Archive for November 6th, 2005

आज फेरि हुँदैछ सर्वोच्चमा एफएमको बहस

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ६ -
सरकारले कान्तिपुर एफएममा मध्यरातमा गरेको आक्रमण र समाचार प्रसारण नगर्न जारी गरेको अध्यादेशका विरुध्दमा दायर छुट्टाछुट्टै रिटहरुको एकै स्थानमा राखी भइरहेको सुनुवाई तिहारअगाडि नटुंगिएकोले आज पुनः सुनुवाई हुँदैछ।

सुनुवाईमा सरकारविरुध्द अन्तरिम आदेश जारी गर्ने कि नगर्ने भन्ने बारेमा बहस हुँदैछ। सरकारले कान्तिपुर एफएमलाई बन्द नै गर्ने नियतले २४ घण्टे म्यादको स्पष्टिकरण सोधेको भए पनि नेपाल बार एसोसिएसनको विशेष पहलमा उक्त एफएमले एकै दिनमा रिट दर्ता गरेर सोही दिन पेशीमा राखी हाललाई केही नगर्नू नगराउनु भनी अन्तरिम आदेशसमेत ल्याउन सफल भएको थियो।

यसैसँग सम्बन्धित भई सूचनाको हकका लागि आन्दोलनरत दलहरुले तिहारअगाडि उपत्यका बन्दको समेत आह्वान गरेका थिए भने अब निरंकुशतन्त्रविरुध्द ठूलै संघर्ष गर्ने बताइरहेका छन्।

Popularity: 8%

Add comment November 6th, 2005

मिल्नलाई बाधक राजा नैः दलहरु

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ६ -
अमेरिकाले चेतावनीको भाषामा हिजो माअ‍ोवादीसँग सहकार्य नगर्न विज्ञप्ति जारी गरेपछि विभिन्न राजनीतिक दलका नेताहरूले प्रतिस्पर्धात्मक खुला राजनीतिक परिपाटीलाई स्वीकार नगर्दा र हतियार नबिसाउँदासम्म माओवादी पक्षसँग कदापि सहकार्य नहुने बताएका छन्।

अमेरिकाले भने जस्तो दल र राजा मिल्नका लागि राजाले नै व्यवधान खडा गरिरहेको आरोप पनि उनीहरुले लगाए।

रिपोटर्स क्लब नेपालद्वारा हिजो यहाँ आयोजित साक्षात्कार कार्यक्रममा नेताहरूले कथित युद्धविरामको यस अवधिमा पनि माओवादी पक्षबाट हत्या, हिंसा, चन्दा आतङ्क र अपहरणजस्ता आपराधिक कार्य जारी रहेकाले जिम्मेबार राजनीतिक दलहरूले सो पक्षसँग अहिले सहकार्य गर्ने सम्भावना नै नरहेको स्पष्ट गर्नुभयो ।

उनीहरुले सहकार्य र कार्यगत एकता नभई हाललाई नेपालको द्वन्द्व समाधान गर्न वार्ताको प्रक्रिया अगाडि बढिरहेको बताएका छन्। छुट्टै कार्यक्रममा एमालेका कार्यवाहक महासचिव वामदेव गौतमले त केही दिनभित्रै माअ‍ोवादीसित अ‍ौपचारिक वार्तासमेत हुने बताएका छन्।

Popularity: 8%

Add comment November 6th, 2005

नारायणी नदीमा डल्फिन

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ६ -
डिस्कभरी र एनिमल प्लानेट च्यानलमा मात्र डल्फिन हेरिरहेकाहरुलाई हाम्रो आफ्नै देश नेपालमा पनि डल्फिन छ भन्ने कुरा पत्याउन अलि गार्‍हो लाग्छ। तर कुरा साँचो हो, हालै नारायणी नदीमा दुर्लभ जलचर डल्फिन फेला परेको छ ।

नवलपरासीको त्रिवेणी गाउँ विकास समिति, वडा नं. ५ बनकट्टीमा नारायणी नदीको छेउमै रहेको रहमा सो डल्फिन फेला परेको हो।

त्यहाँस्थित अप्दिमन गणको ‘क’ गुल्म त्रिवेणीका सहायक सेनानी प्रताप बस्नेतका अनुसार बिहीबार बिहान फेला परेको सो डल्फिन शुक्रबार दिउँसो शाही चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरूको सहयोगमा त्रिवेणी गाउँ विकास समिति, वडा नं. १ बाट नारायणी नदीमा छाडिएको हो ।

अन्दाजी ६५/७० किलोको सो पोथी डल्फिन पाँच फिट तीन इन्च लामो रहेको थियो ।

डल्फिन नारायणी नदीमा रहेको भनिएको भए पनि जीवित अवस्थामा केही वर्षयता देखिएको थिएन । गत वर्ष गण्डक नहरमा फेला परेको डल्फिन उद्धारकै क्रममा मरेको थियो ।

डल्फिन नारायणी नदीमा अरु धेरै हुनसक्ने अनुमान छ ।

Popularity: 8%

Add comment November 6th, 2005

माधव नेपाल वार्ता गर्दै, भारतीय प्रहरी माअ‍ोवादी पक्रँदै

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ६ -
नेकपा एमालेका महासचिव माधव नेपाल तिहारसमेत नभनी भारतमा माअ‍ोवादी नेतासित वार्तामा व्यस्त रहेको बेला भारतको पश्चिम बंगालस्थित दार्जीलिङमा माअ‍ोवादीका दुई जिल्लास्तरीय नेता गिरफ्तार भएका छन्।

प्राप्त समाचारका अनुसार इलामका मणी राई र बिनोद मगर नामका दुई माअ‍ोवादी नेतालाई हतियारसहित गिरफ्तार गरिएको थियो।

Popularity: 8%

Add comment November 6th, 2005

कोफी अन्नानका अर्का सल्लाहकार नेपाल आउने

काठमाडौं प्रतिनिधि/ एचकेनेपाल डट कम, नोभेम्बर ६ -
नेपालको द्वन्द्वमा विशेष चासो राख्दै आएको संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानका विशेष दूत लख्दर ब्राहिमीको केही अघिको नेपाल भ्रमणपछि फेरि अर्का विशेष राजनीतिक सल्लाहकार सामुएल टामराट पाँच दिने नेपाल भ्रमणमा आउँदैछन्।

उहाँले काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरु र सरकारी अधिकारीहरुसित वार्ता गर्ने भएका छन्। ब्राहिमीसित राजाले भेटेका भए पनि टामराटले राजालाई भेट्ने नभेट्ने बारेमा अहिले केही निश्चित हुन सकेको छैन।

Popularity: 8%

Add comment November 6th, 2005


नेपाली समयः -

पशन तमू @ Twitter

Hong Kong Weather

Subscribe to our videos!


Calendar

November 2005
M T W T F S S
« Oct   Dec »
 123456
78910111213
14151617181920
21222324252627
282930  

Posts by Month

Posts by Category

More news....