुब्बालाई सम्मान समेत गरिने भएको छ।

Popularity: 4%

Add comment December 22nd, 2011

राजदूत कोइरालाले कोरियाली राष्ट्रपतिलाई पत्र लेख्लान् त?

रघु त्रिपाठी / एचकेनेपाल डट कम-
दक्षिण कोरिया, १० डिसेम्वर । नेपाल सरकारले गणतन्त्र दक्षिण कोरियाका लागि पठाएको प्रथम राजदूत कमलप्रसाद कोइराला आफ्नो कार्यकाल सकेर चार वर्षपछि स्वदेश फर्कदै हुनुहुन्छ। सन् २००७ को डिसेम्वर २८ तारिख दक्षिण कोरिया आउनुभएका राजदूत कोइरालाको कार्यअवधि यही डिसेम्वर २७ तारिख समाप्त हुँदै छ।

कोरिया आगमनदेखि नै मिडिया तथा नेपाली समुदायबीच चर्चामा आइरहनुभएका राजदूत कोइराला एक बौद्धिक पत्रकार, तार्किक वकिल तथा निष्ठावान राजनीतिज्ञको रुपमा सम्मानित ब्यक्तित्व हुनुहुन्छ। उहाँ राजदूत भएर दक्षिण कोरिया आउनु हुँदा धेरैले उहाँबाट उच्च अपेक्षा गरेका थिए।

अहिले उहाँको कार्यकाल समाप्त हुनैलाग्दा कतिपयले उहाँको सकृयतालाई सराहना गर्छन् भने कतिपय चाहिँ उहाँबाट अपेक्षा गरे अनुरुप काम नभएको गुनासो गर्दछन्। यसै क्रममा केही दिन अगाडि राजदूत कोइरालाले सोनसिकद्धारा दूतावासमै आयोजित एक साक्षात्कार कार्यक्रममा आफू नेपाल फर्कनु पूर्व बुद्धको भ्रमलाई निवारण गर्न कोरियाली राष्ट्रपति लि म्यून वाकलाई पत्र लेख्ने बताउनुभएको थियो। उहाँले कोरियाली विद्यालयको पाठ्यपुस्तकहरुमा बुद्धको जन्म स्थल नेपाल हो भन्ने कुरा प्रष्टसंग किटान नभएकोले भ्रम उत्पन्न भएको यथार्थ उदाहरणसहित ति पाठ्यपुस्तकहरुको संशोधनका लागि सहयोग गर्न आग्रह गर्दै कोरियाका राष्ट्रपतिलाई पत्र लेख्ने बताउनु भएको थियो।

उहाँले बेलायतको द ब्रिटिस म्यूजियम (संग्राहलय)मा बषौँदेखि बुद्ध भारतको उत्तर पूर्वी राज्यमा जन्मिएको भन्दै राखिएको झुठ्ठो विवरणलाई बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भनेर सच्याइ सकेको अवस्थामा कोरियामा रहेको बुद्ध सम्वन्धि भ्रमलाई निवारण गर्न यो पनि एउटा ठोस प्रमाण हुन सक्ने बताउनुभएको थियो। राजदूत कोइराला दूई सातापछि स्वदेश फर्कने तयारीमा हुनुहुन्छ।

राजदूत कोइरालाले व्यक्त गर्नुभएका ति कुराहरु सस्तो लोकप्रियताका लागि मात्र नभई वास्तविक रुपमा नै राष्ट्र र राष्ट्रियताको हितमा बोल्नुभएको हो भने उहाँले जानु पूर्व निम्न कुराहरुलाई सुधार गर्नका लागि कोरिया सरकारसंग आग्रह गर्नै पर्छ।

अहिलेसम्म जानकारीमा आएका केही पाठ्यपुस्तकहरुमा प्राचिन भारतको कपिला राज्यको राजकुमार भनेर मात्र उल्लेख गरिएको छ। ती पुस्तकहरुमा बुद्धको जन्म थलो लुम्बिनिको फोटो पनि नभएको र प्राचिन नक्सा राखिएकोले नेपालको त नाम निशान नै नदेखिएको हुँदा ती पाठ्यपुस्तकहरु पढेर कुनै पनि बिद्यार्थीले नेपाल बुद्धको जन्मदेश हो भनी चिन्न संम्भव छैन।

बुद्धका बारेमा अहिलेसम्म कोरियाको दूई वटा पुस्तकमा गलत तथ्याङ्क भेटिएको छ। पहिलो चाहि मिडल स्कुलमा पहिलो बर्षको नैतिक शिक्षाको पुस्तक र दोस्रो कोरियन हाई स्कूलमा पढाईने विश्व ईतिहासको पाठ्यपुस्तक हो। मिडल स्कुल पहिलो बर्षका नैतिक शिक्षाको पुस्तकको ७७ पेजमा “बुद्धको जन्म आज भन्दा २५०० बर्षअघि हिमालयको काखमा रहेको कपिलाको दरबारमा भएको थियो” भनिएकोमा यसमा “बुद्धको जन्म आज भन्दा २५०० बर्ष अघि हिमालयको काखमा रहेको कपिलाको दरबारमा भएको थियो। बुद्धको जन्मस्थल बर्तमान नेपालको लुम्बिनिमा पर्दछ। ” भनी सुधार गर्न र सोही पुस्तकको ७८ पेजमा बुद्धगयाको फोटो भएकोमा लुम्बिनीस्थित मायादेविको मन्दिर र असोक स्तम्भलाई पनि व्याख्यासहित समाबेश गर्न राजदूत कोइरालाले कोरिया सरकारसंग आग्रह गर्नै पर्छ।

त्यस्तै, हाई स्कूलमा पढाईने विश्व ईतिहासको पाठ्यपुस्तकको ४३ पेजमा भारतका बिभिन्न धर्महरुको परिचय गर्ने क्रममा बुद्ध धर्म र जैन धर्मको बारेमा परिचय गर्दै बुद्ध धर्मलाई शाक्य जातिले स्थापना गरेको कपिला राज्यको राजकुमार सिद्धार्थले शुरु गरेको धर्मको रुपमा उल्लेख गरेको छ र त्यसै पुस्तकको ४५ पेजमा भने नेपाल नै अंकित नभएको अती प्राचिन नक्सा राखिएको छ। उक्त पुस्तकको ४३ पेजमा बुद्धको जन्मस्थल बर्तमान नेपालको लुम्बिनीमा रहेको कुरा उल्लेख गर्न र पुस्तकको ४५ पेजमा नेपाल पनि राम्रोसंग देखिएको र त्यस भित्र लुम्बिनी प्रष्ट अंकित भएको नक्सा राखिदिनको लागि आग्रह गर्नै पर्छ।

राजदूत कोइरालाले सम्बन्धित निकाय तथा कुट्नीतिक निकायका उच्च अधिकारीहरु सित देशको प्रतिनिधित्वमूलक दृष्टिकोण प्रस्तुत गर्न र नेपालको नियोजित परराष्ट्र नीतिलाई प्रस्तुत गर्न तथा नेपाल र नेपालीको हितको पक्षमा उदाहरणीय काम गर्न सफल हुनु होला त?

Popularity: 4%

Add comment December 11th, 2011

किरात राई यायोक्खा कोरियाको १० औ साधारण सभा सम्पन्न

डम्बर सुब्बा / एचकेनेपाल डट कम -
द. कोरिया, किरात राईहरुको साझा संस्था किरात राई यायोक्खा दक्षिण कोरियाको आइतवार सिओलको सदेमुनस्थित एमटियुको कार्यलयमा १० औ साभारण सभा सम्पन्न भएको छ।

साधारण सभाले टिका राईको अध्यक्षता नयां कार्यसमितिको चयन गरिएको छ। उपाध्यक्षमा रबिन राई, सचिवमा शिवराज राई, सहसचिवमा प्रविन राई, कोषाध्यक्षमा श्रीमति प्रगति राई र सदस्यहरुमा क्रमश दिपेन्द्र राई, सुश्री सुमिरा राई, श्रीमति पूर्णिमा राई, बसन्त राई, शिखर मुकारुङ्ग र बाल कृष्ण राई रहेका छन्।

नव निर्वाचित पदाधिकारीहरुलाई नेपाली सम्पर्क समिति द. कोरियाका अध्यक्ष डेविट राईले गोपनियताको सपथ खुवाउनु भएको थियो।

Popularity: 5%

Add comment November 8th, 2011

हिमाली पुरुष पार्क यङले हिमालमै आफूलाई समर्पण गरे

पुरु जोशी/एचकेनेपाल डट कम -
सउल कोरिया । अन्नपूर्ण हिमालको चुचुरोमाथि चढेरै छाड्ने प्रण गरि सेप्टेम्बर १९ तारिख नेपाल पुगेका प्रसिद्ध पर्वतारोही पार्क यङ सक हिमाल चढ्ने क्रममा अक्टुबर १८ तारिख एक्कासी सम्पर्क बिहिन भए।

उनीसंग सिन् दोङ मिन र खाङ गी सक् गरी अरु २ जना पर्वतारोही पनि थिए। ३/४ दिनसम्म पनि सम्पर्क नभएपछि ३ जनाको दुर्घटनामा मृत्यु हुनसक्ने अनुमान गरियो र हेलिकप्टरका साथ थुप्रै समूहको प्रयासमा धेरै पटक शव खोजिएतापनि भेट्टाउन नसकेपछि अन्ततः हिमालभित्रै शव पुरिएको पुष्टि गरी यहि नोभेम्बर ३ का दिन उनीहरुको नाममा दाहसंस्कार गरिएको छ।

दक्षिण कोरियाको राजधानी सउलको सउल युनिभर्सिटी हस्पिटलको दाहसंस्कार भवनमा करीब ५०० जना पर्वतारोहीहरुको उपस्थितीमा मृतकहरुको फोटो राखि विधिवत दाहसंस्कार गरिएको थियो।

उनको टोलीले पछिल्लो पटक अन्नपूर्ण हिमाल चढ्दा बिफल भएपछि यस पटक उनले जसरी नि चढेरै छाड्ने प्रण गरी नेपाल पुगेका थिए।

Popularity: 5%

Add comment November 4th, 2011

किरात राई यायोक्खाको साधारण सभा नोभेम्बर ६ मा

किरात राई यायोक्खा दक्षिण कोरियाको आगामी नोभेम्बर ६ तारिख आईतबारको दिन सिओलको सदेमुनस्थित एमटियुको कार्यलयमा १० औ साधारण सभाको हुने तयारी भई रहेको सो यायोक्खाका अध्यक्ष बागधन राईले जानकारी गराउनु भएकोछ।

उहांले कोरियास्थित विभिन्न पेशामा रहेका किरात राईजातिका सम्पूर्ण दाजुभाई तथा दिदीबहिनीहरुलाई अनिवार्य उपस्थित भई दिन हुन हार्दिक अनुरोध गर्नुभएको छ।

विस्तृत जानकारीको लागि:
बागधन राई : 0105641-5591
ईन्द्र : 010-2568-0872
टिका राई : 010-43051025

Popularity: 5%

Add comment October 27th, 2011

कोरियामा नेपाली महिला आवास गृह उद्घाटन

डम्बर सब्बा/ एचकेनेपाल डट कम-
कोरियामा विभिन्न पेशा गरि बसोबास गरि रहेको नेपाली महिलाहरुको संस्था प्रवासी वुमन फर वुमनले महिला आवास गृहको स्थापना गरेको छ।

गत २३ तारिख सिओलको तोङ्गदेमुनस्थित लुम्बिनी रेष्टुरेन्टमा महिला आवास गृहको उदघाटन समारोह सम्पन्न थियो।

सो दिन प्रवासी वुमन फर वुमन अध्यक्ष कोपिला राईले महिला आवास गृह स्थापनाको लागि सहयोग गर्नु हुने सम्पूर्ण संघसंस्थाहरुलाई धन्यवाद ज्ञापन गर्दे आउदा दिनहरुमा पनि लगातार सहयोग गर्नु हुने भन्नेमा आशावादी रहेको बताउनु भयो।

कार्यक्रममा नेपाली महिलाहरुलाई संगठनात्मक रुपमा एकबद्ध बनाई महिला संस्था तथा आवास गृह स्थापनाको लागि अभूतपूर्व योगदान पुरयाउनु हुने उक्त संस्थाका संयोजक मञ्जु थापा सधैको लागि नेपाल फर्कन लागेका क्रममा उहांलाई खादा ओढाई विदाई गरिएको थियो।

कोरियामा अन्दाजी १६ सयको हाराहारीमा रहेका नेपाली महिलालाई आपतविपत परेको अवस्थामा हुने समस्यालाई सो आवास गृहको स्थापनाले केही भएपनि राहत पुग्ने अनुमान गरिएको छ।

Popularity: 5%

Add comment October 25th, 2011

कोरियाको समस्याबारे काठमाण्डौमा अन्तरक्रिया हुने

खेम कार्की / एचकेनेपाल डट कम-
दक्षिण कोरिया । नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको आयोजनामा दक्षिण कोरियामा रहेका नेपालीको समस्याबारे यही अक्टुबर १५ तारिख काठमाडौमा अन्तरक्रिया कार्यक्रम तथा पत्रकार सम्मेलन हुने भएको छ।

नेपाल कोरिया व्यापार संघ दक्षिण कोरिया र एनआरएन दक्षिण कोरियाको सहयोग तथा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको संयोजनमा सूचना विभागको सभाहलमा शनिवार विहान सो कार्यक्रम तय भएको हो।

पत्रकार सम्मेलनबाट विभिन्न संचार माध्यममा दक्षिण कोरियाका नेपालीका समस्याहरु पुरयाउने तथा अन्तरक्रियाबाट समाधानको निकास खोजिन लागेको बताइएको छ।

दक्षिण कोरियामा बसोबास गरिरहेका नेपालीहरुको विभिन्न समस्याको सम्बन्धमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाले तय गरेको पूर्व निर्धारित अन्तरक्रिया कार्यक्रममा एनआरएन दक्षिण कोरिया र नेपाल कोरिया व्यापार संघले सहयोग गरेपछि कार्यक्रमलाई फलदायी बनाउन सहयोग मिल्ने आयोजकले विश्वास लिएको छ।

कार्यक्रमलाई फलदायी बनाउन नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले व्यवस्थापनको विशेष भूमिका निर्वाह गरी महासंघको केन्द्रीय कार्यालय अवस्थित सूचना विभागको सभाहलमा कार्यक्रम गर्ने तय भएको छ।

एयरपोर्ट नजिक रहेको सो स्थानमा २८ गते शनिवार विहान ८ बजेदेखि हुने कार्यक्रममा श्रम सचिव, गृह सचिव, इपिएसका डाईरेक्टर, कोरियाका लागि नेपालको तर्फाबाट निवर्तमान उपनियोग प्रमुख यादव खनाल, नेपालका लागि दक्षिण कोरियाका एम्बेस्डरलगायत विभिन्न क्षेत्रका अतिथिहरु आउने बताइएको छ।

प्रधानमन्त्री भट्टराइले व्यस्त कार्यतालिका भए पनि समय मिलाउने प्रयास गरिने भनिएको भएपनि हालसम्म स्वीकृति पत्र नआईसकेको आयोजकले बताएको छ। प्रधानमन्त्री कार्यक्रममा सहभागी हुन नसकेमा उहाँको कार्यालयमानै पुगेर ज्ञापन पत्र बुझाउछौ अध्यक्ष त्रिपाठीले बताउनुभयो। कार्यक्रमले कोरियामा नेपालीले भोग्नुपरेका इपिएसका श्रम सम्बन्धी, वैवाहिक, विधार्थी, लगानी, व्यापार जस्ता धेरै क्षेत्रका समस्याहरुलाई एकै ठाउमा प्रस्तुत गरि सम्बन्धित क्षेत्रको ध्यानकर्षण गराउन विशेष सहयोगी हुने आयोजक पत्रकार महासंघ दक्षिण कोरिया शाखा अध्यक्ष रघु त्रिपाठीले जानकारी दिएका छन्।

कार्यक्रममा त्रिपाठीसंगै महासंघसंग आवद्ध पत्रकारहरु, तथा एनआरएन दक्षिण कोरियाका विश्व सम्मेलन चुनावका उम्मेदवार सहितका प्रतिनिधिहरु रुद्र शर्मा, तेन्जी शेर्पा,गंगा राई, देवी बहादुर बस्नेत, के.पि सिटौला , मणिक लामा महिला सदस्य गोमा कट्वाल ब्यपार संघका अध्यक्ष मदन केसीसहितका एनआरएन सदस्यहरु तथा नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउले सहितका पदाधिकारी तथा पत्रकारहरु, विभिन्न संघ संस्थाको तर्फबाट प्रतिनिधिहरुको पनि उपस्थिती रहने बताइएको छ।

नेपाली समुदायको कोरियामा बढ्दो उपस्थितिसंगै झन समस्या विकराल रुपले बढिरहेको बेला दक्षिण कोरियाका नेपाली समुदायको समस्यालाई नेपालमा सरकारी निकायहरु , इपिएस जस्ता श्रमिक सम्बन्धी कार्यालयहरु र दक्षिण कोरिया जान चाहने आम नेपालीहरुमा दक्षिण कोरीयाको यथार्थ स्थितिको बारेमा जानकारी दिने तथा सम्बन्धित निकायमा समस्या समानार्थ दवाव दिने जस्ता काम अभियानकै रुपमा चाल्नुपर्ने आवश्यकता भएकोले यस कार्यको लागि नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयले पहल गरिदेओस भनी लिखित प्रतिवेदन समेत कोरिया शाखाको तर्फबाट पेश गरिएको थियो।

यसै गरी, समस्या जानकारी गराउने क्रममा कोरिया शाखा अध्यक्ष र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष शिव गाउले एसिया पत्रकार महासंघका उपाध्यक्ष विष्णु निष्ठुरी पूर्व अध्यक्ष धर्मेन्द्र झालगायत नागरिक न्यूज तथा कान्तिपुरका पत्रकारहरु संघ भेटवार्ता भएको थियो।

भेटको अवसरमा नेपालीले केही समयदेखि दक्षिण कोरियामा भोग्दै आएका इपिएसमा देखिएको कामको समस्या, श्रमसहचारी नियुक्तिमा भएको ढिलाई, वैवाहिक भिसामा आउदाका समस्या, व्यापारिक भिसाका बारेमा भ्रम, विधार्थीहरुका समस्या तथा दक्षिण कोरियामा बढ्दो आत्महत्या र मानसिक समस्या जस्ता कुराहरुबारे भएका छलफलपछि संयुक्त रुपमा यस्तो अन्तरक्रिया कार्यक्रम गरी समस्या समाधान प्रयास गर्ने निष्कर्ष निकालिएको थियो।

कोरियामा हाल १५ हजारको हाराहारीमा नेपाली बसिरहेका छन्। जसमा वहुसंख्यक कामदार रहेका छन। इपिएस प्रक्रियाबाट तेश्रो चरण अन्तरगत १५ हजार २९८ नेपाली पास भई आउने क्रममा छन। यसैगरी विवाह गरी आएका चेलीको विकराल अवस्था, दुर्घटना विमा जस्ता कुराहरु निश्चित नभएका विधार्थीका समस्या जस्ता अनेक समस्या समाधानमा यो कार्यक्रम फलदायी हुने विश्वास गरिएको छ।

कार्यक्रमलाई सफल पार्न कोरियाबाट हाल नेपालमा रहनुभएका सम्पूर्ण नेपालीहरुलाई कार्यक्रम सफल पार्न सहयोग गरिदिन समेत अनुरोध गरिएको छ।

यसैगरी, कोरियाको बारेमा बुझन चाहनेको लागि पनि कोरियाका अनेक समस्या बुझन यसले सहयोगी भूमिका खेल्ने हुदा लेखक, बुद्धिजीवी, विश्लेषक, शिक्षक, राजनीतिकर्मी, विधार्थी, मजदुर लगायत सम्पूर्ण क्षेत्रका प्रतिनिधिले समेत कार्यक्रममा सहभागिता जनाईदिन हुन नेपाल पत्रकार महासंघ दक्षिण कोरियाको तर्फबाट अनुरोध समेत गरिएको छ।

Popularity: 4%

Add comment October 14th, 2011

लुम्बिनी विकास कोषका उपाध्यक्ष कोरिया आउने

सुरज गरुङ / एचकेनेपाल डट कम-
कोरिया, नेपाल बौद्ध परिवार गणतन्त्र कोरियाले आगामी अक्टोबर ३० तारिखका दिन “बुद्धको जन्मभूमि शान्तिको उदगम स्थल विषयक एक बिचार गोष्ठी” को आयोजना गर्ने भएको छ।

२०११ अक्टोबर २ तारिखका दिन नेपाल बौद्ध परिवारका अध्यक्ष इश्वर गुरुङको अध्यक्षतामा आफ्नै कार्यालय छावि ए चिवमा बसेको बैठकले सो निर्णय गरेको हो।

भगवान गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भएको कुरा सत्य तथ्य इतिहास पुरात्वात्तिक स-प्रमाणसहित विश्वमानचित्रमा सावित भैसकेको अवस्थामा अझै पनि बुद्धको जन्म भारतमा भएको भनि फैलिएको भ्रमप्रति नेपाल बौद्ध परिवार यस विषयमा चिरफार गर्नका लागि नेपालबाट विशेष निमन्त्रणा गरि लुम्बिनी विकाष कोषका उपाध्यक्ष आचार्य कर्मा साम्बो शेर्पाको प्रमुख आतिथ्यमा तथा नेपाल परम्परागत बौद्ध संघका अध्यक्ष डा.नरेशमान बज्रचार्यको विशेष उपस्थितिमा सो कार्यक्रम गर्ने भएको हो। साथै उक्त कार्यक्रममा द. कोरियामा रहेका बौद्ध विहारका श्रद्धय गुरुवर (लामा) हरुको पनि उपस्थिति रहने भएको छ।

सो बैठकले कार्यक्रमलाई व्यवस्थित रुपमा सम्पन्न गर्नाका लागि अध्यक्ष इश्वर गुरुङको संयोजकत्वमा विभिन्न बिभागको जिम्मा सहितको ९ सदस्यीय मूल आयोजक समिति पनि चयन गरेको छ। साथै उक्त कार्यक्रम कोरियामा विभिन्न पेशा गरि बस्नु भएका नेपाली दाजु भाई, दिदीबहिनीहरुको गरिमामय उपस्थितिको लागि पनि हार्दिक अनुरोध गर्दै उक्त कार्यक्रमको दिन अन्य कार्यक्रमहरु नजुधाई दिनुहुनका लागि सम्पूर्ण संघ-संस्थाहरुमा हार्दिक अनुरोध गरेको छ।

बैठकले समितिका सचिव रोहित गुरुङ अध्यागमन विभागको निगारानीमा परि रिक्त रहेको सचिव पदमा प्रितम गुरुङलाई सर्सम्बतबाट चयन गरेको छ।

स्थानः छोगेसा गुम्बा (लाईन नं. १ छोङ्गगाग स्टेसन गेट नं. २)
मितिः २०११-१०-३०
समयः दिनको १२ बजे

Popularity: 4%

Add comment October 10th, 2011

कोरियामा दशैं

मञ्जु थापा / एचकेनेपाल डट कम-
सउल, कोरियास्थित नेपाली राजदूताबासले नेपालीहरुको महान् चाड विजया दशमीको शुभ साइतमा टिका लगाउनेहरुको लागि दशै भेटघाट कार्यक्रमको आयोजना गर्‍यो।


कोरियामा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो अभिभावकको रुपमा दूताबासका महामहिम कमलप्रसाद कोइरालाको हातबाट वडादसैंको टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजया दशमी मनाए।


विदेशी भूमिमा रहेर पनि आफ्नो सँस्कृति र पर्वलाई कोरियामा रहेको नेपाली श्रमिकहरु तथा अन्य समुदायहरुलाई विदाको दिन आइतबार नेपाली राजदूताबास र एनआरएन कोरियाले सयुक्त रुपमा दशै भेटघाट कार्यक्रम तथा शुभ कामना आदान प्रदान कार्यक्रमको आयोजना गर्ने एनआरएन कोरियाका उपाध्यक्ष राजु क्षेत्रीले जानकारी दिनु भयो।

Popularity: 5%

Add comment October 6th, 2011

कोरियाको कुक्मिन र नेपालको नबिल बैंकबीच रेमिट्यान्स सम्झौता

अशोक मैनाली /एचकेनेपाल डट कम -
सिओल, कोरिया । कोरियाको कुक्मिन बैंक र नेपालको नबिल बैंकबीच रेमिट्यान्स सम्झौता सम्पन्न भएको छ।

कोरियाको राजधानी सोलस्थित बैंकको प्रधान कार्यलयमा भएको सम्झौतापछि अब कोरियामा कार्यरत नेपालीले कुक्मिन बैंकमा खाता खोलेर नेपालबाट नबिल बैंकको जुनसुकै शाखाबाट रकम प्राप्त गर्न सकिने सम्झौतापछि बैंकका सहायक म्यानेजर बिनय कुमार रेग्मीले जानकारी गराउनुभएको छ।

उक्त सम्झौता पत्रमा नबिल बैंकको तर्फबाट बिनय कुमार रेग्मी र कुक्मिन बैंकको तर्फबाट पार्क योन्ङ डकले हस्ताक्षार गर्नुभएको थियो। यो सम्झौतापछि कोरियामा कार्यरत श्रमिकले पठाएको रकम राज्यको ढुकुटिमा जम्मा हुने हुंदा देशको अर्थतन्त्रमा प्रत्यक्ष लाभ पुग्ने बताउंदै सहायक म्यानेजर रेग्मीले हुन्डीको माध्यामबाट रकम पठाउने कार्य गैरकानुनी मात्र नभएर यस्तो रकम आतकंकवादी गतिबिधिमा प्रयोग गरिने हात हतियारमा प्रयोग हुने हुंदा यस्तो गैरकानुनी कार्यको रोकथाम गर्नु राज्यको मात्र कर्तव्य नभएर सबै नागरिकको दायित्व भएको बताउनुभएको छ।

दुई बैंकबीच रेमिट्यान्स सम्झौतापछि हर्षित देखिएका कुक्मिन बैंकका निर्देशक निर्देशक पार्क योउङ डकले नेपालीले दु:ख गरेर पठाएको पैसा उनीहरुको आफन्तले निर्धक्क साथ पाउन सकुन् भनेर आफूहरुले यस्तो सम्झौता गरेको बताउदै नेपालीका लागि अझ बिशेष सेवा दिने बताउनुभयो।

हाल दक्षिण कोरियामा ३५ सय भन्दा बढी एटिएम बुथ रहेकोमा कुक्मिन बैंकको मात्र ७०० भन्दा बढी एटिम बुथ रहेको र ती सबैबाट सहजै सेवा लिन सकिने जानकारी पनि गराउनुभयो। अब यो सम्झौतापछि नबिल बैंकले पनि कोरियाको राजधानी सिओल लगायत आन्सान, बुसान र किमेमा पहिलो चरणमा आफ्नो काउण्टर राख्ने बताएर कोरियामा रहेका नेपालीको बैंकिङ कारोबारलाई सहज बनाउने संकेत दिएको छ।

Popularity: 5%

Add comment October 2nd, 2011

दाहा संस्कार भवन निर्माणको लागि कोरियाबाट सहयोग

सुरज गुरुङ्ग / एचकेनेपाल डट कम-
गणतन्त्र कोरिया, तमू धीं गणतन्त्र कोरियाले दाहा संस्कार भवन निर्माणको लागि ७ लाख रूपैयाँ नेपाल पठाइएको छ।

सहयोग रकम जुटाउन तमू धींले सेप्टेम्बर २१ तारिखका दिन “रोधी सांङ्गीतिक सौगात भाग-२” कार्यक्रम आयोजना गरेको थियो।

कार्यक्रममा संकलित रकममध्ये नेपालमा आवश्यक प्रकृया पूरा गरी हाललाई सात लाख रूपैयाँ नेपाल पठाएको हो।

स्मरणीय रहोस् नेपथ्य ब्याण्डका अमृत गुरुङले पनि दाहा संस्कार भवन निर्माणको लागि आफ्नो व्यक्तिगत तर्फबाट सहयोग स्वरुप १ लाख रूपैयाँ सहयोग गर्नु भएको थियो। साथै बाँकी रहेको रकम भवन निर्माण गर्दै जाने क्रममा अवश्यक प्रकृया पूरा गरी पठाउँने निर्णय पनि गरेको छ। तमू धीं गणतन्त्र कोरियाका अध्यक्ष रामकाजी गुरुङको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।

त्यसै गरी उक्त बैठकले रिक्त रहेको कार्यसमितिको पद पूर्ति पनि गरेको छ । जो यस प्रकार रहेको छ।
उपाध्यक्ष भु गुरुङ्ग
का.व. सचिव प्रितम गुरुङ्ग
सह सचिव दल बहादुर गुरुङ्ग
सदस्यहरु नविन गुरुङ्ग
क्षेत्र गुरुङ्ग
थमन जङ्ग गुरुङ्ग

Popularity: 5%

Add comment September 19th, 2011

रमाईलो सांस्कृतिक सौगात भाग- ४ को सम्पूर्ण तयारी पूरा

झक थापा/एचकेनेपाल डट कम-
नेपाल मगर संघ गणतन्त्र कोरियाले आफ्नो आठौं बार्षिकोत्सव तथा कोरियाको महान चाड छुसकको अवसरमा आयोजना गर्न लागेको रमाईलो सांस्कृतिक सौगात भाग- ४ को सम्पूर्ण तयारी पूरा भएको छ।

“हिमाल, पहाड, तराई, सहयोग, सदभाव, मित्रता बढाऔं कोही छैनौ पराई” भन्ने मूल नाराको साथमा कोरियामा हालै स्थापना भएको नेपाली महिलाहरुको साझा संस्था माइग्रेण्ट वुमेन फर वुमेनले परिकल्पना गरेको आवास गृह निर्माण र नेपाल आदिबासी जनजाति महासंघ गणतन्त्र कोरियाले नेपालमा सञ्चालन गरेको छात्रबृत्ति कोषको लागि सहयोग गर्ने उद्धेश्यले सेप्टेम्बर ११ तारिख आईतबारको दिन सो कार्यक्रम आयोजना गरिन लागेको हो।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकारहरु प्रमोद खरेल, राजु गुरुङ, मुना थापा, ईन्दिरा जोशी र नायिका सोनिया केसीको सहभागिता रहने छ।

संघका अध्यक्ष खड्क पुनको अध्यक्षतामा दोङदेमुनमा बसेको बैठकले कार्यक्रमको वारेमा मूल्याङकन र समिक्षा गर्दै अहिले सम्मको स्थिति हेर्दा कोरियामा क्रियाशिल संघ/संस्था, विशिष्ट ब्याक्ति बुद्धजीबी,पत्रकार,बिद्यार्थीलगायत कोरियामा विभिन्न पेशा व्यवसाय र रोजगार गरि वस्नुहुने नेपाली दाजुभाई दिदीबहिनीहरुबाट भौतिक, नैतिक तथा विविध सहयोग प्राप्त भैरहेकोले कार्यक्रम भब्यताका साथ सफल हुनेमा कुनै शंका नरहेको निष्कर्ष निकालेको छ। र अझै भव्यरुपमा कसरी सम्पन्न गर्न सकिन्छ भन्ने वारेमा बृहद छलफल गरि विभिन्न तयारी समितीहरु गठन गरि कार्य बिभाजन पनि गरेको छ।

संघका सचिव नविन काला मगरका अनुसार प्रमुख अतिथि, अतिथिलगायत कार्यक्रम हेर्न आउने दर्शक महानुभावहरुको स्वागत सत्कारको लागि हेम थापा संयोजक तथा गुड्डु पुन थापा सह-संयोजक रहेको ३० (तीस) जना सदस्यहरुको स्वागत सत्कार समिती गठन भएको छ भने संघका उपाध्यक्ष होबिर थापा संयोजक र सुक बहादुर थापा सह-संयोजक रहेको १००(एक सय) जना सदस्यको स्वयम-सेवक समिती गठन गरेको छ। स्वयम-सेवक समितीले कार्यक्रम अवधि भर कार्यक्रम हेर्न आउनुहुने सम्पूर्ण महानुभावहरुलाई आवश्यक पर्ने सहयोग प्रदान गर्ने,कार्यक्रमलाई व्यवस्थित र मर्यादित वनाउन पनि सक्रिय रहने छ। यसै गरी संघले चमान थापा संयोजक रहेको सांस्कृतिक समिती, कोषाध्क्ष ललित थापा संयोजक उपाध्यक्ष नर बहादुर पुन र नेत्र राना सदस्य रहेको तीन सदस्यहरुको आर्थिक समिती, सदस्य दुर्गा गाहा मगर संयोजक रहनुभएको बस व्यवस्था समितीको गठन गर्दै टिकट संकलन तथा बिक्री वितरण समिती गुन राना मगरको संयोजकत्वमा गठन भएको छ।

बैठकको अन्त्यमा संघका अध्यक्ष खड्क पुनले सांस्कृतिक कार्यक्रम दिनको ठीक १२.०० बजे नै शुरु हुने भएकोले प्रमुख अतिथि,अतिथिलगायत कार्यक्रम हेर्न आउने दर्शक महानुभावहरुलाई समयमै उपस्थित भैदिनुहुन हार्दिक अनुरोध गर्दै कोरियामा रहेका सम्पूर्ण मगर दाजुभाई दिदीबहिनीहरुलाई सेप्टेम्बर १० तारिख शनिबार सांझसम्म कार्यक्रम हुने हलको नजिकै पर्ने नेपाली टाउनको नामले प्रख्यात दोङदेमुन सउलमा अनिवार्य रुपमा उपस्थित हुन समेत आह्वान गर्नुभएको छ।

Popularity: 4%

Add comment September 8th, 2011

सहारा भवनको लागि कोरियामा सांगीतिक कार्यक्रम हुने

दिननाथ बराल /एचकेनेपाल डट कम-
पोखरा, १८ भदौ। पोखरा उपमहानगरपालिका १७ स्थित दोवीलामा निमार्णाधिन अबस्थामा रहेको सहारा एकेडेमिको भवनको सहयोगार्थ कोरियामा सांगीतिक कार्यक्रम हुने भएको छ।

यही भदौ २६ गते देखि असोज ३ गतेसम्म कोरियाको सउलमा माछापुच्छ्रे सांगीतिक कार्यक्रम आयोजना हुन लागेको कोरीया कास्की समाजका संरक्षक तथा कार्यक्रम संयोजक मदन केसीले बताउनु भएको छ।

९ दिनसम्म संचालन हुने उक्त सांगीतिक कार्यक्रममा नेपाली कलाकारहरु किरण केसी, शिव हरि पौडेल, रामचन्द्र काफ्ले, निशा सुनुवार, पोखरेली कलाकार भाष्करध्वज श्रेष्ठ, धन गुरुङ, सवनाम गुरुङ समेत सहभागी हुने भएको संयोजक केसीले जानकारी दिनु भएको छ।

यस अघि, कोरीया कास्की समाजले नेपालका अन्तर्राष्ट्रिय मेडलिष्ट दिपक विष्टलाई सम्मान गरेको थियो भने दिप श्रेष्ठ एकल साँझ लगायतका अन्य कार्यक्रम गरी अनाथ वालवालिकाहरुलाई सहयोग गर्दै आएको बताईन्छ।

मन्जु कोरीयामा सम्मानित हुने
कोरिया कास्की समाजले २०६५ को पल्सर बर्ष खेलाडी घोषित अन्तर्राष्ट्रिय भलिवल खेलाडी मञ्जु गुरुङलाई कोरियामा एक सांगीतिक कार्यक्रमको साथमा सम्मान गर्ने भएको छ। कास्कीमा रहेर खेलकुदको माध्यमबाट उल्लेखनिय योगदान पुर्र्याएको भन्दै मन्जुलाई कोरियामा निमन्त्रणा गरेर सम्मान गर्न लागेको कोरीया कास्की समाजका संरक्षक मदन केसीले बताउनु भयो।

मञ्जु गुरूङ, फाइल तस्वीरः सुदर्शन रञ्जित, पोखरा /एचकेनेपाल डट कम

नेपाल कोरिया ब्यापार संघ, केलकुद मञ्च, तमु धिं कोरीया, एन आर एन, एनसीसी कास्की परिवार, दुधपोखरी समाजलगायत अन्य बिभिन्न संघ संस्थाहरुले आयोजक संस्थालाई सहयोग तथा मन्जुलाई सम्मान गर्ने भएको बताईन्छ।

Popularity: 5%

Add comment September 4th, 2011

कोरिया जाने इपीएस परीक्षाको रिजल्ट आयो

एचकेनेपाल डट कम संवाददाता-
दक्षिण कोरियामा रोजगारीमा जान नेपालमा गएको महिना भएको इपीएस भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ। यो वर्ष कूल ५० हजार ४३ जनाले भाषा परीक्षामा सहभागी हुन फाराम भरेकामा १५ हजार २९८ जना उत्तीर्ण भएका छन्। उत्तीर्ण सबै कोरिया जान पाउने छन्।

ती मध्ये १३ हजार २९८ जना इन्डस्ट्रियलमा र बाँकी २ हजार जना एग्रिकल्चरका लागि छनौट भएका हुन्। तुलनात्मक रुपमा एग्रिकल्चर र त्यसमा पनि फिसिङलाई गाह्रो इन्डस्ट्रियल सेक्टरभन्दा गाह्रो मानिन्छ।

यो वर्ष कोरियाले सात हजार एक सय जना नेपालीलाई मात्रै लैजाने भने पनि नेपालीको राम्रो रेकर्ड हेरेर यति धेरैलाई कोरिया लैजान लागेको हो।

इपीएसको नतिजा इपीएस नेपालको आधिकारिक साइट http://www.epsnepal.gov.np मा बुधबार उपलब्ध हुने बताइएको छ। नतिजा यहाँ क‌्लिक गरी पनि हेर्न सकिन‌्छ।

Popularity: 5%

1 comment August 23rd, 2011

कोरियामा नेपालीको मृत्यु

राजीव भण्डारी / एचकेनेपाल डट कम-
सौल कोरिया, खाङवन्दो बंगुर फार्ममा कार्यरत गोर्खा थालाजुङ वडा नं. १ निवासी ५१ वर्षिय लोकबहादुर गुरुङको घटना स्थलमानै मृत्यु भएको जानकारी आएको छ।

यथार्थ भन्दा बाहिर गएर समाचार विभिन्न सञ्चारमाध्यमबाट नाम र ठेगानासेमत स्पष्ट नआएकोले अन्योल सृजना गरेको कोरियाको सकृय संस्था नेपाल गोर्खा परिवारका अध्यक्ष चेतबहादुर बस्नेतले बताउनुभयो।

कोरियामा कार्यरत गुरुङको खबर आएपनि पछि मात्र विस्तृत रुपमा थाहा भएको अध्यक्ष बस्नेतले जानकारी दिनुभयो।

दुर्घटना भएको हप्ता दिनपछि थाहा पाउनसाथ नेपाल गोर्खा परिवारका अध्यक्ष चेतबहादुर बस्नेत, सल्लाहकार हरेराम ढकाल र तमुधींका अधक्ष्य रामकाजी गुरुङ सहितको टोलीले राजदूतवासमा जानकारी लिंदा घटना घटेको दिनमा नै जानकारी आएपनि खबर गर्न असमर्थ भएको र सिधै नेपालमा सम्पर्क गरेको उपनियोग प्रमुख राजन बर्तौलाले संबन्धित संस्थालाई अवगत गराएका छन्।

नेपाल गोर्खा परिवार र तमुधिंले घटनाको बारेमा शुक्रबार थाहा पाउनसाथ शनिबारनै घटना घटेको स्थल गई निरीक्षण गरेर फर्किसकेका छन। नेपाली राजादूतवाससंग घनिभूत तवरबाट छलफल गरी संबन्धित परिवारलाई यहाँ बोलाउने कि नेपालमै लाश पठाएर दाहा संस्कार गरिने यस बिषयमा छलफल गरी छिट्टै निश्कर्षमा पुगिने जानकारी दिनुभयो।

Popularity: 5%

Add comment August 17th, 2011

सोन्सिकको अध्यक्षमा पहिलो पटक महिला नेत्री

अशोक मैनाली/ एचकेनेपाल डट कम-
ईक्सान, कोरिया। कोरियामा रहेका नेपाली विद्यार्थीहरुको साझा संगठन सोन्सिकको अध्यक्षमा पहिलो पटक महिला नेत्रीको रुपमा आस्था बिन्दु मल्ल निर्वाचित हुनुभएको छ।

कोरियाको लागि नेपाली महामहिम राजदूत कमल प्रसाद कोईरालाको प्रमुख आतिथ्यमा शनिवार कोरियाको ईक्सानमा शुरु भएको ८ औं साधारण सभाले आस्था बिन्दु मल्ललाई भारी मतले बिजय गराएको हो।

१५० भन्दा विद्यार्थी उपस्थित उक्त साधारण सभा कुल १०१ मतदाता रहेकोमा आस्था बिन्दु मल्लले ६५ मत प्राप्त गर्नुभएको थियो भने उंहाका प्रतिद्वन्दी शिवराज पोख्रेलले ३३ मत प्राप्त गर्नुभएको थियो। १ मत बदर भएको थियो भने २ जना मतदाता अनुपस्थित रहेका थिए। १३ सद्स्य उक्त कार्यसमिती यसप्रकार रहेको छः

सभापति : आस्था बिदु मल्ल
उप-सभापती :रमेश प्रसाद पाण्डे
महेश्वर साह
बिकाश के सी
इन्दिरा तिवारी
सचिव: जीवन पौडेल
सह -सचिव :तरामान कठायत
कोषाध्यक्ष: दिपेश ढकाल
सद्स्यहरु:
सन्जिव अधिकारी
समुन्द तिवारी
बिमल सुबेदी
प्रशान्त सिलवाल
दिपक घिमिरे
सम्योयोङ इन्टरनेस्नलका प्रमुख ई याङ म्याङ,बिदेश बिभाग प्रमुख मुना पप ताल ,आइ सी सी सद्स्य डा देबी बस्नेत, सोन्सिकका पूर्वअध्यक्ष डा. कृष्ण देबकोटा, डा केशबकुमार नेपाललगायत कोरियामा रहेका नेपाली संघ सस्थाहरुको उपस्थिती रहेको थियो। उद्घाटन सत्रलाई सम्बोधन गर्दै राजदूत कोइरालाले नेपाली विद्यार्थीको समस्या समाधान गर्न आफू पछि नपर्ने बताउदै आफ्ना समस्या नेपाली राजदूतावासलाई जानकारी गराउन पनि आग्रह गर्नुभएको थियो।

कार्यक्रममा सामयोङ इन्टर्नेस्नलका प्रमुख ई याङ म्याङ ले नेपाली विद्यार्थीलाई सहयोग गर्न आफूहरु इच्छुक रहेको बताउदै आफूले सिकेको ज्ञानलाई आफ्नो देशमा लगेर देशलाई बिकसित पार्न आग्रह गर्नुभएको थियो। कार्यक्रममा आइसीसी सद्स्य डा. देबी बस्नेतले नेपाली विद्यार्थीको समस्या समाधानका लागि नेपाली राजदूतावास कोरियाले पहल गर्न नसकेको बताउदै बिद्यार्थीहरुले पनि आफूले सिकेको ज्ञान र सिपबाट राजदूतावासलाई सुझाब दिन अपिल गर्नुभएको थियो भने सोन्सिकका पूर्व अध्यक्ष कृष्ण देबकोटाले सोन्सिकले सबै विद्यार्थीको भावनालाई सम्बोधन गर्दै आगामी दिनमा अझ सशक्त भएर अगाडि बढ्न आग्रह गर्नुभएको थियो।

उद्घाटन सत्रका सभापति तथा सोन्सिकका अध्यक्ष प्रकाश धमलाले नेपाली विद्यार्थीको कोरिया अनगिन्ती समस्या रहेको बताउदै आफ्नो कार्यकालमा यस बिषय सक्दो पहल गरेको र आगामी कार्यसमितीले अझै धेरै गर्ने अपेक्षा रहेको कुरा बताउनुभएको थियो। उक्त कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्दै सोन्सिकका उपाध्यक्ष कृष्ण कट्टेलले सोन्सिकले विद्यार्थीको सम्स्यालाई सकेसम्म समाधान गरेको बताउदै आगामी नेतृत्वले अझ धेरै गर्नेमा आफू आशावादी रहेको बताउनुभएको थियो।

नेपाली विद्यार्थीहरु गीत र संगीतको माध्यामबाट मानसिक रुपमा नेपालमै रहेको अनुभूति गरिरहेको देख्न सकिन्थ्यो। कहिले तिजका गीतहरु त कहिले सुदूर पश्चिमको लोक भाका देउडा घन्किएको थियो। निर्वाचनअघि दुबै उमेद्वारले यसरी मतदाता माझ भोट मागेका थिएः
*आस्था बिन्दु मल्ल
म एक महिला हुं सोन्सिकको ८ औ साधारण सभा सम्म आइपुग्दा पनि आजसम्म एक जना पनि महिला उमेद्वार छैन अथवा अध्यक्ष बन्नु भएको छैन। अर्को कुरा सोन्सिकले विद्यार्थी माझ राम्रो नेट्वर्किङ गर्न सकेको छैन म त्यो पूरा गरेर छाड्छु । त्यसैले मलाइ सहयोग गर्नुहोस्।

शिब राज पोख्रेलः
मेरो कोरिया बसाइ धेरै भएको छ र अर्को कुरा म सोन्सिकको उपाध्यक्ष पनि भईसकेकोले गर्दा मैले धेरै गर्न सक्छु जस्तो लाग्छ। नेपाली बिद्यार्थीका धेरै समस्या छ्न् त्यो म अध्यक्ष भए भने धेरै समाधान गर्छु जस्तो लाग्छ।

साधारण सभापछि अध्यक्षमा बिजयी आस्था बिन्दु मल्लले प्रतिक्रिया दिदै आफू सोन्सिकलाई जस्तो सुकै त्याग गर्न पछि नपर्ने बताउदै नेपाली विद्यार्थीको जस्तो सुकै समस्या समाधनमा नयां कार्यसमिति तयार रहेको बताउनुभएको छ। साथै नंया कार्यसमितीको पहिलो बैठकले सोन्सिकको ८ औ साधारण सभालाई सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ब्यक्त गर्दै आंउदा दिनमा पनि सुझाब र सल्लाहको अपेक्षा राखेको बताएको छ।

२००४ मा जनार्दन शर्माको अध्यक्ष्तामा स्थापना भएको सोन्सिक ८ औ साधारण सभासम्म आईपुग्दा प्रकाश धमलाको नेतृत्वको कार्यसमिती स्मरण योग्य रहेको उपस्थित बिद्यार्थीहरुले प्रतिक्रिया दिएका थिए। धमलाको कार्यकालमा सोन्सिको आफ्नै वेब पेज निर्माण भएको, न्युज जर्नल प्रकाशन गरेको,बिद्यार्थी बीच नेट्वर्किङ स्थापना गरि ८ औं साधारण सभामा धेरै विद्यार्थीको सहभागिता गराउन सकेको भन्दै विद्यार्थीहरुले उनको मुक्त कण्ठले प्रशंसा गरेका थिए।

निवर्तमान अध्यक्ष धमलाले आफ्नो सम्पूर्ण जिम्मेवारी नयां नेतृत्वलाई सुम्पदै आफू सोन्सिकबाट टाढा नरहेको बताउदै आफूले बिगतमा विद्यार्थीको समस्यालाई लिएर गरेको त्याग र कर्तब्य बोधले गर्दा सोन्सिक यो अबस्थामा आएकोमा आफूलाई गर्वको अनुभूति भएको बताउनु भयो। साथै नंया कार्यसमितीलाई आफ्नो सक्दो सहयोग रहने बताउदै सफल कार्यकालको सुभकामना पनि ब्यक्त गर्नुभएको थियो।

Popularity: 5%

Add comment August 16th, 2011

सुनसरी हेल्पिङ हेन्डस कोरियाको प्रथम साधारण सभा सम्पन्न

डम्बर सुब्बा / एचकेनेपाल डट कम-
सुनसरी जिल्लावासीहरुको एकता एकआपसीय सहयोग र जिल्लाविकासका मुख्य नारासहित गठन गरिएको सुनसरी हेल्पिङ हेन्डस कोरियाको प्रथम साधारण सभा गत अगस्त १४ तारिख सिओलको सदेमुन स्थित एमटियुको कार्यलयमा सम्पन्न भएको छ।

कोरियास्थित विभिन्न पेशामा आवद्ध सुनसरीजिल्लावासीहरुको बृहत उपस्थित रहेको कार्यक्रममा अतिथिको आसनबाट नेपालीकोरिया डटकमका प्रधान सम्पादक डम्बर सुब्बाले यस संस्थालाई जातिय धर्म र राजनीतिको घेराबाट अलग राखेर विशुद्ध सामाजिक संस्थाको रुपमा अघि बढाउनु पर्ने विचार व्यक्त गर्नु भयो।

त्यस्तै अतिथिको आसनबाट गैर आवासिय नेपाली संघ ( एनआरएन ) अर्न्तराष्ट्रिय समन्वय परिषदका सदस्य गंगाराज राईले संस्था खोल्न् जति सजिलो छ संचालन गर्नु त्यत्तिकै गाह्रो हुने बताउदै व्यक्तिगत स्वार्थ होईन संस्थागत हितको लागी काम गर्नु पर्ने विषयमा जोड दिनु भयो।

उनले संस्थाबाट के लिन सकिन्छ भन्ने होईन के दिन सकिन्छ भन्ने उद्देश्य लिएर सामाजिक संस्थामा लाग्नु पर्ने बताउदै आफूले गर्न सक्ने सहयोग गर्ने बताउनु भयो।

प्रमुख अतिथिको आसनबाट नेपाली सर्म्पर्क समितिका अध्यक्ष डेबिट राईले संस्थाको स्थापना गर्नु नराम्रो होईन तर उद्देश्य र सिद्धान्त स्पष्ट र पारदर्शी हुन पर्ने बताउनु भयो।

सोही दिन रवि श्रेष्ठको अध्यक्षतामा ११ कार्य समितिको चयन गरिएको छ । उपाध्यक्षमा दामोदर खतिवडा,सचिवमा युवराज पाण्डे, सहसचिवमा प्रदीप राई,कोषाध्यक्षमा ज्योति राई र सदस्यहरुमा क्रमश अमर लिम्बु, निर्मल बर्जचार्य,संजय श्रेष्ठ, दुर्गा प्रसाद रेग्मी, शम्भु कटुवाल, नरेन्द्र बस्नेत रहेको छ भने संरक्षकमा गंगा राज राई र सल्लाहकारहरुमा डेबिट राई र डम्बर सुब्बालाईलाई सर्वसम्मतीले मनोनित गरेको छ।

स्मरणीय छ यो संस्था गत जुन १२ तारिख सिओलको ख्योदेस्थित एक रेष्टुरेन्टमा तदर्थ समिति गठन गरिएको थियो।

Popularity: 5%

Add comment August 16th, 2011

दुई नेपाली तेक्वान्दो खेलाडी कोरियामा गायब

डम्बर सुब्बा / एचकेनेपाल डट कम-
कोरियाको नामङ्गजु सिटिमा अगस्त १० तारिख देखि १३ तारिखसम्म भएको विश्व तेक्वान्दो हानमादाङ्गको लागि आएका दुई नेपाली खेलाडीहरू कोरियामा गायब भएका छन्।

गायब हुने खेलाडीहरूमा भुपेन्द्र मगर र उत्तम रिमाल रहेका छन्। विश्व तेक्वान्दो महासंघ तथा कोरिया तेक्वान्दो संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको लागि गत जुलाई ९ तारिख विश्वकिर्तीमान तेक्वान्दो खेलाडी संगिना वैधसहित १२ जनाको टोलीसंगै कोरिया आएका थिए। तीमध्ये भुपेन्द्र मगर र उत्तम रिमाल विश्व तेक्वान्दो हानमादाङ्ग खेलमा उपस्थित नभएपछि सो रहस्य खुलेको हो।

ती दुइ खेलाडीको अनुपस्थित भएपछि अन्य खेलाडी बिरमान थाङ्गदेललाई पनि आयोजक कमिटिले खेल खेल्नबाट रोक लगाएको छ।

सो खेलमा विश्वका ८० वटा राष्ट्रका ११ सय भन्दा बढी खेलाडी सहभागी थिए। खेलमा नेपालको तर्फबाट कुमार मान्नधर र प्रेम थापाले आफ्नो इभेन्ट्समा खेल खेलेता पनि पदक हात पार्न सकेनन्।

सोही खेलमा नेपालको अफिसियल कोचको तर्फबाट कोच राजु क्षेत्री, ख्वाङ्ग यङ्ग दाल,मदन केसीले सहभागी थिए। सहभागी अफिसियल नेपाली कोच टोलीले दुइ खेलाडी गायब भएका नेपाली तेक्वान्दो खेलाडीले गर्दा अर्का खेलाडी थाङ्गदेललाई खेल खेल्नबाट रोक लगाउन अन्याय भएको भन्दै धेरैपटक अनुरोध गर्दा पनि आयोजक कमिटि नमानेको एक खेलाडीले बताए।

नेपाल तेक्वान्दो संघको खेलाडी छनौट प्रक्रिया भएको लापारवाही, नातावाद कृपावाद र भ्रष्टचारी प्रवृतिको कारण यस्तो अवस्था भएको एक खेलाडीले गुनासो गरे। जसले गर्दा सक्षम र उत्कृष्ट खेलाडीहरुले पनि विश्वव्यापी खेलहरुमा विदेश जाने क्रममा ठूलो असर पर्ने अनुमान गरिएको छ।

Popularity: 5%

1 comment August 15th, 2011

कोरियाको राष्ट्रिय स्तरको भलिवल खेलमा नेपाली खेलाडी छनोट

अशोक मैनाली / एचकेनेपाल डट कम-
कोरियामा नेपालीमाझ चर्चित भलिवल खेलाडी उमेश बस्नेतलाई कोरियाको एक प्रतिष्ठित भलिबल क्लवले भलिवल खेलाडीको रुपमा छनोट गरेको छ। जसले उनलाई कोरियाको रष्ट्रिय स्तरको बि डिभिजन टिमबाट खेल्ने अवसर दिएको छ।

कोरियामा हुने प्रवासी भलिवल प्रतियोगितामा नेपालको तर्फबाट क्याप्टेनको भूमिका निर्वाह गर्दै आएका बस्नेत नेपालीहरु माझ राम्रा खेलाडीको उपमा पाएका भलिबल खेलाडी हुन्। उनकै योगदानले नेपाली भलिवल टिमलाई पटक पटक बिजयको हकदार बनाएको स्मरणिय छ। यसले अन्तराष्ट्रिय खेलजगतमा नेपाली खेलाडीको लागि ठूलो अवसर मात्र देखाएको छैन नेपाली खेल क्षेत्रको अवस्था देखेर चिन्तित नेपालीहरुलाई आशाको किरण पनि जगाएको कतिपयले प्रतिक्रिया दिएका छ्न्।

जुन १९ मा कोरियाको राजधानी सौलमा सम्पन्न १० टिमको सहभागिता रहेको अन्तर्राष्ट्रिय भलिवल खेलमा नेपालले उत्कृष्ट खेल प्रदशन गर्दाको प्रतिफल टिम क्याप्टेन उमेश बस्नेतको लागि आफ्नो खेल जीवनकै नंया खुट्किलो सावित भएको छ। अगष्ट १२ देखि शुरुभएको ‘छंगुक थे हुई कोरिया ओपन लीग गेम’ मा अहिले नेपाली खेलाडी बस्नेतले सहभागिता जनाइरहेका छ्न्। ४६ टिमको सहभागिता रहेको उक्त राष्ट्रिय स्तरको खेल अगष्ट १६ तारिखसम्म खाउन्दोको हुङ चान नाम चाङमा हुनेछ। हाल उनी गेममा रहेको र उनको खेलमा सन्तुष्टी रहेको कुरा उनका मेनेजर इ गो मून ले बताए।

Popularity: 5%

Add comment August 15th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

December 2018
M T W T F S S
« Feb    
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  

Posts by Month

Posts by Category

More news....