Posts filed under 'बेलायत समाचार'

तमु संग्रहालयका लागि बेलायतमा २७ लाख संकलन

मिलन तमु / एचकेनेपाल डट कम-
अल्डरसट । लमजुङ जिल्लाको सदरमुकाम बेशीशहरमा बन्दै गरेको ऐतिहासिक तमु संग्रहालयका लागि करीब २७ लाख रुपैया संकलन भएको छ।

गत आइतबार अल्डरसटस्थित निरमाया रोधीं घरमा आयोजित तमु (गुरुङ) संग्रहालय सहयोगार्थ च्यारिटी डिनर कार्यक्रममा सहभागी भएका चन्दादाताबाट उक्त रकम संकलन भएको हो।

तस्वीरः मिलन तमु / एचकेनेपाल डट कम

च्यारिटी डिनर कार्यक्रमका संयोजक एकेन्द्र गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्य र काउन्सिलर गम गुरुङ, तमु धिं यूकेका अध्यक्ष मुछेत्र गुरुङ, तमु प्ये ल्हुं संघका सेक्रेटरी भेगलाल गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष कृष्ण बहादुर गुरुङ, डा. चन्द्र बहादुर गुरुङ, र प्रो. नारायण गुरुङको विशेष आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट एनआरएन यूकेका अध्यक्ष कुल आचार्यले तमु जातीय तथा सांस्कृति झल्काउनका लागि गरिएको यो महत्वपूर्ण कार्यको सरहना गरे भने ओमेन्द्र गुरुङले अतिथिहरुलाई स्वागत गर्दै हराउन लागेको कला र संस्कृतिको जर्गेनागर्न र अध्ययन र अनुसन्धानका लागि संग्रहालय महत्वपूर्ण सावित हुने बताउदै करीब ३ रोपनी जग्गामा बन्न लागेको संग्रहालयको मूलद्वारमा डा. हर्क गुरुङको प्रतिमा राखिएको जानकारी गराएका थिए।

संयोजक एकेन्द्र गुरुङले च्यारिटी डिनर कार्यक्रमको औतित्यको बारेमा बोल्दै प्रमुख अतिथि, बिशेष अतिथिलगायत उपस्थित महानुभावहरुलाई धन्यवाद प्रकट गरेका थिए भने आर्थिक संयोजक क्या. देव गुरुङले संग्रहालयका लागि सहयोग गर्ने चन्दादाताहरुको नाम सुनाएका थिए।

कार्यक्रममा एनआरएन आईसीसीका सदस्य विश्व आर्दश पण्डित, एनआरएन यूके यूरोपका सहसंयोजक लक्ष्य बहादुर गुरुङ, एन.आर.एन.यूकेका पूर्व अध्यक्ष र्सूय गुरुङ, तमु धिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु धिं यूकेका भूपू अध्यक्ष मेजर डमर घले, उपाध्यक्षद्धय रामचन्द्र गुरुङ, कमल गुरुङ, सल्लाहकार भक्त गुरुङ, क्या.रि. तिर्थमान गुरुङ, सदस्य रामकुमार गुरुङ, हङ्गकङ्ग यूके नेपाली मञ्चका विश्वजंग गुरुङ, एनपिसीसी यूकेका अध्यक्ष लोक गुरुङ, ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष महेश गुरुङ, नेशा यूकेका अध्यक्ष केश गुरुङ, उपाध्यक्ष भोज प्रसाद गुरुङ, पोखरेली मञ्च यूकेका उपाध्यक्ष नन्द कुमारी गुरुङ, महासचिव मनप्रसाद गुरुङ, चारभञ्ज्याङ समाज यूकेका अध्यक्ष ले. चन्द्र बहादुर गुरुङ, पर्वत वेलफेयर सोसाईटीका अध्यक्ष रस गुरुङ, सिक्लेस समाज यूकेका अध्यक्ष नन्दजंग गुरुङ, घाचोक माछापुच्छ्रे समाज यूकेका अध्यक्ष डिलरास गुरुङ, लमजुङ समाज यूकेका पूर्व अध्यक्ष चन्द्र प्रसाद गुरुङ, सहारा यूकेका मिन गुरुङ, दिलिप गुरुङ, पैयांखोला समाज यूकेका अध्यक्ष, सृजनशील नेपाली समाजका शेर बहादुर सुनार, शिव कल्चर सेन्टरका भिम बानिया, एनआरएन यूकेका हितकाजी गुरुङ, सुस्मा राई, क्या. बालकृष्ण गुरुङ, रमेश वास्तोला, इलमपोखरी समाजका अध्यक्ष मोहन सिं गुरुङ, गण्डकी वेलफेयर सोसाईटीका अध्यक्ष खमिरजंङ्ग गुरुङ, क्याट यूकेका अध्यक्ष हिमाल गुरुङ, ग्रेटर रसमोर नेप्लिज कम्यूनिटीका पूर्व अध्यक्ष मधुकर गुरुङ, तमु धिं यूके हमसायर्र इकाईका अध्यक्ष ले.यादव गुरुङ, रेडिङका अध्यक्ष नरजंग गुरुङ, मिस यूके नेपालका आयोजक शान्ति गुरुङ, एभरेष्ट टाइम्सका सम्पादक हरि कुमार (काजी) गुरुङ, पूर्ण गुरुङ, फोटो ग्राफर मिलन तमु, नेपाली टिभीका हरिमान गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एंव विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

ओमेन्द्र गुरुङ, प्रेम गुरुङ, क्या. देव गुरुङ, र एकेन्द्र गुरुङको सक्रियतामा सम्पन्न भएको कार्यक्रमलाई चन्द्र गुरुङ, दल गुरुङ र विधान गुरुङले सहयोग गरेका थिए भने अन्जली गुरुङ, उमा गुरुङ, अञ्जु गुरुङ, प्रमिला गुरुङले प्रवेश द्वारमा सहयोग गरेका थिए।

निरमाया रोधीं घरको सांगीतिक कार्यक्रमसहित सम्पन्न भएको कार्यक्रमलाई प्रेम गुरुङले संचालन गरेका थिए।

Recent Videos:

Popularity: 90%

1 comment February 22nd, 2012

यतीको नयाँ निर्वाचन समिती गठन

अनुज उप्रेती/ एचकेनेपाल डट कम-
बेलायतस्थित सम्पूर्ण नेपालीहरुको सबैभन्दा पुरानो प्रतिनिधिमूलक सामाजिक संस्था यती नेपाली एसोसियसन युकेको २६ औं कार्यसमितिको निर्वाचनका लागि नयाँ निर्वाचन समिति २०१२ गठन गरिएको छ।

स्थानीय साउथहलस्थित दार्जिलिंग इन रेस्टुरेण्टमा बसेको कार्य समितिको बैठकले संचारकर्मी आशिष पन्थको संयोजकत्वमा नेपाली साहित्य विकास परिषद युकेका उपाध्यक्ष क्यापटेन आरएस श्रेष्ठ र समाजसेवी राजकुमार त्रिपाठी सदस्य रहेको एक तीन सदस्यीय निर्वाचन समिती गठन गरी अबिलम्ब निर्वाचन कार्य तीब्र पार्न निर्देशनसमेत दिएको छ।

बैठकले यसअघि गठित निर्वाचन समितिका संयोजक कृष्ण उपाध्यायले ब्यतिगत कारण देखाई आफ्नो पदबाट दिनुभएको राजिनामा स्वीकृत गरी सधन्यवाद पूर्व गठित निर्वाचन समिति बिघटन गरेको थियो।

यसैगरी, बैठकले आगामी ११ मार्च आइतबारका दिन ५१ औ वार्षिक साधारण सभा र निर्वाचनको मिति पनि तोकेको छ भने मौजुदा कार्य समितिमा सँस्थाका पूर्व कोषाध्यक्ष माधवलाल श्रेष्ठलाई कार्यकारिणी समितिमा मनोनयन गरेको छ।

बैठकले यती पत्र प्रकाशन, वार्षिक साधारण सभामा पेश हुने एजेण्डा र विधान संशोधनलगायतका महत्वपूर्ण बिषयहरुमाथि बिस्तृत छलफल गरेको कुरा संस्थाका सदस्य सचिव सुरेश जंग शाहद्वारा जारी बिज्ञत्तिमा जनाइएको छ।

Recent Videos:

Popularity: 91%

Add comment February 20th, 2012

आइएनटीए युकेको प्रथम परिचयात्मक प्रदर्शन

नवराज घले / एचकेनेपाल डट कम-
बेलायत, इन्टर्नेशनल नेपालीज टेक्वान्दो एसोसियशन (आइएनटीए) युकेको पहिलो परिचयात्मक प्रदर्शन नोर्थोल्ट लेइजर सेन्टरमा सम्पन्न भएको छ।

आएनटीएबारे जानकारी दिने प्रमुख उद्धेश्यले आयोजित प्रदर्शनमा आइएनटीए युके, ब्रिटिश टिम र योङ इन युनिभर्सिटी अफ कोरियन टिम सहभागी थिए।

फेब्रुवरी १२ तारिखका दिन सम्पन्न परिचयात्मक प्रदर्शन कार्यक्रममा नेपाली राजदूत डा. सुरेशचन्द्र चालिसे प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने एनआरएन युकेका अध्यक्ष कुल आचार्य तथा पूर्वअध्यक्ष डमर घले, तमु धीं युकेका अध्यक्ष मुछेन्द्र गुरूङलगायत अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा फ्रेबुवरी ५ तारिख सम्पन्न लण्डन नेशनल च्याम्पियनशिपमा विजयी भएका आइएनटीए युकेका खेलाडीहरूलाई प्रेसिडेन्ट नमरजंग गुरूङले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।

हालैमात्र स्थापना भएको आइएनटीएमा नमरजंग गुरूङको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति गठन भएको हो। आइएनटीएले तेक्वान्दो खेलको माध्यमबाट आर्ट, स्किल र फिजिकल साइन्सलाई युके, अमेरिका नेपाललगायत विभिन्न देशमा विस्तार गर्ने लक्ष्य राखेको छ।


Popularity: 5%

Add comment February 16th, 2012

साहित्यकार मानन्धरको श्रद्धाञ्जलि सभा हुने

अनुज उप्रेती / एचकेनेपाल डट कम-
बेलायत, नेपाली साहित्य विकास परिषद युकेका संस्थापक अध्यक्ष तथा साहित्यकार ईश्वर प्रसाद मानन्धरको असामयिक निधनप्रति शोक व्यक्त गर्दै नेपाली साहित्य विकास परिषद युकेलगायत यती नेपाली एसोसियसन युके र विश्व नेपाल साहित्य महासंघ यूके शाखाको संयुक्त आयोजनामा श्रदान्जलि सभा आयोजना गरिने भएको छ।

परिषदद्वारा जारी बिज्ञप्ति अनुसार आगामी १२ आइतबारका दिन दिउँसो २ बजे स्थानीय वेष्ट लण्डनस्थित कुइन्स्ल्यान्ड कलेज एक्टनमा सम्पन्न हुने श्रद्धाञ्जलि सभामा बेलायतस्थित सम्पूर्ण संघसँस्था, जनसमाज, नेपाली राजदूताबास र सम्पूर्ण साहित्यकारहरुमा सहभागिताका लागि हार्दिक आह्वान गरिएको छ।

परिषदले विज्ञक्तिमा यस दु:खद घडिमा धैर्य धारणका लागि शोक सन्तप्त परिवारमा हार्दिक समवेदना र दिगंवत आत्माको चिरशान्तिको कामना गर्दै साहित्यकार ईश्वर मानन्धरको निधनबाट नेपाली साहित्य आकाशमा एउटा अपूरणीय क्षति भएको र नेपाली साहित्य विकास परिषदले आफ्नो आभिभाबक गुमाएको कुरा उल्लेख गरेको छ।

परिषदको विज्ञक्तिमा जनाएअनुसार ८१ वर्षीय मानन्धरको निमोनियाका कारण बेलायतको पार्क रोयलस्थित मिडिलसेक्स अस्पतालमा फेब्रवरी ४ शनिबार बिहान ५ बजे निधन भएको थियो।

मानन्धर बेलायतमा साहित्य, कला र समाजसेवामा समर्पित हुनुहुन्थो भने सन १९६० मा स्थापित यती सँस्थामा सत्तरीको दशकदेखि सन १९९८ सम्म कार्यकारिणी पदाधिकारी हुनुहुन्थ्यो भने सन १९८६ मा स्थापित कोसेली नेपाली साँस्कृतिक परिवारको संस्थापक सदस्य र सन १९९५ म स्थापित नेपाली साहित्य विकास परिषद युकेका संस्थापक अध्यक्ष भई सन २००१ सम्म नेतृत्व गर्नुभएको थियो र त्यसपछि सल्लाहकार हुनुहुन्थ्यो।

उहाँको कथा, कविता, लघु उपन्यास र ठट्यौली गरी आठ वटा कृति प्रकाशित छन्। उहाँका एक धर्मपत्नी, एक छोरा र तीन छोरी छन्।

छोरा बिनोद मानन्धर, छोरी ललिता मान्नधर र बुहारी करिस्मा मानन्धर चलचित्र र कलामा संलग्न छन्।

Popularity: 4%

Add comment February 5th, 2012

लन्डनमा नेपाली कांग्रेस स्थापनाको ६५ औं बार्षिक स्थापना दिवस

शिवलाल भण्डारी / एचकेनेपाल डट कम -
लन्डन, लन्डनमा नेपाली कांग्रेस स्थापना भएको ६५ औं बार्षिक स्थापना दिवस मनाइएको छ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कृष्णचन्द्र नेपाली र शंकर भण्डारीको प्रमुख आतिथ्यमा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइएको हो।

लन्डन फेल्थाममा भएको उक्त कार्यक्रममा वेस्ट लन्डन नेपाली जनसम्पर्क समितिका सभापति सूर्य नेम्वाङको सभापतित्वमा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य नेपालीले प्रजातन्त्र, मानवअधिकार र आर्थिक समानताका लागि ६५ वर्षअघि स्वर्गीय वि.पी. कोइरालाले नेपाली कांग्रेसको स्थापना गरेको बताए। उनले नेपाली कांग्रेसले राणा र पञ्चायतलाई परास्त गरेको उल्लेख गर्दै अब देशमा शान्ति र संविधानलाई निष्कर्षमा पुर्याई देशमा समानता र मेलमिलापलाई कायम राख्ने बताए।

उनले माओवादी अतिवादले गर्दा मुलुकमा संविधान बन्न नसकेको बताउँदै माओवादीले धोकाको राजनीति गरेकाले उसलाई विश्वास गर्न नसकिने बताए। नेपालीले पार्टीभित्र विवाद भएपनि आउँदो चुनावसम्म नेपाली कांग्रेस एक नम्बर पार्टी बन्ने दाबी गरे।

यसैगरी, उनले बेलायत रहेका गोर्खाजहरुको समान पेन्सनको आन्दोलन, दोहोरो नागरिकताको आन्दोलन, विद्यार्थी समस्या, भाषा प्रवर्द्धन र लगानीका लागि नेपाली कांग्रेसले सक्दो सहयोग गर्ने बताए।

कार्यक्रममा बोल्दै युवा नेता भण्डारीले नेपाली कांग्रेसमा माओवादी सहमति गर्दै र लत्याउँदै गएकाले संविधान र शान्ति प्रक्रिया अगाडि बढ्न नसेकेको बताए।

यसैगरी, बुद्धिजीवी सम्पूर्णानन्द ढुंगानाले नेपाली कांग्रेसले समाजवाद, लोकतन्त्रको मुल मन्त्र नछाडि नयाँ नेपाल बनाउन जोमिख मोल्नुपर्ने धारणा राखे।

पूर्वसभापति बिनोद मोक्तानले राज्यले राज्य पुनसंरचना तथा संबिधान लेखनमा सबै जना गम्भीर हुनु पर्ने बताए। अर्का बक्ता बुद्धिजीबी शिवजी श्रेष्ठले नेपाली राजनीतिमा नैतिकताको कमी आएकोमा चिन्ता प्रकट गर्नु भयो।

त्यसगरी, महासमिति सदस्य बिज्ञान प्रसाईले कर्तब्य र अधिकार एक सिक्काका २ पाटा भएको र अधिकार र कर्तब्यको समायोजन नभएकोले (Excessive rights with zero responsibilities) देशको यो दशा भएको बताउनु भयो।

महासमिति सदस्य रवि राईले नेपाली काँग्रेसले परिवर्तनको नेतृत्व लिनु पर्ने बताउनु भयो। कार्यक्रममा युवा नेता युवराज गुरुङ, एकराज नेम्वाङ र युबिजीएनका प्रवक्ता ज्ञानराज राईलेसमेत मन्तब्य राखेका थिए।

कार्यक्रममा नेपाली जनसम्पर्क समितिका सभापति लोक गुरुङले छोटै समयमा पनि कार्यक्रम आयोजना गर्न सकेकोमा जनसम्पर्क समिति वेस्ट लन्डनलाई धन्यवाद दिए।

कार्यक्रममा स्वागत वेस्ट लन्डन जनसम्पर्क समितिका उपसभापति शिव भण्डारीले आगन्तुक सबैलाई स्वागत मन्तब्य दिएका थिए।

पूर्व महामन्त्री राजकुमार त्रिपाठीले सञ्चालन गरेको उक्त कार्यक्रममा साउथ इस्टका सभापति मोती भण्डारी, सल्लाहकार दुर्गा पाण्डेय, वेस्ट लन्डनका उपसभापति बाबुराम प्रधान, चिन्तन पौडेल, प्रवेश केसी, डा. विजन पन्त, राज सिटौला, केन्द्रीय उपसभापति भीम राई, कलाकार संघका सभापति उमेश मोक्तान, मधेश एसोसिएसनका भाग्यनारायण शाह, दिलीप महासेठ, राजु पाठक, सुभाष पोखरेल, विश्व घिमिरे, सन्तोष उप्रेती, एसइ युके केन्टका उपसभापति रणवीर योङहाङ, हाउनसोलो गोर्खा कम्युनिटीका राम थापा, नेका पूर्व पिदिम सभापति मोहन नेम्वाङ, रामेछापका पूर्व क्षेत्रीय सभापति किशोर सुनुवार, नेका खोटाङ पूर्व सचिव वागवीर राई, गोर्खा हृयुमन राइटस् श्रीमती बबी बासिङ, भुवन सिंह गुरुङ, गोर्खा कम्युनिटीका प्रकाश गुरुङलगायका ब्यक्तिहरुको उपस्थिती रहेको थियो।

Popularity: 4%

Add comment February 2nd, 2012

यतीको निर्वाचन सर्‍यो

अनुज उप्रेती / एचकेनेपाल डट कम-
बेलायत, यती नेपाली यसोसिएसन यूकेको ५१ औ बार्षिक साधारण सभा र निर्वाचन पछाडि सरेको छ।

अगामी ५ फेब्रुवरीका दिन साधारणसभा र २६ औ कार्यसमितिको निर्वाचन हुने गरी यस अगाडि निश्चित गरिएको निर्वाचन तलिका प्रकाशन हुनु अगावै निर्वाचन समितिका सयोजक कृष्ण उपाध्याय ले व्यतिगत कार्य व्यस्तताको कारण देखाई राजीनामा दिएका कारण सो काम अब सम्भवतः १९ फेब्रुवरीका दिन तय गर्ने योजना रहेको छ।

अब ५ फेब्रुवरीका दिन बस्ने कार्य समितिको पूर्ण बैठकले सो राजिनामा सम्वन्धी छलफल र निर्वाचन तथा साधारण सभा सम्वन्धी महत्वपूर्ण
निर्णयहरु गर्नेछ भने सदस्यता ग्रहण वा नवीकरण गर्ने अन्तिम मिति पनि १० फेब्रुवरीसम्म बढाइएको कुरा सचिवालयले जनाएको छ।

Popularity: 4%

Add comment January 26th, 2012

गोर्खा सैनिक सचिनको शव घर ल्याइयो

गोर्खा सैनिक सचिनको शव घर ल्याइयो
एचकेनेपाल डट कम संवाददाता-
गौरीगन्ज (झापा), ८ माघ । अफगानिस्तानमा मारिएका एक गोर्खा सैनिकको शव नेपाल ल्याइएको छ।

अफगानिस्तानको हेलमन्ड प्रान्तमा विद्रोही तालिवान पक्षसँगको भिडन्तका घाइते भई उपचारका क्रममा मृत्यु भएका सैनिक जवान सचिन लावतीको शव शनिबार दमक स्थित घरमा ल्याइएको हो।

भिडन्तका क्रममा एम्बुसमा परी घाइते भई उपचारको क्रममा उनको मृत्यु भएको परिवारले जनाएको छ।

दमक–११ निवासी लावती सन् २०१० मा घाइते भएका थिए। डेढ वर्षपछि उपचारको क्रममा लन्डनस्थित बेलायती सैनिक अस्पतालमा यही जनवरी २ मा उनको मृत्यु भएको थियो।

लावतीको शव क्या मुक्ति गुरुङ नेतृत्वको टोलीले बेलायतबाट काठमाडौँ हुँदै दमकस्थित उनको घर ल्याइपुर्‍याएको हो। यसअघि, लन्डनमा एक समारोहको आयोजना गरी त्यहाँस्थित उनका आफन्त र ब्रिगेड अफ गोर्खाजले लावतीमाथि अन्तिम सलामी अर्पण गरेको थियो।

तेइस वर्षीय लावती सन् २००८ मा बेलायती सेनामा भर्ना भएका हुन्। (रासस)

_________________________________________________

मृत्यु भएका गोर्खा सैनिकको नाम सचिन लिम्बू
एचकेनेपाल डट कम संवाददाता-
बेलायत, २१ पुष । अफ्गानिस्तानमा बम विस्फोटबाट गम्भीर घाइते भएका बेलायती गोर्खा सैनिकको १८ महिनापछि मृत्यु भएको छ।

मृत्यु हुनेमा राजघाट मोरङका २३ वर्षीय गोर्खा राइफलमेन सचिन लिम्बू रहेको मोड (बेलायती रक्षा मन्त्रालय)ले जनाएको छ। उनी फस्ट बटालिन रोयल गोर्खा राइफल्समा कार्यरत थिए।

सन् २०१० मा अफ्गानिस्तानमा आफ्नो कर्तव्य पालना गर्दै पेट्रोलिङमा रहेको बेला तालिबानको बम आक्रमणमा परी उनी गम्भीर घाइते भएका थिए।

बेलायतस्थित क्वीन एलिजाबेथ अस्पतालमा मृत्युसंग जुझिरहेका लिम्बूको घटनाको १८ महिनापछि गत सोमवार मृत्यु भएको मोडले जनाएको छ। उनको मृत्युको बेला उनका आमाबाबु दुबै साथमा थिए, मोडले भनेको छ।

सचिन हाम्रा एक्लो छोरा थिए, हाम्रा प्यारो छोरा सचिनले अरूको भलाईको लागि आफ्नो जीवन आहुति दिए, सचिनको बाबु डिल्लीशेर लिम्बूको भनाई उदृत गर्दै मोडले भनेको छ- उनको बाबु आमा बन्न पाउंदा हामीलाई गौरव लागेको छ।

उनी इमान्दार, कर्तव्यनिष्ठ र जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने आँट भएका सैनिक थिए। उनका सहकर्मीहरूले उनको स्मरण गर्दै भने उनी साँच्चिकै गोर्खा सैनिक थिए।

सचिन सन् २००७ मा बेलायती गोर्खा सैनिक सेवामा भर्ती भएका थिए।

उनको मृत्युसंगै ‘अफ्गानिस्तान अप्रेशन’ मा मृत्यु हुने बेलायती सैनिकको संख्या ३९५ पुगेको छ।

Popularity: 6%

Add comment January 22nd, 2012

४ सय बेलायती गोर्खा सैनिकको जागिर गुम्ने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, ३ माघ । बेलायत सरकारले आफ्नो सैनिक संख्यामा कटौती गर्ने घोषणा गरेपछि चार सय बेलायती गोर्खा सैनिकको जागिर गुम्ने भएको छ।

बेलायती सेनाको यो दोस्रो चरणको सेना कटौतीमा २ हजार ९ सयले जागिर गुमाउने भएका छन्। त्यसमध्ये करीव ३५ सय गोर्खा सैनिक रहेको बेलायती सेनाबाट चार सय गोर्खा सैनिकको जागिर गुम्ने भएको छ।

काठमाडौंस्थित बेलायती राजदूतावासले प्रेस वक्तव्य जारी गर्दै यसबाट प्रभावित सबैलाई १२ महिना अगाडि जानकारी गराइने जनाएको छ। साथै उनीहरूको पुनस्थापना र भविष्यमा रोजगारीका अवसरको लागि बृहत कार्यक्रम ल्याइने विज्ञप्तिमा जनाएको छ।

सन् २००७ मा सेनालाई आधुनिककीकरण गरेपछि गोर्खा सैनिकको आकार बढेको छ भने उनीहरुले १५ वर्षको तुलनामा २२ वर्षसम्म सैनिक सेवामा रहन पाएको विज्ञप्तिमा उल्लेख छ।

Popularity: 4%

2 comments January 17th, 2012

बेलायतमा मेलमिलाप दिवस जनवरी २९ मा

विश्व घिमिरे / एचकेनेपाल डट कम-
बेलायत, नेपाली जनसम्पर्क समिति बेलायतले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि मेलमिलाप दिवस मनाउने भएको छ।

उक्त दिवस समितिले जनवरी २९ मा मनाउने निर्णय भएको महामन्त्री शान्तविनोद लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

बेलायतको स्थानीय समय, परिस्थिति र विदाजस्ता महत्वपूर्ण विषयलाई मध्यनजर गर्दै गत वर्ष सो कार्यक्रम जनवरी ३० मा मनाएको थियो र यस वर्ष २९ जनवरीमा मनाइने लामिछानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। गत वर्षको ६ नोभेम्बरमा नेपाली जनसम्पर्क समितिको बैठकले उक्त निर्णय गरेको हो।

विगत केही साताअघि केही अनलाइन तथा अन्य पत्रिकामा जनसम्पर्क समिति बेलायतले राष्ट्रिय मेलमिलाप दिवस मनाइयो भन्ने समाचारप्रति समितिको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ। उक्त समाचारमा नेपाली कांग्रेसका सभापति सुशील कोइराला प्रा.डा. सूर्यप्रसाद सुवेदी, समितिका सभापति लोक गुरुङ, एनआरएन बेलायतका पूर्व सभापति सूर्य गुरुङको आतिथ्यमा रहेको २०११ जुन महिनामा आयोजित एक कार्यक्रमको तस्बिर राखेर प्रेषित गरिएको भ्रामक समाचारप्रति समितिले आपत्ति प्रकट गरेको छ।

केही व्यक्तिगत स्वार्थका लागि प्रचारका लागि शीर्षस्थ नेता, विद्वान तथा सामाजिक नेताहरुको तस्बिर प्रकाशित गरेर केवल पार्टीको मूल्य र मान्यतालाई भंग मात्रै गरिएको छैन, सामाजिक सद्भावलाई समेत तोड्ने प्रयास गरिएकोप्रति समितिले खेद प्रकट गरेको छ। विज्ञप्तिमा भनिएको छ, नेपाली जनसम्पर्क समिति बेलायत यस्ता गैरजिम्मेवार क्रियाकलापको निन्दा गर्दै यस्तो प्रवृत्तिबाट सजग र सचेत रहन आग्रह गरेको छ।

२९ जनवरीमा आयोजना गरिने राष्ट्रिय मेलमिलाप तथा एकता दिवस र शहीद दिवसको कार्यक्रममा केन्द्रबाट नेपाली कांगे्रसका प्रखर वक्ता, जनसम्पर्क समिति युरोपका प्रतिनिधिहरु, एनआरएन अन्तर्राष्ट्रिय समितिका अध्यक्ष संस्थापकहरुको आतिथ्यता रहने जानकारी विज्ञप्तिमार्फत गरिएको छ।

बेलायतीवासी कांग्रेसजन, विभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, बुद्धिजीवी, व्यापारी, विद्यार्थी, पत्रकार तथा अन्य दाजुभाइ दिदीबहिनीहरुमा उक्त कार्यक्रमका सहभागीका लागि समितिले आग्रह समेत गरेको छ।

Popularity: 4%

Add comment January 11th, 2012

बेलायतमा मेलमिलाप दिवस

बिज्ञान प्रसाई / एचकेनेपाल डट कम-
लण्डन, ३ जनवरी । नेपाली जनसम्पर्क समिति युकेले राष्ट्रिय मेलमिलाप दिवस कार्यक्रम आयोजना गरेको छ।

सन् १९७६ डिसेम्बर ३० का दिन स्वर्गीय बीपी कोइरालाले नेपालको राष्ट्रियताको खतरा महसुस गरी राष्ट्र रहे राजसंस्था, पार्टी र नेता रहनेरसमाजवाद प्रजातन्त्रको आन्दोलन दीगो हुने महसुस गरी वैदेशिक हस्तक्षेपलाई नकार्दै प्राणको बाजी लगाइ स्वदेश फिर्ता भएको अवसर पारी आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व नेपाली जनसम्पर्क समितिका उपसभापति भीम राईले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथि डा. सम्पूर्णनन्द ढुंगानाले ढुंगानाले देशमा साम्प्रदायिकता बढेका बेला जनजाति एवं मधेश आन्दोलन चर्किरहेका बेला सम्पूर्ण समस्या हल गर्न शान्ति र संविधानलाई निष्कर्षमा पुर्र्याउन बीपीले देखाएको राष्ट्रिय मेलमिलाप नै एक मात्र मन्त्र भएकाले सम्पूर्ण देश उनले देखाएको बाटोमा हिड्नुपर्ने बताए।

यसैगरी कार्यक्रमका प्रमुख वक्ता शिवजी श्रेष्ठले बीपीले प्राण बाजी लगाई राष्ट्रियता र प्रजातन्त्र जोगाउन देश फर्कदा तत्कालीन भारतका प्रधानमन्त्री स्वर्गीय इन्दिरा गान्धीलाई रानी मान्नुभन्दा राष्ट्रियताको लागि राजसंस्थासँग घाँटी जोड्न तयार छु तर इण्डियासँग आफू झुक्न तयार नभएको खुलासा गरेको र स्वदेशमा आउने वित्तिकै जेल चलान गरिएको स्मरण गराउँदै तत्कालीन अवस्थामा बीपी नेपाल नफर्केको भए नेपाल पनि सिक्किमजस्तै बन्ने अवस्था रहेको बताए।

नेपाली कांग्रेसका महासमिति सदस्य विज्ञान प्रसाईले बीपीको राष्ट्रिय मेलमिलाप अहिले पनि त्यत्तिकै सान्दर्भिक भएको बताए। मेलमिलापको अपरिहार्य पार्टीभित्र, पार्टी बाहिर संसदभित्र सरकारभित्र साथै सम्पूर्ण आदिवासी जनजातिबीच राष्ट्रिय हितलाई सर्वोपरी राखी मेलमिलाप गर्नुपर्ने आवश्यकता अझै छ उनले भने। राजनीति दलहरुले भन्दै आएको सहमतीय आधारको जिम्मा काङ्ग्रेसले लिएबाट नेपाली काङ्ग्रेस सरकार बाहिर बसेर पनि मुलुकको हितको जिम्मेवारी लिन अघि बढेको र मुलुककै राजनीतिक नेतृत्व लिएको देखिन्छ। अहिले वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अहिले पनि सान्दर्भिक छ। राजनीतिक दलहरुबीच मेलमिलाप गराई राष्ट्रिय अखण्डता कायम राख्दै नयाँ संविधान बनाउन पार्टीहरूबीच मेलमिलाप र सहमतीय वातावरण आवश्यक छ।

यसैगरी पूर्व सभापति विनोद मोक्तानले हामी आज राष्ट्रिय मिलमिलाप दिवस मनाइ रहँदा नेपाल जनसम्पर्क समितिको नेतृत्व गुटबन्दीमा लागेको, विधान मिची संगठन चलाइएको, पारदर्शीता भंग गरेको, सडक सडकमा नेपाली कांग्रेसको सक्रिय सदस्यता बिक्री गरेको संगठनभित्र विसंगति बढाएको भन्दै आफ्नो पालामा मेलमिलापकै लागि आफू निर्वाचित सभापति भए पनि पदावधि नसकिदै एक अगाडि नै चुनाव गराई बीपी कोइरालाले देखाएको मेलमिलापको नीति अंगिकार नगरेको स्मरण गराए।

महासमिति सदस्य रविप्रसाद राईले सिक्किम भारतमा गाभिएको बेला बंगलादेशले स्वतन्त्रता प्राप्त गरेको बेला नेपालको राष्ट्रियता कमजोर पार्ने भारतले विस्तारवादी भूमिका खेलेको बेला स्वर्गीय बीपीले नेपालको राष्ट्रियता जोगाउन राष्ट्रिय मेलमिलापको नीति लिएको र आजसम्म उक्त मेलमिलाप सान्दर्भिक रहेको बताए।

कार्यक्रम समापन गर्दै नेपाली जनसम्पर्क समिति का बरिष्ठ उपसभापति भिम राईले मेलमिलाप र एकता सर्वोपरी छ भन्दै नेपाली जनसम्पर्क समितिको वर्तमान सभापति लोक गुरुङलगायत संस्थापन पक्षले आफू लगायत सम्पूर्ण निष्ठावान कार्यकर्तालाई अपहेलाना गरेको, संगठन कुण्ठित गरेको र यस पालामा जस्तो संगठन कमजोर विगतको पालामा कहिले नभएको भन्दै नेपाली कांग्रेस क्रियाशील सदस्य बाटाबाटामा विगतमा बिक्री गरेकोले गुरुङले नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्न नमिल्नेर तानाशाही भएको जिकिर गर्दै उनलाई बहिष्कार गर्न आह्वान गरे।

कार्यक्रम सञ्चालन गर्दै पूर्व महामन्त्री ई. राजकुमार त्रिपाठीले बीपीको राष्ट्रिय मेलमिलापकै कारण २०३८ सालको जनमत संघर्ष, २०४२ सालको सत्याग्रह, २०४६ सालको जनआन्दोलनमा कम्युनिष्टसँग सहकार्य आजको अवस्थामा माओवादीसँग सहकार्य सम्भव भएकाले अझै मिलमिलापको अपरिहार्यता खड्किएको बताए।

अर्का बक्ता नेपाली जनसम्पर्क समितिका नेता योराज गुरुङले महामनाब बिपी कोइरालाको राट्रिय मेलमिलाप आज पनि सान्दर्भिक रहेको चर्चा गर्दै राष्ट्र दरो पार्न, लोकतन्त्र र समाजबाद मार्फत नेपालमा समानताको महशुस दिन र सान्ति र सम्भिधन तत्विक निष्कर्षमा पुराउन सबै मिल्नु पर्ने बता। त्यसै गरि नोर्थ लण्डनका क्षेत्रीय शभापति सूर्य नेम्वाङले नेपाली जनसम्पर्क समिति लोक गुरुंगले संस्थाभित्र अमेलमिलापको नीति लिएको बताए।

कार्यक्रममा नेपाली कांगे्रसका युवा कार्यकर्ता, सुनसरीका क्षेत्रीय उपसभापति दिपराज राई, महिला नेतृ कोपिला सुब्बा, बुद्धिजीवी राजेन्द्र सुवेदी, मीन रानाभाट, पदम दवाडी, संस्थापक महामन्त्री विकास देवकोटा, नर्थवेस्ट लण्डन क्षेत्रीय सभापति अजय राई, नेविसंघ पूर्व केन्द्रीय सदस्य युवराज सिंह, नर्थ वेस्ट लण्डनका क्षेत्रीय उपसभापतिद्वय शिव भण्डारी, बाबुराम प्रधान, मिषीकुमार गुरुङ, केन्ट कमिटीका सदस्य भीमराज राइ, क्षेत्रीय सल्लाहकार प्रताप रायमाझी, रामसुन्दर शाह, उत्तरमान लिम्बु, योजना राई, पृथ्वीराज राई, मणिकुमार गुरुङ, नर्थवेस्ट लण्डन क्षेत्रीय महासचिव आलेख चौहान, सन्तोष खरेल, सुष्मा उपे्रती, सविना उपे्रतीलगायतका कार्यकर्ताको कार्यक्रममा उपस्थिति थियो।

Popularity: 4%

Add comment January 3rd, 2012

गोर्खा आन्दोलनका लागि कार्यगत एकता

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन । गोर्खा आन्दोलनमा सक्रिय रहेका चार प्रमुख संगठनहरु कार्यगत एकता गर्न सहमत भएका छन्।

लण्डनस्थित नेपाली दूतावासमा शनिबार भेला भएका उनीहरुले गोर्खाहरुको माग सम्बोधन गराउन बेलायत सरकारलाई सबै संगठनहरु मिलेर ठुलो धक्का दिने बताए।

डा. चन्द्र लक्जम्बाले संयोजन गरेको कार्यक्रममा सहभागि ब्रिटिश गोर्खा वेलफेयर सोसाइटी (विजीडब्लुएस)का अध्यक्ष टिकेन्द्रदल देवान, संयुक्त ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (युविजीइए), युकेका संयोजक ज्ञानराज राई, नेपाल भूतपूर्व सैनिक संघ, (नेसा) युकेका अध्यक्ष केश बहादुर गुरुङ, ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बि गेसो)का कार्यबाहक सभापति सन्तोष थलङलगायतले गोर्खा आन्दोलनमा एकमत हुने बताएका हुन।

एउटै उद्धेश्य प्राप्तिका लागि गठन भएका विभिन्न संगठनहरुको आपसी सहकार्यले आन्दोलन सफल हुने उनीहरुले दाबी गरेका छन।

कार्यक्रममा बोल्दै विजीडब्लुएसका अध्यक्ष टिकेन्द्रदल देवानले सहकार्य अहिलेको आवश्यकता भएको बताए। उनले प्रमुख आन्दोलनकर्ता संगठनहरुको छिट्टै बस्ने अर्को बैठकले बृहत भेला आयोजना गरी कार्यगत एकताका सवालमा स्पष्ट पार्ने जानकारी दिए। गोर्खाहरुको मागमा आफ्नो संगठनले युरोपियन अदालतमा मुद्धा दायर गरिसकेको बताउंदै देवानले प्रभावकारी कदममा सहयोगको अपेक्षा गरे।

युबिजीइएका युके संयोजक ज्ञानराज राईले गोर्खालीहरुको समस्या समाधानका लागि जस्तोसुकै एकता गर्न तयार रहेको बताए। युबिजीइए हिजो, आज र भोलि पनि आन्दोलनको सफलताका लागि एकता गर्न तयार रहेको राइले जानकारी दिए।

संस्थाले सञ्चालन गरेको हस्ताक्षर अभियान बेलायतस्थित विभिन्न बरो काउन्सील र युनाइट दी युनियनको सहयोगी आश्वासनले पर्ख र हेरको अवस्थामा रहेको उनले बताए।

नेसा युकेका अध्यक्ष केश बहादुर गुरुङले एकता हामी सबै गोर्खालीहरुको चाहना भएकोले यसलाई छिट्टै अगाडि बढाउ आग्रह गरे। एकताप्रति प्रतिबद्ध र कटिबद्ध हुन आग्रह गर्दै गुरुङले समान पेन्सन, गोर्खा भर्ति लगायतका विषयमा सबै एकमत हुनुपर्ने बताए।

बि गेसोका कार्यवाहक अध्यक्ष सन्तोष थलङले गेसोका अध्यक्ष पदम गुरुङका कारण कार्यगत एकता हुन नसकेको बताउंदै एकताका लागि अब बाटो खुलेको दाबी गरे।

संयोजक डा. चन्द्र लक्जम्बाले आन्दोलनका घटकहरुबीचको सहमतिले उपलब्धि प्राप्ति गर्न सहज हुने बताए। उनले कार्यगत एकताका लागि बृहत आमसभा गरी छिट्टै निर्णयमा पुगिने जानकारी दिए।

सो अवसरमा उनीहरुले राजदूत डा. सुरेशचन्द्र चालीसेमार्फत नेपाल सरकारका प्रधानमन्त्रीलाई एक पटक लिइसकेको नागरिकता नखोसिदिन माग गर्दै ज्ञापन पत्र बुझाएका थिए। ज्ञापनपत्रमा देवान, राई, गुरुङ र थलङले हस्ताक्षर गरेका छन्।

ज्ञापनपत्र संबिधानसभा अध्यक्ष, संबैधानिक समितिका सभापति, मौलिक अधिकार समितिका सभापति र परराष्ट्र मन्त्रालयलाई बोधार्थ गरिएको छ।

कार्यक्रममा करीब दुइ दर्जन बढि गोर्खालीहरुको सहभागिता रहेको थियो। एकता कार्यक्रममा आन्दोलनको एक घटक गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) लाई सहभागि गराइएको थिएन।

Popularity: 4%

1 comment December 25th, 2011

पत्रकारहरुको चुनावका लागि अध्यक्ष शिव गाउंले बेलायत आउने

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत । नेपाल पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिबेशनमा अध्यक्ष शिव गाउंलेको सहभागिता हुने भएको छ।

आउंदो जनवरी १४ मा हुन गइरहको बेलायतस्थित नेपाली पत्रकारहरुको चुनावमा सहभागी हुन नेपाल पत्रकार महासंघका अध्यक्ष गाउंले आउने पक्का भएको बेलायत शाखाले जनाएको छ। ‘सम्मुनत नेपाली समाजका लागि जिम्मेवार पत्रकारिता’ भन्ने मूल नारासहित चुनावी प्रतिष्पर्धामा रहेका पत्रकारहरुलाई अध्यक्ष गाउंलेले सम्बोधन गर्नेछन्।

शाखा संयोजक नविन पोखरेलको सभापतित्वमा आइतबार बसेको बैठकले पत्रकारहरुको निर्वाचन सम्पन्न गर्नका लागि पत्रकार भागिरथ योगीको संयोजकत्वमा कानुन व्यवसायी राजु थापा र सुरेशजंग शाह सहितको निर्वाचन समिति गठन गरेको छ। यस्तै शाखामा सदस्यताका लागि परेका आवेदनमध्ये ३७ जना आवेदनकर्ताहरुको आवेदन उपर छलफल गरी सदस्यता पारित गरिएको थियो।

यस्तै निर्वाचनमा अध्यक्ष उम्मेदवारका लागि ५०, कार्यसमितिका २ उपाध्यक्ष, एक महासचिव, एक सचिव, र एक कोषाध्यक्षका लागि ३० र सदस्यहरुका लागि २० पाउण्डका दरले उम्मेदवारी शुल्क लिने निर्णय भएको थियो। शाखामा ६ जना पदाधिकारी र सातजना सदस्यहरु गरी १३ जनाको कार्यसमिति रहने छ। उनीहरुको पदावधि २ बर्षको हुनेछ। बैठकमा पत्रकार शशी पौडेलद्वारा प्रस्तुत विधान मस्यौदा उपर सामान्य छलफल भएको थियो।

सो अवसरमा पत्रकारहरु शशी पौडेल, बालमुकुन्द जोशी, बिबिसी नेपाली सेवाका भागिरथ योगी, उपसंयोजक चिरन शर्मा, सचिव नरेश खपांगी मगर, पत्रकारहरु केशव श्रेण्ठ, श्याम लुइंटेल, नारायण गाउंले, विपिन निरौला, उमेश निरौला, रमा लामिछाने, धर्मराज अधिकारीलगायत सहभागी भएका थिए।

Popularity: 4%

Add comment December 20th, 2011

ल्होछार भव्य बनाउने तमुधिको तयारी

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत । बेलायतस्थित तमु जातिहरुको सबैभन्दा ठूलो संस्था तमुधि युकेले ल्होछार भव्य मनाउन तयारी पुरा भइसकेको जनाएको छ।

आइतबार तमु भवन मिचेतमा सम्पन्न साधारणसभामा यस्तो जानकारी दिइएको हो। यहि डिसेम्बर ३० तारिख रिभरमेड लिजर कम्प्लेक्स रिडिङमा हुन गइरहेको ल्होछार विबिध सांस्कृतिका कार्यक्रम र पूजा अर्चना गरी भव्य मनाउने तमुधि अध्यक्ष मुच्छेत्र गुरुङले जानकारी दिए।

दुइ चरणमा बांडिएको साधारणसभामा पहिलो चरण ल्होछार तयारी र यसका विबिध पक्षबारे जानकारी दिइएको थियो। ल्होछार पर्वका कोअर्डिनेटर उपाध्यक्ष कमल तमु, अर्का उपाध्यक्ष सुर्जे तमु, महासचिव ज्ञाम गुरुङ लगायतले ल्होछार पूजा, सांस्कृतिक कार्यक्रम र जनसहभागिताबारे चर्चा गरेका थिए।

दोश्रो चरणको कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष मुच्छेत्र गुरुङले साधारणसभामा सहभागि भएकाहरुलाई धन्यबाद दिए। अध्यक्ष गुरुङले छैटौं कार्यसमितिको उद्धेश्यबारे रिपोर्ट पेश गरेका थिए। साधारणसभामा महासचिव ज्ञाम गुरुङले संस्थाको रिपोर्ट पेश गरेका थिए। त्यस्तै कोषाध्यक्ष दिलिप तमुले संस्थाको बाषिर्क आर्थिक प्रतिवेदन, खेलकुद सचिव क्याप्टेन र्सुयप्रकाश तमुले खेलकुद विवरण पेश गरे। सम्पति सचिव मिन तमुले तमुधि भवन निर्माण लगायत सहयोगका बारेमा महिना भरीको अपडेट प्रस्तुत गरेका थिए।

कार्यक्रममा पूर्वअध्यक्ष तथा सल्लाहकार डम्मर घलेले आजीवन सदस्य तथा बृद्धबृद्धाहरुको बेनीफिटका बारेमा जानकारी गराए। क्याप्टेन ग्यारी घलेले तमुधिका उद्धेश्यबारे प्रकाश पारेका थिए। सो अवसरमा तमु युवायुवतीहरुलाई तमु समाजका हरेक क्रियाकलापमा सहभागि बनाउने उद्धेश्यका साथ प्रकाशन गरिएको तमु मुखपत्र फ्रेंसी लोकार्पण गरिएको थियो। सल्लाहकारद्धय भक्त गुरुङ र डा. चित्र बहादुर गुरुङ लगायतले सम्पादन गरेको फ्रेंसी अध्यक्ष मुच्छेत्र गुरुङ र सल्लाहकार एवं सम्पादकीय मण्डलका प्रमुख डा. चित्र बहादुर गुरुङले संयुक्त रुपमा लोकार्पण गरे। गुरुङ पहिचान, भाषा, संस्कृति, जीवन तथा अन्य विविध पक्ष समेटीएको फ्रेंसी पत्रिकामा लण्डन शाखाको गतिविधिलाई लिएर एकछिन तातो बहस भएको थियो।

तमुहरुको फ्रेंसी पर्वका लागि नेपालबाट बेलायत आएका कलाकारहरु लोक गायक राजु गुरुङ, दोहोरी गायिका शिला आले र हास्य कलाकार जितु नेपाललाई अध्यक्ष मुच्छेत्र गुरुङले सम्मान गरेका थिए।

साधारणसभामा विभिन्न शाखाका प्रतिनिधिहरु, सल्लाहकारहरु एवं तमु विद्धानहरुको सहभागिता रहेको थियो। तमुधीको अर्को बैठक जनवरी २२ गते बस्नेछ।

Popularity: 4%

1 comment December 19th, 2011

एम्बुलेन्सका लागि म्याग्देलीको पचास लाख सहयोग

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
बेलायत । म्याग्दी जिल्लाबाट बेलायतआई बसोकास गरेकाहरुले जिल्लामा २ वटा एम्बुलेन्स सहयोग गर्नका लागि करीब पचास लाख रुपैंया संकलन गरेका छन्।

म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेलायतले शनिबार फार्नबरोस्थित ओकफार्म कम्युनीटि स्कुलमा गरेको च्यारीटि कार्यक्रममा एम्बुलेन्स प्रोजेक्टका लागि करीब ५० लाख रकम संकलन भएको जानकारी दिइएको थियो।

विशेष गरी म्याग्दीको विकासका लागि म्याग्देलीहरुले नै सहयोग गरेका थिए। म्याग्दी जिल्लाभरीबाट बेलायत आएका तीन सयबढिको सहभागिता रहेको कार्यक्रममा धेरै म्याग्दीबासीहरुले दिल खोलेर सहयोग गरे।

मोनाका अध्यक्ष योग कुमार फगामीको सभापतित्वमा भएको च्यारीटि डिनर कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालीसे गरेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै राजदूत चालीसेले जिल्लाका लागि म्याग्देलीहरुको अपार सहयोग रहेको बताए। जिल्लाका हरेक विकास निर्माणका क्रममा प्रवासी नेपालीहरुको सहयोग रहेको बताउंदै चालीसेले यस्तो मानविय र पवित्र कार्य गर्ने मोना युकेलाई धन्यवाद दिए।

च्यारीटि डिनरको आकर्षन रहेका रसमोर बरो काउन्सीलका मेयर एलेक्स क्राउफोर्डले म्याग्देलीहरुको साहसमाथि इटा थपे। कार्यक्रममा बोल्दै क्राउफोर्डले भने म तपाईहरुको खुशीमा मेरो खुशी साट्न चाहन्छु। आफू मेयर भएपछि रसमोर क्षेत्रका नेपालीहरुको सेवामा धेरै सक्रिए रहेको जनाएका क्राउफोर्डले कार्यक्रममा एम्बुलेन्स प्रोजेक्टका लागि करीब चालीस हजार नेपाली रुपैंया सहयोगको घोषणा गरे। अर्को बर्ष श्रीमतीसहित नेपाल भ्रमण गर्ने सोच बनाएका उनले म्याग्दी गएर एम्बुलेन्स हेर्ने चाहना रहेको बताए। यो पवित्र कार्यमा सहयोग गर्न पाउंदा खुशी लागेको बताउंदै एलेक्सले गोर्खाली परिवारको सहयोगका लागि सरमोर क्षेत्रमा करीब एक करोड पचास लाख पाउण्ड विनियोजन गरीएको जानकारी दिए।

एनआरएन युकेका अध्यक्ष कुल आचार्यले प्रवासी नेपालीहरु बाध्यतएको बताए। उनले बिदेशी भूमिबाट स्वदेशको गुण तिर्ने प्रयासप्रति सह्राना व्यक्त गरे। आचार्यले यस्तो मानवीय काममा मनोबल बढाउन सबैसंग आग्रह गरे।

एम्बुलेन्स प्रोजेक्टका लागि करीब पाचास हजार बढि सहयोग गर्ने नेपालीहरुलाई राजदूत डा सुरेशचन्द्र चालीसे, एनआरएन युकेका अध्यक्ष कुल आचार्य, मेयर एलेक्स र अध्यक्ष फगामीले सम्मान गरेका थिए। दानबीर म्याग्देलीहरुको सहभागिता रहेको च्यारीटिमा करीब तीसभन्दा बढि व्यवसायी तथा गोर्खालीहरुले जनही एकलाख रुपैंया सहयोग गरेका थिए। म्याग्दीको विकासका लागि म्याग्देलीहरु नै भन्ने पवित्र भावना रहेका म्याग्दीवासीहरुले एकलाख पचास हजारसम्म सहयोग दिए।

कार्यक्रम संयोजक एवं मोनाका सल्लाहकार दुत पुनले म्याग्दी हामी सबैको भएकोले अझ धेरै सहयोग गर्ने चाहना रहेको बताए। धन, मन, साहस र रुप भएकालाई सहयोग गर्न आग्रह गर्दै उनले सहयोगीहरुप्रति आभार प्रकट गरे।

मोनाका संरक्षक लिलामान शेरपुञ्जाले बेलायतमा रहेपनि म्याग्दीका प्रतेक गाविस स्मरणीय रहेको जनाए। उनले जिल्लाका गरीव जनतालाई राहात दिने चाहना छिट्टै पुरा हुन लागेको बताए।

कार्यक्रममा उपाध्यक्ष कमल पुर्जाले एम्बुलेन्स प्रोजेक्ट राम्रोभए पनि धेरै कठिनाइ भएको बताए। नेपालीको नाताले नेपालीलाई सहयोग गर्नुपर्ने बताउंदै पुर्जाले नेपाल सरकारले पनि यसलाई साथ दिनुपर्ने आशय व्यक्त गरे।

कार्यक्रममा मगर संघ युकेका अध्यक्ष मेजर रिटायर्ड कुल बहादुर थापाले म्याग्दीबाट बेलायती सेनामा भर्खरै प्रमोशन पाएका तथा बहादुरी कमाएकाहरुलाई सम्मान गरेका थिए।

सहयोगको एम्बुलेन्स एकचालीस गाविस रहेको म्याग्दीका दुर्गम गाउं दरभाङ र भुरुङ तातापानी गाविसमा रहने छ। एम्बुलेन्सको मर्मत संभारका लागि अक्षयकोष खडा गरिने मोनाले जनाएको छ। एम्बुलेन्सको अन्य जिम्मा भने रेडक्रसलाई दिने अध्यक्ष फगामीले जानकारी दिए।

कार्यक्रममा संस्थापक संयोजक प्रवेश केसी, तेज प्रकाश पुन, निल पुनलगायतले मन्तव्य दिएका थिए। सचिव भिम पुनले कार्यक्रम अवधिभर स्टेज सम्हालेका थिए भने प्रियंका पुन, कुसुम फगामी तथा मिरा फगामी, तेज राम्जाली लगायतले उनलाई साथ दिए। कार्यक्रमको अन्त्यमा स्थानीय कलाकारहरुले नाच गान गरी रमाइलो गरेका थिए।

Popularity: 4%

Add comment December 19th, 2011

अप्ठेरोको साथी हाइली ट्रष्टेड कलेज

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लन्डन । बेलायत सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीका हकमा केही वर्षयता बारम्बार ल्याइरहेको ‘कष्टकर’ नियमले धेरै अन्तर्राष्ट्रिय विद्यार्थी मारमा छन्। नयाँ परिवर्तित नियमले असहज स्थिति सृजना गर्दै लगेको छ। धेरैमा आफ्नो शैक्षिक भविष्यबारे अन्यौलता पनि थपिएको छ। यो प्रताड्नाबाट नेपाली विद्यार्थी पनि अछुतो छैनन्।

नयाँ कष्टकर नियम आइसकेपछि त्यसलाई सामना गर्नुको विकल्प रहेन। जो उच्च शिक्षा लिने, केही नयाँ कुरा सिक्ने वा अनुभव लिने अभिलाषाले बेलायत आएका छन्, तिनीहरुका लागि सम्भावनाको ढोका अझै खुल्ला छ। हो, कमाउने सुरमा मात्र बेलायत भासिनेका लागि अब दिन सुनौलो रहेन तर बेलायतको डिग्री साथमा बोकेर स्वदेश फर्कंदा आफ्नो करिअर बन्ने वा अन्य मुलुक जान इच्छा भए त्यो बाटो पनि खुल्ला हुने सोच भएका विद्यार्थी अझै आत्तिनुपर्ने अवस्था छैन। बेलायत सरकारलाई अध्ययनमा दृढ संकल्प हुने जेहन्दार र तेज विद्यार्थी अझै पनि खांचो छ।

वर्तमान असहज परिस्थितिमा धेरै निजी कलेजहरु बन्द हुने अवस्थामा पुगेको तीतो यथार्थता हामी सामू छ। प्राय गरि ‘ए’ र ‘बी’ रेटेड निजी कलेजहरुको भविष्य अन्धकार छ, कति बन्द भइरहेका छन् भने बन्द हुने ‘लिष्ट’ मा धेरै छन्।

यस्तो अवस्थामा आफ्नो अध्ययनलाई निरन्तरता दिन हाइली ट्रष्टेड कलेज नै उपयुक्त विकल्प बन्न सक्छ। तर, हाइली ट्रष्टेडको खोजीमा कहाँ जाने? महंगो पो छन् कि? ‘रिक्वायरमेन्ट’ नपुग्ने हो जस्ता अनेक जिज्ञासा विद्यार्थीमा आउनु स्वभाविकै हो । यसमा चिन्तित हुनुपर्दैन् । अहिलेको अप्ठेरोका बेला सहयोग गर्न हाइली ट्रष्टेड साउथ लन्डन कलेज लालयित रहेको उसले जनाएको छ अर्थात विद्यार्थीको अप्ठेरोको साथी बन्न तयार देखिन्छ सो कलेज। अध्ययनको महत्वकांक्षा छ तर नयाँ नियम, साथीभाईले कलेजबारे सुनाउने विविध भ्रम र तनावले आक्रान्त भएको अवस्था छ भने साउथ लन्डन कलेजले आत्मादेखि नै विद्यार्थीको पठनपाठनमा सहयोग गर्ने वचन दिएको छ । कलेज प्रशासनकै शव्दमा ऊ जेहेन्दार, इमान्दार र अध्ययनमा दत्तचित्त भएर लाग्ने विद्यार्थीलाई हरदम सहयोग गर्न आतुर छ।

सन् २००६ मा स्वास्थसंग सम्बन्धित कोर्सहरु पढाउने परिकल्पनासहित सन् २००७ मा साउथ इष्ट लन्डनमा खुलेको साउथ लन्डन कलेज (एसएलसी) ले सन् २००८ मा विजनेश, आइटी र अंग्रेजी कोर्सहरु शुरु गर्‍यो । सन् २००९ मा साउथ लन्डन विजनेश अवार्डस कार्यक्रममा ‘फाइनलिष्ट’ सम्म पुगेको सो कलेजसंग त्यतिबेला केवल ३ सय विद्यार्थी थिए। गुणस्तरिय शिक्षा, यथेष्ट भौतिक पूर्वाधारहरु, आधुनिक शैक्षिक प्रणाली आत्मासात गर्दै कलेज सन् २०१० मा ‘हाइली ट्रष्टेड कलेज’ सूचीमा दरियो भने साउथ लन्डन विजनेश अवार्डस्मा पुनः छानियो। अहिले ‘क्यूएए’ मान्यता लिन लागिपरेको सो कलेजको निवेदन ‘क्यूएए’ ले स्वीकार गरिसकेको छ।

यसमा हाल १५ सय अन्तर्राष्ट्रिय विद्यार्थी अध्ययनरत छन् । सन् २०१२ को प्रारम्भसम्म २ हजार विद्यार्थी पुर्‍याउने कलेजको लक्ष्य छ।

‘निजी कलेजहरुको भविष्य अन्यौलतर्फ लागिरहंदा हामी विद्यार्थीलाई विश्वस्त दिलाउन चाहन्छौं कि यहाँ गुणस्तरिय शिक्षा र विद्यार्थीहरुको शैक्षिक भविष्य सुरक्षित छ’-एसएलसीका प्रिन्सिपल निक एन्डि्रयूज भन्छन्-’अहिलेको प्रतिष्पर्धात्मक विश्वमा विद्यार्थीको ज्ञान, सिप अभिवृद्धिका लागि अध्यापन र प्रशिक्षणमा कुनै सम्झौता नगर्ने दृढता हाम्रो छ। हामी मात्र चाहन्छौं वास्तविक विद्यार्थी।’

इजी एक्सेस्, सस्तो फि, अनुभवी कर्मचारी र प्राध्यापकहरु, आधुनिक र व्यवस्थित लेक्चर कोठा, आइटी सुविधा, पुस्तकालय आदि भएका कारण विद्यार्थी लाभान्वित हुन सक्ने प्रशासनको दावी छ। कलेज उलवीचस्थित गोर्डन स्क्वायरमा प्रिमियम विश्वविद्यालय स्ट्यार्ण्र्डडको सानदार भवनमा सर्दैछ जहाँ रेल र डिएलआर सुविधा छन्। कलेज प्रशासनले यतिखेर इयू र स्थानीय विद्यार्थी भर्नामा जोड दिइरहेको जनाउंदै सन् २०१३ सम्म कम्तीमा ५०० त्यस्ता विद्यार्थी लिने योजना बनाइरहेको जनाएको छ।

कलेजले विजनेश स्टडीतर्फविजनेश म्यानेजमेन्ट (लेभल ४-६), ट्राभल टुरिजम एण्ड हस्पिटालिटी (लेभल ४-६), डिप्लोमा इन लिडरसिप एण्ड म्यानेजमेन्ट (लेभल ४-५), डिप्लोमा इन विजनेश म्यानेजमेन्ट (लेभल ७), आइटी एण्ड कम्युनिकेशन स्टडीतर्फहायर एजुकेशन क्वालिफिकेशन्स् इन आइटी (लेभल ४-६), म्यानेजमेन्ट अफ इन्फर्मेशन सिस्टम्स् (लेभल ४-६), एसीसीए, बीबीए, एमबीए र अंग्रेजी कोर्स उपलब्ध गराइरहेको छ। हेल्थ एण्ड सोसियल वेलफेयर तर्फ कम्प्लीमेन्ट्री मेडिसिन (थेरापिज-लेभल ३), डेन्टल नर्सिङ (लेभल ३), हेल्थ एण्ड सोसियल केयर (लेभल ३), फामेर्सीसर्भिसेस् (लेभल ३), हायर प्रोफेशनल डिप्लोमा इन हेल्थ एण्ड वेल विइङ (लेभल ४) र एक्सटेन्डेन्ड पिजिडी इन लिडरसीप एण्ड म्यानेजमेन्ट इन द हेल्थ एण्ड सोसियल केयर सेक्टर छन।

विद्यार्थी पहिलो प्राथमिकता,सरोकारवाला संस्थाहरुसंगको समन्वय र नीति नियमको परिपालना, सुधारमा निरन्तरता, विश्वव्यापी दृष्टिकोण र लगानीको सही प्रतिफल कलेजका केन्द्रिय सिद्धान्त छन्।

सो कलेजले अन्य विश्वविद्यालय जस्तै लन्डन मेट्रोपोलिटन, मिडलसेक्स् र बक्स् न्यू युनिभर्सिटीसंग साझेदारीमा काम गरिसकेको छ भने आगामी ५/७ वर्षभित्र डिग्री अवार्डिङ दिने अधिकार लिन वा विश्वविद्यालय कलेज स्ट्याटस बनाउन जोड
दिइरहेको पनि जनाएको छ।

Popularity: 4%

Add comment December 11th, 2011

तनहुं खैरेनी सेराटार सेरोफेरो समाज गठन

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन, १० डिसेम्बर । तनहुं जिल्लाको खैरेनी सेराटार र यस आसपासबाट बेलायत आइ बसोबास गरेकाहरुले तनहुं खैरेनी सेराटार सेरोफेरो समाज गठन गरेका छन्।

शनिबार साउथलण्डनस्थित प्लमस्टिडमा भेला भएका त्यस क्षेत्रवरपरका मानिसहरुले रत्न बहादुर गुरुङको अध्यक्षतामा एक कार्यकारिणी समिति चयन गरे।

समितिको उपाध्यक्षमा चुन बहादुर गुरुङ, सचिवमा राजेन्द्र राना, सहसचिवमा सुस्मिता गुरुङ र कोषाध्यक्षमा निर्मला लामा चयन भएका छन । सदस्यहरु भने कार्यसमतिको आपसी परामर्श पछि चयन गरीने जनाइएको छ । त्यस्तै समाजले मोहन गुरुङ, कुल बहादुर थापा र लेफि्टनेन्ट किसन गुरुङलाई सल्लाहकारमा छनौट गरेको छ।

तनहुं खैरेनी सेरोफोरोबाट आइ बेलायतमा बसोबास गरीरहेकाहरुले संस्थाको आवश्यकता महशुस गरी समाजको स्थापना गरेका हुन । कार्यक्रमको संयोजन गरेका समाजसेवी मोहन गुरुङले आफ्नो गृहक्षेत्रमा सहयोग गर्ने उदेश्यले समाजको स्थापना गरीएको बताए । थोरै थोरै भएपनि रकम जम्मा गरेर जिल्लाका सामाजिक कार्यमा थोरै भएपनि सहयोग गर्न सकिने गुरुङले बताए।

नयां कार्यसमतिका सदस्यहरुलाई बृद्धा नागरिकद्धय महारानी (रामकुमारी) गुरुङ र लालधरा गुरुङले खादा मालाले सम्मान गरेका थिए । त्यस्तै बृद्ध नागरिक लालाकाजी गुरुङले सल्लाहकारहरुलाई सम्मान गरे । समाजका अध्यक्ष रत्न बहादुर गुरुङले तनहुं खैरेनी सेराटार सेरोफेरोबाट ग्रयाजुयसन गर्ने युवतीद्धय प्रनी गुरुङ, सल्सा गुरुङ र कार्यक्रममा सहभागि भएका डा. आनन्द गुरुङलाई सम्मान गरेका थिए।

कमला रानाद्धारा सञ्चालीत कार्यक्रममा स्थानीय कलाकारहरुले नाच गान गरी रौनकता थपेका थिए । समाजका प्रविण गुरुङले आंखाको निद खोसी लाने बोलको गित गाए । कलाकारहरु सुस्मिता गुरुङ, सलोनी रञ्जितकार र रुची गुरुङले विभिन्न गितका नृत्य गरेका थिए । कार्यक्रममा रुचीले अंग्रेजी गित पनि गाएकी थिइन । सो अवसरमा उपस्थित भएका करीक ६ दर्जन बढि सहभागिहरुलाई डिजे सुनील श्रेठले रात १२ बजेसम्म नचाएका थिए।

Popularity: 4%

Add comment December 11th, 2011

अपांगका सहयोगका बेलायतमा च्यारिटी कार्यक्रम सम्पन्न

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
प्लमस्टिड लण्डन । सेवा नै धर्म हो भन्ने भावनाले स्थापना भएको गुल्मी सेवा समाज युकेले अपांगहरुको सहयोगार्थ च्यारीटि डिनर कार्यक्रमको आयोजना गर्‍यो।

जिल्लाका हरेक सामाजिक कार्यमा सहयोग गर्दै आएको समाजले विश्व अपांगता दिवसका अवसरमा कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदूत डा. शुरेसचन्द्र चालीसे, एन आर एन युकेका अध्यक्ष कुल आचार्य, समाजका अध्यक्ष ओम प्रसाद थापा र आशा अपांग केन्द्रक नेपालकी अध्यक्ष गंगा रायमाझीले संयुक्त रुपमा गरेका थिए।

प्लमस्टिडस्थित एशियन कम्युनीटि हलमा आइतबार सम्पन्न कार्यक्रममा बोल्दै बेलायतका लागि नेपाली राजदूत डा. सुरेशचन्द्र चालीसेले प्रजातन्त्रप्राप्ति पछिका सरकारहरुले अपांगताका क्षेत्रमा केही उदार भावना लिएको बताए। समाजसेवा गर्नु मानव धर्म भएको जानकारी दिंदै चालीसेले गुल्मी जिल्ला समाजबाट भएका सह्रानीय कार्यहरुको प्रशंसा गरे। बेलायतमा रहेका विभिन्न जिल्लाबाट आउनुभएका नेपालीहरुमा पनि यस्तै प्रेरणा जागे समस्यामा परेका नेपालीहरुले केही राहात पाउने चालीसेले बताए।

एन आर एन युकेका अध्यक्ष कुल आचार्यले महापुराण, सप्ताह, महायज्ञ लगाउनुको मर्म आखिर धर्म गर्नु नै भएकोले यस्तो पुण्य काममा सेवा गर्दा धर्म मिल्ने बताए। आचार्यले समाजलाई यस्तो पुण्य काम गर्न सफल भएकोमा धन्यबाद दिए।

कार्यक्रममा आशा अपांग केन्द्र नेपालकी अध्यक्ष गंगा रायमाझीले बृत्तचित्र मार्फत केन्द्रका गतिविध प्रदर्शन गरेकी थिइन्। उनले गुल्मी सेवा समाजले गरेको उदाहरणीय कार्यको प्रशंसा गर्दै यो सहयोग अपांगहरुको हितमा खर्च गरिने जानकारी दिइन्।

बेलायतस्थित प्रतिष्ठित व्यवसायी, पेशाकर्मी तथा विद्यार्थीहरुले खचाखच भरीएको कार्यक्रममा स्थानीय कलाकारहरुले गीत, नृत्य तथा कविता बाचन गरी सहभागिहरुलाई मनोरञ्जन दिएका थिए। गायिकाहरु शर्मिला बर्देवा, सितु खरेल, सिता तिमल्सिना, गायक विवेक श्रेष्ठ, गंगा थापा लगायतले मधुर स्वरमा गीतहरु गाए। त्यस्तै स साना कलाकारहरुले विभिन्न गीतमा नृत्य देखाएका थिए । बृद्ध गोर्खालीद्धय चक्र राना र चुन बहादुर पुनले कोमेडी मञ्चन गरे। हलभित्र पञ्चेवाजासंगै दोहारी घन्किएको थियो।

दुइ चरणमा बांडिएको कार्यक्रमको पहिलो भाग विनोद ज्ञावलीले सम्हाले भने दोश्रो चरणमा उषा भट्ट र ओम गुरुङले हलमा रौनकता थपेका थिए।

संस्थाका अध्यक्ष ओम थापाले चन्दादाता तथा सहयोगी सबैप्रति आभार प्रकट गरे। कार्यक्रममा उपाध्यक्षद्धय मोती भण्डारी र दुर्गा पाण्डेले पनि मन्तव्य व्यक्त गरेका थिए। विज्ञापनदाताहरुको नाम वाचन गर्दै यादव भण्डारीले सबैप्रति आभार प्रकट गरे।

विशेष तामझामका साथ गरिएको च्यारीटि कार्यक्रममा प्रमुख अतिथि राजदुत डा. शुरेसचन्द्र चालीसेलाई गुल्मी समाजको पञ्चेवाजाले स्वागत गर्दै हलप्रबेश गराइएको थियो।

कार्यक्रम सफल बनाउन बेलायतस्थित नेपाली व्यवसायी तथा चन्दादाताहरु मसला मार्ट, कम्युनीका ग्रुप, दिनेश गौतम, भण्डारी ब्रदर्श तथा एभरेष्टइन परिवार, होलीकाउ रेष्टुरेण्ट, नेपाली टेलिभिजन लगायतले सहयोग गरेका थिए। प्लाटिनम स्पोन्सरका तर्फबाट बोल्दै मसलामार्टका प्रमुख कार्यकारी निर्देशक नरेन्द्र कंडेलले पुण्य काममा सहयोग गर्न पाउंदा खुशी लागेको बताए । कंडेलले मसला मार्ट सामुहिक लागनीको परिकल्पना अनुरुप स्थापना गरीएको जानकारी दिए। कार्यक्रममा सहभागीहरुले रारा रेष्टुरेण्टबाट ल्याइएका मिठा मिठा नेपाली परिकारहरुको स्वाद लिएका थिए।

चन्न्दादाता महानुभावहरुलाई राजदूत डा. चालीसे, एन आर एन अध्यक्ष आचार्य, आशा अपांग केन्द्रकी गंगा रायमाझी, समाजका सल्लाहकार फत्त थापा, प्लाटिनम स्पोन्सरका तर्फबाट नरेन्द्र कंडेल, अध्यक्ष ओम थापा लगायतले सम्मान तथा प्रमाणपत्र वितरण गरेका थिए।

सो अवसरमा एन आर एन युकेका पदाधिकारीहरु, पुर्व अध्यक्षद्धय सुर्य गुरुङ र डम्मर घले, समाजसेवी डा राघ धिताल, नेपाली टेलिभिजनका सि इ ओ मोहन गुरुङ, डाइरेक्टर पशुपति भण्डारी, बालजंग अर्याल लगायत करीब ६ सय भन्दा बढिको सहभागिता रहेको थियो।

Popularity: 4%

Add comment December 5th, 2011

गोर्खा आन्दोलनलाई ‘युनाईट दी युनियन’ले सहयोग गर्ने

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
ब्राईटन, २७ नोभेम्बर । बेलायती समकक्षी सरह समान पेन्सन लगायतका माग गर्दै हस्ताक्षर अभियानमा जुटेको युनाइटेड व्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (युविजीइए) लाई बेलायतस्थित ‘युनाइट दी युनीयन’ले साथ दिने भएको छ।

करीब १७ लाख बढि सदस्य भएको ‘युनाइट दी युनीयन’ बेलायती ‘सिभिलियन’ कर्मचारीहको दोश्रो ठूलो संगठन हो। युनियनले भावी कार्यदिशाका बारेमा छलफल गर्न आयोजना गरेको वार्षिक पत्रकार सम्मेलनमा युविजीइएलाई आमन्त्रण गरेको थियो। ब्राइटनस्थित होटल हिल्टनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै युविजीइएका महासचिव दिपक मास्केले बेलायती सरकारको विभेदकारी नीतिका विरोधमा आफूहरु हस्ताक्षर अभियानमा जुटेको बताए।

गोर्खालीहरुका जायज मागलाई बेलायती सरकारले सम्बोधन नगरेको गुनासो गर्दै मास्केले सरकारको ध्यनाकर्षण गराउन पनि युनियनको साथ आवश्यक भएको औंल्याए। मास्केले गोर्खा सैनिकलाई क्षतिपूर्ति सहित समान पेन्सन, विधवाहरुको अधिकार लगायत आधा दर्जन बढि मागहरु रहेको जानकारी दिएका थिए।

सम्मेलनपछि सहभागि गोर्खाहलाई आश्वस्त पार्दै ‘युनाइट दी युनीयन’का राष्ट्रिय संयोजक माइक म्याक्कार्ट्नीले युविजीइएले सञ्चालन गरेको हस्ताक्षर अभियानलाई आफूले सक्दो सहयोग गर्ने वचन दिए।

विभिन्न आन्दोलनमा सहभागी भई सेवा पुर्‍याएबापत प्राप्त मेडल तथा गोर्खा हृयाटमा सजिएका गोर्खाली योद्धाहरुलाई युनियनले भव्य स्वागत गरेको थियो। गोर्खालीहरुको सम्मानमा उनीहरुले एक मिनेटसम्म उठेर ताली बजाई स्वागत गरेका थिए।

आइतबारदेखि एक हप्तासम्म चल्ने सम्मेलनमा बेलायत, अमेरीका, क्यानडा, अष्ट्रेलीया, क्युबा, भेनेजुयला लगायत देशका प्रतिनिधि, बेलायती गृह मन्त्रालय तथा सरकारी क्षेत्रमा क्रियाशिल ट्रेड युनीयन, तथा विभिन्न मानवअधिकारवादी संस्थाहरुको सहभागिता रहेको थियो। सम्मेलनमा युविजीइएका अध्यक्ष प्रेम राई, संयोजक ज्ञानराज राई, महासचिव मास्के, कोषाध्यक्ष मान बहादुर थापा, धन घले, रामकृष्ण राई, कृष्ण हाम्बे, सनमायां गुरुङ लगायत करीब दुई दर्जनबढि सहभागी भएका थिए।

गोर्खालीका माग सम्बोधन गराउन एकलाख बढि हस्ताक्षर संकलन गराई बेलायती संसदमा बहस चलाउने उदेश्यका साथ गोर्खा आन्दोलनको एक घटक हस्ताक्षर अभियानका लागेको हो। अहिलेसम्म भौतिक तथा अनलाईन गरी करीब ७५ हजार हस्ताक्षर संकलन भइसकेको युविजीइएले जनाएको छ।

अभियानलाई साथ दिन www.epetitions.direct.gov.uk/petitions/10609 मा लगअन गरी हस्ताक्षर गर्न युविजीइएले सबैमा आह्वान गरेको छ।

Popularity: 4%

1 comment November 28th, 2011

विश्व साइकलयात्री सौरब लण्डनमा सम्मानित

एचकेनेपाल डट कम संवाददाता-
लण्डन, ५ मंसिर । गैरआवासीय नेपाली सघं (एनआरएन) युकेले विश्व साइकलयात्री शौरभ दाहाललाई आइतवार लण्डनमा सम्मान गरेको छ।

दाहाललाई एनआरएन अध्यक्ष कुल आचार्यले खादा लगाएर सम्मान गरेका हुन्। आचार्यले सम्मान गर्दै यात्री दाहालको यात्रामा सहयोग गर्ने बाचा गरे। कार्यक्रममा दाहालले आफ्नो यात्राको क्रमको अनुभव सुनाएका थिए। दाहालले यात्राको क्रममा उठेको रकम नेपालका वालबालिकाहरुलाई सहयोग गर्ने बताए।

कार्यक्रममा गैरआवासीय नेपाली सघंका केन्द्रिय उपाध्यक्ष हितमान गुरुङ, प्रबक्ता डा. हेमराज शर्मा, युरोप उपसंयोजक लक्ष्य बहादुर गुरुङ, आइसीसी सदस्य विश्वआदर्श पंडितलगायत एनआरएन यूकेका पदाधिकारीहरुको उपस्थिती थियो।

Popularity: 5%

Add comment November 21st, 2011

गोर्खाकी सुन्दरी गौमायां ‘मिस युके नेपाल’ २०११

धर्मराज अधिकारी /एचकेनेपाल डट कम -
अल्डरसोट, २१ नोभेम्बर । बेलायतमा सम्पन्न मिस युके नेपाल २०११ को उपाधि गोर्खाकी सुन्दरी गौ माया गुरुङले हात पारेकी छिन्।


तस्वीरः मिलन तमु, युके /एचकेनेपाल डट कम

सहभागी १० जना सुन्दरीहरुलाई पछि पार्दै गौमायांले सो उपाधि हात पारेकी हुन्। इभेन्ट्स एण्ड आइडियाज प्रोडक्सनले शनिबार अल्डरसोटस्थित प्रिन्सेस हलमा आयोजना गरेको सुन्दरी प्रतियोगितामा काठमाडौंकी प्रज्ञा श्रेष्ठ फष्ट रन अप भइन्। त्यस्तै, पोखराकी निलम गुरुङले सेकेण्ड रनर अपको उपाधी जितिन।

उपाधिसंगै विजेता र रनर अपद्धयले क्रमश आठ सय, पांच सय र तिन सय पाउण्डसंगै ट्रफी हात पारे। विजेता गौमायां मिस ट्यालेण्ट र मिस पर्सनालीटि पनि हुन्। फष्ट रनर अप प्रज्ञाले मिस क्याटवाकको उपाधि पाइन्। सेकेण्ड रनर अप निलम गुरुङ मिस फोटो जेनिक भइन्। उनीहरुलाई क्रमश मिस युके नेपाल २०१० कि विजेता नविना, फष्ट रनर अप श्रद्धा शिला र सेकेण्ड रनर अप मोनिकाले ताज पहिर्‍याइदिएका थिए।

प्रतियोगितामा श्रद्धा खवास मिस वेष्ट फिगर र मिस पब्लिक च्वाइसमा परिन्। सहभागी सुन्दरी मध्य पोखराकी आशा गुरुङ, गोर्खाकी विजया गुरुङ, चितवनकी सानु गुरुङ, झापाकी श्रद्धा खवास र बुटवलकी निन्जा भट्ट फाइनलमा पुग्न सकेनन्। गोर्खाकी सुन्दरी गौमाया गुरुङ, बुटवलकी मिना कवार, काठमाडौंकी प्रज्ञा श्रेष्ठ, गोर्खाकी ब्रिषणा गुरुङ र पोखराकी निलम गुरुङ फाइनलमा पुगेका थिए।

फाइनल राउण्डमा पुगेका पांच जना प्रतिष्पर्धीलाई मुख्य निर्णायक विविसी नेपाली सेवाका सुमन खरेलको प्रश्नले मिस युके नेपाल २०११ कि विजेता घोषणा गरेको थियो। नेपाली पर्व दर्शै र तिहार मध्य एक रोज्नुपर्दा कुन रोज्नुहुन्छ भन्ने खरेलको प्रश्नमा गौमायाले पशुबध गर्ने दशैं भन्दा उज्यालो पर्व तिहार मनपर्ने बताएकी थिइन्। खरेलसंगै निर्णायक मण्डलमा रेडिङ नेपाली समाजका अध्यक्ष महेश गुरुङ, पूर्व हङकङ ट्यालेण्ट सुस्मिता गुरुङ, व्यवसायी यादव भण्डारी, सञ्चारकर्मी योगराज राई, डिजाइनर मिनषा डंगोल श्रेष्ठ र समाजसेवी शशी थापा सुब्बा रहेका थिए।

सहभागी सुन्दरीहरुको परिचयात्मक कार्यक्रमपछि लण्डन फेसन हाउसको पहिरनमा उनीहरु स्टेजमा उत्रिएका थिए। साडी, प्रश्नोत्तर, इभिनिङ राउण्ड हुंदै सहभागीहरु फाइनल राउण्डमा पुग्दा ५ जनामा सिमित भए।

लण्डनस्थित नेपाली राजदूत डा. सुररेशचन्द्र चालिसेले उद्घाटन गर्नुभएको कार्यक्रममा एनआरएन युकेका अध्यक्ष कुल आचार्य, निवर्तमान अध्यक्ष सुर्य गुरुङ, पूर्वअध्यक्ष डम्मर घले, तमुधी युकेका अध्यक्ष मुच्छेत्र गुरुङ, संस्थापक अध्यक्ष मिन गुरुङ, नेपाली टेलिभिजनका प्रमुख कार्यकारी निर्देशक मोहन गुरुङ, क्याटका अध्यक्ष हिमाल गुरुङलगायत बेलायतस्थित नेपालीहरुको बाक्लो सहभागिता रहेको थियो।

उपाधि विजेताहरुलाई लण्डनस्थित नेपाली राजदूत डा सुरेशचन्द्र चालिसेले प्रशंसापत्र वितरण गरेका थिए। मिस युके नेपाल इभेन्ट्स एण्ड आइडियाज प्रोडक्सनको दोश्रो प्रश्तुती हो। संस्थाकी प्रमुख शान्ति गुरुङले २०१० मा पहिलो पटक मिस युके नेपाल आयोजना गरेकी थिइन्। समाजसेवी नन्द कुमारी गुरुङको सहयोगमा नारी जागरणका लागि शान्तिले यस्तो कार्यक्रम आयोजना गरेकी हुन्। कार्यक्रम सफल बनाउन लण्डनस्थित नेपाली व्यवसायीहरुले सहयोग गरेका थिए।

कार्यक्रममा नेपालबाट आएका गायक राजेश पायल राइ तथा स्थानीय कलाकारहरुले नेपाली, अंग्रेजी तथा हिन्दी गीतमा नाच गान गर्दै मनोरञ्जन दिएका थिए।

थप तस्वीरहरूः

Popularity: 5%

Add comment November 21st, 2011

यती निर्वाचन घोषणा

अनुज उप्रेती / एचकेनेपाल डट कम-
लण्डन, यती नेपाली यसोसिएसन यूकेको २६औं कार्यकारिणी समितिको निर्वाचन घोषणा भएको छ। स्थानीय वेष्ट लण्डनस्थित मोन्टिज रेष्टुर्रण्ट साउथइलिग आइतबार बसेको वर्तमान २५औं आन्तरिम कार्यसमितिको बैठकले संस्थाको निष्पक्ष निर्वाचन सम्पन्नका लागि मानबअधिकारकर्मी कृष्ण उपाध्यायको अध्यक्षतामा संचारकर्मी आशिष पन्थ सचिव र नेपाली साहित्य विकास परिषद युकेका उपाध्यक्ष क्यापटेन आरएस श्रेष्ठ सदस्य रहेको एक तीन सदस्यीय निर्वाचन समिती गठन गरेको छ।

यती सचिवालयले दिएको जानकारी अनुसार हालसम्मका संस्थागत जानकारी जनसमाजलाई दिनका लागि आगामी २७ आइतबारका दिन दार्जिलिङ इन्न रेष्टुरेण्ट 468-470 Lady Margaret Road Southall, Middex-UB1 2NW मा दिउँसो ठीक १२:३० बजे पत्रकार सम्मेलन हुने भएकोले यहाँस्थित सम्पूर्ण पत्रकारहरुलाई उपस्थितिलको लागि बैठकले आह्वान पनि गरेको छ।

यसैगरी आगामी ८ जनवरी २०१२ आइतबारका दिन साधारण सभा बोलाउने निर्णय भएको छ साथै संस्थाको सदस्यता नवीकरण तथा नयाँ सदस्यता ग्रहण गरिसक्नु पर्ने मिति १५ जनवरी २०१२ सम्मको अन्तिम समय तोकिएको छ। साधारणसभामा भाग लिनको लागि ८ जनवरीभित्र सदस्य भैसक्नु पर्ने छ र सदस्यता शूल्क वार्षिक £५ मात्र कायम गरिएको छ।

यस्तै, २६ औ कार्यसमितिको निर्वाचन २९ जनवरी आइतबारका दिन सम्पन्न गरिने भएको छ। निर्वाचन सम्वन्धी तालिकापछि निर्वाचन समितीले प्रकाशन गर्ने छ।

संस्थाको प्रबक्तामा कर्यकरिणि सदस्य शशिधर नेपाललाई तोकिएको छ यसैगरी संस्थाका उपाध्यक्ष मदन थापाको अध्यक्षतामा सचिब सुरेश जंग शाह,
कोषाध्यक्ष बिजय थापा र सहसचिब बसन्त रायक्षेत्री र दौलत राइ रहेको ५ सदस्यीय प्रकाशन बोर्ड पनि गठन गरिएको छ। सुरेश जंग शाहको प्रधान सम्पादकत्वमा यती पत्र स्वर्ण स्मरिका छिट्टै प्रकाशित हुने छ।

सन् १९६० मा स्थापना भएको यती नेपाली यसोसिएसन यूके र त्यसै बेलादेखि प्रकाशन सुरु भएको यतीपत्र दुवैले हाल ५१ बर्ष काट्न लागि सकेका छन्।

Popularity: 4%

Add comment November 16th, 2011

सामुदायिक भवनका लागि च्यारीटी

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन, १४ नोभेम्बर । साउथइष्ट लण्डन क्षेत्रमा नेपालीहरुको सामुदायिक भवन निर्माणका लागि तमुधी प्लमस्टिड क्षेत्रीय समितिले आइतबार च्यारीटी डिनर गर्‍यो । हाउजिङ कमिटी मातहतमा प्लमस्टिडस्थित सेन्टप्याट्रीक हलमा भएको च्यारीटी कार्यक्रममा विभिन्न समुदायका मानिसहरुको सहभागिता रहेको थियो।

हाउजिङ कमिटिका अध्यक्ष श्रीचन्द्र गुरुङले ‘हाउजिङ प्रोजेक्ट’का बारेमा जानकारी गराएका थिए। उनले तमु समाजले निर्माण गर्न लागेको सामुदायिक भवन बौद्ध तथा हिन्दु धर्मका मानिसहका लागि फलदायी हुने विश्वास लिए। भवनको एउटा कोठामा बौद्ध र अर्कामा हिन्दूको मन्दिर राखिने बताउंदै गुरुङले भवन साउथइष्ट क्षेत्रका बृद्ध बाबाआमाहरुका लागि मनोरञ्जनस्थल समेत हुने बताए। भवन निर्माणका लागि अहिलेसम्म करीब छयासठ्ठी हजार पाउण्ड रकम संकलन भइसकेको छ।

च्यारिटी कार्यक्रममा पनि सहभागी चन्दादाताहरुले आर्थिक सहयोग गरेका थिए। त्यसैबीच, स्थानीय समाजसेवी विजय गुरुङले भवन निर्माणका लागि एक हजार पांच सय पाउण्ड आर्थिक सहयोग गरे।

कार्यक्रममा प्लमस्टिड तमु समाजका अध्यक्ष्य रिटायर्ड क्याप्टेन नारायण प्रसाद गुरुङले सामुदायिक भवन सबै जात र धर्मका लागि भएकोले सबैबाट सहयोगको अपेक्षा गरीएको बताए।

साउथइष्ट लण्डन बौद्ध आमा समाजकी अध्यक्ष रामकुमारी गुरुङले सबै दानबीरहरुलाई सहयोग गर्न आग्रह गरिन्। सूर्य गुरुङद्धारा सञ्चालित कार्यक्रममा सुमल कुमार गुरुङले उपस्थित पाहुना तथा तमु समाजका सदस्यहरुलाई स्वागत गरेका थिए।

दोश्रो चरणमा स्थानीय कलाकारबाट सांस्कृतिक मनोरञ्जन गराइएको थियो। स्थानीय कलाकार भावना गुरुङले ‘दिल यो मेरो दिल’ गीतमा नृत्य प्रस्तुत गरेकी थिइन। सांस्कृतिक कार्यक्रम योगेश गुरुङले सञ्चालन गरका थिए।

कार्यक्रमामा एन आर एन उपाध्यक्ष महेन्द्र कंडेल, नेपाल फोरम ग्रिनवीचका अध्यक्ष डा. राम अधिकारी, नेपाली टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत मोहन गुरुङ, गुल्मी जिल्ला समाजका प्रतिनिधिहरु, थकाली सेवा समाजका श्याम शेरचन लगायतको सहभागिता रहेको थियो।

Popularity: 5%

Add comment November 14th, 2011

सात बुंदेले जनविश्वास बढेको छ: प्रचण्ड

धर्मराज अधिकारी, लण्डन-
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सात बुंदे सहमति नेपालको राजनीतिमा महत्वपूर्ण भएको दावी गरेका छन। सातबुंदे सहमतिले शान्ति प्रकृया र संविधान लेखनमा दलहरुबीच एकता हुने जनविश्वास रहेको समेत प्रचण्डले जनाए।

नेपाल पत्रकार महासंघ बेलायत शाखाका प्रतिनिधीहरुसंग लण्डनस्थित दूतावासमा शनिबार कुरा गर्दै अध्यक्ष प्रचण्डले सेना समायोजन र संविधान लेखन प्रकृया चांडै टुंगिनेमा आफु आशावादी रहेको बताए। एकिकृत माओवादीले संघियता, सामाजिक न्याय, राज्य पुर्नसंरचना, महिला, आदवासी जनजातिको हक अधिकारका लागि ठूलो बलीदानी दिएको दाहालले जिकिर गरे।

सात राजनीतिक दल र तत्कालीन माओवादीबीच भएको विस्तृत शान्ति संझौतामा हस्ताक्षर कर्ताको हिसावले पनि आफूमा बढि जिम्मेवारी महसुस भएको प्रचण्डले बताए। उनले एकीकृत माओवादीसंग जनअपेक्षा स्वभाविक रुपमा बढि भएको बताउंदै त्यसलाई मुर्त रुप दिन तयार रहेको स्पष्ट पारे।

पार्टी भित्र खासै ठूलो मतभिन्नता नभएको बताउंदै प्रचण्डले यस्ता झिनामसिना मतभिन्नताले सरकारलाई कुनै अप्ठ्यारो नहुने तर्क गरे। बृहत लुम्बिनी विकास परियोजनामा संयुक्त राष्ट्रसंघका महासचिव वान की मुनको समर्थन जुटाउन अमेरीका गएका दाहाल नेपाल फर्कने क्रममा शुक्रबार बेलायत आएका थिए। दाहाल शनिबार नै नेपाल फर्कने कार्यक्रम तय भएको बुझिएको छ।

Popularity: 5%

Add comment November 12th, 2011

प्लमस्टिडमा आयो तिहार

धर्मराज अधिकारी / एचकेनेपाल डट कम-
लण्डन, नेपालीहरुको रमाइलो गर्ने पर्व तिहार नजिकिंदै गर्दा साउथ इष्ट लण्डन क्षेत्रमा बस्ने नेपालीहरुले पनि तिहार पर्व मनाएका छन्।

प्लमस्टिडस्थित सेन्ट प्याट्रिक हलमा शनिबार भेला भएका नेपालीहरुलाई यसरी रमाइलो गर्ने मौका भर्खरै खुलेको संस्था हिमालयन अर्गनाइजेशनले मिलाइदिएको थियो।

कार्यक्रममा रमाइलो गर्न भेला भएका नेपालीहरुले कौडा, तास, त्रिपासा, लङ्गुर बुर्जा लगायत खेल खेलेका आयोजक भरत थापाले जानकारी दिए। पहिलो पटक आयोजना गरिएको यो कार्यक्रमलाई आउंदा दिनहरुमा पनि निरन्तरता दिइने आयोजकले बताएका छन्। भेला भएका महिला, पुरुष तथा केटाकेटीहरु सबैजना आआफ्नै तालमा रमाइरहेका थिए।

सो अवसरमा स्थानीय कलाकारहरुले नाचगान गर्दै नजिकिएको तिहारलाई निम्ता दिए। कलाकारहरु रोशनी थापा, रीना थापा, रोना, श्रवण, सुदीप, आकाश लगायतले विभिन्न गीतमा नाच देखाएका थिए।

कार्यक्रमको संयोजन तीर्थ थापा, पदम थापा, थर्क राना लगायतले गरेका थिए। अन्त्यमा उपस्थितहरुले विभिन्न गीतमा ककटेल डान्स गरी तिहार पर्वलाई मनोरञ्जनात्मक बनाए।

Popularity: 4%

Add comment October 24th, 2011

तमुधी लण्डनको साधारणसभा सम्पन्न

धर्मराज अधिकारी / एचकेनेपाल डट कम -
लण्डन, तमु अर्थात गुरुङ जातीहरुको साझा संस्था तमुधी लण्डन इकाईको वार्षिक साधारणसभा सम्पन्न भएको छ।

वेष्ट हृयारोमा शनिबार सम्पन्न साधारणसभाले शिव शरण गुरुङको अध्यक्षतामा सर्वसम्मत नयां कार्यसमिति समेत चयन गर्‍यो। गुरुङ यसअघि इकाईको सल्लाहकार थिए।

त्यसैगरी, नयां कार्यसमितिको उपाध्यक्षद्धयमा टंकराम गुरुङ र बिजु गुरुङ, महासचिवमा रामचन्द्र गुरुङ, सचिवमा गोपी गुरुङ र कोषाध्यक्ष केदार गुरुङ रहेका छन।

इकाईले सहकोषाध्यक्ष भरत गुरुङ, संयोजकमा शिबकुमार गुरुङ, सांस्कृतिक सचिवमा गगन गुरुङ, सहायक सांस्कृतिक सचिवमा सन्तोक गुरुङ, खेलकुद सचिवमा हरीमान गुरुङ, सहायक खेलकुद सचिवमा हर्क गुरुङ, खाना संयोजकमा नवराज गुरुङ, फोटोग्राफरमा ओमकार गुरुङ, भिडियोमा चेतप्रसाद गुरुङ, वेभ मास्टरद्धयमा याम गुरुङ र सन्जय गुरुङ, सम्पतिमा शिबचन्द्र गुरुङ र सुरक्षा संयोजकमा बुद्धि गुरुङलाई चयन गरेको छ।

त्यस्तै, सदस्यहरुमा साहारा गुरुङ, मायां गुरुङ, कमला गुरुङ, शर्मिला गुरुङ, पुष्पा गुरुङ, पुष्पा गुरुङ, टेक बहादुर गुरुङ, रोहित गुरुङ, नमरजंग गुरुङ र दिनेश गुरुङ रहेका छन्।

नयां निर्वाचित कार्यसमितिले आगामी ल्होसारका दिन सपथ ग्रहण तथा पुरानो कार्यसमितिलाई विदाइ गर्नेछन। निर्वाचन समितिका संयोजक सनमान गुरुङले अध्यक्ष शिवशरण गुरुङसहित कार्यसमितिलाई सर्वसम्मत चयन भएको घोषणा गरेका थिए।

निर्वाचन मण्डलमा रिटायर्ड लेफि्टनेन्ट नारायणप्रसाद गुरुङ तथा केदार बहादुर गुरुङ सदस्य र महासचिव अर्जुन कुमार गुरुङ निर्वाचन संयोजक थिए। निर्वाचित नयां कार्यसमतिलाई अध्यक्ष चित्र बहादुर गुरुङले खादा लगाई सम्मान गरे। त्यस्तै संस्थापक सदस्य जुम बहादुर गुरुङलाई सामाजिक भवन निर्माणका लागि पांचसय पाउण्ड सहयोग गरेबापत सम्मान गरिएको थियो। आजीवन सदस्य दिनेश गुरुङलाई अध्यक्ष गुरुङले खादा लगाइ स्वागत गरेका थिए।

निर्वाचित भएपछि बोल्दै अध्यक्ष गुरुङले आफ्नो क्षमताले भ्याएसम्म मन, बचन र कर्मले संस्थाको हितमा काम गर्ने बताए। बैचारीक, नीतिगत र संस्थागत सबै रुपमा सम्पन्न लण्डन इकाईलाई अझ शसक्त रुपले अघि बढाउन आफु वचनबद्ध रहेको दोहोर्‍याए।

वार्षिक साधारणसभामा बोल्दै इकाईका अध्यक्ष चित्र बहादुर गुरुङले संस्थालाई यहांसम्म ल्याउन सहयोग गर्नेहरुप्रति आभार प्रकट गरे। आफ्नो चार बर्षको कार्यकालको दौरानमा कार्यसमितिका सदस्यदेखि सल्लाहकार एवं शुभेच्छुक सबैबाट मायां पाएको उनले बताए। बालबच्चाहरुलाई नेपाली तथा तमु भाषा अध्ययानका लागि सहयोग गर्न उनले सबैलाई अपिल गरे। तमु संस्कृति झल्काउने पर्व ल्होसारमा सहभागि हुंदा जातीय भेषभुषामा आउन सबैलाई आग्रह गरेका थिए।

अध्यक्ष चित्र बहादुर गुरुङको अध्यक्षतामा बसेको साधारणसभामा निर्वाचन समितिका सदस्य एवं सल्लाहकार रिटायर्ड लेफि्टनेन्ट नारायणप्रसाद गुरुङ, आजीवन सदस्य प्रेम गुरुङ लगायतले संस्थाले आगामी दिनमा खेल्नुपर्ने भूमिकाका बारेमा प्रष्ट पारेका थिए। कोषाध्यक्षले पेश गरेको आर्थिक विवरण प्रशंसनिय भएको बताएका थिए। कार्यक्रममा संस्थाका जेष्ठ नागरिकहरु हर्क बहादुर गुरुङ, जुम बहादुर गुरुङ र देउबहादुर गुरुङ सहभागी भएका थिए।

साधारणसभामा महासचिव अर्जुन कुमार गुरुङले इकाईबाट भएका उपलब्धिहरुको चर्चा गरेका थिए। समाजसेवामा अग्रणी तमुधी लण्डन इकाईले छोटो समयमा धेरै उपलब्धिपूर्ण काम गरेको उनले बताए। इकाईका कोषाध्यक्ष शिव कुमार गुरुङले संस्थाको आयब्यय प्रश्तुत गरेका थिए। दोश्रो कार्यकालमा बेलायतमा दुख पिर पाएका नेपालीहरुलाई करीब ३ हजार पाउण्ड सहयोग गरेको कोषाध्यक्ष गुरुङले बताए।

यस बिचमा इकाईले जेष्ठ नागरिकलाई युरोप भ्रमण, बालबच्चाहरुलाई नेपाली तथा गुरुङ भाषा कक्षा, ल्होसार पर्व, नेपाली मेलामा विशेष सहभागिता, महिलाहरुको पर्व तीज, लोकनृत्य प्रतियोगिताको आयोजना लगायत दर्जन बढी परोपकारी कार्यहरु गरेको छ। यस बाहेक इकाईले बृद्ध आमाबाबालाई लक्षित गर्दै अंग्रेजी भाषा कक्षा संचालन गर्ने समेत जमर्को गरेको छ।

Popularity: 5%

Add comment October 24th, 2011

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2018
M T W T F S S
« Feb    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

More news....