Posts filed under 'News'

एचकेनेपाल डट कमको जरूरी सूचना

एचकेनेपाल डट कम संवाददाता-
हङकङ, १३ फाल्गुन । एचकेनेपाल डट कमको साइटमा परिवर्तन भएको छ। कृपया तलको लिङ्कमा क्लिक गरेर भिजिट गर्नुहोला।

एचकेनेपाल डट कम

Recent Videos:

Popularity: 90%

Add comment February 25th, 2012

तीन दिने पूर्वाञ्चल बन्द फिर्ता

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, खस क्षेत्री एकता समाज (आदिवासी जनजाति) ले आह्वान गरेको तीनदिने पूर्वाञ्चल बिहीबार राति फिर्ता लिएको छ।

सुनसरीको इटहरीमा बसेको केन्द्रीय समितिको बैठकले बिहीवार राति बन्द फिर्ता लिने निर्णय गरेको हो।

सरकारको तर्फबाट स्थानीय विकास मन्त्रालयले शान्ति मन्त्रालयसँग समन्वय गरेर बिहीबार नै वार्ताको लागि आधिकारिक पत्र पठाएपछि बन्द फिर्ता लिएको समाजले जनाएको छ।

सरकारको पत्र राजधानीस्थित समाजका नेताले बुझेका थिए। सरकारले आधिकारीक पत्र पठाएपछि बसेको वैठलले वार्ताको माध्यमबाट आफ्ना माग पूरा गर्न सरकारलाई दवाव दिने तथा तत्कालको लागि वन्दको कार्यक्रम स्थगित गर्ने निणय भएको आन्दोलन परिचालन समिति सदस्य भोलाले जानकारी दिए।

उनले वार्तामा सरकारले षडयन्त्र गरे तथा समाजले उठाएका मागप्रति सरकार सकारात्मक नभए पुनः सशक्त आन्दोलन गर्ने उनले चेतावनीसमेत दिएका छन्। वार्ताको लागि शुक्रबार पुनः बस्ने केन्द्रिय समितिको वैठकले वार्ता टोली गठन गर्ने समाजको महिला समिति सुनसरी सचिव मिन माया खत्रिले जानकारी दिइन्।

समाजले खस क्षेत्रीलाई आदिवासी जनजातिमा सुचीकृत गरिनु पर्ने, नयाँ बन्ने संविधानमा खासान राज्य सुनिश्चिता गरिनु पर्ने लगायतका माग राखि बुधबारदेखि तीन दिने पूर्व बन्दको आव्हान गरेको थियो।

Recent Videos:

Popularity: 90%

2 comments February 23rd, 2012

प्राध्यापकको राजिनामा माग गर्दै क्याम्पसमा तालाबन्दी

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, धरानस्थित केन्द्रिय प्रविधि क्यापसमा भौतिक शास्त्रमा अध्ययनरत विद्यार्थीहरुले विहीवार क्यापसमा तालाबन्दी गरेका छन्।

समाजशात्रमा मेकानिक विषयको अध्यापन गराउने प्राध्यापक देवनारायण शाहको राजिनामाको माग गर्दै उनीहरुले क्यापसमा तालाबन्दी गरेका हुन्।

शाहले अध्यापन गराउन नसकेको र यसअघि पनि सुध्रने मौका दिएको भएपनि पुन राम्रो अध्यापन नगराएको भन्दै विद्यार्थीहरुले अनिश्चितकालीन तालाबन्दी गरका हुन्। शाहलाई कुनै पनि हालतमा भोलिदेखि क्यापसका प्रवेश गर्न नदिने विद्यार्थी नरेन्द्र राउतले बताए।

उनले शाहले राजिनामा नदिएसम्म ताला नखोल्ने उनको भनाई छ। साथै उनले भोलिसम्म राजिनामा नदिए शाहलाई कालो मोसो र जुत्ताको माला लगाउने उनले चेतावनी दिए।

क्यापस प्रमुख पशुपति मिश्रले पनि शाहले गत असारमा भएको सर्वपक्षीय भेलामा राम्रो अध्यापन गर्ने प्रतिवद्धतासहित ६ महिनाको समय माग गरेका कारण उनको नियुक्ति नवीकरणको लागि सिफारि गरेका वताए। साथै सो भेलामा शाहले ६ महिनामा पुन विद्यार्थीहरुले अध्ययन अध्यापनको विषयमा गुनासो गरे स्वयं राजिनमा दिने लिखित सहमतिसमेत गरेको जानकारी दिए। उनले भने शाहलाई सुध्रने मौका धेरै पटक दियँै तर उहाँले अध्यापनमा सुधार गर्न सक्नु भएन।

शाहले अध्यापनका सुधार नगरेपछि कारबाहीको लागि पहल आफूले गरेका भए पनि चौतर्फी दवावको कारण नसकेका मिश्रको भनाई छ। विद्यार्थीहरुका व्यापक गुनासो आएपछि कारबाहीको लागि पहल प्रशासनले गरेको हो उनले भने - तर विभिन्न राजनीतिक दल, प्राध्यापक संगठन तथा मन्त्रालय सम्मको दवावका कारण गर्न सकिएन।

यता शाहले भने आफू सक्षम भएको र राम्रोसंग अध्यापन गराइरहेका कारण विश्व विद्यालयले आफ्नो नियुक्ति नविकरण हुदै गर्दै आएको बताए। उनले भने - म असक्षम भएको भए विश्व विद्यालयले प्रत्येक वर्ष मेरो नियुक्ति किन नवीकरण गर्छ। उनले आफूलाई राजनीतिक पूर्वाग्रहका कारण क्यापसबाट निकाल्ने क्यापस प्रशासनले षडयन्त्र गरको आरोप लगाए।

उनले २०६० सालमा क्याम्पसमा करारमा नियुक्ति लिएको क्यापसले जनाएको छ। उनको नियुक्तिसंगै उनको अध्यापनको विषयमा कुरा उठ्दै आएको भए पनि उनी राजनीतिक दवावका कारण क्यापसमा टिकिरहेको विद्यार्थीहरुले बताएका छन्।

Recent Videos:

Popularity: 90%

Add comment February 23rd, 2012

ब्यापारीले कृतिम अभाव सृजना गरेः आपूर्तिमन्त्री

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ११ फाल्गुन । बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आयल निगमले माग अनुसार प्रयाप्त आपूर्ति गरिरहेको भए पनि ब्यापारीहरुले कालो बजारी गर्न कृतिम अभाव सृजना गरेको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब नेपालले विहीबार आयोजना गरेको साक्षात्कारमा मन्त्री भट्टले आयल निगमले माग अनुसारको डिजेल, पेट्रोल, मट्टीतेल र ग्यासँको आपूर्ति गरिरहँदा समेत बजारमा अभाव हुनुले ब्यापारीहरुले कालाबजारीको लागि कृतिम अभाव सृजना गरेको प्रष्ट भएको ठोकुवा गरे।

उनले ग्याँस बुलेटमा राखेर सिलिण्डरमा नभरी उद्योगहरुले कृतिम अभाव सृजना गरेको बताए। उनले पेट्रोल पम्पले पनि बाँडेर आधा भएपछि भल्भ बन्द गरेर सकियो भनि लुकाएर अभाव सृजना गर्ने गरेको पाईएको जानकारी दिदै कृतिम अभाव सृजना गरेर कालाबजारी गर्नेलाई अब सरकारले कुनै पनि हालतमा नछाडने चेतावनी दिए। उनले थपे-मलाई थाहा छ कुन कुन पम्प र ग्याँस फिलिङ स्टेशनले लुकाएर कालाबजारी गरेका छन्। उनीहरुले अब आपूर्ति सुचारु नगरे कसैलाई पनि म छाड्दिन।

उनले मुनाफा खोरी र सरकारलाई बदनाम गराउने योजनाका साथ अभाव सृजना गरिएको आरोप लगाउँदै अब कडा अनुगमन गरी कालाबजारी गर्ने सबैलाई कारवाही गर्ने स्पष्ट पारे। उनले कालोबजारी गर्ने र कम ग्यास फिलिङ गर्ने हिमाल ग्याँसका प्रवन्धकलाई थुनामा राखेर कारवाही सुरु गरिएको बताउँदै मन्त्रालयले ब्यापारीहरुलाई अभाव अन्त्यकोलागि अन्तिम अल्टिमेटम दिने र सो अवधिमा समेत सहज नपारे कारवाही थाल्ने बताए।

उनले ग्यासको सहज आपूर्तिको लागि ग्याँस उद्योगलाई सिलिण्डर अनुसार भन्दा पनि सिलिण्डरमा फिलिङ गर्न सक्ने क्षमताको अधारमा ग्याँस दिने र उपभोक्ताको लागि रातो, ब्यवसायीक प्रयोजनका लागि निलो कार्डमार्फत ग्याँसको आपूर्ति सहज बनाउने योजनामा मन्त्रालय लागेको बताए।

Popularity: 90%

Add comment February 23rd, 2012

तमु संग्रहालयका लागि बेलायतमा २७ लाख संकलन

मिलन तमु / एचकेनेपाल डट कम-
अल्डरसट । लमजुङ जिल्लाको सदरमुकाम बेशीशहरमा बन्दै गरेको ऐतिहासिक तमु संग्रहालयका लागि करीब २७ लाख रुपैया संकलन भएको छ।

गत आइतबार अल्डरसटस्थित निरमाया रोधीं घरमा आयोजित तमु (गुरुङ) संग्रहालय सहयोगार्थ च्यारिटी डिनर कार्यक्रममा सहभागी भएका चन्दादाताबाट उक्त रकम संकलन भएको हो।

तस्वीरः मिलन तमु / एचकेनेपाल डट कम

च्यारिटी डिनर कार्यक्रमका संयोजक एकेन्द्र गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा एनआरएन यूकेका अध्यक्ष कुल आचार्यको प्रमुख आतिथ्य र काउन्सिलर गम गुरुङ, तमु धिं यूकेका अध्यक्ष मुछेत्र गुरुङ, तमु प्ये ल्हुं संघका सेक्रेटरी भेगलाल गुरुङ, लमजुङ समाज यूकेका अध्यक्ष कृष्ण बहादुर गुरुङ, डा. चन्द्र बहादुर गुरुङ, र प्रो. नारायण गुरुङको विशेष आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा प्रमुख अतिथिको आशनबाट एनआरएन यूकेका अध्यक्ष कुल आचार्यले तमु जातीय तथा सांस्कृति झल्काउनका लागि गरिएको यो महत्वपूर्ण कार्यको सरहना गरे भने ओमेन्द्र गुरुङले अतिथिहरुलाई स्वागत गर्दै हराउन लागेको कला र संस्कृतिको जर्गेनागर्न र अध्ययन र अनुसन्धानका लागि संग्रहालय महत्वपूर्ण सावित हुने बताउदै करीब ३ रोपनी जग्गामा बन्न लागेको संग्रहालयको मूलद्वारमा डा. हर्क गुरुङको प्रतिमा राखिएको जानकारी गराएका थिए।

संयोजक एकेन्द्र गुरुङले च्यारिटी डिनर कार्यक्रमको औतित्यको बारेमा बोल्दै प्रमुख अतिथि, बिशेष अतिथिलगायत उपस्थित महानुभावहरुलाई धन्यवाद प्रकट गरेका थिए भने आर्थिक संयोजक क्या. देव गुरुङले संग्रहालयका लागि सहयोग गर्ने चन्दादाताहरुको नाम सुनाएका थिए।

कार्यक्रममा एनआरएन आईसीसीका सदस्य विश्व आर्दश पण्डित, एनआरएन यूके यूरोपका सहसंयोजक लक्ष्य बहादुर गुरुङ, एन.आर.एन.यूकेका पूर्व अध्यक्ष र्सूय गुरुङ, तमु धिं यूकेका संस्थापक अध्यक्ष मिनप्रसाद गुरुङ, तमु धिं यूकेका भूपू अध्यक्ष मेजर डमर घले, उपाध्यक्षद्धय रामचन्द्र गुरुङ, कमल गुरुङ, सल्लाहकार भक्त गुरुङ, क्या.रि. तिर्थमान गुरुङ, सदस्य रामकुमार गुरुङ, हङ्गकङ्ग यूके नेपाली मञ्चका विश्वजंग गुरुङ, एनपिसीसी यूकेका अध्यक्ष लोक गुरुङ, ग्रेटर रेडिङ नेपाली समाजका अध्यक्ष महेश गुरुङ, नेशा यूकेका अध्यक्ष केश गुरुङ, उपाध्यक्ष भोज प्रसाद गुरुङ, पोखरेली मञ्च यूकेका उपाध्यक्ष नन्द कुमारी गुरुङ, महासचिव मनप्रसाद गुरुङ, चारभञ्ज्याङ समाज यूकेका अध्यक्ष ले. चन्द्र बहादुर गुरुङ, पर्वत वेलफेयर सोसाईटीका अध्यक्ष रस गुरुङ, सिक्लेस समाज यूकेका अध्यक्ष नन्दजंग गुरुङ, घाचोक माछापुच्छ्रे समाज यूकेका अध्यक्ष डिलरास गुरुङ, लमजुङ समाज यूकेका पूर्व अध्यक्ष चन्द्र प्रसाद गुरुङ, सहारा यूकेका मिन गुरुङ, दिलिप गुरुङ, पैयांखोला समाज यूकेका अध्यक्ष, सृजनशील नेपाली समाजका शेर बहादुर सुनार, शिव कल्चर सेन्टरका भिम बानिया, एनआरएन यूकेका हितकाजी गुरुङ, सुस्मा राई, क्या. बालकृष्ण गुरुङ, रमेश वास्तोला, इलमपोखरी समाजका अध्यक्ष मोहन सिं गुरुङ, गण्डकी वेलफेयर सोसाईटीका अध्यक्ष खमिरजंङ्ग गुरुङ, क्याट यूकेका अध्यक्ष हिमाल गुरुङ, ग्रेटर रसमोर नेप्लिज कम्यूनिटीका पूर्व अध्यक्ष मधुकर गुरुङ, तमु धिं यूके हमसायर्र इकाईका अध्यक्ष ले.यादव गुरुङ, रेडिङका अध्यक्ष नरजंग गुरुङ, मिस यूके नेपालका आयोजक शान्ति गुरुङ, एभरेष्ट टाइम्सका सम्पादक हरि कुमार (काजी) गुरुङ, पूर्ण गुरुङ, फोटो ग्राफर मिलन तमु, नेपाली टिभीका हरिमान गुरुङलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि एंव विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

ओमेन्द्र गुरुङ, प्रेम गुरुङ, क्या. देव गुरुङ, र एकेन्द्र गुरुङको सक्रियतामा सम्पन्न भएको कार्यक्रमलाई चन्द्र गुरुङ, दल गुरुङ र विधान गुरुङले सहयोग गरेका थिए भने अन्जली गुरुङ, उमा गुरुङ, अञ्जु गुरुङ, प्रमिला गुरुङले प्रवेश द्वारमा सहयोग गरेका थिए।

निरमाया रोधीं घरको सांगीतिक कार्यक्रमसहित सम्पन्न भएको कार्यक्रमलाई प्रेम गुरुङले संचालन गरेका थिए।

Popularity: 90%

1 comment February 22nd, 2012

भ्रष्टाचारीलाई सजाय कम भयोः बार पूर्व अध्यक्ष मैनाली

एचकेनेपाल डट कम सम्वाददाता-
काठमाडौ, १० फागुण । नेपाल बार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले भ्रष्टाचारीलाई नेपालमा कम सजाय भएको भन्दै ज्यानमारा सरह २० वर्ष कैद सजायको ब्यवस्था हुनु पर्ने माग गरेका छन्।

रिपोर्टर्स क्लव नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा मैनालीले भने-मान्छे मार्दा २० वर्ष कैद सजाय हुन्छ भने मुलुक ध्वस्त पारेर मार्नेलाई पनि २० वर्ष कैद सजाय हुनु पर्छ।

साक्षात्कारमा उनले भ्रष्टाचारको विषयलाई क्षेत्रीयता, साम्प्रदायिकता, जातीयतको नाममा राजनीति गर्न नहुने भन्दै त्यसो गरिए भोलि आफ्नै लागि प्रत्यूत्तपादक हुने चेतावनी समेत दिए।

मैनालीले नेपालको दयनिय अवस्था भ्रष्टाचारकै कारण भएको र भ्रष्टहरुको जडनै राजनीति भएको आरोप लगाउँदै राजनीति नसुध्रिएसम्म मुलुकको सक्षम हुनै नसक्ने ठोकुवा गरे।

उनले जेपी गुप्तालाई मधेसी भएको नाताले नभई स्वर्गिय काग्रेस सभापति गिरिजाप्रसाद कोइरालासहित गोविन्दराज जोसी, चिरिन्जिवी वाग्लेसहित सबैलाई मुद्दा लगाएकोले गुप्ता विरुद्धको फैसलालाई मधेसको नाममा राजनीति नगर्न सुझाव दिए।

अन्य मुलुकमा सरकारबादी मुद्दामा ९५ प्रतिशत जित्ने भए पनि नेपालमा ९५ प्रतिशतले हार्ने गरेको उल्लेख गर्दै यो कार्य आफैमा भ्रष्टाचार भएको उनको दावी थियो।

भ्रष्टाचारमा बहालबाला मन्त्रीलाई सजाय दिएर सर्वोच्चले सकारात्मक सुरुवात गरेको भन्दै अब सबै क्षेत्रको सुधारकोलागि सबै एक जुट भएर लाग्नु पर्ने बताए।

उनले भ्रष्टाचार मुलुक बर्बादीको जड भएकोले भ्रष्टाचार नियन्त्रणको लागि संयन्त्रलाई कडा पारेर लाखौ जनतामाझ खुलामन्चमा भाषण गरिरहेको नेतालाई समेत पक्रेर ल्याउन सक्ने अवस्थामा पुर्याउनु पर्ने भन्दै बहालबाला र सेवामा नरहेका सबैको छानविन हुनु पर्ने बताए।

उनले अरु पद धारण गरेकाको छानविन हुने भए पनि न्यायाधिश र अख्तियारका पदाधिकारीको भ्रष्टाचार छानविन गर्ने कानूनको अभाव औल्याउँदै उनीहरुलाई समेत कारवाहीको दायरामा ल्याउने कानून बनाउनु पर्ने धारणा राखे। उनले भने-प्रहरी, न्यायपालिका, राजनीति सबैतिर भ्रष्टाचार ब्याप्त रहेको दावी पनि गरे।

Popularity: 90%

1 comment February 22nd, 2012

सभासद काफ्ले मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते

सन्तोष काफले / एचकेनेपाल डट कम
धरान, १० फाल्गुन । मोरङ ३ नम्बर निर्वाचन क्षेत्रका सभासद् सावित्रिकुमार काफ्ले सवारी दुर्घटनमा परि गम्भीर घाईते भएका छन्।

आज विहान धरान ११ स्थित आप गाछिमा उनी सवार मोटरसाइकललाई सोही दिसाबाट आइरहेको ल्याण्डरोभरले ठक्कर दिएको थियो।

धरानबाट चतर जादै गरेको को १ ज ५९७ नम्बरकेो ल्याण्डरोभरले काफ्ले सवार को१०प ३५८६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिंदा उनी गम्भीर घाइते भएका हुन्।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार सम्भव नभएपछि काफ्लेलाई थप उपचारको लागि विराटनगरस्थित न्युरो अस्पलातल लगिएको छ।

उनको टाउकोको दायाँ भाग र खुट्टामा चोट लागेको धरान प्रहरीले जनाएको छ। काफ्ले सवार मोसाका चालक वाइसिएलका सुनसरी इन्चार्ज विनोद दियाली सामान्य घाइते भएको र उनको वीपी प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने ल्याण्डरोभर र चालक रिजन राई चतरा प्रहरी चौकीको नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी राजेन्द्र विष्टले बताए।

Popularity: 90%

Add comment February 22nd, 2012

तमु चलचित्र धिं (घर)का कलाकारहरु सम्मानित

हुम तमु / एचकेनेपाल डट कम-
पोखरा, अभियान फिल्मस् प्रोडक्शन प्रालि पोखराले मंगलवार एक कार्यक्रम आयोजना गरी निर्माणधिन तमु चलचित्र धिं (घर)का कलाकार, प्राविधीक र सहयोगीहरुलाई सम्मान गरेको छ।

आफ्नो छैठौं प्रस्तुति धिंको छायांकन सम्पन्न भएको अवसरमा चलचित्रका नायक ओमप्रकाश तमु, नायिकाहरु दिपीका तमु र रजनी तमु, कलाकारहरु बलबहादुर तमु, सुकलाल तमु, रत्ना तमु (आमा), मनसुवा तमु, कल्पना तमु, रत्ना तमु (डाक्टर) इन्द्रा तमु, बालकलाकार गणेश तमुलाई चलचित्रका प्रमुख निर्माता दिलिपसिंह तमुले सम्मान पत्रद्धारा सम्मान गरेका हुन्।

तस्वीरः हुम तमु / एचकेनेपाल डट कम

यसैगरी, कार्यक्रममा चलचित्रका गायक धनबहादुर तमु, मनोज तमु, नरजंग तमु, शान्ति तमु, कुसुम तमु, ज्योति तमु, रुबी गौली, दर्गा परियार, संगीतकार तेजेन्द्र तमु, श्यामसुङ तामाङ, नृत्य निर्देशक जसु तमु, रमा तमु, छायांकारहरु युग तमु, कृष्णराज तमु, जुमकाजी तमुलगायत चलचित्रका निर्माताहरु दिलीपसिंह तमु, एकेन्द्र तमु, मुक्षेत्र तमु, त्रिलोक तमु, विजय तमु, ओमप्रकाश तमु, सत्य घले र सहयोगी दुधपोखरी तमु समाज, हिमालय मिलन मावि, टप्स उच्चमावि, ताङतिङ युवा क्लव समेतलाई अभियान फिल्मस् प्रोडक्सनका निर्देशक लोकबहादुर तमु, चलचित्रका चरित्र अभिनेता सुकलाल तमुले सम्मानपत्रले सम्मान गरेका हुन्।

चलचित्रका लेखक तथा निर्देशक लोकबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा धि चलचित्र छायांकन सम्पन्न भइ सम्पादन कार्य भइरहेको चलचित्रका निर्देशक बेदबहादुर श्यामले जानकारी दिदै अभियान फिल्मसले चलचित्रमार्फत तमु भाषा, कला सँस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने बताए। सम्मानपछि चलचित्रमा समावेश गरिएका गीतहरु प्रस्तुत गरिएको थियो।

Popularity: 90%

Add comment February 22nd, 2012

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा गराउनु पर्ने माग

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा गराउनु पर्ने र त्यसको लागि पूर्वाञ्चलवासी एक हुनु पर्नेमा धरानमा आयोजित एक छलफलका सहभागीले जोड दिएका छन्।

धरान नगर खेलकुद विकास समितिले आयोजना गरेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा विषयक छलफल सहभागीहरुले खेलकुदको विकासमा पूर्व सर्धै अगाडि रहेको र यहाँ प्रयाप्त पूर्वाधार रहेकोले पनि सातौ राष्ट्रिय प्रतियोगिता पूर्वमा हुनु पर्ने उनीहरुको भनाई थियो।

सातौ प्रतियोगितमा पूर्वमा गराउन आफूहरु जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने उनीहरुको चेतावनी थियो।

छफलफमा प्रमुख अतिथि समेत रहेका क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष किरण राईले सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पूर्व नै उपयुक्त रहेको तथा पूर्वाधार तथा योदानको हिसावले पनि पूर्वनै उपयुक्त रहेका वताए। साथै उनले अनौपचारिकरुपमा पूर्वमा नै गर्ने निर्णय भएको र छैटौ राष्ट्रिय खेलकुद प्रतियोगितावाट सातैा प्रतियोगिताको झण्डा लिएर आउने दावी गरे।

औपचारीक निर्णय भइसकेको छ यसलाई वैधानिकता दिन मात्र बाँकी छ उनले भने। त्यसैले हामी छैटोै प्रतियोगिताको समापनमा झण्डा दिएर आउछौं। पूर्वमा हुने लगभग निश्चित भएपनि विचमा राजनीतिक चलखेलहुन सक्ने भएकाले त्यस तर्फसचेत रहन समेत सवैलाई आग्रह गरे। धनगढीबाटै सातौ प्रतियोगिता पूर्वाञ्चलमा आफू कटिवद्ध रहेको र नभए त्यहाँबाट विद्रोह गर्ने उनले चेतावनी समेत दिए। सातौ राष्ट्रिय प्रतियोगिता पूर्वमा हुदा यहाँको भौतिक निमार्ण समेत हुने उनको भनाई थियो।

छलफमा वोल्दै नेपाली अखिल नेपाल फुटवल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष किशोर राईले सातौ प्रतियोगिताको लागि अग्रमि योजना वनाएर अगाडि वढ्नु पर्नेमा जोड दिए। दिर्घकालीन योजनाको अभावमा समग्र खेलक्षेत्र पछि परेका भन्दै राईले पूर्वको खेल क्षेत्रको विकासको दिर्घकालिन योजना वनाएर अगाडी वढ्नु पर्नेमा जोड दिए।

छलफलमा सुनसरी क्षेत्र नं १ का सभाषद किरण कुमार राई, नेकपा एमालेका धरान नगरसमितिका सचिव नारायण सुवेदी, सितेरीयो कराते संघ सुनसरीका अध्यक्ष कुवेर राई सुनसरी वक्सिङ संघका अध्यक्ष किशोर सम्वाहाम्फेले बोलेका थिए।

नगर समितिका अध्यक्ष विकि राईको सभापतित्वमा भएको सो कार्यक्रममा धरान काठमाडौ सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठलगायत विभिन्न संघ संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

Popularity: 90%

1 comment February 22nd, 2012

सञ्चारमन्त्री गुप्तालाई डेढ वर्ष जेल सजाय, ८४ लाख जरिवाना

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ फागुन । सर्वोच्च अदालतले सूचना तथा सञ्चारमन्त्री जय प्रकाश गुप्तालाई डेढ वर्ष जेल सजाय, ८४ लाख ९ हजार ९ सय २८ रुपैयाँ ७ पैसाको जरिवानाको फैसला सुनाएको छ।

न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले मंगलवार उक्त फैसला सुनाएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्री गुप्तामाथि २ करोड ८ लाख ८ हजार गैरकानुनी रुपमा कमाएको भन्दै २०५९ चैत ६ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

यसअघि, विशेषका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारीको इजलास समूहले गुप्ताको सम्पत्ति स्रोत खुलेको भन्दै उनलाई २०६४ जेठ २४ गते सफाइ दिएको थियो।

कांग्रेसबाट राजनीति सुरू गरेका गुप्ता पछिल्लो पटक मधेस राजनीतिमा सक्रिय थिए। उनी पटक पटक मन्त्री बनेका थिए।

अदालतको फैसलापछि आत्मसमर्पण गरेका गुप्तालाई जेल चलान गरिएको छ। जेल जानुअघि उनले आफू मधेस आन्दोलनमा लागेकै कारण दण्डित हुनु परेको बताए। प्रहरीको घेराउमा रहेका गुप्ताले सञ्चारकर्मीहरूमार्फत राजिनामा दिएको घोषणा गरेका थिए।

Popularity: 90%

4 comments February 21st, 2012

खिलाङ्ग स्कूलको लागि देश विदेशबाट २१ लाख सहयोग

देवी जंग तमु / एचकेनेपाल डट कम -
पोखरा, ९ फाल्गुन । स्थानपति निमावि खिलाङ्गले आफ्नो स्वर्ण महोत्सवको अवसरमा देश तथा विदेशबाट करीब साढे २१ लाख रुपैयाँ आर्थिक संकलन गरी मंगलवार एक समारोहवीच महोत्सवको समापन गरेको छ।

२०१७ सालमा स्थापित कास्कीको पार्चे गा.विसमा रहेको विद्यालयमा माध्यमिक तहको कक्षा संचालन लगायतका लक्ष्यहरु राखी आइतवारदेखि आयोजित स्वर्ण महोत्सवको मंगलवार दिउंसोसम्म विद्यालयलाई २१ लाख ५४ हजार ६ सय १५ रुपैया आर्थिक सहयोग प्राप्त भएको हो। साथै देश तथा विदेशबाट सहयोग आउने क्रम जारी रहेको भन्दै करीब २५ लाख आर्थिक संकलन हुने महोत्सव संयोजक डिल वहादुर गुरुङले जानकारी दिनुभयो।

विद्यालयलाई खिलाङ्ग तमु समाज युकेबाट ७ लाख ४ हजार र युकेमा रहनुभएका प्रकाश गुरुङ ३० हजार, गुमन ध्वोज गुरुङ ५० हजार ५१, चन्द्र वहादुर गुरुङ ३० हजार, टेक वहादुर गुरुङ इलाज ५० हजार, हिम वहादुर गुरुङ ५० हजार, यम प्रसाद गुरुङ २५ हजार, देवीशोभा गुरुङ १० हजार ७, गम वहादुर गुरुङ २० हजार र यम वहादुर गुरुङ र उहाँकी श्रीमती रुपा गुरुङबाट २५ हजार रुपैया विद्यालयलाई प्राप्त भएको आर्थिक संयोजक शेर वहादुर गुरुङले जानकारी दिनुभयो। साथै विद्यालयलाई खिलाङ तमु समाज पोखरा, खिलाङ्ग गाउँ, पार्चे, चिप्ली, सिक्लेस, ताङतिङ, तप्राङ्ग लगायतका वरिपरीका गाउँबाट ७ लाख ४ हजार ४ सय ६७ रुपैया प्राप्त भएको छ।

त्यस्तैगरी, जापानमा रहनुभएका क्लवका भूपू अध्यक्ष झलक वहादुर गुरुङ्ग, कर्ण बहादुर गुरुङ र लोकमान गुरुङबाट प्रतिव्यक्ति २०/२० हजार र डिल सुब्बा गुरुङ क, डिल सुब्बा गुरुङ ख र तारा गुरुङबाट प्रतिव्यक्ति १०/१० हजार र बेलराज गुरुङबाट ५ हजार, हङकङकमा रहनुभएका भिम गुरुङबाट २५ हजार ५१, गिता गुरुङबाट ५ हजार ५ रुपैयाँ विद्यालयलाई प्राप्त भएको हो।

“सुनौलो भविष्यको पुकार, शिक्षा नै हो आधार” भन्ने मुल नाराका साथ तीनदिनसम्म आयोजित महोत्सवमा मकाउबाट जंग गुरुङ, मिन गुरुङ र सन्तको कान्छाबाट एकमुष्ट ५० हजार, इराकबाट धन वहादुर गुरुङ र कमान सिंह गुरुङबाट ३० हजार र साउदी आरबबाट गुन्जमान गुरुङले नगद ५ हजार १ सय ११ रुपैया सहयोग गर्नुभएको छ।

महोत्सवबाट प्राप्त रकमले विद्यालयमा गरिव तथा जेहेन्दार र अल्पसंख्यक विद्यार्थीहरुको लागि छात्रवृति स्थापना गर्ने, विद्यालयमा आधारभूत कम्प्युटर शिक्षा संचालन, प्राथमिक स्वास्थ्य सेवाको व्यवस्था गर्ने लगायतका कामहरुमा खर्च गरिने बताइएको छ।

यसअघि, विद्यालयको महोत्सवमा गुरुङहरुको लोपोन्मुख घाटु प्रदर्शन, गाउँस्तरिय झाँकी तथा पञ्चेबाजा प्रस्तुति र विद्यालय तथा समाजमा विशेष योगदान पुर्‍याउनेहरुलाई सम्मान एवम् अन्य विविध कार्यक्रमहरु भएका थिए।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष केश वहादुर गुरुङको अध्यक्षता र आदिवासी जनजाति समन्वय परिषद कास्कीका उपाध्यक्ष मन वहादुर गुरुङको प्रमुख अतिथ्यतामा भएको समापन कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक यम वहादुर गुरुङ, थन्कु देउराली युवा क्लवका अध्यक्ष दिल्ली सिं गुरुङ, आमा समूहका अध्यक्ष देउकाउरी गुरुङ, पार्चे वडा नम्वर ३ का आमा समूहका अध्यक्ष माया देवी गुरुङ, श्रीप्रसाद गुरुङ, टिकाराम गुरुङ्ग र पार्वती गुरुङलगायतले बोल्नुभएको थियो।

Popularity: 90%

1 comment February 21st, 2012

एमालेले फागुन २१ गते राजधानीमा मानवसागर उतार्ने

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ फागुन । नेकपा एमालेले आगामी फागुन २१ देखि २३ गतेसम्म राजधानीमा आयोजना हुने पार्टीको पहिलो राष्ट्रिय प्रतिनिधि परिषदको बैठकको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ।

एमाले उपत्यका विशेष समन्वय समितिले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर बैठकको लागि राजेन्द्र श्रेष्ठको संयोजकत्वमा उपत्यका ब्यवस्थापन र अनुगमन समिति, विनोद श्रेष्ठको संयोजकत्वमा जनपरिचालन तथा स्वयंमसेवक समिति, विजय पौडेलको संयोजकत्वमा आर्थिक समिति, रामेश्वर फुयालको संयोजकत्वमा प्रसाशनिक सम्पर्क समिति, ममता गिरीको संयोजकत्वमा प्रचार समिति, हरिदत्त जोशीको संयोजकत्वमा मन्च ब्यवस्थापन, सानुकुमार श्रेष्ठको संयोजकत्वमा साँस्कृतिक, सुशीला नेपालको संयोजकत्वमा स्वास्थ्य र जीवनराम श्रेष्ठको संयोजकत्वमा आवास तथा खाद्य समिति गठन गरी सम्पूर्ण तयारी पुरा गरिएको जानकारी दिएको हो।

समितिले परिषद बैठकको उद्घाटनको दिन फागुन २१ गते राजधानीमा ब्यापक जनप्रदर्शनसहित शक्ति प्रदर्शन गर्न राजधानीमा मानवसागर उतार्ने गरी सम्पूर्ण तयारी गरेको जानकारी राजेन्द्र श्रेष्ठले दिए। उनले फागुन २१ गतेको जनप्रदर्शन अहिलेसम्मकै सबै भन्दा बृहत हुने दावीसमेत पत्रकार सम्मेलनमा गरे।

श्रेष्ठले तीन दिने बैठक आयोजनाको लागि पारदर्शी ढंगले आर्थिक संकलन गरिएको दावी गर्दै पार्टीले प्रत्येक संगठित सदस्यबाट जनही १ सयको दरले सहयोग संकलन गरिएको बताए। त्यसैगरी, बैठकको सफलताको लागि देशैभरी अहिले विविध चेतनामूलक कार्यक्रम भईरहेको, पदयात्रा र घरदैलो कार्यक्रम सुरु भएको , फागुन १० गतेदेखि साँस्कृतिक र कोणसभा सुरु गर्ने, फागुनको तेस्रो साता मोटर साईकल र्याली र दौड जुलुस आयोजना गर्ने , फागुन १८ गतेदेखि सबै विद्युतीय सन्चारमाध्यमको प्रयोग गरी प्रचार प्रसार गर्ने कार्यक्रम एमालेको छ।

सामान्तवादको अन्त्य गरौं, लोकतान्त्रिक संविधान निर्माण गरौं भन्ने नारासहित आयोजना हुने बैठकको उद्घाटन समारोहका लागि काठमाडौका १५ वटै निर्वाचन क्षेत्रबाट एक एक जुलस शीर्षनेताहरुको नेतृत्वमा खुलामञ्चमा आएर सभामा परिणत हुने तयारी पनि आयोजकले गरेको पत्रकार सम्मेलनमा जानकारी दिए।

बैठकले नेकपा एमालेलाई राष्ट्रिय राजनीतिको पहिलो शक्तिको रुपमा स्थापित गर्ने विश्वास ब्यक्त गर्दै श्रेष्ठले यसले एमालेको बर्तमान ऐजेण्डा र भावी रणनीति तय गर्ने दावी गरे।

Popularity: 90%

Add comment February 21st, 2012

तराईलाई मधेस बनाउने योजना राष्ट्रघाती

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौ, ९ फागुण । आदिवासी जनजातीको आरक्षण कटौती गरी मधेसीलाई दिने गरी तयार पारिएको समावेशी विद्येयक फिर्ता लिन थारु संघ संगठनहरुले सरकारलाई १५ दिने अल्टिमेटम दिएका छन्।

थारु कल्याणकारी सभा, थारु राष्ट्रिय मुक्ती मोर्चा, लोकतान्त्रिक थारु संघ, लोकतान्त्रिक समाजवादी दल, पूर्वी थारुवान कोचिला राज्य संयूक्त संर्घष समिति, राष्ट्रिय प्रजातान्त्रिक थारु संगठन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, थरुहट तराई पार्टी नेपाल, थारु महिला जागरण केन्द्र र थारु विद्यार्थी समाज सम्मिलित थारु संयूक्त संर्घष समितिले मंगलबार रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेकार १५ दिने अल्टिमेटम दिएको हो।

पत्रकार सम्मेलनमा समावेशी विद्येयकको खारेजी र तराईका भूमिपुत्र थारुलाई मधेसी बनाउने षडयन्त्र १५ दिनभित्र अन्त्य नगरिए सशक्त आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।

पत्रकार सम्मेलनमा बोल्दै सभासद रुक्मिनी चौधरीले थारुहरुको पहिचान नष्ट गर्ने गरी थारु भूमिलाई मधेसी भूमि बनाउने षडयन्त्र भईरहेको दावी गर्दै १५ दिनभित्र आफूहरुको माग पूरा नगरिए संविधानसभामा रहेका ३७ जना थारु सभासदहरुले संसद अवरुद्ध गर्ने चेतावनी दिईन्। उनले चितवन, सुनसरी, मोरङ, झापा, उदयपुर, कैलाली र कन्चनपुरलगायतका थारुहरुको थाकथलोलाई निमिट्यान्न पार्ने षडयन्त्र भईरहेकोले त्यसविरुद्ध सडक र सदनबाट आन्दोलन गर्न आफूहरु बाध्य भएको दावी गरिन्।

थारुहट तराई पार्टी नेपालका अध्यक्ष लक्ष्मण थारुले सरकारले थारुहरुको पहिचानको विषयमा निरकुंश ढंगले अगाडि बढेर राष्ट्र र राष्ट्रियतामाथि घात गरे मुलुकलाई विखण्डनतिर लैजान लागेको दावी गर्दै थारुहरुले संयुक्त रुपमा त्यसको प्रतिकार गर्ने चेतावनी दिए। उनले मधेसी र थारु समूदायबीच भिडन्तको अवस्था नआओस भनेर १५ दिने अल्टिमेटम दिईएको स्पष्ट पार्दै सो अवधिमा समावेशी विद्येयक फिर्ता सहितका माग पुरा नभए आन्दोलनबाटै प्रधानमन्त्रीलाई कुर्सिबाट ढाल्ने चेतावनी दिए।

उनले थरुहट, आदिबासी जनजाती, दलित र महिलाको आन्दोलनका घाईतेलाई बेवास्ता गरेर जनयूद्धका घाईतेलाई मात्रै सरकारले राहत दिन लागेको प्रति आक्रोस ब्यक्त गर्दै अन्य आन्दोलनको अपमान आफूहरुलाई सह्य नभएको बताए।

थारु कल्याणकारीणी सभाका अध्यक्ष चन्द्र कुमार चौधरीले तराईलाई मधेस बनाउने योजना राष्ट्रघाती भएको भन्दै १५ दिनभित्र आफूहरुको माग पुरा नभएको थारु आन्दोलनबाटै सरकार ढाल्ने चेतावनी दिए।

Popularity: 90%

1 comment February 21st, 2012

मगर सङ्घ कास्कीले ३० औं मगर दिवस मनाउने

रूद्र श्रीसमगर / एचकेनेपाल डट कम-
पोखरा, ९, फाल्गुण । नेपाल मगर सङ्घ कास्कीले सङ्घको ३० औं स्थापना दिवस एवम् मगर दिवस (फाल्गुण १५) भव्यतापूर्वक मनाउने तयारी गरेको छ।

पोखरा सभागृहबाट बाजागाजा र झाँकीसहितको र्‍याली सुरु भई नयाँसडक, वीपीचोक, चिप्लेढुङ्गा, भीमसेनचोक, नयाँबजार, लखनचोक हुँदै पुनः पोखरा सभागृहमा आई सभामा परिणत हुने सङ्घका अध्यक्ष पूर्णबहादुर रानामगरले जानकारी दिनुभयो।

पर्यटन तथा नागरिक उड्डयन मन्त्री लोकेन्द्र विष्टमगरले सम्बोधन गर्ने कार्यक्रममा ८० वर्ष माथिका मगर वृद्धवृद्धा सम्मान, संरक्षक एवम् सङ्घका सम्पूर्ण एकाई समितिहरूलाई प्रमाणपत्र वितरण, तारा खेल तथा नृत्य प्रतियोगिताका विजयी प्रतियोगीहरूलाई पुरस्कार तथा प्रमाणपत्र र सम्मानपत्र वितरणलगायतका कार्यक्रम पनि राखिएको रानामगरले जानकारी दिनुभयो।

सो अवसरमा मगर समुदायमा प्रचलित मौलिक नृत्यहरू, हास्यव्यंग्य प्रस्तुति, विभिन्न ख्यातीप्राप्त कलाकारहरूको सांगीतिक प्रस्तुतिका साथै मगर भेषभूषा, मगर परिकार र मगर भाषामा लिखित र मगर जातिसम्बन्धी पत्रपत्रिका एवम् पुस्तकहरूको स्टलहरूसमेत राखिने जनाइएको छ।

Popularity: 90%

Add comment February 21st, 2012

अमेरिकाको राजधानीमा तामांगहरुको ल्होसार

एचकेनेपाल डट कम संवाददाता-
भर्जिनियाको बर्कमा स्थानीय तामांग सोसाईटीको आयोजनामा आईतबार भब्यरुपमा ल्होसार कार्यक्रम सम्पन्न भएको छ।

संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्मा मुख्य अतिथि रहेको कार्यक्रममा ल्होसारको शुभकामना व्यक्त गर्दै राजदूत शर्माले अमेरिकामा यसरी ल्होसार मनाईनु सबै नेपालीलाई आफ्नो संस्कृति र पर्बप्रति जागरुक रहेको सन्देश दिनु हो भन्नु भयो।

ल्होसारको लागि बिशेष रुपले सिंगारिएको हल स्थानीय नेपाली संघ संस्थाका प्रतिनिधिहरुसहित अमेरिकाको राजधानी वाशिंगटन डीसी र वरपरका तामांग समुदाय र अन्य वासिन्दाहरुले खचाखच भरिएको थियो। तामांग सोसाईटी ग्रेटर वाशिंगटनका न्यु योर्कस्थित सोंगे संगठन तामांग सोसाईटी अमेरिकाका अध्यक्ष भरत लामा टोलीको डम्फु सेलोको प्रस्तुतिले समारोहलाई अझ लोह्सारमय बनाएको थियो।

कार्यक्रममा स्थानीय कलाकारहरु तथा अतिथि कलाकारहरुले नृत्य र गीत प्रस्तुत गरेर सबैलाई नचाएका थिए। तामांग संस्कृतिको एउटा झल्को प्रस्तुत गर्ने जमर्कोमा बिहे मंगनी रीमठीम शीर्षकमा एउटा लघु नाटक पनि मंचन गरिएको थियो।

बार्षिक रुपमा तामांग समुदायले मनाउदै आएको ल्होसारमा गत वर्ष झैँ यस वर्ष पनि बृहत नेपाली समुदायका साथै अमेरिकी नागरिकहरुको पनि सहभागिता थियो।

उद्घाटन समारोह तामांग सोसाईटी ग्रेटर वाशिंगटनका अध्यक्ष श्रीलाल मोक्तानको सभापतित्वमा भएको थियो। आरम्भमा निवर्तमान तथा संस्थापक अध्यक्ष श्याम लामा वलले स्वागत जनाउनु भएको थियो। महिलाहरुद्वारा मानी मल्हम प्रार्थनावाट शुरु गरिएको समारोह लामा गुरुको पूजापछि औपचारिक कार्यक्रम संस्थाका उपाध्यक्षा बीना लामा र सचिव राज तामांगले संचालन गरेका थिए।

Popularity: 90%

Add comment February 21st, 2012

विवाद समाधान उपसमितिको बैठक बिनानिष्कर्ष टुङ्गियो

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौँ, ८ फागुन । भावी संविधान लेखनका क्रममा उत्पन्न विवाद अन्त्यको प्रयासमा मंगलबार बसेको संवैधानिक विवाद समाधान उपसमितिको बैठक पनि बिनानिष्कर्ष सकिएको छ।

यसअघि, आइतबारको उपसमिति बैठकबाट बाहिरिँदै नेताहरुले सोमबार बस्ने बैठकले सहमति जुटाउने विश्वास व्यक्त गरेका थिए।

सिंहदरबारस्थित उपसमितिको आफ्नै कार्यकक्षमा बसेको बैठकमा उपसमिति सदस्य लक्ष्मणलाल कर्ण संयोजकत्वको कार्यदलले पेस गरेको मिश्रित शासकीय स्वरुपका सम्बन्धमा छलफल भए पनि सहमति जुट्न नसकेको हो।

कार्यदलले जनताबाट प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रधानमन्त्रीबीच कार्यकारी अधिकार बाँडफाँड गर्ने फ्रेन्च मोडेलको शासकीय स्वरुप प्रस्ताव गरेको थियो। कार्यदलको प्रस्तावमा राष्ट्रपतिलाई ८ र प्रधानमन्त्रीलाई ९ वटा बैठकले संविधान लेखनका क्रममा उत्पन्न विवाद अन्त्यका लागि राजनीतिक सहमति आवश्यक रहेको निष्कर्षसहित अन्तिम टुंगो लगाउने जिम्मेवारी प्रमुख तीन दलका शीर्ष नेतालाई दिएको छ।

बैठकको निर्णयअनुसार आगामी बिहीबार तीन दल माओवादी, काँग्रेस र एमालेका शीर्ष नेताको बैठक आगामी बिहीबार बस्ने भएको छ। दलहरुबीच शासकीय स्वरुपमा लामो समयदेखि कुरा मिल्न नसक्दा संविधान लेखनको काम ठप्प प्रायः छ।

एकीकृत माओवादी जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र नेपाली कांग्रेस संसदीय प्रणाली हुनुपर्ने अडानमा छ। संविधान लेखनको संशोधित कार्यतालिका अनुसार उपसमितिले आउँदो बुधबारसम्ममा विवादित वियषहरुमा सहमति जुटाई सक्नुपर्ने समयसीमा छ।

Popularity: 91%

Add comment February 20th, 2012

सेना समायोजन दलहरुकै सहमतिमा ल्याएको होः अनन्त

एचकेनेपाल डट कम संवाददाता
काठमाडौ, ८ फागुण । सेना समायोजन विशेष समितिका सदस्य एवम अर्थमन्त्री वर्षामान पुन अनन्तले विशेष समितिमा भएको सहमतिकै आधारमा नेपाली सेनाले समायोजनको कार्ययोजना बनाएको दावी गर्दै यसमा विवाद सुरु गरेर कांग्रेस र एमाले समायोजन नचाहेको स्पष्ट भएको आरोप लगाएका छन्।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा अनन्तले नेपाली सेनाले सात बुँदे सहमति अनुसारनै समायोजनको कार्ययोजना बनाएको दावी गर्दै भने-सेनाको प्रस्ताव सात बुँदे सहमति भन्दा बाहिर छैन। आफै निर्देशन दिएर विवाद गर्ने काग्रेस एमालेको तरिका राम्रो होइन। नेपाली सेनाले कार्ययोजना बनाएर गल्ति गरेको छैन।

साक्षात्कारमा उनले सेनाको कार्ययोजनको विरोध गरेर काग्रेस र एमाले सात बुँदे सहमतिबाट भाग्न खोजेको देखिएको दावी गर्दै नेपाली सेनालाई विवादमा ल्याउन नहुने सुझाव दिए।

उनले भने-सेनामा विवाद ल्याएर आफैलाई अप्ठ्यारो पर्छ भन्ने कुरा माओवादीलाई राम्ररी थाहा छ। त्यसैले माओवादी यो विषयमा सचेत छ। सेना समायोजनको लागि माओवादी, सरकार र नेपाली सेना तयार छ।

अनन्तले फागुण मसान्तसम्म सेना समायोजन प्रक्रिया सुरु भईसक्ने दावी गर्दै त्यसो हुन नसकेको अवस्थामा भने संविधान लेखनको कार्य अवरुद्ध हुने चेतावनी दिए।

उनले आईए पास गरेका लडाकुलाई अधिकृत दिने, २५ वर्षसम्मका सिपाहीमा, २७ वर्षसम्मका अधिकृतमा ५ कक्षा पढेका जवानमा भर्ना हुन पाउने र विवाह गरेका पनि सेनामा भर्ना हुन पाउने विषय त्यस्तै विपत ब्यवस्थापन, विकास निर्माण, बन र औद्योगिक सुरक्षामा खटाउने सहमति अवस्थामा आएको कार्ययोजनाको लागि सरकार र नेपाली सेनालाई धन्यवाद दिनुको साटो गाली गर्नुले खराव नियत देखिएको बताए।

उनले लडाकुको बटमलाईन महानिर्देशनालयको दोस्रो नेतृत्व सहायक रथी भएको समेत स्पष्ट परे। उनले थपे-त्यो भन्दा तलमा माओवादी सहमत हुन सक्दैन। विशेष समितिमा यो विषयमा विवाद छ, छलफल जारी अनन्तले सेनाको कार्ययोजनाको विषयमा प्रधानमन्त्रीले विशेष समितिका सदस्य र प्रमुख दलका शिर्ष नेताहरुलाई अनौपचारिक रुपमा जानकारी समेत गराईसकेको भन्दै यस विषयमा विवाद गर्नुको औचित्य नरहेको बताए।

Popularity: 91%

Add comment February 20th, 2012

यतीको नयाँ निर्वाचन समिती गठन

अनुज उप्रेती/ एचकेनेपाल डट कम-
बेलायतस्थित सम्पूर्ण नेपालीहरुको सबैभन्दा पुरानो प्रतिनिधिमूलक सामाजिक संस्था यती नेपाली एसोसियसन युकेको २६ औं कार्यसमितिको निर्वाचनका लागि नयाँ निर्वाचन समिति २०१२ गठन गरिएको छ।

स्थानीय साउथहलस्थित दार्जिलिंग इन रेस्टुरेण्टमा बसेको कार्य समितिको बैठकले संचारकर्मी आशिष पन्थको संयोजकत्वमा नेपाली साहित्य विकास परिषद युकेका उपाध्यक्ष क्यापटेन आरएस श्रेष्ठ र समाजसेवी राजकुमार त्रिपाठी सदस्य रहेको एक तीन सदस्यीय निर्वाचन समिती गठन गरी अबिलम्ब निर्वाचन कार्य तीब्र पार्न निर्देशनसमेत दिएको छ।

बैठकले यसअघि गठित निर्वाचन समितिका संयोजक कृष्ण उपाध्यायले ब्यतिगत कारण देखाई आफ्नो पदबाट दिनुभएको राजिनामा स्वीकृत गरी सधन्यवाद पूर्व गठित निर्वाचन समिति बिघटन गरेको थियो।

यसैगरी, बैठकले आगामी ११ मार्च आइतबारका दिन ५१ औ वार्षिक साधारण सभा र निर्वाचनको मिति पनि तोकेको छ भने मौजुदा कार्य समितिमा सँस्थाका पूर्व कोषाध्यक्ष माधवलाल श्रेष्ठलाई कार्यकारिणी समितिमा मनोनयन गरेको छ।

बैठकले यती पत्र प्रकाशन, वार्षिक साधारण सभामा पेश हुने एजेण्डा र विधान संशोधनलगायतका महत्वपूर्ण बिषयहरुमाथि बिस्तृत छलफल गरेको कुरा संस्थाका सदस्य सचिव सुरेश जंग शाहद्वारा जारी बिज्ञत्तिमा जनाइएको छ।

Popularity: 91%

Add comment February 20th, 2012

पिण्डेश्वर मन्दिरमा विहानैदेखि श्रद्धालुहरुको घुइचो

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, महाशिवरात्री पर्वको अवसरमा आज सोमवार धरानमा रहेको पूर्वाञ्चलकै एक मात्र प्रसिद्ध तथा धार्मिक पर्यटकीय स्थल पिण्डेश्वर मन्दिरमा विहानैदेखि श्रद्धालुहरुको घुइचो लागेको छ।

श्रद्धालुहरले आज विहानैदेखि पिण्डेश्वर मन्दिरमा भगवान शिवको श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरिरहेका छन्। पिण्डेश्वर मन्दिरमा भगवान शिवको पूजा आराधना गरेमा मनोकामना पूरा हुने तथा आसूर्य शक्ति र प्रवृत्तिहरुको अन्त्य तथा मनुष्यमा दैवी गुण आउने जनविश्वास रहि आएको छ।

पिण्डेश्वरमा आज धरानका मात्र नभई पूर्वका विभिन्न स्थानमा शिवभक्तहरुको घुइचो लागेको छ। समुन्द्र मन्थन अमृतसंगै निस्केको नौनीको पिण्ड वनाएर देवताहरुले यसै स्थानमा आएर शिवजीको आरधान गरेका र शिवजी स्व प्रकट भई बरदान दिएको धार्मिक विश्वासका साथ यहाँ आएर शिवजीको आरधाना गरे शिवजी प्रसन्न भइ वरदान दिने चिताएको पुरा हुने जनविश्वासका साथ यस क्षेत्रमा श्रद्धालुहरुको घुइचो लाग्ने गरेको हो।

आज पिण्डेश्वरमा शिवजीको आरधान गर्न आउनेहरु प्राय सवैका एउटै चाहनामा रहेको छ। उनीहरु सवैले सुख र शान्तिको कामनमा गरेको बताएका छन्। सवैमा शुख शान्तिको कामान गर्दै पिण्डेश्वरमा शिवजीको आरधान गर्न आएको विराटनगरी गंगादेवी भेटवालले बताउनु भयो।

परिवारको शुख शान्तिको लागि मन्दिर आएको धरानकी सुनिता भेटवालले वताउनु भयो । त्यसो त आज पिण्डेश्वरमा युवा युवति र किशोर किशारीको समेत उत्तिकै भिड लागेको छ। सबैले शान्तिको कामनामा गरेका छन्।

शिवरात्रिको अवसर पारेर आजै पिण्डेश्वरमा समुहिक रुद्री पाठसमेत गरिदै आएकेा छ। अन्य ठाउंमा भन्दा धरानको पिण्डेश्वरको आज निकै अन्तर रहेको छ अघिल्ला वर्षहरुमा यस क्षेत्रमा गाजा भाङ धतुरो सेवन गर्न युवाहरु तछाड मछाड गर्ने गरेको भए पनि यसपटक त्यस्ता दृश्य भने देखिएन। सवै स्वच्छ मनले शिवजीको आरधानमा व्यस्त थिए। पिण्डेश्वरमा परापूर्वकलादेखिनै शिवरात्रिमा पूजा आरधान गरिदै आएको भए पनि विगत १५ वर्षदेखि भने यहाँ शिव भत्तहरुको घुइचो लाग्ने गरेको हो।

यहा श्रद्धालुहरुको घुइचो लगोको भए पनि व्यस्थापनमा भने ध्यान दिइएको छैन। लाइन व्यस्थापन तथा पूजा आरधानमा समेत व्यवस्थापकीय पक्ष फितलो रहेको छ। पिण्डेश्वरसंगै आज सुनसरीको रामधुनि लगायतका शिवालयमा समेत शिव भत्तहरुको घुइचो लागकेा छ।

त्यस्तै महादेवलाई रातको प्रथम प्रहरमा गाईको दूध, दास्रो प्रहरमा दही, तेस्रो प्रहरमा घिउ र चौथो प्रहरमा मह र बिहान पानीले स्नान गराई बेल र बेलपत्र चढाउने परम्परा छ। केटाकेटीहरुले छिमेकमा गई दाउरा मागेर जम्मा गरी राति दोबाटो-चौबाटोमा आगो बालेर ताप्ने र हलुवा घोटेर तरकारी, रोटी आदि पकाएर खाने चलन छ भने धरान भिन्न चौकमा समेत शिवको मूर्ति राखी पूजा आजा गरिदै छ।

यता दर्शन धरानले पनि आज दिउसो लाइभ कर्न्र्सटको आयोजना गरेको छ। कन्सर्टमा विषेश गरि शिवजीका भजन तथा अन्य गीत संगीतको प्रस्तु्ती हूने आयोजक समितिका संयोजक विकास भाटीले बताए।

ऐतिहासिक महत्व बोकेको पिण्डेश्वर बाबाधामको प्रचारप्रसार र व्यवस्थापनमा ध्यान दिने हो भने यस क्षेत्रमा आन्तरिक तथा वाह्या धार्मिक पर्यटनको विकाससंगै आर्थिक विकासमा समेत टेवा पुग्ने निश्चित छ।

Popularity: 91%

Add comment February 20th, 2012

आज महाशिवरात्रि पर्व मनाइँदै

एचकेनेपाल डट कम सम्वाददाता-

आज महाशिवरात्रि पर्व नेपाललगायत विश्वभरका हिन्दूहरुले मनाउँदैछन्। महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज मुलुकका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

राष्ट्रिय साँस्कृतिक पर्वका रूपमा रहेको यो दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ भने कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ।

हिन्दु धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी विभिन्न शिवालयमा गई श्रद्धाभक्तिपूर्वक महादेवको पूजा-आराधना गर्छन्।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणमा वर्णित छ।

व्रतोत्सवमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन्।

Popularity: 100%

Add comment February 20th, 2012

रेडियोलोस्टिहरुको अन्तर्राष्ट्रिय सम्मेलन धरानमा सम्पन्न

सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ७ फागुन । धरानमा शुरु भएको रेडियोलोस्टिहरुको अन्तर्राष्ट्रिय सम्मेलन आइतवार सम्पन्न भएको छ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेडियोलोजी विभाग, रेडियोलोजी सोसाइटी र रेडियोलोजी सोसाइटी अफ सार्कको आयोजनामा सम्पन्न भएको सो सम्मेलनमा सार्क मुलुकमा आठै देशका रेडियोलोजीष्टहरुको सहभागिता रहेको थियो भने अमेरिका, बेलायत, जापान, कोरिया, सिंगापुर, मलेसिया, चाइना, स्विजरल्याण्ड, फ्रान्स, इजिप्टलगायतका देशका विख्यात रेडियोलोजीष्टहरुको समेत सहभागिता रहेको रेडियोलोजी सोसाइटी अफ सार्कका निवर्तमान अध्यक्ष डा. राजकुमार रौनियाराले जानकारी दिए।

सम्मेलनमा रेडियोलोजि सम्बन्धी नयाँ नयाँ प्रविधिको स्टल राखिनुका साथै रेडियोलोजिष्टहरुलाई सो सम्बन्धी जानकारी समेत गराइएको थियो।

४ दिन सम्म चलेको सो सम्मेलनको उद्घाटन राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्नुभएको थियो।

सम्मेलनको पहिलो दिन नै रेडियोलोजिकल सोसाईटी अफ पाकिस्तानका अध्यक्ष डा. हमीद अक्रमलाई आगामी दुइ वर्षका लागि सोसाईटीको अध्यक्ष चयन गरिसकेको छ अगामी सम्मेलन भने पाकिस्तानमा हुने निवर्तमान अध्यक्ष डा. रौनियारले जानकारी गराउनुभयो।

Popularity: 91%

Add comment February 19th, 2012

होटल तोडफोड गर्नेहरु रिहा

होटल तोडफोड गर्नेहरु रिहा
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
धरान, ७ फागुन । होटल तोडफोडको आरोपमा पक्राउ परेका सञ्जुहाङ पालुङ्वाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषदको भातृ संगठन युवा परिषद सुनसरीका कायकर्ताहरु छुटेका छन्।

गल्ति स्वीकार गर्दै तोडफोड गरेको होटलको क्षतिपूर्ति दिन युवा परिषद कार्यकर्ता सहमत भए संगै पीडितले जाहेरी फिर्ता लिएपछि उनीहरु आइतबार छुटेका हुन्।

संघीय लिम्बुवान राज्य परिषदका नेता तथा पीडित जग्गा व्यवसायीसमेत रहेका प्रेमचन्द्र राई तथा जग्गा व्यवसायीबीच आइतबार धरानमा भएको छफफलमा परिषदले आफ्ना कार्यकर्ताले गल्ति गरेको स्वीकार गरि क्षतिपूर्ति तिर्न सहमत भएपछि जाहेरी फिर्ता लिएको राईले वताए। साथै होटल बसेर खादै गरेका ग्राहक तोडफोडपछि तितरवितर भएको र उनीहरुले खाएको ८ हजारसमेत परिषलले तिर्ने सहमति भएको राईले जानकारी दिए।

तोडफोडमा संलग्नहरुले आगामी दिनमा भने पुनः गल्ति नदोर्याउने लिखित प्रतिवद्धता समेत गरेको उनको भनाई छ। यता परिषदका सुनसरी अध्यक्ष भूपेन्द्र सुन्दर लावतीले आफ्ता कार्यकर्ताबाट गल्ति भएको कारण क्षतिपूर्ति दिने सहमति भएको वताए। उनले घटनको विषयमा परिषदले पनि आन्तरिक छानविन गरि दोषीलाई कारबाही गर्ने समेत बताए।

चन्दा नदिएको भन्दै युवा परिषदका अध्यक्ष प्रेम लिम्बुसहितका परिषदका कार्यकर्ताले राई धरान १५ स्थित बगरकोटमा रहेको लुम्चुङ चाम्लिङ सेकुवा कर्नरमा तोडफोड गरेका थिए। घर जग्गा व्यवसायी समेत रहेका राईको होटलमा जग्गा प्लटिङ गर्दा आफूहरुलाई नसोधेको तथा चन्दा नदिएको निहूमा घरेलु हतियारसहित पुगेका युवा परिषदका अध्यक्ष प्रेम लिम्बुसहितका युवाहरुले तोडफोड गरेका थिए।

प्रहरीले सोही अरोपमा लिम्वु र उनका सहयोगीहरु धरान १५का १८ वर्षीय नविन गुरुङ, १८ वर्षीय किरण लिम्वु, १८ वर्षीय सुमन लिम्वु र १८ वर्षीय विक्रम भनिने विशाल श्रेष्ठलाई शुक्रवार प्रक्राउ गरेको थियो। इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि राजेन्द्र विष्टले उनीहरु बाहिरै मिलेको भन्दै जाहेरी फिर्ता लिएको कारण पाँचै जनालाई छोडको जानकारी दिए।

चन्दा नदिएको आरोपमा होटल तोडफोड
सन्तोष काफ्ले / एचकेनेपाल डट कम-
सञ्जुहाङ पालुङ्वाले नेतृत्व गरेको संघीय लिम्बुवान राज्य परिषदको भातृ संगठनको रुपमा रहेको युवा परिषदका सुनसरी अध्यक्षसहितका कार्यकर्ताले चन्दा नदिएको भन्दै एक होटलमा तोडफोड गरेका छन्।
धरान १५ स्थित वगरकोटमा रहेको लुम्चुङ चाम्लिङ सेकुवा कर्नरमा शुक्रवार राति चन्दा नलिएको निहुंमा तोडफोड गरेको प्रहरी जनाएको छ।

भिडियोः

घर जग्गा व्यवसायी समेत रहेका प्रेमचन्द्र राईको होटलमा जग्गा प्लटिङ गर्दा आफूहरुलाई नसोधेको तथा चन्दा नदिएको निहूंमा घरेलु हतियारसहित पुगेका युवा परिषदका अध्यक्ष प्रेम लिम्बुसहितका युवाहरुले तोडफोड गरेको पीडितले धरानमा पत्रकार सम्मेलन गरी जनाकारी दिएकाछन्।

पीडित राईले युवा परिषदका कार्यकर्ताले चन्दा दिन नियमित रुपमा दवाव दिदैआएको र आफूले इन्कार गरेपछि प्रकाश लिम्वुको नेतृत्वमा आएका १५ /१६ जनाको समूहले एक्कासी होटलमा प्रवेश गरेर तोडफोड गरी होटल छोडन दवाव दिदै नछोडे परिवारको नै ज्यान लिने धम्की दिएको बताए।

लिम्बु समूहले फोनमार्फत समेत बारम्बार धम्की दिएको कारण आफूहरु व्यवसायबाटै पलायन हुने स्थितिमा आएको वताए। राईले असुरक्षाका कारण शनिवार पसल नै बन्द गरेका छन्। लिम्वुवानले यस पनि राईसंग २ लाख चन्दा लिइसकेको सम्मेलनमा जानकारी दिइयो।

यसैवीच धरान घर जग्गा व्यवसायी संघ धरानले घटनाको निन्दा गरेको छ। संघका महाचिव मनोज भट्टराईले असुरक्षाका कारण व्यवासायीहरु पलायन हुन लागेकोले सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसमक्ष माग समेत गरेका छन्। भट्टराइले पत्रकार सम्मेलनमा वोल्दै दोषीलाई कानुनको कठघरामा उभ्याउन र निर्वाध रुपमा व्यावसाय गर्न पाउने नागरिकको नैसर्गिक अधिकारलाई सुनिश्चित गर्न उनले मागसमेत गरेका छन्।

यसैबीच, चन्दा नदिएको रिसमा होटलमा तोडफोड गर्ने लिम्वुवानका ५ कार्यकर्तालाई प्रहरीले शनिवार पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सन्जुहाङ्ग पालुङवा नेतृत्वको संघीय लिम्वुवान राज्य परिषदको युवा संगठनका सुनसरी अध्यक्ष धरान १५ का २९ वर्षीय प्रकाश लिम्वु र उनका सहयोगीहरु धरान १५का १८ वर्षीय नविन गुरुङ, १८ वर्षीय किरण लिम्वु, १८ वर्षीय सुमन लिम्वु र १८ वर्षीय विक्रम भनिने विशाल श्रेष्ठ रहेका छन्।

उनीहरुको साथबाट ५ थान घरेलु हतियारसमेत बरामद गरेको धरान प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपि राजेन्द्र विष्टले उनीहरुलाई सार्वजनिक अपराध ऐन अर्न्तगत कारवाही गरिने बताए।

यता लिम्वुवानका सुनसरी अध्यक्ष भूपेन्द्रसुन्दर लावतीले घटनामा आफ्नो पार्टीका कार्यकर्ता भएको स्वीकार गदै दोषी प्रमाणित भए कारवाही गर्ने बताएका छन्। उनले आफ्नो पार्टीले प्लटिङ्ग रोक्ने नीति भएपनि पैसा लिने नीति भने नभएको बताउदै पैसा मागेको प्रमाणित भए कारवाही गर्ने स्पष्ट पारेका छन्।

Popularity: 91%

3 comments February 19th, 2012

युएईमा जनयुद्ध दिवस भव्यताका साथ सम्पन्न

हरि नेपाली / एचकेनेपाल डट कम-
दुबई, नेपाली जनप्रगतिशील मंच युएईले गत शुक्रवार सहिद दिबस मनाएको छ। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को नेतृत्वमा वि.सं.२०५२ साल फागुन १ गतेबाट सञ्चालित महान् जनयुद्धको बार्षिकोत्सवको अवसरमा नेपाली जनप्रगतिशील मञ्च युएईको आयोजनामा १७ औ महान् जनयुद्ध दिवस एक कार्यक्रमका वीच दुवई स्थित एभरेष्ट ईन्टरनेसनल होटलमा सम्पन्न भएको छ।

नेपाली जनप्रगतिशील मञ्च युएईका केन्द्रिय अध्यक्ष एवं महाधिवेशन आयोजक समितिका संयोजक उत्तम अधिकारीको सभापतित्वमा एवं मञ्चका सल्लाहकार संयोजक पिताम्बर पोखरेलको आतिथ्यमा भएको उक्त कार्यक्रममा जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको फोटोमा सामुहिक माल्यार्पण गरि देश र जनताका निम्ति जीवन आहुती दिने ज्ञातअज्ञात वीर शहिदहरुप्रति क्रान्तिकारी सलामी दिदैं १७ दिपप्रज्वलन साथ शहिदहरुको सम्झनामा मौन धारण गर्दै कार्यक्रम अघि बढाइको थियो।

दोस्रो महाधिवेशन आयोजक समितिका सहसंयोजक हरि नेपालीले संचालन गरेको उक्त कार्यक्रममा सुरेश ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो उक्त कार्यक्रममा बोल्दै तत्कालिन कार्यक्रमका अतिथि एवं मञ्चका सल्लाहकार संयोजक पिताम्बर पोखरेलले जनयुद्धको मर्म अनुसार संविधान बन्नुपर्ने जिकिर गर्नुभएको थियो।

मञ्चका केन्द्रिय उपाध्यक्ष दिपक बोहराले वर्गिय क्षेत्रिय जातिय तथा समग्र शोषित पीडित जनताको आवाजलाई समटेर जनयुद्ध सुरु भएको कारण नै दश बर्षमा विशालतामा परिणत भएको स्मरण गराउदै आम नेपाली जनताको चेतनास्तर यही जनयुद्धका कारण विकसित र परिवर्तित भएको बताउनुभएको थियो। उपाध्यक्ष बोहराले बोल्दै संकाटकाल समेत लगाएर सिध्याउन नसकेको माओवादीलाई जनताको संघीय गणतन्त्र सहितको जनवादी संविधान काँग्रेस एमाले लगायतका प्रतिक्रियावादीहरुले बन्न नदिने षड्यन्त्र गरे जनविद्रोहको विकल्प नरहेको बताउनुभयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मञ्चका महासचिव श्याम परियारले माओवादीले हतियार उठाउनु रहर नभई बाध्यता रहेको बताउनु हुदै अहिले देशमा स्थापित गणतन्त्र र संविधान सभाको एजेण्डा माओवादीको भएको र त्यसलाई संसदवादी राजनैतिक दलहरुले खोसेर आफ्नो बनाउने षड्यन्त्र गरिरहेको बताउनु भएको थियो। आफ्नो मन्तव्य राख्नुहुदै मञ्चका केन्द्रिय सदस्य रमेश गिरीले नेपाली जनयुद्धले आफ्नो विकासको क्रममा त्याग, तपस्या र बलिदानीका अद्धितिय किर्तिमान कायम गरिसकेको बताउदै एउटा जीवन्त पार्टीभित्र अन्तरसंघर्ष अपरिहार्य सर्त भएकोले अहिले पार्टीभित्र विकसित अन्तरसंघर्षलाई लिएर प्रतिक्रियावादीहरुले जनमानसमा भ्रम सृजना गर्न लागिपरेकोले उक्त भ्रममा नपर्न सवैलाई आग्रह गर्नुभएको थियो।

कार्यक्रमको समापनमा बोल्दै सभापति उत्तम अधिकारीले क. दिल बहादुर रम्तेल, क. सुरेश बाग्ले “बासु” लगायत चौध हजार सहिद घाइते तथा बेपत्ताहरुको त्याग तपस्या र बलिदान एवं शोषित–उत्पीडित जनताको लगावका कारण जनयुद्धले यो स्प्रिट पक्रेको बताउदै प्राप्त उपलब्धीहरुको रक्षासंगसंगै समाजवादको लक्ष्यलाई पार्टीले विर्सन नहुने विचार राख्नु भएको थियो। सो कार्यक्रममा प्रगतिशील यातायात मजदुर विभागका उपाध्यक्ष बाबुराम वि.क. तथा महासचिव निमकान्त पाण्डे, जनस्वयंसेवक परिचालन व्युरोका महासचिव हरि घर्तीमगर, महिला विभागका अध्यक्ष पुष्पा खत्री, विन्दु गिरी दुवई क्षेत्रिय समितिका हेमन्त पौडेल, अलऐन क्षेत्रिय समितिका गोकर्ण ओझा, जेवल अलि उपक्षेत्रिय समितिका सुजन ढकाल, सोनापुर ईकाइ समितिका मणिराम योगी लगायतले मन्तव्य राख्नुभएको थियो।

Popularity: 5%

1 comment February 19th, 2012

नेपाल विश्व सहयोग संघको मेरिल्याण्ड च्याप्टर गठन

मेरिल्याण्ड प्रतिनिधि / एचकेनेपाल डट कम-
अन्तरर्राष्ट्रिय सम्मेलनपछि नेपाल विश्व सहयोग संघका बिबिध च्याप्टरहरू संगठन बिस्तारमा जुटेका छन्। यसै बीच, एनएजीसी अमेरिका च्याप्टरका सस्थापक अध्यक्ष निजानन्द मल्ल र मेरिल्याण्डका युवा समाज सेवी उमेश प्रधानको सक्रियतामा मेरिल्याण्डका सदस्यहरूको एक बिशेष भेलाबाट नेपाल विश्व सहयोग मेरिल्याण्ड च्याप्टर गठन भएको छ।

मेरिल्याण्डका बिभिन्न क्षेत्रबाट नयाँ पुराना सदस्यहरू भेला भएको कार्यक्रममा नेपाल विश्व सहयोग संघका संस्थापक एबम अन्तर्राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले प्रवासमा रहने नेपालीहरुलाई देशको घाउले दुखिरहेको बताए। प्राकृतिक साधन श्रोतको खानीमा बसेर पनि हामी नेपाली गरिवीको डढेलोमा पिल्सिरहेको बताए। समुदायले मलाई के दियो भनेर होइन तर मैले समुदायलाई के दिएं? भनेर सोध्ने बेला आएको उनले बताए।

भेलाले उमेश प्रधानको अध्यक्षतामा मेरिल्याण्ड च्याप्टर गठन गरेको छ। नव गठित च्याप्टरमा ईश्वर प्रसाद श्रेष्ठ उपाध्यक्ष, सपना जोशी महासचिव र अनुप खनाल कोषाध्यक्षमा चयन भएका छन्।

अध्यक्ष -उमेश प्रधान
उपाध्यक्ष-इश्वर प्रसाद श्रेष्ठ
महासचिव-सपना जोशी
कोषाध्यक्ष-अनुप खनाल
कार्यकारी सदस्य -सुवीर प्रधान
कार्यकारी सदस्य - सन्तोष मानन्धर
कार्यकारी सदस्य – योगेश प्रसाइ
कार्यकारी सदस्य – पदम खनाल
कार्यकारी सदस्य – कमला थापा

नेपाल विश्व सहयोग संघ अमेरिका च्याप्टरका सस्थापक अध्यक्ष निजानन्द मल्लले नव निर्वाचित मेरिल्याण्डच्याप्टरका पदाधिकारीहरूलाई बधाइ दिंदै नव गठित मेरिल्याण्ड च्याप्टर नेतृत्वले संस्थाको मूल मर्म र जन भावनालाई बुझेर अगाडि बढ्नेमा विश्वास व्यक्त गरे। भेलाले २०१२ लाई सदस्यता बिस्तार बर्षको रुपमा मनाउने निर्णय गर्दै अन्य संघ सस्था र व्यक्तिहरूसँग नेपालीहरूको साझा समस्याहरू समाधान गर्न र बृहत्तर उद्देश्यहरू प्राप्त गर्न सहकार्य र साझेदारी गर्ने निर्णय गरेको छ।

नव निर्वाचित अध्यक्ष उमेश प्रधानले यस संस्थामार्फत नेपाली समुदायलाई ठोस योगदान पुर्याउने प्रतिवद्धताका साथ अगाडि बढ्ने बताए।

Popularity: 5%

Add comment February 19th, 2012

जनसम्पर्क समिती जर्मनीको बैठक सम्पन्न

विजय मोक्तान /एचकेनेपाल डट कम-
नेपाली जनसम्पर्क समिती जर्मनीका अध्यक्ष शरण केसीको अध्यक्षतामा दोस्रो बैठक बायर्नको म्युनिख शहरको आइनबेल्ट हाउसको सभाकक्षमा सम्पन्न भयो।

बैठकमा नेपाली कांग्रेसका महाधिबेशन प्रतिनिधि, महासमिति सदस्य तथा नेपाली जनसंपर्क समिती युरोपका अध्यक्ष दिलबहादुर गुरुङ र नेपाली कांग्रेसका १२औं महाधिबेशनका प्रतिनिधि दयाराम पौडेल र नेपाली जनसंपर्क समिती युरोपका सदस्य हरेन्द्र वनेमका साथै नेपाली जनसंपर्क समिती जर्मनी बयार्न शाखाका अध्यक्ष गोविन्द काफ्ले र सचिब प्रेम कंडेलको पनि उपस्थिती रहेको थियो।

बैठकको सुरू सभापतिबाट सबै उपस्थितलाई स्वागत एबं बिगतका दिनहरुमा भएका कमी कमजोरीप्रति ध्यानाकर्षण गर्दै बिगतमा भएका गल्तिहरु प्रति क्षमा याचना गर्दै सबै सधै एक भएर मिलेर अगाडि जान आग्रह गरेका थिए। यसै गरी, नेपाली जनसंपर्क समिती जर्मनीका संरक्षक एबं नेपाली जनसंपर्क समिती युरोपका अध्यक्ष दिलबहादुर गुरुङले हिजोको दिनमा कांग्रेस खोज्दै हिड्नु पर्ने बेलामा आज हामी यसरी जनसंपर्क समिति जर्मनी भनेर भेला हुनु पाउदा आफूलाई निकै गर्ब महशुस भएको बताए। उनले सबैलाई शुभ कामना दिदै आफू सदैब पार्टीप्रति लागि पर्ने बताए।

महामन्त्री बिजय मोक्तानले बिगतका दिनका गल्ती र कमि कमजोरीलाई नाऔल्याएर भूललाई सुधारेर आगाडि बढ्न सबैलाई अनुरोध गरेका थिए। महामन्त्री टंक लम्सालले बैठकलाई अगाडि बढाएका थिए। बैठकमा विभिन्न संगठनात्मक विषयहरूमा छलफल हुनुका साथै मुख्यतः भविष्यमा उत्पन्न हुनसक्ने निर्णय प्रकृया सम्बन्धी समस्याहरुलाई ध्यान पुर्याउदै र थुप्रै एजेन्डामाथि लामो छलफल गरि बैठकले केही महत्वपूर्ण प्रस्तावहरु पारित गरिएको छ। जस्तै सबै क्षेत्रमा नेपाली जनसंपर्क समिती जर्मनीको शाखाहरु गठन र पुनर्गठन गर्नका लागि निम्न पदाधिकारीहरुलाई जिम्मा दिएकाछन्।
१ . बायार्नका लागि उपाध्यक्ष राजदीप शाह
२ .एन आर डब्लुमा उपाध्यक्ष शंकर डाँगी
३ .हमबर्ग शाखामा हालै मात्रै गठन गरिएको कमिटीलाई पनि अन्य क्षेत्रमा जस्तै बिधान मुताबिक पुनर्गठन गराउन उपाध्यक्ष सुरेन्द्र प्रधानलाई जिम्मा दियो।
४ . यसै गरी हेसन फ्रंक्फोर्टका लागि युरोप जन सम्पर्क समितिका अध्यक्ष दिलबहादुर गुरुङ र वरिष्ठ उपाध्यक्ष सुर्य तिवारी
५ . ब्रेमनका लागि महामन्त्रीद्वय विजय मोक्तान र टंक लम्साल
६ . बर्लिनमा नेपाली जनसम्पर्क समिति युरोपका अध्यक्ष दिल गुरुङ र प्रवक्ता बसन्त पाण्डे
७ . भूजबर्गमा अध्यक्ष शरण केसी रहेका छन् भने यसै गरी बिधान अनुरुप अध्यक्षद्वारा केन्द्रीय सदस्यमा हमबर्गबाट नारायण श्रेष्ठ र बयार्नबाट लाई मनोनित गरिएकोछ।

जर्मनीको मुनिकमा एक्कासी जाडो बढेर हिमआँधी समेत चलिरहेको वेला बरफ जमेको चिप्लो बाटोको समेत पर्वाह नगरी जर्मनीको विभिन्न क्षेत्रहरूबाट आएका पार्टीका साथीहरुलाई मुनिकमा स्वागत गर्नका निम्ति बैठक पश्चात रात्रि भोजमा स्थानीय व्यवसायी तथा रोजगारमा संलग्न नेपालीहरूको निकै ठूलो संख्यामा प्रतिनिधित्पपूर्ण उपस्थिति रहेको थियो र रात्रि भोजमा एनआरएनका जर्मनीका केन्द्रीय सदस्य सेक राज सुनुवारको साथमा स्थानीय संयोजक मोहन गुरुंगको पनि सहभागिता रहेको थियो।

Popularity: 5%

Add comment February 19th, 2012

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

April 2018
M T W T F S S
« Feb    
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  

Posts by Month

Posts by Category

More news....