Archive for July 7th, 2005

लन्डनमा विस्फोट आतंककारी हमला

एचकेनेपाल डट कम, सम्वाददाता । लन्डनमा विहीबार बिहान रेलस्टेशनहरु र एक यात्रु बसमा बम विस्फोट भएको छ । जसमा कम्तीमा ३३ जनाको मृत्यु र कयौं मान्छेहरु हताहत भएको समाचार प्राप्त भएको छ ।

लन्डन शहरमा भएको बम बिस्फोटनहरु एक बस र तीनवटा भूमिगत रेलवेस्टशनमा भएको थियो ।

एक वरिष्ठ प्रहरी अधिकृतले भनेका छन् लगभग १५० मान्छेहरु गम्भिररुपमा घायल भएकाछन् । लन्डन प्रहरी प्रमुख सर इयान ब्लेयरले यसलाई आतंकवादी हमला भनेका छन् । लन्डन प्रहरीले भनेका छन् अद्यावधि यो स्पष्ट छैन कि यस विस्फोटका पछाडि अल कायदाको हात रहेको तथ्य कतिको सत्य छ । एक इस्लामिक वेब साइटमा प्रकाशित एक विवरणका अनुसार यस विस्फोटका पछाडि अल कायदाको हात रहेको जनाइएको छ ।

कहां कति मृत्यु भएः
किङ्स क्रस -२१
लिभरपूल -७
एजवेयर - ५
Last updated: 11:30 PM HKST

Popularity: 12%

1 comment July 7th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

July 2005
M T W T F S S
« Jun   Aug »
 123
45678910
11121314151617
18192021222324
25262728293031

Posts by Month

Posts by Category

More news....