Archive for June, 2005

खोटांग हलेसी सांझका रमाइला चित्रहरु

- पशन तमू
एचकेनपाल डट कमका पाठकहरुका निम्ति हंगकंगका नेपाली समुदायभित्र भएका गतिविधिलाई प्रस्तुत गर्दै जाने हाम्रो जमर्को बमोजिम हामीले खोटांग हलेसी सांझका रमाइला चित्रहरु यहां प्रस्तुत गर्दै छौं ।

एचकेनपाल डट कममा संग्रहित फोटोहरु कपि गरेर प्रिन्ट गर्ने गरेको जानकारी हामीलाई प्राप्त भएकोले हाम्रै फोटोग्राफरबाट कपि राइटको अक्षर ठूलो लेख्न आग्रह गरिएकोले यसपटक देखि यसो गरिएको हो । प्रिन्ट गरिए पनि त्यसमा एचकेनपाल डट कमको नाम पनि उल्लेख होस् भन्ने हाम्रो धारणा हो । यद्यपि यस साइटभित्रका फोटोहरु व्यक्तिगत संग्रह वा कुनै मिडियामा प्रयोग गर्न भने बन्देज गरिएको छैन । तपाईहरुले जहिले पनि आवश्यक परेको बेलामा कपि वा प्रिन्ट गर्न सक्नु हुने छ । तर एचकेनपाल डट कमको नाम उल्लेख हुनु जरुरी छ । यस साइटभित्रका फोटोहरुलाई अनावश्यक रुपले दुरुपयोग गर्न भने सख्त मनाही छ ।

Sindhu Malla Rajesh Payal Rai Mamita Gurung
फोटो/ जगत गुरुंग - अम्बु र राजिब राई । २५ जुन २००५, चुनवान टाउन हल ।

खोटांग हलेसी सांझका रमाइला चित्रहरु हेर्न यहां क्लिक गर्नुहोस् ।

arrow यो ब्लग साइटमा कसरी पोष्ट गर्ने मददको लागि यहां ल्किक गर्नुहोस् ।

Popularity: 13%

3 comments June 30th, 2005

तपाई कसको फ्यान -

- पशन तमू
अम्बु र टंकले मलाई निकै लामो समयसम्म प्रतिक्षा गरिरहेका थिए । एक्जिट बि वानमा । मैले सोच्दै थिएं पहिले गायिका सुनिता सुब्बाहरु बसेकै गेष्ट हाउसको छेऊ छाऊ कै गेष्ट हाउसमा बसेका होलान् अहिले आएका कलाकारहरु पनि ।

त्यही ठानेर सिधा चिम सा सुइको एक्जिट बि वानमा पुगें । तत्काल अम्बुको फोन आयो । कहां नेर आई पुग्नु भयो । मैले भनें एक्जिट बि वान बाहिर । कता हो तपाईहरु - मैले सोधें । हामी पनि एक्जिट बि वान बाहिरै छौं । मैले भनें मलाई देख्नुभयो - अं हं, देखेनौ । मैले पनि तपाईहरुलाई देखिंन ।

हामीले एकार्कालाई खोजिरहेका थियौं र पाइरहेका थिएनौं । हिजो सांझको कुरा । सांझ भन्ने कि के भन्ने - १० बजे तिरको कुरा । हामीले एकार्कालाई खोज्दै जांदा पनि पाईरहेका थिएनौं । मान्छेहरुका सामुद्रिक भिडमा कतै हामीहरु हर्राईरहेका थियौं र उफ्…।

उताबाट फेरि अम्बुले फोन गरे तपाई कहांको एक्जिट बि वानमा हो भन्नुस् त - मैले भने चिम सा सुइको । धत्तेरिका, जोर्डनको एक्जिट बि वानमा आउंनुहोस न ।

कहिलेकाही हतार वा मगजमा पुगेको गलत सुचनाको प्रवाहले यस्तो स्थिति आई पर्छ । सायद यो मेरो भुल थियो वा कमजोरी । मेरै भन्नु पर्छ कारण अम्बुले त त्यो गेष्ट हाउसको कार्ड मलाई मेरै कोठामा आएर दिएका थिए । तर, मैले कता फालें वा हराएं । यद्यपि मैले चिम सा सुइ मै होला उनीहरुको बसेको गेष्ट हाउस भनेर सोचिरहेको थिएं । मन - मस्तिष्कमा चिम सा सुइकै एक्जिट बि वानको खाका बनिरहेको थियो र त्यतैतिर हानिएको थिएं । परिणामतः ५ मिनेटमा पुग्ने ठाउंमा झण्डै २५ मिनेट लाग्यो ।

मैले अहिलेसम्म गरेको कुरा हो, खोटांग हलेसी सांझका लागि नेपालबाट यहां आईपुगेका कलाकारहरुसंग अन्तर्वार्ता लिन जांदाको प्रसंग ।

हामीले राजेश पायल राई धिरज राई, यशकुमार, सिन्धु मल्ल, सुदाम थापा, भिम कुलुंग र प्राश्ना शाक्यसंग अन्तरंग कुराकानी गर्‍यौं र भिडियोमा रेकर्ड गर्‍यौं । प्राविधिक कारणले सबै कलाकारहरुको अन्तरंग वार्ता एकै पल्ट प्रस्तुत गर्न नमिल्ने भएकोले श्रृंखलाबद्ध ढंगले प्रस्तुत गर्ने छौं । प्रथमतः हामी सिन्धु मल्ल र सुदाम थापासंगको अन्तरंग वार्ता तपाईहरु समक्ष पेश गर्ने छौं र त्यसको लागि एडिटिंग कार्य पनि भैरहेको छ ।

सिन्धु मल्ल र सुदाम थापा पछि कुन कलाकारहरुको भिडियो अन्तरंग वार्तालाई प्रस्तुत गरौं भनेर हामी अल्लमल्ल परेका छौं । तपाईहरु कुनै न कुनै कलाकारहरुको फ्यान त जरुर हुनु होला के तपाईहरु हामीलाई सुझाव नदिने - यदि तपाईहरु सुझाव दिन चाहनु हुन्छ भने तलको Leave a Comment मा तपाईको मन पर्ने कलाकारहरुको नाम समावेश गर्न सक्नुहुनेछ ।

Popularity: 13%

30 comments June 29th, 2005

विदेशमा बसेर पनि नेपाली भाषा र साहित्यप्रति सचेत मित्रहरु,

नमस्कार!

“उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ का सबै संकायबाट अनिवार्य नेपाली विषय हटाउने निर्णय ”
सम्बन्धि यहाँहरुको ध्यानाकर्षण गर्न चाहान्छु।
समाचार श्रोत”

http://www.kantipuronline.com/nepali/kolnews.php?&nid=44264

‘आफ्नै मुलुकको पाठ्यक्रममा आफ्नै निर्णयबाट आफ्नै राष्ट्रभाषा ओझेलमा परेको मुद्दा दीर्घकालीन अर्थमा जटिल र संवेदनशील बन्नेछ।”

यस विषयमा अनेसास चुप लागेर बस्न मिल्दैन।
यो निर्णय बदर हुनुपर्छ, त्यसैले अनेसासको शिघ्र ध्यान जाओस् र यो निर्णय बदर गर्नमा पहल होस्।

उही
वेद प्रसाद पौडेल
जापान
Just as a Nepali national.
arrow यो ब्लग साइटमा कसरी पोष्ट गर्ने मददको लागि यहां ल्किक गर्नुहोस् ।

Popularity: 12%

4 comments June 29th, 2005

डायना केनेडीसंग पनि सुतिन्

बेलायती युवराज्ञी डायना दिवंगत भएको ८ बर्ष भैसकेको छ । यद्यपि उनका बारेमा बेलाबखत सनसनीपूर्ण तथ्यहरु खुल्दै आएका छन् ।

पछिल्लो पटक ‘द सन्’ले डायनाको रोमान्सबारे प्रकाशित गरेर भनेको छ- “डायनाको अन्तरंग सम्बन्ध जोन एफ केनेडी जुनियरसंग पनि थियो । तिनीहरुको गोप्य यौन क्रिडा त्यही होटलमा भएको थियो जहां राष्ट्रपति केनेडीले तत्कालीन सुपरस्टार सुन्दरी मर्लिन मुनरोलाई सुताएका थिए । ”

सनले भनेको छ उनीहरुका त्यो गोप्य सम्बन्ध डायनाको मृत्यु हुनु भन्दा दुई बर्षअघि अर्थात सन् १९९५ मा भएको थियो । सनले साइमोन्स बुकको “डायनाः द लाष्ट वर्ड”लाई उदृत गर्दै भनेको छ।

युवराज्ञी डायना ३१ अगष्ट १९९७ मा फ्रान्सको राजधानी पेरिसमा भएको एक कार दुर्घटनामा आफ्ना अर्को प्रमी डोडी अल फायेदसंगै मारिएकी थिइन् भने जोन एफ केनेडी जुनियरले जुलाई १९९९ मा उनको हेलिकप्टर दुर्घटनामा आफ्ना जीवन गुमाएका थिए ।

arrow यो ब्लग साइटमा कसरी पोष्ट गर्ने मददको लागि यहां ल्किक गर्नुहोस् ।

Popularity: 12%

3 comments June 28th, 2005

सानो झूप्रो भित्र

-राकेश कार्की
विन्डसर विश्वविद्यालय, क्यानाडा

सानो झूप्रो भित्र दरवार देखेछ
दरवारमा राजारानी देखेछ
कान्छीकी बाबूलाई थाहा छैन
दरबारभित्र झूप्रो छ कि छैन
त्यो झूप्रोमा गरीब छ कि छैन

कान्छीकी आमा घांस दाउरा गरी आई
झूप्रो भित्र निहुरेर अर्टाई
के झूप्रो निहुरीनु पर्नेलाई मात्र
भोकले पिल्सीएको झिनो शरीरलाई मात्र
दबिएर चेप्टिएर अटाउनेलाई मात्र

च्यान्टे स्कूलदेखि आयो
बा बा भन्नुस भन्दै करायो
कतिवटा झूप्रो जोडे दरवार होला -
कति घटाउंदा झूप्रो बांकी रहला -
के शून्ना भन्दा झूप्रो बेसी होला -

थप साहित्यिक रचनाहरूको लागि यहाँ क्लिक गर्नुहोस्।

Popularity: 13%

3 comments June 28th, 2005

महान् रुसी लेखक लेभ तोल्सतोयको समाधिस्थलमा नेपालीहरुद्वारा पुष्पाञ्जलि अर्पण

कृष्णप्रकाश श्रेष्ठ
मास्को, रुस महासंघ

दुई साताअघि मात्र मास्को आइपुग्नुभएका रुसका लागि शाही नेपाली राजदूत श्री हिरण्यलाल श्रेष्ठले विश्वप्रसिद्ध महान् रुसी लेखक लेभ तोल्सतोयको समाधिस्थलमा पुष्पाञ्जलि अर्पण गर्नुभयो ।

Moscow region Moscow region Moscow region
ठूलो फोटोको लागि यहां क्लिक गर्नुहोस्

मास्कोबाट संचालित बहुभाषी इन्टरनेट पत्रिका स्वतन्त्रनेपाल -प्रिmनेपाल डट कम) परिवारको तर्फबाट नवनियुक्त शाही नेपाली राजदूतको मास्को आगमनपश्चात् मास्कोबाट २ सय मिलोमिटर ठाढा रहेको रुसी लेखकको जन्मथलो र निवासस्थान रहेको रमणीय यास्नाया पोल्याना -शव्दशः उज्यालो फाँट) मा साहित्यिक यात्राको आयोजना गर्ने परम्पराअनुसार यसपल्ट २५ जून २००५ शनिवारका दिन साहित्यिक यात्रा सुसम्पन्न गरिएको थियो ।

त्यसमा महामहिम राजदूत दम्पतिका साथै सम्पूर्ण राजदूतावास परिवारका साथै एवं अन्तर्रराष्ट्रिय नेपाली साहित्यिक समाजका महासचिव डा. मधुकृष्ण श्रेष्ठ, स्वतन्त्रनेपालका विशेष योगदाता एवं कार्यक्रमका प्रायोजक डा. विनोदमणि बराल,संयोजक एवं रुस सीआईएस नेपाल उद्योगवाणिज्य संघका उपाध्यक्ष श्री शम्भु रिजाललगायत मास्कोमा रहेका नेपाली साहित्यानुरागीहरुको सहभागिता रहेको थियो ।

सन् १९११ मा दिवंगत भएका महान रुसी लेखकप्रति श्रद्धाञ्जलिअर्पणपश्चात् लेभ लोल्सतोय स्मृति संग्रहालयको अवलोकन गरिएको थियो । संग्रहालय प्रदर्शिका ओल्गाले लेभ तोस्तोयको कार्यकक्ष, शयनकक्ष, अतिथिकक्ष, बैठक आदि देखाउँदै रुसी महासाहित्यकारको सादा जीवन उच्च विचारको प्रतिनिधित्व गर्ने त्यहाँ संग्रहित सम्पूर्ण वस्तु तथा पुस्तकालयको विस्तृत परिचय दिएर रुसको उच्च खानदानमा जन्मेर पनि र्सवसाधारण किसानको जस्तौ जीवन व्यतित गरेर विश्वलाई युद्ध र शान्ति, आन्ना कारेनिना आदि प्रसिद्ध कृतिहरुका लेखकको जीवनको दिर्ग्दर्शन गराएकी थिइन् ।

यास्नाया पोल्यानाको अवलोकनको क्रममा प्राकृतिक सौर्न्दर्यपानका साथै भर्खरै विवाह पंजीकरण गरेर रुसी लेखकप्रति श्रद्धाञ्जलि अर्पण गर्न त्यहाँ पुगेका वरवधु जोडीहरुसंग फोटो खिंच्दै उनीहरुलाई शुभकामना समेत बाँड्दै साहित्यिक यात्राका सहभागीहरुले मास्कोतिर र्फकंदा बाटोमा एउटा रमणीय तालको किनारामा बसी खाजा खाँदै कवितापाठ, गीतगायन समेत गरेर वातावरणलाई काव्यमय तुल्याएका थिए । श्रीमती निता श्रेष्ठ, डा. विनोदमणि बराल, डा. मधुकृष्ण श्रेष्ठ,श्री शम्भु रिजालबाट कवितापाठ गरिएको थियो भने श्री सुशील सिग्देलको आवाजमा गीतहरु गुञ्जेका थिए । गाडीमा समेत हँसिला गफ, किस्सा, वर्णन साथै गितार, बाँसुरी र मादलको धुनका साथै नेपाली, नेवारी र रुसी गीतको गुञ्जन त मास्कोतिर र्फकंदा दइ घण्टासम्म घन्किरहेकै थियो । शाही नेपाली राजदूत श्री हिरण्यलाल श्रेष्ठले यस्तो रमाइलो साहित्यिक यात्राको आयोजना गरिएकोमा आयोजकहरुलाई राजदूतावास परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्नुका साथै रुसमा नेपाली साहित्य र संस्कृतिको विकासमा नेपाली साहित्यानुरागीहरुबाट योगदान पुर्‍याइने आशा व्यक्त गर्नुभयो ।

arrow यो ब्लग साइटमा कसरी पोष्ट गर्ने मददको लागि यहां ल्किक गर्नुहोस् ।

Popularity: 12%

Add comment June 27th, 2005

यो ब्लग साइटमा कसरी पोष्ट गर्ने

मदद - कसरी पोष्ट गर्ने
१- Microsoft word मा प्रिती फन्टको प्रयोग गरेर टाइप गर्ने ।
२- टाइप गरेका लेख, रचना वा ब्लगहरु कपि गरेर रुपान्तरमा पेष्ट गर्ने । यदि तपाईसंग रुपान्तर नभए यहां क्लिक गरेर तपाईको कम्युटरमा Install गर्नुहोस् ।

३- रुपान्तरको मददले रुपान्तर गरे पछि त्यसलाई पुनः कपि गरेर हाम्रो ब्लग साइटमा प्रवेश गर्नुहोस् । यदि तपाईले आफ्नो युजर नेम दर्ता गर्नु भएको छैन भने यहां क्लिक गरेर आफ्नो युजर नेम दर्ता गर्नुहोस् ।
४- दर्ता भै सकेका युजरले हाम्रो ब्लग साइटमा प्रवेश गर्नुहोस् ।
५- तपाईले त्यहां Dashboard, Write, Manage, Users, Logout आदि विकल्पहरु देख्नु हुने छ । विकल्पहरु मध्ये Write मा क्लिक गरेर तपाईले रुपान्तरबाट कपि गरेर ल्याएको लेख/रचना Post Box भित्र पेष्ट गर्नुहोस् । Quicktags लाई प्रयोग गर्नु आवश्यक छैन ।
६- यी सबै भए पछि Save as Draft बक्समा थिचेर सुरक्षित राख्नुहोस् ।
७- तपाईको लेख/रचना रिभ्युको लागि केही समय वा घण्टा प्रतिक्षा गर्नुहोस् ।

वा-
आफ्ना लेख, रचना वा ब्लगहरु आफ्ना छोटो विवरण सहित info@hknepal.com मा सीधा हामीलाई पठाउंनुहोस् ।

Popularity: 12%

6 comments June 27th, 2005

खोटांग हलेसी सांझ सम्पन्न

- पशन तमू
हिजो खोटांग समाज हंगकंगको आयोजनामा खोटांग हलेसी सांझ चुन वान टाउन हलमा भव्यताका साथ सम्पन्न भयो ।

नेपालका ख्याति प्राप्त कलाकारहरु कुवेर राई, राजेश पायल राई, यशकुमार, धिरज राई, सिन्धु मल्ल, प्राश्ना शाक्य, भिम कुलुंग र सुदाम थापाका साथमा यहांका स्थानीय जेपिटी ग्रुपको समेत सहभागिता थियो ।

यस कार्यक्रममा म जान सकिंन । आयोजकले निमन्त्रणा पत्र पठाएर पनि मेरो व्यक्तिगत कारणले त्यस रमाइलो कार्यक्रममा सरीक हुन पाईंन । जेहोस् कार्यक्रम आयोजकलाई धन्यवाद । हामी - एचकेनेपाल डट कमलाई सम्झिदिनु भएकोमा ।

Sindhu Malla and Sudam Thapa

यस कार्यक्रमको समाचारमूलक विवरण मलाई प्राप्त भैसकेको छैन । सायद छिट्टै पाउंछु होला । यद्यपि, मैले भर्खरै यो ब्लग साइट सञ्चालन गरेको छु र केही कुरा लेखि रहन मन लागेर लेख्न थालेको हुं । कुराकानी फोरममा नयां भाई बिभिशन राई - (vibhishanrai) ले निकै मिहेनत गरेर उक्त कार्यक्रमका फोटोहरु पोष्ट गरेका रहेछन् । र उनले लेखेका छन् “मातृ दाई, अम्बु दाई र राजिबका जतिकै राम्रो नभए पनि रमाइलोका लागि मैले फोटोहरु पोष्ट गरेको छु आशा छ सबैले मन पराउंने छन् । ”

निर्विवाद, फोटोहरु राम्रा छन् भाई । र मैले जस्तै अरुले पनि मन पराउंने छन् । निरन्तरता दिंदै जानु । मेरो विचारमा फोटोहरु फोरममा पोष्ट गर्दा सबैको नजर नपर्न सक्छ । त्यसैले सीधा हामीलाई info@hknepal.com मा पठाएमा हामी फोटो ग्यालरीमा संग्रह गर्र्छौं - हंगकंग - रमझम फोटो ग्यालरीमा । त्यसैले अर्को पटक त्यस्तै गर्दा उचित होला हगि ।

बिभिशन राई - (vibhishanrai) ले पोष्ट गरेका cam खोटांग हलेसी सांझको फोटो हेर्न यहां क्लिक गरौं ।
arrow यो ब्लग साइटमा कसरी पोष्ट गर्ने मददको लागि यहां ल्किक गर्नुहोस् ।

Popularity: 12%

7 comments June 26th, 2005

अर्घाखांचीको गनदहमा भिडन्त

बाह्र सुरक्षाकर्मी मारिए, चौध घाइते, दर्जनौं माओवादी हताहत
जुन २६, दीपक रिजाल,काठमाडौं
अर्घाखांची जिल्लाको गनदह गाविसको जंगलमा शनिबार दिनभर भएको भिडन्तमा १२ जना सुरक्षाकर्मी र दर्जनौं माओवादीको मृत्यु भएको छ।

सदरमुकाम सन्धिखर्कबाट गस्तीमा गएको संयुक्त सुरक्षाफौज र माओवादीबीच झन्डै आठ घण्टासम्म भएको भिडन्तमा १४ जना सुरक्षाकर्मी घाइते भएको सुरक्षास्रोतले जानकारी दिएको छ। भिडन्तका क्रममा २६ जना सुरक्षाकर्मी हराइरहेको बताइए पनि शाही नेपाली सेनाले यसको पुष्टि गरेको छैन। भिडन्तका क्रममा घाइते भएकामध्ये नौ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। घाइतेहरुमा प्रहरी निरीक्षक फणीन्द्र प्रर्साईं, प्रहरी जवानहरु केशव न्यौपाने, कलित यादव, नारायण खड्का, शाही नेपाली सेनाका जमदार वीरेन्द्र राना, हुद्दा कुलबहादुर थकाली, पिउठ होमबहादुर खत्री, सिपाही राजकुमार कार्की र रामेश्वर ढुंगाना रहेको भैरहवाबाट स्थानीय संवाददाताले जनाएका छन्। सदरमुकामबाट संयुक्त रुपमा गएको गस्ती टोलीलाई चारैतर्फाट घेरा हाली माओवादीले आक्रमण गरेका थिए।
भिडन्तका क्रममा मारिएका र घाइते भएका दर्जनौं माओवादीलाई उनीहरुले नै बोकेर लगेकाले माओवादीतर्फो हताहतीको विवरण आइनसकेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन्। उक्त घटनापछि पोखरा र बुटवलबाट थप सुरक्षाफौजको टोलीलाई घटनास्थल पुर्‍याइएको र त्यहांबाट भागेका माओवादीको पिछा गर्दै गएकाले पुनः भिडन्त हुने सम्भावना रहेको बताइएको छ।
सदरमुकामबाट दर्ुइ घण्टापर्ूव पर्ने सो क्षेत्रमा नियमित गस्तीमा गएको सुरक्षाफौजमाथि माओवादीले एक्कासि आक्रमण गरेको बताइएको छ। भिडन्तकै क्रममा हराइरहेका सुरक्षाकर्मीको खोजी कार्य पनि तीव्र रुपमा भइरहेको दाबी स्रोतले गरेको छ।
यसैबीच भोजपुरको पानघारे इलाकामा सुरक्षाफौज र माओवादीबीच भएको भिडन्तमा तीन जना माओवादी छापामारको मृत्यु भएको छ। गस्तीमा गएको सुरक्षाफौज र माओवादीबीच भिडन्त भएको र भिडन्तका क्रममा थुप्रै माओवादी घाइते भएको दाबी सुरक्षास्रोतले गरेको छ।
त्यसै गरी सुरक्षाफौज र माओवादीबीच मोरगंको मझारे र झापाको शरणामतीमा भएको भिडन्तमा एक-एक जना माओवादी छापामारको मृत्यु भएको छ।

प्रतिकारमा माओवादीको मृत्यु
दार्चुलाको सितौला गाविसमा आक्रमण गर्न आएका माओवादीलाई स्थानीय जनताले प्रतिकार गरी एक माओवादी छापामारलाई मारिदिएका छन्। स्थानीय जनताको प्रतिकारमा विषन देउरी नाम गरेको माओवादी छापामारको मृत्यु भएको सैनिक जनसर्म्पर्क निर्देशनालयले जनाएको छ।

साभारः नेपाल समाचारपत्र

Popularity: 12%

Add comment June 26th, 2005

एक दन्त्य कथा

-विक्रम सुब्बा, काठमाण्डौँ

सुनाउँने पालो आयो आमाको
र सुनाउँनु थाल्नु भयो दन्त्य कथा -
‘उहिल्यै दरबारमा एउटा बच्चो जन्मियो’रे
उमेर खाँदै जाँदा ऊ दगुरिहिँड्ने भयो’रे

खान-पिन र स्याहार पुगेकोले
बच्चो औधी फूर्तिलो र रहरलाग्दो थियो’रे
एउटा चित्रकारले बच्चो देखेपछि बिर्सनै सकेन
तसर्थ, उसले बच्चोको दुरुस्तै चित्र बनायो’रे
र दंग परेर, राख्यो’रे शिर्षक - ‘देवता !’

कालान्तरमा त्यो नावालक ‘देवता’
छातीभरि अनेक महत्वाकांक्षाहरूसँगै छिप्पियो
जतिजति आकांक्षाहरू झाँगिँदै गए ‘देवत्व’ घटदै गएछ
र एक दिन सम्पूर्ण देवत्व त्यागेर ऊ राजा भएछ

ताहाँ उप्रान्त राजाले
कहलिएका सामन्तहरूलाई आफ्ना भारदार बनायो’रे
गाउँ-ठाउँका परपिडकहरूलाई प्रशासनमा नियुक्त ग-यो’रे
थुप्रै सेना र हातहतियार जोडेर उसले दसतिर युद्ध थाल्यो’रे
एकबारको जुनी पाएका मानिसहरू लाखौँ मारिए
रगतको खोला बग्यो
अनेक स्वतन्त्र राज्यका अनुहारहरू बगेर विलय भए
युद्धहरू जिते पछि त्यो राजा बन्यो’रे - महाराजा !

यी सबै ईतिहास हेर्दै पाको भएको उही चित्रकारले
महाराजाको रंगीन चित्र बनाउँदा क्यानभासमा
मानिसजस्तो लाग्ने तर गंम्भीर तस्बिर उत्रेछ
र चित्रकारले राखिदियो’रे शिर्षक - ‘दैँत्य !’

कथाको अन्तिम अध्याय पनि आमाले सुनाउँनु भयो -
परन्तुमा ‘देवता’ र ‘दैँत्य’का चित्रहरू सँगसँगै टाँगिए’रे
र प्रदर्शनीमा लाखौँले ती दुई चित्रलाई गजबले हेरे’रे
आफ्नो तस्विरको शिर्षकले महाराजलाई रातभरि निद्रै लागेनछ
‘शिर्षक-अपराध’मा चित्रकारलाई जेलमा कोचेछन्
आफुले बनाएका चित्रहरूको विचित्र शक्तिको सम्झना गर्दै
जेलमै एक दिन चित्रकार म-यो’रे
तर, ती दुई चित्रले भनेको कथा कण्ठ भएर
चित्र हेर्ने लाखौँ मानिसको मन-मस्तिस्कमा बसेछ ।

त्यसपछि -
त्यो कथा बा-आमाहरूले छोरा-छोरीहरूलाई,
र, छोरा-छोरीहरूले -
फेरि उनका छोरा-छोरीहरूलाई सुनाउँदै-सुनाउँदै ल्याउँदा
एक दिन मेरै आमाको पनि पालो आयो
आमा बितेर गइसके पछि अब मेरो पालो आएकोछ -
‘दैँत्य’हरूबाट मानिसलाई मुक्त गर्नेभए
यो कथा धेरैलाई सुनाउँनु पर्छ
जस्तो कि तपाईँलाई म यो कविता सुनाउँदैछु ।

Popularity: 12%

7 comments June 26th, 2005

तस्बीर

- विक्रम सुब्बा

उमङ्गका रङगिबिरङगी रङ्गहरु
सुखदु:खको पसिनामा घोलेर
मायाको मुलायम कूचिले
उता-यो तिम्रो तस्बीर दिमागमा
ढुकढुकीको मिसिलमा नत्थी भइसकेपछि

दसी प्रमाण भएर बस्दो रै’छ तस्बीर
रगतका अणुअणुमा दाखिल भएपछि
ज्यान गए मेँटिँदो रहेनछ माया…
कुनैदिन चाहियो भने मसँग माग्नु…
ओ मातृभूमि
यो हुल्दङ्गाको शहरविच
तिम्रो तस्वीरको गुरुकापी
मेरै शरीरको फ्रेममा सुरक्षित छ…

Popularity: 12%

3 comments June 26th, 2005

कलमवीरहरुलाई “कलमवीरहरुको कलम…” मा हार्दिक स्वागत !

मलाई धेरै पहिल्यैदेखि ब्लग साइट निर्माण गर्न मन लागेको थियो । तर समयको व्यस्तताले समयमै पूरा गर्न सकिंन । विश्वभरी ब्लग साइटहरु क्रमशः लोकप्रिय भै रहेको बेला नेपालमा पनि यस्ता साइटहरु विस्तारै निर्माण हुदै छन् । यहां मैले पनि भर्खर शुरु गर्दैछु यस्तो साइट ।

मैले यो साइट, खास गरी आफ्नै पूराना र नयां रचनाहरुहरुलाई संग्रह गर्न तयार गरेको हुं । यद्यपि अन्य पत्रकार, साहित्यकार तथा बुद्धिजीवी मित्रहरुले पनि आफ्ना विचार, भावना र अनुभवहरु यहां सम्प्रेषण गर्न सक्नु हुनेछ । आफैंले पोष्ट गर्न सक्नु हुने छ । यहां मैले नेपाली युनिकोड - कालीमाटी फन्ट प्रयोग गरेको छु । यसभित्र अनावश्यक सामाग्रीहरुले स्थान नपाओस् भनेर समाविष्ट सामाग्रीलाई छानविन गरेपछि मात्र साइटमा उपलव्ध हुनेछ ।

नेपालमा यतिबेला सञ्चार माध्यमहरुमा सेन्सरशिप लागु भएको छ । पत्रकारहरुले आफुले देखेका र भोगेका सत्य तथ्य समाचारहरु बाहिर ल्याउन पाइरहेका छैनन् । यस्ता ओझिलिएका र सम्पादनमा काटिएका सामाग्रीहरु पनि यसमा आओस् भन्ने चाहन्छु ।

यसभित्र समाचार, पत्रकारहरुका अनुभवहरु, साहित्यकारहरुका लेख रचना, समय सर्न्दर्भ, मनोरञ्जन तथा विविध विषय - बस्तुहरु सम्प्रेषण होस् भन्ने चाहन्छु ।

यो साइटमा पोष्ट गर्न चाहनुहुने मित्रहरुले आफ्नो युजर नेम दर्ता गर्नुहोस् ।

धन्यवाद
- पशन तमू

Popularity: 12%

6 comments June 25th, 2005

अनाक्रमण - प्रेम

- पशन तमू

विनिद्र तस्वीर-
चुपचाप /चुपचाप मेरो छात्तिभित्र
संक्रमण हुन्छ ,

…………..
कहिले-
सुस्केरा मारेर ब्याकुलित
कहिले-
मुजेत्रो सोरेर प्रतिक्षित
भक्षण प्रारम्भ भएकोछ ,म भित्र ।
मुटु पटक/ पटक
विभक्त भएकाछन्
कुरुक्षेत्र भरि आफू,आफैंसंग पराजित भएर ।

भो तिलस्मी तीर
प्रक्षेप नगर
प्रणय - निष्ठामाथि
पार्थिक अहंघोष दुःख्छ ,
वीभत्स माधुर्य भरी दुःख्छ ।
उफ् ।
म मुर्मूषारहित बाँच्न चाहन्छु
म जिजीविषासहित बाँच्न चाहन्छु
त्रासदीबाट मुक्त…………….
यन्त्रणाबाट मुक्त……………।।

Popularity: 12%

Add comment June 25th, 2005

बर्दियामा भिडन्त

कान्तिपुर संवाददाता
बर्दिया, असार १० - यहाँस्थित शाही बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षामा खटिएको रम्बापुर चेकपोस्टमा शुक्रबार साँझ सुरक्षाकर्मी र माओवादीबीच भिडन्त भएको छ । राति अबेरसम्म क्षति यकिन हुन सकेको छैन ।

सुरक्षाफौजले नाइटभिजन हेलिकप्टरबाट प्रत्याक्रमण गरेको सुरक्षास्रोतले जनाएको छ ।

घटनास्थल सदरमुकाम गुलरियादेखि करिब पच्चीस किमिउत्तर महेन्द्र राजमार्गमा पर्छ । त्यहाँ सेना र सशस्त्र प्रहरी गरी करिब दुई सय पचास सुरक्षाकर्मी परिचालित थिए । यसैबीच शुक्रबार साँझ नै सदरमुकाम गुलरिया आसपास क्षेत्रमा पनि आधा दर्जन बम विस्फोट भएका छन् । त्यसको पनि क्षतिबारे थाहा भएको छैन ।

Popularity: 12%

2 comments June 25th, 2005

परदेशमा

नगेन इङ्गनाम
ingnams@hotmail.com
गहकिलो छ समस्या परदेशीहरुलाई परदेशमा
प्रतिकुल समय छ र्फकनलाइ आफ्नो देशमा
घर सम्हाल्न जाउँ बिना कालमै मारिईने डर
अर्काको देशमा गैर कानूनी भनी लखेटिईने डर

घरबार जोडिएकाहरुलाई कतै तोडिएला भन्ने पीडा
एक्लोहरुको आँखाभरि साथीसँगीसँग बिताएको क्रिडा
परदेश यस्तै छ कसैलाई हसाउँछ कसैलाई रुवाउँछ
जिन्दगीको डुंगालाई कहिं यसले तैराउँछ, कहिं डुबाउँछ

हरेक दिन बित्छन गर्दै गाँस, बास र कपासको खोजि
अलिकति मन हल्का हुन्छ जब तलबले भरिन्छ गोजि
जोहो नगरौं घरपरिवारलाई अप्ठ्यारो होला कि भन्ने डर
आजको दिन यसो तेसो बित्छ भोलिलाई भगवानको भर

परदेश न हो परिस्थितिसँग साहसी बनेर लड्नु पर्छ
पैसाको खातिर रुखो बचनहरु सहँदै काम गरि दिनु पर्छ
मीठो सपनामा रम्दा रम्दै घडिको आलार्ममा जाग्नु पर्छ
परिवार र बालबच्चासँग टाढिई समयको पछि लाग्नु पर्छ

स्वाधिनतालाई भुली सधैं पराधिन बनेर बाँच्नु पर्छ
समस्याहरुसँग हातेमालो गर्दै सुख भोलिलाई सांच्नुु पर्छ
वदनभित्रै पसिना सुकाई गहभित्र भित्रै आँसु लुकाउनु पर्छ
यस्तै रहेछ परदेश भनी आफ्नो मन आफैंले बुझाउनु पर्छ

Popularity: 12%

2 comments June 24th, 2005

Nepal film industry to honour Dev Anand

Indo-Asian News Service
Kathmandu, June 24, 2005

Nepal will honour Indian film star and director Dev Anand at its first National Film Festival next month for his contribution to the Himalayan kingdom’s film industry.

The film festival, tentatively scheduled here for July 11-17, will pay compliments to the Bollywood thespian with a Special National Film Award instituted this year.

The actor’s ties with Nepal date back to more than three decades to the time of the late King Mahendra, father of the present ruler King Gyanendra.

“Dev Anand was a friend of King Mahendra and had stayed in Kathmandu as a guest of the palace during his coronation as well as at his wedding,” said Krishna Malla, a veteran Nepalese director and actor.

Last month three members of Nepal’s Film Development Board that is organising the film festival, including Malla, went to Mumbai to invite Dev Anand. The actor accepted the invitation immediately.

Dev Anand, who will be accompanied by his son Suneil, is expected to arrive here July 14 and return three days later.

Nepal has a soft spot for Dev Anand because two of his films were shot in the country over three decades ago - the blockbuster Hare Rama Hare Krishna, part of which was shot in Nepal’s first casino, owned by a brother of Mahendra, and Johnny Mera Naam.

“The films promoted Nepal as a tourist destination by focusing on its scenic beauty, provided employment to Nepalese technicians and actors and taught Nepal’s fledgling industry the art of direction,” said Malla.

The other special invitees from India are Pahlaj Nihalani, chairman of the Association of Motion Pictures and Television Programme Producers, and Bollywood star and Nepal’s very own Manisha Koirala.

Koirala, the granddaughter of late B.P. Koirala, Nepal’s first elected prime minister, inspires mixed feelings among Nepalese.

Her recent statements supporting King Gyanendra, who took over the government by force in February, have not endeared her to the opposition parties.

The Nepali Congress headed by her grandfather’s brother G.P. Koirala recently expelled Manisha’s father Prakash Koirala from the party for a year for echoing his daughter’s sentiments.

Despite his proximity to the palace, Dev Anand however enjoys immense popularity in Nepal.

Nepalese directors recalled how fans had mobbed him while shooting Hare Rama Hare Krishna that became a household name in Nepal especially because of the song “Dum maro dum” which featured former Miss India Zeenat Aman.

“When Dev Anand comes he will be front page news again,” said Yuganath Sharma, editor of the Nepalese tabloid Commander.

Popularity: 12%

Add comment June 24th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

June 2005
M T W T F S S
«   Jul »
 12345
6789101112
13141516171819
20212223242526
27282930  

Posts by Month

Posts by Category

More news....