Archive for November 2nd, 2005

मेरो छोरालाई छाडिदेउः पूर्वप्रम चन्द

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर २-
पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले मंगलबार थिमिस्थित आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना अपहरित छोरा, कैलालीस्थित वासुलिङ सुगर एण्ड जनरल इण्डष्ट्रिज लिमिटेडका कार्यकारी निर्देशक अरुण चन्दको सकुशल रिहाईका लागि सम्बन्धित पक्षसँग अनुरोध गर्नुभएको छ ।

चन्दलाई माओवादीहरूले यही कात्तिक १० गते कारखानाबाटै अपहरण गरेका थिए ।

पूर्व प्रधानमन्त्रीले आफ्नो छोरा अरुणको के-कति कारणले अपहरण भएको हो, त्यसबारे आफूले अझैसम्म जानकारी नपाएको बताउँदै आफैले गरेको युद्धविरामको समयमा माओवादीले यस्तो कार्य गर्लान् भनेर आफूले कल्पनासम्म नगरेको उल्लेख गर्नुभयो ।

पत्रकार सम्मेलनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता रोशन कार्कीले माओवादीले युद्धविराम गरेको बेलामा अपहरण गरेर आफ्नो बोली र व्यवहारमा रहेको भिन्नता देखाएको बताउनुभयो ।

यस्तै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघका केन्द्रीय अध्यक्ष धनबहादुर राईले पनि पत्रकारसम्मेलनमा चन्दको तत्काल सकुशल रिहाईको माग गर्नुभएको थियो ।

यसैबीच राष्ट्रिय मानवअधिकार प्रतिष्ठानले विज्ञप्ति प्रकाशित गरी अरुण चन्दको बिनाशर्त सकुशल रिहाई गरी मानवअधिकारको रक्षा एवं सम्मान गर्न आग्रह गरेको छ ।

Popularity: 8%

3 comments November 2nd, 2005

राजधानीमा फेरि निषेधित क्षेत्र घोषणा

नेपाल समाचारपत्र, काठमाडौं, नोभेम्बर २-
सरकारले राजधानीका केही महत्वपूर्ण क्षेत्रमा सभा, जुलुस, धर्ना र अनसन बस्न प्रतिबन्ध लगाएको छ। सात राजनीतिक दलले तिहारलगत्तै सरकारविरुद्ध कडा संघर्षको शंखघोष गरेपछि सरकारले विभिन्न क्षेत्रमा राजनीतिक गतिविधि गर्न निषेध गरेको हो। विभिन्न क्षेत्रमा सभा, जुलुस गर्न निषेध गरेकोमा आन्दोलनरत राजनीतिक दलका नेताले सरकारको कडा शब्दमा आलोचना गरेका छन्।

सरकारले स्थानीय प्रशासन ऐन २०२८ को दफा छ (३) क को अधिकार प्रयोग गरी माइतीघरदेखि उत्तर सिंहदरबार, पुतलीसडक, कमलादी मोड, कृष्ण पाउरोटी चोक, हात्तीसार, जयनेपाल, नागपोखरी, राजदरबारका चारै दिशामा सभा, जुलुस, धर्ना र अनसन बस्न निषेध गरेको हो। त्यस्तै भोटाहिटी, वीर अस्पताल, शानेवानि केन्द्रीय कार्यालय, नागस्थान, शहीदगेट, भद्रकाली, सिंहदरबार र त्यसका चार किल्लाभित्र पर्ने सबै क्षेत्रमा जुलुस प्रदर्शन गर्न प्रतिबन्ध लगाएको छ। सरकारले सिंहदरबारवरिपरि, अनामनगर, हनुमानस्थान, पद्मोदयको मोडसम्मको सबै क्षेत्र, परराष्ट्र मन्त्रालय शीतल निवासको मूल गेटदेखि उत्तर शिक्षण अस्पताल तथा चक्रपथ नारायणगोपाल चोक, न्युरोडदेखि जुद्ध शालिक, थिरबम मल्ल मार्गबाट प्रधानमन्त्रीनिवास बालुवाटारतर्फजाने पश्चिमको चण्डोल मार्गसम्मको सबै सडकमा कुनै राजनीतिक कार्यक्रम सञ्चालन गर्नमा प्रतिबन्ध लगाएको छ।

Popularity: 8%

1 comment November 2nd, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....