Archive for August 13th, 2005

कालिकोटमा सैनिकहरूको ‘नृश्रंश’ हत्या गरिएको दावी

शाही नेपाली सेनाले आइतवार कालिकोट जिल्लामा भएको भिडन्तमा माओवादीहरूले कब्जामा लिएका सुरक्षाकर्मीहरूलाई यातना दिइ हत्या गरेको आरोप दोहो-याएको छ।
बीबीसी नेपाली । काठमाण्डौंस्थित शाही नेपाली सेनाको मुख्यालयमा शुक्रवार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै शाही नेपाली सेनाका प्रवक्ताले त्यस्तो आरोप दोहो-याएका हुन्।

सहायक रथी दिपक गरूङले माओवादी विद्रोहीहरूले कालिकोटको भिडन्तपछि नियन्त्रणमा लिइसकेका सैनिकहरूमाथि अमानवीय व्यवहार गरेको आरोप लगाउनुभयो।

उहाँले भन्नुभयो, “आतंककारीहरूले कब्जामा लिएका केही निशस्त्र जवानहरूको हात बाँधेर आगो लगाई, शरीरका सम्वेदनशिल अंग काटेर तिनका टाउकामा गोली हानी हत्या गरेका थिए।”

कालिकोटको पिलीस्थित कर्णाली राजमार्गको निर्माणमा खटिएको सेनाको अस्थायी आधार शिविरमा गत आइतवार ठुलो संख्यामा आएका माओवादी विद्रोहीहरूले हमला गर्दा कम्तिमा ४३ जना सुरक्षाकर्मीहरूको मृत्युभएको र ७५ जना सम्पर्क भन्दा बाहिर रहेको सेनाले जनाएको छ।

सेनाले माओवादीहरू तर्फ ३०० जना सम्म मारिएका हुनसक्ने दावी गरेको छा। तर सैनिक प्रवक्ताले घटनास्थलमा छ-सात जना विद्रोहीहरूको लास मात्र फेला परेको बताउनुभयो।

माओवादीहरूको हमलाका बावजुद त्यस क्षेत्रमा सेनाको उपस्थिति कायमै रहने र सुरक्षा फौजले केहि दिनभित्रै सुर्खेत-जुम्ला सडकको निर्माण कार्यलाई निरन्तरता दिने पनि बताउनुभयो।

यसअघि कालिकोटको भिडन्तमा नियन्त्रणमा लिइएका सुरक्षाकर्मीहरूलाई लहरै राखी हत्या गरिएको भन्ने आरोपको माओवादी पक्षले खण्डन गरिसकेको छ।

माओवादीका अध्यक्ष प्रचण्डले यसैसाता एक विज्ञप्ती जारी गर्दै सेनाको आरोप आधारहिन भएको बताउनु भएको थियो।

राष्ट्रसंघिय अधिकारीको अपिल

यसैबीच नेपालस्थित राष्ट्रसंघिय मानव अधिकार उच्चायोगको कार्यालयका प्रमुख इयन मार्टिनले माओवादीहरूको कब्जामा रहेका भनिएका सुरक्षाकर्मीहरूको जीवन रक्षा गर्न विद्रोहीहरू समक्ष पुन: अपिल गर्नुभएको छ।

शुक्रवार राजधानीमा आयोजित एक अन्तरकृया कार्यक्रममा बोल्दै श्री मार्टिनले माओवादी नेतृत्वले सार्वजनिक वक्तव्य मात्र नभै आफूसितको प्रत्यक्ष सम्पर्कमा पनि आफ्नो नियन्त्रणमा रहेका सुरक्षाकर्मीहरूलाई सुरक्षित राखिने आश्वासन दिएको बताउनुभयो।

उहाँले आफ्नो कार्यालयलाई कुनै राजनीतिक म्याण्डेट नदिइएको तर विद्रोहीहरू मानव अधिकारको पालन गर्न सचेत होउन भनी उनिहरूसित पनि सम्पर्कमा रहेर काम गर्ने गरेको स्पष्ट पार्नुभयो।

तर उहाँले त्यस्तो सम्पर्कबारे थप विवरण दिनुभएन।

Popularity: 13%

1 comment August 13th, 2005

यथार्थको फूल

- देवचन

ए!
भूलका चक्कीहरु पिएर
यथार्थका तस्वीरहरु मेटाउन खोज्नेहरु हो !
सुन तिमीहरु ,
अब तिमीहरुले भूलका साधन होइन,
यथार्थका फूलहरु रोप्नुपर्छ ।
यथार्थका फूलहरु भलै सुन्दर होओइनन्
तथापि
यथार्थ तीखो ओखतीजस्तो ध्रुव सत्य हो ,
यथार्थ जुन-ताराझैँ सृष्टिका अन्तिम अस्तित्व हुन ।
ऊ हेर !
यथार्थका चक्रहरु इतिहासका पाना पल्टाउदै छन्
पत्र-पत्र खोतल्दै समकालीन परिभाषा कोर्दै छन् ।
भो अब !
आदर्श हामीले धेरै पढ्यौ
तर
यथार्थलाई रक्षानमा मिल्कायौ ।
त्यसैले ,
सूर्यकिरणमा शीतलव बिलाएझै
घोसोमुन्टो लगाएर मातृ-आँचलमा लुक्नेहरु हो !
आऊ,
हामी सबै मिलेर आज,
मन्दिरहरुको देशमा अब ईश्वर खोजौ ,
जलमयी भूमीमा स्वच्छ पिउने पानी खोजै ।
हामी,
बासस्थान होइन , घर-परिवार बनाऔ
कंकालको शान्ति हिइन, प्रकृतिको शालीनता खोजौ
शुत्र होइन, समाधान खोजौ ।
ए दिग्विजयका सन्तानहरु हो ,
बुझ्यै तिमीहरुले,
आदर्शको पुन्जले भरीपूर्ण देशमा अब,
हामी यथार्थलाई बुझौ,
अब हामी,
यथार्थको अजम्मरी फूल रोपौ ।

Popularity: 14%

Add comment August 13th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

August 2005
M T W T F S S
« Jul   Sep »
1234567
891011121314
15161718192021
22232425262728
293031  

Posts by Month

Posts by Category

More news....