Archive for August, 2005

को होलान् हङकङका यी व्यक्तिहरु ?

(एचकेनेपाल डट कम तल उल्लेख गरिएका समाचार वा विचारसंग सहमति वा बिमति जनाउंदैन । जन आस्था साप्ताहिकमा सम्प्रेषण गरिएको हंगकंगमा रहेका नेपालीकाबारे विचार पढेर पाठक स्वंयले निक्यौल गर्नुहुन अनुरोध छ ।)

जनआस्था, हङकङ । नेपालमा सदियौंदेखि क्षेत्री बाहुनहरु सत्तामा रहंदा जनजाति तथा उत्पीडितवर्गहरुको जातीय पहिचान तथा उनीहरुको आर्थिक, सामाजिक र शैक्षिक विकासमा परेको असरलाई मध्यनजर गर्दा जाति जनजातिहरुले उठाएका कतिपय मुद्दाहरु र तिनको आन्दोलन जायज लाग्छ । नेपालमा समानुपातिक र प्रतिनिधिमूलक शासनसत्ताको स्थापना हुनुपर्दछ भन्ने विषयमा दुइमत त शायदै होला । यो देशभित्रको सवाल भयो ।

तर, विदेशमा रहने नेपालीहरु बीच, तर फेरि यी सबै कुराहरु गौण हुन्छन् । विदेशमा त नेपाली एकता, भातृत्व र सरसहयोगको स्थापना नै सबैभन्दा महत्वपूर्ण हुन्छ । किनकि विदेशिने नेपालीहरु सबैको एकै प्रकारका व्यथाहरु र कारुणिक विगतहरु हुन्छन् । विदेशमा त्यहांको सरकार र त्यहांका नागरिकहरुले कदाचित पनि को मतवाली वा को तागाधारी भनेर छुट्ट्याउंदैनन् । उनीहरुले सबैलाई नेपाली नै भनेर छुट्ट्याउंछन् । हक अधिकार दिंदा पनि नेपाली भनेर दिन्छन् र खोस्दा पनि नेपाली नै भनेर खोस्छन् । विगतमा हङकङ सरकारले नेपालीहरुको बारेमा गरेका विभिन्न नीतिगत परिवर्तनहरु यसका ज्वलन्त उदाहरणहरु हुन् ।

यस मानेमा हङकङका नेपालीहरु सबैजना एकमत हुनुपर्ने हो । एकै आवाजमा सबैले सरकारले गरेका नेपाली विरोधी कामहरुको विरोध गर्नुपर्ने हो र नेपालीका लागि सरकारले गरिदिएका राम्रा कामहरुको स्वागत गर्नुपर्ने हो ।

हङकङका नेपालीहरुमा एकता नभएको होइन । सर्वसाधारण नेपालीहरु सधैं एकताको डोरीमा बांधिन चाहान्छन् । तिनीहरुको मनमा न त कुनै राजनीतिक मतभिन्नता छ न कुनै जातिगत द्वेष । निर्माण क्षेत्रमा स्क्याफोल्डिङ बनाउनेदेखि लिएर रेस्टुरेन्टमा भांडा माझ्ने नेपालीहरुबीच सधैं एकमत छ । काममा सधैं तिनीहरु एकले अर्कालाई खुला दिलले सहयोग गर्दछन् । हातमा हात मिलाउंछन् । अनि तिनीहरुको एउटा आवाज र एउटै गुनासाहरु छन् । सबैजना हामी नेपालीहरु हौं भनेर गर्व गर्न चाहान्छन् । सबैजना नेपालीहरुलाई मर्का परेकोमा वा कुनै दुःख पीडा परेकोमा संयुक्त सहयोग र संयुक्त आवाज उठाउन चाहान्छन् । नेपालमा चाहे ती बाहुन, क्षेत्री हुन् वा गुरुङ, मगर वा राई, लिम्बू । ताइ मो सनमा चण्डीनाच पनि संगै नाच्न चाहान्छन् र ल्होसारमा संगै भतेर गर्दछन् । रोधीमा संगै गीत गाउंछन् अनि सोरठी र कौडामा संगै नाच्छन् । हङकङमा सबैजना नेपाली मात्र जाति भएझैं गरेर कतै बाटामा हिंड्दा नेपाली अनुहार वा नेपाली भेषभूषाको कदर गर्दछन् ।

तर किन हो कुन्नि फेरि पनि हङकङका नेपालीहरुबीच एकता नै देखिन्न । खासगरी यहांका नेपालीहरुबीच केही यस्ता व्यक्तिहरु छन् जो सधैं नेपालीहरुलाई विभाजितमात्र गराइ राख्न चाहान्छन् । यसरी विभाजित गराइ राख्नुमा तिनीहरुको आफ्नै स्वार्थ छ भन्ने यहांका नेपालीहरुको भनाइ छ ।

को हुन् त ती व्यक्तिहरु जो सधैं नेपालीहरुलाई विभाजन गराउन चाहान्छन् ? के होला तिनीहरुको स्वार्थ ? यस विषयमा हङकङमा मात्र होइन विश्वभरका नेपालीहरुले बुझिराख्नु आवश्यक छ । र, तिनीहरुलाई चिनिराख्नु पनि आवश्यक छ ।

हङकङमा लेखक साहित्यकारहरुको एउटा जमात छ जो लक्ष्मीप्रसाद ब्राह्मण भएकाले लक्ष्मीप्रसादका कविताहरुको विरोध गर्दछ । अनि आफ्ना साहित्य र लेखहरुमा सधैं कुनै जाति विशेषलाई आरोप प्रत्यारोप र गाली गलौज गरिरहन्छ । आफ्नोभन्दा अरु जातिका मानिसले कुनै महत्वपूर्ण काम गर्‍यो भने त्यसकाविरुद्धमा पत्रकारिता आतंक र टेलिफोन आतंक मच्चाउंछ । तर, फेरि बेलाबखत नेपाली एकताका कुरा गर्न पनि छोड्दैन ।

अर्को जमात छ यहां । सौताका रिसले पोइका काखमा मैला गर्ने जमात । नेपालको सत्तामा ब्राह्मण भएकाले हङकङका र्सवसाधारण मान्छेलाई अवहेलना गर्ने र भेदभाव गर्ने गर्दछ । जसले दशैं-तिहार र तीजको विरोध गर्दछ, तर आफ्ना नेताले राजासंग गएर दशैंको टीका लगाउंदा ठीकै हो भन्छ । आदिवासी नेपाली संघको मातहतमा आदिवासी सांस्कृतिक कार्यक्रम गर्दछ । अनि आदिवासीका नाममा नाइटो देखाउने फेसन सो गर्दछ । आदिवासीको नाम लिन्छ, तर नेपालको जनमुक्ति पार्टीको झण्डा बोक्छ अनि इतरका मानिसहरुलाई देखिसहंदैन ।

अर्को झन् अनौठो जमात छ यहां । नेपालका राजनीतिक पार्टीहरुको झण्डा भिरेको छ त्यो । अनि एउटै पार्टीभित्र छुट्टै गुट बनाएर बसेको छ । एउटै पार्टी भए पनि आफ्नो गुटका मान्छेको बढी गुण गान गाउंछ । आफ्नो गुटका मानिसले भ्रष्टाचार गरे पनि वा कुनै पनि धन्दा गरेबापत विरोध गर्दैन, तर अरुहरुलाई भने जरो खनिरहन्छ । नेपालका नेताहरुसंग कानेखुसी गरिहन्छ र आफ्नालाई पदोन्नति गर्ने खेती गर्दछ । नेपाली एकताको कुरा गर्दछ । तर, एकता हुनै दिन्न । अरु व्यक्ति र संस्थाहरुले गरेका राम्रा कामहरुलाई पनि नराम्रो बनाएर प्रचार गर्दछ अनि अरुले गरेका राम्रा कामहरुलाई कहिल्यै जस दिन्न । र, पद भनेपछि मरिहत्ते गर्दछ त्यो ।

यसबाहेक यहां अब अर्को पनि जमात छ । जो काम गर्दैन, तर भाग खोज्छ । माथि भनिएकाहरुको हुलाकीको काम गर्दछ त्यो । तिनीहरुले जे भने त्यही कुराको मच्चीमच्ची प्रचार गर्दछ । यहांका इमान्दार समाजसेवीहरुको चरीत्रहत्या गर्ने काम गर्दछ । आफुले काम गर्न सकेन भने अरुहरुलाई सत्तो सराप गर्दछ । सानातिना कुराहरुलाई भीमकाय बनाएर प्रचार गर्दछ । को होलान् हङकङे नेपालीभित्रका यी भाइरसहरु ? हङकङका नेपालीहरुले नै चिन्ने प्रयास गरुन् ।
- रघु

Popularity: 8%

17 comments August 31st, 2005

राजधानीबाटै जहाजमा राजाको खाजा

जनआस्था, काठमाडौं । ‘पसिना पनि काडिन्छ, अप्ठ्यारो पनि हुन्छ, धुलो पनि खाइन्छ, देशै यस्तो छ । आफ्नो देश यस्तो भएपछि त्यस्तै लुगा लगाउनुपर्‍यो, त्यस्तै जुत्ता लगाउनुपर्‍यो, हिंड्न पनि सक्नुपर्‍यो । जनताले गर्न सक्छन् भने जनताको राजाले गर्न सक्दैनन् ?’

श्री ५ द्वारा बक्स भएको अन्तर्वार्तामा यसरी जनताको जीवनशैलीमा आफूलाई पनि एकाकार गर्ने सन्देश व्यक्त भइरहेको थियो भने यता काठमाडौंबाट राजाको भावनाविपरीत भ्रमण अवधिभर अन्नपूर्ण र सोल्टी होटलको रोयल किचनबाट आइबक्समा दाल, भुजा, चरा र खसीको मासुजस्ता खाद्य सामग्रीहरु खान्सामाल जिन्सीमार्फत हेलिकोप्टरबाट ओसारियो । जनता जस्तो लगाउंछ, आफूले पनि त्यस्तै लगाउनुपर्छ भन्ने राजालाई पक्कै यस्तो गर्न मन लागेको थिएन होला, तर राजाका सेवकले मौसुफको भावना बुझ्न सकेनन् ।

पञ्चायतकालमा राजा सवारी हुंदा हेलिकोप्टरबाट बिरुवाहरु समेत ओसारिन्थ्यो र बृक्षारोपणलगायतका कामहरु गरेको देखाइन्थ्यो । यसपटक राजाबाट जनताले जस्तो लगाएको छ, त्यस्तै लगाउने हुकुम भयो तैपनि जनताले जस्तो खाएको छ, त्यस्तै खाना खानबाट भने सेवकहरुले श्री ५ लाई बञ्चित गरे । सेना, सशस्त्र र जनपथ प्रहरीले हेलिकोप्टर प्रयोग गरेर सोल्टी र अन्नपूर्णबाट राजाका लागि खानेकुरा ओसारे । आखिर खर्च जसको भए पनि राष्ट्रकै भयो । भ्रमण अवधिभरमा श्री ५ द्वारा जनताकै खान्की गुन्द्रुक, ढिंडो खाइदिएको भए कत्ति राम्रो हुन्थ्यो । शान्ति-सुरक्षाको स्थिति र जनताको पीरमर्का बुझ्न जनताका बीचमा सवारी भएका बेला विस्थापितहरुले कसरी जीविका चलाउंदैछन् भन्ने बुझ्न उनीहरुकै जस्तो रुखोसुखो खाइदिएको भए हुन्थ्यो । किन प्लेन र हेलिकोप्टरबाट दलबलकै निम्ति आइसबक्सबाट ओसारियो ? दही, मही र मकै, भटमास राजाबाट ज्युनार भएको भए के फरक पथ्र्यो ? आउंदा दिनका सवारीहरुमा राजाका सेवकहरुले राजाको भावना बुझ्न जरुरी देखिएको छ । राजा जनतासंग एकाकार हुन खोज्ने, तर सेवकहरुले नै सामन्ती व्यवहार प्रदर्शान गर्ने हो भने श्री ५ को भनाइ र व्यवहारमा तादाम्य हुन सक्दैन ।

श्री ५ बाट आफ्नो अन्तर्वार्तामा सुशासन र बित्तीय अनुशासनका कुराहरुमा जोड दिइबक्सेको छ । तर, किन कालोसूचिमा परेका मन्त्रीहरुले बैंकको ऋण चुक्ता गर्ने अग्रसरता देखाउंदैनन् ? यस्तै कालोसूचिमा परेकाहरुलाई मन्त्री र उपाध्यक्ष बनाउन किन श्री ५ लाई सुझाव टक्य्राउने गरिन्छ ? सिनेट श्रेष्ठ र जगत गौचनजस्ता मान्छेलाई मन्त्री बनाइयोस् भनेर किन राजावादीहरुबाट सिफारिस गरिन्छ ? राजावादीहरुको यस्तो व्यवहारले गर्दा श्री ५ को भावना एकातिर, तर सरकारको काम अर्कातिर हुन गएको हो । श्री ५ आफैंबाट यस्ता भ्रष्टहरुलाई मन्त्री पदमा राख्ने इच्छा व्यक्त गरिबक्सेको हो भनेर अनुमान लगाउनु भनेको चाहिं राजाको भनाइ र गर्राईमा दरार देख्नु हो ।

राजाबाट जनताको जीवनशैलीजस्तै आफ्नो पनि बनाउन खोज्नु सकारात्मक कुरा हो । तर, यो त्यागलाई मूर्तरुपमा देखाइयोस् भनेर आमनागरिकले शुभेच्छा व्यक्त गर्न पक्कै पनि पाउनुपर्छ ।

Popularity: 8%

2 comments August 31st, 2005

तत्काल प्रेस स्वतन्त्रता बहाली होस्: आईएफजे

कान्तिपुर संवाददाता, भदौ १४ -
काठमाडौं, अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले मौलिक र प्रजातान्त्रिक अधिकारका रूपमा तत्काल प्रेस स्वतन्त्रता बहाली गर्न श्री ५ समक्ष आग्रह गरेको छ ।

महासंघका सभापति क्रिस्टोफर वारेनले श्री ५ समक्ष मंगलबार पत्रमार्फत प्रेस स्वतन्त्रता बहालीका लागि भइरहेका विश्वव्यापी पहलप्रति ध्यान दिन आग्रह गर्दै प्रेस स्वतन्त्रता तत्काल बहाली गर्न माग गर्नुभएको हो । नेपालमा प्रेस स्वतन्त्रताका लागि विश्वव्यापी कार्य दिवसका अवसर पारेर आईएफजेले पत्र पठाएको हो ।

वारेनले पत्रमा तत्काल संवैधानिक कानुन पुनःस्थापना गर्न पनि आग्रह गर्नुभएको छ । ‘नेपालमा प्रेस स्वतन्त्रताका लागि विश्वव्यापी पहललाई ध्यानमा राख्दै तत्काल प्रेस स्वतन्त्रता स्थापना गर्न हामी आग्रह गर्छौं,’ पत्रमा भनिएको छ । माघ १९ पछि सरकारले प्रेस स्वतन्त्रतामाथि प्रक्रियाबद्घ आक्रमण गर्दै आएको उहाँले स्मरण गराउनुभएको छ । ‘सरकारले प्रत्यक्ष कारबाही र परोक्ष दबाबलगायत विभिन्न माध्यमबाट नेपालको सञ्चार समुदायमाथि प्रतिबन्ध लगाउने, धम्की दिने, पत्रकारलाई थुन्नेलगायतका काम गर्दै आएको प्रस्ट भएको छ,’ विज्ञप्तिमा भनिएको छ । उहाँले माघ १९ पछि करिब दुई हजार पत्रकार बेरोजगार भएको र धेरैलाई गिरफतार गरिएको जनाउनुभएको छ । कार्य दिवसमा भारत, हङकङ, अफगानिस्तान, पाकिस्तान, श्रीलंका, बंगलादेश, थाइल्यान्ड, इन्डोनेसिया, अस्ट्रेलिया, जापान, ताइवान, इटाली, जर्मनी र नर्वेका संस्थाहरूले पनि श्री ५ समक्ष विरोधपत्र पठाएको विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच दिल्लीस्थित संवाददाताका अनुसार भारतीय पत्रकार र अखबारका युनियनसम्बद्ध कार्यकारीहरूले नेपालको प्रेस स्वतन्त्रताप्रति ऐक्यबद्धता जनाउँदै मंगलबार यहाँस्थित राजदूतावासमा ज्ञापन बुझाएका छन् । उनीहरूले प्रेस र मानव अधिकारमाथि हस्तक्षेप रोक्न माग गर्दै शाही नेपाली दूतावासका उपप्रमुख प्रदीप खतिवडालाई ज्ञापन बुझाएका हुन् ।

श्री ५ लाई सम्बोधन गरिएको ज्ञापनमा मानव अधिकारको सम्मान र वाक् स्वतन्त्रताको पुनर्बहाली गर्न आग्रह छ । अन्तर्राष्ट्रिय पत्रकार महासंघको आह्वानमा ‘नेपालमा प्रेससम्बन्धी गतिविधिका लागि विश्वव्यापी अभियान’ प्रदर्शन गरिएको थियो । आईएफजे दक्षिण एसिया शाखा संयोजक लक्ष्मी मूर्तिका अनुसार न्युयोर्कमा हुने राष्ट्रसंघीय महासभामा बुझाउन प्रेस स्वतन्त्रताको पक्षमा विश्वभर हस्ताक्षर संकलन भइरहेको छ ।

Popularity: 8%

Add comment August 31st, 2005

‘राजाले काँचुली फेरेकाले कांग्रेसले पनि’

कान्तिपुर, बलराम बानियाँ, भदौ १४ -
ललितपुर, कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले राजाले काँचुली फेरेर निरंकुश राजतन्त्रको कवच भिरेकाले आफ्नो पार्टीले पनि ऐतिहासिक निर्णय गरेर काँचुली फेरेको बताउनुभएको छ ।
जावलाखेलको खेलमैदानमा मंगलबार पार्टीको एघारौं महाधिवेशन उद्घाटन गर्दै उहाँले राजाबाट संविधान र जनतालाई पाखा लगाइएका कारण कांग्रेसले बाध्य भएर विधानबाट संवैधानिक राजतन्त्र हटाएको खुलासा गर्नुभएको छ । ‘राजाले हामीलाई विधानबाट राजतन्त्र झिक्न बाध्य बनाएका हुन्,’ उहाँको भनाइ थियो ।

‘राजाले काँचुली फेरेर निरंकुश राजतन्त्रको कवच भिरेपछि कांग्रेसले पनि काँचुली फेरेको हो,’ कोइरालाले भन्नुभयो- ‘राजाले आफ्नो ‘कस्टिचुएन्सी’ (प्रतिबद्धता) परिवर्तन गरेपछि हामीलाई पनि प्रतिबद्धता फेर्ने अधिकार छ ।’

कांग्रेसले समयअनुसार अगाडि बढ्ने ऐतिहासिक निर्णय गरेको उल्लेख गर्दै उहाँले पार्टीका नेता तथा कार्यकर्तालाई त्यसमा द्विविधा र आशंका नराख्न तथा नआत्तिन आह्वानसमेत गर्नुभएको छ । अन्योल, अस्थिरता र अराजकतालाई चिर्दै मुलुकलाई संकटमुक्त बनाउन पार्टी महाधिवेशनले अत्यन्त गम्भीर भएर नीति र कार्यक्रम अघि सारेर नयाँ इतिहास निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘पूर्ण प्रजातन्त्र भनेको गणतन्त्रको सीमारेखा हो’ भन्दै उहाँले सीमारेखा पार गर्ने कि नगर्ने निर्णय जनताले गर्ने बताउनुभयो । पूर्ण प्रजातन्त्रमा जनताको सर्वोच्चताभन्दा माथि कुनै संस्था वा तन्त्र नहुने विचार पनि उहाँको थियो । उहाँले प्रजातन्त्रका सवालमा आफूले कसैसित सम्झौता नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ । राजाले प्रधानमन्त्री, कर्मचारी र राजनीतिज्ञ भएर काम गर्न थालेको उल्लेख गर्दै उहाँले प्रश्न गर्नुभयो- ‘राजाले राजनीति गर्ने हो भने देश कहाँ पुग्छ ?’ राजाले ठूलो संख्यामा सेना, प्रहरी र सर्वसाधारण मरिरहँदा पनि राजनीतिक संकटप्रति बेवास्ता गरिरहेकामा आफूलाई ठूलो चिन्ता लागेको बताउनुभयो । ‘यत्रा मान्छे मर्दा पनि राजामा कुनै चिन्ता देखिएको छैन । मेरो चिन्ता त्यही हो,’ उहाँले भन्नुभयो ।

राजाले दलहरूसँग भिजन छैन भनी गालीमात्र गरेको उल्लेख गर्दै कोइरालाले भन्नुभयो- ‘महाराजमा व्यापारिक भिजन होला, अरू भिजन छैन ।’
मुखले प्रजातन्त्रको बखान गर्ने राजाले कांग्रेसलाई महाधिवेशन गर्न अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हलसमेत नदिएर निरंकुश चरित्र प्रदर्शन गरेको उहाँले बताउनुभयो । ‘यहाँ -जावलाखेल) पनि गर्न नदिएको भए सडकमै महाधिवेशन गथ्र्यौं,’ उहाँले भन्नुभयो- ‘राजालाई म भन्न चाहन्छु, भागेर गएका राजालाई ल्याउने पनि कांग्रेस हो ।’

माघ १९ मा संविधानलाई क्षतविक्षत पारी रद्दीको टोकरीमा फालेर राजाले कुन मुखले मेलमिलापको कुरा गरिरहेका छन् भन्दै उहाँले संविधानको क्रियाशीलताबाट मात्र मेलमिलापको सुरुआत हुनसक्ने बताउनुभयो ।

सहयोद्धा छ दल, राप्रपा, राष्ट्रिय जनशक्ति पार्टीका नेताहरूले कार्यक्रममा बोल्दै महाधिवेशनको सफलताको कामना गरेका थिए । एमाले महासचिव माधवकुमार नेपालले राजाले नै संवैधानिक राजतन्त्रको औचित्य समाप्त पारेको उल्लेख गर्दै महाधिवेशनमा पाँच दशकको अनुभवका आधारमा राजासहितको होइन राजारहितको प्रजातन्त्रको रूपरेखा कोर्न आग्रह गर्नुभएको थियो ।

‘संवैधानिक राजतन्त्रसँग सहकार्य गरेर अघि बढ्ने स्थिति रहेन । यसलाई मनन गरेर कांग्रेस अग्रगामी दिशामा जानुपर्छ,’ नेपालले भन्नुभयो । राजालाई दल र जनता चाहिँदैन भने दल र जनतालाई पनि राजा चाहिँदैन भन्दै उहाँले आफ्नो पार्टीको केन्द्रीय कमिटीले संविधानसभामा जाने र आन्दोलनलाई गणतन्त्रउन्मुख बनाउने निर्णय गरेको जानकारी गराउनुभयो ।

उहाँले आन्दोलनमा ऊर्जा थप्न कांग्रेस महाधिवेशनले अग्रगामी निर्णय गरोस् भन्ने अपेक्षा सबैले गरेको बताउनुभयो । प्रजातान्त्रिक कांग्रेसका कार्यवाहक सभापति गोपालमान श्रेष्ठले राजाबाट ‘मुसर्रफ शैली’ को शासन सुरु गरी संवादका ढोकामा भोटे ताल्चा लगाइएको आरोप लगाउनुभयो ।

गुमेको अधिकार फिर्ता गराउन सात दलले दह्रो खुट्टा टेकेर आन्दोलन गर्नुपर्ने धारणा उहाँको थियो । उहाँले तिहारपछि सातवटै दलले आफ्ना अधिराज्यभरका सम्पूर्ण कार्यकर्तालाई राजधानी बोलाएर निषेधाज्ञा तोड्ने कार्यक्रम राख्नसमेत प्रस्ताव गर्नुभएको

छ । उहाँले कांग्रेसलाई बुक गरिसकेको हलसमेत नदिएर राजाले निरंकुश अनुहार उदांग पारेको बताउनुभयो ।

जनमोर्चाका अध्यक्ष अमिक शेरचनले बन्दुकको आडमा शासनमा आएका राजाले जनताको हवाला दिँदा नसुहाउने बताउनुभयो । ‘जहाँ बन्दुक हुन्छन्, त्यहीं राजा हुन्छन्, जहाँ राजा हुन्छन्, त्यहाँ बन्दुक हुन्छन् ।’

‘राजाले अन्तर्वार्तामा संवादको ढोका खुलै रहेको उल्लेख गरेका छन्’ भन्दै उहाँले पार्टीहरूलाई अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ढोकासमेत बन्द गरेर संवादको ढोका कहाँ खुल्यो बयोवृद्ध नेता कोइरालाले बुझ्नुपर्ने बताउनुभयो । उहाँले संकटको समाधान संविधानसभाका माध्यमबाट लोकतान्त्रिक गणतन्त्रमा गएपछिमात्र हुने बताउनुभयो ।

राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले सरकारले कांग्रेसलाई सम्मेलन केन्द्र भवनसमेत नदिएर विवेकहीनता प्रदर्शन गरेको बताउनुभयो । ‘महाधिवेशन यहाँ गर्न बाध्य पार्नु सरकारको विवेकहीन निर्णयको उपज हो,’ थापाले भन्नुभयो- ‘म सरकारको त्यस्तो व्यवहारप्रति दुःख व्यक्त गर्दछु ।’

‘इतिहासमा कांग्रेसको गहिरो छाप छ’ भन्दै उहाँले राज्य पुनर्संरचना गरी दलित, जनजाति, मधेसी सबैलाई समावेश गराएर मूलधारमा ल्याउने नीति र कार्यक्रम तय गर्न कांग्रेस महाधिवेशनलाई आग्रहसमेत गर्नुभएको थियो ।

राप्रपाका नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले अझै पनि राष्ट्रिय मेलमिलापको सम्भावना रहेको उल्लेख गर्दै मेलमिलापका लागि सम्बन्धित सबै ठाउँबाट पहल हुनुपर्ने बताउनुभयो । महाधिवेशनले मुलुकमा विद्यमान सबै समस्याको समाधानका उपाय खोज्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले महाधिवेशनले मुलुकलाई नयाँ ढंगले अघि बढाउने ठोस निर्णय गर्ने विश्वास व्यक्त गर्नुभएको थियो । वाममोर्चाका अध्यक्ष तथा मालेका महासचिव सीपी मैनालीले कांग्रेस ऐतिहासिक पार्टी भएकाले नयाँ राजनीतिक जोसका साथ अघि बढ्नुपर्ने बताउनुभयो । ‘कांग्रेस नयाँ सोचका साथ अघि बढेर आउनुपर्छ । नयाँ सोचको उमंगसँगै राष्ट्र, राष्ट्रियता र जनताको पक्षमा आन्दोलन सशक्त बनाउनुपर्छ,’ मैनालीले भन्नुभयो ।

सद्भावना -आनन्दीदेवी) का उपाध्यक्ष भरतविमल यादवले महाधिवेशन गर्न हलसमेत नदिएर सरकारले निरंकुश चरित्र प्रदर्शन गरेको उल्लेख गर्दै त्यसप्रति खेद प्रकट गर्नुभयो । महाधिवेशनले नयाँ राजनीतिक कार्यदिशा पहिल्याएर सम्पूर्ण जनता आन्दोलनमा आउने जोस ल्यायोस् भन्ने शुभकामना उहाँले दिनुभएको थियो ।

भारतका विभिन्न पार्टीका नेताहरूले भारतीय जनता र दलहरू नेपालको लोकतान्त्रिक आन्दोलनको पक्षमा रहेको उल्लेख गर्दै कांग्रेस महाधिवेशनको सफलताको कामना गरेका थिए । ‘मलाई पूर्ण विश्वास छ, छिट्टै नेपाली जनताको लोकतान्त्रिक आन्दोलनको जित हुन्छ,’ भारतीय राष्ट्रिय कांग्रेसका नेता प्रवीण डाबरले भन्नुभयो ।

भारतीय पार्टीहरूद्वारा माघ १९ को शाही कदमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनप्रति समर्थन गर्न गठित नेपाल डेमोक्रेसी सोलिड्यारिटी कमिटीका सचिव डीपी त्रिपाठीले ०४६ सालमा जस्तै आन्दोलनको आँधीबेहरी ल्याउन युवाविद्यार्थीहरूलाई आह्वान गर्नुभयो ।

उहाँले आफू भारतीय दलहरूका तर्फबाट मात्र नभई सरकारका तर्फबाट पनि नेपालको लोकतान्त्रिक आन्दोलनलाई समर्थन गर्न आएको बताउनुभयो । उहाँले आफू ०४६ सालमा कांग्रेस नेता गणेशमान सिंहको घरमा भएको सम्मेलनमा आई आन्दोलनको समर्थन गरेको बताउनुभयो ।

सीपीआईएमका नेता एवं सांसद वासुदेव आचार्यले नेपाली जनतामाथि तानाशाही थोपरिएपछि एउटाबाहेक सबै भारतीय पार्टी नेपालमा लोकतन्त्र बहाली हुनुपर्छ भनेर क्रियाशील भएको बताउनुभयो ।

‘लोकतन्त्र जनताको आधारभूत अधिकार हो । देश जनताका लागि हो, राजाका लागि होइन’ भन्दै उहाँले नेपालको लोकतान्त्रिक आन्दोलन नेपाली जनताको मात्र नभई भारतीय जनताको पनि संघर्ष भएको बताउनुभयो ।

राष्ट्रवादी कांग्रेसका नेता रमेश दीक्षितले नेपाली लोकतान्त्रिक आन्दोलनमा आफ्नो पार्टीको समर्थन जनाउन आफू नेपाल आएको बताउनुभयो । विश्वले लोकतन्त्रीविरोधी संस्कार पचाउन नसक्ने उल्लेख गर्दै भारतीय जनता तन, मन र विचारले नेपाली जनताका पक्षमा रहेको बताउनुभयो ।

भारतीय राष्ट्रिय कांग्रेसका नेता एवं भारतका पूर्वप्र्रधानमन्त्री लालबहादुर शास्त्रीका छोरा अनिल शास्त्रीले लोकतन्त्रबिना कुनै पनि देशले प्रगति गर्न सक्तैन भन्दै नेपालमा पनि प्रगतिको बाटोमा जान लोकतन्त्र जरुरी भएको बताउनुभयो । ‘लोकतन्त्र प्राप्ति गर्न शान्तिपूर्ण आन्दोलन उपयुक्त बाटो हो,’ उहाँले भन्नुभयो ।

कांग्रेसका विदेश विभाग प्रमुख चक्रप्रसाद बाँस्तोलाले बेलायतका प्रधानमन्त्री तथा लेबर दलका अध्यक्ष टोनी ब्लेयर, भारतीय पूर्वप्रधानमन्त्रीद्वय चन्द्रशेखर र इन्द्रकुमार गुजराल तथा नर्वे, फ्रान्स र जर्मनीका समाजवादी पार्टीहरूले महाधिवेशन र लोकतन्त्र बहालीको आन्दोलनको सफलताका लागि पठाएको शुभकामनापत्र पढेर सुनाउनुभएको थियो ।

Popularity: 8%

Add comment August 31st, 2005

परान पीयारीलाई चिठी!

-शिव प्रकाश

आदरनीये पीर्येबुढी
सादर ‘स्यालूट’ छ,
मलाई लाग्छ हाम्रो माया-प्रीति
अझै ‘भ्यालिड’ छ।
धेरै वर्षपछि
‘बोष्टन सीटी’बाट यौटा
चिठी लेख्दैछु,
तिमी विना भुङ्रो जस्तो
रन्किएको मेरो मन
हरिया डलरले अझै सेक्दैछु।
के भनौ तिम्लाई बुढी,
स्याप्पै सुक्यो
नेपालको त्यो मेरो भुँडी।
तालु खुइलिएर
आलु जस्तो भैसक्यो
‘गीरिनकार्ड’को आशै आशमा
आधा उमेर यही गैसक्यो।
‘गीरिनकाड’ पाएपछि
लौरो किनी ल्याउछु
राम्रो डाक्टर खोजिकन
आँखा जचाउछु
एक हातमा लौरो टेकी
अर्को हातमा झोली बोकी
एयरपोर्टमा तिमीलाई भेटौंला
भेटेपछि आपसमा-
माया-प्रीति गासौंला।
साथीभाईले भन्थे बुढी
‘अम्रिका’मा सबै काम
कम्प्युटरले गर्छ
जुनसुकै काम पनि
आजको भोली हुन्छ
यो सबै बकम्फुसे कुरामात्र रैछ ।
के एत्रा! हुन्थ्यो,भुत्रा! हुन्थ्यो
हुने भए त्यो ‘गीरिनकाड’ भन्ने
प्लास्टिकको पाप्रो छाप्न
किन पाँच-सात वर्षलाग्थ्यो!
एउटा कुरा बुझ मेरी
परान पीयारी,
केही वर्षपर्ख अझै
दायाँ-बायाँ गडबड नगरी ।

हाल-बोष्टन,अमेरिका ।
(यसमा आदरणीय लगाइएको छ, प्रियको साथमा व्यंग्यात्मक रुपमा लगाइएको हो, मिल्छ कि मिल्दैन? श्रीमतीले श्रीमान्लाई जहिले पनि अदरणीय लाउनु पर्ने तर उही श्रीमान्को अर्धाङ्गीनी श्रीमतीलाई चाँही श्रीमान् भनाउँदाहरुले किन आदरणीय नलगाउने भन्ने कुरालाई व्यंग्य गर्नाका लागि पिर्ये भन्न शब्दसाथ आदरणीय लगाइएको हो। शिव)

Popularity: 8%

3 comments August 30th, 2005

अक्षरमा अमरसिंहहरु

- सुरेन लिम्वु

मेरी प्यारी नेपाल आमा
आज तिमी जेठोबाठो छोराको मात्र कुरा गर्दैछु
पलाञ्चोकको लडाईमा देशको रक्षार्थ
बीरगति पाउने बहादुर छोरा अमरसिंहको होइन
म सिर्फ अक्षरमा अमरसिंहहरुको मात्र कुरा गर्दैछु ।

व्यस्त छन् तिनीहरु आजभोलि खेतीमा
वोलीका वीउ रोपेर हुलका हुल टाउकाहरुका अन्न
उत्पादन गर्छन् अक्षरमा अमरसिंहहरु
अन्नको नियति माना र पाथीमा भरिरहनु मात्र हो त !

आमाको रुग्ण शरीरलाई बेवस्ता गर्दै
मजेत्रो तानातानमा व्यस्तछन् तिनीहरु
आमा कै शरीरमा सन्ततिको लुछाचुडि देखेर
स्तब्ध छ समय पनि !
तर अचम्म ! अझै पनि उद्वेलित नै छन् उत्तेजित नै छन्
अक्षरमा अमरसिंहहरु !

मेरी प्यारी आमा
यहा स्वभिमानको के कुरा स्वगर्वितताको के कुरा
जङ्गे पिलरहरु सरिरहदा हजारौ सन्तति डुवानमा परिरहदा
तिनै परपीडकको लगौंटी मुनि
आस्थाको हर्पेमा जदौको घ्यू बोकेर
सत्ताको आश्वादन गर्न
तंछाड मंछाड गर्छन् अक्षरमा अमरसिंहहरु

गुलेली मट्यांग्राले जून तारा झार्न कम्मर कसेझैं गर्छन्र्
दईचार हुल लोभिपापीहरु
कारुणिक संगीतमा अश्लील नृत्यझैं लाग्छ
अव त तिनीहरुका पाका संवेदनाहरु पनि
समेरु पर्वतलाई नेति वनाएर समुद्रमन्थन गरेझैं
निर्दोष सन्ततिहरु मन्थन गरेर
कालकुट उत्पादनमा उद्घतछन् अक्षरमा अमरसिंहहरु

सुदूरभविष्यको गर्भमा इतिहासको नीलडामहरु द्वारा
यिनै उद्वोधित निर्वाणवादीहरुको कारणवाट
हाम्रो एकयुगको कष्टदायक अन्त्य भएको हुनेछ
कष्टदायक अन्त्य भएको हुनेछ ।

Popularity: 8%

Add comment August 30th, 2005

राजाको अन्तर्वार्ताको पूर्ण विवरण

(राजाको अन्तर्वार्ताको पूर्ण विवरण हामीले गोरखापत्रबाट साभार गरेका छौं । अधिकांश शव्दहरु मूल कपिमा नै अस्पष्ट छन् त्यसैले पाठक स्वंयले सच्याएर पढ्नुहोला ।)

‘जहाँ नेपाली हुन्छ त्यहाँ राजा हुन्छ र जहाँ राजा हुन्छ त्यहाँ नेपाली हुन्छ’
- श्री ५ ज्ञानेन्द्र

श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीरविक्रम शाहदेवबाट सम्पन्न सुदूर र मध्यपश्चिमाञ्चलको भ्रमण र मुलुकको समसामयिक परिस्थितिबारे रासस, नेपाल टेलिभिजन र रेडियो नेपालले अन्तर्वार्ताका लागि मौसुफका जुनाफमा बिन्ती चढाएपछि श्री ५ बाट निगाह बक्स भएको अन्तर्वार्ताको पूण विवरण यहाँ प्रस्तुत गरिएको छ:

प्रश्न : सरकार, मौसुफबाट सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको भ्रमण सम्पन्न गरिबक्सेको छ, जनताका भावना र चाहना के पाइबक्स्यो ?
उत्तर : भावनाचाहिँ मैले कस्तो पाएँ भन्देखि थरीथरीको थियो तर चाहनाचाहिँ एकै, चाहनाचाहिँ शान्ति नै थियो । भावनातिर चाहिँ मैले के पाएँ भन्देखिन कोहीले व्यक्तिगत कुरा गरे, कोहीले जिल्लाको कुरा गरे, कसैले चाहिँ यो पाऊँ, त्यो होस्, यस्तो हुनर्ुपर्छ, यस्तो पनि विचारहरू आ’थ्यो तर मुख्य कुराचाहिँ, चाहनाचाहिँ सबैको जहाँ गए पनि एउटै थियो( शान्ति, त्यसपछि मात्र विकास ।

प्रश्न: सुदूर तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको वस्तुस्थिति पूवाञ्चलको तुलनामा कस्तो फरक पाइबक्स्यो ?
उत्तर : साँच्चि नै भन्ने हो भन्देखि देशभरि नै अप्ठयारो स्थिति छ तर हो यता सुदूर र मध्यपश्चिमाञ्चलमा चाहिँ विशेष खालको अप्ठयारोहरू मैले अनुभव गरेँ । त्योचाहिँ विकटताको कारणले पनि हुनसक्छ, गरिबी पनि एउटा विशेष कारणजस्तो लाग्छ मलाई । राजधानीभन्दा पनि अलि टाढा भएर पनि हो कि ! पूवाञ्चलमा चाहिँ अलिअलि छिमेकी राष्ट्रबाट पनि अलिकति प्रभावित पनि छ कि, त्यस्तोजस्तो लाग्यो । यताचाहिँ आतङ्क पनि अलि बढी वा आतङ्कको त्रास अलि, त्यो एउटा अनुभव मैले गरेँ भन्देखि भौगोलिक बनावट यतापट्टकिोले पनि केही अप्ठयारोहरू अवश्य छ । यही सिलसिलामा कर्ण्ााली अञ्चलकै कुरा गरौँ, कर्णालीको भूबनावटले नि त्यसलाई हाम्ले हेर्ने दृष्टिकोण नै अर्को हुनर्ुपर्छजस्तो लाग्छ । कर्णालीमा केही ठाउँ उच्च हिमालमा पनि पर्‍या’छ भन्देखि केही ठाउँ ‘ट्रान्ज हिमालयन’मा पनि पर्‍या’छ । यसलाई हाम्ले केही गरौँ भनेर विचार गर्दाखेरि नि दृष्टिकोण नै फरक हुनर्ुपर्छ । उदार हुनर्ुपर्छ, त्यो सङ्कुचित दृष्टिले हेरेर त्यो हुँदै हुन्न । कतिपय ठाउँ जस्तो डोल्पाजस्तो ठाउँमा कोही पनि पुग्या पनि छैन होला । सरकार त त्यहाँ ‘प्रेजेन्सै’ पनि छ कि छैन, योभन्दा अगाडिको भ्रमणमा पनि म त्यहाँ जाँदाखेरि त्यहाँका मान्छेहरूले भन्थे( उपल्लो डोल्पाबाट आएको भनेर । उनीहरूलाई दुनै आउन सात दिन लाग्थ्यो, दुनैचाहिँ सदरमुकाम र उनीहरू बढ्ता छिमेकी देश चीनको स्वशासित क्षेत्र ‘टिबेट’सँग बढी लेनदेन, आवतजावत चरनको कुरा र कतिले त मलाई त्यस्ता हुम्लाजस्तो ठाउँ देख्दा मलाई के भन्थे भन्देखि हाम्रै देशबाट उनीहरूको जिल्लामा जानुभन्दा सजिलो चीनकै स्वशासित क्षेत्रबाट उनीहरूलाई जानु सजिलो हुन्थ्यो । यताबाट झन् अप्ठयारो छ । यस्ता कुरा पनि हामीलाई सुनाएको हो त्यो ‘टाइम’मा । त्यसैले पनि मैले अहिले अलि जोड दिइराखेको, यसपालि तपाईँहरूले पनि विचार गर्नुभयो होला( बाटोमा जोड गरिराख्या’छु मैले । जुम्लासम्म बाटो पुर्‍याउन सकियो भन्देखिन तर्राईदेखि नै धेरै कुराहरू खुल्दै जान्छन् भन्ने हाम्रो विचार हो । अब यताबाट जाजरकोट पनि पुर्‍याउने । छिन्चु-जाजरकोट बाटो अहिले चलि पनि राख्या’छ त्यसलाई अझ अर्को एक वर्षलाग्छ कि ! यो वर्षभत्र हुन्न होला भन्ने मलाई योजनाविद्हरूले भनिराख्या छन् तर त्यो बाटो पनि विकट ठाउँबाट र अप्ठयारो भूभागबाट लैजानु पर्‍या छ तर भइराख्या छ । फेरि जाजरकोट हामीले छिन्चुबाट जोड्न सक्यौँ भन्देखि त्यही बाटो हाम्ले कतै न कतैबाट दुनैसम्म पनि पुर्‍याउन सकिएला, अनि डोल्पा पनि राष्ट्रिय मूलधारमा जोडिन्छ । सदरमुकामहरूलाई हामीले जसरी भए पनि बाटोबाट जोड्नर्ैपर्छ यसले गर्दाखेरि त्यो आर्थिक कारोबार, मान्छेको आवतजावत त्यो एकतालाई यसले बल दिन्छ । श्री ५ बडामहाराजाधिराजले त्यसै त्यो फूलबारी हुकुमभा’ होइन कति थरीका फूलहरू पनि हुकुम भा’छ । ती सबैलाई जोगाउनु, त्यसलाई सिञ्चित गरेर राख्नु त्योचाहिँ राजसंस्थाकै काम हो र राजसंस्थाले जहिले पनि गरिराख्ने कुरा हो । फरक अवश्य छ, तपाईँले अघि सोध्नुभा’जस्तै । दुइ ठाउँमा फरक छ तर एउटा कुराचाहिँ हामीले बिर्सनु हुन्न( जेजस्ता अप्ठयारा भए पनि हामी सबै नेपाली हौँ, नेपालमै बस्नर्ुपर्छ नेपालमै काम गर्नुपर्छ र दैवले चाहेको बेला नेपालमै हामी नाश हुने हो । त्यसैले त्यस्तो विचारले हामी अघि बढयो भन्देखिन राष्ट्रियता, अखण्डता यी कुराहरूलाई बल हुन्छजस्तो लाग्छ र बल पनि दिन्छजस्तो लाग्छ ।

प्रश्न: सरकारको भ्रमणकै बेलामा मौसुफबाट विकास र शान्तिका कुरा व्यक्त गरिबक्सेको थियो तर त्यसमा तुलनात्मक हिसाबले हर्ेदाखेरि हामीलाई विकासभन्दा पनि शान्ति चाहियो सरकार भनेर मौसुफसमक्ष निवेदन गरेका छन् । सरकार, यस्तो स्थितिमा यसलाई कसरी लिइबक्सेला ?
उत्तर: त्यो जनताको भित्री भावबाट आएको कुरा हो । अहिले त्यसलाई राज्यले पनि प्राथमिकता दिएको कुरा हो । शान्ति भन्ने कुरा झन् कस्तो भन्देखि एउटा विचारको कुरा हो, माने त्यो वातावरणीय शान्ति मात्र भन्ने कुरा होइन मनको शान्ति हुनर्ुपर्छ । मनमा शान्ति भयो भन्देखिन त्यो बाहिर फैलिए वातावरणीय शान्ति पनि हुन्छ । तर अहिले हामीलाई अप्ठयारो केही न केही त즣2357;हरू, दर्ुभाग्यवश हिंसा फैलाइराख्या’छन्, चन्दा उठाइराख्या’छ रे, आतङ्क भैराख्या’छ रे, त्रसित छन् जनता । त्यसैले यो मलाई त कस्तो लाग्छ भने यो त स्वाभाविकजस्तो भयो । सबैभन्दा पहिले उनीहरूले खोजेको त राति सजिलोसँग सुत्न पाओस्, दर्ुइ छाक खानु पाओस्, आनन्दसँग जसले काम गरिराख्या’छ उनीहरूले शान्तसँग काम गर्न पाओस् । अहिले पनि हामीले सुनिराख्या छ फेरि आतङ्कचाहिँ उद्योगतिर फेरि लक्षित छ रे, यो तुरुन्त रोक्नर्ुपर्छ । यो भाइभाइमा फुट हुँदाखेरि अरूले अवश्य फाइदा लिन्छ यो नेपाली जनताले विचार गर्नुपर्ने कुरा हो । अरूलाई ठाउँ पनि दिनुभएन र आफू पनि संवेदनशील भईकन विचार गरेर यस्ता कुरालाई प्रोत्साहन पनि दिनु हुन्न कुनै क्षेत्रबाट । जति हामी फुटयाजस्तो देखिन्छ उति नै अरूले फाइदा उठाउँछ उठाउँछ, त्यसैले म त के भन्छु भन्देखि जसले बाटो बिराएको छ राष्ट्रिय एकता र राष्ट्रलाई बिन्दु बनाएर उनीहरूले सोच गर्न थाल्यो भन्देखि अवश्य कुनै न बाटो आउलाजस्तो लाग्दछ, तर त्यो भन्दैमा एउटा राजनीतिक दृष्टिकोणले उनीहरूले केही खोजेको पहिले थियो भने अहिले त्यो दुभाग्यवश अन्त गयो । एक समय थियो मैले के सुन्थेँ भन्देखि जनताबाटै( आतङ्कवादीहरूले ल्याएको विचारहरू जनतालाई सुधार ल्याउन खोज्या’छ, जनताले खोजेको काम गर्न खोज्या’छन् यो के भा छ त - जब त्यो बिन्दु नाघ्यो र आतङ्कतिर लागे तिनीहरू अनि जनताले पनि साथ दिन छोडे । पहिले हामीले सुन्थेँ( एकचालीसवटा माग थ्यो रे, यति माग थ्यो रे, उति माग थ्यो रे । त्यो मागमा कति कुरा त राम्रो पनि थियो नभा’ होइन । त्यो समयको सरकारहरूले विचार पुर्‍याउन सकेन कि - नत्र भने केही न केही त्यो समयमा केही गर्दिया भएदेखि अहिले हामी यति खाल्टोमा पर्ने थिएन कि - अब अहिले पनि म के भन्छु भन्देखि कतिपय कुरा त त्यो अहिले हाम्ले ल्याएको २१ बुँदे कार्यक्रममा पनि हाम्ले त्यो ‘अड्रेस’ गर्न खोज्या’छौँ । त्यसैले अहिलेचाहिँ हाम्ले राष्ट्रलाई नै मिलनबिन्दु वा केन्द्रबिन्दु बनाएर दृष्टिकोण र विचार गर्न सक्यौँ भन्देखि बाटो अवश्य निस्कन्छ ।

प्रश्न: सरकारको भ्रमणकै बेला जनताले यसै सिलसिलामा शान्तिसुरक्षाको कुरा उठाएर विकासनिर्माणका निवेदनहरू गरेका छन्, प्रशासनिक ढिलासुस्तीका कुरा उठाएका छन् सरकार र सँगसँगै कतिले त आफ्ना व्यक्तिगत मागहरू पनि राखेका छन् र आशा पनि गरेका छन्, यस सर्न्दर्भमा मौसुफबाट केही निर्देशन बक्स हुन्छ कि ?
उत्तर: यसमा सबैभन्दा पहिले त विभिन्न खालका मागहरू छन्, व्यक्तिगत माग पनि हुन्छ, अब त्यो सबै हामी राजधानी फर्केपछि राम्रोसँग केलाएर हर्ेर्नुपर्छ । कोही अवश्य ‘जेनुइन’ नै होला । त्यसलाई हाम्ले विशेष ध्यान पनि दिनुपर्छ । कोही जिल्लासम्बन्धी होला, कोही शिक्षाको छ शान्तिको त हुने भैहाल्यो । अँ, यसमा मलाई लाग्छ कतिपय कुरा राज्यले हेदाखेरि प्राथमिकता दिनुपर्छ त्यो हाम्रो मूल नीतिभित्र वा मूल विचारभित्र पर्‍या’छ/छैन र कसरी त्यसलाई मूलधारमा ढाल्ने - त्यतातिर लगेर हाम्ले गर्न सक्यो भन्देखिन कतिपय कुरा ‘अड्रेस’ हुन्छ कि जस्तो लाग्छ मलाई । राज्यले अब सबै कुरा गर्न सक्तैन, त्यसैले मैले जहिले पनि जोड दिइराख्या( सहभागिता, जनतासँग सहभागिता हुनुमै मैले जोड दिइराखेको कारण नै यही हो । सरकारले मात्रै सबै कुरा गर्न सक्तैन । आजको युगमा झन् म त के भन्छु भन्देखि गर्नु पनि हुन्न, जनतालाई छोड्नर्ुपर्छ, जनताका प्रतिनिधिहरूलाई छोड्नर्ुपर्छ । उनीहरूले गर्न सक्नर्ुपर्छ तर प्रतिनिधित्वको वा प्रतिनिधिहरू जो प्रतिनिधि मै हुँ भन्नेवालाहरूले पनि जनताको साँच्चिकै प्रतिनिधित्व गर्नुपर्‍यो । उनीहरूको पीरमर्कालाई केन्द्र बनाउनर्ुपर्छ । उनीहरूले खोजेको, उनीहरूले रोजेको, उनर्को चाहना, उनर्को आकाङ्क्षालाई ठाउँ दिनुपर्‍यो कि त्यो राष्ट्रिय विचारधारामा कहीँ न कहीँ समावेश होस् । त्यसैले अब सबै कुरा न एक व्यक्तिले गर्नसक्छ न सरकारले मात्रै गर्नसक्छ त्यो, र हाम्ले सबै बिन्तीपत्रहरू लिएका छौँ । कति कुराहरू तपाईँहरू पनि मैसँग हिँडेर रिकर्ड पनि गर्नुभा’छ सुन्नु पनि भा’छ । कत्तिले आफ्नै व्यक्तिगत कुरा, कसैले जग्गा यो भयो कसैले यो पाएन ऊ पाएन भन्ने छँँदैछ । यो सबैलाई राम्रोसँग केलाउनर्ुपर्छ । जुन ‘अप्लिकेबल’ छ र राष्ट्रले गर्नसक्छ त्योचाहिँ हामी विशेष ध्यान दिने नै छौँ ।

प्रश्न: सरकार, यो सुदूर तथा मध्यपश्चिमाञ्चल क्षेत्र माओवादीबाट बढी प्रभावित क्षेत्र मानिन्छ, तर मौसुफको यो भ्रमण अत्यधिक जनताको सहभागिताका माझमा सम्पन्न भएको पाइयो, यसलाई कसरी लिइबक्स्या?छ ?
उत्तर : यसलाई म के भन्छु भन्देखिन र्सवप्रथम म जनतालाई धन्यवाद दिन चाहन्छु । आएकोमा नि कस्तो लाग्यो भन्देखिन मैले पाठ सिकेँ । एउटा त यस्तो गर्मीमा उनीहरूले पनि त्यत्तिकै पसिना चुहाएर पनि मध्य घाममा उभिएर बसेका छन् । बरु हातमा लिएको फूल पनि सुकिसक्याथ्यो तर त्यो दिनैपर्नेथ्यो, त्यो पनि मेरो अनुभव भयो यसपालि । अब अवश्य मैले के सुनेँ भन्देखिन केही त즣2357;हरूले यसलाई बिथोल्न खोज्या थियो रे । कहीँ न कहीँ उनीहरूले आफ्नो ‘प्रेजेन्स फेल्ट’ गराउन पनि खोजेको थियो रे, तर जनताले नै उनीहरूलाई जवाफ दिइसक्या छन् । उनीहरू आएकोमा । एउटा त्यो हो भन्देखि अर्कोचाहिँ मैले जनताबाट सिकेको धर्ैय । धर्ैय गरेर उनीहरू आफ्ना राजालाई हर्ेन चाहन्थे । कष्टै गरेर पनि बोल्न पनि चाहेथे मसँग । त्यो पनि मलाई राम्रो लाग्यो । सबैको कुरा सुन्न सक्नर्ुपर्छ, त्यो मीठो होस् या तीतो होस् । तर सुन्नुचाहिँ पर्छ । कति कुरा हामी गर्न सक्छौँ, त्यो गर्नु पनि पर्छ, कति कुरा हामी गर्न सक्तैनौँ होला । यी सब कुरा हामीले जनतामा जाने भनेकै कुरा यो हो । गएपछि तीता पनि मीठा पनि दुइटै सुन्न सक्नर्ुपर्छ र धैयसाथ । त्यो धैय मैले यसपालि जनताबाट सिकेँ । उनीहरू त्यतिबेरसम्म पनि कुरेर बस्या छ, उनीहरूले पनि त्यत्तिकै पसिना काट्या छ यो मौसममा । कतिपय ठाउँमा त मैले उनीहरू, पानीले भिजेको सुन्याथेँ तर हामी पुग्दाखेरि पानी अडिसक्या थियो रे तर जनता त्यहीँ थिए । यस्ता कुराबाट हामीले पाठ सिक्नुपर्छ ।

प्रश्न: दुइ घण्टा, साढे दर्ुइ घण्टासम्म पैदल सवारी होइबक्सँदा र सरकारको मुहारबाट पनि पसिना चुहेको जनताले देखेका छन् र जनता पनि आर्श्चर्यचकित भएका छन् । सरकार जुन विचार उनीहरूले प्रेससँग व्यक्त गरेका छन् यसलाई कसरी लिइबक्सेला ?
उत्तर: यो त अनौठो प्रश्न भयो । सबभन्दा पहिले म पनि एउटा ‘हृयुमन बिइङ’ हो । ‘हृयुमन बिइङ’ ले ‘हिट’मा गएपछि पसिना काट्छ तर त्यो अब हामीले के गर्नुपर्छ भन्देखि त्यो पसिनालाई ‘प्रोडक्टिभ’ पार्ने कि नपार्ने - ‘कन्सट्रक्टिभ’ पार्नु पर्‍यो र ‘प्रोडक्टिभ’तिर लाग्नुपर्‍यो । यो मह즣2357;पर्ूण्ा छ र के भने पसिना पनि काडिन्छ, अप्ठयारो पनि हुन्छ, धुलो पनि खाइन्छ, देशै त्यस्तो छ, कहीँ जानु परे पनि डाँडा एउटा काट्नैपर्छ, एउटा चढ्नैपर्छ । आफ्नो देश यस्तो भएपछि त्यस्तै लुगा लगाउनुपर्‍यो । त्यस्तै जुत्ता लगाउनुपर्‍यो, हिँड्न पनि सक्नुपर्‍यो । जनताले गर्न सक्छन् भने जनताको राजाले गर्न सक्दैन - म त के भन्छु भने जहाँ नेपाली हुन्छ त्यहाँ राजा हुन्छ र जहाँ राजा हुन्छ त्यहाँ नेपाली हुन्छ । नेपाली राजसंस्थाको विशेषपन यही हो । जनताले जे भन्छन् त्यहीअनुसारले नेपाली राजसंस्थाले आफूलाई ढालीकन चल्ने । त्यो त हाम्रो परम्परा नै हो । अब आजको यो युगमा बाटोघाटो भयो, पिच बाटो भयो रे हाम्रा पुखाहरूको ‘टाइम’मा त कहाँ पिच बाटो हुन्थ्यो होला - कहाँ मोटरबाट जान पाइन्थ्यो - कहाँ हेलिकोप्टरबाट जान पाइन्थ्यो - घोडा नै चढ्नुपथ्र्यो होला, कि दुइ खुट्टा नै चलाएर हिँड्नुपथ्र्यो होला, तर राजाहरू पुग्या’छन् त जनताकहाँ । त्यसैले यो अप्ठयारो ठान्नु हुन्न । जस्तो जनता छन् त्यहीअनुसारले उनीहरूलाई मान, माया गरेर हिँड्नर्ुपर्छ । राजसंस्थाको विशेषता पनि त्यही हो ।

प्रश्न: सरकार, मौसुफको भ्रमणका बेला जनताको जुन उत्साहजनक सहभागिता देखियो, केही तत्त्वहरूद्वारा दबाबका कारण जनतालाई भेला गराइएको भन्ने आरोपप्रति मौसुफबाट प्रतिक्रिया बक्सन्छ कि ?
उत्तर : अब प्रतिक्रिया त के दिने - मलाई त कस्तो लाग्छ भन्देखिन यो प्रश्नको उत्तर त जनतालाई नै सोध्नर्ुपर्छ जो त्यहाँ उपस्थित थिए । उनीहरूलाई नै सोध्यो भन्देखि के त तिनलाई जबर्जस्ती ल्याएको हो कि - आफँै स्वतस्फूत आएको हो कि - त्यही जनतालाई सोध्नु नि, राम्रो हुन्छजस्तो लाग्छ, मैले के जवाफ दिने ?

प्रश्न :सरकार, मौसुफको भ्रमणका बेला समाजका विभिन्न वर्गसँग प्रत्यक्षरूपमा कुराकानी गरिबक्सेको छ, बुद्धिजीवीसँग कुराकानी गरिबक्सेको छ, बूढापाका, अपा?, वृद्धवृद्धासँग कुराकानी गरिबक्सेको छ । शाही घोषणाको समयअघि र पछि केही अन्तर पाइबक्स्यो कि ?
उत्तर : एउटा कुरा त मैले के अनुभव गरेँ भन्देखिन नेपालीमा आत्मबल बढेको छ, आत्मविश्वास बढेको छ, राष्ट्रियता बढया छ, यो अनुभव यसपालि गरेँ मैले । १९ गतेपछि के पनि सुनेँ भन्देखि सेवाहरूमा केही न केही छरितोपन, केही न केही अवश्य पनि चाँडो भा’छ सुविधा भा’छ तर कोही कोहीले मलाई त्यो फेरि अलि घट्दै पनि जान्छ भनेर सुनाए मलाई । जसले जनता वा जनसेवा गर्ने वर्गहरू हो वा संयन्त्रहरू या राष्ट्रसेवकहरू हो, जसले जनसेवा पुर्‍याएको छैन तिनीहरूलाई म चेतावनी दिन्छु, यो बेला त्यो ढङ्गले हिँड्ने बेला होइन । जनतालाई सुविधा हुनर्ैपर्छ । जनताको काम नै अहिले उनीहरूले गर्नैपर्छ । यो अप्ठयारो त्यो अप्ठयारो भनेर अहिले बस्ने र हिँड्ने समय होइन । यस्ता कुराहरूचाहिँ अब जहाँसुकैबाट होस् र जोसुकैबाट होस् सुशासन भनेको हामीले अठोटै गरिसक्या छौँ, केही कुरा त्यस्ता छन् जसमा हामी सम्झौता गर्दैनौँ । एउटा कुरा यो पनि हो । यस्तै कुरा हुनुपर्छ ।

प्रश्न :सरकारका भ्रमणका बेला सानासाना बालकदेखि अस्सी/नब्बे वर्षम्मका बूढापाकाहरूले पनि त्यस्तो भीड र घाममा मौसुफको दर्शन गरेको पाइयो । तर कति हामीले सुन्यौँ भने कति जिल्लावासीहरू सरकारको दर्शन गर्न अत्यन्त उत्साहित र लालायित छन्, अनि जसजसले सरकारको दर्शन गर्न पाए ती व्यक्तिहरूले पनि सरकारको यस्तै खालको भ्रमण बारम्बार होइराखोस् भन्ने आशय व्यक्त भएको पाइयो । भावी दिनमा मौसुफबाट अञ्चल र जिल्लाको भ्रमण यसै किसिमले हुँदै जान्छ कि सरकार ?
उत्तर : एउटा कुरा त म नेपाल टेलिभिजन, रेडियो नेपाल र राससबाट के भन्न चाहन्छु भन्देखि यो राजालाई जनता भेट्न कहिल्यै पनि अप्ठयारो हुँदैन । जहाँ पनि जुन बखत पनि जनताले बोलाए भन्देखि हामी जान तयार जहिले पनि हुनेछौँ । अब जनताको पीरमर्कालाई कम पार्ने, जनताले भोगेका अप्ठयाराहरूलाई सुल्झयाउन केही सुधार गर्नु परे गर्ने । राजसंस्था कहिल्यै पनि पछि हट्नेछैन । त्यसैले यस्ता भ्रमणहरू मेरो विचारमा हुनु पनि पर्छ र हुने पनि छ ।

प्रश्न :सरकार अब एउटा प्रेससम्बन्धी जिज्ञासा राखौँ । मुलुकको वर्तमान परिस्थितिअनुसार सञ्चारमाध्यमहरू कसरी सञ्चालन हुनर्ुपर्छ होला ?
उत्तर : सबैभन्दा अप्ठयारो प्रश्न नै यहीजस्तो लाग्यो । त्यसैले मलाई खोकी पनि लाग्यो । म कसरी सञ्चालन हुनुपर्छ, मैले भन्ने मेरो काम होइन यो, तर देशको संवेदनशील परिस्थितिमा जसले दायित्वबोध लिएका छन् तिनीहरू अनुशासित भएर काम गरोस् भन्ने हाम्रो चाहना हो । म फेरि दोहोर्‍याउन चाहन्छु, यो मैले पहिले पनि भनिसक्या’छु । आतङ्कवादलाई कुनै खालको प्रोत्साहन दिनु हुँदैन । नबिर्र्सौँ यो देश अझै पनि कुनै न कुनै किसिमले सङ्कटमा अझ पनि छ । त्यो परिस्थिति निवारण भा’छैन, के त्यो सङ्कटकाल लागेको बेलामा मात्रै यो ‘फोर्थ स्टेट’ चुप लागेर बस्यो, मैले त त्यस्तो ठान्या थिएन, त्यो समय पनि मैले यही कुरा गर्‍या’थ्यो । आज पनि म यही कुरा गर्छु अँ, देश अप्ठयारो स्थितिमा छ, यसलाई हामी सबैले बोध गर्नुपर्छ र हाम्रो एउटा त्यही लक्ष्य हुनुपर्छ( यो देशलाई कसरी सबल, शान्त, प्रजातान्त्रिक होस् भन्ने । तलदेखि संसद्सम्म प्रजातन्त्र हुनुपर्छ । प्रजातन्त्र हामीलाई चाहिन्छ तर जगमा चाहिँ प्रजातन्त्र बलियो नबनाईकन माथि टाउको मात्र हल्लाएर बस्नु हुँदैन । तलदेखि जगबाट हामीले बलियो बनाउनुपर्छ । घर बनाउँदाखेरि पनि त्यही हो, जग बलियो नभईकन कसरी घर उठ्छ - कुन कुन स्तम्भहरू हो हामीले बलियो बनाउनुपर्ने - त्यसलाई बलियो बनाउनुपर्‍यो त । प्रजातान्त्रिक स्तम्भहरू कुन हुन् जसलाई हाम्ले बलियो बनाएर लानुपर्ने - अनि माथि त्यो अडेर बस्छ । यस्तो विचार हाम्रो हुनुपर्छ अनि प्रजातन्त्रको साँच्चिकै माने हुन्छ । साँच्चिकै यहाँ सबै जनताले पनि त्यसको फल लिन पाउँछन् । गीताको सार के - मैले बुझेको एउटै थियो( कर्म गर्दै जाने र त्यसको फल नखोज्ने । हामी यसरी जन्मेपछि कुनै न कुनै कर्म त गरिराख्नै पर्छ । त्यसको फाइदा, बेफाइदा यो बाधा आउँछ, यो हुन्छ, त्यो हुन्छ विचार गर्दै हिँडयो भने भन्देखिन लक्ष्यमा कहिले पुग्ने - आज राष्ट्रले एउटा लक्ष्य लिइसक्या’छ । आतङ्कवाद राष्ट्रलाई अमान्य, प्रजातन्त्र कसरी र्सार्थक र परिपक्व बनाउने यो लक्ष्य राष्ट्रले लिएको छ वा हामीले घोषणा गरेको माघ १९ को मूल लक्ष्य नै यही हो । अब बाटो हाम्ले बाटो थरीथरीका लिन सक्छौँ त्यो लक्ष्यमा पुग्नलाई, तर त्यो बाटो हिँड्दाहिँड्दै त्यो मोड आयो भनेर त्यसमै अलमलीकन त्यहीँ अड्क्यो भन्देखिन त्यो लक्ष्यमा कहिले पुग्ने - त्यसरी हामी मोडहरू आउँदैमा जहिले पनि अड्किने त्यो बानीबाट निस्किनुपर्छ । अप्ठयारोहरू त हुन्छ । मलाई त कस्तो लागिराख्या छ भन्देखिन त्यही जोइपोइको कुराजस्तो । दिनका दिन भेट भएपछि ठयाक्कठुक्क केही न केही जहिले पनि भइराख्छ । बिहानदेखि राति भेटेपछि ल न मलाई यो चाहियो एकजनाले भन्यो भन्देखि अर्कोले हैन मैले दिनु सक्तिन भोलि दिउँला, होइन मलाई आजै चाहियो । यस्तो हाम्रो ‘एक्सपेक्ट’ हो । योचाहिँ जति नजिक भयो यस्तायस्ता कुराहरू हुन्छन् । अहिले मलाई कस्तो लागिराख्या छ भन्देखि राजनीतिक दल र राजाको बीच यस्तै भइराख्या छ । पक्कै पनि तर उहाँहरू तीन/चारवटा कुरामा चैँ स्पष्ट हुनैपर्छ । हामीले पहिले पनि भनिसक्या’छौँ । आतङ्कको बारेमा उहाँहरू स्पष्ट हुनुपर्‍यो । कसैले सहकार्य गर्ने, कसैले कुरा गर्ने यस्तोचाहिँ कुरा भएन । राजालाई नभन्दिए यो जनतालाई जवाफ दिनुपर्‍यो यस्तो कुरामा । जनताले खोजिराख्या छ । यहाँ हामी हिँड्दाखेरि जनताले शान्ति शान्ति भनिराख्या छन्, आतङ्कसित त्रसित भइसके । राजनीतिक दलहरूचाहिँ सहकार्य गर्ने रे, कुरा गर्ने रे, यस्तोमा चाहिँ उहाँहरू स्पष्ट हुनुपर्‍यो । अर्को सुशासन र भ्रष्टाचारको कुरा, उहाँहरू स्पष्ट हुनुपर्‍यो त्यसपछि यो राजनीतिकरण धेरै कुरामा भएको छ । त्यसमा पनि उहाँहरूको दृष्टिकोण स्पष्ट हुनुपर्‍यो । कर्मचारीलाई ज्यादै नै राजनीतिकरण भयो भन्ने मैले सुनेँ । त्यसको पनि उहाँहरूले एउटा स्पष्ट धारणा लिएर आउनुपर्‍यो । अनि वित्तीय अनुशासन, यी चार कुरामा त मैले पहिलेदेखि भनिराख्या छु । एउटा र्सार्वजनिक दृष्टिकोण जनतालाई भन्नुभयो भन्देखि कुरा गर्ने ठाउँ हुन्छ । अगाडि हिँड्ने र पाइला लिने ठाउँ हुन्छ । मेरो तर्फाट म खुला छु । मैले उहाँहरूलाई कहिले पनि म भेट्दैन भनेर भन्या छैन । तर केही न केही आधार त हुनुपर्‍यो । यी कुराहरूमा उहाँहरू स्पष्ट भइदियो भन्देखिन म पनि अहिले जनतालाई जवाफदेही छु । जनतालाई मैले पनि भन्न सक्नर्ुपर्छ तपाईंहरूको नेताले यस्तो भन्या’छ, यो यो कुरामा । त्यो स्पष्ट भयो भन्देखि हामीलाई पनि कुरा गर्न सजिलो हुन्छ ।

प्रश्न :अहिलेको परिस्थितिमा केही जनगुनासाहरू छन् सरकार । सरकारको सदिच्छा पूरा हुनलाई अलिक अप्ठयारो पर्छ कि भन्ने सोचाइ पनि राष्ट्रवादीहरूको तर्फाट पनि आइरहेको छ सरकार ।
उत्तर : यो मैले पनि सुन्या हो नसुन्या होइन । अब सबैभन्दा पहिले यो राष्ट्रलाई शिरमा राखेर काम गर्न सिक्नर्ैपर्छ हामीले । राष्ट्रलाई नै मुटुमा राखेर अगाडि हिँड्न सिक्नर्ुपर्छ हामीले । अब यो पनि म एउटा परम्पराकै कुरा गरौँ, बडामहाराजाधिराज पृथ्वीनारायण शाहकै पालामा पनि उहाँलाई मन परेको मान्छे मन्त्री बनाउन पाइबक्सेन, जनताले नै दिएनन् । हामी पनि त्यही परम्परा राख्नेवाला छौँ । त्यहाँबाट हामी हट्दैनौँ । जनताले भने भन्देखि हामीलाई केही अप्ठयारो छैन । हामीले पनि विचार गरेकै छौँ । यस्तै कुराहरू ती राष्ट्रवादीहरू भन्नेबित्तिकै ओहोदा, पद पाइएन भन्नेबित्तिकै निराश हुनु वा अरूको टीकाटिप्पणी गरेर हिँड्न सुहाउँदैन । धर्ैय भनेको मैले अघि त्यही भन्ने खोज्या हो जनतासँग सिकौँ ।

सञ्चारकर्मी : रासस, नेपाल टेलिभिजन र रेडियो नेपाललाई यो भ्रमणको सर्न्दर्भमा जुन जिज्ञासा हामीले राख्न पायौँ र मौसुफबाट केही विचार व्यक्त गरिबक्स्या छ, त्यसका लागि हामी मौसुफप्रति कृतज्ञता जाहेर गर्र्छौँ सरकार ।
श्री ५ : म पनि धन्यवाद दिन चाहन्छु र तपाईँहरूको मेहनतको पनि म कदर गर्न चाहन्छु ।
रासस

Popularity: 8%

2 comments August 30th, 2005

श्री ५ बाट विशेष अन्तर्वार्ता

दलसंग वार्ता गर्न खुला
रासस, अगष्ट २९-
काठमाडौं, श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट राजनीतिक दलहरूसंग वार्ता गर्न आफू खुला रहेको उल्लेख गरिबक्संदै आतंकवाद, सुशासन, भ्रष्टाचार र वित्तीय अनुशासनका सम्बन्धमा राजनीतिक दलहरू स्पष्ट हुनुपर्ने हुकुम भएको छ। मौसुफबाट सुदूरपश्चिमाञ्चल तथा मध्यपश्चिमाञ्चल विकास क्षेत्रको अनौपचारिक भ्रमण पूरा गरिबक्सेपछि श्री ५ को भ्रमण टोलीमा संलग्न रासस, नेपाल टेलिभिजन र रेडियो नेपालका प्रतिनिधिलाई सुर्खेतमा बक्सेको संयुक्त अन्तर्वार्तामा उक्त कुरा हुकुम भएको हो।

श्री ५ महाराजाधिराजबाट आतंककारीहरूसंग सहकार्य गर्ने भन्ने सुनेको हुकुम हुंदै मौसुफलाई नभई जनतालाई राजनीतिक पार्टीहरूले स्पष्ट जवाफ दिनैपर्छ हुकुम भयो। राजनीतिक दलका नेताहरूलाई आफूले कहिल्यै भेट्दिनं भनेको छैन हुकुम हुंदै मौसुफबाट नेताहरूले भनेको कुरा जनतालाई जानकारी गराउनुपर्ने आफ्नो दायित्व रहेको उल्लेख गरिबक्स्यो। कर्मचारीतन्त्रलगायत सेवाप्रदायक हरेक क्षेत्रमा राजनीतीकरण भएको र जनताले साह्रै दुःख पाएको सम्बन्धमा दलहरूको प्रस्ट दृष्टिकोण आउनुपर्नेमा जोड दिइबक्संदै श्री ५ महाराजाधिराजबाट राजनीतिक पार्टीहरू र आफूबीचको अति सामीप्यका कारण दलहरू र मौसुफबीच केही दूरी उत्पन्न भएको हो कि भन्ने धारणा व्यक्त गरिबक्स्यो।

आतंकवादको अन्त्य, भ्रष्टाचार निवारण, जनसेवाजस्ता विषयमा सबैको मतैक्यता हुनुपर्ने तथा त्यस्ता मामिलामा दृढ अठोट हुनैपर्ने हुकुम हुंदै श्री ५ महाराजाधिराजबाट जनताका उपर्युक्त चाहना पूरा गर्नेतर्फबाधा पुर्‍याउने तत्वहरूसंग सम्झौता नगर्ने हुकुम भयो। देश अप्ठयारो परिस्थितिबाट गुज्रिरहेको वर्तमान अवस्थामा जनसेवा गर्ने वर्गले बहकाउमा नलागी आफ्नो दायित्व पूरा गर्नुपर्नेमा जोड दिइबक्संदै मौसुफबाट तदनुरूप कार्य नगर्नेहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिइबक्स्यो। ‘नेपालीमा आत्मबल बढेको छ, आत्मविश्वास बढेको छ, राष्ट्रियता बढया छ, यो अनुभव यसपालि गरें मैले, शाही घोषणाअघि र पछिको अन्तर विश्लेषणका क्रममा मौसुफबाट हुकुम भयो- ‘सेवाहरूमा केही न केही छरितोपन, केही न केही अवश्य पनि चांडो भाछ सुविधा भाछ तर कोही कोहीले मलाई त्यो फेरि अलि घट्दै गएको पनि बताए।’

मौसुफबाट अन्तर्वार्ताका क्रममा सञ्चारमाध्यमको भूमिकाको विषयमा सोधिएको प्रश्नलाई ‘सबैभन्दा अप्ठयारो प्रश्न’ को संज्ञासहित जवाफ बक्स्यो- ‘कसरी सञ्चालन हुनुपर्छ, यो भन्ने मेरो काम होइन, तर देशको संवेदनशील परिस्थितिमा जसले दायित्वबोध लिएका छन्, तिनीहरू अनुशासित भएर काम गरून् भन्ने हाम्रो चाहना हो।’ ‘म फेरि दोहोर्‍याउन चाहन्छु, आतंकवादलाई कुनै खालको प्रोत्साहन दिनु हुंदैन। नबिर्सौं, यो देश अझै पनि कुनै न कुनै किसिमले संकटमा छ। त्यो परिस्थिति निवारण भाछैन’, मौसुफबाट हुकुम भयो- ‘के त्यो संकटकाल लागेको बेलामा मात्रै यो ‘फोर्थ स्टेट’ चुप लागेर बस्यो ? मैले त त्यस्तो ठान्या थिइनं, त्यो समय पनि मैले यही कुरा गरेको थिएं, आज पनि म यही कुरा गर्छु।’

Popularity: 8%

Add comment August 30th, 2005

कांग्रेस विधानबाट संवैधानिक राजतन्त्र हटयो

एचकेनेपाल डट कम, अगष्ट २९ -
अन्ततः लामो बहस र चर्को विवादपश्चात् नेपाली कांग्रेसले विधानबाट संवैधानिक राजतन्त्रलाई हटाएको छ। स्थापनादेखि संवैधानिक राजतन्त्रवादी कांग्रेसमा ५९ वर्ष लामो पार्टीको इतिहासमा यो सबभन्दा ठूलो राजनीतिक र नीतिगत परिवर्तन हो ।

केन्द्रीय सदस्य नरहरि आचार्यले पार्टी विधानको उद्देश्यबाट संवैधानिक राजतन्त्र हटाइए पनि प्रस्तावनामा घुमाउरो पारामा अझै राखिएको उल्लेख गर्दै कार्यसमितिको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्नुभयो ।

अर्का केन्द्रीय सदस्य शैलजा आचार्यले ‘जनआन्दोलन-०४६’ को उपलिब्धस्वरूप बनेको संविधान नभई राजा र दलहरू असफल भएका हुन्’ भन्दै पार्टी संविधानसभामा जाने र विधानबाट संवैधानिक राजतन्त्र हटाउने निर्णयप्रति तीव्र असहमति व्यक्त गर्नुभयो । ‘विधानबाट राजतन्त्र झिकेपछि पार्टी गणतन्त्रमा जान्छ, त्यसमा मेरो असहमति लेख्नोस्’ भनेर शैलजा बैठकबाट बाहिरिनुभएको थियो ।

पूर्ण समाचारको लागि कान्तिपुरबाट साभार गरिएको समाचार पढ्नुहोस् ।

कांग्रेसले ‘संवैधानिक राजतन्त्र’ झिक्यो
हरिबहादुर/बलराम, भदौ १३ -
काठमाडौं, कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टी विधानबाट संवैधानिक राजतन्त्र हटाउने राजनीतिक प्रस्ताव पारित गरेको छ । मंगलबार सुरु हुने एघारौं महाधिवेशनले उक्त प्रस्तावलाई अनुमोदन गरेपछि कांग्रेस राजतन्त्र निरपेक्ष लोकतान्त्रिक पार्टी हुनेछ ।
स्थापनादेखि संवैधानिक राजतन्त्रवादी कांग्रेसमा ५९ वर्ष लामो पार्टीको इतिहासमा यो सबभन्दा ठूलो राजनीतिक र नीतिगत परिवर्तन हो । कार्यसमितिको सोमबार बसेको बैठकको निर्णय सुन्नासाथ पार्टी कार्यालयमा उपस्थित हजारौं कार्यकर्ता उत्साहित भएका थिए । उनीहरूले केन्द्रीय सदस्यलाई र आफू-आफूबीचमा ‘बधाई’ भन्दै खुसी प्रकट गरेका थिए ।

विधानको ‘संवैधानिक राजतन्त्र’ झिकेर त्यसको सट्टामा ‘राज्यको पुनर्संरचना गरी समावेशी प्रजातन्त्र’ राख्ने प्रस्ताव गरिएको छ । त्यसैगरी विधानको प्रस्तावनामा रहेको ०४६ सालको जनआन्दोलनबाट संवैधानिक राजतन्त्रलाई प्रत्याभूत गर्न सफल भएको कीर्तिमानप्रति ‘गर्व गर्दै’ को ठाउँमा ‘स्मरण गर्दै’ लेख्ने निर्णय कांग्रेसले गरेको छ ।

प्रस्तावनामा ‘कांग्रेसको आह्वानमा निरंकुश राजतन्त्रको अन्त्य गरी पूर्ण प्रजातन्त्रको स्थापना गर्दै सर्वोच्च संस्था संसदको माध्यमद्वारा जनताको सर्वोच्चता स्थापित गराउन सञ्चालन भइरहेको आन्दोलनलाई सफल बनाई मानव अधिकार, बहुदलीय व्यवस्था र संसदीय शासन प्रणालीलाई प्रत्याभूत गर्ने’ थपिएको छ ।

केन्द्रीय सदस्य नरहरि आचार्यले पार्टी विधानको उद्देश्यबाट संवैधानिक राजतन्त्र हटाइए पनि प्रस्तावनामा घुमाउरो पारामा अझै राखिएको उल्लेख गर्दै कार्यसमितिको निर्णयमा ‘नोट अफ डिसेन्ट’ लेख्नुभयो ।

अर्का केन्द्रीय सदस्य शैलजा आचार्यले ‘जनआन्दोलन-०४६’ को उपलिब्धस्वरूप बनेको संविधान नभई राजा र दलहरू असफल भएका हुन्’ भन्दै पार्टी संविधानसभामा जाने र विधानबाट संवैधानिक राजतन्त्र हटाउने निर्णयप्रति तीव्र असहमति व्यक्त गर्नुभयो । ‘विधानबाट राजतन्त्र झिकेपछि पार्टी गणतन्त्रमा जान्छ, त्यसमा मेरो असहमति लेख्नोस्’ भनेर शैलजा बैठकबाट बाहिरिनुभएको थियो ।

राजनीतिक प्रस्तावका प्रस्तावक रामचन्द्र पौडेलले आचार्यद्वयले सानातिना कुरामा मात्र विमति प्रकट गरेको उल्लेख गर्दै आमसहमतिमा एघारौं महाधिवेशन हुने र अब कांग्रेस राजतन्त्र निरपेक्ष लोकतान्त्रिक समाजवादी पार्टी हुने बताउनुभयो । ‘अहिले राजा निरंकुश शासक बन्ने दिशामा निरन्तर बढिरहेका छन् र संवैधानिक राजतन्त्रको कुनै मर्यादा बाँकी छैन । संवैधानिक राजतन्त्रको अर्थ र मर्म आत्मसात् गर्न राजा पटक्कै तयार नभएको स्पष्ट भइसकेको छ’ भन्दै कांग्रेसले विधानबाट राजतन्त्र हटाउने निर्णय गरेको हो ।

‘संवैधानिक राजतन्त्र जनता र राजाबीच सम्झौताका रूपमा स्थापित मान्यता हो । यो सम्झौता स्वयं राजाबाटै पटक-पटक तोडिएको सन्दर्भमा एकतर्फी रूपमा पार्टी विधानको प्रावधानमा समेत यो सान्दर्भिक रहन नसक्ने स्पष्ट छ,’ प्रस्तावमा भनिएको छ ।

कांग्रेसले माओवादी समस्या समाधान गर्न र जनतामा निहित सार्वभौमसत्तालाई संस्थागत गर्न संविधानसभामा जाने निर्णय गरेको छ । संविधानसभाका लागि निर्वाचनमा जानुभन्दा पहिले सम्बन्धित सबै पक्षले हिंसामुक्त शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धाका लागि प्रतिबद्ध हुनुपर्ने र निश्चित समयावधिभित्र हतियारको व्यवस्थापनबारे पनि सहमति भइसक्नुपर्ने मत अघि सारेको छ । ‘माओवादी संकटबाट राष्ट्रलाई मुक्त गर्ने हो भने राजाले पनि संविधानसभामा जान र राजसंस्थाको भूमिकाको निक्र्योल गर्ने जिम्मा जनतालाई सुम्पन तयार हुनुपर्छ’ प्रस्तावमा भनिएको छ ।

वर्तमान अन्योल र गतिरोध अन्त्य गर्न प्रतिनिधिसभा पुनःस्थापना प्र्रस्थानविन्दु हुने धारणा पनि कांग्रेसले दोहोर्‍याएको छ । प्रतिनिधिसभा पुनःस्थापनाबाट सर्वदलीय सरकार निर्माण गरी माओवादीसँग वार्ता प्रक्रिया अघि बढाउन र अग्रगमनका लागि संविधानसभामा जानेलगायत बाटो खुल्ने विश्वास पनि गरेको छ । कांग्रेसले संकटको निकास प्रभावकारी र सशक्त आन्दोलनले मात्र दिन सक्ने विश्वास व्यक्त गरेको छ ।

बैठकपछि पौडेलले आफ्नो प्रस्ताव आत्मासहित पारित भएको र महाधिवेशन सहमतिमा हुने बताउनुभयो । ‘उहाँहरू (आचार्यद्वय) ले सानातिना कुरामा मात्र विमति गर्नुभएको हो, महाधिवेशन सहमतिमा हुन्छ,’ उहाँले भन्नुभयो- ‘अब हाम्रो मूल एजेन्डा र आदर्श लोकतान्त्रिक समाजवादमात्र हो ।’

नरहरि आचार्यले लिखित असहमतिमा प्रस्तावनाको संशोधन अन्योल र अनिश्चयपूर्ण बनेको र शब्दावलीको छनोट उपयुक्त नरहेको उल्लेख गर्नुभयो । प्रजातन्त्रका सट्टामा ‘लोकतन्त्र’ प्रयोग हुनुपर्ने जिकिर उहाँको थियो । उहाँले पार्टी निर्णयपछि राजतन्त्रबारे बहसले आकार लिएकाले त्यसलाई सकारात्मक रूपमा लिएको बताउनुभयो ।

नेतृ शैलजाले संघर्ष गरी ल्याएको र राजनीतिक धरोहरका रूपमा स्थापित संविधान होइन दल र राजा असफल भएको भन्दै संविधान फेर्ने कुरा नबुझेको बताउनुभयो । ‘म आफ्नो धारणामा अडिग छु । म मध्यमार्गी धार जुन हो त्यसमा रहन्छु, सक्रिय राजतन्त्र र गणतन्त्र मान्दिनँ । एक्लै परे पनि आफ्नो धारणामा अडिग छु ।’ ‘गणतन्त्रको कुरा गरे पार्टीहरूमाथि प्रतिबन्ध लाग्न सक्छ’ भन्दै उहाँले कांग्रेसले मध्यमार्गी धार लिई देश बचाउनुपर्ने आफ्नो मान्यता रहेको बताउनुभयो । सभामुख तारानाथ रानाभाटले पार्टीले नयाँ निर्णय गरे पनि आफू संवैधानिक राजतन्त्रकै पक्षमा रहेको बताउनुभयो ।

ऐतिहासिक निर्णयहरू
२००६ को घोषणापत्र- बालिग मताधिकार आधारमा चुनिएका जनप्रतिनिधिसभाको परिषद् वा भेला बोलाइनेछ, यसै परिषद् या भेलालाई नेपाल जनराज्यको संविधान वा राज्य सञ्चालनसम्बन्धी नियम-कानुन बनाउने सम्पूर्ण जिम्मेवारी दिइनेछ ।

२०१२ छैटौं महाधिवेशनको घोषणापत्र- आधुनिक युगमा राजतन्त्रको कल्पना मात्र नै एउटा गाडिएको मुर्दा उत्खनन गर्नु जस्तै हो । यो सामाजिक न्याय तथा समतावादको सिद्धान्तअनुसार बिल्कुल विपरीत देखिन्छ । राजतन्त्रवादका सबभन्दा बढी समर्थक पनि यस कुरामा कुनै तथ्यपूर्ण तर्क दिन सक्दैनन् कि यसको उपयोगिता आजको युगमा के छ ? तर पनि देश तथा पार्टी संवैधानिक राजतन्त्रको समर्थक रहेको छ । हामी मान्छौं कि संवैधानिक राजतन्त्र महाराजाधिराज र जनताका बीच एउटा सम्झौता हो, जसमा जनताको हात माथि हुन्छ ।

०२३ सालमा केन्द्रीय कार्यसमिति निर्णय- राजा महेन्द्रको पञ्चायती संविधानलाई च्यातेर संविधानसभाको निर्वाचनका लागि संघर्षको आह्वान ।

Popularity: 8%

Add comment August 30th, 2005

कहाँ गए ति मान्छे ? (कविता)

-शिव प्रकाश

गाउँका धेरै मान्छेहरु हराएछन् !
कसैलाई थाह छैन,
ति कहाँ गए ?
कसरी बेपत्ता भए ?
कसैसंग उत्तर छैन,
ति के भए ?
मुग्लान पसेको खवर पनि छैन,
कुनै सहरमा कसैलाई भेटिएको पनि छैन
गाउँका बाँकी मान्छेका
आ-आफ्नै अनुमान छन्
कोही भन्छन्- बाघले खायो होला !
बाघलाई मान्छले कजाएर
चिडियाखानामा थुनेका छन्
त्यस्तो बाघले कसरी खान सक्छ ?
ति मान्छेलाई !
कोही भन्छन्-हात्तीले कुल्चेर मार्‍यो होला !
हात्तीलाई मान्छेले सधाएर
आफ्नो बहान बनाएका छन्,
त्यस्तो हात्तीले कसरी मार्न सक्छ ?
ति मान्छेलाई !
कोही भन्छन्- स्यालले लुछ्यो होला !
स्याललाई मान्छेले उहिल्यै
डाइनोसुर जस्तो लोप गराइसके,
लोप भइसकेका स्याल कहाँबाट आउनु र लुछ्नु ?
ति मान्छेलाई !
कोही भन्छन्- खोलाले बगायो होला !
वर्षौ अगाडि नै त्यहाँको खोलो सुकिसकेको रहेछ
सुकेको खोलाले कसरी बगाउनु ?
ति मान्छेलाई !
कोही भन्छन्- पहिरोले पुर्‍यो होला !
गाउँमा पहिरो नगएको धेरै भएछ,
नगएको पहिरोले कसरी पुर्नु ?
ति मान्छेलाई !
कहाँ गए त ति मान्छे ?
सात महासागरको यात्रा गर्न सक्ने मान्छे !
सात महादेशको चक्कर काट्न सक्ने मान्छे !
आकाश छेडेर
दोस्रो, तेस्रो ग्रहमा जान सक्ने मान्छे !
क्षितिज नाघेर
शुन्यतामा परेड खेल्न सक्ने मान्छे !
आफैं कसरी हराउछन् ?
ति देवता पनि हैनन्,
जो इच्छा मृत्यु मर्न सक्छन्
कुनै जीवजन्तुले तिनलाई निल्न सक्दैन,
प्रत्येक प्राणीमाथि तिन्ले विजय प्राप्त गरेका छन् ।
कहाँ गए त ति मान्छे ?

कतै ठूला माछाले
साना माछा खाए जस्तो
ति मान्छेलाई
ठूला मान्छेले त खाएनन् ?

Popularity: 8%

1 comment August 29th, 2005

के भयो त्यो देश ? (कविता)

- कमल पुन
सुन्दर र अति शान्त त्यो देश
जहां भगवान बुद्ध र सीताले जन्म लिएको त्यो देश
हिमालै हिमालहरुले सजिएको त्यो देश
नदीनाला , बनपाखाले सिंगारिएको त्यो देश
तराई र पहाडहरु मिलेर बनेको त्यो देश
थुप्रै भाषा भाषीहरु आ-आफ्नै धर्महरुमा रमाएको त्यो देश
कति सुन्दर र शान्त थियो त्यो देश …

तर….
आज त्यहां
सत्ता लुछाचुंडी गर्नेहरुले विध्वंश पारिसक्यो त्यो देश
आंसुको भेलमा बगेकोछ त्यो देश
रगतको पोखरीमा डुबेको छ त्यो देश
गोलाबारुदको धुंवामा निस्सासिएको छ त्यो देश
गलिरहेकोछ त्यो देश
जलिरहेकोछ त्यो देश
अति नै भयो
अचम्मै भयो
सुन्दर र अति शान्त त्यो देश ….

भकिम्ली,म्याग्दी
हालः जापान ।

Popularity: 8%

1 comment August 29th, 2005

लोकतान्त्रिक गणतन्त्रको नारासहित महासचिवको नेतृत्वमा आन्दोलन

कान्तिपुर दैनिक
गोपाल खनाल, भदौ १२ -
काठमाडौं, एमाले महासचिव माधवकुमार नेपालले ‘लोकतान्त्रिक गणतन्त्र’ को नारासहित पार्टीको तर्फबाट जनआन्दोलनको नेतृत्व गर्नुहुने भएको छ ।

आइतबार सकिएको दुई साता लामो केन्द्रीय कमिटी बैठकले उहाँलाई आन्दोलनको जिम्मा दिएको हो । बैठकले महासचिवको संयोजकत्वमा स्थायी समिति सदस्य वामदेव गौतम सहसंयोजक रहेको २७ सदस्यीय जनआन्दोलन परिचालन समिति गठन गरेको छ ।

संविधानसभामार्फत लोकतान्त्रिक गणतन्त्र प्र्राप्तिको आन्दोलनलाई तीव्र पार्ने उद्देश्यका साथ समिति गठन गरिएको हो । स्रोतका अनुसार सात पार्टीले लोकतान्त्रिक गणतन्त्रको प्रस्ताव पारित गरिनसकेको अवस्थामा महासचिवले संयुक्त कार्यक्रममा भने उक्त नारा नलगाउन सदस्यहरूलाई निर्देशन दिनुभएको छ । ‘सात पार्टीमा सहमति भएका संयुक्त कार्यक्रमकै विषयमा नारा लगाऔं, कांग्रेस र अन्य दल पनि लोकतान्त्रिक गणतन्त्रमा सहमत नभएकाले संयुक्त आन्दोलनका कार्यक्रममा यो नारा नलगाऔं’ समापन मन्तव्यमा महासचिवको निर्देशन थियो ।

उहाँले सात दलबीचको एकता बिथोल्ने खालका गतिविधि नगर्न पनि सदस्यलाई निर्देशन दिनुभयो । नेपालले लोकतान्त्रिक गणतन्त्रमा जाने निर्णय गरिसकेपछि सबै प्रकारका अप्ठेरा र चुनौती सामना गर्न पार्टी तयार रहनुपर्ने बताउनुभयो । ‘राजाका कदम जस्ता पनि हुन सक्छन्, त्यसैले हामीले पनि कठोर परिस्थिति सामना गर्न तयार रहनुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

बैठकले महासचिव नेपालकै संयोजकत्वमा ११ सदस्यीय राज्यको पुनर्संरचनासम्बन्धी कार्यदल, स्थायी समिति सदस्य केपी ओलीको संयोजकत्वमा १० सदस्यीय पार्टीको आन्तरिक प्रजातान्त्रीकरणसम्बन्धी कार्यदल, स्थायी समिति सदस्य झलनाथ खनालको संयोजकत्वमा ११ सदस्यीय १४ वर्षे समीक्षा कार्यदल गठन गरेको छ । तीन महिनाभित्र अर्को बैठक बस्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले ईश्वर पोखरेललाई उपत्यका इन्चार्ज र कृष्णगोपाल श्रेष्ठलाई सहइन्चार्ज नियुक्ति गरेको छ । यसअघि उपत्यका इन्चार्जमा केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे थिए । पाण्डेलाई माघ १९ पछि तत्कालीन कार्यवाहक महासचिव झलनाथ खनालले उपत्यकामा ल्याउनुभएको थियो । बिनाकारण हटाएकामा उहाँ असन्तुष्ट रहेको स्रोतले जनाएको छ । त्यसैगरी, अशोक राईलाई पूर्वाञ्चल संयोजक र रघु पन्तलाई सचिवालय सदस्यमा नियुक्ति गरिएको छ ।

Popularity: 8%

Add comment August 29th, 2005

नरहरिद्वारा उम्मेदवारी

कान्तिपुर, भदौ १२ -
काठमाडौं, कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यले चार एजेन्डा अघि सार्दै आइतबार औपचारिक रूपमा सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको छ ।

दोस्रो पुस्ताका नेताहरूसँग छलफल गरी उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै उहाँले पार्टीलाई यथास्थितिवादमा राख्न चाहनेसँग आफ्नो प्रतिस्पर्धा हुने बताउनुभयो ।

‘यथास्थितिवादमै रहनु भनेको पनि प्रतिगमन हो,’ आफ्नै निवासमा पत्रकार सम्मेलन गरी उम्मेदवारी घोषणा गर्दै उहाँले भन्नुभयो- ‘संकटमा परेको मुलुकले सामान्य सुधारबाट मुक्ति पाउन सक्दैन ।’

उहाँले राजतन्त्रलाई पार्टीको विधानबाट हटाउने, जनताको सर्वाेच्चताका निम्ति संविधानसभासम्म जाने, पार्टीमा लोकतान्त्रिक पद्धति बसाल्ने, पार्टी संरचनामा आमूल परिवर्तन गर्ने सवाल आफ्नो मुख्य एजेन्डा भएको बताउनुभयो । उहाँले घुमाउरो पारामा कोइराला पार्टी सञ्चालन गर्न असफल रहेको संकेत गर्नुभयो । ‘पार्टीका निकायहरू सक्रिय हुन नसक्दा पार्टी सहभागीमूलक हुन सकेन,’ उहाँले भन्नुभयो ।

Popularity: 8%

Add comment August 29th, 2005

कवि पत्नीद्वारा आत्महत्या

एचकेनेपाल डट कम, अगष्ट २८-
काठमाडौं, वरिष्ठ कवि तथा गीतकार क्षेत्रप्रताप अधिकारीकी श्रीमती शान्ता अधिकारीले आइतबार बिहान आत्महत्या गर्नुभएको नेपाल समाचारपत्रले जनाएको छ ।

उहांले पूजाकोठामा सलको पासो लगाई आत्महत्या गर्नुभएको थियो। पूजाकोठामा पसेकी अधिकारी ननिस्किएपछि हेर्दा आत्महत्या गरेको पत्ता लागेको थियो।

केही समयदेखि डिप्रेसनबाट प्रभावित अधिकारीले सोही कारण आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ। अधिकारी परिवारमा केही समयदेखि किचलो परिरहेकाले आत्महत्याको त्यो पनि कारण हुन सक्ने बताइएको छ।

Popularity: 8%

Add comment August 29th, 2005

नेपाल प्रहरीदेखि सावधान !!! (फोटो/भिडियो क्लिप)

तस्बिर आफैं बोल्छः

- पशन तमू
एचकेनेपाल डट कम, अगष्ट २८-
काठमाडौं, शंकरदेव क्याम्पस अगाडि पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध बिद्यार्थीहरुको प्रदर्शनका क्रममा……

1
पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थीहरुको प्रदर्शनको समाचार संकलन गर्न गएका फोटो पत्रकार कुमार श्रेष्ठतर्फ टियर ग्यांस प्रहार गर्न तम्तयार एक प्रहरी ।

2
अन्ततः फोटो पत्रकार श्रेष्ठमाथि टियर ग्यांस प्रहार गरेरै छाड्यो । धन्न बांचे, टियर ग्यांसको सट्टा गोली भएको भए….? नेपालका पत्रकारहरुले सामना गरिरहनुपर्ने यस्ता खालका खतरा र जोखिमको अन्त्य कहिले होला ?

श्रेषठद्वारा संकलित भिडियो समाचार हेर्न यहां क्लिक गर्नुहोस् ।

(माथिका फोटोहरु कुमार श्रेष्ठद्वारा प्रेषित इ-मेल मार्फत प्राप्त भएको हो । श्रेष्ठ हिमाल न्युजका इन्ज रिपोर्टर/भिडियो सम्पादक तथा नेपाल न्युजका फोटो पत्रकार हुनुहुन्छ । सं.)

Popularity: 8%

5 comments August 28th, 2005

गुगलको लापरवाही कि स्याटल्लाइटको कमजोरी

- पशन तमू
इन्टरनेटको दुनियांमा सर्वाधिक चर्चा र प्रसिद्धी कमाएको गुगलसंग अब तपाई अनविज्ञ हुनुहुन्न । तर एउटा कुराले मलाई निक्कै खिन्न बनायो । त्यो के भने, जतिबेला मैले गुगलको स्याटलाइट म्यापलाई हेरें शुरुमा म निक्कै रोमाञ्चित भएं । गुगलले त गजब गरेछ । मैले यो सारा दुनियांलाई क्षणभरमा निहालें । माथि-माथि आकाशबाट आफ्नो धर्ती या गाउं घरलाई हेली वा हवाइजहाजबाट हेर्दाको अनुभूति कस्तो हुन्छ ? म त्यही रोमाञ्चले उडेको थिएं ।

Hong Kong
गुगल स्याटलाइटबाट देखिएको हंगकंग

हंगकंगको प्रत्येक विल्डींग, सडक, चोक र म आफैं बसेको विल्डींग समेत मैले आकाशबाट हेरें- गुगल स्याटलाइटले खिचेको म्यापको माध्यमबाट । पूरानो काइ तक विमानस्थाल जुन अहिले नयां अन्तर्राष्ट्रिय विमान स्थल चेक ल्याप कोकमा स्थानान्तरण पछि त उजाड र शून्य प्राय देखिन्छ । धावन मार्गमा ठूलो र सेतो रंगले इन्टु चिन्ह लगाएको रहेछ । माथिबाटै स्पष्ट देखिन्छ ।

old airport
गुगल स्याटलाइटबाट देखिएको पुरानो काइ तक विमानस्थल

भनि हालें नि हंगकंगको घर-घर समेत स्पष्ट देख्न सकिन्छ । तर जब म नेपाल गएं नेपाल र नेपालको राजधानीलाई सर्च गरें । काठमाडौं उपत्यकालाई खोजें त्यो धुमिल र आफैभित्र कुण्ठित दिखिन्थ्यो । काठमाडौं खाल्डोलाई मानौं स्याटलाइट क्यामराले खिच्न हिच्किच्याई रहेको देखिन्थ्यो । नेपालको कुनै शहरहरुमात्र के राजधानीलाई समेत राम्ररी खिचेको छैन वा खिचेर पनि गुगलले वेपर्वाह गरेको छ ।

Kathmandu
गुगल स्याटलाइटबाट देखिएको काठमाडौं उपत्यका

र त नेपाल, गुगलको म्यापमा अस्तित्वहीन अस्पष्टतामा बांचेको छ । त्यसलाई हेरेर मन खिन्न र उदास भयो । यद्यपि, आफैंले आफूलाई सान्त्वना दिएं, सहानुभूति प्रकट गरें- ‘म आफूभित्र बांचेको नेपाल चाहे स्याटलाइटको क्यामराले नै किन नखिचिउन् त्यो बृहत्तर र विशाल छ, आफैंभित्र छाम, नेपाल त्यंही चल्मलाउंछ ।’

गुगलको स्याटलाइट म्याप हेर्न यहां क्लिक गर्नुहोस् । गुगल म्यापको पृष्ठमा पुगेपछि तपाईलाई रूचीकर लाग्ने शहर वा देश टाइप गरेर सर्च गर्नुहोस् र स्याटल्लाइट बट्टनमा क्लिक गर्नुहोस् । तपाई कहां बस्नुभएको छ, लोकेशन पत्ता लगाएर आफू बसेको भवनलाई माथि आकाशबाट हेर्दा कस्तो देखिएला । कल्पना गर्नुहोस् ।

Popularity: 8%

3 comments August 28th, 2005

‘पूर्ण प्रजातन्त्र गणतन्त्रको सीमारेखा’

कान्तिपुर,
काठमाडौं, भदौ ११ - कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले पूर्ण प्रजातन्त्र गणतन्त्रको बोर्डरलाइन (सीमा रेखा) भएको बताउनुभएको छ ।

महाधिवेशनमा लोकतान्त्रिक गणतन्त्र एजेन्डा बनाउन दबाब बढदै गएका बेला उहाँले त्यो अझै पनि राजाको क्रियाकलापमा निर्भर हुने संकेत गर्नुभयो । अहिलेको संकटको सम्पूर्ण दोषी राजा भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘महाधिवेशन निरंकुशताको समूल अन्त्यको पक्षमा हुनेछ ।’

‘पूर्ण प्रजातन्त्र र गणतन्त्रका दुई नदी छन्, राजाले नसुन्ने हो भने दुवै एक हुन्छन्,’ ट्रेड युनियन कांग्रेसको राष्ट्रिय भेलामा शनिबार उहाँले भन्नुभयो- ‘कुन नदीमा पौडी खेल्ने हो विचार गर्न राजालाई निवेदन गर्छु ।’ बारम्बार प्रजातन्त्रको नाम लिएर राजाबाट जनअधिकार खोसिएको उल्लेख गर्दै उहाँले अहिलेको परिस्थिति आउनुमा सबै दोष राजाको भएको दाबी गर्नुभयो ।

आधुनिक र सामन्तवादको द्वन्द्वमा आफूहरूले जनताको सर्वोच्चताको कुरा उठाएको उहाँको भनाइ थियो ।

Popularity: 8%

1 comment August 28th, 2005

विभागीय कारबाहीको हुकुम

जनक नेपाल, भदौ ११ -
कोहलपुर -बाँके, श्री ५ बाट मध्यपश्चिमका सबै क्षेत्रीय कार्यालय तीन महिनाभित्र सुर्खेत सार्न कडा निर्देशन बक्सेको छ । सुर्खेतलाई क्षेत्रीय विकास केन्द्रका रूपमा विकास गर्न डेढ वर्षअघिको आफ्नो घोषणा कार्यान्वयन नभएकामा मौसुफबाट कडा चासो देखाइबक्स्यो ।
‘सुर्खेतमा जनताबाट पनि मलाई गुनासो आएको थियो । अब तीन महिनाभित्र यो काम भएन भने म विभागीय कारबाही थाल्छु,’ भेरीका मनोनीत पदाधिकारीलाई शनिबार यहाँको अञ्चल प्रशासनमा निर्देशन दिँदै मौसुफबाट हुकुम भयो ।

अञ्चल प्रशासनको अवधारणा अनुरूप अञ्चल कार्यालयहरू पनि ६ महिनाभित्र कोहलपुरमा सारिसक्न निर्देशन बक्स्यो ।

मौसुफको भ्रमणमा स्थानीय बासिन्दाले गुनासा राखेका थिए । नौमुलेमा मारिएका सुरक्षाकर्मीकी विधवाले डाँको छोडेर रुँदै भनिन्- ‘मेरो श्रीमान् मारिनुभयो । पाउनुपर्ने रकम पनि रोकिएको छ । कि न्याय गर्नुपर्‍यो हैन भने आमाछोरीलाई पनि मारिदिनुपर्‍यो सरकार ।’ सहानुभूति दिँदै मौसुफबाट भनिबक्स्यो- ‘बुझें, बुझें ।’

बाँके जिविसका सभापति पशुपतिदयाल मिश्रले मौसुफसँग शान्तिसुरक्षाको स्थिति सुदृढ नभएको बताउनुभयो । ‘तीन दिनअघि जिल्ला अनुगमन समितिका संयोजक अजयराज सिंहको कार्यालयभित्रै हत्या गरिएकोबारे पनि अवगत गराएँ,’ मिश्रले भेटपछि भन्नुभयो ।

माओवादीले भ्रमण बिथोल्न शुक्रबारदेखि नेपालगन्ज र वरपरका क्षेत्रमा बम विस्फोट गराएका थिए ।

Popularity: 8%

Add comment August 28th, 2005

तमु ट्हो ह्युल हंगकंगले रोधीं सांझ आयोजना गरिने

- पशन तमू
एचकेनेपाल डट कम, अगष्ट २७ -
हंगकंग, तमु ट्हो ह्युल हंगकंगले आगामी अक्टोबर १ र ८ मा क्रमशः युन लोंग थियटर हल र चुन वान टाउन हलमा विविध सांस्कृतिक कार्यक्रम ‘रोधीं सांझ - २००५’ आयोजना गरिने भएको छ।

1

आयोजक संस्थाले जोर्डनस्थित सोल्टी क्लवमा एक ‘सन्देश प्रवाह’ कार्यक्रम गरेर सो जानकारी गराइएका हुन् । आगामी अक्टोबर १ र ८ मा आयोजना गरिने विविध सांस्कृतिक कार्यक्रम रोधीं सांझ २००५ बारेमा संस्थाका उपाध्यक्ष तथा रोधीं सांझ २००५ का संयोजक भक्त गुरूंगले जानकारी गराउंनु भएको थियो ।

2

रोधीं सांझ २००५ का लागि नेपालबाट - चर्चित गायक कर्णदास, नायक/दोहोरी गायक/नृत्यकार राजु गुरुंग, नायिका /नृत्यकार माया गुरूंग, लोक दोहोरी गायिका भिमकला गुरूंग, नवोदित पप गायक बाबु बोगटी, ‘बरदान जोडी’ लोकनाथ ढकाल र लक्ष्मी ढुंगाना र उद्घोषिका रुपमा मिस नेपाल २००४- पायल शाक्य आउंने भएकाछन् ।

3

स्थानीय कलाकारहरुमा - गायक देव गुरुंग, नृत्यकारहरुमा गुमानसिंह गुरुंग, बन्दना गुरुंग, कविता गुरूंग, तीर्थ गुरुंग, शारदा पुन, कृष्टीना गुरुंग, सुमित्रा गुरुंग, कुसुम पुन, देवी गुरुंग र सुमी योञ्जन रहेकाछन् ।

संस्थाको प्रवक्ता हुम बहादुर गुरुंगले उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो भने संस्थाका सल्लाहकार एक बहादुर गुरुंगले संस्थाको उद्धेश्यबारे प्रकाश पार्नुभएको थियो । सचिव सुरेश गुरुंगद्वारा सञ्चालन गरिएको सन्देश प्रवाह कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष क्या. कमल गुरूंगले गर्नुभएको थियो ।

झ

कार्यक्रममा संस्थाका वर्तमान पदाधिकारी तथा निवर्तमान पदाधिकारीहरु, सल्लाहकारहरु, संस्थामा आवद्ध शुभचिन्तक लगायत स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो ।
फोटोः जगत (अम्बु) गुरूंग

Popularity: 8%

1 comment August 28th, 2005

कान्तिपुरप्रति प्रेस जगत् चिन्तित

एचकेनेपाल डट कम, अगष्ट २७ -
एउटा कार्टूनको विषयलाई लिएर कान्तिपुर र दी काठमाडौं पोष्टलाई नेपाल सरकारले कारवाही गर्न गम्भीर गृहकार्य भैरहको समाचार प्रकाशनमा आएपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रेस जगत गम्भीर भएको छ ।

नेपाल पत्रकार महासंघले हिजो आकस्मिक छलफलको आयोजना गरी सरकारको कदमको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । प्रेस स्वतन्त्रताका अन्तर्राष्ट्रिय पहरेदार संस्थाहरुले प्रेस विज्ञप्तिहरु जारी गरेकाछन् । अमेरिकास्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सीपीजे) र संसारका पाँच लाख पत्रकारलाई प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आईएफजे) ले कार्टुनको निहुँमा सरकारले दिएको हैरानीप्रति सरकारको विरोध गरेको छ । विस्तृत समाचारको लागि कान्तिपुरबाट साभार गरिएको समाचार पढ्नुहोस् ।

कान्तिपुर संवाददाता
काठमाडौं, भदौ १० - कान्तिपुरमाथि कारबाही गर्ने सरकारको गृहकार्यबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रेस जगत् गम्भीर भएको छ । नेपाल पत्रकार महासंघले शुक्रबार बिहान आकस्मिक छलफल आयोजना गरी सरकारको कदमको कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । प्रेस स्वतन्त्रताका अन्तर्राष्ट्रिय पहरेदार संस्थाहरूले तत्काल प्रेस विज्ञप्ति जारी र पब्लिकेसन्समा टेलिफोन गरेर स्थितिलाई गम्भीरतापूर्वक अवलोकन गरिरहेको जनाएका छन् ।
‘कान्तिपुरका सहकर्मीलाई सरकारले दिएको हैरानी र गिरफ्तारीको चेतावनीप्रति हामी गम्भीर भएका छौं,’ अमेरिकास्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट

-सीपीजे) की कार्यकारी निर्देशक एन कुपरले बिहीबार एक विज्ञप्ति जारी गर्दै भन्नुभएको छ- ‘मुलुकको नेतृत्वदायी मिडिया समूहका सम्पादकहरूलाई थुनामा राख्ने धम्की दिएर स्थानीय प्रेस र अन्तर्राष्ट्रिय समुदायलाई अभिशप्त सन्देश दिएको छ ।’ उहाँले कान्तिपुर समूह र यसका पत्रकारहरूलाई हैरानी नदिन र प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने सबै निषेधात्मक उपायहरू फिर्ता लिन आग्रह गर्नुभएको छ ।

सरकारले कान्तिपुर पब्लिकेसन्सका प्रकाशक तथा कान्तिपुर र दी काठमाडौं पोस्टका सम्पादकहरूलाई राजनीतिक अस्थिरताको समाचार लेखेबापत कारबाही गर्न खोजेको उल्लेख सीपीजेले गरेको छ । कान्तिपुरमाथि कारबाही गर्न सरकारले गम्भीर गृहकार्य थालेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री टंक ढकालले बिहीबार सार्वजनिक गर्नुभएको थियो ।

पब्लिकेसन्सका निर्देशक विनोदराज ज्ञवाली, कान्तिपुर सम्पादक नारायण वाग्ले र पोस्ट सम्पादक प्रतीक प्रधानलाई काठमाडौंका प्रमुख जिल्ला अधिकार सुशील घिमिरेले आइतबार अनौपचारिक छलफलका निम्ति बोलाएर बयान लिन खोज्नुभएको थियो ।

संसारका पाँच लाख पत्रकारलाई प्रतिनिधित्व गर्ने अन्तर्राष्ट्रिय पत्रकार महासंघ -आईएफजे) ले कार्टुनको निहुँमा सरकारले दिएको हैरानीप्रति विरोध गरेको छ । मन्त्री ढकालले कारबाहीका निम्ति दिएको चेतावनीलाई उल्लेख गर्दै आईएफजेका सभापति क्रिस्टोफर वारेनले एक विज्ञप्तिमार्फत भन्नुभएको छ- ‘कार्टुनबाट गरिएको व्यंग्यात्मक टिप्पणीसमेतलाई सरकारले सहन नसक्नु भनेको छ महिनाअघि शाही कदम सुरु भएयता मिडियालाई दिइएको हैरानीकै निरन्तरता हो ।’

‘नेपालमा भइरहेको नागरिक स्वतन्त्रता हनन अस्वीकार्य छ र यो रोकिनैपर्छ,’ उहाँले जोड दिँदै भन्नुभएको छ- ‘यो दमनविरुद्धको प्रतिदिनको प्रदर्शन र प्रतिरोधका क्रममा नेपाली मिडियाको सुरक्षामा खतरा उत्पन्न भएको छ ।’
नेपालमा भइरहेको प्रेस स्वतन्त्रताको उल्लंघनको विरोधमा प्रेस स्वतन्त्रताका निम्ति विश्व अभियान दिवसको घोषणासमेत आईएफजेले गरेको छ । जसअन्तर्गत यही १४ गते आईएफजेका सदस्य संस्थाहरूले विरोध प्रदर्शन गर्ने भएका छन् ।

कान्तिपुरको आइतबार प्रकाशित कार्टुनलाई निहुँ बनाएर निजी क्षेत्रको प्रेसविरुद्ध सरकारी सञ्चार माध्यमलाई प्रयोग गरिएको तर्फ पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार जगतको ध्यानाकर्षण भएको छ । यसका साथै सरकारी सञ्चार माध्यमलाई दुरुपयोग गरेर स्वतन्त्र प्रेसविरुद्ध सरकारले धावा बोल्न थालेकोमा पनि सञ्चारकर्मीहरू गम्भीर भएका छन् ।

महासंघको छलफलका क्रममा मन्त्रिपरिषदका प्रवक्ता ढकालले बिहीबार कान्तिपुरलाई दिएको धम्कीको पत्रकारहरूले कडा आलोचना गरे । उहाँकोे त्यस्तो अभिव्यक्ति कान्तिपुरमाथि मात्र नभई सिंगो स्वतन्त्र प्रेस जगत्माथि भएकोे उनीहरूलेे बताए ।

‘सरकारले सरकारी सञ्चार माध्यममार्फत लाञ्छना लगाउने गरेको छ,’ नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले भन्नुभयो- ‘यो जनताका करबाट चलेका संस्थाको चरम दुरुपयोग हो । यो कान्तिपुरमाथिको मात्र होइन समग्र पत्रकारिता पेसाप्रतिको आक्रमण हो ।’

स्वतन्त्र सञ्चारमाध्यम मर्यादित हुँदाहुँदै सरकार भनेे सरकारी सञ्चार माध्यमको चरम दुरुपयोग गरी अमर्यादित बनेको आरोपसमेत स्वतन्त्र सञ्चारकर्मीहरूले लगाए । स्वतन्त्र प्रेसलाई मर्यादा, आचारसंहिता सिकाउने सरकारले आफू अमर्यादित भएको बिर्सेको उनीहरूले बताए । सरकारी सञ्चार माध्यमलाई दुरुपयोग गरेर प्रेस काउन्सिलको आचारसंहिता मिचिएको छ । तर प्रेस काउन्सिलको ध्यान त्यतातिर नगएको टिप्पणी पत्रकारहरूको थियो ।

‘सरकारले अरू प्रेस र पत्रकार महासंघलाई जुन आक्षेप लगाउने गरेको छ, त्यो सरकार आफैंले सञ्चार माध्यमलाई दुरुपयोग गरेर गरिरहेको छ,’ कान्तिपुर सम्पादक वाग्लेले प्रश्न गर्नुभयो- ‘सरकारले गरेको आचारसंहिताको अनुगमन काउन्सिल आफैंले कति गरेको छ ?’

निजी क्षेत्रजति सरकारी क्षेत्र मर्यादित हुन नसकेको उल्लेख गर्दै वाग्लेले भन्नुभयो- ‘निजी क्षेत्रको प्रेसले कहिल्यै अरू पत्रिकालाई आक्रमण गर्दैनन् । अहिले सबैभन्दा छाडा राज्यका संस्थाहरू भएका छन् ।’

सञ्चार माध्यमलाई दुरुपयोग गरेर सरकारले आफ्ना माध्यममा पत्रकारलाई मृत्युदण्ड दिनुपर्ने कुरा लेखाइरहेको प्रसंग उल्लेख गर्दै वाग्लेले सरकार आपै+m ‘हिंसाको संस्कृति’ लाई प्रवर्द्धन गर्नतिर लागेको बताउनुभयो ।

रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले सरकार अहिले कार्टुनको निहुँ गरेर आफ्नो प्रेसविरोधी कानुन ल्याउने षड्यन्त्रमा लागेको बताउनुभयो । कान्तिपुरमाथिको आक्रमणलाई समग्र प्रेसमाथिको आक्रमणका रूपमा लिनुपर्नेसमेत उहाँले बताउनुभयो ।

पत्रकार महासंघका मध्यमाञ्चल उपसभापति शिव गाउँलेले सरकार प्रेस जगत्लाई कारबाही गरिनेछ भन्ने धम्की दिएर ‘ब्ल्याकमेलिङ’ मा लागेको बताउनुभयो । ‘सरकारले स्वतन्त्र समाचार संस्था र पत्रकारको अस्तित्व समाप्त गर्न खोज्दैछ,’ उहाँले भन्नुभयो- ‘स्वतन्त्र प्रेसविरुद्ध राज्य थप अनुदार बन्दै गएको छ ।’

पोस्टका सम्पादक प्रतीक प्रधानले कान्तिपुरलाई प्रेस काउन्सिलले पत्र लेखिसकेपछि राज्यका अरू निकायहरू पनि कारबाहीका निम्ति सक्रिय हुनु र सञ्चारमन्त्रीका अभिव्यक्ति आउनुबाट सरकारको मनस्थिति प्रस्ट भएको बताउनुभयो ।

हिमालय टाइम्सका समाचार सम्पादक किरण पोखरेलले महासंघले सरकारले सुरु गरेको सरकारी माध्यमको दुरुपयोग र प्रेस स्वतन्त्रताविरोधी अभियानविरुद्ध सशक्त दबाब दिनुपर्ने बताउनुभयो । नेपाल एफएमका सम्पादक विनोद ढुंगेलले राज्यबाट गोरखापत्रलाई व्यापक दुरुपयोग गरिएको उल्लेख गर्दै पत्रकारिताका आधारभूत प्रस्तावनालाई समेत ख्याल नगरी समाचार आउने गरेको बताउनुभयो ।

एफएम रेडियोहरूको साझा संस्था ब्रोडकास्टिङ एसोसिएसन अफ नेपालका महासचिव विष्णुहरि ढकालले यस्तो बेलामा राजनीतिक दलहरूले ऐक्यबद्धता प्रकट गर्नुपर्ने बताउनुभयो ।

सरकारी सञ्चारमाध्यमले भनेको भन्दा ठीक उल्टो गरी पाठकले बुझ्ने गरेको मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष पुरुषोेेत्तम दाहालले बताउनुभयो । ‘सरकारको यो धम्की लोकतान्त्रिक आन्दोलनलाई रोक्ने प्रयास हो । उनीहरूको कमजोर मनस्थितिको उपज हो,’ दाहालले भन्नुभयो । उहाँले सरकारी प्रहारबाट सर्तक हुन लगानीकर्ताहरूलाई पनि सुझाव दिनुभयो ।

पत्रकार हेमबहादुर बिष्टले कान्तिपुरमा प्रकाशित कार्टुन छाप्नै नमिल्ने खालको नभएको र यसले बहस सुरु गरेको उल्लेख गर्दै त्यसबाट ‘पहाडै खस्यो बर्बादै भयो’ भन्नु उचित होइन भन्नुभयो । उहाँले भन्नुभयो- ‘यस्तो छाप्नु अहिलेको संविधानले दिएकै अधिकार हो ।’

साफ्मा नेपालका अध्यक्ष गोपाल थपलियाले यस्तो प्रहार सरकारले गर्न खोजिरहन्छ भन्दै त्यसको सामना गर्दै अघि बढ्ने मिडिया हाउसलाई पाठकले रुचाउने बताउनुभयो । ‘जुन बढदैन, त्यो पछि पर्छ,’ उहाँले भन्नुभयो । मन्त्री ढकालले कान्तिपुरविरुद्ध प्रयोग गरेका शब्दहरू आफैंमा घीनलाग्दा भएको समाचारपत्रका सहसम्पादक टंक पन्तले बताउनुभयो ।

Popularity: 8%

Add comment August 27th, 2005

धराप विस्फोटमा पांच सुरक्षाकर्मी मारिए

नेपाल समाचारपत्र, यमलाल भुसाल/बुटवल
माओवादीले अवरुद्ध गरेको सडक खुलाउन गएको सुरक्षाफौज विद्युतीय धरापमा पर्दा शुक्रबार कपिलवस्तुमा पांच सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको छ।

विद्युतीय धरापमा परी अन्य दुई जना सुरक्षाकर्मी घाइते भएका छन्। धराप विस्फोटपछि करिब दुई घण्टा भएको भिडन्तमा एक नाबालक गोली लागि घाइते भएका छन्।

जिल्लाको चन्द्रौटा र गोरुसिंगेबाट गएको सुरक्षाफौजको टोलीलाई माओवादीले चनही गाविसको खगेन्द्रपुर इलाकामा बिहान पौने ७ बजे धरापमा पारेको थियो। शाही नेपाली सेनाको २२ नम्बर वाहिनीले घटनामा ५० जनाको मृत्यु भएको पुष्टि गरेको छ।

सुरक्षाफौजले धराप विस्फोटनपछि भएको भिडन्तमा ठूलो संख्यामा माओवादीको मृत्यु भएको दाबी गरेको छ। भिडन्तमा वरकलपुर गाविस-३ का जोगर थारूका छोरा दुई वर्षीय सुरज थारूलाई गोली लागेको छ। घाइते दुइ सुरक्षाकर्मीलाई उपचारार्थ काठमाडौं लगिएको सेनाले जनाएको छ।

माओवादीले भदौ ९ र १० गते कपिलवस्तु बन्दको आरुवान गरेकाले महेन्द्र राजमार्गका विभिन्न स्थानमा बम र ढुंगा राखेर तथा रूख ढालेर सडक अवरुद्ध पारेका थिए।

माओवादीले जिल्लाका पिपरा, बोडगाउं, वाणगंगा, शिवपुर, धानखोलालगायतका सडकमा अवरोध पुर्‍याएर बम राखेका थिए। मृत्यु हुने सुरक्षाकर्मीको नाम खुलाइएको छैन।

काठमाडौंस्थित सैनिक जनसम्पर्क निर्देशनालयले सो भिडन्तमा दर्जनौं माओवादी हताहत भएको जनाएको छ।

Popularity: 8%

Add comment August 26th, 2005

कोइराला-दरबार आत्मघाती सम्झौता

आन्दोलन तुहिने, संसद् ब्युँतने, सर्वोच्चमा बहस सुरु
एचकेनेपाल डट कम
(राजधानीबाट प्रकाशित हुने खोजतलास दैनिकले आजको अनलाइन संस्करणमा कोइराला र दरवारबीच भएको आत्मघाती सम्झौताबारे समाचार प्रकाशन गरेको छ। त्यही समाचारलाई हाम्रा पाठकहरुका निम्ति खोजतलासबाट साभार गरेका छौं । -सं)

खोजतलास विशेष संवाददाता, काठमाडौं, १० भदौ । बगेको खोला बाह्र वर्षछि फर्कन्छ रे ! तर मरेको मान्छे कहिल्यै र्फकंदैन । माघ १९ मा मरिसकेको निरंकुश विचार फर्किएझैं अब मुलुकमा प्रजातन्त्र पुनर्स्थापनापछि निर्वाचित तेस्रो प्रतिनिधिसभा पनि मृतअवस्थाबाट ब्युँतने निश्चितप्रायः भएको छ ।

राजा ‘नहुनु मामाको साटो कानो मामा’ को खोजीमा सफल बनेको समाचार छ । अर्थात् कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला र दरबारबीच गम्भीर साँठगाँठ भएको रहस्य खुलेको छ । राजतन्त्रलाई जन्मजातै काँध थाप्दै आएको कांग्रेसले अचानक गणतन्त्रको बहस चर्काउँदै लगेपछि दरबार अत्यन्त गम्भीर बनेको थियो । माओवादीले उठाएको गणतन्त्रको मागलाई सारा संसद्वादी र नागरिक समाजले समेत जोडतोडले उठाउन थालेपछि दरबार कांग्रेससँग नयाँ सम्झौता गर्न बाध्य बनेको छ ।

प्राप्त समाचारअनुसार कांग्रेस सभापति कोइराला र राजाबीच ‘लेनदेन’ को सहमतिसहित भावी राजनीतिबारे गम्भीर सम्झौता गुपचुपमै भइसकेको छ । जसअनुसार, कोइरालाले अब कांग्रेसलाई गणतन्त्ररहित पार्टीकै रुपमा नेतृत्व गर्नुपर्नेछ भने राजाले प्रतिनिधिसभा पुनर्स्थापना । दुइपक्षीय सम्झौताअनुसार नै असोजको पहिलो साता संसद् पुनर्स्थापना हुने निश्चितप्रायः भएको स्रोतहरू बताउँछन् । संसद् पुनर्स्थापना कोइरालाले असोज १८, २०५९ पछि अहिलेसम्म निरन्तर राख्दै आएको माग हो, जसमा ढिलो गरी अन्य छ दल सहमत बनेका थिए । कांग्रेस महाविधेशनमा पार्टीलाई लोकतान्त्रिक गणतन्त्रवादी बनाउन कार्यकर्ताको दबाबसहित बहुमत देखिने भएपछि अध्यक्षतात्मक प्रणाली अन्तर्गत चल्ने पार्टीलाई दरबारले अध्यक्षलाई फकाएर आफ्नो कब्जामा लिएको छ । कोइरालाको सम्झौता तत्कालका लागि राजा र दलबीचको दूरी घटाउन र्सार्थकसिद्ध भए पनि दीर्घकालीनरुपमा कांग्रेस र प्रजातन्त्रवादीका निम्ति घातकसिद्ध हुनेछ ।

भदौ १४ बाट सुरु हुने कांग्रेस महाधिवेशनमा गणतन्त्रवादी स्वर निस्तेज पार्ने र्सतमा कोइरालाको प्रतिनिधिसभा पुनर्स्थापनाको माग पूरा गर्न दरबार तयार भएको बताइन्छ । जसका निम्ति आन्तरिक गृहकार्यसमेत सुरु भएको छ । सर्वोच्च अदालतमा एकाएक हिजोबाट तीन वर्षपुरानो संसद् पुनर्स्थापनाको मुद्दामा बहस सुरु हुनुलाई समेत अर्थपूर्ण मानिएको छ ।

माघ १९ पछि दरबारको इशारामा चल्ने गरेको आरोप सर्वोच्च स्वयम्ले पनि खेप्दै आएको छ । सर्वोच्चमा सुरु भएको यो बहसलाई पनि ‘माथिकै आदेश’ अनुसार मान्न थालिएको छ । सर्वोच्चमार्फत संसद् ब्युँताउँदा आफू दोषभागी नहुने देखेर दरबारले यो चोर बाटो अपनाएको बताइन्छ । राजतन्त्रलाई काँध थाप्ने एक मात्र पार्टी कांग्रेस पनि गणतन्त्रमा गएपछि दरबारलाई जोगाउन कुनै भरोसायोग्य शक्ति बाँकी नरहने स्थिति उत्पन्न भएपछि दरबार कोइरालालाई फकाएर यस्तो सम्झौता गराउन बाध्य भएको बताइएको छ ।

कोइरालालाई फकाउन सूर्यबहादुर थापा र अमेरिकी राजदूतलाई दरबारले प्रयोग गरेको थियो । स्रोतका अनुसार राजासँग ४५ मिनेट लामो वार्ता गरेर थापाले कोइरालालाई भेटेपछि कोइराला राजाको प्रस्तावमा सहमत बनेका थिए । त्यसको सन्देश बोकेर थापा राजालाई भेट्न धनकुटा हान्निएको समेत बताइन्छ । राजा राष्ट्रसंघमा आफ्नो बेइज्जत हुने देखेर पनि हतास भएर संसद् ब्युँताउन सहमत भएको हुनसक्छ । सात पार्टीले राष्ट्रसंघलाई राजाको प्रतिनिधित्व नगराउन पत्र लेख्ने धमासपूर्ण निर्णय गरेका थिए । राजाले भदौ ३१ मा राष्ट्रसंघीय सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । स्वदेश फर्किएलगत्तै सर्वोच्चको आदेशका आधारमा राजाले संसद् पुनर्स्थापना गर्ने बताइएको छ ।

Popularity: 8%

2 comments August 26th, 2005

मकैबारीमा बम पड्केर दुईको मृत्यु

एचकेनेपाल डट कम
सल्लेरी, दैलेख। नेपालीहरुमा दिनहूं मर्ने क्रम जारी छ, कहिले सुरक्षाफौजबाट कहिले विद्रोही माओवादी छापामारबाट । पछिल्लो पटक सल्लेरी दैलेखमा दुई जना निर्दोष व्यक्तिको अनाहकमा मृत्यु भएकोछ । घांस काट्न गएका सल्लेरी-९ का १६ वर्षीय प्रेमबहादुर सुनार र २८ वर्षीय ठल्लुबहादुर सुनारको माओवादीले छाडेर गएको बम पड्किएर मृत्यु भएको नेपाल समाचारपत्रले जनाएको छ ।

गत बुधबार माओवादी र सुरक्षाबीच सल्लेरीमा भएको भिडन्तका बेला माओवादीले ती बम मकैबारीमा छाडेर गएको हुन सक्ने बताइएको छ । भनिन्छ, सुरक्षा फौज र माओवादीको भिडन्त त्यस दिन करीव ११ घण्टा भएको थियो । कारवाहीको क्रममा छ माओवादीको मृत्यु भएको स्रोतले जनाएको थियो । सल्लेरी -९ देउरालीमा भेटिएको ३ माओवादीको शव पहिचान हुन नसकेको प्रमुख जिल्ला अधिकारी खुमराज पुन्जालीले बताएका छन् ।

Popularity: 8%

Add comment August 26th, 2005

कस्तो छ त कार्टुन?

एचकेनेपाल डट कम, अगष्ट २६ -
हंगकंग, यो त्यही विवास्पद कार्टुन हो जुन कार्टुन आइतबार कान्तिपुर र दि काठमाण्डू पोष्ट दैनिकमा छापिएको थियो । प्रसिद्ध कार्टुनिष्ट वात्सायन (दुर्गा बराल)ले तयार गरेका उक्त कार्टुनले सम्वैधानिक राजतन्त्रमाथि व्यंग प्रहार त गरेकै छ। के यतिबेला कार्टुनिष्टले मात्र यस्ता आवाज उठाएका छन् त ? हेर्नुहोस् व्यंग चित्र…यही व्यंगचित्र प्रकाशित गरेको कारण कान्तिपुर र दि काठमाण्डूलाई कारवाही गर्न गम्भिर गृहकार्य भै रहेको देशी तथा विदेशी सञ्चारमाध्यमहरूले मन्त्रिपरिषदका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री टंक ढकालको भनाईलाई उदृत गर्दै समाचार सम्प्रेषण गरेकाछन् ।

cartoon_constitutional_monarchy
कार्टुनः वात्सायन, फोटो सौजन्यः युडब्लुबी

Popularity: 8%

2 comments August 26th, 2005

कान्तिपुरलाई कारबाही गर्न गम्भीर गृहकार्य

कान्तिपुर संवाददाता
काठमाडौं, भदौ ९ - मन्त्रिपरिषद्का प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री टंक ढकालले कान्तिपुर र दि काठमान्डू पोस्ट दैनिकमा आइतबार प्रकाशित व्यंग्यचित्रलाई लिएर दुवै प्रकाशनविरुद्ध कारबाही गर्न सरकारले गम्भीर गृहकार्य थालेको खुलासा गर्नुभएको छ ।

सूचना विभागमा बिहीबार पत्रकार सम्मेलन गरी उहाँले कान्तिपुर र पोस्टमाथि ‘राष्ट्र र राजसंस्थामा आँच पुर्‍याउने’ काटुर्न छापेको आरोप लगाउँदै कारबाही गर्न कानुनीलगायतका प्रक्रियामा छलफल भइरहेको बताउनुभएको हो । कारबाही कस्तो हुने भन्ने जानकारी भने उहाँले दिनुभएन । ‘कारबाहीका लागि सरकारले गम्भीर गृहकार्य गरेको छ,’ ढकालले भन्नुभयो- ‘कस्तो कारबाही गर्ने भन्ने कुरा म सार्वजनिक गर्न सक्दिनँ । यसबारे अन्तिम नतिजा आएपछि तपाईंहरू सबैले थाहा पाउनुहुन्छ ।’

सञ्चार मन्त्रालयले गृह मन्त्रालयलाई कारबाही गर्न पत्र लेखेकोबारे पनि उहाँले प्रस्ट पार्न चाहनुभएन । तर कस्तो कारबाही गर्ने भन्नेबारे कानुनी परामर्श भइरहेको बताउनु भयो । ‘कारबाहीका विभिन्न प्रक्रिया छन्, हामी कानुनी प्रक्रियाका बारेमा छलफल गरिरहेका छौं,’ उहाँले भन्नुभयो । ‘यो पत्रकारिताको नीचताको पराकाष्ठाको दुर्गन्धित स्वरूप हो, योभन्दा निन्दनीय केही हुँदैन,’ उहाँले भन्नुभयो- ‘सरकार यस्ता गैरजिम्मेवार सञ्चारमाध्यमलाई नियन्त्रण गर्न सजगतापूर्वक अघि बढेको छ ।’

सम्मेलनको आधा समय काटुर्नमाथि खर्च गरेका मन्त्री ढकालले अखबारको नाम भने लिनुभएन । ‘एक जिम्मेवार सञ्चार माध्यमले काटुर्नको माध्यमबाट राष्ट्रलाई विखण्डन हुनबाट बचाउन भूमिका खेल्ने संस्थामाथि विभिन्न लान्छना लगाउने निकृष्ट दुस्साहस गरेको छ,’ उहाँले भन्नुभयो- ‘सरकारले यसलाई गम्भीरतापूर्वक लिएको छ ।’

उहाँले काटुर्न छाप्नुका पछाडि निहित स्वार्थ रहेको आरोप लगाउनुभयो । ‘स्वतन्त्रता भनेको छाडापनको पराकाष्ठा होइन,’ उहाँले भन्नुभयो- ‘के को निम्ति, कसको निम्ति, कुन स्वार्थबाट, कसलाई रिझाउने उद्देश्यले यो भइरहेको छ ।’
सञ्चारक्षेत्रमा कुनै अंकुश नभएको, प्रतिबन्ध नलगाइएको दाबी गर्दै तर त्यसका मूल्यमान्यता पनि हुन्छन् भन्ने नबिर्सन उहाँले सञ्चारजगतसँग आग्रह गनुर्भयो ।

यसअघि काठमाडौं जिल्ला प्रशासनले उक्त काटुर्नलगायतका विषयमा कान्तिपुरका पदाधिकारीहरूसँग लिखित बयान लिन चाहेको थियो । अनौपचारिक भेटघाटका लागि गत मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेका कान्तिपुर पब्लिकेसन्सका निर्देशक विनोदराज ज्ञवाली, कान्तिपुरका सम्पादक नारायण वाग्ले र पोस्टका सम्पादक प्रतीक प्रधानसँग दुई सरकारी अधिकृतको परिचय गराउँदै प्रजिअ घिमिरेले बयान दिन आग्रह गनुर्भएको थियो ।

बयानका लागि औपचारिक पत्र माग गरेर कान्तिपुर टोली फर्केपछि प्रजिअ कार्यालयले तारताकेता गरेको छैन । यसैबीच प्रेस काउन्सिल नेपालको अनुगमन इकाइले उक्त काटुर्न पत्रकार आचारसंहिताविपरीत भएको तथ्य औंल्याउँदै स्पष्टीकरण माग गरेको छ । ‘वर्तमान संविधान, बहुदलीय प्रजातान्त्रिक व्यवस्था र २०४६ सालको ऐतिहासिक जनआन्दोलन विरुद्ध लक्षित मात्र होइन, प्रेस स्वतन्त्रतामाथि नै व्यंग्य गर्ने खालको भएकाले त्यसले देशमा अराजकता ल्याउन खोजेको र त्यसबाट आतंककारीलाई बल पुर्‍याएको भनी कारबाहीका लागि उजुरी परेको’ जानकारी दिँदै इकाइले ‘संविधान, २०४७ ले प्रत्याभूत गरेको संवैधानिक राजतन्त्रप्रति अनास्था पैदा गर्ने मनसाय’ ले काटुर्न छापेको देखिएको पनि जनाएको छ ।

Popularity: 8%

Add comment August 26th, 2005

Previous Posts


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2005
M T W T F S S
« Jul   Sep »
1234567
891011121314
15161718192021
22232425262728
293031  

Posts by Month

Posts by Category

More news....